19.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– आफ्नो
स्वधर्मलाई भुल्नु नै सबैभन्दा ठुलो भुल हो , अहिले तिमी निर्दोष बन्नुछ , आफ्नो घर
र राज्यलाई याद गर्नुछ ।”
प्रश्न:–
तिमी
बच्चाहरूको कुन अवस्था नै समयको समीपताको निसानी हो?
उत्तर:–
तिमी बच्चाहरू
यादको यात्रामा सदा मस्त रहेपछि बुद्धिको भट्काइ बन्द हुनेछ, वाणीमा यादको जौहर
आउनेछ, अपार खुसीमा रहनेछौ, घरी घरी आफ्नो सत्ययुगी दुनियाँको दृश्य सामुन्ने
आइरहनेछ, तब सम्झ– समय समीप छ। विनाशमा समय लाग्दैन, यसको लागि यादको चार्ट बढाउनुछ।
गीत:–
तुम्हें पाके
हमने जहान पा लिया है...
ओम् शान्ति ।
रुहानी
बच्चाहरूले यो गीतको अर्थ त बुझेका हौला। अहिले बेहदका बाबालाई त पाइसक्यौ। बेहदका
बाबाबाट स्वर्गको वर्सा मिल्छ, जुन वर्सालाई कसैले पनि खोस्न सक्दैन। रावण राज्य
सुरु भएपछि वर्साको नशा जान्छ। ड्रामा यस्तो पनि बनेको छ। बच्चाहरूलाई सृष्टि
ड्रामाको पनि ज्ञान छ। यो चक्र कसरी घुम्छ। यसलाई नाटक पनि भन्न सक्छौ, ड्रामा पनि
भन्न सक्छौ। बच्चाहरूले बुझेका छौ– अवश्य बाबा आएर सृष्टिको चक्रको विषयमा पनि
सम्झाउनुहुन्छ। जो ब्राह्मण कुलका छन्, उनीहरूलाई नै सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू!
तिमीले आफ्नो जन्मलाई जान्दैनौ, मैले तिमीलाई सम्झाउँछु। पहिला तिमीले सुन्थ्यौ– ८४
लाख जन्म लिएपछि फेरि एक जन्म मनुष्यको मिल्छ। यस्तो होइन। अहिले तिमी सबै आत्माहरू
नम्बरवार आउँदैजाँदै गर्छौ। बुद्धिमा आएको छ– पहिला सुरुमा हामी आदि सनातन
देवी-देवता धर्मका पूज्य थियौँ, फेरि हामी नै पुजारी बनेका छौँ। आफै पूज्य आफै
पुजारी– यो पनि गायन छ। मनुष्यले फेरि भगवानको लागि सम्झन्छन्– उहाँ नै पूज्य, उहाँ
नै पुजारी बन्नुहुन्छ। हजुरकै यी सबै रूप हुन्। अनेक मतमतान्तर छन् नि। तिमी अहिले
श्रीमतमा चल्छौ। तिमीले बुझेका छौ– हामी विद्यार्थीले पहिला त केही जान्दैनथ्यौँ,
फेरि पढेर उच्च परीक्षा पास गर्दै जान्छौँ। ती विद्यार्थीले पनि सुरुमा त केही पनि
जान्दैनन्, फेरि परीक्षा पास गर्दा गर्दै बुझ्दछन्– अहिले हामीले ब्यारिस्टरी पास
गर्यौँ। तिमीलाई पनि अहिले थाहा छ– हामी पढेर मनुष्यबाट देवता बनिरहेका छौँ, त्यो
पनि विश्वको मालिक। त्यहाँ त हुन्छ नै एक धर्म, एक राज्य। तिम्रो राज्य कसैले खोस्न
सक्दैन। त्यहाँ तिमीलाई पवित्रता-शान्ति-सुख-सम्पत्ति सबै कुरा हुन्छ। गीतमा पनि
सुन्यौ नि। अब यो गीत तिमीले बनाएका त होइनौ। अनायास नै ड्रामा अनुसार यस समयको लागि
यो बनेको हो। मनुष्यले बनाएका गीतहरूको अर्थ बाबा बसेर सम्झाउनुहुन्छ। अहिले तिमी
यहाँ शान्तिमा बसेर बाबाबाट वर्सा लिइरहेका छौ, जुन कसैले खोस्न सक्दैन। आधाकल्प
सुखको वर्सा हुन्छ। बाबा सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! आधाकल्पभन्दा पनि बढी
तिमीले सुख भोग्छौ। फेरि रावण राज्य सुरु हुन्छ। मन्दिर पनि यस्ता छन् जहाँ चित्र
देखाउँछन्– देवताहरू वाम मार्गमा कसरी जान्छन्। पोसाक त त्यही हो। पोसाक पछि
परिवर्तन हुन्छ। हरेक राजाको आआफ्नो पोसाक, ताज आदि सबै अलग अलग हुन्छन्।
अब बच्चाहरूलाई थाहा
भएको छ– हामीले शिवबाबाबाट ब्रह्माद्वारा वर्सा लिइरहेका छौँ। बाबाले त बच्चे बच्चे
नै भन्नुहुन्छ। प्यारा बच्चाहरू! तिमीहरूले आफ्ना जन्मलाई जान्दैनौ। सुन्ने त
आत्माले नै हो नि। हामी आत्मा हौँ, न कि शरीर। अरू जति पनि मनुष्य मात्र छन्,
तिनीहरूलाई आफ्नो शरीरको नामको नशा छ किनकि देह अभिमानी छन्। हामी आत्मा हौँ, यो
जान्दै जान्दैनन्। उनीहरूले त आत्मा सो परमात्मा, परमात्मा सो आत्मा भनिदिन्छन्।
अहिले तिमीलाई बाबाले सम्झाउनुभएको छ– तिमी आत्मा सो विश्वका मालिक देवी-देवता
बनिरहेका छौ। तिमीहरूलाई अहिले यो ज्ञान छ, हामी सो देवता फेरि क्षत्रिय घरानामा
आउनेछौँ। ८४ जन्मको हिसाब पनि हुनुपर्छ नि। सबैले त ८४ जन्म लिँदैनन्। सबै एकैचोटि
कहाँ आउँछन् र! तिमीलाई थाहा छ– कुन कुन धर्म कसरी आइरहन्छन्। पुरानो इतिहास फेरि
नयाँ हुन्छ। अहिले यो हो नै पतित दुनियाँ। त्यो हो पावन दुनियाँ। फेरि अरू अरू धर्म
आउँछन्, यहाँ कर्मक्षेत्रमा यो एउटै नाटक चल्छ। मुख्य छन् ४ धर्म। यो सङ्गममा बाबा
आएर ब्राह्मण सम्प्रदाय स्थापना गर्नुहुन्छ। विराट रूपको चित्र बनाउँछन्, तर त्यसमा
यो भुल भएको छ। बाबा आएर सबै कुरा सम्झाएर सच्याउनुहुन्छ। बाबा त न कहिल्यै शरीरमा
आउनुहुन्छ, न उहाँले भुल गर्नुहुन्छ। उहाँ त केही समयको लागि तिमी बच्चाहरूलाई
सुखधामको र आफ्नो घरको बाटो बताउनको लागि यिनको रथमा आउनुहुन्छ। बाटो मात्र
बताउनुहुन्न, तर जीवन पनि बनाउनुहुन्छ। कल्प कल्प तिमी घर जान्छौ, फेरि सुखको पार्ट
पनि खेल्छौ। बच्चाहरूले भुलेका छन्– हामी आत्माहरूको स्वधर्म हो नै शान्ती । यो
दुःखको दुनियाँमा शान्ति कसरी हुन्छ– यी सबै कुरा तिमीले बुझिसकेका छौ। तिमीले
सबैलाई सम्झाउँछौ पनि। बिस्तारै बिस्तारै सबै आउँदै जानेछन्, बेलायतकालाई पनि थाहा
हुनेछ– यो सृष्टि चक्र कसरी घुम्छ, यसको अवधि कति छ। विदेशीहरू पनि तिम्रो पासमा
आउनेछन् वा बच्चाहरू त्यहाँ गएर सृष्टि चक्रको रहस्य सम्झाउनेछन्। उनीहरूले
सम्झन्छन्– क्राइस्ट गएर ईश्वरको पासमा पुगे। क्राइस्टलाई ईश्वरको बच्चा सम्झन्छन्।
कसैले फेरि यो सम्झन्छन्– क्राइस्ट पनि पुनर्जन्म लिँदा लिँदा अहिले भिखारी भएका छन्।
जसरी तिमी पनि भिखारी छौ नि। भिखारी अर्थात् तमोप्रधान। सम्झन्छन्– क्राइस्ट पनि यहाँ
छन्, फेरि कहिले आउनेछन्, यो जान्दैनन्। तिमीले सम्झाउन सक्छौ– तिम्रा धर्मस्थापक
फेरि आफ्नो समयमा धर्म स्थापना गर्न आउनेछन्। उनीहरूलाई गुरु भन्न सकिँदैन। उनीहरू
धर्म स्थापना गर्न आउँछन्। सद्गतिदाता केवल एक हुनुहुन्छ, ती जति पनि धर्म स्थापना
गर्न आउँछन्, तिनीहरू सबै पुनर्जन्म लिँदा लिँदा अहिले आएर तमोप्रधान बनेका छन्।
अन्त्यमा सारा वृक्ष जर्जर अवस्थामा पुगेको छ। अहिले तिमीलाई थाहा छ– सारा वृक्ष खडा
छ, बाँकी देवी-देवता धर्मको जग छैन। (बरको वृक्षको उदाहरण) यी कुरा बाबा नै बसेर
बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। तिमीलाई थाहा
भएको छ– हामी सो देवी-देवता थियौँ, फेरि अब बन्छौँ। यहाँ तिमी आउँछौ नै सत्यनारायणको
कथा सुन्न, जसको माध्यमबाट तिमी नर, नारायण बन्नेछौ। नारायण बन्यौ भने अवश्य लक्ष्मी
पनि हुनेछिन्। लक्ष्मी-नारायण हुनेछन् भने अवश्य उनीहरूको राजधानी पनि हुनेछ नि।
एक्लै त लक्ष्मी-नारायण बन्दैनन्। लक्ष्मी बन्ने कथा अलग्गै कहाँ छ र! नारायणसँगै
लक्ष्मी पनि बन्छिन्। लक्ष्मी पनि कहिले नारायण बन्छिन्। नारायण फेरि कहिले लक्ष्मी
बन्छन्। कुनै कुनै गीत धेरै राम्रा छन्। मायाको कष्ट आउँदा ती गीत सुन्दा हर्षितपना
आउनेछ। जस्तै पौडी सिक्नुछ भने पहिला अप्ठेरो हुन्छ, फेरि त्यस अवस्थालाई सम्हाल्छन्।
यहाँ पनि मायाका घुट्का धेरै खान्छन्। पौडी खेल्ने त धेरै हुन्छन्। उनीहरूको पनि
दौड हुन्छ भने तिम्रो पनि दौड हुन्छ– उता पारि जानको लागि। म एकलाई याद गर्नुछ। याद
गर्दैनौ भने अत्तालिन्छौ। बाबा भन्नुहुन्छ– यादको यात्राबाट नै डुङ्गा पार हुनेछ।
तिमी उता पारी जानेछौ। पौडी खेल्नेहरू कुनै धेरै तीक्ष्ण हुन्छन्, कुनै कम। यहाँ पनि
यस्तै छन्। बाबाको पासमा चार्ट पठाउँछन्। बाबा जाँच गर्नुहुन्छ, यादको चार्टलाई
यिनीहरूले सही रीतिले बुझेका छन् वा गलत रीतिले बुझेका छन्। कसै कसैले देखाउँछन्–
हामी सारा दिनमा ५ घण्टा यादमा रह्यौँ। मैले विश्वास गर्दिनँ, अवश्य भुल भएको छ।
कसैले सम्झन्छन्– हामीले जति समय यहाँ पढ्छौँ, त्यति समय त चार्ट ठीक हुन्छ। तर
होइन। धेरै छन् यहाँ बस्दाबस्दै पनि, सुन्दासुन्दै पनि बुद्धि बाहिर कहीँ न कहीँ
गइरहन्छ। पूरा पनि सुन्दैनन् । भक्तिमार्गमा यस्तै यस्तै हुन्छ। संन्यासीहरूले कथा
सुनाउँछन्, फेरि बीच बीचमा सोध्छन्, हामीले के सुनायौँ? हेर्छन्– यो त अस्थिर भएर
बसेको छ, त्यसपछि सोध्छन्, फेरि बताउन सक्दैनन्। बुद्धि कहीँ न कहीँ गइरहन्छ। एक
शब्द पनि सुन्दैनन्। यहाँ पनि यस्तै छन्। बाबा हेरिरहनुहुन्छ– बुझिन्छ, यिनीहरूको
बुद्धि कहीँ बाहिर भट्किरहेको छ। यताउता हेरिरहन्छन्। यस्ता यस्ता पनि कोही कोही नयाँ
आउँछन्। बाबा बुझ्नुहुन्छ– पूरा बुझेको छैन, त्यसैले बाबा भन्नुहुन्छ– नयाँ नयाँलाई
छिट्टै यहाँ कक्षामा आउने छुट नदेऊ। नत्र वायुमण्डललाई बिगार्छन्। पछि गएर तिमीले
देख्नेछौ– जो राम्रा राम्रा बच्चाहरू हुनेछन्, यहाँ बस्दाबस्दै वैकुण्ठमा जानेछन्।
धेरै खुसी भइरहनेछ। घरी घरी जानेछन्– अहिले समय नजिक छ। नम्बरवार पुरुषार्थ अनुसार
तिम्रो अवस्था यस्तो हुनेछ। घरी घरी स्वर्गमा आफ्नो महल देखिरहनेछौ। जे जति बताउनु,
गर्नु हुनेछ, त्यसको साक्षात्कार भइरहनेछ। समय त देखिरहेका छौ। कस्ता कस्ता तयारीहरू
भइरहेका छन्। बाबा भन्नुहुन्छ– हेर, कसरी एक सेकेन्डमा सारा दुनियाँका मनुष्य
खरानीमा मिल्नेछन्। बम पड्कियो कि यिनीहरू समाप्त भए।
तिमी बच्चाहरूलाई थाहा
छ– अहिले आफ्नो राज्य स्थापना भइरहेको छ। अहिले त यादको यात्रामा मस्त रहनुछ। त्यो
जौहर भर्नुछ, जसबाट कसैलाई पनि दृष्टिले तीर लागोस्। अन्त्यमा भीष्म पितामह आदि
जस्तालाई तिमीले नै ज्ञानको बाण हानेका हौ। तुरुन्तै बुझ्नेछन्, यिनीहरूले त सत्य
भन्छन्। ज्ञानको सागर, पतित-पावन त निराकार भगवान हुनुहुन्छ। श्रीकृष्ण हुन
सक्नुहुन्न। उहाँको त जन्म भएको देखाउँछन्। श्रीकृष्णको त्यही आकृति फेरि कहिल्यै
मिल्न सक्दैन। फेरि सत्ययुगमा त्यही आकृति मिल्नेछ। हरेक जन्ममा, हरेकको आकृति अलग
अलग हुन्छ। यो ड्रामाको पार्ट यस्तो बनेको छ। त्यहाँ त स्वाभाविक सुन्दर आकृति
हुन्छ। अब त दिनप्रतिदिन तन पनि तमोप्रधान हुँदै जान्छन्। पहिला सुरुमा सतोप्रधान,
फेरि सतो-रजो-तमो हुन्छन्। यहाँ त हेर, कस्ता कस्ता बच्चाहरूले जन्म लिन्छन्। कसैको
पाउ चल्दैन, कोही अपाङ्ग हुन्छन्। के के हुन्छ। सत्ययुगमा यस्तो कहाँ हुन्छ र! त्यहाँ
देवताहरूको दाह्री आदि पनि हुँदैन। क्लिनसेभ हुन्छ। नयन चयनबाट थाहा हुन्छ– यो
पुरुष हो, यो महिला हो। पछि गएर तिमीलाई धेरै साक्षात्कार भइरहनेछ। तिमी
बच्चाहरूलाई कति खुसी हुनुपर्छ। बाबा कल्प कल्प आएर हामीलाई राजयोग सिकाएर
मनुष्यबाट देवता बनाउनुहुन्छ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– अरू जति पनि जुनसुकै
पनि धर्मका छन्, ती सबै आआफ्नो सेक्सनमा जानेछन्। आत्माहरूको वृक्ष पनि देखाउँछन्
नि। चित्रहरूमा धेरै करेक्सन गर्दै, परिवर्तन गर्दै जानेछन्। जसरी बाबाले
सूक्ष्मवतनको लागि सम्झाउनुहुन्छ, संशयबुद्धि त भन्नेछन्– यो के हो! पहिला यो
भन्नुहुन्थ्यो, अहिले यो भन्नुहुन्छ! लक्ष्मी-नारायणका दुई रूपलाई मिलाएर विष्णु
भनिन्छ। बाँकी ४ भुजा भएका मनुष्य कहाँ हुन्छन् र! रावणका १० शिर देखाउँछन्। यस्तो
कुनै मनुष्य हुँदैन। हरेक वर्ष बसेर जलाउँछन्। गुडियाको खेल जस्तै।
मनुष्यहरूले भन्छन्–
शास्त्रहरू बिना हामी बाँच्न सक्दैनौँ। शास्त्र त हाम्रा प्राण हुन्। गीताको हेर,
कति मान छ। यहाँ त तिम्रो पासमा मुरलीहरूको थुप्रो जम्मा हुन्छ। तिमीले राखेर के
गर्छौ! दिनप्रतिदिन तिमीले नयाँ नयाँ प्वाइन्टहरू सुनिरहन्छौ। हो, प्वाइन्टहरू नोट
गर्नु राम्रो हो। भाषण गर्दा रिहर्सल गर्नेछौ। यी यी प्वाइन्टहरू सम्झाउनेछौँ।
टपिकको लिस्ट हुनुपर्छ। आज यो टपिकमा सम्झाउनेछौँ। रावण को हो, राम को हुनुहुन्छ?
सत्य के हो, त्यो हामीले तपाईलाई बताउँछौँ। यस समयमा सारा दुनियाँमा रावण राज्य छ।
५ विकार त सबैसँग छन्। बाबा आएर फेरि रामराज्यको स्थापना गर्नुहुन्छ। यो हार र जितको
खेल हो। हार कसरी हुन्छ! ५ विकार रूपी रावणबाट। पहिला पवित्र गृहस्थ आश्रम थियो, सो
अब पतित बनेको छ। लक्ष्मी-नारायण सो फेरि ब्रह्मा-सरस्वती। बाबा पनि भन्नुहुन्छ– म
यिनको धेरै जन्मको अन्त्यमा प्रवेश गर्छु। तिमीले भन्नेछौ– हामीले पनि धेरै जन्मको
अन्त्यमा बाबाबाट ज्ञान लिइरहेका छौँ। यी सबै बुझ्नुपर्ने कुरा हुन्। कसैको
मन्दबुद्धि छ भने बुझ्दैनन्। यहाँ त राजधानी स्थापना भइरहेको छ। धेरै आए, फेरि गए,
उनीहरू फेरि आउनेछन्। प्रजामा पाई पैसाको पद पाउनेछन्। त्यो पनि त चाहिन्छ नि। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदा यही नशामा रहनुछ– हामी अहिले यो पढाइ पूरा गरेर मनुष्यबाट देवता सो विश्वको
मालिक बन्नेछौँ। हाम्रो राज्यमा पवित्रता-सुख-शान्ति सबै कुरा हुनेछ। त्यसलाई कसैले
खोस्न सक्दैन।
२) यता वारीबाट उता
पारी जानको लागि यादको यात्रामा राम्रो पौडीबाज बन्नुछ। मायासँग अत्तालिनु छैन।
आफ्नो जाँच गर्नुछ, यादको चार्टलाई यथार्थ सम्झेर लेख्नुछ।
वरदान:–
पुरुषार्थ र
प्रारब्धको हिसाबलाई जानेर तीव्रगतिले अगाडि बढ्ने ज्ञानपूर्ण भव
पुरुषार्थद्वारा धेरै
समयको प्रारब्ध बनाउने यही समय हो, त्यसैले नलेजफुल बनेर तीव्रगतिले अगाडि बढ। यसमा
यो नसोच– आज होइन भने भोलि बदलिन्छु। यसलाई नै लापरबाही भनिन्छ। अहिलेसम्म बापदादा
स्नेहको सागर बनेर सर्व सम्बन्धको स्नेहमा बच्चाहरूको अलबेलापन, साधारण पुरुषार्थ
देख्दा सुन्दा पनि अतिरिक्त मद्दतले, अतिरिक्त मार्क्स दिएर अगाडि बढाइरहनुभएको छ।
त्यसैले नलेजफुल बनेर हिम्मत र मद्दतको विशेष वरदानको लाभ लेऊ।
स्लोगन:–
प्रकृतिको दास
बन्ने नै उदास हुन्छन्, त्यसैले प्रकृतिजित बन।
अव्यक्त इसारा:–
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन।
जस्तै कोही सागरमा
समाहित भयो भने त्यस समयमा सागर बाहेक अरू केही नजर आउँदैन। त्यसैले बाबा अर्थात्
सर्वगुणको सागरमा समाहित हुनु, यसलाई भनिन्छ लवलीन स्थिति। त्यसैले बाबामा होइन, तर
बाबाको यादमा, स्नेहमा समाहित हुनुछ।