20.05.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबा आउनुभएको छ तिमी बच्चाहरूलाई अविनाशी कमाइ गराउन , अहिले तिमीले ज्ञान रत्नहरूको जति कमाइ गर्न चाहन्छौ त्यति गर्न सक्छौ।”

प्रश्न:–
आसुरी संस्कारहरूलाई परिवर्तन गरेर दैवी संस्कार बनाउनको लागि कुन विशेष पुरुषार्थ चाहिन्छ?

उत्तर:–
संस्कारहरूलाई परिवर्तन गर्नको लागि जति हुन सक्छ देहीअभिमानी रहने अभ्यास गर। देह अभिमानमा आउनाले नै आसुरी संस्कार बन्छन्। बाबा आसुरी संस्कारहरूलाई दैवी संस्कार बनाउनको लागि आउनुभएको छ, पुरुषार्थ गर– पहिला म देही आत्मा हुँ, पछि यो शरीर हो।

गीत:–
तूने रात गँवाई सो के .......

ओम् शान्ति ।
यो गीत त बच्चाहरूले धेरै पटक सुनेका छौ। रुहानी बच्चाहरूप्रति रुहानी बाबाले सावधानी दिइरहनुहुन्छ– यो गुमाउने समय होइन। यो धेरै ठुलो कमाइ गर्ने समय हो। कमाइ गराउनको लागि नै बाबा आउनुभएको छ। कमाइ पनि अथाह छ, जसलाई जति कमाइ गर्नुछ त्यति गर्न सक्छन्। यो हो अविनाशी ज्ञान रत्नहरूले झोली भर्ने कमाइ। यो कमाइ भविष्यको लागि हो। त्यो हो भक्ति, यो हो ज्ञान। मानिसहरूले यो जान्दैनन्– भक्ति सुरु भएपछि रावण राज्य सुरु हुन्छ। फेरि बाबा आएर रामराज्य स्थापना गरेपछि ज्ञान सुरु हुन्छ। ज्ञान हो नै नयाँ दुनियाँको लागि, भक्ति हो पुरानो दुनियाँको लागि। अब बाबा भन्नुहुन्छ– पहिला त आफूलाई देही (आत्मा) सम्झनुछ। तिमी बच्चाहरूको बुद्धिमा छ– हामी पहिला आत्मा हौँ, पछि शरीर हौँ। तर ड्रामा प्लान अनुसार मनुष्य सबै गलत भएका छन् त्यसैले उल्टो सम्झेका छन्– पहिला हामी देह हौँ फेरि देही हौँ। बाबा भन्नुहुन्छ– यो देह त विनाशी छ। यसलाई तिमीले लिन्छौ र छोड्छौ। संस्कार आत्मामा रहन्छन्। देह अभिमानमा आउनाले संस्कार आसुरी बन्छन्। फेरि आसुरी संस्कारहरूलाई दैवी बनाउनको लागि बाबालाई आउनुपर्छ। यो सारा रचना उहाँ एक रचता बाबाको नै हो। उहाँलाई सबैले फादर भन्छन्। जस्तै लौकिक पितालाई पनि फादर नै भनिन्छ। बाबा र मम्मा यी दुवै शब्द धेरै मीठा छन्। रचयिता त बाबालाई नै भनिन्छ। उहाँले पहिला आमालाई एडप्ट गर्नुहुन्छ फेरि रचना रच्नुहुन्छ। बेहदका बाबाले पनि भन्नुहुन्छ– म आएर यिनमा प्रवेश गर्छु, यिनको नाम प्रसिद्ध छ। भनिन्छ पनि भागीरथ। मनुष्यको नै चित्र देखाउँछन्। कुनै साँढे आदि होइन। भागीरथ मनुष्यको तन हो। बाबाले नै आएर बच्चाहरूलाई आफ्नो परिचय दिनुहुन्छ। तिमीले सदैव भन– हामी बापदादाको पासमा जान्छौँ। केवल बाबा भन्यो भने उहाँ निराकार हुनुहुन्छ। निराकार बाबाको समक्ष त शरीर छोडेपछि मात्र जान सकिन्छ, यत्तिकै त कोही पनि जान सक्दैनन्। यो नलेज (ज्ञान) बाबाले नै दिनुहुन्छ। यो नलेज छ पनि बाबासँग। बाबासँग अविनाशी ज्ञान रत्नहरूको खजाना छ। बाबा ज्ञान रत्नहरूको सागर हुनुहुन्छ। पानीको कुरा होइन। बाबासँग ज्ञान रत्नहरूको भण्डार छ। उहाँमा नलेज छ। नलेज पानीलाई भनिँदैन। जस्तै मनुष्यलाई ब्यारिस्ट्री, डाक्टरी आदिको नलेज हुन्छ, यो पनि नलेज हो। यो नलेजको लागि नै ऋषिमुनि आदि सबैले भन्थे– रचयिता र रचनाको आदि-मध्य-अन्त्यको नलेज हामीले जान्दैनौँ। त्यो त एक रचयिताले नै जान्नुहुन्छ। वृक्षको बीजरूप पनि उहाँ नै हुनुहुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको नलेज उहाँमा छ। उहाँ आइसकेपछि मात्रै सुनाउनुहुन्छ। अहिले तिमीलाई नलेज मिलेको छ त्यसैले तिमी यो नलेजबाट देवता बन्छौ। नलेज पाएर फेरि प्रारब्ध पाउँछौ। त्यहाँ फेरि यो नलेजको आवश्यकता रहने छैन। यस्तो होइन– देवताहरूमा यो ज्ञान हुँदैन त्यसैले अज्ञानी हुन्। होइन, उनीहरूले त यो नलेजबाट पद प्राप्त गर्छन्। बाबालाई पुकार्छन् नै– बाबा आउनुहोस्, हामी पतितबाट पावन कसरी बनौँ, त्यसको लागि मार्ग अथवा नलेज बताउनुहोस्! किनकि जान्दैनन्। अहिले तिमीलाई थाहा छ– हामी आत्माहरू शान्तिधामबाट आएका हौँ। त्यहाँ आत्माहरू शान्तिमा रहन्छन्। यहाँ आएका छौँ पार्ट खेल्न। यो पुरानो दुनियाँ हो, त्यसैले अवश्य नयाँ दुनियाँ थियो। त्यो कहिले थियो, कसले राज्य गर्थे– यो कसैले जान्दैनन्। तिमीले अहिले बाबाद्वारा जानेका छौ। बाबा हुनुहुन्छ नै ज्ञानको सागर, सद्गतिदाता। उहाँलाई नै पुकार्छन्– बाबा आएर हाम्रो दुःख हर्नुहोस्, सुख-शान्ति दिनुहोस्। आत्माले जान्दछ तर तमोप्रधान भएको छ त्यसैले फेरि बाबा आएर परिचय दिइरहनुभएको छ। मनुष्यले न आत्मालाई, न परमात्मालाई चिन्दछन्। आत्माको ज्ञान नै छैन जसबाट परमात्म अभिमानी बन्छन्। पहिला तिमीले पनि जान्दैनथ्यौ। अहिले ज्ञान मिलेको छ त्यसैले बुझिन्छ– अवश्य अनुहार मनुष्यको थियो र स्वभाव बाँदरको थियो।

अहिले बाबाले नलेज दिनुभएको छ त्यसैले हामी पनि नलेजफुल बनेका छौँ। रचयिता र रचनाको ज्ञान मिलेको छ। तिमीलाई थाहा छ– हामीलाई भगवानले पढाउनुहुन्छ, त्यसैले कति नशा हुनुपर्छ। बाबा ज्ञानको सागर हुनुहुन्छ, उहाँमा बेहदको ज्ञान छ। तिमी जोसुकैसँग जाऊ– सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान त के तर हामी आत्मा के चीज हौँ, त्यो पनि जान्दैनन्। बाबालाई याद पनि गर्छन्, दुःखहर्ता सुखकर्ता भनेर, फेरि पनि ईश्वर सर्वव्यापी भनिदिन्छन्। बाबा भन्नुहुन्छ– ड्रामा अनुसार उनीहरूको पनि कुनै दोष छैन। मायाले बिल्कुलै तुच्छ बुद्धि बनाइदिन्छ। कीराहरूलाई फेरि फोहोरमा नै सुख महसुस हुन्छ। बाबा आउनुहुन्छ फोहोरबाट निकाल्न। मनुष्य दलदलमा फसेका छन्। ज्ञानको विषयमा पत्तै छैन भने के गर्ने। दलदलमा फसेका छन् फेरि उनीहरूलाई निकाल्न नै मुस्किल हुन्छ। निकालेर आधा पौनेसम्म लैजाऊ फेरि पनि हात छुटाएर गिर्छन्। कति बच्चाहरू अरूलाई ज्ञान दिँदादिँदै स्वयं नै मायाको थप्पड खान्छन् किनकि बाबाको निर्देशनको विरुद्ध कार्य गर्छन्। अरूलाई निकाल्ने कोसिस गर्छन् र आफै गिर्छन् फेरि उनीहरूलाई निकाल्न कति मेहनत हुन्छ किनकि मायासँग हार्छन्। उनीहरूलाई आफ्नो पापले नै भित्रभित्रै खान्छ। मायाको लडाइँ हो नि। अहिले तिमी युद्धको मैदानमा छौ। उनीहरू हुन् बाहुबलले लड्ने हिंसक सेनाहरू। तिमी हौ अहिंसक। तिमीले राज्य लिन्छौ अहिंसाद्वारा। हिंसा दुई प्रकारको हुन्छ नि। एक हो काम कटारी चलाउनु र अर्को हिंसा हो कसैलाई कुट्नु -पिट्नु। तिमी अहिले डबल अहिंसक बन्छौ। यो ज्ञानबलको लडाइँलाई कसैले जान्दैनन्। अहिंसा केलाई भनिन्छ यो कसैले जान्दैनन्। भक्तिमार्गको सामग्री कति धेरै छ। गायन पनि छ– पतित-पावन आउनुहोस् तर म कसरी आएर पावन बनाउँछु– यो कसैले जान्दैनन्। गीतामा नै भुल गरिदिएका छन् जहाँ मनुष्यलाई भगवान भनिदिएका छन्। शास्त्र मनुष्यहरूले नै बनाएका हुन्। मनुष्यले नै पढ्छन्। देवताहरूलाई त शास्त्र पढ्ने आवश्यकता नै छैन। त्यहाँ कुनै शास्त्र हुँदैनन्। ज्ञान, भक्ति पछि हुन्छ वैराग्य। केको वैराग्य? भक्तिको, पुरानो दुनियाँको वैराग्य हो। पुरानो शरीरको वैराग्य हो। बाबा भन्नुहुन्छ– यी आँखाले जे देख्छौ त्यो रहने छैन। यो सारा फोहोरी दुनियाँबाट वैराग्य हो। बाँकी नयाँ दुनियाँको तिमीले दिव्य दृष्टिले साक्षात्कार गर्छौ। तिमीले पढ्छौ नै नयाँ दुनियाँको लागि। यो पढाइ कुनै यो जन्मको लागि होइन। अरू जे जति पढाइ छन्, ती हुन्छन् त्यही समय त्यही जन्मको लागि। अहिले त सङ्गम हो त्यसैले तिमीले जे पढ्छौ त्यसको प्रारब्ध तिमीलाई नयाँ दुनियाँमा मिल्छ। बेहदका बाबाबाट कति ठुलो प्रारब्ध तिमीलाई मिल्छ! बेहदका बाबाबाट बेहद सुखको प्राप्ति हुन्छ। त्यसैले बच्चाहरूले पूरा पुरुषार्थ गरेर श्रीमतमा चल्नुपर्छ। बाबा हुनुहुन्छ श्रेष्ठ भन्दा श्रेष्ठ। उहाँभन्दा तिमी श्रेष्ठ बन्छौ। उहाँ त सदैव हुनुहुन्छ नै श्रेष्ठ। तिमीलाई श्रेष्ठ बनाउनुहुन्छ। ८४ जन्म लिँदै लिँदै फेरि तिमी भ्रष्ट बन्छौ। बाबा भन्नुहुन्छ– म त जन्ममरणमा आउँदिनँ। म अहिले भाग्यशाली रथमा नै प्रवेश गर्छु, जसलाई तिमी बच्चाहरूले चिनेका छौ। तिम्रो वृक्ष अहिले सानो छ। वृक्षलाई आँधीबेरी पनि लाग्छ नि। पातहरू झर्छन्। धेरै फूलहरू निस्कन्छन् फेरि आँधीबेरी लाग्नाले गिर्छन्। कुनै कुनैमा राम्रोसँग फल लाग्छन् फेरि पनि मायाको आँधीबेरीले गिर्छन्। मायाको आँधीबेरी धेरै तेज हुन्छ। त्यतातिर छ बाहुबल, यतातिर छ योगबल अथवा यादको बल। तिमीले याद शब्द कण्ठ पार। उनीहरूले योग योग शब्द भनिरहन्छन्। तिम्रो हो याद। हिँड्दा-डुल्दा बाबालाई याद गर्छौ, यसलाई योग भनिँदैन। संन्यासीहरूको योग शब्द नामी छ। अनेक प्रकारका योग सिकाउँछन्। बाबा कति सहजै बताउनुहुन्छ– उठ्दा-बस्दा, हिँड्दा-डुल्दा बाबालाई याद गर। तिमी आधाकल्पका आशिक हौ। मलाई याद गर्दै आएका छौ। अब म आएको छु। आत्मालाई कसैले पनि जान्दैनन् त्यसैले बाबा आएर रियलाइज गराउनुहुन्छ। यी पनि बुझ्ने धेरै सूक्ष्म कुरा हुन्। आत्मा अति सूक्ष्म र अविनाशी छ। न आत्मा विनाश हुनेवाला छ, न त्यसको पार्ट विनाश हुन सक्छ। यी कुराहरू मोटो बुद्धिवालाहरूले मुस्किलले बुझ्न सक्छन्। शास्त्रहरूमा पनि यी कुराहरू छैनन्।

तिमी बच्चाहरूले बाबालाई याद गर्ने धेरै मेहनत गर्नुपर्छ। ज्ञान त धेरै सहज छ। बाँकी विनाश कालमा प्रीत बुद्धि र विपरीत बुद्धि, यो यादको लागि भनिन्छ। याद राम्रो छ भने प्रीत बुद्धि भनिन्छ। प्रीत पनि अव्यभिचारी चाहिन्छ। आफैसँग सोध्नुछ– मैले बाबालाई कति याद गर्छु? यो पनि बुझिन्छ– बाबासँग प्रीत राख्दाराख्दै कर्मातीत अवस्था भएपछि मात्र यो शरीर छुट्छ र लडाइँ लाग्छ। जति बाबासँग प्रीत हुन्छ त्यति तमोप्रधानबाट सतोप्रधान बनिन्छ। परीक्षा त एउटै समयमा हुन्छ नि। जब पूरा समय आउँछ, सबैको प्रीत बुद्धि हुन्छ, त्यस समयमा फेरि विनाश हुन्छ। तबसम्म झगडा आदि भइरहन्छन्। वेलायतीहरूले पनि सम्झन्छन्– अहिले मृत्यु अगाडि छ, कोही प्रेरक छ, जसले हामीबाट बम बनाउन लगाउँछ। तर के गर्न सक्छन्। ड्रामामा निश्चित छ नि। आफ्नै साइन्स बलले आफ्नो कुलको मृत्यु ल्याउँछन्। बच्चाहरूले भन्छन्– पावन दुनियाँमा लैजानुहोस्, तर शरीरहरूलाई कहाँ लैजानुहुन्छ र। बाबा कालहरूको काल हुनुहुन्छ नि। यी कुराहरू कसैले जान्दैनन्। गायन छ– मिरूआ मौत मलूका शिकार। उनीहरूले भन्छन्– विनाश बन्द होस्, शान्ति होस्। अरे, विनाश बिना सुख-शान्ति कसरी स्थापना हुन्छ त्यसैले चक्रको विषयमा अवश्य सम्झाऊ। अहिले स्वर्गका गेट खुलिरहेका छन्। बाबाले भन्नुभएको छ– यसमा पनि एउटा पुस्तक छपाऊ– गेट वे टु शान्तिधाम-सुखधाम। यसको अर्थ पनि बुझ्दैनन्। छ धेरै सहज, तर करोडौँमा कसैले मुस्किलले बुझ्छन्। तिमी प्रदर्शनी आदिमा कहिल्यै निराश हुनुछैन। प्रजा त बन्छन् नि। लक्ष्य उच्च छ, मेहनत लाग्छ। मेहनत यादको हो। त्यसमा धेरै फेल हुन्छन्। याद पनि अव्यभिचारी चाहिन्छ। मायाले घरी घरी भुलाउँछ। मेहनत बिना कहाँ कोही विश्वको मालिक बन्न सक्छन् र। पूरा पुरुषार्थ गर्नुपर्छ– हामी सुखधामका मालिक थियौँ। अनेकपटक चक्कर लगाएका छौँ। अब बाबालाई याद गर्नुछ। मायाले धेरै विघ्न पार्छ। बाबा समक्ष सर्भिसका पनि समाचार आउँछन्। आज विद्वत् मण्डलीलाई सम्झाइयो, आज यो गरियो...। ड्रामा अनुसार माताहरूको नाम प्रसिद्ध हुनुछ। तिमी बच्चाहरूले यो ख्याल राख्नुछ, माताहरूलाई अगाडि बढाउनुछ। यो हो चैतन्य दिलवाला मन्दिर। तिमी चैतन्यमा बन्छौ फेरि तिमीले राज्य गरिरहन्छौ। भक्ति मार्गका मन्दिर आदि रहने छैनन्। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) एक बाबासँग अव्यभिचारी प्रीत राख्दै राख्दै कर्मातीत अवस्था प्राप्त गर्नुछ। यो पुरानो देह र पुरानो दुनियाँबाट बेहदको वैराग्य राख्नुछ।

२) बाबाको निर्देशनको विरुद्ध कुनै पनि कर्तव्य गर्नुछैन। युद्धको मैदानमा कहिल्यै पनि हार खानुछैन। डबल अहिंसक बन्नुछ।

वरदान:–
शुभभावनाले सेवा गर्ने बाबासमान अपकारीहरूमाथि पनि उपकारी भव

जसरी बाबाले अपकारीहरूमाथि उपकार गर्नुहुन्छ, त्यसैगरी तिम्रो अगाडि जस्तोसुकै आत्मा होस् तर आफ्नो रहमको वृत्तिले, शुभभावनाले उसलाई परिवर्तन गरिदेऊ– यही हो सच्चा सेवा। जसरी साइन्सवालाहरूले बालुवामा पनि खेतीपाती गरिदिन्छन्, त्यसैगरी साइलेन्सको शक्तिले रहमदिल बनेर अपकारीहरूमाथि पनि उपकार गरेर धरतीलाई परिवर्तन गर। स्व-परिवर्तनबाट, शुभभावनाबाट जस्तोसुकै आत्मा पनि परिवर्तन हुन्छ, किनकि शुभभावनाले सफलता अवश्य प्राप्त गराउँछ।

स्लोगन:–
ज्ञानको स्मरण गर्नु नै सदा हर्षित रहने आधार हो।