19.07.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– सदैव खुसीमा रहने गर– हामीलाई कसले पढाउनुहुन्छ, यो पनि मनमनाभव हो। तिमीलाई खुसी छ– हिजो हामी पत्थर बुद्धि थियौं, आज पारस बुद्धि बनेका छौं।”

प्रश्न:–
तकदिर खुल्ने आधार के हो?

उत्तर:–
निश्चय। यदि तकदिर खुल्नमा ढिलो भयो भने लङ्गडाइरहन्छन्। निश्चय बुद्धि हुने राम्रोसँग पढेर अगाडि बढ्दै जान्छन्। कुनै पनि कुरामा संशय छ भने पछाडि परिन्छ। जसले निश्चय बुद्धि बनेर आफ्नो बुद्धिलाई बाबासम्म दौडाइरहन्छन्, उनीहरू सतोप्रधान बन्छन्।

ओम् शान्ति ।
विद्यार्थीहरू सबैले विद्यालयमा पढ्छन् त्यसैले उनीहरूलाई यो थाहा हुन्छ– पढेर हामी के बन्नुछ। मीठा-प्यारा रुहानी बच्चाहरूको बुद्धिमा आउनुपर्छ– हामी सत्ययुग पारसपुरीका मालिक बन्छौं। यो देहको सम्बन्ध आदि सबै छोड्नुछ। अब हामी पारसपुरीको मालिक पारसनाथ बन्नुछ, सारा दिन यही खुसी हुनुपर्छ। तिमीले जान्दछौ– पारसपुरी केलाई भनिन्छ? त्यहाँ घर आदि सबै सुन-चाँदीका हुन्छन्। यहाँ त पत्थर-इँटाका घर छन्। अब फेरि तिमी पत्थर बुद्धिबाट पारस बुद्धि बन्छौ। पत्थर बुद्धिलाई पारस बुद्धि जब पारसनाथ बनाउनेवाला बाबा आउनुहुन्छ तब बनाउनुहुन्छ नि!

तिमी यहाँ बसेका छौ, थाहा छ हाम्रो विद्यालय उच्चभन्दा उच्च छ। योभन्दा ठुलो विद्यालय अरू कुनै हुँदैन। यो विद्यालयबाट तिमी करोड पदम भाग्यशाली विश्वको मालिक बन्छौ, त्यसैले तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। यो पत्थरपुरीबाट त्यो पारसपुरीमा जाने यो पुरुषोत्तम सङ्गमयुग हो। हिजो पत्थर बुद्धि थियौ, आज पारस बुद्धि बनिरहेका छौ। यो कुरा सदैव बुद्धिमा रह्यो भने पनि मनमनाभव नै हो। विद्यालयमा शिक्षक पढाउनको लागि आउँछन्। विद्यार्थीको दिलमा हुन्छ– अब शिक्षक आइ नै हाल्नुहुन्छ। तिमी बच्चाहरूले पनि बुझेका छौ– हाम्रो शिक्षक त स्वयं भगवान हुनुहुन्छ। उहाँले हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ भने अवश्य सङ्गममा आउनुहुन्छ।

अहिले तिमीलाई थाहा छ– मानिसहरूले पुकारिरहेका छन् तर उहाँ यहाँ आइसक्नुभएको छ। कल्प पहिला पनि यस्तै भएको थियो, त्यसैले लेखिएको छ– विनाशकाले विपरीत बुद्धि किनकि उनीहरू पत्थर बुद्धि छन्। तिम्रो छ विनाशकाले प्रीत बुद्धि। तिमी पारस बुद्धि बनिरहेका छौ। त्यसैले यस्तो कुनै युक्ति निकाल्नुपर्छ, जसबाट मानिसहरूले तुरुन्तै बुझ्छन्। यहाँ पनि धेरैलाई लिएर आउँछन्, तैपनि भन्छन्– शिवबाबा ब्रह्माको तनमा आएर कसरी पढाउनुहुन्छ होला! कसरी आउनुहुन्छ होला! केही पनि बुझ्दैनन्। सेन्टरहरूमा यति धेरै आउँछन्। सबै निश्चय बुद्धि छन् नि। सबैले भन्छन्– शिव भगवानुवाच, शिव नै सबैका पिता हुनुहुन्छ। श्रीकृष्णलाई कहाँ सबैको पिता भनिन्छ र। यसमा अलमलिनुपर्ने कुरा नै छैन। तर तकदिर ढिलो खुल्ने रहेछ भने फेरि लङ्गडाइ रहन्छन्। कम पढ्नेलाई भनिन्छ– यिनीहरू लङ्गडाउँछन्। संशय बुद्धि पछाडि पर्छन्। निश्चय बुद्धि, राम्रोसँग पढ्नेहरूले फड्को मार्दै जान्छन्। कति सरल तरिकाले सम्झाइन्छ।

जसरी बच्चाहरू दौडेर निसानीसम्म पुगेर फेरि फर्केर आउँछन्। बाबाले पनि भन्नुहुन्छ– बुद्धिलाई छिटो शिवबाबा पासमा दौडायौ भने सतोप्रधान बन्छौ। यहाँ बुझ्छन् पनि राम्रो। तीर लाग्छ, फेरि पनि बाहिर जाँदा समाप्त हुन्छ। बाबाले ज्ञानको इन्जेक्सन लगाउनुहुन्छ भने त्यसको नशा चढ्नुपर्छ नि। तर नशा चढ्दै चढ्दैन। यहाँ ज्ञान अमृतको प्याला पिउँदा असर हुन्छ। बाहिर जाने बित्तिकै बिर्सन्छन्। बच्चाहरूलाई थाहा छ– ज्ञान सागर, पतित-पावन, सद्‍गतिदाता, लिबरेटर एउटै बाबा हुनुहुन्छ। उहाँले नै हरेक कुराको वर्सा दिनुहुन्छ। भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी पनि पुरै सागर बन। जति ममा ज्ञान छ, त्यति तिमीले पनि धारण गर। शिवबाबालाई देहको नशा छैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म त सदैव शान्त रहन्छु। तिमीसँग पनि देह नहुँदा नशा थिएन। शिवबाबाले कहाँ भन्नुहुन्छ र– यो मेरो चीज हो। यो तन लोनमा लिएको हुँ, लोनमा लिएको चीज आफ्नो कहाँ हुन्छ र। मैले यसमा प्रवेश गरेको छु, केही समयको लागि सर्भिस गर्नका लागि।

अब तिमी बच्चाहरू घर फर्केर जानुछ, भगवानसँग मिल्नको लागि दौडिनुछ। यति धेरै यज्ञ-तप आदि गरिरहन्छन्, कहाँ बुझ्छन् र– उहाँ कसरी मिल्नुहुन्छ। सम्झन्छन्– कुनै न कुनै रूपमा भगवान आउनुहुनेछ। बाबाले त धेरै सहज रूपमा सम्झाउनुहुन्छ, प्रदर्शनीमा पनि तिमीले सम्झाऊ। सत्ययुग-त्रेताको अवधि पनि लेखिएको छ। त्यसमा २५०० वर्षसम्म एकदम सही छ। सूर्यवंशीपछि चन्द्रवंशी हुन्छन्, फेरि देखाऊ– रावणको राज्य सुरु भयो र भारतवर्ष पतित हुन लाग्यो। द्वापर-कलियुगमा रावण राज्य भयो, तिथि-मिति देखाइएको छ। बीचमा राख सङ्गमयुग। रथी पनि अवश्य चाहिन्छ नि। यो रथमा प्रवेश भएर बाबाले राजयोग सिकाउनुहुन्छ, जसबाट यी लक्ष्मी-नारायण बन्छन्। कसैलाई पनि सम्झाउन त धेरै सहज छ। लक्ष्मी-नारायणको वंश कति समय चल्छ। अरू सबै घराना हदका हुन्, यो बेहदको हो। यो बेहदको इतिहास-भूगोललाई जान्नुपर्छ नि।

अहिले सङ्गमयुग हो। फेरि दैवी राज्य स्थापना भइरहेको छ। यो पत्थरपुरी, पुरानो दुनियाँको विनाश हुनुछ। विनाश भएन भने नयाँ दुनियाँ कसरी बन्छ! तर भन्छन्– नयाँ दिल्ली। अहिले तिमी बच्चाहरूलाई थाहा छ– नयाँ दिल्ली कहिले हुनेछ। नयाँ दुनियाँमा नयाँ दिल्ली हुन्छ। गायन पनि छ– जमुनाको किनारमा महल हुन्छन्। जब यी लक्ष्मी-नारायणको राज्य हुन्छ, तब भनिन्छ नयाँ दिल्ली, पारसपुरी। नयाँ राज्य त सत्ययुगमा लक्ष्मी-नारायणको नै हुन्छ। मानिसहरूले त यो पनि बिर्सेका छन्– ड्रामा कसरी सुरुहुन्छ। को को मुख्य कलाकार हुन्, त्यो जान्नुपर्छ नि। कलाकार त धेरै छन्, त्यसैले मुख्य कलाकारलाई तिमीले चिन्छौ। तिमीहरू पनि मुख्य कलाकार बनिरहेका छौ। सबैभन्दा मुख्य पार्ट तिमीले खेलिरहेका छौ। तिमी रुहानी सामाजिक कार्यकर्ता हौ। बाँकी सबै सामाजिक कार्यकर्ता जिस्मानी हुन्। तिमीले रुहहरूलाई सम्झाउँछौ, पढ्ने रुहले हो। मानिसहरूले सम्झन्छन्– जिस्मले पढ्छ। यो कसैलाई पनि थाहा छैन– आत्माले यी अङ्गहरूद्वारा पढ्छ। म आत्मा ब्यारिस्टर आदि बन्छु। बाबाले हामीलाई पढाउनुहुन्छ। संस्कार पनि आत्मामा रहन्छ। संस्कार लिएर जान्छौ, फेरि आएर नयाँ दुनियाँमा राज्य गर्छौ। जसरी सत्ययुगमा राजधानी चलेको थियो, त्यसरी नै सुरुहुन्छ। यसमा केही सोध्नुपर्ने आवश्यकता रहँदैन।

मुख्य कुरा हो– देह अभिमानमा कहिल्यै नआऊ। आफूलाई आत्मा सम्झ। कुनै पनि विकर्म नगर। यादमा रहने गर, नत्र एउटा विकर्मको बोझ सय गुणा हुन्छ। हड्डी नै भाँचिन्छ। त्यसमा पनि मुख्य विकार हो काम। कतिले भन्छन्– बच्चाहरूले दिक्क पार्छन्, फेरि पिट्नुपर्छ। अब यो सोध्ने कुरा होइन। यसलाई त सानो पाई पैसाको पाप भनिन्छ। तिम्रो शिरमा त जन्मजन्मान्तरका पाप छन्, पहिला त्यसलाई त भस्म गर। बाबाले पावन हुने धेरै सहज उपाय बताउनुहुन्छ। तिमी एक बाबाको यादले पावन बन्छौ। भगवानुवाच– बच्चाहरूप्रति, मैले तिमी आत्माहरूसँग कुरा गर्छु। अरू कुनै मानिसले यसरी बुझ्न सक्दैनन्। उनीहरूले त आफूलाई शरीर नै सम्झन्छन्। बाबा भन्नुहुन्छ– मैले आत्माहरूलाई सम्झाउँछु। गायन पनि छ– आत्मा र परमात्माको मेला लाग्छ, यसमा कुनै आवाज आदि निकाल्नु छैन। यो त पढाइ हो। टाढा टाढाबाट आउँछन् बाबाको पासमा। जो निश्चय बुद्धि हुन्छन्, उनीहरूलाई पछि गएर जोडले आकर्षण हुन्छ। कसैलाई अहिले त्यति आकर्षण हुँदैन किनकि याद गर्दैनन्।

यात्राबाट फर्कँदा घरको नजिक आउन लागेपछि घर याद आउँछ, बच्चाहरू याद आउँछन्, घर पुग्ने बित्तिकै खुसीमा आएर भेट्छन्। खुसी बढ्दै जान्छ। सबैभन्दा पहिला श्रीमती याद आउँछ, फेरि बाल-बच्चा आदि याद आउँछन्। तिमीलाई याद आउँछ– हामी घर जाँदैछौँ, त्यहाँ बाबा र बच्चाहरू मात्र हुन्छन्। डबल खुसी हुन्छ। शान्तिधाम घर जान्छौँ, फेरि आउँछौँ राजधानीमा। बस्, याद नै गर्नुछ, बाबा भन्नुहुन्छ– मनमनाभव। आफूलाई आत्मा सम्झेर बाबा र वर्सालाई याद गर। बाबाले तिमी बच्चाहरूलाई फूलसमान बनाएर, नयनमा राखेर साथमा लैजानुहुन्छ। अलिकति पनि तकलिफ हुँदैन। जसरी लामखुट्टेको बथान जान्छ नि। तिमी आत्माहरू पनि त्यसरी नै जान्छौ बाबाको साथमा। पावन बन्नको लागि तिमीले बाबालाई याद गर्छौ, घरलाई होइन।

बाबाको नजर सबैभन्दा पहिला गरिब बच्चाहरूमा जान्छ। बाबा गरिब निवाज हुनुहुन्छ नि। तिमी पनि गाउँमा सर्भिस गर्न जान्छौ। बाबा भन्नुहुन्छ– म पनि तिम्रो गाउँमा आएर पारसपुरी बनाउँछु। अहिले त यो नर्क, पुरानो दुनियाँ हो। यसलाई अवश्य तोड्नुपर्छ। नयाँ दुनियाँमा नयाँ दिल्ली, त्यो सत्ययुगमा नै हुन्छ। त्यहाँ राज्य पनि तिम्रै हुन्छ। तिमीलाई नशा चढ्छ– हामीले फेरि आफ्नो राजधानी स्थापना गर्छौँ। जसरी कल्प पहिला गरेका थियौँ। यस्तो कहाँ भनिन्छ र– हामीले यस्ता यस्ता घर बनाउँछौँ। होइन, तिमी त्यहाँ गयौ भने स्वत: तिमीले त्यो बनाउन थाल्छौ किनकि त्यो आत्मामा पार्ट भरिएको हुन्छ। यहाँको पार्ट केवल पढ्ने हो। त्यहाँ तिम्रो बुद्धिमा आफै आउँछ– हामीले यस्ता यस्ता महल बनाऔं। जसरी कल्प पहिला बनाएका थियौ, त्यो बनाउन थाल्छौ। आत्मामा पनि पहिलादेखि नै निश्चित गरिएको छ। तिमीले त्यही महल बनाउँछौ, जुन महलमा तिमी कल्प कल्प रहन्छौ। यी कुराहरूलाई नयाँले बुझ्न सक्दैन। तिमीले बुझेका छौ– हामी आउँछौं, नयाँ नयाँ प्वाइन्टहरू सुनेर रिफ्रेस भएर जान्छौं। नयाँ नयाँ प्वाइन्टहरू निस्कन्छन्, त्यो पनि ड्रामामा निश्चित छ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म सदैव यो रथमा सवार भइराखुँ, यसमा मलाई सुख महसुस हुँदैन। म त तिमी बच्चाहरूलाई पढाउन आउँछु। यस्तो होइन, रथमै चढेर बसिरहन्छु। रातदिन रथमै चढिरहन्छु र? उहाँको त सेकेन्डमा आउनेजाने हुन्छ। सदैव बस्ने काइदा नै छैन। बाबा कति टाढाबाट आउनुहुन्छ पढाउनको लागि, घर त उहाँको त्यो हो नि। सारा दिन शरीरमा कहाँ बस्नुहुन्छ र, उहाँलाई सुख नै आउँदैन। जसरी पिँजडामा सुगा फस्छ। मैले त यो लोनमा लिन्छु तिमीलाई सम्झाउनको लागि। तिमीले भन्छौ– ज्ञानका सागर बाबा आउनुहुन्छ हामीलाई पढाउनको लागि। खुसीले रोमाञ्च खडा हुनुपर्छ। त्यो खुसी फेरि कम कहाँ हुनुहुन्छ र। यी धनी त स्थायी रूपमा बसेका छन्। एउटा रथमा दुई जना सदैव चढिरहन्छन् र? शिवबाबा आफ्नो धाममा रहनुहुन्छ। यहाँ आउनुहुन्छ, आउनमा ढिलो कहाँ हुन्छ र। रकेट हेर कति तीक्ष्ण हुन्छन्। आवाजभन्दा पनि तीक्ष्ण। आत्मा पनि धेरै सानो रकेट हो। आत्मा कसरी उड्छ, यहाँबाट तुरुन्तै गयो लन्डन। एक सेकेन्डमा जीवनमुक्ति गायन गरिएको छ। बाबा स्वयं पनि रकेट हुनुहुन्छ। भन्नुहुन्छ– म तिमीलाई पढाउनको लागि आउँछु। फेरि जान्छु आफ्नो घर। यस समयमा धेरै व्यस्त रहन्छु। दिव्य दृष्टिदाता हुँ, त्यसैले भक्तहरूलाई राजी गर्नुपर्छ। तिमीलाई पढाउँछु। भक्तहरूको दिल हुन्छ– साक्षात्कार होस् वा केही न केही भीख माग्छन्। सबैभन्दा धेरै भीख जगत अम्बासँग माग्छन्। तिमी जगत अम्बा हौ नि। तिमीले विश्वको बादसाहीको भीख दिन्छौ। गरिबहरूलाई भीख मिल्छ नि। हामी पनि गरिब छौं, त्यसैले शिवबाबाले स्वर्गको बादसाही भीखमा दिनुहुन्छ। भीख अरू केही होइन, केवल भन्नुहुन्छ– बाबालाई याद गरेमा विकर्म विनाश हुन्छन्। शान्तिधाममा जान्छौ। मलाई याद गर्‍यौ भने मैले ग्यारेन्टी गर्छु– तिम्रो आयु पनि लामो हुन्छ।

सत्ययुगमा मृत्युको नाम हुँदैन। त्यो हो अमरलोक, त्यहाँ मृत्युको नाम हुँदैन। केवल एउटा शरीर छोडेर अर्को लिन्छन्, यसलाई मृत्यु भनिन्छ र! त्यो हो अमरपुरी। साक्षात्कार हुन्छ– हामी बच्चा बन्नुछ। खुसीको कुरा हो। बाबाको दिल हुन्छ– अब गएर बच्चा बनुँ। थाहा छ– मुखमा सुनको चम्चा हुन्छ। एउटै सिकिलधा बाबाको बच्चा हुँ। बाबाले एडप्ट गर्नुभएको छ। म सिकिलधा बच्चा हुँ, त्यसैले बाबाले कति प्यार गर्नुहुन्छ। एकदम प्रवेश गरिहाल्नुहुन्छ। यो पनि खेल हो नि। खेलमा सदैव खुसी हुन्छ। यो पनि थाहा छ– अवश्य धेरै धेरै भाग्यशाली रथ होला। जसको लागि गायन छ– ज्ञान सागर, यिनमा प्रवेश गरेर तिमीलाई ज्ञान दिनुहुन्छ। तिमी बच्चाहरूको लागि एउटै कुरामा खुसी धेरै छ– भगवान आएर पढाउनुहुन्छ। भगवानले स्वर्गको राज्य स्थापना गर्नुहुन्छ। हामी उहाँका बच्चा हौँ भने फेरि हामी नर्कमा किन छौँ! यो कसैको पनि बुद्धिमा आउँदैन। तिमी त भाग्यशाली हौ, जो विश्वको मालिक बन्नको लागि पढ्छौ। यस्तो पढाइमा कति ध्यान दिनुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यही डबल खुसीमा रहनुछ– अब यात्रा पूरा भयो, पहिला हामी आफ्नो घर शान्तिधाममा जान्छौं अनि फेरि आफ्नो राजधानीमा आउँछौं।

२) शिरमा जुन जन्मजन्मान्तरको पापको बोझ छ, त्यसलाई भस्म गर्नुछ। देह अभिमानमा आएर कुनै पनि विकर्म गर्नुछैन।।

वरदान:–
श्रेष्ठ सङ्कल्पहरूको सहयोगद्वारा सबैमा शक्ति भर्ने शक्तिशाली आत्मा भव

सदैव शक्तिशाली भवको वरदान प्राप्त गरेर सबै आत्माहरूमा श्रेष्ठ सङ्कल्पहरूद्वारा बल भर्ने सेवा गर। जसरी आजकाल सूर्यको शक्ति जम्मा गरेर कयौं कार्य सफल गर्छन्। त्यसरी नै श्रेष्ठ सङ्कल्पहरूको शक्ति यति जम्मा होस्, जसले अरूको सङ्कल्पमा बल भरिदेओस्। यो सङ्कल्पले इन्जेक्सनको काम गर्छ। यसबाट भित्र वृत्तिमा शक्ति आउँछ। त्यसैले अब श्रेष्ठ भावना वा श्रेष्ठ सङ्कल्पबाट परिवर्तन गर्नु– यो सेवाको आवश्यकता छ।

स्लोगन:–
मास्टर दु:खहर्ता बनेर दु:खलाई पनि रुहानी सुखमा परिवर्तन गर्नु– यही तिम्रो श्रेष्ठ कर्तव्य हो।

अव्यक्त इसारा:– कोही-कोही बच्चाहरू कहिलेकाहीँ ठुलो खेल देखाउँछन्। व्यर्थ सङ्कल्प यति फोर्सले आउँछ कि कन्ट्रोल गर्न सक्दैनन्। अनि त्यस समय भन्छन्– के गर्ने, भइहाल्यो नि! रोक्न सक्दैनौँ, जे आयो त्यही गरियो। तर व्यर्थको लागि कन्ट्रोलिङ पावर चाहिन्छ। जसरी एउटा समर्थ सङ्कल्पको फल पद्मगुणा मिल्छ, त्यसैगरी एउटा व्यर्थ सङ्कल्पको हिसाब-किताब– उदास हुनु, दिलशिकस्त हुनु वा खुसी गायब हुनु– यो पनि एकको धेरै गुणाको हिसाबले अनुभव हुन्छ।