18.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बेहदका
बाबा आउनुभएको छ तिमी बच्चाहरूको ज्ञानले श्रृङ्गार गर्न , उच्च पद पाउ नुछ भने सदा
सिँगा रिए र बस ।”
प्रश्न:–
कुन
बच्चाहरूलाई देखेर बेहदका बाबा धेरै खुसी हुनुहुन्छ?
उत्तर:–
जुन बच्चाहरू
सेवाको लागि एभररेडी हुन्छन्, अलौकिक र पारलौकिक दुवै बाबालाई पूरा फलो गर्छन्,
ज्ञान-योगले आत्मालाई सिँगार्छन्, पतितहरूलाई पावन बनाउने सेवा गर्छन्, यस्ता
बच्चाहरूलाई देखेर बेहदका बाबालाई धेरै खुसी हुन्छ। बाबाको चाहना छ– मेरा बच्चाहरूले
मेहनत गरेर उच्च पद पाऊन्।
ओम् शान्ति ।
रुहानी बाबाले
रुहानी बच्चाहरूप्रति भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! जसरी लौकिक पितालाई
बच्चाहरू प्यारा लाग्छन् त्यसरी नै बेहदका बाबालाई पनि बेहदका बच्चाहरू प्रिय
लाग्छन्। बच्चाहरूले उच्च पद पाऊन् भनेर बाबाले बच्चाहरूलाई शिक्षा, सावधानी
दिनुहुन्छ। बाबाको यही चाहना हुन्छ। त्यसैले बेहदका बाबाको पनि यही इच्छा हुन्छ।
बच्चाहरूलाई ज्ञान र योगको गहनाले सिँगार्नुहुन्छ। बच्चाहरूले उच्च पद पाऊन् भनेर
तिमीलाई दुवै बाबाले धेरै राम्रोसँग सिँगार्नुहुन्छ। अलौकिक बाबा पनि खुसी
हुनुहुन्छ भने पारलौकिक बाबा पनि खुसी हुनुहुन्छ, जसले राम्रोसँग पुरुषार्थ गर्छन्,
उनीहरूलाई देखेर गाइन्छ पनि– फलो फादर। त्यसैले दुवैलाई फलो गर्नुछ। एक हुनुहुन्छ
रुहानी बाबा, अर्का फेरि यिनी हुन् अलौकिक बाबा। त्यसैले पुरुषार्थ गरेर उच्च पद
पाउनुछ।
तिमी भट्टीमा हुँदा
सबैको ताजसहितको फोटो निकालिएको थियो। बाबाले त सम्झाउनुभएको छ– कुनै लाइटको ताज
हुँदैन। यो एउटा निसानी हो पवित्रताको, जुन सबैलाई दिइन्छ। यस्तो होइन– कुनै सेतो
लाइटको ताज हुन्छ। यो पवित्रताको निसानी सम्झाइन्छ। सबैभन्दा पहिला तिमी हुन्छौ
सत्ययुगमा। तिमी नै थियौ नि! बाबा पनि भन्नुहुन्छ, आत्मा र परमात्मा अलग रहे बहुकाल...
तिमी बच्चाहरू नै पहिला सुरुमा आउँछौ फेरि पहिला तिमी नै जानुछ। मुक्तिधामको गेट पनि
तिमीले खोल्नुछ। तिमी बच्चाहरूलाई बाबाले सिँगार्नुहुन्छ। माइतीघरमा वनवासमा रहन्छन्।
यस समयमा तिमी पनि साधारण रहनुछ। न उच्च, न निच। बाबा पनि भन्नुहुन्छ– साधारण तनमा
प्रवेश गर्छु। कुनै पनि देहधारीलाई भगवान भन्न सकिँदैन। मानिसले मानिसको सदगति गर्न
सक्दैन। सदगति त गुरुले मात्रै गर्नुहुन्छ। मानिसहरूले ६० वर्षपछि वानप्रस्थ लिन्छन्
फेरि गुरु बनाउँछन्। यो चलन पनि अहिलेको हो जुन फेरि भक्तिमार्गमा चल्छ। आजकाल त
साना बच्चालाई पनि गुरु बनाइदिन्छन्। वानप्रस्थ अवस्था हुँदैन तर अचानक मृत्यु त
आइहाल्छ नि! त्यसैले बच्चाहरूलाई पनि गुरु बनाइदिन्छन्। जसरी बाबा भन्नुहुन्छ–
तिमीहरू सबै आत्मा हौ, तिमीहरूलाई वर्सा पाउने हक छ। उनीहरूले भनिदिन्छन्– गुरुबिना
गति मिल्दैन अर्थात् ब्रह्ममा लीन हुँदैनौ। तिमीलाई त लीन हुनुछैन। यी भक्तिमार्गका
शब्द हुन्। आत्मा त सिताराजस्तै, बिन्दु हो। बाबा पनि बिन्दु नै हुनुहुन्छ। उहाँ
बिन्दुलाई नै ज्ञान सागर भनिन्छ। तिमी पनि सानो आत्मा हौ। त्यसमा सारा ज्ञान भरिन्छ।
तिमीले फुल ज्ञान लिन्छौ। पास विद अनर हुन्छौ नि! यस्तो होइन– शिवलिङ्ग कुनै ठुलो
हुन्छ। जति ठुलो आत्मा छ, त्यत्रै परम आत्मा पनि हुनुहुन्छ। आत्मा परमधामबाट आउँछ
पार्ट खेल्न। बाबा भन्नुहुन्छ– म पनि त्यहाँबाट आउँछु। तर मेरो आफ्नो शरीर छैन। म
रूप पनि हुँ, वसन्त पनि हुँ। परम आत्मा रूपमा सारा ज्ञान भरिएको छ। ज्ञानको वर्षा
बर्साउनुहुन्छ त्यसबाट सबै मानिसहरू पाप आत्माबाट पुण्य आत्मा बन्छन्। बाबाले गति
सदगति दुवै दिनुहुन्छ। तिमी सदगतिमा जान्छौ बाँकी सबै गतिमा अर्थात् आफ्नो घरमा
जान्छन्। त्यो हो स्विट होम। आत्माले नै यी कानद्वारा सुन्छ। अब बाबा भन्नुहुन्छ–
मीठे-मीठे सिकिलधे बच्चाहरू! फर्केर जानुछ, त्यसको लागि पवित्र अवश्य बन्नुछ।
पवित्र नबनी कोही पनि फर्केर जान सक्दैन। म सबैलाई लैजान आएको छु। आत्माहरूलाई शिवको
बरियाँत भनिन्छ। अहिले शिवबाबाले शिवालयको स्थापना गरिरहनुभएको छ। फेरि रावण आएर
वेश्यालय स्थापना गर्छ। वाममार्गलाई वेश्यालय भनिन्छ। बाबासँग धेरै बच्चाहरू छन् जो
विवाह गरेर पनि पवित्र रहन्छन्। संन्यासीहरूले त भन्छन्– यो हुन सक्दैन, जो दुवै
सँगै रहन सक्छन्। यहाँ सम्झाइन्छ– यसमा आम्दानी धेरै छ। पवित्र रहेमा २१ जन्मको
राजधानी मिल्छ भने एक जन्म पवित्र रहनु कुनै ठुलो कुरा कहाँ हो र! बाबा भन्नुहुन्छ–
तिमी काम चितामा बसेर बिल्कुलै काला बनेका छौ। श्रीकृष्णको लागि पनि भन्छन्– गोरो र
कालो, श्याम सुन्दर। यो ज्ञान अहिलेको हो। काम चितामा बस्नाले काला बनेका छन्, फेरि
उनलाई गाउँको केटो पनि भनिन्छ। अवश्य गाउँकै केटा थिए नि! श्रीकृष्ण त हुन
सक्नुहुन्न। यिनकै धेरै जन्मको अन्त्यमा बाबाले प्रवेश गरेर गोरो बनाउनुहुन्छ। अहिले
तिमीले एक बाबालाई नै याद गर्नुछ। बाबा, हजुर कति मीठो हुनुहुन्छ, हजुरले कति मीठो
वर्सा दिनुहुन्छ। हामीलाई मानिसबाट देवता, मन्दिरलायक बनाउनुहुन्छ। आफूसँग यस्ता
यस्ता कुरा गर्नुछ। मुखले केही बोल्नुछैन। भक्तिमार्गमा माशुकलाई कति याद गर्दै आयौ।
अहिले हजुर आएर मिल्नुभएको छ, बाबा हजुर त सबैभन्दा मीठो हुनुहुन्छ। हजुरलाई हामीले
किन याद गर्दैनौँ। हजुरलाई प्रेमको, शान्तिको सागर भनिन्छ, हजुरले नै वर्सा
दिनुहुन्छ, बाँकी प्रेरणाले केही पनि मिल्दैन। बाबा त सम्मुख आएर तिमी बच्चाहरूलाई
पढाउनुहुन्छ। यो पाठशाला हो नि! बाबा भन्नुहुन्छ– मैले तिमीलाई राजाहरूको राजा
बनाउँछु। यो राजयोग हो। अहिले तिमीले मूलवतन, सूक्ष्मवतन, स्थूलवतनलाई जानेका छौ।
यति सानो आत्माले कसरी पार्ट खेल्छ। छ पनि बनिबनाउ। यसलाई भनिन्छ अनादि-अविनाशी
विश्व विराट नाटक। ड्रामा घुमिरहन्छ, यसमा संशयको कुनै कुरा छैन। बाबाले सृष्टिको
आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ, तिमी स्वदर्शन चक्रधारी हौ। तिम्रो बुद्धिमा
सारा चक्र घुमिरहन्छ। त्यसबाट तिम्रा पाप काटिन्छन्। बाँकी श्रीकृष्णले कुनै
स्वदर्शन चक्र चलाएर हिंसा गर्नुभएन। त्यहाँ त न लडाइँको हिंसा हुन्छ, न काम कटारी
चल्छ। सबै डबल अहिंसक हुन्छन्। यस समयमा ५ विकारसँग तिम्रो युद्ध चल्छ। बाँकी अरू
कुनै युद्धको कुरा नै छैन। अब बाबा हुनुहुन्छ उच्चभन्दा उच्च, फेरि उच्चभन्दा उच्च
यो वर्सा लक्ष्मीनारायण, यिनीहरूजस्तै उच्च बन्नुछ। जति तिमीले पुरुषार्थ गर्छौ
त्यति उच्च पद पाउँछौ। कल्प कल्प तिम्रो पढाइ त्यही हुन्छ। अहिले राम्रो पुरुषार्थ
गरेमा कल्प कल्प गरिरहन्छौ। जिस्मानी पढाइबाट यति पद मिल्न सक्दैन जति रुहानी
पढाइबाट मिल्छ। उच्चभन्दा उच्च यी लक्ष्मी-नारायण बन्छन्। यिनीहरू पनि हुन त मानिस
नै हुन् तर दैवीगुण धारण गर्छन् त्यसैले देवता भनिन्छ। बाँकी ८-१० भुजा भएका कोही
हुँदैनन्। भक्तिमा साक्षात्कार हुन्छ त्यसपछि धेरै रुन्छन्, दुःखमा आएर धेरै आँसु
बगाउँछन्। यहाँ त बाबा भन्नुहुन्छ– आँसु आयो भने फेल। आमा मरिन् भने हलुवा खाऊ...
आजकाल त मुम्बईमा पनि कोही बिरामी परे वा मरे भने बी.के. लाई बोलाउँछन्– आएर शान्ति
दिनुहोस्। तिमीले सम्झाउँछौ– आत्माले एउटा शरीर छोडेर अर्को लियो, यसमा तिम्रो के
जान्छ। रोएर के फाइदा। भन्छन्, यसलाई कालले खायो... यस्तो कुनै चीज छैन। यो आत्माले
त आफैले एउटा शरीर छोडेर जान्छ। आफ्नो समयमा शरीर छोडेर जान्छ। बाँकी काल कुनै चीज
होइन। सत्ययुगमा गर्भ महल हुन्छ, सजायको कुरा नै हुँदैन। त्यहाँ तिम्रा कर्म अकर्म
हुन्छन्। माया नै हुँदैन जसबाट विकर्म हुन्छ। तिमी विकर्माजित बन्छौ। पहिला सुरुमा
विकर्माजित संवत् चल्छ फेरि भक्तिमार्ग सुरुहुन्छ त्यसपछि विक्रम संवत् सुरुहुन्छ।
यस समयमा जे विकर्म गरेका छौ त्यसमाथि विजय पाउँछौ, नाम राखिन्छ विकर्माजित। फेरि
द्वापरमा विक्रम राजा हुन्छन्, विकर्म गरिरहन्छन्। सियोमा यदि खिया लागेको छ भने
चुम्बकले तान्दैन। जति पापको खिया उत्रिँदै जान्छ त्यति चुम्बकले तान्छ। बाबा त पूरा
पवित्र हुनुहुन्छ। तिमीलाई पनि पवित्र बनाउनुहुन्छ योगबलले। जसरी लौकिक पिता पनि
बच्चाहरूलाई देखेर खुसी हुन्छन् नि! बेहदका बाबा पनि खुसी हुनुहुन्छ बच्चाहरूको
सेवामा। बच्चाहरूले धेरै मेहनत पनि गरिरहेका छन्। सेवामा त सदैव एभररेडी रहनुछ। तिमी
बच्चाहरू हौ पतितहरूलाई पावन बनाउने ईश्वरीय मिसन। अहिले तिमी ईश्वरीय सन्तान हौ,
बेहदका बाबा हुनुहुन्छ र तिमीहरू सबै भाइबहिनी हौ। बस् अरू कुनै सम्बन्ध छैन।
मुक्तिधाममा हुनुहुन्छ नै बाबा र तिमी आत्मा भाइ भाइहरू, फेरि तिमी सत्ययुगमा जान्छौ
त्यसपछि त्यहाँ एक बच्चा, एक बच्ची हुन्छन् बस्, यहाँ त धेरै सम्बन्ध हुन्छन्– काका,
मामा... आदि।
मूलवतन त हो नै स्विट
होम, मुक्तिधाम। त्यसको लागि मानिसहरूले कति यज्ञ तप आदि गर्छन् तर फर्केर त कोही
पनि जान सक्दैनन्। गफ धेरै गरिरहन्छन्। सर्वको सदगतिदाता त हुनुहुन्छ नै एक। दोश्रो
न कोही। अहिले तिमी छौ सङ्गमयुगमा। यहाँ छन् थुप्रै मानिस। सत्ययुगमा त धेरै कम
हुन्छन्। स्थापना फेरि विनाश हुन्छ। अहिले अनेक धर्म भएका कारण कति हङ्गामा छ। तिमी
१०० प्रतिशत सम्पन्न थियौ। फेरि ८४ जन्मपछि १०० प्रतिशत कङ्गाल बनेका छौ। अब बाबा
आएर सबैलाई जगाउनुहुन्छ। अब जाग, सत्ययुग आइरहेको छ। सत्य बाबाले नै तिमीलाई २१
जन्मको वर्सा दिनुहुन्छ। भारतखण्ड नै सचखण्ड बन्छ। बाबाले सचखण्ड बनाउनुहुन्छ,
झुटखण्ड फेरि कसले बनाउँछ? ५ विकाररूपी रावणले। रावणको कति ठुलो पुत्ला बनाउँछन्
फेरि त्यसलाई जलाउँछन् किनकि यो हो नम्बरवन दुस्मन। मानिसहरूलाई यो थाहा छैन–
कहिलेदेखि रावणको राज्य भयो। बाबा सम्झाउनुहुन्छ– आधाकल्प हुन्छ रामराज्य, आधाकल्प
हुन्छ रावण राज्य। बाँकी रावण कुनै मानिस होइन, जसलाई मार्नुछ। यस समयमा सारा
दुनियामा रावण राज्य छ, बाबा आएर रामराज्य स्थापना गर्नुहुन्छ, फेरि जयजयकार हुन्छ।
त्यहाँ सदैव खुसी हुन्छ। त्यो हो नै सुखधाम। यसलाई भनिन्छ पुरुषोत्तम सङ्गमयुग। बाबा
भन्नुहुन्छ– यस पुरुषार्थबाट तिमी यो बन्नेवाला छौ। तिम्रा चित्र पनि बनाइएका थिए,
धेरै आए फेरि सुनन्ती, कथन्ती भागन्ती भए। बाबा आएर तिमी बच्चाहरूलाई धेरै प्यारले
सम्झाउनुहुन्छ। बाबा, टिचरले प्यार गर्नुहुन्छ, गुरुले पनि प्यार गर्नुहुन्छ।
सदगुरुको निन्दकले स्थान पाउँदैन। तिम्रो लक्ष्य उद्देश्य सामुन्ने उभिएको छ। ती
गुरुहरूसँग त कुनै लक्ष्य उद्देश्य हुँदैन। त्यो कुनै पढाइ होइन, यो त पढाइ हो।
यसलाई भनिन्छ युनिभर्सिटी कम हस्पिटल, जसबाट तिमी एभरहेल्दी, वेल्दी बन्छौ। यहाँ त
छ नै झुटो, गाउँछन् पनि झूठी काया... सत्ययुग हो सचखण्ड। त्यहाँ त हीरा जुहारतका
महल हुन्छन्। सोमनाथको मन्दिर पनि भक्तिमार्गमा बनाइएको छ। कति धन थियो जुन फेरि
मुसलमानहरूले आएर लुटे। ठुला ठुला मस्जिद बनाए। बाबाले तिमीलाई कारुनको खजाना
दिनुहुन्छ। सुरुदेखि नै तिमीलाई सबै साक्षात्कार गराउँदै आउनुभएको छ। अल्लाह अवलदीन
बाबा हुनुहुन्छ नि! सबैभन्दा पहिला धर्म स्थापना गर्नुहुन्छ। त्यो हो देवता धर्म।
जुन धर्म छैन त्यो फेरि स्थापना हुन्छ। सबैलाई थाहा छ– प्राचीन सत्ययुगमा यिनीहरूको
नै राज्य थियो, उनीहरूभन्दा माथि कोही थिएन। दैवी राज्यलाई नै स्वर्ग भनिन्छ। अहिले
तिमीलाई थाहा छ फेरि अरूलाई बताउनुछ। सबैलाई कसरी थाहा हुन्छ जसले गर्दा फेरि यस्तो
कुनै उल्हना वा गुनासो नगरून्– हामीलाई थाहा भएन। तिमीले सबैलाई बताउँछौ फेरि पनि
बाबालाई छोडेर जान्छन्। यो इतिहास दोहोरिनै पर्छ। बाबाकहाँ आउँछन् तब बाबा
सोध्नुहुन्छ– पहिला कहिल्यै भेटेका छौ? भन्छन्– हजुर बाबा, ५ हजार वर्ष पहिला हामी
भेट्न आएका थियौँ। बेहदको वर्सा लिन आएका थियौँ, कोही आएर सुन्छन्, कसैलाई ब्रह्माको
साक्षात्कार हुन्छ त्यसपछि त्यो याद आउँछ। फेरि भन्छन्– हामीले त यही रूप देखेका
थियौँ। बाबा पनि बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ। तिम्रो अविनाशी ज्ञान रत्नले
झोली भरिन्छ नि! यो पढाइ हो। ७ दिनको कोर्स लिएर फेरि जहाँ बसेर पनि मुरलीको आधारमा
चल्न सक्छौ, ७ दिनमा यति सम्झाउनुहुन्छ जुन फेरि मुरलीलाई बुझ्न सक्छन्। बाबाले त
बच्चाहरूलाई सबै रहस्य राम्रोसँग सम्झाइरहनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) स्वदर्शनचक्र घुमाउँदै पापलाई भस्म गर्नुछ, रुहानी पढाइबाट आफ्नो पद श्रेष्ठ
बनाउनुछ। कुनै पनि परिस्थितिमा आँसु बगाउनुछैन।
२) यो वानप्रस्थ
अवस्थामा रहने समय हो, त्यसैले वनवासमा धेरै साधारण रहनुछ। न धेरै उच्च, न धेरै निच।
फर्केर जानको लागि आत्मा सम्पूर्ण पावन बनाउनुछ।
वरदान:–
सदा मोल्ड हुने
विशेषताले सम्पर्क र सेवामा सफल हुने सफलतामूर्त भव
जुन बच्चाहरूमा
स्वयंलाई मोल्ड गर्ने विशेषता छ उनीहरू सहजै गोल्डेन एजको स्टेजसम्म पुग्न सक्छन्।
जस्तो समय, जस्तो परिस्थिति हुन्छ त्यसै अनुसार आफ्नो धारणाहरूलाई प्रत्यक्ष गर्नको
लागि मोल्ड हुनुपर्छ। मोल्ड हुनेहरू नै रियल गोल्ड हुन्। जसरी साकार बाबाको विशेषता
देख्यौ– जस्तो समय, जस्तो व्यक्ति त्यस्तै रूप– यसरी फलो फादर गरेमा सेवा र सम्पर्क
सबैमा सहजै सफलतामूर्त बन्छौ।
स्लोगन:–
जहाँ
सर्वशक्तिहरू छन् त्यहाँ निर्विघ्न सफलता साथमा हुन्छ।
अव्यक्त इसारा – अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
जसरी साकारमा आउनेजाने
सहज प्राक्टिस भएको छ, त्यसरी नै आत्मालाई आफ्नो कर्मातीत अवस्थामा रहने पनि
प्राक्टिस होस्। भर्खरै कर्मयोगी बनेर कर्ममा आउनु, कर्म समाप्त भयो फेरि कर्मातीत
अवस्थामा रहनु, यसको अनुभव सहज हुँदै जाओस्। सदा लक्ष्य रहोस्– कर्मातीत अवस्थामा
रहनुछ, निमित्त मात्र कर्म गर्नको लागि कर्मयोगी बनेर फेरि कर्मातीत बन्नुछ।