21.07.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– पुरुषार्थ गरेर दैवी गुण राम्रोसँग धारण गर्नु छ , कसैलाई पनि दु:ख दिनु छैन , तिमीमा कुनै पनि आसुरी गतिविधि हुनु हुँदैन।”

प्रश्न:–
कुन आसुरी गुणले तिम्रो श्रृङ्गारलाई बिगारी दिन्छन्?

उत्तर:–
आपसमा लड्नु झगडा गर्नु, रिसाउनु, सेन्टरमा होहल्ला गर्नु, दु:ख दिनु– यी आसुरी गुण हुन्, जसले तिम्रो श्रृङ्गारलाई बिगारी दिन्छन्। जुन बच्चाहरू बाबाको बनेर पनि यी आसुरी गुणहरू त्याग गर्दैनन्, उल्टो कर्म गर्छन्, उनीहरूलाई धेरै घाटा पर्छ। हिसाब नै हिसाब छ। बाबासँग धर्मराज पनि छन्।

गीत:–
भोलेनाथ से निराला......

ओम् शान्ति ।
रुहानी बच्चाहरूले यो त जानिसकेका छन्– उच्च भन्दा उच्च भगवान हुनुहुन्छ। मानिसहरूले गायन गर्छन्, तिमीले दिव्य दृष्टिले देख्छौ। तिमीले बुद्धिद्वारा पनि जानेका छौ– हामीलाई उहाँले पढाइरहनुभएको छ। आत्माले नै शरीरद्वारा पढ्छ। सबै कुरा आत्माले नै शरीरद्वारा गर्छ। शरीर विनाशी छ, जसलाई आत्माले धारण गरेर पार्ट खेल्छ। आत्मामा नै सारा पार्ट निश्चित छ। ८४ जन्मको पनि आत्मामा नै निश्चित छ। सबैभन्दा पहिला आफूलाई आत्मा सम्झनु छ। बाबा सर्वशक्तिमान् हुनुहुन्छ। उहाँबाट तिमी बच्चाहरूलाई शक्ति मिल्छ। योगबाट धेरै शक्ति मिल्छ, जसबाट तिमी पावन बन्छौ।

बाबाले तिमीलाई विश्वमा राज्य गर्ने शक्ति दिनुहुन्छ। यति महान् शक्ति दिनुहुन्छ, ती अहङ्कारी वैज्ञानिक आदि यतिका सबै विनाशको लागि बनाउँछन्। उनीहरूको बुद्धि विनाशको लागि छ, तिमीहरूको बुद्धि अविनाशी पद पाउनको लागि छ। तिमीलाई धेरै शक्ति मिल्छ जसबाट तिमीले विश्वमा राज्य पाउँछौ। त्यहाँ प्रजाको प्रजामाथि राज्य हुँदैन। त्यहाँ राजा-रानीको राज्य हुन्छ। उच्च भन्दा उच्च भगवान हुनुहुन्छ। याद पनि उहाँलाई नै गरिन्छ। लक्ष्मी-नारायणको केवल मन्दिर बनाएर पूजा गर्छन्। फेरि पनि उच्च भन्दा उच्च भगवानको गायन गरिन्छ। अहिले तिमीले बुझेका छौ– यी लक्ष्मी-नारायण विश्वका मालिक थिए। उच्च भन्दा उच्च विश्वको बादसाही बेहदका बाबाबाट मिल्छ। तिमीलाई कति उच्च पद मिल्छ। त्यसैले बच्चाहरूलाई कति खुसी हुनुपर्छ। जसबाट केही मिल्छ, उसलाई याद गरिन्छ नि।

कन्याको पतिसँग कति प्रेम हुन्छ, कति पतिको पछाडि प्राण दिन्छन्। पति मर्दा या-हुसैन मचाउँछन्। उहाँ त पतिहरूका पनि पति हुनुहुन्छ, तिमीलाई कति श्रृङ्गार गरिरहनुभएको छ– यो उच्च भन्दा उच्च पद प्राप्त गराउनको लागि। त्यसैले तिमी बच्चाहरूमा कति नशा हुनुपर्छ! दैवी गुण पनि तिमीले यहाँ धारण गर्नु छ। धेरैमा अहिलेसम्म आसुरी अवगुण छन्, लड्नु झगडा गर्नु, रिसाउनु, सेन्टरमा होहल्ला गर्नु... बाबालाई थाहा छ, धेरै रिपोर्टहरू आउँछन्। काम महाशत्रु हो भने क्रोध पनि कुनै कम शत्रु होइन। फलानामाथि स्नेह, ममाथि किन छैन! फलानो कुरा यिनीसँग सोधियो, मसँग किन सोधिएन! यस्तो-यस्तो बोल्ने संशय बुद्धि धेरै छन्। राजधानी स्थापना हुन्छ नि। यस्ता-यस्ताले के पद पाउलान्! पदमा त धेरै फरक रहन्छ। सफाइ कर्मचारी पनि हेर, राम्रा-राम्रा महलमा बस्छन्, कोही कहाँ बस्छन्। हरेकले आफ्नो पुरुषार्थ गरेर दैवी गुण राम्रोसँग धारण गर्नु छ। देह-अभिमानमा आउनाले आसुरी गतिविधि हुन्छ। जब देही-अभिमानी बनेर राम्रोसँग धारणा गरिरहन्छौ तब उच्च पद पाउँछौ।

पुरुषार्थ यस्तो गर्नु छ, दैवी गुण धारण गर्ने, कसैलाई दु:ख दिनु छैन। तिमी बच्चाहरू दु:ख हर्ता, सुख कर्ता बाबाका बच्चा हौ। कसैलाई पनि दु:ख दिनु हुँदैन। जसले सेन्टर सम्हाल्छन्, उनीहरूमाथि धेरै जिम्मेवारी छ। जस्तै बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यदि कसैले भुल गर्छ भने सय गुणा दण्ड पर्छ। देह-अभिमान हुनाले धेरै घाटा हुन्छ किनकि तिमी ब्राह्मणहरू सुधार्नको लागि निमित्त बनेका छौ। यदि आफैँ सुध्रिएनौ भने अरूलाई के सुधार्छौ! धेरै नोक्सान पर्न जान्छ। पाण्डव सरकार हो नि। उच्च भन्दा उच्च बाबा हुनुहुन्छ, उहाँसँग धर्मराज पनि छन्। धर्मराजद्वारा धेरै ठुलो सजाय भोग्छन्। यस्ता केही कर्म गर्छन् भने धेरै घाटा पर्छ। हिसाब नै हिसाब छ, बाबाको पासमा पुरै हिसाब रहन्छ। भक्तिमार्गमा पनि हिसाब नै हिसाब छ। भनिन्छ पनि– भगवानले तिम्रो हिसाब लिनुहुनेछ। यहाँ बाबा स्वयं भन्नुहुन्छ– धर्मराजले धेरै हिसाब लिनेछन्। फेरि त्यस समय के गर्न सक्लान्! साक्षात्कार हुन्छ– हामीले यो-यो गर्यौँ। त्यहाँ त थोरै मार पर्छ, यहाँ त धेरै मार खानुपर्छ। तिमी बच्चाहरूलाई सत्ययुगमा गर्भ जेलमा आउनु छैन। त्यहाँ त गर्भ महल हुन्छ। कुनै पाप आदि गर्दैनन्। त्यसैले यस्तो राज्य-भाग्य पाउनको लागि बच्चाहरू धेरै होसियार हुनुपर्छ।

कयौँ बच्चाहरू ब्राह्मणी (टिचर) भन्दा पनि तीक्ष्ण हुन्छन्। तकदिर ब्राह्मणीको भन्दा पनि उच्च हुन्छ। यो पनि बाबाले सम्झाउनुभएको छ– राम्रो सर्भिस गरेनन् भने जन्म-जन्मान्तर दास-दासी बन्छन्। बाबा सम्मुख आउने बित्तिकै बच्चाहरूसँग सोध्नुहुन्छ– प्यारा बच्चाहरू! देही-अभिमानी भएर बसेका छौ? बाबाको बच्चाहरूप्रति महावाक्य छ– प्यारा बच्चाहरू! आत्म-अभिमानी बन्ने धेरै पुरुषार्थ गर्नु छ। हिँड्दा-डुल्दा पनि विचार सागर मन्थन गरिराख्नु छ। धेरै बच्चाहरू छन् जसले सम्झन्छन्– हामी छिटो-छिटो यो नर्कको फोहोरी दुनियाँबाट सुखधाममा जाऔँ। बाबा भन्नुहुन्छ– राम्रा-राम्रा महारथी योगमा धेरै फेल छन्। उनीहरूलाई पनि पुरुषार्थ गराइन्छ। योग भएन भने एकदमै गिर्छन्। ज्ञान त धेरै सहज छ। इतिहास-भूगोल सबै बुद्धिमा आउँछ। धेरै राम्रा-राम्रा बच्चीहरू छन् जो प्रदर्शनी सम्झाउनमा धेरै तीक्ष्ण छन्। तर योग छैन, दैवी गुण पनि छैनन्। कहिलेकाहीँ विचार आउँछ, अझै के-कस्ता अवस्थाहरू छन् बच्चाहरूका! दुनियाँमा कति दु:ख छ! छिटो-छिटो यो खत्तम होस्। प्रतीक्षामा बसेका छन्, छिटो जाऔँ सुखधाम। तड्पिइरहन्छन्। जस्तै बाबालाई भेट्नको लागि तड्पिन्छन्, किनकि बाबाले हामीलाई स्वर्गको मार्ग बताउनुहुन्छ। यस्ता बाबालाई देख्नको लागि तड्पिन्छन्। सम्झन्छन्– यस्ता बाबाको सम्मुख गएर दिनहुँ मुरली सुनौँ।

अहिले त बुझेका छौ– यहाँ कुनै झन्झटको कुरा रहँदैन। बाहिर बस्नाले त सबैसँग सम्बन्ध निभाउनुपर्छ। नत्र खटपट हुन्छ, त्यसैले सबैलाई धैर्य दिनुहुन्छ। यसमा धेरै गुप्त मेहनत छ। यादको मेहनत कसैले पनि गर्न सक्दैन। गुप्त यादमा रहे भने बाबाको निर्देशनमा पनि चल्छन्। देह-अभिमानको कारण बाबाको निर्देशनमा चल्दै चल्दैनन्। म भन्छु– चार्ट बनाऊ, तब धेरै उन्नति हुन्छ। यो कसले भन्यो? शिवबाबाले। टिचरले काम दिन्छन् भने गरेर आउँछन् नि। यहाँ राम्रा-राम्रा बच्चाहरूलाई पनि मायाले गर्न दिँदैन। राम्रा-राम्रा बच्चाहरूको चार्ट बाबाको पासमा आयो भने बाबाले बताउनुहुन्छ– हेर, कसरी यादमा रहन्छौ। सम्झन्छन्– हामी आत्माहरू एक माशुकका आशिक हौँ। ती जिस्मानी आशिक-माशुक त अनेक प्रकारका हुन्छन्। तिमी धेरै पुराना आशिक हौ। अहिले तिमीलाई देही-अभिमानी बन्नु छ। केही न केही सहन गर्नैपर्छ। मियाँ मिट्ठु बन्नु हुँदैन। बाबाले यस्तो कहाँ भन्नुहुन्छ र– हड्डी देऊ। बाबा त भन्नुहुन्छ– तन्दुरुस्ती राम्रो राख तब सर्भिस पनि राम्रोसँग गर्न सक्छौ। बिरामी भयौ भने पल्टिरहन्छौ। कोही-कोही अस्पतालमा पनि सम्झाउने सर्भिस गर्छन् भने डाक्टरहरूले भन्छन्– यी त फरिश्ता हुन्। चित्र साथमा लैजान्छन्। जो यस्तो-यस्तो सर्भिस गर्छन्, उनीहरूलाई रहमदिल भनिन्छ। सर्भिस गर्छन् भने कोही-कोही निस्किन्छन्। जति-जति यादको बलमा रहन्छौ, त्यति मानिसहरूलाई तिमीले तान्छौ, यसमा नै तागत छ। पवित्रता फस्ट। भनिन्छ पनि– पहिला पवित्रता, शान्ति, पछि सम्पन्नता। यादको बलबाट नै तिमी पवित्र हुन्छौ। फेरि हो ज्ञान बल। यादमा कमजोर नबन। यादमा नै विघ्न पर्छन्। यादमा रहनाले तिमी पवित्र पनि बन्छौ र दैवी गुण पनि आउँछन्।

बाबाको महिमा त थाहा छ नि। बाबाले कति सुख दिनुहुन्छ। २१ जन्मको लागि तिमीलाई सुखको लायक बनाउनुहुन्छ। कहिल्यै पनि कसैलाई दु:ख दिनु हुँदैन। कयौँ बच्चाहरूले डिससर्भिस गरेर आफूलाई श्रापित गर्छन्, अरूलाई धेरै दिक्क पार्छन्। कपुत बच्चा बन्छन् भने आफूलाई आफैँले श्रापित गर्छन्। डिससर्भिस गर्नाले एकदमै गिर्छन्। धेरै बच्चाहरू छन्, जो विकारमा गिर्छन् वा क्रोधमा आएर पढाइ छोडिदिन्छन्। अनेक प्रकारका बच्चाहरू यहाँ बसेका छन्। यहाँबाट रिफ्रेस भएर जान्छन् भने भुलको पश्चाताप गर्छन्। फेरि पनि पश्चातापले कुनै माफ हुन सक्दैन। बाबा भन्नुहुन्छ– क्षमा आफूमाथि आफैँ गर। यादमा रहने गर। बाबाले कसैलाई क्षमा गर्नुहुन्न। यो त पढाइ हो। बाबाले पढाउनुहुन्छ, बच्चाहरूले आफूमाथि कृपा गरेर पढ्नु छ। व्यवहार राम्रो राख्नु छ। बाबाले ब्राह्मणीलाई भन्नुहुन्छ, रजिस्टर लिएर आऊ। एक-एकको समाचार सुनेर सम्झाइन्छ। तब सम्झन्छन्– ब्राह्मणीले रिपोर्ट दिइन् र झन् धेरै डिससर्भिस गर्न लाग्छन्। धेरै मेहनत लाग्छ। माया ठुलो दुस्मन हो। बाँदरबाट मन्दिर बन्न दिँदैन। उच्च पद पाउनुको सट्टा झन् बिल्कुलै तल गिर्छन्। फेरि कहिल्यै उठ्न सक्दैनन्, मरेर जान्छन्।

बाबाले बच्चाहरूलाई बारम्बार सम्झाउनुहुन्छ– यो धेरै उच्च लक्ष्य हो, विश्वको मालिक बन्नु छ। ठुला मानिसका बच्चाहरू धेरै रोयल्टीले चल्छन्। कतै बाबाको इज्जत नजाओस्। भन्छन्– तिम्रो बाबा कति राम्रो हुनुहुन्छ, तिमी कति कपुत छौ। तिमीले आफ्नो बाबाको इज्जत गुमाइरहेका छौ! यहाँ त हरेकले आफ्नो इज्जत गुमाउँछन्। धेरै सजाय भोग्नुपर्छ। बाबाले चेतावनी दिनुहुन्छ, धेरै होसियार भएर चल। कैदी (जेल बर्ड) नबन। कैदी पनि यहाँ हुन्छन्, सत्ययुगमा त कुनै पनि जेल हुँदैन। फेरि पनि पढेर उच्च पद पाउनुपर्छ। गल्ती नगर। कसैलाई पनि दु:ख नदेऊ। यादको यात्रामा रहने गर। याद नै काममा आउँछ। प्रदर्शनीमा पनि मुख्य कुरा यही बताऊ। बाबाको यादबाट नै पावन बनिन्छ। पावन बन्न त सबै चाहन्छन्। यो हो नै पतित दुनियाँ। सबैको सद्गति गर्न त एकै बाबा आउनुहुन्छ। क्राइस्ट, बुद्ध आदिले कसैको सद्गति गर्न सक्दैनन्। फेरि ब्रह्माको पनि नाम लिन्छन्। ब्रह्मालाई पनि सद्गति दाता भन्न सकिँदैन। जो देवी-देवता धर्मका निमित्त हुनुहुन्छ। हुन त देवी-देवता धर्मको स्थापना शिवबाबाले गर्नुहुन्छ, फेरि पनि नाम त छ नि– ब्रह्मा-विष्णु-शङ्कर...। त्रिमूर्ति ब्रह्मा भनिदिन्छन्। बाबा भन्नुहुन्छ– यी पनि गुरु होइनन्। गुरु त एकै हुनुहुन्छ, उहाँद्वारा तिमी रुहानी गुरु बन्छौ। बाँकी उनीहरू धर्म स्थापक हुन्।

धर्म स्थापकलाई सद्गति दाता कसरी भन्न सकिन्छ, यी धेरै गहिरा कुरा हुन् बुझ्नुपर्ने। अन्य धर्म स्थापकले त केवल धर्म स्थापना गर्छन्, जसको पछाडि सबै आउँछन्, उनीहरूले सबैलाई फिर्ता लैजान सक्दैनन्। उनीहरूलाई त पुनर्जन्ममा आउनैपर्छ, सबैको लागि यो सम्झाइएको छ। एक जना पनि गुरु सद्गतिको लागि छैनन्। बाबा सम्झाउनुहुन्छ– गुरु पतित-पावन एकै हुनुहुन्छ, उहाँ नै सर्वका सद्गति दाता, मुक्तिदाता हुनुहुन्छ, बताउनुपर्छ– हाम्रो गुरु एकै हुनुहुन्छ, जसले सद्गति दिनुहुन्छ, शान्तिधाम, सुखधाम लैजानुहुन्छ। सत्ययुग आदिमा धेरै कम हुन्छन्। त्यहाँ कसको राज्य थियो, चित्र त देखाउँछौ नि। भारतवर्षकाले नै मान्छन्, देवताहरूका पुजारीले झट्ट मान्छन्– अवश्य यी त स्वर्गका मालिक हुन्। स्वर्गमा यिनीहरूको राज्य थियो। बाँकी सबै आत्माहरू कहाँ थिए? अवश्य भन्छन्– निराकारी दुनियाँमा थिए। यो पनि तिमीले अहिले बुझेका छौ। पहिला केही पनि थाहा थिएन। अहिले तिमीहरूको बुद्धिमा चक्र घुमिरहन्छ। अवश्य ५ हजार वर्ष पहिला यहाँ यिनीहरूको राज्य थियो, जब ज्ञानको प्रारब्ध पूरा हुन्छ तब फेरि भक्तिमार्ग सुरु हुन्छ। फेरि चाहिन्छ पुरानो दुनियाँबाट वैराग्य। बस्, अब हामी नयाँ दुनियाँमा जान्छौँ। पुरानो दुनियाँबाट दिल उठ्छ। त्यहाँ पति, बच्चा आदि सबै यस्तै मिल्छन्। बेहदका बाबाले त हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। जो विश्वको मालिक बन्नेवाला बच्चाहरू छन्, उनीहरूको विचार धेरै उच्च र चलन धेरै रोयल हुन्छ। भोजन पनि धेरै कम, धेरै लालच हुनु हुँदैन। यादमा रहनेको भोजन पनि धेरै सूक्ष्म हुन्छ। धेरैको खानेकुरामा पनि बुद्धि जान्छ। तिमी बच्चाहरूलाई त खुसी छ– विश्वको मालिक बन्ने। भनिन्छ– खुसी जस्तो खुराक छैन। यस्तो खुसीमा सदैव रह्यौ भने खान-पान पनि धेरै कम हुन्छ। धेरै खाँदा भारी हुन्छ, फेरि निद्रा आदि आउँछ। फेरि भन्छन्– बाबा, निद्रा आउँछ। भोजन सदैव एकरस हुनुपर्छ, यस्तो होइन कि राम्रो भोजन छ भने धेरै खानुपर्छ! अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) हामी दु:ख हर्ता सुख कर्ता बाबाका बच्चा हौँ, हामीले कसैलाई दु:ख दिनु छैन। डिससर्भिस गरेर आफूलाई श्रापित गर्नु छैन।

२) आफ्नो विचार धेरै उच्च र रोयल राख्नु छ। रहमदिल बनेर सर्भिसमा तत्पर रहनु छ। खाने-पिउने लालचलाई छोडिदिनु छ।

वरदान:–
इमानदार बनेर स्वयंलाई बाबाको अगाडि स्पष्ट गर्ने चढ्ती कलाको अनुभवी भव

स्वयं जो छौ, जस्तो छौ त्यस्तै बाबाको अगाडि प्रत्यक्ष गर्नु– यही सबैभन्दा ठुलो चढ्ती कलाको साधन हो। बुद्धिमा जुन अनेक प्रकारका बोझ छन्, तिनलाई समाप्त गर्ने यही सहज युक्ति हो। इमानदार बनेर स्वयंलाई बाबाको अगाडि स्पष्ट गर्नु अर्थात् पुरुषार्थको मार्ग स्पष्ट बनाउनु। कहिल्यै पनि चतुऱ्याइँले मनमत र परमतको योजना बनाएर बाबा वा निमित्त बनेका आत्माहरूको अगाडि कुनै कुरा राख्छौ भने यो इमानदारी होइन। इमानदारी अर्थात् जसरी बाबा जो हुनुहुन्छ, जस्तो हुनुहुन्छ, बच्चाहरूको अगाडि प्रत्यक्ष हुनुहुन्छ, त्यस्तै बच्चाहरू बाबाको अगाडि प्रत्यक्ष होऊन्।

स्लोगन:–
सच्चा तपस्वी त्यो हो जो सदैव सर्वस्व त्यागीको स्थितिमा रहन्छ।

अव्यक्त इसारा:– वर्तमान, भविष्यको दर्पण हो। वर्तमानको स्टेज अर्थात् दर्पणद्वारा आफ्नो भविष्य स्पष्ट देख्न सक्छौ। भविष्य राज्य-अधिकारी बन्नको लागि चेक गर– वर्तमानमा ममा रुलिङ पावर कहाँसम्म छ? पहिला सूक्ष्म शक्तिहरू, जो विशेष कार्यकर्ता हुन्– सङ्कल्प शक्तिमाथि, बुद्धिमाथि पूरा अधिकार होस्। तब आफ्नो भविष्य उज्ज्वल बनाउन सक्नेछौ।