19.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
तिमीलाई नसा ह ु नुपर्छ हामी ब्राह्मण नै देवता बन्छौँ , हामी ब्राह्मणहरूलाई नै
बाबाको श्रेष्ठ मत मिल्छ।”
प्रश्न:–
जो नयाँ
पिँढीका हुन् उनीहरूलाई कुन सोख र कुन मस्ती हुनुपर्छ?
उत्तर:–
यो दुनियाँ
जुन पुरानो कलियुगी बनेको छ, त्यसलाई नयाँ सत्ययुगी बनाउने, पुरानोबाट नयाँ बनाउने
सोख हुनुपर्छ। कन्याहरू नयाँ पिँढीका हौ त्यसैले आफ्ना साथीहरूलाई उठाउनुपर्छ। नसा
कायम राख्नुपर्छ। भाषण गर्नमा पनि बडो मस्ती हुनुपर्छ।
गीत:–
रात के राही..
ओम् शान्ति ।
बच्चाहरूले यस
गीतको अर्थ त बुझ्यौ। अहिले भक्तिमार्गको घोर अन्धकार रात त पूरा हुँदैछ। बच्चाहरूले
बुझेका छौ– अब हाम्रो शिरमा ताज आउनेवाला छ। यहाँ बसेका छौँ, लक्ष्य उद्देश्य छ–
मनुष्यबाट देवता बन्ने। जसरी संन्यासीहरूले सम्झाउँछन्– तिमीले आफूलाई भैँसी सम्झ्यौ
भने त्यही रूप हुन्छौ। त्यो भक्तिमार्गको दृष्टान्त हो। जस्तै यो पनि दृष्टान्त छ–
रामले बाँदरहरूको सेना लिए। तिमी यहाँ बसेका छौ। जान्दछौ– हामी नै देवीदेवता डबल
शिरताज बन्नेछौँ। जसरी स्कुलमा पढ्दा भन्छन्– म यो विषय पढेर डाक्टर बन्नेछु,
इन्जिनियर बन्नेछु। तिमीले बुझेका छौ– यस पढाइबाट हामी नै देवीदेवता बनिरहेका छौँ।
यो शरीर छोड्छौँ र हाम्रो शिरमा ताज हुनेछ। यो त धेरै फोहोरी दुनियाँ हो नि। नयाँ
दुनियाँ पहिलो दर्जाको दुनियाँ हो। पुरानो दुनियाँ बिलकुल तेस्रो दर्जाको दुनियाँ
हो। यो त समाप्त हुनेवाला छ। नयाँ विश्वको मालिक बनाउनेवाला अवश्य विश्वको रचयिता
नै हुनुहुन्छ। अरू कसैले पढाउन सक्दैन। शिवबाबाले नै तिमीलाई पढाएर सिकाउनुहुन्छ।
बाबाले सम्झाउनुभएको छ– पूरा आत्म अभिमानी बन्यौ भने बाँकी अरू के चाहियो। तिमी
ब्राह्मण त हौ नै। तिमीले जान्दछौ– हामी देवता बनिरहेका छौँ। देवताहरू कति पवित्र
थिए। यहाँ मनुष्य कति पतित छन्। अनुहार त मनुष्यकै छ तर चालचलन हेर कस्तो छ। जो
देवताका पुजारी छन्, उनीहरू स्वयं पनि उहाँहरूको अगाडि महिमा गाउँछन्– हजुर सर्वगुण
सम्पन्न, १६ कला सम्पूर्ण हुनुहुन्छ... हामी विकारी पापी हौँ। अनुहार त उनीहरूको पनि
मनुष्यकै छ तर उनीहरूकहाँ गएर महिमा गाउँछन्, आफूलाई फोहोरी विकारी भन्छन्। हामीमा
कुनै गुण छैन। हुन् त मनुष्य अर्थात् मनुष्य। अहिले तिमीले बुझेकाछौ– हामी त अब
परिवर्तन भएर देवता बन्नेछौँ। श्रीकृष्णको पूजा यसैकारण गर्छन् जसले गर्दा
कृष्णपुरीमा जानेछौँ। तर यो थाहा छैन– कहिले जान्छौँ। भगवान आएर भक्तिको फल
दिनुहुनेछ भनेर भक्ति गरिरहन्छन्। पहिला त तिमीलाई यो निश्चय हुनुपर्छ– हामीलाई
पढाउने को हुनुहुन्छ। यो श्री श्री शिवबाबाको मत हो। शिवबाबाले तिमीलाई श्रीमत
दिइरहनुभएको छ। जसलाई यो थाहा छैन, उनीहरू श्रेष्ठ कसरी बन्न सक्छन्। यति सबै
ब्राह्मण श्री श्री शिवबाबाको मतमा चल्छन्। परमात्माको मतले नै श्रेष्ठ बनाउँछ, जसको
तकदिरमा हुन्छ, उसको बुद्धिमा बस्छ। नत्र केही पनि बुझ्दैनन्। बुझिसकेपछि भने खुसी
भएर मद्दत गर्न थाल्छन्। कतिले त चिन्दै चिन्दैनन्, उनीहरूलाई के थाहा, उहाँ को
हुनुहुन्छ, त्यसैले बाबाले कसैसँग भेट्नु पनि हुन्न। उनीहरूले त झन् आफ्नो मत
निकाल्छन्। श्रीमतलाई नजानेका हुनाले उहाँलाई पनि आफ्नो मत दिन थाल्छन्। अब बाबा
आउनुभएकै छ तिमी बच्चाहरूलाई श्रेष्ठ बनाउनको लागि। बच्चाहरूले जान्दछौ– ५ हजार
वर्ष पहिलाजस्तै बाबा हजुर आएर हामीसँग मिल्नुभएको छ। जसलाई थाहा छैन, उनीहरूले
यस्तो प्रतिक्रिया दिन सक्दैनन्। बच्चाहरूलाई पढाइको धेरै नसा हुनुपर्छ। यो धेरै
उच्च पढाइ हो तर माया पनि धेरै विरोधमा छ। तिमीले जान्दछौ– हामीले त्यो पढाइ पढ्छौँ
जसबाट हाम्रो शिरमा डबल शिरताज आउनेछ। भविष्यमा जन्मजन्मान्तर डबल शिरताज बन्छौँ।
त्यसैले यसको लागि फेरि त्यस्तै पूरा पुरुषार्थ गर्नुपर्छ नि। यसलाई राजयोग भनिन्छ।
कति आश्चर्य छ। बाबाले सदैव सम्झाउनुहुन्छ– लक्ष्मीनारायणको मन्दिरमा जाऊ।
पुजारीहरूलाई पनि तिमीले सम्झाउन सक्छौ। पुजारीले पनि कसैलाई बसेर सम्झाऊन्– यी
लक्ष्मीनारायणलाई पनि यो पद कसरी मिल्यो, यिनीहरू विश्वको मालिक कसरी बने? यसरी यसरी
बसेर सुनाए भने पुजारीको पनि मान हुन्छ। तिमीले भन्न सक्छौ– हामीले तपाईंलाई
सम्झाउँछौँ, यी लक्ष्मीनारायणलाई यो राज्य कसरी मिल्यो? गीतामा पनि भगवानुवाच छ नि–
मैले तिमीलाई राजयोग सिकाएर राजाहरूको राजा बनाउँछु। स्वर्गवासी त तिमी बन्छौ नि।
त्यसैले बच्चाहरूलाई कति नसा हुनुपर्छ– हामी यो बन्छौँ! आफ्नो चित्र र राज्य भाग्यको
चित्र पनि यहाँ सँगै बनाऊ। तल तिम्रो चित्र, माथि राज्य भाग्यको चित्र होस्। यसमा
खर्च त छैन नि। राज्य भाग्य पोसाक त तुरुन्तै बन्न सक्छ। त्यसैले घरी घरी याद रहनेछ–
हामी नै देवता बनिरहेका छौँ। माथि शिवबाबाको चित्र पनि होस्। यो चित्र पनि
बनाउनुपर्नेछ। तिमी मनुष्यबाट देवता बन्छौ। यो शरीर छोडेर हामी गएर देवता बन्छौँ
किनकि अहिले हामीले यो राजयोग सिकिरहेका छौँ। त्यसैले यो फोटोले पनि मद्दत गर्छ।
माथि शिव, फेरि राज्य भाग्यको चित्र। तल तिम्रो साधारण चित्र। शिवबाबाबाट राजयोग
सिकेर हामी नै डबल शिरताज देवता बनिरहेका छौँ। चित्र राखिएको छ भने, जसले सोधे भने
पनि हामीले बताउन सक्छौँ– हामीलाई सिकाउने यहाँ शिवबाबा हुनुहुन्छ। चित्र देख्दा
बच्चाहरूलाई नसा चढ्छ। पसलमा पनि यो चित्र राखिदेऊ। भक्तिमार्गमा बाबाले नारायणको
चित्र राख्नुहुन्थ्यो। उहाँको खल्तीमा पनि त्यो चित्र राख्नुहुन्थ्यो। तिमीले पनि
आफ्नो फोटो राखिदियौ भने याद हुन्छ– हामी नै देवीदेवता बनिरहेका छौँ। बाबालाई याद
गर्ने उपाय खोज्नुपर्छ। बाबालाई भुल्नाले नै गिर्छौ। विकारमा गिरेमा फेरि लाज लाग्छ।
अब त हामी यी देवता बन्न सक्दैनौँ। हर्ट फेल हुन्छ। अब हामी देवता कसरी बन्छौँ? बाबा
भन्नुहुन्छ– विकारमा गिर्नेको फोटो निकालिदेऊ। भन– तिमी स्वर्गमा जान लायक छैनौ,
तिम्रो पासपोर्ट खतम। आफैले पनि फिल गनेर्छन्– हामी त गिरिसक्यौँ। अब हामी स्वर्गमा
कसरी जान्छौँ। जसरी नारदको उदाहरण दिन्छन्– उनलाई भनियो– तिमीले आफ्नो अनुहार त हेर।
लक्ष्मीलाई वरण गर्न लायक छौ? उनको अनुहार बाँदरकोजस्तो देखियो। त्यसैले मनुष्यलाई
पनि लाज लाग्छ– हामीमा त यो विकार छ, फेरि हामीले श्री नारायण वा श्री लक्ष्मीलाई
कसरी वरण गर्नेर्छौँ। बाबाले युक्तिहरू त सबै बताउनुहुन्छ। तर कसैले विश्वास गरे त
हो नि। विकारको नसा भएपछि बुझ्छन्– यस हिसाबले हामी राजाहरूको राजा डबल शिरताज कसरी
बन्छौँ। पुरुषार्थ त गर्नुपर्छ नि। बाबाले सम्झाइरहनुहुन्छ– यस्ता यस्ता युक्तिहरू
रच र सबैलाई सम्झाइराख। यहाँ राजयोगको स्थापना भइरहेको छ। अब विनाश सामुन्ने उभिएको
छ। दिनप्रतिदिन तुफान जोडले बढ्दै जान्छ। बम आदि पनि तयार भइरहेका छन्। तिमीले यो
पढाइ पढ्छौ नै भविष्यमा उच्च पद पाउनको लागि। तिमी एकै पटक पतितबाट पावन बन्छौ।
मनुष्यले कहाँ बुझ्छन् र– हामी नर्कवासी हौँ किनकि पत्थरबुद्धि छन्। अहिले तिमी
पत्थरबुद्धिबाट पारसबुद्धि बनिरहेका छौ। तकदिरमा छ भने तुरुन्तै बुझ्छन्। नत्र
तिमीले जतिसुकै मेहनत गरे पनि बुद्धिमा बस्दैन। बाबालाई नै चिन्दैनन् भने नास्तिक
हुन् अर्थात् अनाथ हुन्। त्यसैले सनाथ बनाउनुपर्छ नि, अहिले तिमी शिवबाबाका बच्चा
हौ। यहाँ जसलाई ज्ञान छ, उनीहरूले आफ्ना बच्चाहरूलाई विकारबाट बचाइरहन्छन्। अज्ञानी
मानिसहरूले त आफूजस्तै बच्चाहरूलाई पनि फसाउँदै जान्छन्। तिमीलाई थाहा छ– यहाँ
विकारबाट बचाइन्छ। कन्याहरूलाई त पहिला बचाउनुपर्छ। आमाबुबाले मानौँ बच्चालाई
विकारमा धकेलिदिन्छन्। तिमीले जान्दछौ– यो भ्रष्टाचारी दुनियाँ हो। तर चाहन्छन्
श्रेष्ठाचारी दुनियाँ। भगवानुवाच– म श्रेष्ठाचारी बनाउनको लागि आउँदा सबै
भ्रष्टाचारी हुन्छन्। मैले सबैको उद्धार गर्छु। गीतामा पनि लेखिएको छ–साधुसन्त आदि
सबैको उद्धार गर्न भगवान नै आउनुपर्छ। एउटै भगवान बाबा आएर सबैको उद्धार गर्नुहुन्छ।
अहिले तिमीलाई आश्चर्य लाग्छ– मनुष्य कति पत्थरबुद्धि बन्छन्। यस समयमा यदि
ठुलाबडालाई गीताका भगवान शिव हुनुहुन्छ भन्ने थाहा भयो भने थाहा छैन के हुन्छ।
हाहाकार मच्चिन्छ। तर अझै समय लाग्छ। नत्र सबैका अखडाहरू एकदमै हल्लिन थाल्नेछन्।
धेरैका तख्त हल्लिन्छन् नि। लडाइँ हुन थालेपछि थाहा हुन्छ– यिनको तख्त हल्लिन थाल्यो,
अब गिर्नेछन्। अहिले यिनीहरू हल्लिए भने धेरै हलचल मच्चिन्छ। पछि गएर हलचल हुनेवाला
छ। पतितपावन सर्वका सदगतिदाता स्वयंले भन्नुहुन्छ– अवश्य ब्रह्मा तनद्वारा स्थापना
गरिरहेको छु। सबैको सदगति अर्थात् उद्धार गरिरहेको छु। भगवानुवाच– यो पतित दुनियाँ
हो, यिनीहरू सबैको उद्धार मैले गर्नुछ। अहिले सबै पतित छन्। पतितले फेरि कसलाई कसरी
पावन बनाउँछन्? पहिला त स्वयं पावन बनेपछि मात्र फलोअर बनाउनुछ। भाषण गर्नमा बडो
मस्ती हुनुपर्छ। कन्याहरू नयाँ पिँढीका हुन्। तिमीले पुरानोबाट नयाँ बनाइरहेका छौ।
तिम्रो आत्मा जुन पुरानो कलियुगी तमोप्रधान बनेको छ, अब नयाँ सत्ययुगी बन्छ। मल
निस्कँदै जान्छ। त्यसैले बच्चाहरूलाई बडो सोख हुनुपर्छ। नसा कायम राख्नुपर्छ। आफ्ना
साथीहरूलाई उठाउनुपर्छ। गाइन्छ पनि– गुरु माता। माता गुरु कहिले हुन्छिन्, त्यो
अहिले तिमीले जान्दछौ। जगत अम्बा नै फेरि राजराजेश्वरी बन्छिन्। फेरि त्यहाँ कुनै
गुरु हुँदैन। गुरुको सिलसिला अहिले चल्छ। बाबा आएर माताहरूमाथि ज्ञान अमृतको कलश
राख्नुहुन्छ। सुरुदेखि यस्तै हुन्छ। सेन्टरहरूको लागि पनि भन्छन्– ब्रह्माकुमारी
चाहिन्छ। बाबा त भन्नुहुन्छ– आफै चलाऊ। हिम्मत छैन? भन्छन्– होइन बाबा, टिचर
चाहिन्छ। यो पनि ठीक छ, मान दिन्छन्।
आजकाल दुनियाँमा पनि
एकअर्कालाई लङ्गडो मान दिन्छन्। आज प्रधानमन्त्री छ, भोलि उसलाई उडाइदिन्छन्। स्थायी
सुख कसैलाई मिल्दैन। यस समयमा तिमी बच्चाहरूलाई स्थायी राज्य भाग्य मिलिरहेको छ।
तिमीलाई बाबाले कति प्रकारले सम्झाउनुहुन्छ। आफूलाई सदैव हर्षित राख्नको लागि धेरै
राम्रा राम्रा युक्तिहरू बताउनुहुन्छ। शुभभावना राख्नुछ नि। ओहो! हामी यी
लक्ष्मीनारायण बन्छौँ, फेरि यदि कसैको तकदिरमा छैन भने के पुरुषार्थ (तदबिर) गर्छन्।
बाबाले त पुरुषार्थ गर्ने कुरा बताउनुहुन्छ नि। पुरुषार्थ व्यर्थ जाँदैन। यो
पुरुषार्थ त सदा सफल हुन्छ। राजधानी स्थापना भइ नै हाल्छ। विनाश पनि महाभारत
लडाइँद्वारा हुनैपर्छ। पछि गएर तिमीले जोड दियौ भने यी सबै आउनेछन्। अहिले बुझ्दैनन्,
त्यसपछि त उनीहरूको राज्य भाग्य नै उड्छ। कति धेरै गुरुहरू छन्, यस्तो कुनै मनुष्य
छैन जो कुनै गुरुको फलोअर छैन। यहाँ तिमीलाई एक सदगुरु मिल्नुभएको छ, सदगति दिनेवाला।
चित्र धेरै राम्रा छन्। यो हो सदगति अर्थात् सुखधाम, यो हो मुक्तिधाम। बुद्धिले पनि
भन्छ– हामी सबै आत्माहरू निर्वाणधाममा रहन्छौँ। जहाँबाट फेरि आवाजमा आउँछौँ। हामी
त्यहाँ निर्वाणधामका निवासी हौँ। यो खेल भारतवर्षमा नै बनेको छ। शिवजयन्ती पनि यहीँ
मनाउँछन्। बाबा भन्नुहुन्छ– अहिले म आएको छु, कल्पपछि फेरि आउनेछु। हर ५ हजार
वर्षपछि बाबा आउनेबित्तिकै प्याराडाइज बन्छ। भन्छन् पनि– क्राइस्टभन्दा यति वर्ष
पहिला प्याराडाइज थियो, स्वर्ग थियो। अहिले छैन, फेरि हुनुछ। त्यसैले अवश्य
नर्कवासीहरूको विनाश, स्वर्गवासीहरूको स्थापना हुनुपर्छ। त्यसैले तिमी स्वर्गवासी
बनिरहेका छौ। नर्कवासी सबै विनाश हुनेछन्। उनीहरूले त सम्झन्छन्– कलियुगको अझै यति
लाखौँ वर्ष बाँकी छ। बच्चाहरू ठुला हुन्, विवाह गराऊँ... तिमीले कहाँ यस्तो भन्छौ
र। यदि बच्चा रायमा चल्दैन भने फेरि श्रीमत लिनुपर्छ– स्वर्गवासी बन्दैन भने के
गर्ने। बाबाले भन्नुहुनेछ– यदि आज्ञाकारी छैन भने जान देऊ। यसमा अवस्था पक्का
नष्टोमोहा हुनुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) श्री श्री शिवबाबाको श्रेष्ठ मतमा चलेर स्वयंलाई श्रेष्ठ बनाउनुछ। श्रीमतमा मनमत
मिसाउनुछैन। ईश्वरीय पढाइको नसामा रहनुछ।
२) आफ्ना साथीहरूको
कल्याणको युक्ति रच्नुछ। सबैप्रति शुभभावना राखेर एकअर्कालाई सच्चा मान दिनुछ।
लङ्गडो मान होइन।
वरदान:–
निरन्तर बाबाको
साथको अनुभूतिद्वारा हर सेकेन्ड , हर सङ्कल्पमा सहयोगी बन्ने सहजयोगी भव
जसरी शरीर र आत्माको
पार्ट हुँदासम्म अलग हुन सक्दैनन् त्यसैगरी बाबाको याद बुद्धिबाट अलग नहोस्, सदा
बाबाको साथ होस्, अरू कुनै पनि स्मृतिले आफूतर्फ आकर्षित नगरोस्– यसलाई नै सहज र
स्वतः योगी भनिन्छ। यस्तो योगी हर सेकेन्ड, हर सङ्कल्प, हर वचन, हर कर्ममा सहयोगी
हुन्छ। सहयोगी अर्थात् जसको एक सङ्कल्प पनि सहयोग बिना नहोस्। यस्ता योगी र सहयोगी
शक्तिशाली बन्छन्।
स्लोगन:–
समस्या स्वरूप
बन्नुको सट्टा, समस्यालाई मेटाउने समाधान स्वरूप बन।
अव्यक्त इसारा:– यस
अव्यक्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
आफ्ना स्थूल र
सूक्ष्म बन्धनहरूको लिस्ट सामुन्ने राख। लक्ष्य राख– म बन्धनमुक्त बन्नु नै छ।
“अहिले नभए कहिल्यै हुँदैन”– सदा यही पाठ पक्का गर। “स्वतन्त्रता ब्राह्मण जन्मको
अधिकार हो”– आफ्नो जन्मसिद्ध अधिकार प्राप्त गरेर जीवनमुक्त स्थितिको अनुभव गर।
आफूलाई गृहस्थी सम्झियौ भने गृहस्थीको जालमा हुन्छौ। गृहस्थी बन्नु अर्थात् जालमा
फस्नु। ट्रस्टी अर्थात् मुक्त।