20.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
तिमीसँग अविनाशी ज्ञान रत्नहरूको अथाह खजाना छ , तिमीले त्यसको दान गर , तिम्रो
ढोकाबाट कोही पनि खाली हात फर्कनुहुँदैन।”
प्रश्न:–
सर्व
सम्बन्धहरूको सेक्रिन बाबाले आफ्ना बच्चाहरूलाई कुन श्रीमत दिनुहुन्छ?
उत्तर:–
प्यारा
बच्चाहरू! आफ्नो बुद्धियोग सबैतिरबाट हटाएर एक मलाई याद गरिराख। दुनियाँको कुनै पनि
वस्तु, मित्र सम्बन्धी आदि याद नआऊन् किनकि यस समयमा सबैले दुःख दिन्छन्। विश्वको
मालिक बन्नुछ भने ६३ जन्मको हिसाबकिताब चुक्ता गर्ने मेहनत गर्नुपर्छ। सबै कुरा
बिर्सेर अशरीरी बन्यौ भने हिसाब-किताब चुक्ता हुन्छ। म सर्व सम्बन्धको सेक्रिन हुँ।
गीत:–
बचपन के दिन
भुला न देना...
ओम् शान्ति ।
बापदादाले बच्चाहरूसँग सोध्नुहुन्छ– कसको यादमा बसेका छौ? (शिवबाबाको) बुलन्द आवाजमा
भन्नुपर्छ– शिवबाबाको यादमा बसेका छौँ। तिमी बच्चाहरू अर्थात् आत्माहरूको कनेक्सन (सम्बन्ध)
छ शिवबाबासँग। तिमी शिवबाबाका बन्छौ यिनीद्वारा, किनकि शिवबाबा यिनीद्वारा नै
मिल्नुहुन्छ। यिनलाई बीचमा दलाल पनि भनिन्छ। तिम्रो दलालसँग कुनै कनेक्सन छैन। यिनी
त केवल बीचमा माध्यम हुन्। लेनदेनको सबै हिसाबकिताब बाबासँग हुन्छ, यिनीसँग होइन।
यिनको लेनदेन पनि बाबासँग छ। यिनले पनि उहाँ बाबालाई भन्छन्– बाबा मेरो सबैथोक
हजुरको हुनुहुन्छ। तिमीलाई पनि एक त यो निश्चय छ– हामी आत्मा हौँ र अर्को यो पनि
निश्चय छ– हामी आत्माहरूले अहिले परमपिता परमात्मासँग वर्सा लिइरहेका छौँ।
मनसा-वाचा-कर्मणा, तन-मन-धनले हामी शिवबाबाको मदतगार बन्छौँ। यो सबैथोक शिवबाबालाई
अर्पण गरेका छौँ। शिवबाबाले फेरि डाइरेक्सन दिनुहुन्छ– यसरी यसरी यो काम गर। यसलाई
भनिन्छ श्रीमत।
बाबा स्वयं
भन्नुहुन्छ– म यस पुरानो तनमा प्रवेश गर्छु। यिनी पनि पतितबाट पावन बनिरहेका छन्।
यो कसले भन्नुभयो? शिवबाबाले। यिनी पनि पावन बनिरहेका छन्। यिनको पनि मसँग
हिसाबकिताब छ। यिनीसँग कसैको हिसाबकिताब छैन। तिमीले चिठी लेख्छौ– शिवबाबा केयर अफ
(मार्फत) ब्रह्मा। तर माया यस्तो छ जसले निरन्तर याद गर्न दिँदैन। घरी घरी
बुद्धियोग तोडिदिन्छ। यही याद गर्ने पक्का पुरुषार्थ गरेमा फेरि अरू सबैथोक भुलिनेछ।
शरीर पनि भुलिनेछ। यो शरीर हुन्छ तर आत्मालाई यी सबै चीजहरूसँग घृणा हुन्छ। यो
अवस्था सुदृढ बनाउने अभ्यास गर्नुपर्छ। अन्त्यमा हामीलाई आफ्नो शरीर पनि याद नआओस्।
बाबा भन्नुहुन्छ– आफूलाई अशरीरी सम्झेर म बाबालाई याद गर। म सदैव अशरीरी हुँ, तिमी
पनि अशरीरी थियौ। फेरि तिमीले पार्ट खेल्यौ। अहिले फेरि तिमीले पार्ट खेल्नुछ, यसैमा
मेहनत छ। विश्वको मालिक बन्नु कुनै कम कुरा हो र! मनुष्य नै विश्वको मालिक बन्न
सक्छ। यी देवताहरू पनि मनुष्य हुन् तर यिनीहरूलाई दैवीगुणयुक्त देवता भनिन्छ।
लक्ष्मीनारायण विश्वका मालिक थिए, यिनीहरूका पनि आफ्ना बच्चा होलान्। तिनीहरूले नै
यी लक्ष्मीनारायणलाई माता-पिता मान्छन्। तर आजकाल मानिसले अन्धश्रद्धाले यी
लक्ष्मीनारायणलाई त्वमेव माता च पिता... भन्छन्। वास्तवमा यो महिमा हो शिवबाबाको।
देवताहरूको महिमा गायन गर्छन् हजुर सर्वगुण सम्पन्न... तर उनीहरूको पूजा किन गर्छन्,
यो कसैलाई थाहा छैन। अहिले तिमीले यस्तो महिमा गाउँदैनौ– तिमी माता-पिता... हो
तिमीलाई थाहा छ शिवबाबा उहाँ निराकार परमपिता परमात्मा हुनुहुन्छ। उहाँबाट नै धेरै
सुख मिल्छ। बाँकी जति पनि सम्बन्धी आदि छन् उनीहरूबाट दुःख नै मिल्छ। यो त एउटा
सेक्रिन (मिठासको सार) हो, जसबाट सर्व सम्बन्धको रस मिल्छ त्यसैले बाबा भन्नुहुन्छ
मामा, काका, चाचा आदि सबैसँग बुद्धियोग हटाएर म एकलाई याद गर। तिमीले गाउँछौ पनि
दुःखहर्ता सुखकर्ता... सबैको सद्गतिदाता एउटै हुनुहुन्छ, उहाँ नै हाम्रो सबैथोक
हुनुहुन्छ। लौकिक पिताबाट पनि दुःख मिल्छ। बाँकी हुन्छन् टिचर जसले कसैलाई दुःख
दिँदैनन्। टिचरकहाँ गएर पढेमा तिमीले शरीर निर्वाह गर्छौ। सीप सिकाउनेहरू पनि
हुन्छन्। तिनीहरू सबैले अल्पकालको लागि पढाउँछन्। भक्तिमा पनि महिमा एक राम अथवा
परमपिता परमात्मालाई नै गर्छन्, उहाँ बाबालाई नै याद गर्छन्। वास्तवमा भक्ति पनि
एकको नै गर्नुछ। उहाँ एकले नै तिमीलाई पूज्य बनाउनुहुन्छ। तिमीले पहिला सुरुमा एक
शिवबाबाको पूजा गर्छौ। त्यसलाई सतोप्रधान भक्ति भनिन्छ। फेरि आत्मा पनि
सतोप्रधानबाट सतो, रजो, तमो बन्छ। तिमीले बुझेका छौ हामी पुजारी बन्छौँ। तिमीले
पहिला एक शिवको नै पूजा गर्छौ फेरि कलाहरू कम हुँदै जान्छन्। भक्ति पनि
सतोप्रधानबाट, सतो , रजो, तमो बन्छ। सारा ड्रामा तिमीहरूमै केन्द्रित भएर बनेको छ।
आफै पूज्य आफै पुजारी, जसले ८४ जन्म पूरा लिन्छन्, तिनीहरूको नै कहानी हो।
तिनीहरूलाई नै बाबा बसेर बताउनुहुन्छ– तिमीले ८४ जन्म कसरी लिएका छौ। हिसाब नै
तिनीहरूको हो। जो पहिला सुरुमा पूज्य देवीदेवता बन्छन्, तिनीहरू नै पुजारी बन्छन्।
बाबा भन्नुहुन्छ– म
कल्प कल्प आएर तिमीलाई पढाउँछु र देवीदेवता धर्मको स्थापना गर्छु, राजयोग सिकाउँछु।
भगवान परमात्मा त एउटै हुनुहुन्छ। उनीहरूले त भन्छन् ढुङ्गा, माटो, कण कणमा परमात्मा
हुनुहुन्छ। तर यस्तो त हुन सक्दैन। भगवानको महिमा त अपरम्पार छ। भन्छन्– हे बाबा
हजुरको गति मति न्यारा अर्थात् हजुरको जुन श्रीमत मिल्छ, त्यो सबैभन्दा न्यारा छ।
बाबालाई भन्छन् नै गतिसद्गतिदाता परमपिता परमात्मा, त्यसैले बुद्धि माथितिरै जान्छ।
दुःखको समयमा उहाँको नै याद आउँछ। रामसीता बुद्धिमा हुन्थे भने त फेरि सारा रामायण
बुद्धिमा आउँथ्यो। तिमीले त पुकार्छौ नै, उहाँ एक बाबालाई। एक बाबा बाहेक अरू कुनै
पनि साकारी मनुष्य वा आकारी देवतासँग बुद्धि लगाउनुहुँदैन। पतितपावन हुनुहुन्छ नै
एक बाबा। कुनै पनि सतसङ्गमा गएर यही गायन गर्छन्– पतितपावन सीताराम, अर्थ केही पनि
जान्दैनन्। यो सबै हो– भक्तिमार्गको गायन। सबै रावणको जेलमा छन्। भक्तिमार्गमा धेरै
भट्किन्छन्। यहाँ भट्किने कुनै कुरा छैन। बाबा सम्झाउनुहुन्छ, बच्चाहरूले यी
प्वइन्टहरू राम्रोसँग बुद्धिमा धारण गर्नुपर्छ, पढाइ नियमित पढ्नुपर्छ। यदि कुनै
कारणले बिहान आउन सक्दैनौ भने दिउँसो आउनुपर्छ। कसैलाई पनि सताउनुहुँदैन। पुरै दिन
त छँदै छ नि! कुनै पनि समयमा गएर पढ्नुछ। यी बच्चीहरू बिहानदेखि बेलुकासम्म सेवामा
हुन्छन्। सारा सेवा स्टेसन खुलेका हुन्छन्। जोसुकै आए पनि उनलाई बाटो बताउनुछ। पहिला
सुरुमा त बताउनुछ– विचार गर तिम्रा दुई पिता छन्। दुःखमा पारलौकिक बाबालाई याद गर्छौ
नि! अहिले शिवबाबा भन्नुहुन्छ, म एकलाई याद गर। मृत्यु त सामुन्ने उभिएको छ। यो
त्यही महाभारत लडाइँ हो। चाहे ठुला पदमपति, करोडपति छन्, ठुला ठुला भवन आदि बनाउँछन्।
तर ती कहाँ बाँकी रहन्छन् र! ती सबै ढल्नेछन्। तिनीहरूले सम्झन्छन्– कलियुगको अवधि
लाखौँ वर्ष हुन्छ। यसलाई भनिन्छ घोर अन्धकार। कसैसँग पैसा छ भने बाबा सोध्छन् घर
बनाऊँ? बाबाले भन्नुहुन्छ पैसा छ भने हुन्छ बनाऊ। पैसा पनि त माटोमा मिल्नेछ। यो त
अस्थायी हो। नत्र यी सबै पैसा पनि जानेछन्। केही पनि रहनेछैन, हुन्छ बनाऊ। फेरि
त्यसमा गीता पाठशालाको प्रबन्ध गर। जोसुकै तिम्रो ढोकामा आए पनि उसलाई यस्तो भिक्षा
देऊ जसले गर्दा उसलाई एकदम विश्वको मालिक बनाइदिन्छ। तिमीसँग अथाह ज्ञान धन छ, यति
ज्ञान धन अरू कसैसँग छैन। तिमीमध्ये सबैभन्दा धनवान उनीहरू हुन्, जसको बुद्धिमा धेरै
ज्ञान रत्न भरिएका छन्। जोसुकै आए पनि तिमीले उसको झोली भरिदेऊ। तिमीसँग यति खजाना
छ। केवल यो बोर्ड लगाइदेऊ– आउनुहोस् हामीले तपाईंलाई सदा सुखी स्वर्गको वर्सा पाउने
बाटो बताउँछौँ। तर बच्चाहरूमा त्यो नसा हुँदैन। यहाँ नसा चढ्छ, बाहिर जानासाथ
भुल्छन्। सोख हुनुपर्छ। जोसुकै आए पनि उसलाई बाटो बताऊँ जसले गर्दा उसको बेडा पार
हुन्छ। तिमीसँग धेरै श्रेष्ठ ज्ञान धन छ। कोही पनि भिखारी आउन् वा लखपति आउन् तिमीले
उनलाई पनि धेरै रत्न दिन सक्छौ। बाबाले यहाँ नसा चढाउनुहुन्छ फेरि सोडापानी हुन्छन्।
बाबाले अविनाशी ज्ञान रत्नहरूले तिम्रो झोली भरिदिनुहुन्छ। तर नम्बरवार हुन्छन् नै।
कसैको भाग्यमा छ भने पूरा रीतिले धारण गर्छन्। बाबा भन्नुहुन्छ– प्रयत्न गरेर तिमी
निरन्तर यादमा रहनुछ। यस्तो होइन कि सेन्टरमा गएर एक ठाउँमा बस्नुछ। होइन,
हिँड्दाडुल्दा जति पनि समय मिल्छ त्यस समयमा बाबालाई याद गरिरहनुछ। हातले काम गर,
दिल अर्थात् बुद्धिको योग बाबासँग होस्। बाबाको यादले तिम्रो धेरै कल्याण हुन्छ। २१
जन्मको लागि तिमी धनवान बन्छौ। बेहदको बाबाले बेहदको वर्सा दिनुहुन्छ। भारतवर्ष
स्वर्ग थियो। अहिले नर्क भएको छ।
बाबा भन्नुहुन्छ– अब
मलाई याद गर अनि तिम्रो आत्मा सतोप्रधान बन्नेछ। बाबालाई याद गरेमा नसा चढ्छ।
हामीजस्तो धनवान सृष्टिमा अरू कोही छैन। बाबाको नै याद हुँदैन भने धन कहाँबाट आउँछ।
स्वर्गमा त तिमी बच्चाहरूलाई अपार सुख मिल्छ। शास्त्रहरूमा त कति दन्त्यकथाहरू
लेखिदिएका छन्। गायन गर्छन् पनि– राम राजा, राम प्रजा... धर्मले उपकार गर्छ। फेरि
भन्छन् रामकी सीता चोरिइन्, रामले बाँदरहरूको सेना लिए... यी ब्रह्माले पहिला आफैले
पनि पढ्थे, केही पनि बुझ्दैनथे। अहिले कति समझमा आउँछ। कति अदभूत कुराहरू लेखेका छन्।
बाबा भन्नुहुन्छ– मैले पनि प्रकृतिको आधार लिनुपर्छ। त्रिमूर्तिमा पनि ब्रह्मा,
विष्णु, शङ्कर देखाउँछन्। तर यो कुरा पनि बुझ्दैनन् विष्णु को हुन्। कहाँका बासिन्दा
हुन्। विष्णुको मन्दिरलाई नरनारायणको मन्दिर भन्छन्। तर अर्थ केही पनि बुझ्दैनन्।
विष्णुका यी दुई रूप लक्ष्मीनारायण हुन्, जसले सत्ययुगमा राज्य गर्थे। अहिले तिमी
मनुष्यबाट देवता बनिरहेका छौ। कोही पनि आयो भने भन यी ब्रह्माकुमार-कुमारीहरू हुन्।
त्यसैले प्रजापिता ब्रह्मा सबैका पिता हुनुभयो। प्रजा धेरैभन्दा धेरै हुन्छन्। नाम
त सुनेका छौ नि। भगवानले ब्रह्माद्वारा ब्राह्मण रच्नुभयो। बाबाले अवश्य
बच्चाहरूलाई वर्सा त दिनुभयो होला नि। तिमी बच्चाहरूलाई विश्वको मालिक बनाउनुहुन्छ।
तिमीले शिवबाबासँगबाट वर्सा पाउँछौ। एक हुन्छन् लौकिक पिता, दोस्रो हुनुहुन्छ
पारलौकिक बाबा। अहिले यहाँ तिमीलाई अलौकिक बाबा मिल्नुभएको छ, यिनी त जौहरी थिए।
यिनले कहाँ केही जान्दथे र! यिनैको लागि भनिन्छ– यिनको धेरै जन्महरूको अन्त्यको
जन्मको पनि अन्त्यमा यिनमा प्रवेश गर्छु। वानप्रस्थी बन्ने चलन पनि भारतवर्षमा नै
छ। ६० वर्ष पछि गुरुकहाँ जान्छन्। बाबाले यिनमा प्रवेश गरेर भन्नुहुन्छ अब तिमी घर
जानुछ। मुक्ति सबैले चाहन्छन् तर मुक्ति केलाई भनिन्छ यो कसैले पनि जान्दैनन्।
ब्रह्ममा लीन त कोही हुन सक्दैनन्। यो सृष्टिको चक्र त घुमिरहन्छ, सबैले पार्ट
खेल्नु नै छ। भन्छन् विश्वको इतिहास भूगोल दोहोरिन्छ। यो ड्रामा अनादि बनेको छ। ८४
जन्मको पार्ट तिमीले खेल्नु नै छ। यो ज्ञान डान्स हो। तिनीहरूले फेरि डमरु देखाउँछन्।
तर सूक्ष्मवतनवासी शङ्करले डमरु कसरी बजाउँछन्।
बाबाले सम्झाउनुभएको छ– तिमी बाँदरजस्तै थियौ। त्यसैले तिमी बाँदरहरूको सेना लिएँ।
तिम्रो अगाडि बाबाले ज्ञानको डमरु बजाइरहनुभएको छ। बाबाले तिमीहरूलाई ज्ञान
दिनुहुन्छ। अहिले तिम्रो अनुहार र चरित्र दुवै रूपान्तरण गरिरहनुभएको छ। कामचितामा
बसेर तिमी काला भएका छौ। बाबाले फेरि तिमीलाई ज्ञानचितामा बसालेर अनुहार र चरित्र
दुवैको रूपान्तरण गरेर श्यामबाट सुन्दर बनाइदिनुहुन्छ। यहाँ बाबाले कति नसा
चढाउनुहुन्छ फेरि नसा किन हराउँछ! अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बाबाले जुन अथाह ज्ञान धन दिनुभएको छ, त्यसलाई धारण गरेर स्वयं पनि धनवान बन्नुछ
र सबैलाई दान पनि गर्नुछ। जोसुकै आए पनि उसको झोली भरिदिनुछ।
२) बाबाको यादबाट नै
कल्याण हुनेछ, त्यसैले जति सकिन्छ हिँड्दाडुल्दा बाबाको यादमा रहनुछ। एक बाबासँग
सर्व सम्बन्धको मजा लिनुछ।
वरदान:–
सदा व्यस्त
रहने विधिद्वारा व्यर्थ सङ्कल्पहरूको गुनासोलाई समाप्त गर्ने सम्पूर्ण कर्मातीत भव
सम्पूर्ण कर्मातीत
बन्नमा व्यर्थ सङ्कल्पहरूका तुफानले नै विघ्न पार्छन्। यी व्यर्थ सङ्कल्पहरूको
गुनासोलाई समाप्त गर्नको लागि आफ्नो मनलाई हर समय व्यस्त राख, समय बुकिङ् गर्ने
तालिका बनाउने तरिका सिक। सारा दिनमा मनलाई कहाँ कहाँ व्यस्त राख्नुछ– यो कार्यक्रम
बनाऊ। दिनहुँ आफ्नो मनलाई ४ कुराहरूमा व्यस्त गरिदेऊ: १- मिलन (रुहरिहान) २- वर्णन
(सेवा) ३- मगन र ४- लगन। यसबाट समय सफल हुनेछ र व्यर्थका गुनासाहरू खतम हुनेछन्।
स्लोगन:–
सफलतालाई
परमात्माको जन्मसिद्ध अधिकार सम्झनेहरू नै सदा प्रसन्नचित्त रहन सक्छन्।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
सरलता ल्याउनको लागि
केवल एउटा कुरा अवश्य ध्यानमा राख्नुपर्छ। स्तुतिको आधारमा आफ्नो स्थिति नबनोस्।
कतिपय बच्चाहरूले कर्तव्यको फलको इच्छा धेरै राख्छन् त्यसैले स्तुति नभएपछि स्थिति
हलचलमा आउँछ। निन्दा भयो भने अनाथ बन्छन्। आफ्नो स्टेजलाई छोडेर धनी बाबालाई पनि
भुल्छन् त्यसैले स्तुतिको आधारमा स्थिति नबनाऊ।