21.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी बाबाको पासमा आएका छौ आफ्नो सु तेको भाग्य जगाउन , भाग्य जाग्नु अर्थात् विश्वको मालिक बन्नु।”

प्रश्न:–
कुन खुराकले तिमी बच्चाहरूलाई बाबा समान बुद्धिमान बनाइदिन्छ?

उत्तर:–
यो पढाइ हो तिमी बच्चाहरूको बुद्धिको खुराक। जसले दिनहुँ पढाइ पढ्छन् अर्थात् यो खुराक खान्छन् उनीहरूको बुद्धि पारस बन्छ। पारसनाथ बाबा जो बुद्धिमानहरूका बुद्धि हुनुहुन्छ, उहाँले तिमीलाई आफूसमान पारसबुद्धि बनाउनुहुन्छ।

गीत:–
तकदीर जगाकर आई हूँ...

ओम् शान्ति ।
गीतको लाइन सुन्दा पनि मीठा-प्यारा बच्चाहरूलाई रोमाञ्च पैदा हुनुपर्छ। हो त सामान्य गीत तर यसको सार अरू कसैले जान्दैनन्। बाबाले नै आएर गीत, शास्त्र आदिको अर्थ सम्झाउनुहुन्छ। मीठा-प्यारा बच्चाहरूलाई यो पनि थाहा छ– कलियुगमा सबैको तकदिर सुषुप्त छ। सत्ययुगमा सबैको तकदिर जागेको हुन्छ। सुतेको तकदिरलाई जगाउने र श्रीमत दिने अथवा तदबिर वा पुरुषार्थ गराउने एक मात्रै बाबा हुनुहुन्छ। उहाँले नै बसेर बच्चाहरूको तकदिर जगाउनुहुन्छ। जसरी बच्चा पैदा भयो भने तकदिर जाग्छ। बच्चा जन्मियो र उसलाई यो थाहा हुन्छ कि हामी वारिस हौँ। हुबहु यो फेरि बेहदको कुरा हो। बच्चाहरूलाई थाहा छ– कल्प कल्प हाम्रो तकदिर जाग्छ फेरि सुत्छ। पावन बन्यौ भने तकदिर जाग्छ। पावन गृहस्थ आश्रम भनिन्छ। आश्रम शब्द पवित्र हुन्छ। पवित्र गृहस्थ आश्रम, त्यसको विपरित फेरि हो अपवित्र पतित गृहस्थ धर्म। आश्रम भनिँदैन। गृहस्थ धर्म त सबैको छँदैछ। जनावरहरूमा पनि छ। बच्चा त सबैले पैदा गर्छन् नै। जनावरहरूलाई पनि भनिन्छ– गृहस्थ धर्ममा छन्। अब बच्चाहरूलाई थाहा भएको छ– हामी स्वर्गमा पवित्र गृहस्थ आश्रममा थियौँ, देवीदेवता थियौँ। उनीहरूको महिमा पनि गाउँछन्– सर्वगुणसम्पन्न, १६ कला सम्पूर्ण... तिमी आफैले पनि गाउँथ्यौ। अहिले बुझेका छौ फेरि हामी मनुष्यबाट देवता बनिरहेका छौँ। गायन पनि छ– मनुष्य से देवता...। ब्रह्मा-विष्णु-शङ्करलाई पनि देवता भन्छन्। ब्रह्मा देवताय नमः, फेरि भन्छन्– शिव परमात्माय नमः। अहिले त्यसको अर्थ पनि तिमीलाई थाहा छ। उनीहरूले त अन्धश्रद्धावश केवल भनिदिन्छन्। तर शङ्कर देवताय नमः भन्छन्। शिवको लागि भन्छन्– शिव परमात्माय नमः भने फरक भयो नि। उनी देवता भए, उहाँ परमात्मा हुनुभयो। शिव र शङ्करलाई एउटै हुनुहुन्छ भन्न सक्दैनन्। तिमीलाई थाहा छ– हामी अवश्य पत्थरबुद्धि थियौँ, अब पारसबुद्धि बनिरहेका छौँ। देवताहरूलाई त पत्थरबुद्धि भनिँदैन। फेरि ड्रामा अनुसार रावण राज्यमा सिँढी ओर्लनुछ। पारसबुद्धिबाट पत्थरबुद्धि बन्नुछ। सबैभन्दा बुद्धिमान त एक बाबा मात्रै हुनुहुन्छ। अहिले तिम्रो बुद्धिमा दम रहेको छैन। बाबाले त्यसलाई बसेर पारसबुद्धि बनाउनुहुन्छ। तिमी यहाँ आउँछौ पारसबुद्धि बन्न। पारसनाथको पनि मन्दिर छ। त्यहाँ मेला लाग्छ। तर यो कसैलाई थाहा छैन– पारसनाथ को हुनुहुन्छ। वास्तवमा पारस बनाउने त बाबा मात्रै हुनुहुन्छ। उहाँ हुनुहुन्छ बुद्धिमानहरूका बुद्धि। यो ज्ञान हो तिमी बच्चाहरूको बुद्धिको लागि खुराक, यसबाट बुद्धि कति पल्टिन्छ! यो दुनियाँ हो काँडाहरूको जङ्गल। कति एकअर्कालाई दुःख दिन्छन्! अहिले यो हो नै तमोप्रधान रौरव नर्क। गरुड पुराणमा त धेरै रोचक कुराहरू लेखिदिएका छन्।

अहिले तिमी बच्चाहरूको बुद्धिलाई खुराक मिलिरहेको छ। बेहदका बाबाले खुराक दिइरहनुभएको छ। यो हो पढाइ। यसलाई ज्ञान अमृत पनि भनिदिन्छन्। कुनै जल आदि होइन। आजकाल सबै चीजलाई अमृत भनिदिन्छन्। गङ्गाजललाई पनि अमृत भन्छन्। देवताहरूको खुट्टा धोएर पानी राख्छन्, त्यसलाई चरणामृत भनिदिन्छन्। अब यो पनि बुद्धिले बुझ्ने कुरा हो नि। यो अँजुली चरणामृत हो वा पतित-पावनी गङ्गाको जल अमृत हो? जुन चरणामृत दिन्छन् उनीहरूले यस्तो भन्दैनन् कि यो पतितहरूलाई पावन बनाउने जल हो, गङ्गाजलको लागि भन्छन्– पतित-पावनी हो। भन्छन् पनि– मनुष्य मर्नेबेला भयो भने गङ्गाजल मुखमा होस्। देखाउँछन्– अर्जुनले बाण मारे फेरि अमृत जल पिलाए। तिमी बच्चाहरूले कुनै बाण आदि चलाएका छैनौ। एक गाउँ छ जहाँ बाणले लड्छन्। त्यहाँको राजालाई ईश्वरको अवतार भन्छन्। तर ईश्वरको अवतार त कोही हुन सक्दैनन्। वास्तवमा सच्चा सच्चा सदगुरु त एउटै हुनुहुन्छ, जो सर्वका सदगतिदाता हुनुहुन्छ। जसले सबै आत्माहरूलाई साथै लैजानुहुन्छ। बाबाबाहेक फर्काएर कसैले पनि लैजान सक्दैनन्। ब्रह्ममा लीन हुने कुरा पनि छैन। नाटक यस्तै बनेको छ। सृष्टिको चक्र अनादि घुमी नै रहन्छ। विश्वको इतिहास-भूगोल कसरी दोहोरिन्छ, यो अहिले तिमीलाई थाहा छ, अरू कसैलाई थाहा छैन। मनुष्य अर्थात् आत्माहरूले आफ्ना बाबा रचयितालाई पनि चिन्दैनन्, जसलाई याद पनि गर्छन् र भन्छन्– हे परमपिता परमात्मा! हदका बाबालाई कहिल्यै परमपिता परमात्मा भन्दैनन्। परमपिता परमात्मा शब्द धेरै सम्मानले भन्छन्। उहाँको लागि नै गायन गर्छन्- पतितपावन, दुःखहर्ता सुखकर्ता हुनुहुन्छ। एकातर्फ भन्छन्– उहाँ दुःखहर्ता सुखकर्ता हुनुहुन्छ र जब कुनै दुःख हुन्छ वा बच्चा आदि मरेछ भने भनिदिन्छन्– ईश्वरले नै दुःखसुख दिनुहुन्छ। ईश्वरले हाम्रो बच्चा लिनुभयो। यो के गर्नुभयो? अब महिमा एउटा गाउँछन् र फेरि केही भयो भने ईश्वरलाई गाली गर्छन्। भन्छन् पनि– ईश्वरले बच्चा दिनुभएको हो, फेरि यदि उहाँले फिर्ता लिनुभयो भने तिमी रुन्छौ किन? ईश्वरको साथमा गयो नि। सत्ययुगमा कहिल्यै कोही रुँदैनन्। बाबा सम्झाउनुहुन्छ– रुनुपर्ने कुनै आवश्यकता नै छैन। आत्माले आफ्नो हिसाबकिताब अनुसार गएर अर्को पार्ट खेल्नुछ। ज्ञान नभएकाले मनुष्य कति रुन्छन्, पागलजस्तै हुन्छन्। यहाँ त बाबा सम्झाउनुहुन्छ– अम्मा मरे तो भी हलुवा खाना... नष्टोमोहा हुनुछ। हाम्रो त एउटै बेहदका बाबा हुनुहुन्छ, अर्को कोही छैन। बच्चाहरूको अवस्था यस्तो हुनुपर्छ। मोहजित राजाको कथा पनि सुनेका छौ नि। यी हुन् सबै दन्त्य कथाहरू। सत्ययुगमा कहिल्यै दुःखको कुरा हुँदैन। न कहिल्यै अकालमा मृत्यु हुन्छ।

तिमी बच्चाहरूलाई थाहा छ– हामीले अहिले कालमाथि विजय पाउँछौँ, बाबालाई महाकाल पनि भनिन्छ। कालहरूका कालले तिमीलाई कालमाथि विजय पहिराउनुहुन्छ अर्थात् त्यहाँ कालले कहिल्यै खाँदैन। कालले त आत्मालाई खान सक्दैन। आत्माले एक शरीर छोडेर अर्को लिन्छ, त्यसलाई भनिन्छ– कालले खायो। बाँकी काल कुनै चीज होइन। मनुष्यले महिमा गाइरहन्छन्, बुझ्न केही पनि बुझ्दैनन्। गाउँछन्–अच्युतम् केशवम्... अर्थ केही बुझ्दैनन्। मनुष्य बिल्कुलै समझभन्दा बाहिर भएका छन्। बाबा सम्झाउनुहुन्छ– यी ५ विकारले तिम्रो बुद्धिलाई कति बिगारिदिन्छन्! कति मनुष्य बद्रीनाथ आदिमा जान्छन्। आज दुई लाख गए, ४ लाख गए... ठुला ठुला अफिसरहरू पनि तीर्थ गर्न जान्छन्। तिमी गएनौ भने उनीहरूले भन्छन्– यी बि.के. त नास्तिक हुन् किनकि भक्ति गर्दैनन्। तिमीले फेरि भन्छौ– जसले भगवानलाई चिन्दैनन् उनीहरू नास्तिक हुन्। बाबालाई त कसैले चिन्दैनन् त्यसैले यसलाई अनाथहरूको दुनियाँ भनिन्छ। आपसमा कति लडाइँ झगडा गर्छन्! यो सारा दुनियाँ बाबाको घर हो नि। बाबाले सारा दुनियाँका बच्चाहरूलाई पतितबाट पावन बनाउन आउनुहुन्छ। आधाकल्प अवश्य पावन दुनियाँ थियो नि। गाउँछन् पनि– राम राजा, राम प्रजा, राम साहुकार है... त्यहाँ फेरि अधर्मको कुरा कसरी हुन सक्छ! भन्छन् पनि– त्यहाँ सिंह र बाख्रा सँगसँगै पानी पिउँछन्, फेरि त्यहाँ रावण आदि कहाँबाट आयो? बुझ्दैनन्। बाहिरकाहरूले त यस्ता कुरा सुनेर हाँस्छन्।

तिमी बच्चाहरूलाई थाहा छ– अहिले ज्ञानका सागर बाबा आएर हामीलाई ज्ञान दिनुहुन्छ। यो पतित दुनियाँ हो नि। अब प्रेरणाले पतितहरूलाई पावन बनाउनुहुन्छ र? बोलाउँछन्– हे पतितपावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्! त्यसो हो भने अवश्य यहीँ नै आउनुभएको थियो। अहिले पनि भन्नुहुन्छ– म ज्ञानको सागर आएको हुँ। तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबामा नै सारा ज्ञान छ, उहाँ बाबाले नै बसेर बच्चाहरूलाई यी सबै कुरा सम्झाउनुहुन्छ। शास्त्रहरूमा सबै दन्त्यकथाहरू छन्। नाम राखिदिएका छन्– व्यास भगवानले शास्त्र बनाए। तर ती व्यास थिए भक्तिमार्गका। यी हुन् व्यास देव, उहाँका बच्चा तिमी सुखदेव हौ। अब तिमी सुखका देवता बन्छौ। व्यासबाट, शिवाचार्यबाट तिमीले सुखको वर्सा लिइरहेका छौ। तिमीहरू व्यासका बच्चा हौ। तर मनुष्य नअल्मलियुन भनेर भनिन्छ– शिवका बच्चा। उहाँको वास्तविक नाम हो नै शिव। त्यसैले अब बाबा भन्नुहुन्छ– कुनै देहधारीलाई नदेख। यसबेला शिवबाबा सम्मुख बसिरहनुभएको छ। आत्मालाई चिनिन्छ, परमात्मालाई पनि चिनिन्छ। उहाँ परमपिता परमात्मा शिव। उहाँले नै आएर पतितबाट पावन बन्ने बाटो देखाउनुहुन्छ। भन्नुहुन्छ– म तिमी आत्माहरूको पिता हुँ। आत्मालाई महसुस गरिन्छ, देखिँदैन। बाबा सोध्नुहुन्छ– अब तिमीले आफ्नो आत्मालाई महसुस गरेकाछौ? यति सानो आत्मामा अविनाशी पार्ट पहिल्यै निश्चित छ। जसरी एक रेकर्ड हुन्छ।

तिमीलाई थाहा छ– हामी आत्माले नै शरीर धारण गर्छौँ। पहिला तिमी देह अभिमानी थियौ, अब देहीअभिमानी छौ। तिमीलाई थाहा छ– हामी आत्माले ८४ जन्म लिन्छौँ। त्यसको अन्त्य हुँदैन। कोही कोहीले सोध्छन्– यो ड्रामा कहिलेदेखि सुरुभयो? तर यो त अनादि हो, कहिल्यै विनाश हुँदैन। यसलाई भनिन्छ– बनीबनाउ अविनाशी विश्व ड्रामा। त्यसैले बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। जसरी अनपढ बच्चाहरूलाई पढाइन्छ। आत्मा शरीरमा नै हुन्छ। यो हो पत्थरबुद्धिको लागि भोजन, यसबाट बुद्धिलाई समझ मिल्छ। तिमी बच्चाहरूको लागि बाबाले चित्र बनाउनुभएको छ। यी चित्र धेरै सहज छन्। यी हुन् त्रिमूर्ति ब्रह्मा-विष्णु-शङ्कर। तर ब्रह्मालाई पनि त्रिमूर्ति किन भनिन्छ? देवों के देव महादेव। एकअर्का भन्दा माथि राख्छन्, अर्थ केही पनि जान्दैनन्। अब ब्रह्मा देवता कसरी हुन सक्छन्! प्रजापिता ब्रह्मा त यहाँ हुनुपर्छ। यी कुराहरू कुनै शास्त्रहरूमा छैनन्। बाबा भन्नुहुन्छ– म यस शरीरमा प्रवेश गरेर यिनीद्वारा तिमीलाई सम्झाउँछु। यिनलाई आफ्नो बनाउँछु। यिनको धेरै जन्महरूको अन्त्यमा आउँछु। यिनले पनि ५ विकारहरूको संन्यास गर्छन्। संन्यास गर्नेलाई योगी, ऋषि भनिन्छ। अहिले तिमी राजऋषि बनेका छौ। तिमीले ५ विकारहरूको संन्यास गरेका छौ त्यसैले नाम परिवर्तन हुन्छ। तिमी त राजयोगी बन्छौ। तिमीले प्रतिज्ञा गर्छौ। ती संन्यासीहरू त घरबार छोडेर जान्छन्। यहाँ त स्त्री-पुरुष सँगसँगै रहन्छन्, प्रतिज्ञा गर्छन्– हामी विकारमा कहिल्यै जाँदैनौँ। मूल कुरा हो नै विकारको।

तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबा रचयिता हुनुहुन्छ। उहाँले नयाँ रचना रच्नुहुन्छ। उहाँ बीजरूप, सत्, चित्, आनन्दको सागर, ज्ञानको सागर हुनुहुन्छ। स्थापना, विनाश, पालना कसरी गर्नुहुन्छ– यो बाबाले जान्नुहुन्छ, मनुष्यले जान्दैनन्। तुरुन्तै भनिदिन्छन्– तिमी बि.के. ले त दुनियाँको विनाश गर्छौ। अच्छा, तिम्रो मुखमा गुलाब जामुन। भन्छन्– यिनीहरू त विनाशको लागि निमित्त बनेका छन्। न शास्त्रहरूलाई, न भक्तिलाई, न गुरुहरूलाई मान्छन्, केवल आफ्ना दादालाई मान्छन्। तर बाबा त स्वयं भन्नुहुन्छ– यो पतित शरीर हो, मैले यसमा प्रवेश गरेको छु। पतित दुनियाँमा त कोही पावन हुँदैनन्। मनुष्यले त जे सुने सुनाएका कुरा सुन्छन् त्यही बोलिदिन्छन्। यस्ता सुने सुनाएका कुराहरूबाट त यस भूमिले दुर्गति पाएको छ, त्यसैले बाबा आएर सत्य सुनाएर सबैको सदगति गर्नुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबाबाट सुखको वर्सा लिएर सुखको देवता बन्नुछ। सबैलाई सुख दिनुछ। राजऋषि बन्नको लागि सर्व विकारहरूको संन्यास गर्नुछ।

२) पढाइ नै सच्चा खुराक हो। सदगतिको लागि सुने सुनाएका कुराहरूलाई छोडेर श्रीमतमा चल्नुछ। एक बाबाका कुरा मात्रै सुन्नुछ। मोहजित बन्नुछ।

वरदान:–
आफ्न ा असली संस्कारलाई इमर्ज गरेर सदा हर्षित रहने ज्ञानस्वरूप भव

जुन बच्चाले ज्ञानको स्मरण गरेर त्यसको स्वरूप बन्छन् उनीहरू सदा हर्षित रहन्छन्। सदा हर्षित रहनु– यो ब्राह्मण जीवनको असली संस्कार हो। दिव्यगुण आफ्नो चीज हो, अवगुण मायाको चीज हो जुन अवगुण सङ्गदोषबाट आएका छन्। अब त्यसलाई उपेक्षा गरिदेऊ र आफ्नो सर्वशक्तिमान् अधिकारको स्थितिमा रह्यौ भने सदा हर्षित रहनेछौ। कुनै पनि आसुरी वा व्यर्थ संस्कारले सामुन्ने आउने हिम्मत पनि राख्न सक्ने छैनन्।

स्लोगन:–
सम्पूर्णताको लक्ष्य सामुन्ने राख्यौ भने सङ्कल्पमा पनि कुनै आकर्षणले आकर्षित गर्न सक्दैन।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन

एकताको लागि एक रुहानी रक्षा कवच (ताबीज) आदर दिनु नै आदर लिनु हो, यसलाई सदा आफुसँगै राख्नुछ। यो आदरको रेकर्ड सफलताको अविनाशी रेकर्ड हुनेछ। मुखमा एउटै सफलताको मन्त्र होस्– ‘पहिला तपाईं’– यो महामन्त्र मनैदेखि पक्का रहोस्। यथार्थरूपले पहिला आफूलाई मेटाएर अर्कालाई अगाडि बढाउनु भनेकै आफु अगाडि बढ्नु हो भन्ने सम्झेर यस महामन्त्रलाई अगाडि बढाउँदै सफलतालाई प्राप्त गर्दै जाऊ, यो मन्त्र र रक्षा कवच सदा साथै रह्यो भने प्रत्यक्षताको नगारा बज्नेछ।