20.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा आउनुभएको छ तिमीलाई यस पापको दुनियाँबाट निकालेर चैनको दुनियाँमा लैजान , बाबाद्वारा तिमीलाई सुख र शान्तिका दुई सौगात मिल्छन्।”

प्रश्न:–
सारा दुनियाँमा सच्चा सच्चा नन्स तिमी हौ, सच्चा नन्स (भिक्षु) कसलाई भनिन्छ?

उत्तर:–
सच्चा नन्स उनीहरू हुन् जसको बुद्धिमा एकको याद हुन्छ अर्थात् एक बाहेक अरू कोही छैन (नन बट वन)। उनीहरूले आफूलाई भन्न त नन्स हुँ भन्छन् तर उनीहरूको बुद्धिमा केवल एक क्राइस्टको याद हुँदैन, क्राइस्टलाई पनि भगवानको बच्चा भन्छन्। त्यसैले उनीहरूको बुद्धिमा क्राइस्ट र भगवान् दुई हुन्छन् तर तिम्रो बुद्धिमा एक बाबा हुनुहुन्छ, त्यसैले तिमी सच्चा सच्चा नन्स हौ। तिमीलाई बाबाको आदेश छ– तिमी पवित्र रहनु छ।

गीत:–
इस पाप की दुनिया से...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। कसले सुन्यौ? आत्माहरूले। आत्मालाई परमात्मा भन्न सकिँदैन। मानिसलाई भगवान भन्न सकिँदैन। अच्छा, अहिले तिमी हौ ब्राह्मण। तिमीलाई अहिले देवता भनिँदैन। ब्रह्मालाई पनि देवता भन्न सकिँदैन। भन्न त भन्छन् ब्रह्मा देवताय नमः, विष्णु देवताय नमः... तर ब्रह्मा र विष्णुमा त धेरै फरक छ। विष्णुलाई देवता भनिन्छ, ब्रह्मालाई देवता भन्न सकिँदैन किनकि उनी हुन् ब्राह्मणहरूका पिता। ब्राह्मणहरूलाई देवता भन्न सकिँदैन। अब यी कुराहरू कुनै मानिसले मानिसलाई सम्झाउन सक्दैनन्, भगवानले नै सम्झाउनुहुन्छ। मानिसहरूले त अन्धश्रद्धामा जे आउँछ त्यही बोल्छन्। अहिले तिमी बच्चाहरूले बुझेका छौ– रुहानी बाबाले हामी बच्चाहरूलाई पढाइरहनुभएको छ। आफूलाई आत्मा सम्झनुपर्छ। अहम् आत्माले यो शरीर लिन्छु। अहम् आत्माले ८४ जन्म लिएको छु। जस्तो जस्तो कर्म गर्छौ, त्यस्तै शरीर मिल्छ। शरीरबाट आत्मा अलग भएपछि फेरि शरीरसँग प्यार हुँदैन। आत्मासँग प्यार हुन्छ। आत्मामा पनि आत्मा शरीरमा हुँदा मात्र प्यार हुन्छ। पितृहरूलाई मानिसहरूले बोलाउँछन्, शरीर त उनीहरूको खतम भयो तैपनि उनीहरूको आत्मालाई याद गर्छन्, त्यसैले ब्राह्मणमा बोलाउँछन्। भन्छन्, फलानाको आत्मा आउनुहोस्, आएर यो भोजन ग्रहण गर्नुहोस्! अर्थात् आत्मामा मोह हुन्छ। तर पहिला शरीरमा मोह थियो, त्यो शरीर याद आउँथ्यो। यस्तो सम्झँदैनन् हामीले आत्मालाई बोलाउँछौँ। आत्माले नै सबै कुरा गर्छ। आत्मामा राम्रा वा नराम्रा संस्कार हुन्छन्। पहिला सुरुमा हुन्छ देह अभिमान, फेरि त्यसपछि अरू विकार आउँछन्। सबैलाई मिलाएर विकारी भनिन्छ। जसमा यी विकार छैनन्, तिनीहरूलाई निर्विकारी भनिन्छ। यो त जान्दछौ, अवश्य भारतवर्षमा देवी देवता हुँदा उनीहरूमा दैवीगुण थिए। यी लक्ष्मीनारायणको हो नै देवीदेवता धर्म। जसरी क्रिश्चियन धर्ममा पुरुष अथवा महिला सबै क्रिश्चियन हुन्। यसलाई पनि देवीदेवता भनिन्छ। राजा, रानी, प्रजा सबै देवीदेवता धर्मका हुन्। यो धेरै सुखदायक उत्तम धर्म हो। तिमी बच्चाहरूले गीत पनि सुन्यौ, यस आत्माले भन्यो– बाबा यस्तो ठाउँमा लैजानुहोस् जहाँ मलाई चैन शान्ति हुन्छ! त्यो त हो सुखधाम र शान्तिधाम। यहाँ धेरै बेचैन छन्। सत्ययुगमा बेचैनी हुँदैन। आत्माले जान्दछ, बाबाबिना कसैले चैनको दुनियाँमा लैजान सक्दैनन्। बाबा भन्नुहुन्छ– मुक्ति र जीवनमुक्ति यी दुई सौगात मैले तिम्रो लागि कल्प कल्प ल्याउँछु। तर तिमीले भुल्छौ, ड्रामामा भुल्नु नै छ। सबैले भुलेभने मात्र त म आउँछु। अहिले तिमी ब्राह्मण बनेका छौ, तिमीलाई निश्चय छ हामीले ८४ जन्म लिएका छौँ। जसले पूरा ज्ञान लिँदैनन्, उनीहरू पहिला नयाँ दुनियाँमा पनि आउँदैनन्। त्रेता वा त्रेताको अन्त्यमा आउलान्। सारा पुरुषार्थमा आधारित हुन्छ। सत्ययुगमा सुख थियो, यी लक्ष्मीनारायणको राज्य थियो। अच्छा, यसको अघिल्लो जन्ममा यिनीहरू को थिए, यो कुरा कसैलाई थाहा छैन। अघिल्लो जन्ममा यिनीहरू ब्राह्मण थिए। त्योभन्दा पहिला शूद्र थिए। वर्णहरूमाथि तिमीले राम्रोसँग सम्झाउन सक्छौ।

अहिले तिमीले बुझेका छौ, हामीले २१ जन्मको लागि चैन पाउनेछौँ। बाबाले हामीलाई त्यो बाटो बताइरहनुभएको छ। हामी अहिले पतित छौँ, त्यसैले बेचैन छौँ, दुःखी छौँ। जहाँ चैन हुन्छ त्यसलाई सुखशान्ति भनिन्छ। त्यसैले अब तिमी बच्चाहरूको बुद्धिमा आदि-मध्य-अन्त्यको ज्ञान छ। तिमीले जान्दछौ, अवश्य सत्ययुगमा भारतवर्ष कति सुखी थियो। दुःख अथवा बेचैनीको नाम थिएन। अहिले तिमीले पुरुषार्थ गरिरहेका छौ स्वर्गमा जानको लागि। अहिले तिमी बनेका छौ ईश्वरीय सम्प्रदायका अनि तिनीहरू हुन् आसुरी सम्प्रदायका। पापात्मा भन्छन् नि! आत्माहरू अनेक छन्, परमात्मा एक हुनुहुन्छ। आत्मा सबै भाइ भाइ हुन्, सबै परमात्मा हुन सक्दैनन्। यति सानो कुरा पनि मानिसहरूको बुद्धिमा छैन। बाबाले सम्झाउनुभएको छ, यो सारा दुनियाँ ठुलो बेहदको टापु हो, ती साना साना टापु हुन्छन्। यस बेहद टापुमा रावणको राज्य छ। यी कुराहरू मानिसहरूले बुझ्दैनन्। उनीहरूले त केवल कहानीहरू सुनाइरहन्छन्। कहानीलाई ज्ञान भनिँदैन। त्यसबाट मानिसहरूले सद्गति पाउन सक्दैनन्। ज्ञानबाट सद्गति मिल्छ। ज्ञान दिने एक बाबा मात्रै हुनुहुन्छ, अर्को कोही छैन। भक्तहरूको रक्षा भगवान आएर नै गर्नुहुन्छ। मानिसले मानिसको रक्षा गर्न सक्दैनन्। शिवबाबाले सबै बच्चाहरूलाई वर्सा दिनुहुन्छ। उहाँ पिता पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। वकिल, अधिवक्ता पनि हुनुहुन्छ किनकि यमदूतहरूको सजायबाट छुटाउनुहुन्छ। सत्ययुगमा कोही पनि जेलमा जाँदैनन्। बाबाले सबैलाई जेलबाट छुटाउनुहुन्छ। तिमी बच्चाहरूका सबै सर्वश्रेष्ठ मनोकामनाहरू बाबाबाट पूरा हुन्छन्। रावणद्वारा अशुद्ध कामनाहरू पूरा हुन्छन्। बाबाबाट शुद्ध कामनाहरू पूरा हुन्छन्। शुद्ध कामनाहरू पूरा भएपछि तिमी सदा सुखी बन्छौ। अशुद्ध कामना हो– पतित विकारी बन्नु। पावन रहनेलाई ब्रह्मचारी भनिन्छ। तिमी पनि पवित्र रहनु छ। पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्नु छ। पतितबाट पावन एक बाबाले नै बनाउनुहुन्छ। साधुसन्त आदि त विकारबाट पैदा हुन्छन्, देवताहरूको लागि यस्तो कहाँ भनिन्छ र! त्यहाँ विकार हुँदैहुँदैन। त्यो हो नै पावन दुनियाँ। लक्ष्मीनारायण सम्पूर्ण निर्विकारी थिए, भारतवर्ष पवित्र थियो। यो कुरा अहिले तिमीले बुझेका छौ। सत्ययुगमा पवित्रता थियो त्यसैले शान्ति र समृद्धि (पिस प्रोस्पेरिटी) थियो, सबै सुखी थिए, रावण राज्य सुरु भएदेखि गिर्दै आएका हुन्। अहिले त कुनै कामको रहेका छैनन्। एकदम कौडीजस्तै बनेका छन्। अब फेरि तिमी हिराजस्तै बाबाद्वारा बन्छौ। भारतवर्ष सत्ययुग हुँदा हिराजस्तै थियो। अब त कौडीजस्तो पनि छैन। आफ्नो धर्मको विषयमा नै कसैलाई थाहा हुँदैन। पाप गरिरहन्छन्। त्यहाँ त पापको नामै हुँदैन। तिमीहरू देवीदेवता धर्मका प्रसिद्ध हौ, देवताहरूका धेरै चित्र छन्। अरू धर्महरूमा हेरेमा एउटै चित्र हुन्छ, क्रिश्चियनसँग एउटै क्राइस्टको चित्र हुन्छ। बौद्धिहरूसँग एउटै बुद्धको। क्रिश्चियनहरूले क्राइस्टलाई नै याद गर्छन्, तिनीहरूलाई नन्स भनिन्छ। नन्स अर्थात् एक क्राइस्ट बाहेक अरू कोही छैन, त्यसैले भन्छन् एक क्राइस्ट बाहेक कोही छैन (नन बट क्राइस्ट), तिनीहरू ब्रह्मचारी रहन्छन्। तिमी पनि नन्स हौ। तिमीहरू आफ्नो गृहस्थ व्यवहारमा रहेर नन्स बन्छौ। एउटै बाबालाई याद गर्छौ। एक बाहेक कोही छैन (नन बट वन), एक शिवबाबा दोस्रो न कोही। उनीहरूको बुद्धिमा फेरि पनि क्राइस्ट र भगवान दुई आउँछन्। क्राइस्टको लागि पनि सम्झन्छन्, उनी भगवानका बच्चा थिए। तर तिनीहरूलाई भगवानको ज्ञान हुदैन। तिमी बच्चाहरूलाई ज्ञान छ, सारा दुनियाँमा यस्तो कोही छैन जसलाई परमात्माको ज्ञान छ। परमात्मा कहाँ रहनुहुन्छ, कहिले आउनुहुन्छ, उहाँको के पार्ट चल्छ, यो कसैलाई थाहा छैन। भगवानलाई जानीजाननहार भन्छन्। सम्झन्छन्, उहाँले हाम्रो मनको कुरा जान्नुहुन्छ। बाबा भन्नुहुन्छ– मैले मनको कुरा जान्दिनँ, मलाई के चासो छ र– जसले बसेर हरेकको मनको कुरा पढ्छु, म आएकै हुँ पतितहरूलाई पावन बनाउन। कोही पवित्र रहँदैनन्, झुटो बोल्छन् भने आफैलाई नोक्सान पार्छन्। भनिएको छ– देवताहरूको सभामा असुर गएर बस्थे। त्यहाँ अमृत बाँडिन्थ्यो, कोही विकारमा गएर फेरि लुकेर आएर बस्छन् भने ती असुर भए नि! आफैले आफ्नो पद भ्रष्ट बनाइदिन्छन्। हरेकले आफ्नो पुरुषार्थ गर्नु छ। नत्र आफ्नै सत्यानाश गर्छन्। धेरै यस्ता छन् जो लुकेर बस्छन्। भन्छन्, हामी विकारमा कहाँ जान्छौँ र, तर विकारमा गइरहन्छन्। यो त मानौँ आफैलाई ठग्छन्। आफ्नै सत्यानाश गर्छन्। परमपिता परमात्मा, जसको राइट ह्यान्ड धर्मराज हुनुहुन्छ, उहाँको अगाडि झुटो बोले भने आफै दण्डका भागी बन्छन्। धेरै सेन्टरहरूमा पनि यस्ता हुन्छन्। बाबा पहिलो पटक देहलीमा गएको बेलामा दिनहुँ एक जना आउँथ्यो र विकारमा गइरहन्थ्यो। सोधिन्थ्यो, पवित्र रहँदैनौ भने आउँछौ किन? भन्थ्यो– आइनँ भने निर्विकारी कसरी बन्छु। पवित्रता राम्रो लाग्छ तर पवित्र रहन पनि सक्दिनँ। अन्त्यमा त सुध्रिनेछु। आइनँ भने समस्यामा पर्नेछु। अरू कुनै बाटो नै छैन, त्यसैले मलाई यहाँ आउनुपर्छ।

बाबा सम्झाउनुहुन्छ, तिमीले वायुमण्डल बिगार्छौ, कहिलेसम्म यसरी आइरहन्छौ। जो पावन बन्छन्, उनीहरूलाई पतितदेखि मानौँ घृणा लाग्छ। भन्छन्, बाबा यिनीहरूको हातको खाना खान पनि राम्रो लाग्दैन। बाबाले युक्ति पनि बताउनुभएको छ, खानपानमा खिटपिट हुन्छ, यसो भन्दैमा जागिर त छोड्दैनन्, फेरि युक्तिले चलाउनुपर्ने हुन्छ। कसैलाई पवित्र कसरी रहने यो कुरा सम्झायो भने रिसाउँछन्। यो त कहिल्यै सुनेको थिइन। संन्यासी पनि पवित्र रहन सक्दैनन्। घरबार छोडेर गएपछि मात्र पवित्र रहन सक्छन्। तर यो कसैलाई थाहा छैन यहाँ पतितपावन परमपिता परमात्माले पढाउनुहुन्छ। यो कुरालाई मान्दैनन् त्यसैले विरोध गर्छन्। शिवबाबा ब्रह्माको तनमा आउनुहुन्छ, भन्छन् यो कुरा कुनै शास्त्र देखाऊ। यो त गीतामा लेखिएको छ, म साधारण वृद्ध तनमा आउँछु। उनले आफ्ना जन्महरूलाई जान्दैनन्। यो त लेखिएको छ, फेरि तिमीले कसरी भन्छौ परमात्मा कसरी मनुष्य तनमा आउनुहुन्छ। पतित तनमा नै आएर बाटो बताउनुहुन्छ नि! पहिला पनि आउनुभएको थियो र भन्नुभएको थियो– म एकलाई याद गर। उहाँ नै परमधाममा रहनुहुन्छ र भन्नुहुन्छ म एकलाई याद गर। श्रीकृष्णको शरीर त मूलवतनमा हुँदैन– जसले भन्छ म एकलाई याद गर। एक परमपिता परमात्माले नै साधारण तनमा प्रवेश गरेर तिमी बच्चाहरूलाई भन्नुहुन्छ म एकलाई याद गर, अनि यस योग अग्निबाट तिम्रा पाप काटिनेछन्, त्यसैले नै मलाई पतितपावन भन्छन्। पतितपावन अवश्य आत्माहरूको हुनुहुनेछ नि! पतित पनि आत्मा नै बन्छ।

बाबा भन्नुहुन्छ– तिमी पवित्र आत्मा १६ कला सम्पूर्ण थियौ। अहिले कुनै कला बाँकी छैन (नो कला), एकदमै पतित बनेका छौ। म कल्प कल्प आएर तिमीलाई सम्झाउँछु। तिमी जो कामचितामा बसेर पतित बन्छौ, फेरि ज्ञानचितामा बसाएर तिमीहरूलाई पावन बनाउँछु। भारतवर्षमा पवित्र प्रवृत्तिमार्ग थियो, अहिले अपवित्र प्रवृत्तिमार्ग छ। कसैलाई पनि चैन छैन। अब बाबा भन्नुहुन्छ, पति पत्नी दुवै ज्ञानचितामा बस। हरेक आत्मालाई आआफ्नो कर्म अनुसार शरीर मिल्छ। यस्तो होइन अर्को जन्ममा तिनै पतिपत्नी आपसमा मिल्नेछन्। होइन, त्यति रेस गर्न सक्दैनन्। यो त पढाइको कुरा हो नि! अज्ञानकालमा हुन सक्छ, आपसमा धेरै प्रेम छ भने उनीहरूको मनोकामना पूरा हुन सक्छ, त्यो त हो पतित विकारी मार्ग। पतिको मृत्यु पछि पत्नी सती जान्छन् (चितामा बस्छन्)। अर्को जन्ममा पनि गएर उनैसँग मिल्छन्। तर अर्को जन्ममा उनीहरूलाई कहाँ थाहा हुन्छ र! तिमी पनि बाबाको साथमा ज्ञानचितामा चढ्छौ। यो फोहोरी शरीर छोडेर जान्छौ। तिमीलाई यो अहिले थाहा भएको छ, उनीहरूलाई त थाहा हुँदैन हामी अघिल्लो जन्ममा यस्ता साथी थियौँ। तिमीलाई पनि पछि त्यहाँ यी कुराहरू याद रहनेछैनन्। अहिले तिम्रो बुद्धिमा लक्ष्य-उद्देश्य (एम अब्जेक्ट) छ। मम्मा-बाबा, लक्ष्मीनारायण बन्नेछन्। विष्णु हुन् देवता। प्रजापिता ब्रह्मालाई देवता भन्न सकिँदैन। ब्रह्मा सो देवता बन्छन्। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा कसरी बन्छन्– यो अहिले तिमीले बुझेका छौ। अहिले तिमीलाई थाहा छ– चैन केवल स्वर्गमा नै हुन्छ। कोही मरे भने भन्छन् स्वर्ग गयो अर्थात् चैनमा गयो। पतित बेचैनीमा रहन्छन्। बाबा फेरि पनि भन्नुहुन्छ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा विकर्म विनाश हुनेछन्। बाँकी हुन् विस्तारमा बुझ्ने कुराहरू। बाबा नलेजफुल हुनुहुन्छ, त्यसैले तिमीलाई पनि आफूजस्तै नलेजफुल बनाउनुहुनेछ। बाबाको यादबाट तिमी सतोप्रधान बन्नेछौ, यो आत्माहरूको रेस हो। जसले धेरै याद गर्छन्, उनीहरू छिटो सतोप्रधान बन्नेछन्। यो हो योग र पढाइको रेस। स्कुलमा पनि रेस हुन्छ नि! धेरै विद्यार्थीहरू हुन्छन्, उनीहरूमध्ये जो नम्बरवन निस्कन्छन् उनीहरूलाई छात्रवृत्ति मिल्छ। एउटै पढाइ लाखौँ, करोडौँ आत्माहरूको लागि हुन्छ, त्यसोभए त्यति स्कुल पनि होलान् नि! अब तिमीले यो पढाइ पढ्नु छ। सबैलाई बाटो बताऊ, अन्धाहरूको लट्ठी बन। घर घरमा सन्देश पुर्याउनु छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) अब अशुद्ध कामनाहरूको त्याग गरेर शुद्ध कामनाहरू राख्नु छ। सबैभन्दा शुद्ध कामना हो पवित्र बनेर पवित्र दुनियाँको मालिक बनौँ...। कुनै पनि भूललाई लुकाएर आफूले आफैलाई ठग्नुहुँदैन। धर्मराज बाबासँग सदा सच्चा रहनु छ।

२) ज्ञानचितामा बसेर यस पढाइमा रेस गरेर भविष्य नयाँ दुनियाँमा उच्च पद पाउनु छ। योग अग्निबाट विकर्महरूको खाता भस्म गर्नु छ।

वरदान:–
बुद्धिको प्रीत एक प्रीतमसँग लगाएर सदा सम्मुखको अनुभूति गर्ने विजयी रत्न भव

प्रीत बुद्धि अर्थात् बुद्धिको लगन एक प्रीतमसँग लागेको होस्। जसको एकसँग प्रीत छ, उनीहरूको अन्य कुनै पनि व्यक्ति वा वैभवसँग प्रीत जोडिन सक्दैन। उनीहरूले सदा बापदादालाई आफ्नो सम्मुख अनुभव गर्छन्। उनीहरूको मनसामा पनि श्रीमत विपरीत व्यर्थ सङ्कल्प वा विकल्प आउन सक्दैनन्। उनीहरूको मुखबाट वा मनबाट यही बोली निस्कन्छन्– हजुरसँगै खाऊँ, हजुरसँगै बसुँ... हजुरसँगै सर्व सम्बन्ध निभाऊँ... यस्ता सदा प्रीतबुद्धि रहनेहरू नै विजयी रत्न बन्छन्।

स्लोगन:–
चाहियो चाहियो भन्ने सङ्कल्प आउनु पनि रोयल रूपको माग्नु हो।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

सङ्गमयुगमा बापदादाले सबै बच्चाहरूलाई पहिलो व्रत दिनुभएको छ– “सम्पूर्ण पवित्र भव”। यो पवित्रताको व्रत केवल ब्रह्मचर्यको व्रत होइन तर ब्रह्माबाबासमान हर वचनमा पवित्रताको भाइब्रेसन समाहित भएको होस्। हर सङ्कल्पमा पवित्रताको महत्त्व होस्। हर कर्ममा, कर्मयोगी जीवनको अनुभव होस्– यसलाई भनिन्छ ब्रह्मचारी सो ब्रह्माचारी।