19.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अब घर जा नुछ त्यसैले देहीअभिमानी बन , एक बाबालाई याद गर ेमा अन्त मति सो गति हुन्छ।”

प्रश्न:–
आश्चर्यजनक बाबाले तिमीलाई कुन एउटा आश्चर्यजनक रहस्य सुनाउनुभएको छ?

उत्तर:–
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो ड्रामा अनादि अविनाशी बनेको छ, यसमा हरेकको पार्ट पहिल्यै निश्चित छ। जेसुकै भए पनि नथिङ न्यु। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यसमा मेरो पनि कुनै बडाइँ छैन, म पनि ड्रामाको बन्धनमा छु। बाबाले यो आश्चर्यजनक रहस्य सुनाएर मानौँ आफ्नो पार्टलाई पनि महत्त्व दिनुहुन्न।

गीत:–
आखिर वह दिन आया आज...

ओम् शान्ति । मीठा-प्यारा रुहानी बच्चाहरूले यो गीत गाइरहेका छौ। बच्चाहरूले जान्दछौ– कल्पपछि फेरि हामीलाई धनवान, स्वस्थ्य र सम्पन्न बनाउन, पवित्रता, सुख, शान्तिको वर्सा दिन बाबा आउनुहुन्छ। ब्राह्मणहरूले पनि आशीर्वाद दिन्छन् नि– आयुष्मान भव:, धनवान भव:, पुत्रवान भव:। तिमी बच्चाहरूलाई त वर्सा मिलिरहेको छ, आशीर्वादको कुनै कुरा छैन। तिमी बच्चाहरूले पढिरहेका छौ। जान्दछौ– ५ हजार वर्ष पहिला पनि हामीलाई बाबाले आएर मानिसबाट देवता, नरबाट नारायण बन्ने शिक्षा दिनुभएको थियो। बच्चाहरू जसले पढ्छौ, तिमीहरूलाई थाहा छ– हामीले के पढिरहेका छौँ। पढाउनेवाला को हुनुहुन्छ? त्यसमा पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। यो त भन्छौ नै– हामी बच्चाहरूलाई थाहा छ, यो राजधानी स्थापना भइरहेको छ वा दैवी राजधानी (डीटी किङ्गडम) स्थापना भइरहेको छ। आदि सनातन देवीदेवता धर्मको स्थापना भइरहेको छ। पहिला शूद्र थियौँ फेरि ब्राह्मण बन्यौँ फेरि देवता बन्नुछ। दुनियामा कसैलाई यो कुरा थाहा छैन– अहिले हामी शूद्र वर्णका हौँ। तिमी बच्चाहरूले जान्दछौ– यो त सत्य कुरा हो। बाबाले सत्य बताएर, सचखण्डको स्थापना गरिरहनुभएको छ। सत्ययुगमा झुटो, पाप आदि केही पनि हुँदैन। कलियुगमा नै अजामिल, पाप आत्माहरू हुन्छन्। यो समयमा बिल्कुलै रौरव नर्क नै छ। दिनप्रतिदिन रौरव नर्क देखिँदै जान्छ। मानिसहरूले यस्ता यस्ता कुकर्म गरिरहन्छन् जसबाट बुझिन्छ– दुनिया बिल्कुलै तमोप्रधान बन्दै गइरहेको छ। यसमा पनि काम महाशत्रु हो। कोही मुस्किलले पवित्र शुद्ध रहन सक्छ। पहिला जङ्गम (फकिर) हरूले भन्थे– यस्तो कलियुग आउनेछ जहाँ १२-१३ वर्षका कुमारीहरूले बच्चा जन्माउनेछन्। अहिले त्यही समय हो। कुमार-कुमारीहरू आदि सबैले विकारी कुकर्म गरिरहन्छन्। बिल्कुलै तमोप्रधान बनिसकेपछि बाबा भन्नुहुन्छ– म आउँछु, मेरो पनि ड्रामामा पार्ट छ। म पनि ड्रामाको बन्धनमा बाँधिएको छु। तिमी बच्चाहरूको लागि कुनै नयाँ कुरा होइन। बाबाले यस्तै मात्र सम्झाउनुहुन्छ। चक्कर लगायौ, नाटक पूरा हुन्छ। अब बाबालाई याद गरेमा तिमी सतोप्रधान बनेर, सतोप्रधान दुनियाको मालिक बन्छौ। कति साधारण रीतिले सम्झाउनुहुन्छ। बाबाले कुनै आफ्नो पार्टलाई त्यति महत्त्व दिनुहुन्न। यो त मेरो पार्ट हो, नयाँ कुरा होइन। हरेक ५ हजार वर्षपछि म आउनुपर्छ। म ड्रामामा बाँधिएको छु। आएर तिमी बच्चाहरूलाई धेरै सहजै यादको यात्रा बताउँछु। अन्त मति सो गति... त्यो यस समयको लागि नै भनिएको हो। यो अन्त्यकाल हो नि! बाबाले युक्ति बताउनुहुन्छ– म एकलाई याद गरेमा सतोप्रधान बन्छौ। बच्चाहरूले पनि जान्दछौ– हामी नयाँ दुनियाका मालिक बन्छौँ। बाबाले घरी घरी भन्नुहुन्छ– नथिङ न्यु। एउटा जिन्नको कथा सुनाउँछन् नि– उसले भन्यो– काम देऊ, अनि भनियो– सिँढी ओर्ल र चढ। बाबा पनि भन्नुहुन्छ– यो खेल पनि ओर्लिने र चढ्ने हो। पतितबाट पावन, पावनबाट पतित बन्नुछ। यो कुनै गाह्रो कुरा होइन। छ धेरै सहज, तर कुन युद्ध हो, यो नबुझेको कारण शास्त्रहरूमा लडाइँको कुरा लेखिदिएका छन्। वास्तवमा माया रावणमाथि विजय प्राप्त गर्नु त धेरै ठुलो लडाइँ हो। बच्चाहरूले देख्छन्– हामीले घरी घरी बाबालाई याद गर्छौँ, फेरि याद टुट्छ। मायाले दियो निभाइदिन्छ। यसमाथि गुलबकावलीको कथा पनि छ। बच्चाहरूले विजय प्राप्त गर्छन्। धेरै राम्रोसँग चल्छन् फेरि माया आएर दियो निभाइदिन्छ। बच्चाहरूले पनि भन्छन्– बाबा मायाका तुफान त धेरै आउँछन्। बच्चाहरूलाई तुफान पनि अनेक प्रकारका आउँछन्। कहिलेकाहीँ त जोडले यस्तो तुफान आउँछ जसबाट ८-१० वर्षका पुराना असल असल वृक्ष पनि ढल्छन्। बच्चाहरूलाई थाहा छ, वर्णन पनि गर्छन्। असल असल मालाका दाना थिए। आज छँदै छैनन्। यो पनि उदाहरण हो, हात्तीलाई गोहीले खायो। यो हो मायाको तुफान।

बाबा भन्नुहुन्छ– यी ५ विकारबाट सम्हाल गरिराख। यादमा रह्यौ भने मजबुत हुन्छौ। देहीअभिमानी बन। यो बाबाको शिक्षा एकैपटक मिल्छ। यस्तो कहिल्यै अरू कसैले भन्ने छैनन्– तिमी आत्म अभिमानी बन। सत्ययुगमा पनि यस्तो भन्ने छैनन्। नाम, रूप, देश, काल सबै याद हुन्छ नै। यस समयमा तिमीलाई सम्झाउँछु– अब फर्केर घर जानुछ। तिमी पहिला सतोप्रधान थियौ, सतो-रजो-तमोमा तिमीले पूरा ८४ जन्म लिएका छौ। त्यसमा पनि नम्बरवन यिनी (ब्रह्मा) हुन्। अरूका ८३ जन्म पनि हुन सक्छन् यिनका लागि पूरा ८४ जन्म हुन्छन्। यिनी पहिला सुरुमा श्री नारायण थिए। यिनको लागि भनिन्छ अर्थात् सबैको लागि बुझिन्छ, धेरै जन्मको अन्त्यमा ज्ञान लिएर फेरि उनै नारायण बन्छन्। वृक्षमा पनि देखाइएको छ नि– यहाँ श्री नारायण र पछाडि ब्रह्मा उभिएका छन्। तल राजयोग सिकिरहेका छन्। प्रजापितालाई कहिल्यै परमपिता भनिँदैन। परमपिता एकलाई भनिन्छ। प्रजापिता फेरि यिनलाई भनिन्छ। यिनी देहधारी हुन्, उहाँ विदेही, विचित्र हुनुहुन्छ। लौकिक पितालाई पिता भनिन्छ, यिनलाई प्रजापिता भनिन्छ। उहाँ परमपिता त परमधाममा रहनुहुन्छ। प्रजापिता ब्रह्मा परमधाममा हुनुहुन्छ भनिँदैन। उहाँ त यहाँ साकारी दुनियामा हुनुहुन्छ। सूक्ष्मवतनमा पनि हुनुहुन्न। प्रजा त हुन्छन् स्थूलवतनमा। प्रजापितालाई भगवान भनिँदैन। भगवानको कुनै शरीरको नाम छैन। मनुष्य तन जसमा नाम राखिन्छ, त्यसबाट उहाँ न्यारा हुनुहुन्छ। आत्माहरू त्यहाँ रहन्छन् त्यसैले स्थूल नाम-रूपबाट न्यारा छन्। तर आत्मा त छ नि! साधुसन्त आदिले केवल घरबार छोड्छन्, बाँकी दुनियाका विकारका अनुभवी त छन् नि! साना बच्चाहरूलाई केही पनि थाहा हुँदैन त्यसैले तिनीहरूलाई महात्मा भनिन्छ। ५ विकारको विषयमा तिनीहरूलाई थाहा नै हुँदैन त्यसैले साना बच्चालाई पवित्र भनिन्छ। यस समयमा त कोही पवित्र आत्मा हुन सक्दैन। सानोबाट ठुलो हुन्छ फेरि पनि पतित त भनिन्छ नि! बाबा सम्झाउनुहुन्छ– यस ड्रामामा सबैको अलग अलग पार्ट निश्चित छ। यस चक्रमा कति शरीर लिन्छन्, कति कर्म गर्छन्, जो सबै फेरि रिपिट हुनुछ। पहिला सुरुमा आत्माको पहिचान गर्नुछ। यति सानो आत्मामा ८४ जन्मको अविनाशी पार्ट भरिएको छ। यही हो सबैभन्दा आश्चर्यजनक कुरा। आत्मा पनि अविनाशी छ। ड्रामा पनि अविनाशी छ, बनिबनाउ छ। यस्तो भनिँदैन– कहिलेदेखि सुरु भयो। कुदरत भन्छन् नि! आत्मा कस्तो छ, यो ड्रामा कसरी बनेको छ, यसमा कसैले केही पनि गर्न सक्दैन। जसरी समुद्र अथवा आकाशको अन्त्य निकाल्न सकिँदैन। यो अविनाशी ड्रामा हो। कति आश्चर्य लाग्छ। जसरी बाबा आश्चर्यजनक हुनुहुन्छ त्यसरी नै ज्ञान पनि बडो आश्चर्यजनक छ। कहिल्यै कसैले बताउन सक्दैन। यति सबै कलाकारहरू आआफ्नो पार्ट खेल्दै आउँछन्। नाटक कहिले बन्यो, यो कसैले प्रश्न उठाउन सक्दैन। धेरैले भन्छन्– भगवानलाई के परेको थियो र जसले गर्दा दुःखसुखको दुनिया बसेर बनाउनुभयो। अरे यो त अनादि हो। प्रलय आदि हुँदैन। बनिबनाउ हो, यस्तो कहाँ भन्न सकिन्छ र– यो किन बनाउनुभयो! आत्माको ज्ञान पनि बाबाले तिमीलाई त्यतिबेला सुनाउनुहुन्छ जुनबेला तिमी समझदार बन्छौ। त्यसपछि तिमीले दिनप्रतिदिन उन्नति गर्दै जान्छौ। पहिला सुरुमा त बाबाले धेरै नै थोरै थोरै सुनाउनुहुन्थ्यो। आश्चर्यजनक कुरा थिए फेरि पनि आकर्षण त थियो नि! त्यसले खिच्यो। भट्टीको पनि आकर्षण थियो। शास्त्रहरूमा फेरि देखाइएको छ– कृष्णलाई कंसपुरीबाट निकालेर लगे। अब तिमीलाई थाहा छ– कंस आदि त त्यहाँ हुँदैहुँदैनन्। गीता, भागवत, महाभारत यी सबै सम्बन्धित छन्, छन त केही पनि छैन। सम्झन्छन्– यी विजया दशमी आदि त परम्परादेखि चल्दै आएका हुन्। रावण के चीज हो, यो पनि कसैलाई थाहा छैन। जति पनि देवीदेवता थिए उनीहरू तल ओर्लिँदै ओर्लिँदै पतित बनेका छन्। दुःखले चिच्याउँछन् पनि उनीहरू जो धेरै पतित बनेका छन् त्यसैले पुकार्छन् पनि– हे पतितपावन! यी सबै कुरा बाबाले नै बसेर सम्झाउनुहुन्छ। सृष्टि चक्रको आदि-मध्य-अन्त्यको विषयमा अरू कसैले जान्दैनन्। तिमीले जान्यौ भने चक्रवर्ती राजा बन्छौ। त्रिमूर्तिमा लेखिएको छ– यो तिम्रो ईश्वरीय जन्मसिद्ध अधिकार हो। ब्रह्माद्वारा स्थापना, शङ्करद्वारा विनाश, विष्णुद्वारा पालना... विनाश पनि अवश्य हुनुछ। नयाँ दुनियामा धेरै कम हुन्छन्। अहिले त अनेक धर्म छन्। सम्झन्छन्– एक आदि सनातन देवीदेवता धर्म छैन। फेरि अवश्य त्यो एक धर्म हुनुपर्छ, महाभारत पनि गीतासँग सम्बन्धित छ। यो चक्र घुमिरहन्छ। एक सेकेन्ड पनि बन्द हुन सक्दैन। कुनै नयाँ कुरा होइन, धेरै पटक राज्यभाग्य लियौ, जसको पेट भरिएको हुन्छ, उनीहरू गम्भीर हुन्छन्। मनले सम्झन्छौ– हामीले कति पटक राज्य लिएका थियौँ, हिजोको नै कुरा हो। हिजो नै देवीदेवता थियौँ फेरि चक्कर लगाएर आज हामी पतित बनेका छौँ फेरि हामीले योगबलले विश्वको बादसाही लिन्छौँ। बाबा भन्नुहुन्छ– कल्प कल्प तिमीले नै बादसाही लिन्छौ। अलिकति पनि फरक पर्न सक्दैन। राज्यमा कोही साधारण, कोही उच्च बन्छन्। यो पुरुषार्थबाट नै हुन्छ।

तिमीलाई थाहा छ– पहिला हामी बाँदरभन्दा पनि खराब थियौँ। अब बाबाले मन्दिरलायक बनाइरहनुभएको छ। जुन असल असल बच्चाहरू छन् तिनीहरूको आत्माले रियलाइज अर्थात् महसुस गर्छ, अवश्य हामी त कुनै कामका थिएनौँ। अहिले हामी हीरातुल्य बनिरहेका छौँ। कल्प कल्प बाबाले हामीलाई कौडीतुल्यबाट हीरातुल्य बनाउनुहुन्छ। कल्प पहिलाकाले नै यी कुरालाई राम्रोसँग बुझ्छन्। तिमीले पनि प्रदर्शनी आदि गर्छौ, नथिङ न्यु। यिनैद्वारा तिमीले अमरपुरीको स्थापना गरिरहेका छौ। भक्तिमार्गमा देवी आदिका कति मन्दिर हुन्छन्। यी सबै हुन् पुजारीपनका सामग्री। पूज्यपनका सामग्री केही पनि छैनन्। बाबा भन्नुहुन्छ– दिनप्रतिदिन तिमीलाई गुह्य प्वइन्टहरू सम्झाइरहन्छु। पहिलाका थुप्रै प्वइन्टहरू तिमीहरूले आफूसँगै राखेका छौ। ती प्वइन्टहरू अहिले के गर्छौ। त्यत्तिकै भइरहन्छन्। वर्तमानमा त बापदादाले नयाँ नयाँ प्वइन्ट सम्झाइरहनुहुन्छ। आत्मा यति सानो बिन्दु छ, त्यसमा सारा पार्ट भरिएको छ। यो प्वइन्ट कुनै पहिलाका कापीहरूमा कहाँ हुन्छ र! फेरि पुराना प्वइन्टहरूलाई तिमीले के गर्छौ। अन्त्यको रिजल्ट नै काम लाग्छ। बाबा भन्नुहुन्छ– कल्प पहिला पनि तिमीलाई यसरी नै सुनाएको थिएँ। नम्बरवार पढिरहन्छौ। कुनै सब्जेक्टमा तलमाथि भइरहन्छौ। व्यापारमा पनि ग्रहदशा लाग्छ, यसमा निराश हुनुहुँदैन। फेरि उठेर पुरुषार्थ गरिन्छ। मानिसहरू टाट पल्टिन्छन् फेरि कामधन्दा आदि गरेर धेरै धनवान बन्छन्। यहाँ पनि कोही विकारमा गिरे भने फेरि पनि बाबाले भन्नुहुन्छ– राम्रोसँग पुरुषार्थ गरेर उच्च पद लेऊ। फेरि चढ्न सुरु गर्नुपर्छ। बाबा भन्नुहुन्छ– गिरेका छौ फेरि चढ। यस्ता धेरै छन्, गिर्छन् त्यसपछि फेरि चढ्ने कोसिस गर्छन्। बाबाले मनाही कहाँ गर्नुहुन्छ र! बाबालाई थाहा छ– यस्ता पनि धेरै आउँछन्। बाबाले भन्नुहुन्छ– पुरुषार्थ गर। फेरि पनि केही न केही मदतगार त बन्छन् नि! ड्रामा योजना अनुसार नै भन्नुहुन्छ। बाबाले भन्नुहुन्छ– अच्छा प्यारा बच्चाहरू! अब तृप्त भयौ, धेरै गोता खायौ अब फेरि पुरुषार्थ गर। बेहदका बाबाले त यस्तै भन्नुहुन्छ नि! बाबाकहाँ कति आउँछन् भेट्न। भन्छु– बेहदका बाबाको कुरा मान्दैनौ, पवित्र बन्दैनौ! बाबाले आत्मा सम्झेर आत्मालाई भन्नुहुन्छ भने तीर अवश्य लाग्छ। मानौँ स्त्रीलाई तीर लाग्यो भने भन्छिन्– मैले त प्रतिज्ञा गर्छु। पुरुषलाई तीर लाग्दैन। फेरि पछि गएर उसलाई पनि चढाउने कोसिस गर्छन्। फेरि यस्ता पनि धेरै आउँछन्, जसलाई स्त्रीले ज्ञानमा ल्याउँछिन्। त्यसपछि भन्छन्– स्त्री मेरी गुरु हुन्। ती ब्राह्मणहरूले कन्यादान गर्ने समयमा भन्छन्– यिनी तिम्रा गुरु ईश्वर हुन्। यहाँ बाबा भन्नुहुन्छ– तिम्रो एउटै बाबा सबै कुरा हुनुहुन्छ। मेरो त एक दोश्रो न कोही। सबैले उहाँलाई नै याद गर्छन्। उहाँ एकसँग नै योग लगाउनुछ। यो देह पनि मेरो होइन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) कुनै पनि ग्रहदशा लाग्यो भने निराश भएर बस्नुछैन। फेरि पुरुषार्थ गरेर, बाबाको यादमा रहेर उच्च पद पाउनुछ।

२) स्वयंको स्थिति यादले यस्तो मजबुत बनाउनुछ जसबाट कुनै पनि मायाको तुफानले प्रहार गर्न नसकोस्। विकारबाट आफ्नो सम्हाल गरिरहनुछ।

वरदान:–
सर्वशक्तिहरूको लाइटद्वारा आत्माहरूलाई मार्ग देखाउने चैतन्य लाइट हाउस भव

म आत्मा विश्व कल्याणको सेवाको लागि परमधामबाट अवतरित भएको छु, सदा यस स्मृतिमा रह्यौ भने जति पनि सङ्कल्प गर्छौ, बोली बोल्छौ त्यसमा विश्व कल्याण समाहित भएको हुन्छ र यही स्मृतिले लाइट हाउसको काम गर्छ। जसरी त्यो लाइट हाउसबाट एक रङ्गको लाइट निस्कन्छ त्यसरी नै तिमी चैतन्य लाइट हाउसद्वारा सर्व शक्तिहरूको लाइटले आत्माहरूलाई हर कदममा मार्ग देखाउने कार्य गरिरहन्छ।

स्लोगन:–
स्नेह र सहयोगको साथै शक्तिरूप बन्यौ भने राजधानीमा नम्बर अगाडि मिल्छ।

अव्यक्त इसारा – अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

जसरी कर्ममा आउनु स्वाभाविक भएको छ त्यसरी नै कर्मातीत हुन पनि स्वाभाविक होस्। कर्म पनि गर र यादमा पनि रहने गर। जो सदा कर्मयोगीको स्टेजमा रहन्छन्, उनीहरू सहजै कर्मातीत हुन सक्छन्। जहिले चाह्यो कर्ममा आऊ र जहिले चाह्यो न्यारा बन, यो प्राक्टिस कर्मको बीच बीचमा गरिराख।