21.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
आत्माहरूको प्यार एक बाबासँग छ , बाबाले तिमीलाई आत्मासँग प्यार गर्न सिकाउनुभएको छ
, शरीरसँग होइन।”
प्रश्न:–
कुन
पुरुषार्थमा नै मायाले विघ्न पार्छ? मायाजित बन्ने युक्ति के हो?
उत्तर:–
तिमीले
पुरुषार्थ गर्छौ– हामीले बाबालाई याद गरेर आफ्ना पापहरूलाई भस्म गरौँ। त्यसैले यो
यादमा नै मायाको विघ्न पर्छ। बाबा उस्तादले तिमीलाई मायाजित बन्ने युक्ति
बताउनुहुन्छ। तिमीले उस्तादलाई चिनेर याद गर्यौ भने खुसी पनि हुन्छ, पुरुषार्थ पनि
गरिरहनेछौ र सर्भिस पनि खूब गर्नेछौ। मायाजित पनि बन्नेछौ।
गीत:–
इस पाप की
दुनिया से.....
ओम् शान्ति ।
रुहानी
बच्चाहरूले गीत सुन्यौ, अर्थ बुझ्यौ। दुनियाँमा कसैले पनि अर्थ बुझ्दैनन्। प्यारा
बच्चाहरू! तिमीले बुझेका छौ– हाम्रो आत्माको प्रेम परमपिता परमात्मासँग छ। आत्माले
आफ्नो बाबा परमपिता परम आत्मालाई पुकार्छ। प्यार आत्मामा छ वा शरीरमा? अब बाबाले
सिकाउनुहुन्छ– प्यार आत्मामा हुनुपर्छ। शरीर त खतम हुनुछ। प्यार आत्मामा छ। अब
बाबाले सम्झाउनुहुन्छ– तिम्रो प्यार परमात्मा बाबासँग हुनुपर्छ, शरीरसँग होइन।
आत्माले नै आफ्नो बाबालाई पुकार्छ– पुण्य आत्माहरूको दुनियाँमा लैजानुहोस्। तिमीले
बुझेका छौ– हामी पाप आत्मा थियौँ, अब फेरि पुण्य आत्मा बनिरहेका छौँ। बाबाले
तिमीलाई युक्तिले पुण्य आत्मा बनाइरहनुभएको छ। बाबाले बताउनुभए पछि त बच्चाहरूलाई
अनुभव हुन्छ र बुझ्छन्– हामी बाबाद्वारा बाबाको यादद्वारा पवित्र पुण्य आत्मा
बनिरहेका छौँ। योगबलले हाम्रो पाप भस्म भइरहेको छ। तर गङ्गा आदिमा कुनै पाप धोइँदैन।
मानिसहरूले गङ्गा स्नान गर्छन्, शरीरमा माटो दल्छन् तर त्यसले कुनै पाप धुँदैन।
आत्माको पाप योगबलले नै निस्कन्छ। खाद निस्कन्छ, यो त बच्चाहरूलाई नै थाहा छ र
निश्चय छ– हामीले बाबालाई याद गर्यौँ भने हाम्रो पाप भस्म हुन्छ। निश्चय छ भने फेरि
पुरुषार्थ गर्नु पर्यो नि। यो पुरुषार्थमा नै मायाले विघ्न पार्छ। पहलमानसँग माया
पनि राम्रोसँग पहलमान भएर लड्छ। कच्चासँग के लड्छ र! प्यारा बच्चाहरू! तिमीले सदैव
यो ख्याल राख्नुछ– हामी मायाजित जगतजित बन्नुछ। माया जिते जगत जितको अर्थ पनि कसैले
बुझ्दैनन्। अहिले तिमी बच्चाहरूलाई सम्झाइन्छ– तिमीले कसरी मायामाथि विजय प्राप्त
गर्न सक्छौ। माया पनि समर्थ छ नि। तिमी बच्चाहरूलाई उस्ताद मिल्नुभएको छ। त्यो
उस्तादलाई पनि नम्बरवार कुनै विरलैले जान्दछन्। जसले जान्दछ, उसलाई खुसी पनि हुन्छ।
स्वयं पुरुषार्थ पनि गर्छन्। सर्भिस पनि खूब गर्छन्। अमरनाथमा धेरै मानिसहरू जान्छन्।
अहिले सबै मानिसहरूले
भन्छन्– विश्वमा शान्ति कसरी हुन्छ? अहिले तिमीले सबैलाई सिद्ध गरेर बताउँछौ–
सत्ययुगमा कसरी सुख-शान्ति थियो। सारा विश्वमा शान्ति थियो। यी लक्ष्मी-नारायणको
राज्य थियो, अरू कुनै धर्म थिएन। आजभन्दा ५ हजार वर्ष पहिला सत्ययुग थियो, फेरि
सृष्टिलाई चक्कर त अवश्य लगाउनुछ। चित्रहरूद्वारा तिमीले बिलकुल स्पष्ट बताउँछौ,
कल्प पहिला पनि यस्तै चित्र बनाएका थियौँ। दिनप्रतिदिन सुधार हुँदैजान्छ। कहिलेकाहीँ
बच्चाहरूले चित्रहरूमा तिथि-मिति लेख्न भुल्छन्। लक्ष्मी-नारायणको चित्रमा तिथि-मिति
अवश्य हुनुपर्छ। तिमी बच्चाहरूको बुद्धिमा बसेको छ नि– हामी स्वर्गवासी थियौँ, अब
फेरि बन्नुछ। जति जसले पुरुषार्थ गर्छन्, त्यस्तै पद पाउँछन्। अहिले बाबाद्वारा तिमी
ज्ञानको अथोरिटी बनेका छौ। भक्ति अब समाप्त हुनुछ। सत्ययुग-त्रेतामा भक्ति कहाँ
हुन्छ र। पछि आधाकल्प भक्ति चल्छ। यो पनि अहिले तिमी बच्चाहरूको समझमा आउँछ।
आधाकल्प पछि रावण राज्य सुरुहुन्छ। सारा खेल तिमीहरूको नै हो। ८४ को चक्र
भारतवर्षमाथि नै छ। भारतवर्ष नै अविनाशी खण्ड हो, यो पनि पहिला कहाँ थाहा थियो र।
लक्ष्मी-नारायणलाई गड गडेज (भगवान-भगवती) भनिन्छ नि। कति उच्च पद छ र पढाइ कति सहज
छ। यो ८४ को चक्र पूरा गरेर फेरि हामी फर्केर जान्छौँ। ८४ को चक्र भन्नाले बुद्धि
माथि जान्छ। अहिले तिमीलाई मूलवतन, सूक्ष्मवतन, स्थूलवतन सबै याद छ। पहिला कहाँ
जान्दथ्यौ र– सूक्ष्मवतनमा के हुन्छ। अहिले तिमीले बुझेका छौ– त्यहाँ कसरी मुभीमा
बातचित गर्छन्। मुभी बाइस्कोप पनि निस्केको थियो। तिमीलाई सम्झाउन सहज हुन्छ।
साइलेन्स, मुभी, टकी। तिमीहरू सबैले जान्दछौ– लक्ष्मी-नारायणको राज्यदेखि लिएर
अहिलेसम्मको सारा चक्र बुद्धिमा छ।
तिमीलाई गृहस्थ
व्यवहारमा रहँदा यही फिक्र भइरहोस्– मलाई पावन बन्नुछ। बाबाले सम्झाउनुहुन्छ–
गृहस्थ व्यवहारमा रहँदा पनि यो पुरानो दुनियाँसँग ममत्व मेटाइदेऊ। ठीकै छ बच्चाहरू
आदिलाई सम्हाल। तर बुद्धि बाबातिर होस्। भनिन्छ नि– हातले काम गर्दा बुद्धि बाबातिर
रहोस्। बच्चाहरूलाई खुवाऊ, पिलाऊ, स्नान गराऊ, बुद्धिमा बाबाको याद रहोस् किनकि
जान्दछौ– आत्मामा पापहरूको बोझ धेरै छ, त्यसैले बुद्धि बाबातिर लागिरहोस्। उहाँ
माशूकलाई धेरै-धेरै याद गर्नुछ। माशूक बाबा तिमी सबै आत्माहरूलाई भन्नुहुन्छ– मलाई
याद गर, यो पार्ट पनि अहिले चलिरहेको छ, फेरि ५ हजार वर्षपछि चल्नेछ। बाबाले कति
सहज युक्ति बताउनुहुन्छ। कुनै मेहनत छैन। कसैले भन्छन्– हामीले त यो मेहनत गर्न
सक्दैनौँ, हामीलाई धेरै मेहनत महसुस हुन्छ, यादको यात्रा धेरै मुस्किल छ। अरे,
तिमीले बाबालाई याद गर्न सक्दैनौ! बाबालाई कहाँ भुल्न हुन्छ र। बाबालाई त राम्रोसँग
याद गर्नुछ, तब विकर्म विनाश हुन्छन् र तिमी सदा निरोगी बन्नेछौ। नत्र बन्नेछैनौ।
तिमीलाई यो धेरै राम्रो राय एकैपटक मिल्छ। एकैपटकको औषधि हुन्छ नि। मैले ग्यारेन्टी
गर्छु– यो योगबलले तिमी २१ जन्मको लागि कहिल्यै रोगी बन्ने छैनौ। केवल बाबालाई याद
गर– कति सहज युक्ति छ। भक्तिमार्गमा याद गर्थ्यौ अन्जानमा। अब बाबा बसेर
सम्झाउनुहुन्छ, तिमीले बुझेका छौ– बाबा! हामी कल्प पहिला पनि हजुरकहाँ आएका थियौँ,
पुरुषार्थ गर्थ्यौँ। यसमा पक्का निश्चय भएको छ। हामीले नै राज्य गर्थ्यौँ, फेरि
हामीले गुमायौँ, अब फेरि बाबा आउनुभएको छ, उहाँसँग राज्य-भाग्य लिनुछ। बाबा
भन्नुहुन्छ– मलाई याद गर र राज्य भाग्यलाई याद गर। मनमनाभव। अन्त मति सो गति हुनेछ।
अहिले नाटक पूरा हुन्छ, फर्केर जानेछौँ। बाबा आउनुभएको छ सबैलाई लैजानको लागि। जस्तै
वधुलाई लिनको लागि वर आउँछन्। बेहुलीहरूलाई धेरै खुसी हुन्छ– हामी आफ्नो पतिको घर
जान्छौँ। तिमी सबै सीता हौ एक रामका। रामले नै तिमीलाई रावणको जेलबाट छुटाएर
लैजानुहुन्छ। मुक्तिदाता एउटै हुनुहुन्छ, उहाँले रावणराज्यबाट मुक्त गर्नुहुन्छ।
भनिन्छ पनि– यो रावणराज्य हो, तर यथार्थ रीतिले बुझ्दैनन्। अहिले बच्चाहरूलाई
सम्झाइन्छ, अरूलाई सम्झाउनको लागि धेरै राम्रा राम्रा प्वाइन्टहरू दिइन्छ। बाबाले
सम्झाउनुभयो– यो लेखिदेऊ– बाबाले कल्प पहिला जस्तै विश्वमा शान्ति स्थापना
गरिरहनुभएको छ। ब्रह्माद्वारा स्थापना भइरहेको छ। विष्णुको राज्य थियो त्यतिबेला
विश्वमा शान्ति थियो नि। विष्णु अर्थात् लक्ष्मी-नारायण थिए, यो पनि कहाँ कसैले
सम्झाउँछन् र। विष्णु र लक्ष्मी-नारायण अनि राधा-कृष्णलाई अलग अलग हुन् भन्ने
सम्झन्छन्। अहिले तिमीले जानेका छौ, स्वदर्शन चक्रधारी पनि तिमी हौ। शिवबाबा आएर
सृष्टि चक्रको ज्ञान दिनुहुन्छ। उहाँद्वारा अहिले हामी पनि मास्टर ज्ञान सागर बनेका
छौँ। तिमी ज्ञान नदी हौ नि। यी त बच्चाहरूका नै नाम हुन्।
भक्तिमार्गमा
मानिसहरूले कति स्नान गर्छन्, कति भट्किन्छन्। धेरै दानपुण्य आदि गर्छन्, धनवान
मानिसहरूले त धेरै दान गर्छन्। सुन पनि दान गर्छन्। तिमीले पनि अहिले बुझेका छौ– म
कति धेरै भट्किन्थेँ। तर हामी कुनै हठयोगी त होइनौँ। हामी त हौँ राजयोगी। पवित्र
गृहस्थ आश्रमका थियौँ, फेरि रावणराज्यमा अपवित्र बनेका छौँ। ड्रामा अनुसार बाबाले
फेरि गृहस्थ धर्म बनाइरहनुभएको छ र अरू कसैले बनाउन सक्दैनन्। मानिसहरूले तिमीलाई
भन्छन्– तिमी सबै पवित्र बन्यौ भने दुनियाँ कसरी चल्छ? भन– यति सबै संन्यासी पवित्र
रहन्छन्, फेरि दुनियाँ कुनै बन्द भएको छ र? अरे सृष्टि यति बढेको छ, खानको लागि
अन्न पनि छैन र सृष्टि फेरि किन बढाउँछन्। अहिले तिमी बच्चाहरूले बुझेका छौ, बाबा
हाम्रो सम्मुख हाजिर-नाजिर हुनुहुन्छ, तर उहाँलाई यी आँखाहरूले देख्न सक्दैनन्।
बुद्धिले जान्दछौ, बाबाले हामी आत्माहरूलाई पढाउनुहुन्छ, हाजिर-नाजिर हुनुहुन्छ।
जसले विश्व शान्तिको
कुरा गर्छन्, उनीहरूलाई तिमीले बताऊ– विश्वमा शान्ति त बाबाले गराइरहनुभएको छ।
त्यसको लागि नै पुरानो दुनियाँको विनाश सामुन्ने उपस्थित छ, ५ हजार वर्ष पहिला पनि
विनाश भएको थियो। अहिले पनि यो विनाश सामुन्ने उपस्थित छ, फेरि विश्वमा शान्ति
हुनेछ। अहिले तिमी बच्चाहरूको बुद्धिमा छन् नै यी कुराहरू। दुनियाँमा अरू कसैले
जान्दैनन्। कोही छैनन् जसको बुद्धिमा यी कुराहरू छन्। तिमीलाई थाहा छ– सत्ययुगमा
सारा विश्वमा शान्ति थियो। एक भारतखण्ड सिवाय अर्को कुनै खण्ड थिएन। पछि अरू खण्ड
थपिएका हुन्। अहिले कति खण्ड छन्। अहिले यो खेलको पनि अन्त्य हुन्छ। भन्छन् पनि–
भगवान अवश्य हुनुहुन्छ, तर भगवान को हुनुहुन्छ र कुन रूपमा आउनुहुन्छ? यो जान्दैनन्।
श्रीकृष्ण त भगवान हुन सक्नुहुन्न। न कुनै प्रेरणाद्वारा वा शक्तिद्वारा काम गराउन
सक्नुहुन्छ। बाबा त मोस्ट बिलवेड (परमप्रिय) हुनुहुन्छ, उहाँबाट वर्सा मिल्छ। बाबाले
नै स्वर्ग स्थापना गर्नुहुन्छ, त्यसैले अवश्य पुरानो दुनियाँको विनाश पनि उहाँले नै
गराउनुहुनेछ। तिमीलाई थाहा छ– सत्ययुगमा यी लक्ष्मी-नारायण थिए। अब फेरि स्वयं
पुरुषार्थले यी बनिरहेका छन्। नशा हुनुपर्यो नि। भारतवर्षमा राज्य गर्थे। शिवबाबाले
राज्य दिएर जानुभएको थियो, यस्तो भनिँदैन– शिवबाबाले राज्य गरेर जानुभएको थियो।
होइन। भारतवर्षलाई राज्य दिएर जानुभएको थियो। लक्ष्मी-नारायणले राज्य गर्थे नि। फेरि
बाबा राज्य दिन आउनुभएको छ। भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! तिमीले मलाई याद गर
र चक्रलाई याद गर। तिमीले नै ८४ जन्म लिएका छौ। थोरे पुरुषार्थ गर्छन् भने बुझ–
यिनीहरूले थोरै भक्ति गरेका रहेछन्। धेरै भक्ति गर्नेहरूले पुरुषार्थ पनि धेरै
गर्नेछन्। कति स्पष्ट पारेर सम्झाउनुहुन्छ बुद्धिमा बस्यो भने त हो। तिम्रो काम हो
पुरुषार्थ गराउनु। थोरै भक्ति गरेको छ भने योग लाग्दैन। शिवबाबाको याद बुद्धिमा
ठहर्दैन। कहिल्यै पनि पुरुषार्थमा शिथिल हुनुहुँदैन। माया पहलमानलाई देखेर हार्ट
फेल हुनुहुँदैन। मायाका तुफान त धेरै आउँछन्। यो पनि बच्चाहरूलाई सम्झाइएको छ,
आत्माले नै सबै कुरा गर्छ। शरीर त खतम हुनेछ। आत्मा निस्कियो, शरीर माटो भयो। त्यो
त फेरि मिल्ने छैन। फेरि त्यसलाई याद गरेर रुनु आदिबाट फाइदा नै के। त्यही चीज फेरि
मिल्छ र। आत्माले त गएर अर्को शरीर लियो। अहिले तिमीले कति उच्च कमाइ गर्छौ। तिम्रो
नै जम्मा हुन्छ, बाँकी सबैको नाश हुनेछ।
बाबा भोला व्यापारी
हुनुहुन्छ, त्यसैले त तिमीलाई मुठी चामलको सट्टामा २१ जन्मको लागि महल दिनुहुन्छ,
कति ब्याज दिनुहुन्छ। तिमीलाई जति चाहिन्छ त्यति भविष्यको लागि जम्मा गर। तर यस्तो
होइन, अन्त्यमा आएर जम्मा गर भन्नुहुन्छ– तर त्यो समयमा लिएर के गर्नुहुन्छ। अनाडी
व्यापारी कहाँ हुनुहुन्छ र। काममा आउँदैन र ब्याज भरेर दिनुपर्छ। यस्तो कहाँ
लिनुहुन्छन् र। तिमीलाई मुठी चामलको सट्टामा २१ जन्मको लागि महल मिल्छ। कति ब्याज
मिल्छ। बाबा भन्नुहुन्छ– नम्बर वन भोला त म हुँ। हेर मैले तिमीलाई विश्वको बादसाही
दिन्छु, केवल तिमी मेरो बनेर सर्भिस गर। भोलानाथ हुनुहुन्छ, तब त उहाँलाई सबैले याद
गर्छन्। अब तिमी छौ ज्ञान मार्गमा। अब बाबाको श्रीमतमा चल र बादसाही लेऊ। भन्छन् पनि–
बाबा हामी आएका छौँ राज्य भाग्य लिन। त्यो पनि सूर्यवंशीमा। अच्छा, तिम्रो मुख मीठो
होस्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा चलेर बादशाही लिनुछ। मुठी चामल दिएर २१ जन्मको लागि महल लिनुछ। भविष्यको
लागि कमाइ जम्मा गर्नुछ।
२) गृहस्थ व्यवहारमा
रहेरै यो पुरानो दुनियाँसँग ममत्व मेटाएर पूरा पावन बन्नुछ। सबै कुरा गर्दा बुद्धि
बाबातिर लागिरहनुछ।
वरदान:–
म नसा
शुभभावनाद्वारा एक अर्का लाई अगाडि बढाउने विश्वकल्याणकारी भव
यदि कसैले केही गलत
गरिरहेको छ भने उसलाई परवश सम्झेर रहमको दृष्टिले परिवर्तन गर, चर्चा (डिसकस) नगर।
यदि कोही पत्थरले रोकिन्छ भने तिम्रो काम हो पार गरेर जानु वा उसलाई पनि साथी बनाएर
पार लैजानु। यसको लागि हरेकको विशेषतालाई हेर, कमीहरूलाई छोड्दै जाऊ। अब कसैलाई पनि
वाणीद्वारा सावधान गर्ने समय छैन तर मनसा शुभभावनाद्वारा एक अर्काको सहयोगी बनेर
अगाडि बढ र बढाऊ तब भनिन्छ विश्वकल्याणकारी।
स्लोगन:–
दृढ सङ्कल्पको
बेल्ट बाँध्यौ भने सिटबाट अपसेट हुनेछैनौ।