19.02.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– अब सारा
विश्वमाथि बृहस्पतिको दशा बस्न े छ , बाबा ले तिमी बच्चाहरूद्वारा विश्वलाई सुखधाम
बनाइरहनुभएको छ।”
प्रश्न:–
१६ कला
सम्पूर्ण बन्नको लागि तिमी बच्चाहरूले कुन पुरुषार्थ गर्छौ?
उत्तर:–
१- योगबल जम्मा
गर्ने। योगबलद्वारा तिमी १६ कला सम्पूर्ण बनिरहेका छौ। यसको लागि बाबा भन्नुहुन्छ–
दान दियौ भने ग्रहण छुट्छ। काम विकार जसले गिराउँछ, यसको दान दियौ भने तिमी १६ कला
सम्पूर्ण बन्छौ। २- देह अभिमानलाई छोडेर देहीअभिमानी बन, शरीरको भान छोडिदेऊ।
गीत:–
तुम मात पिता...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले आफ्ना रुहानी बाबाको महिमा सुन्यौ। उनीहरूले गाइरहन्छन्, यहाँ
तिमीले यथार्थमा उहाँ बाबाको वर्सा लिइरहेका छौ। तिमीलाई थाहा छ– बाबाले हामीद्वारा
विश्वलाई सुखधाम बनाइरहनुभएको छ। जसद्वारा बनाइरहनुभएको छ अवश्य उनीहरू नै सुखधामका
मालिक बन्छन्। बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। बाबाको महिमा अपरम्पार छ। उहाँबाट
हामीले वर्सा पाइरहेका छौँ। अहिले तिमी बच्चाहरूमाथि मात्र होइन सारा विश्वमाथि अब
बृहस्पतिको अविनाशी दशा हुनेछ। अहिले तिमी ब्राह्मणहरूले नै जान्दछौ– सारा विश्वमाथि
अब बृहस्पतिको दशा बस्नेछ किनकि तिमी अब १६ कला सम्पूर्ण बन्छौ। अहिले त कुनै कला
छैन। बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। यस्तो होइन– यहाँ खुसी छ, बाहिर जाँदा हराएर
जान्छ। जसको महिमा गाउँछौ उहाँ अब तिम्रो सामुन्ने उपस्थित हुनुहुन्छ। बाबा
सम्झाउनुहुन्छ– ५ हजार वर्ष पहिला पनि तिमीलाई राज्य दिएर गएको थिएँ। अब तिमीले
देख्नेछौ– बिस्तारै बिस्तारै सबैले पुकार्दै जान्छन्। तिम्रो स्लोगन पनि निस्कँदै
जान्छ। जसरी इन्दिरा गान्धीले भन्थिन्– एक धर्म, एक भाषा, एक राज्य होस्, त्यसमा पनि
आत्माले भन्छ नि। आत्मालाई थाहा छ– अवश्य यस भारतवर्षमा एक राजधानी थियो, जुन अहिले
सामुन्ने उभिएको छ। बुझेका छौ– कुनै पनि बेला सारा खतम हुन सक्छ, यो कुनै नयाँ कुरा
होइन। यहाँ फेरि १६ कला सम्पूर्ण अवश्य बन्नुछ। तिमीलाई थाहा छ– हामी यस योगबलद्वारा
१६ कला सम्पूर्ण बनिरहेका छौँ। भन्छन् नि– दान दियौ भने ग्रहण छुट्छ। बाबाले पनि
भन्नुहुन्छ– विकारहरूको, अवगुणहरूको दान देऊ। यो रावण राज्य हो। बाबा आएर यसबाट
छुटाउनुहुन्छ। यसमा पनि काम विकार धेरै ठुलो अवगुण हो। तिमी देह अभिमानी बनेका छौ।
अब देही अभिमानी बन्नुपर्छ। शरीरको भान पनि छोड्नुपर्छ। यी कुराहरू तिमी बच्चाहरूले
नै बुझेका छौ। दुनियाँले जान्दैन। यो भारतवर्ष जुन १६ कला सम्पूर्ण थियो, सम्पूर्ण
देवताहरूको राज्य थियो, अहिले यसमा ग्रहण लागेको छ। यी लक्ष्मीनारायणको राजधानी थियो
नि। यो भूमि स्वर्ग थियो। अब विकारहरूको ग्रहण लागेको छ त्यसैले बाबा भन्नुहुन्छ–
दान दियौ भने ग्रहण छुट्छ। यो काम विकारले नै गिराउँछ, त्यसैले बाबा भन्नुहुन्छ– यो
विकारको दान दियौ भने तिमी १६ कला बन्नेछौ। दिएनौ भने बन्दैनौ। आत्माहरूलाई आआफ्नो
पार्ट मिलेको छ नि। यो पनि तिम्रो बुद्धिमा छ। तिम्रो आत्मामा कति पार्ट छ! तिमीले
विश्वको राज्यभाग्य लिन्छौ। यो बेहदको ड्रामा हो। यहाँ अथाह कलाकारहरू छन्। यसमा
पहिलो दर्जाका कलाकारहरू हुन् यी लक्ष्मीनारायण। यिनीहरूको नम्बरवन पार्ट छ। विष्णु
सो ब्रह्मासरस्वती फेरि ब्रह्मासरस्वती सो विष्णु बन्छन्। यिनीहरूले ८४ जन्म कसरी
लिन्छन्! सारा चक्र बुद्धिमा आउँछ। शास्त्र पढेर मात्र कहाँ कसैले बुझ्छन् र!
उनीहरूले त कल्पको अवधि नै लाखौँ वर्ष भनिदिन्छन्। त्यसो हो भने त स्वस्तिक पनि
बन्न सक्दैन। व्यापारीहरूले खाता लेख्दा त्यसमा स्वस्तिक बनाउँछन्। गणेशको पूजा
गर्छन्। यो हो बेहदको खाता। स्वस्तिकमा ४ भाग हुन्छन्। जसरी जगन्नाथपुरीमा चामलको
हण्डा राख्छन्, त्यसमा पाक्यो भने त्यसमा पाकेको भोग ४ भाग हुन्छ। त्यहाँ चामलको नै
भोग लगाउँछन् किनकि त्यहाँ चामल धेरै खान्छन्। श्रीनाथद्वारेमा चामल हुँदैन। त्यहाँ
त सबै शुद्ध घिउको पक्वान्न बन्छ। भोजन बनाउँदा पनि सफासँग मुख बन्द गरेर बनाउँछन्।
प्रसाद धेरै इज्जतले लैजान्छन्, भोग लगाएपछि त्यो सबै पण्डाहरूलाई मिल्छ। त्यो भोग
प्रसाद पसलमा लगेर राख्छन्। त्यहाँ धेरै भीड हुन्छ। यी बाबाले देखेका छन्। अहिले
तिमी बच्चाहरूलाई कसले पढाइरहनुभएको छ? परमप्रिय बाबा आएर तिम्रो सेवक बन्नुभएको छ।
तिम्रो सेवा गरिरहनुभएको छ, यति नसा चढ्छ? हामी आत्माहरूलाई बाबाले पढाउनुहुन्छ।
आत्माले नै सबै कुरा गर्छ नि। मनुष्यले फेरि भनिदिन्छन्– आत्मा निर्लेप छ। तिमीलाई
थाहा छ– आत्मामा त ८४ जन्मको अविनाशी पार्ट भरिएको छ, त्यसलाई फेरि निर्लेप भन्नु
कति रातदिनको फरक हुन्छ! यो कसैले राम्रोसँग महिना डेढ महिना बसेर बुझ्यो भने यी
प्वइन्टहरू बुद्धिमा बस्छन्। दिनप्रतिदिन प्वइन्टहरू त धेरै निस्कँदै जान्छन्। यो
हो कस्तुरी। जस्तै बच्चाहरूलाई जब पूरा निश्चय बस्छ त्यसपछि फेरि बुझ्छन्– अवश्य
परमपिता परमात्माले नै आएर दुर्गतिबाट सदगति गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीमाथि
अहिले बृहस्पतिको दशा छ। मैले तिमीलाई स्वर्गको मालिक बनाएँ, अब फेरि रावणले राहुको
दशा ल्याइदिएको छ। अब फेरि बाबा आउनुभएको छ स्वर्गको मालिक बनाउन। त्यसैले आफूलाई
घाटा पार्नुहुँदैन। व्यापारीहरूले आफ्नो खाता सदैव ठिक राख्छन्। घाटा पार्नेलाई
अनाडी भनिन्छ। अब यो त सबैभन्दा ठुलो व्यापार हो। कुनै विरलै व्यापारीले यो व्यापार
गर्छन्। यही अविनाशी व्यापार हो र सबै व्यापार त माटोमा मिल्नेछन्। अहिले तिम्रो
सच्चा व्यापार भइरहेको छ। बाबा ज्ञानको सागर, सौदागर, रत्नागर हुनुहुन्छ।
प्रदर्शनीमा हेर कति आउँछन्! सेन्टरमा कोही मुस्किलले आउँछन्। भारतखण्ड त धेरै
लम्बाचौडा छ नि। सबै ठाउँमा तिमी जानुछ। पानीको गङ्गा सारा भारतमा छ नि। यो पनि
तिमीले सम्झाउनुपर्छ। पतितपावन कुनै पानीको गङ्गा होइन। तिमी ज्ञान गङ्गाहरूलाई
जानुपर्छ। चारैतिर मेला, प्रदर्शनी भइरहन्छ। दिनप्रतिदिन चित्र बन्दै जान्छ। यस्तो
शोभायमान चित्र बनाउनुछ जुन हेर्नासाथ मजा आउँछ। यो त ठीकै सम्झाउँछन्, अब
लक्ष्मीनारायणको राजधानी स्थापना भइरहेको छ। सिँढीको चित्र पनि फस्टक्लास छ। अहिले
ब्राह्मण धर्मको स्थापना भइरहेको छ। यी ब्राह्मण नै फेरि देवता बन्छन्। तिमीले अहिले
पुरुषार्थ गरिरहेका छौ त्यसैले दिलैदेखि आफूलाई सोधिराख– हामीमा कुनै सानोतिनो काँडा
त छैन? कामको काँडा त छैन? क्रोधको सानो काँडा, त्यो पनि धेरै नराम्रो हो। देवताहरू
क्रोधी हुँदैनन्। देखाउँछन्– शङ्करको आँखा खुल्यो भने विनाश हुन्छ। यो पनि एक कलङ्क
लगाएका छन्। विनाश त हुनु नै छ। सूक्ष्मवतनमा शङ्करका कुनै सर्प आदि कहाँ हुन सक्छन्
र! सूक्ष्मवतन र मूलवतनमा बगैँचा, सर्प आदि केही पनि हुँदैनन्। यी सबै यहाँ हुन्छन्।
स्वर्ग पनि यहाँ हुन्छ। यस समयमा मनुष्य काँडासमान छन्, त्यसैले यसलाई काँडाहरूको
जङ्गल भनिन्छ। सत्ययुग हो फूलहरूको बगैँचा। तिमीले देख्छौ– बाबाले कस्तो बगैँचा
बनाउनुहुन्छ! अति सुन्दर बनाउनुहुन्छ। सबैलाई सुन्दर बनाउनुहुन्छ। स्वयं त सदा
सुन्दर हुनुहुन्छ। सबै सजनीहरूलाई अथवा बच्चाहरूलाई सुन्दर बनाउनुहुन्छ। रावणले
बिल्कुलै कालो बनाइदिएको छ। अब तिमी बच्चाहरूलाई खुसी हुनुपर्छ– हामीमाथि बृहस्पतिको
दशा बसेको छ। आधा समय सुख, आधा समय दुःख भयो भने त्यसबाट फाइदा नै के भयो? होइन,
३/४ (तीन चौथाइ) सुख, १/४ (एक चौथाइ) दुःख हुन्छ। ड्रामा यस्तै बनेको छ। धेरै
मानिसहरूले सोध्छन्– ड्रामा यस्तो किन बनाइएको हो? अरे यो त अनादि हो नि! किन बन्यो,
यो प्रश्न उठ्न सक्दैन। यो ड्रामा अनादि अविनाशी बनेको छ। बनिबनाउ बनिरहेको छ।
कसैलाई पनि मोक्ष मिल्न सक्दैन। यो सृष्टि त अनादि चल्दै आएको छ, चलि नै रहन्छ।
प्रलय हुँदैन।
बाबाले नयाँ दुनियाँ
बनाउनुहुन्छ तर त्यसमा कति गुन्जायस छ! मनुष्य पतित दुःखी भएपछि मात्र बोलाउँछन्।
बाबा आएर सबैको काया कल्पतरु बनाउनुहुन्छ जसबाट आधाकल्प तिम्रो कहिल्यै अकालमा
मृत्यु हुँदैन। तिमीले कालमाथि विजय पाउँछौ। त्यसैले बच्चाहरूले धेरै पुरुषार्थ
गर्नुपर्छ। जति उच्च पद पाउँछौ त्यति राम्रो छ। पुरुषार्थ त हरेकले धेरै कमाइको लागि
नै गर्छन्। दाउरा बेच्नेले पनि भन्छन्– हामीले धेरै कमाइ गरौँ। कसैले ठगी गरेर पनि
कमाउँछन्। पैसामा कमाउनमा नै आपत् छ। त्यहाँ त तिम्रो पैसा कसैले लुट्न सक्दैन। हेर
दुनियाँमा त के के भइरहेको छ! त्यहाँ यस्तो कुनै दुःखको कुरा हुँदैन। अहिले तिमीले
बाबाबाट कति वर्सा लिन्छौ! आफ्नो जाँच गर्नुपर्छ– हामी स्वर्गमा जाने लायक छौँ? (नारदको
उदाहरण) मनुष्यले अनेक तीर्थ आदि गरिरहन्छन्, मिल्न केही पनि मिल्दैन। गीत पनि छ
नि– चारैतिर लगाए फेरे फिर भी हरदम दूर रहे। अब बाबाले तिमीलाई कति राम्रो यात्रा
सिकाउनुहुन्छ, यसमा कुनै तकलिफ छैन। केवल बाबा भन्नुहुन्छ– मामेकम् याद गरेमा
विकर्म विनाश हुन्छ। धेरै राम्रो युक्ति सुनाउँछु। बच्चाहरूले सुन्छन्। यो मेरो
लोनमा लिएको शरीर हो। यी बाबालाई कति खुसी हुन्छ! मैले बाबालाई शरीर लोनमा दिएका
छु। बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। नाम पनि छ भागीरथ। अहिले तिमी
बच्चाहरूले रामपुरीमा जानको लागि पुरुषार्थ गरिरहेका छौ। त्यसैले पूरा पुरुषार्थमा
लाग्नुपर्छ। काँडा किन बन्ने?
तिमी
ब्राह्मण-ब्राह्मणी हौ। सबै कुरा मुरलीमा आधारित छ। तिमीलाई मुरली मिलेन भने तिमीले
श्रीमत कहाँबाट ल्याउँछौ? यस्तो होइन– केवल एक ब्राह्मणीले मात्रै मुरली सुनाउनुछ।
जोसुकैले पनि मुरली पढेर सुनाउन सक्छन्। भन्नुपर्छ– आज तिमीले सुनाऊ। अब त
प्रदर्शनीको चित्र पनि सम्झाउनको लागि राम्रो बनेको छ। यो मुख्य चित्र त आफ्नो पसलमा
राख, धेरैको कल्याण हुन्छ। भन, आउनुभयो भने त हामीले तपाईंलाई सम्झाउँछौँ– यो
सृष्टिको चक्र कसरी घुम्छ। कसैको कल्याण गर्नमा थोरै समय गयो भने के हर्जा छ र! त्यो
सौदाको साथै यो सौदा गराउन सक्छौ। यो बाबाको अविनाशी ज्ञान रत्नको पसल हो। नम्बरवन
हो सिँढीको चित्र र गीताका भगवान शिवको चित्र। भारतवर्षमा शिव भगवान आउनुभएको थियो,
जसको जयन्ती मनाउँछन्। अब फेरि उहाँ बाबा आउनुभएको छ। यज्ञ पनि रच्नुभएको छ। तिमी
बच्चाहरूलाई राजयोगको ज्ञान सुनाइरहनुभएको छ। बाबाले नै आएर राजाहरूको राजा
बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई सूर्यवंशी राजारानी बनाउँछु, जसलाई फेरि
विकारी राजाहरूले पनि नमन गर्छन्। त्यसैले स्वर्गको महाराजा-महारानी बन्ने पूरा
पुरुषार्थ गर्नुपर्छ। बाबाले कुनै घर आदि बनाउन मनाही गर्नुहुन्न। ठीकै छ, बनाऊ।
पैसा पनि त माटोमा मिल्छ, यसबाट किन घर बनाएर आरामले नबस्ने! पैसा काममा लगाउनुपर्छ।
घर पनि बनाऊ, खानको लागि पनि राख। दानपुण्य पनि गर्छन्। जसरी कस्मीरको राजाले जति
आफ्नो निजी सम्पत्ति थियो, त्यो सबै आर्य समाजीहरूलाई दानमा दिए। आफ्नो धर्म, जातिको
लागि गर्छन् नि। यहाँ त त्यो कुनै कुरा छैन। सबै बाबाका बच्चाहरू हुन्। यहाँ जाति
आदिको कुरा छैन। त्यो जाति आदि हो देहको । मैले त तिमी आत्माहरूलाई पवित्र बनाएर
विश्वको बादसाही दिन्छु। ड्रामा अनुसार भारतवर्षका मानिसहरूले नै राज्यभाग्य लिन्छन्।
अब तिमी बच्चाहरूलाई थाहा भएको छ– हामीमाथि बृहस्पतिको दशा बसेको छ। श्रीमतले भन्छ–
मामेकम् याद गर, अरू कुनै कुरा छैन। भक्तिमार्गमा व्यापारीहरूले केही न केही धर्माऊ
(दान) अवश्य निकाल्छन्। त्यसको पनि अर्को जन्ममा अल्पकालको लागि फल मिल्छ। अब त म
डाइरेक्ट आएको छु, त्यसैले तिमीले यस कार्यमा लगाऊ। मलाई त केही पनि चाहिँदैन।
शिवबाबालाई आफ्नो लागि कुनै घर आदि बनाउनुछ र! यो सबै तिमी ब्राह्मणहरूको हो। यहाँ
गरिब, धनवान सबै सँगै रहन्छन्। कोही कोही रिसाउँछन्– भगवानको पासमा पनि समान दृष्टि
छैन। कोहीलाई महलमा, कोहीलाई झुपडीमा राख्छन्। शिवबाबालाई भुल्छन्। शिवबाबाको यादमा
रहे भने कहिल्यै यस्तो कुरा गर्दैनन्। सबैसँग सोध्न त पर्छ नि। हेरिन्छ– यो घरमा
यस्तो आरामले रहन्छ भने त्यो प्रबन्ध गरिदिनुपर्छ, त्यसैले भनिन्छ– सबैको खातिरदारी
गर। कुनै पनि चीज भएन भने मिल्न सक्छ। बाबाको त बच्चाहरूमाथि स्नेह हुन्छ। यति
स्नेह अरू कसैको हुन सक्दैन। बच्चाहरूलाई कति सम्झाउनुहुन्छ– पुरुषार्थ गर। अरूको
लागि पनि युक्ति रच। यसमा हुनुपर्छ ३ पाइला पृथ्वी, जसमा बच्चीहरूले सम्झाउँदै
जान्छन्। कुनै ठुलो मानिसको हल भयो भने भन हामीले केवल चित्र राखिदिन्छौँ। एकदुई
घण्टा बिहान बेलुका क्लास गरेर जान्छौँ। खर्च सबै हाम्रो, नाम तपाईंको हुन्छ। धेरै
आएर कौडीबाट हीराजस्ता बन्नेछन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) जति पनि भित्र काँडाहरू छन् तिनको जाँच गरेर निकाल्नुछ। रामपुरीमा जाने
पुरुषार्थ गर्नुछ।
२) अविनाशी ज्ञान
रत्नहरूको सौदा गरेर कसैको पनि कल्याण गर्नमा समय दिनुछ। सुन्दर बन्नु र बनाउनुछ।
वरदान:–
तमोगुणी
वायुमण्डलमा आफ्नो स्थिति एकरस , अचल अडोल राख्ने मास्टर सर्वशक्तिमान् भव
दिनप्रतिदिन
परिस्थितिहरू अति तमोप्रधान बन्नेछन्, वायुमण्डल अझै बिग्रिने छ। यस्तो वायुमण्डलमा
कमल पुष्पसमान न्यारा रहनु, आफ्नो स्थिति सतोप्रधान बनाउनु– यसको लागि त्यत्ति
हिम्मत वा शक्तिको आवश्यकता छ। म मास्टर सर्वशक्तिमान् हुँ यो वरदान स्मृतिमा रह्यो
भने चाहे प्रकृतिद्वारा, चाहे लौकिक सम्बन्धद्वारा, चाहे दैवी परिवारद्वारा कुनै पनि
परीक्षा आए पनि त्यसमा सदा एकरस, अचल-अडोल रहनेछौ।
स्लोगन:–
वरदाता
बाबालाई आफ्नो सच्चा साथी बनायौ भने वरदानले झोली भरिइरहन्छ।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलतासम्पन्न बन
यस परमात्म-ज्ञानबाट
नै विश्वमा एक धर्म, एक राज्य, एक मतको स्थापना हुन्छ। तिम्रो यस ब्राह्मण सङ्गठनको
एकमतको विशेषता देवतारूपमा प्राक्टिकलमा चल्छ। यो विशेषताले नै कमाल गर्छ, यसबाट नै
नाम प्रसिद्ध हुन्छ, प्रत्यक्षता हुन्छ। त्यसैले यस विशेषतामा नम्बरवन बन। यसको लागि
जुन आफ्नो मूल संस्कार छ, त्यसलाई मेटाएर बापदादाको संस्कारलाई कपी गरेर समान र
सम्पूर्ण बन त्यसपछि हरेकद्वारा बाबा देखिन्छ र प्रत्यक्षता हुनेछ।