19.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– शिवबाबा ले तिम्रो फूल आदि केही स्वीकार गर्न सक्नुहुन्न किनकि उहाँ पूज्य वा पुजारी बन्नुहुन्न , तिमीले पनि सङ्गममा फूलको हार लगाउनुछैन।”

प्रश्न:–
भविष्यमा राज्य तख्तको अधिकारी को बन्छन्?

उत्तर:–
जसले अहिले मातापिताको दिलतख्तलाई जित्छन्, उनीहरू नै भविष्यमा तख्तनसिन बन्छन्। बडो अचम्म छ, बच्चाहरूले मातापितामाथि पनि विजय प्राप्त गर्छन्। मेहनत गरेर मातापिताभन्दा पनि अगाडि जान्छन्।

गीत:–
छोड भी दे आकाश सिंहासन...

ओम् शान्ति ।
मीठा-प्यारा सिकिलधे बच्चाहरूले गीत सुन्यौ। यो गीतबाट सर्वव्यापीको ज्ञान उडेर जान्छ। याद गर्छन्, अहिले यो संसार धेरै दुःखी छ। ड्रामा अनुसार यी सबै गीत बनेका हुन्। दुनियाँका मानिसहरूलाई थाहा छैन। बाबा आउनुहुन्छ पतितहरूलाई पावन बनाउन वा दुःखीहरूलाई दुःखबाट मुक्त गरेर सुख दिनको लागि। बच्चाहरूलाई थाहा भएको छ– उहाँ बाबा आउनुभएको छ। तिमी बच्चाहरूले बाबाको पहिचान पाएका छौ। बाबा स्वयं बसेर बताउनुहुन्छ– म साधारण तनमा प्रवेश गरेर सारा सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सुनाउँछु। सृष्टि एउटै छ, केवल नयाँ र पुरानो हुन्छ। जसरी शरीर बचपनमा बालक हुन्छ फेरि वृद्ध हुन्छ। नयाँ शरीर, पुरानो शरीर दुईवटा शरीर भनिँदैन। एउटै हो केवल नयाँबाट पुरानो बन्छ। त्यसरी नै दुनियाँ पनि एउटै हो। नयाँबाट अहिले पुरानो भएको छ। नयाँ कहिले थियो? यो कुरा फेरि कसैले बताउन सक्दैन। बाबा आएर सम्झाउनुहुन्छ, प्यारा बच्चाहरू! नयाँ दुनियाँ हुँदा भारतवर्ष नयाँ थियो। त्यसलाई सत्ययुग भनिन्थ्यो। उही भारतवर्ष फेरि पुरानो बनेको छ। यसलाई पुरानो, पुरातन दुनियाँ (ओल्ड वर्ल्ड) भनिन्छ। नयाँ दुनियाँबाट फेरि पुरानो बनेको छ फेरि यसलाई नयाँ अवश्य बन्नुछ। तिमी बच्चाहरूले नयाँ दुनियाँको साक्षात्कार गरेका छौ। अच्छा, त्यो नयाँ दुनियाँका मालिक को थिए? अवश्य यी लक्ष्मीनारायण थिए। आदि सनातन देवीदेवता त्यस दुनियाँका मालिक थिए। यो कुरा बाबाले बच्चाहरूलाई सम्झाइरहनुभएको छ। बाबा भन्नुहुन्छ– अब निरन्तर यही याद गर। बाबा परमधामबाट हामीलाई पढाउन, राजयोग सिकाउन आउनुभएको छ। महिमा सबै उहाँ एकको हो, यिनको महिमा केही छैन। यस समयमा सबै तुच्छ बुद्धिका छन्, केही बुझ्दैनन् त्यसैले म आउँछु त्यसैले त गीत पनि बनाइएको छ। सर्वव्यापीको ज्ञान उडेर जान्छ। हरेकको पार्ट आआफ्नो छ।

बाबा बारम्बार भन्नुहुन्छ– तिमीले देह अभिमान छोडेर आत्म अभिमानी बन र इन्द्रियहरूद्वारा शिक्षा धारण गर। हुन त यी बाबालाई हिँड्दाडुल्दा देख्छौ तर याद शिवबाबालाई गर्नुछ। यस्तै सम्झ शिवबाबाले नै सबैथोक गर्नुहुन्छ। ब्रह्मा छँदै छैनन्। देख्न त यिनको रूप यी आँखाले देखिन्छ। तिम्रो बुद्धि शिवबाबातिर जानुपर्छ। शिवबाबा नहुने हो भने यिनको आत्मा, यिनको शरीर कुनै कामको हुँदैन। सदैव सम्झ यिनमा शिवबाबा हुनुहुन्छ। उहाँले यिनीद्वारा पढाउनुहुन्छ। तिम्रो टिचर यिनी होइनन्। सुप्रीम टिचर उहाँ हुनुहुन्छ। याद उहाँलाई गर्नुछ। कहिल्यै पनि शरीरलाई याद गर्नुहुँदैन। बुद्धियोग बाबासँग लगाउनुछ। फेरि आएर ज्ञान योग सिकाउनुहोस् भनेर बच्चाहरूले बाबालाई याद गर्छन्। परमपिता परमात्मा बाहेक अरू कसैले राजयोग सिकाउन सक्दैन। बच्चाहरूको बुद्धिमा छ उहाँले नै बसेर गीताको ज्ञान सुनाउनुहुन्छ फेरि यो ज्ञान प्रायः लोप हुन्छ। त्यहाँ यो ज्ञानको आवश्यकता नै हुँदैन। राजधानी स्थापन भयो। सद्गति हुन्छ। ज्ञान दिइन्छ दुर्गतिबाट सद्गति हुनको लागि। बाँकी ती सबै भक्तिमार्गका कुरा हुन्। मानिसहरूले जप, तप, दान, पुण्य आदि जे जति गर्छन्, सबै भक्तिमार्गका कुरा हुन्, यसबाट मलाई कसैले पाउन सक्दैन। आत्माको पखेटा चुँडिएको छ। पत्थरबुद्धि बनेको छ। पत्थरबाट फेरि पारस बनाउन म आउनुपर्छ। बाबा भन्नुहुन्छ– अहिले कति धेरै मानिसहरू छन्। तोरीजस्तै संसार भरिएको छ। अब सबै खतम हुनुछ। सत्ययुगमा यति धेरै मानिसहरू हुँदैनन्। नयाँ दुनियाँमा वैभव धेरै र मानिसहरू थोरै हुन्छन्। यहाँ यति धेरै मानिसहरू छन् जसलाई खानको लागि पनि मिल्दैन। जमिन पुरानो रूखो भयो फेरि नयाँ हुन्छ। त्यहाँ सबै कुरा नयाँ नै हुन्छ। नाम नै कति मीठो छ– हेभिन, बहिस्त, देवताहरूको नयाँ दुनियाँ। पुरानोलाई भत्काएर नयाँमा बस्ने दिल हुन्छ नि! अब नयाँ दुनियाँ, स्वर्गमा जाने कुरा छ। यसमा पुरानो शरीरको कुनै महत्त्व छैन। शिवबाबाको कुनै शरीर छैन।

बच्चाहरूले भन्छन्– बाबालाई हार लगाइदिऊँ। तर यिनलाई हार लगाइदियौ भने तिम्रो बुद्धियोग यिनमा जान्छ। शिवबाबा भन्नुहुन्छ हारको आवश्यकता छैन। तिमी नै पूज्य बन्छौ। पुजारी पनि तिमी नै बन्छौ। आफै पूज्य आफै पुजारी। त्यसैले आफ्नै चित्रको पूजा गर्न थाल्छन्। बाबा भन्नुहुन्छ म न पूज्य बन्छु, न फूल आदिको आवश्यकता छ। मैले किन यो फूलमाला लगाऊँ त्यसैले कहिल्यै फूलमाला आदि लिनुहुन्न। तिमी पूज्य बन्छौ त्यसपछि जति चाहिन्छ त्यति फूल लगाउनु। म त तिमी बच्चाहरूको परमप्रिय आज्ञाकारी पिता पनि हुँ, टिचर पनि हुँ, सेवक पनि हुँ। ठुला ठुला राजसी मानिसहरूले चिठीको पुछारमा सही गर्दा लेख्छन् मिन्टो, कर्जन आदि भारतमा ब्रिटिस सरकारका प्रतिनिधि भाइसरायहरूले... आफूलाई कहिल्यै लर्ड (महामहिम) लेख्दैनन्। यहाँ त श्री लक्ष्मीनारायण, श्री फलानो भन्छन् एकदम श्री अक्षर राखिदिन्छन्। त्यसैले बाबा बसेर सम्झाउनुहुन्छ अब यो शरीरलाई याद नगर। आफूलाई आत्मा निश्चय गर र बाबालाई याद गर। यो पुरानो दुनियाँमा आत्मा र शरीर दुवै पतित छन्। सुन ९ क्यारेट रहेछ भने गहना पनि ९ क्यारेट नै हुन्छ। सुनमा नै खादको मिसावट हुन्छ। आत्मालाई कहिल्यै निर्लेप सम्झनुहुँदैन। अहिले तिमीलाई यसको ज्ञान छ। तिमीले आधाकल्प २१ जन्मको लागि प्रारब्ध प्राप्त गर्छौ त्यसैले कति पुरुषार्थ गर्नुपर्छ! तर बच्चाहरूले घरी घरी भुल्छन्। शिवबाबाले ब्रह्माद्वारा हामीलाई शिक्षा दिइरहनुभएको छ। ब्रह्माको आत्माले पनि उहाँलाई याद गर्छ। ब्रह्मा, विष्णु, शङ्कर सूक्ष्मवतनवासी हुन्। बाबाले पहिला सूक्ष्म सृष्टि रच्नुहुन्छ, निर्वाणधाम उच्चभन्दा उच्च धाम हो। आत्माहरूको निर्वाणधाम सबैभन्दा उच्च छ। एक भगवानलाई सबै भक्तहरूले याद गर्छन्। तर तमोप्रधान बनेका छन् त्यसैले बाबालाई भुलेर, ढुङ्गा, माटो सबैको पूजा गरिरहन्छन्। हामीलाई थाहा भएको छ जे जति चल्छ त्यो सबै ड्रामा सुट हुँदै जान्छ। ड्रामामा एकपटक जुन सुटिङ हुन्छ त्यही चलिरहन्छ। सम्झ बीचमा कुनै चरा आदि उड्यो भने त्यही घरी घरी दोहोरिइरहन्छ। चङ्गा उडिरहेको सुट भयो भने त्यो फेरि फेरि दोहोरिइरहन्छ। यो ड्रामाको सेकेन्ड सेकेन्ड पनि दोहोरिँदै जान्छ। सुट भइरहन्छ। यो बनिबनाउ ड्रामा हो। तिमी कलाकारहरू हौ सारा ड्रामालाई साक्षी भएर हेर्छौ। एक एक सेकेन्ड ड्रामा अनुसार पास हुन्छ। पात हल्लियो, ड्रामा पास भयो। यस्तो होइन पात पात भगवानको हुकुमले चल्छ। होइन, यो सबै ड्रामामा पहिल्यै निश्चित छ। यसलाई राम्रोसँग बुझ्नुपर्छ। बाबाले नै आएर राजयोग सिकाउनुहुन्छ र ड्रामाको ज्ञान दिनुहुन्छ। चित्र पनि कति राम्रा बनेका छन्। सङ्गमयुगमा घडीको सुई पनि राखिएको छ। यो कलियुगको अन्त्य सत्ययुगको आदिको सङ्गम हो। अहिले पुरानो दुनियाँमा अनेक धर्म छन्। नयाँ दुनियाँमा फेरि यी हुँदैनन्। तिमी बच्चाहरूले सदैव यस्तो सम्झ– हामीलाई बाबाले पढाउनुहुन्छ, हामी ईश्वरीय विद्यार्थी हौँ। भगवानुवाच– मैले तिमीलाई राजाहरूको राजा बनाउँछु। राजाहरूले पनि लक्ष्मीनारायणलाई पुज्छन्। त्यसैले उनीहरूलाई पूज्य बनाउने म नै हुँ। जो पूज्य थिए उनीहरू अब पुजारी भएका छन्। तिमी बच्चाहरूले बुझेका छौ हामी नै पूज्य थियौँ फेरि हामी नै पुजारी बन्यौँ। बाबा त बन्नुहुन्न। बाबा भन्नुहुन्छ, न म पुजारी हुँ, न पूज्य बन्छु त्यसैले मैले न हार लगाउँछु, न लगाउनुपर्छ। फेरि मैले किन फूलहरू स्वीकार गरूँ! तिमीले पनि स्वीकार गर्न सक्दैनौ। काइदा अनुसार फूलमाला स्वीकार गर्न ती देवताहरूको हक छ, उनीहरूको आत्मा र शरीर पवित्र छ। फूलमालाका हकदार उनीहरू नै हुन्। त्यहाँ स्वर्गमा त सुगन्धित फूल नै हुन्छन्। फूल हुन्छन् नै सुगन्धको लागि। माला लगाउनको लागि पनि हुन्छन्। बाबा भन्नुहुन्छ– अहिले तिमी बच्चाहरू विष्णुको गलाका हार बन्छौ। नम्बरवार तिमी तख्तमा बस्नुछ। जसले जति कल्प पहिला पुरुषार्थ गरेका थिए, अहिले पनि त्यति नै गर्छन् र गर्न थाल्नेछन्। नम्बरवार त हुन्छन्। बुद्धिले भन्छ फलानो बच्चा धेरै सेवाधारी छ। जसरी पसलमा साहु बन्छन्, हिस्सेदार बन्छन्, म्यानेजर बन्छन्। तलकालाई पनि लिफ्ट मिल्छ। यो पनि यस्तै हो। तिमी बच्चाहरूले पनि माता-पिताको दिल जित्नुछ। तिमीलाई बडो अचम्म लाग्छ– माता-पिताभन्दा अगाडि कसरी जान सक्छौँ। बाबाले त बच्चाहरूलाई मेहनत गराएर तख्तनसिन बनाउनको लागि लायक बनाउनुहुन्छ, त्यसैले बाबा भन्नुहुन्छ, अहिले मेरो दिलरूपी तख्तमाथि विजय प्राप्त गरेमा भविष्यको तख्तनसिन बन्छौ। पुरुषार्थ यति गर, जसले गर्दा नरबाट नारायण बन्न सक्छौ। मुख्य लक्ष्य उद्देश्य एउटै छ, फेरि राजधानी स्थापना भइरहेको छ भने त्यसमा धेरै किसिमका पद हुन्छन्।

तिमीले मायालाई जित्ने पूरा पूरा पुरुषार्थ गर्नुछ। बालबच्चा आदिलाई पनि प्यारले चलाएर पनि ट्रस्टी भएर रहनुछ। भक्तिमार्गमा भन्थ्यौ नि– प्रभु यो सबै हजुरले दिनुभएको हो! हजुरको अमानत हजुरले लिनुभयो। अच्छा फेरि रुने कुरै छैन तर यो दुनियाँ त रुने दुनियाँ नै हो। मानिसहरूले कथाहरू सुनाउँछन्। मोहजित राजाको कथा पनि सुनाउँछन्। फेरि कुनै दुःख महसुस हुँदैन। एउटा शरीर छोडेर गयो अर्को लियो। त्यहाँ कहिल्यै कुनै रोग आदि हुँदैन। सदा स्वस्थ, सदा निरोगी काया हुन्छ, २१ जन्मको लागि। बच्चाहरूलाई सबै साक्षात्कार हुन्छ। त्यहाँको रसमरिवाज कसरी चल्छ, कस्तो ड्रेस लगाउँछन्। स्वयंवर आदि कसरी हुन्छ– यो सबै बच्चाहरूले साक्षात्कार गरेका छौ। त्यो पार्ट सबै बित्यो। त्यस समयमा यति ज्ञान थिएन। अब दिनप्रतिदिन तिमी बच्चाहरूमा धेरै तागत आउँदैजान्छ। यो पनि सबै ड्रामामा पहिल्यै निश्चित छ। बडो अचम्म छ नि! परमपिता परमात्माको पनि कति महान् पार्ट छ। बाबा स्वयं बसेर सम्झाउनुहुन्छ भक्तिमार्गमा पनि माथि बसेर मैले कति काम गर्छु। तल त कल्पमा एकैपटक आउँछु। धेरै, निराकारका पुजारी पनि हुन्छन् तर निराकार परमात्मा कसरी आएर पढाउनुहुन्छ, यो कुरा गुम गरिदिएका छन्। गीतामा पनि श्रीकृष्णको नाम राखिदिएका छन् त्यसैले निराकारसँग प्रीत नै टुटेको छ। यो सहज योग त परमात्माले नै आएर सिकाउनुभयो र दुनियाँलाई परिवर्तन गर्नुभयो, दुनियाँ परिवर्तन भइरहन्छ। युग फेरिइरहन्छन्। यो ड्रामाको चक्रलाई अहिले तिमीले बुझेका छौ। मानिसहरूलाई केही थाहा छैन। सत्ययुगका देवीदेवताहरूलाई पनि चिन्दैनन्। केवल देवताहरूका निसानीहरू रहेका छन्, त्यसैले बाबा सम्झाउनुहुन्छ, सदैव यस्तो सम्झ हामी शिवबाबाका सन्तान हौँ। शिवबाबाले हामीलाई पढाउनुहुन्छ। शिवबाबाले, यी ब्रह्माद्वारा सदैव शिक्षा दिनुहुन्छ। शिवबाबाको यादमा फेरि बडो मजा आइरहन्छ। यस्तो परमपिता परमात्मा को हुनुहुन्छ? उहाँ पिता पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। कतिपय लौकिक पिताले बच्चाहरूलाई पढाए भने पनि उनीहरूले अवश्य भन्छन् हाम्रा यी पिता, टिचर हुन् तर ती पिता गुरु पनि हुने यस्तो हुँदैन। हो, टिचर हुन सक्छन्। पितालाई गुरु कहिल्यै भन्दैनन्। यिनका (ब्रह्मा बाबाका) पिता टिचर पनि थिए, पढाउँथे। उनी हुन् हदका पिता टिचर। उहाँ हुनुहुन्छ बेहदको पिता टिचर। तिमीले आफूलाई ईश्वरीय विद्यार्थी सम्झियौ भने पनि अहो सौभाग्य। परमपिता परमात्माले पढाउनुहुन्छ, कति क्लियर छ। त्यसैले कति बाबा मीठो हुनुहुन्छ। मीठो चीजलाई याद गरिन्छ। जसरी आसिक-मासुकको प्यार हुन्छ। उनीहरूको प्यार विकारको लागि हुँदैन। बस् एकअर्कालाई हेरिरहन्छन्। तिम्रो फेरि आत्माहरूको परमात्मा बाबासँग योग छ। आत्माले भन्छ बाबा कति ज्ञानको सागर, प्रेमको सागर हुनुहुन्छ। यो पतित दुनियाँ, पतित शरीरमा आएर हामीलाई कति उच्च बनाउनुहुन्छ! गायन पनि छ– मानिसबाट देवता बनाउन बेर लागेन। सेकेन्डमा वैकुण्ठ जान्छन्। सेकेन्डमा मानिसबाट देवता बन्छन्। यो हो लक्ष्य उद्देश्य। त्यसको लागि पढाइ पढ्नुपर्छ। गुरुनानकले पनि भनेका छन् नि मूत पलीती कपड धोए... लक्ष्य साबुन हो नि। बाबा भन्नुहुन्छ म कति राम्रो धोबी हुँ। तिम्रो वस्त्र (देह), तिम्रो आत्मा र शरीर कति शुद्ध बनाउँछु। त्यसैले यिनलाई (दादालाई) कहिल्यै याद गर्नुहुँदैन। यो सारा कार्य शिवबाबाको हो, उहाँलाई नै याद गर। यिनीभन्दा मीठो उहाँ हुनुहुन्छ। आत्मालाई भन्नुहुन्छ तिम्रो यी आँखाले यो ब्रह्माको रथ देखिन्छ तर तिमीले याद शिवबाबालाई गर। शिवबाबाले यिनीद्वारा तिमीलाई कौडीबाट हिराजस्तो बनाइरहनुभएको छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबाको दिलरूपी तख्तमाथि विजय पाउने पुरुषार्थ गर्नुछ। परिवारमा ट्रस्टी भएर प्यारले सबैलाई चलाउनुछ। मोहजित बन्नुछ।

२) योगबलले आत्मालाई स्वच्छ बनाउनुछ। यी आँखाले सबैथोक देख्दा पनि याद एक बाबालाई गर्नुछ। यहाँ फूलको हार स्वीकार नगरेर सुगन्धित फूल बन्नुछ।

वरदान:–
प्रारब्धको इच्छालाई त्याग गरेर राम्रो पुरुषार्थ गर्ने श्रेष्ठ पुरुषार्थी भव

श्रेष्ठ पुरुषार्थी उनीहरूलाई भनिन्छ जसले पुरुषार्थको प्रारब्ध भोग्ने इच्छा राख्दैनन्। जहाँ इच्छा छ त्यहाँ स्वच्छता खतम हुन्छ र सोच्ने व्यक्ति (सोचता) बन्छन्। जसले यहाँ नै प्रारब्ध भोग्ने इच्छा राख्छन् उनीहरूले आफ्नो भविष्यको कमाइको जम्मा हुन दिँदैनन् त्यसैले इच्छाको सट्टा अच्छा शब्द याद राख। श्रेष्ठ पुरुषार्थीले सदा बेदाग बन्ने पुरुषार्थ गर्छन्, कुनै पनि कुरामा फेल हुँदैनन्।

स्लोगन:–
साधन कमल पुष्प बनेर प्रयोग गर किनकि यी साधनहरू तिम्रा कर्मयोगका फल हुन्।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।

सर्वस्व त्यागी बच्चाहरूमा मुख्य सरलता र सहनशीलताको गुण अवश्य हुन्छ। यस्ता बच्चाहरू स्वयं हर्षित रहन्छन् र सबैलाई आकर्षित गर्छन्। उनीहरू एकअर्काका स्नेही बन्छन्। यदि सरलता छैन भने स्नेह पनि हुन सक्दैन। जसरी साकार रूपमा देख्यौ जति नलेजफुल त्यति नै सरल स्वभाव। बुज्रुगको लागि बुज्रुग, बचपनको लागि बचपन।