21.08.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी आसुरी मतमा चल्नाले घरबार वि ही न भ यौ , अब ईश्वरीय मतमा चल्यौ भने सुखधाममा जानेछौ।”

प्रश्न:–
बच्चाहरूले बाबासँग कुन आशा राख्नुछ, कुन आशा राख्नु छैन?

उत्तर:–
बाबासँग यही आशा राख्नुछ– हामी बाबाबाट पवित्र बनेर आफ्नो घर र घाट (राजधानी) मा जाऔँ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मसँग यो आशा नराख– फलानो बिरामी छ, आशीर्वाद मिलोस्। यहाँ कृपा वा आशीर्वादको कुरा नै छैन। म त आएको छु तिमी बच्चाहरूलाई पतितबाट पावन बनाउन। अब मैले तिमीलाई यस्तो कर्म सिकाउँछु, जसबाट विकर्म नबनोस्।

गीत:–
आज नहीं तो कल बिखरेंगे यह बादल...

ओम् शान्ति ।
रुहानी बच्चाहरूले गीत सुन्यौ। बच्चाहरूलाई थाहा छ– अब घर जानुछ। बाबा लिनको लागि आउनुभएको छ। आत्म अभिमानी भएपछि मात्रै यो कुरा याद रहनेछ। देह अभिमानमा भयौ भने याद पनि रहनेछैन। बच्चाहरूलाई थाहा छ– बाबा मुसाफिर (यात्री) भएर आउनुभएको छ। तिमी पनि मुसाफिर भएर आएका थियौ। अहिले आफ्नो घरलाई भुलेका छौ। फेरि बाबाले घरको याद दिलाउनुभएको छ र दिनदिनै सम्झाउनुहुन्छ। जबसम्म सतोप्रधान बनेका हुँदैनौ, तबसम्म घर जान सक्दैनौ। बच्चाहरूले बुझेका छौ– बाबाले त ठीक भन्नुहुन्छ। बाबाले पनि बच्चाहरूलाई जुन श्रीमत दिनुहुन्छ, सपुत बच्चाहरू त्यसमा चल्न थाल्छन्। यस समयमा अरू त कोही यस्ता पिता छैनन् जसले राम्रो मत दिन्छन् त्यसैले घरबार विहीन भएका छन्। श्रीमत दिने एक मात्र बाबा हुनुहुन्छ। त्यही मतमा कुनै पनि बच्चा चल्दैनन्। आश्चर्य छ। लौकिक पिताको मतमा चल्न थाल्छन्। त्यो हो आसुरी मत। यो पनि हो त ड्रामा। तर बच्चाहरूलाई सम्झाउनुहुन्छ– तिमी आसुरी मतमा चलेर यो गति भयो। अब ईश्वरीय मतमा चलेमा तिमी सुखधाममा जानेछौ। त्यो हो बेहदको वर्सा। दिनहुँ सम्झाउनुहुन्छ। त्यसैले बच्चाहरू कति हर्षित हुनुपर्छ। सबैलाई यहाँ त बसाउन सकिँदैन। घरमा बसेर पनि याद गर्नुछ। अहिले पार्ट पूरा हुनेवाला छ, अब फर्केर घर जानुछ। मनुष्यले कति भुलेका छन्। भनिन्छ नि– यिनीहरूले त आफ्नो घर र राजधानीलाई नै भुले। अब बाबा भन्नुहुन्छ– घरलाई पनि याद गर। आफ्नो राजधानीलाई पनि याद गर। अहिले पार्ट पूरा हुनेवाला छ, अब फर्केर घर जानुछ। के तिमीले भुल्यौ?

तिमी बच्चाहरूले भन्न सक्छौ– बाबा, ड्रामा अनुसार हाम्रो पार्ट नै यस्तो छ, जसबाट घरबारलाई हामी भुलेर एकदमै भट्किरहेका छौँ। भारतवर्षवर्षका मानिसहरू नै आफ्नो श्रेष्ठ धर्म, श्रेष्ठ कर्मलाई भुलेर दैवी धर्मभ्रष्ट, दैवी कर्मभ्रष्ट भएका छन्। अहिले बाबाले सावधानी दिनुभएको छ, तिम्रो धर्म कर्म त यस्तो थियो। त्यहाँ तिमीले जुन कर्म गर्थ्यौ, त्यो अकर्म हुन्थ्यो। कर्म, अकर्म, विकर्मको गति बाबाले नै तिमीलाई सम्झाउनुभएको छ। सत्ययुगमा कर्म, अकर्म हुन्छन्। रावण राज्यमा कर्म विकर्म हुन्छन्। अहिले बाबा आउनुभएको छ, तिम्रो धर्म श्रेष्ठ, कर्म श्रेष्ठ बनाउन। त्यसैले अब श्रीमतमा श्रेष्ठ कर्म गर्नुपर्छ। कुनै भ्रष्ट कर्म गरेर कसैलाई दुःख दिनुहुँदैन। ईश्वरीय बच्चाहरूको यो काम होइन। जुन निर्देशन मिल्छ, त्यसमा चल्नुछ, दैवीगुण धारण गर्नुछ। भोजन पनि शुद्ध लिनुछ, यदि लाचारीवश मिल्दैन भने बाबाको राय लेऊ। बाबाले बुझ्नुहुन्छ– नोकरी आदिमा कतै अलिकति खानु पनि पर्छ। योगबलले तिमीले राज्य भाग्य स्थापना गर्छौ, पतित दुनियाँलाई पावन बनाउँछौ भने भोजनलाई शुद्ध बनाउनु के ठुलो कुरा हो। नोकरी त गर्नु नै छ। यस्तो त होइन– बाबाको बन्यौ त्यसैले सबै कुरा छोडेर यहाँ आएर बस्नुपर्छ। कति धेरै बच्चाहरू छन्, यति सबै त बस्न सक्दैनन्। बस्नु सबैलाई गृहस्थ व्यवहारमा छ। यो बुझ्नुछ– म आत्मा हुँ, बाबा आउनुभएको छ, हामीलाई पवित्र बनाएर आफ्नो घर लैजानुहुन्छ, फेरि राजधानीमा आउनेछौँ। यो त पराइ रावणको फोहोरी घाट हो। तिमी बिल्कुलै पतित बनेका छौ, ड्रामाको योजना अनुसार। बाबा भन्नुहुन्छ– अहिले म तिमीलाई जगाउन आएको छु, त्यसैले श्रीमतमा चल। जति श्रीमतमा चल्नेछौ, त्यति श्रेष्ठ बन्नेछौ।

अहिले तिमीले बुझेका छौ– हामीले बाबा, जुन बाबाले स्वर्गको मालिक बनाउनुहुन्छ, उहाँलाई भुलेका छौँ। अहिले बाबा सुधार्न आउनुभएको छ भने राम्रोसँग सुध्रिनुपर्छ नि। खुसीमा आउनुपर्छ। बेहदका बाबा मिल्नुभएको छ, बच्चाहरूसँग यसरी कुरा गर्नुहुन्छ जसरी तिमी आत्माहरूले आपसमा कुरा गर्छौ। हुनुहुन्छ त उहाँ पनि आत्मा। परम आत्मा हुनुहुन्छ, उहाँको पनि पार्ट छ। तिमी आत्माहरू पार्टधारी हौ। उच्चभन्दा उच्चदेखि लिएर निचभन्दा निचको पार्ट छ। भक्तिमार्गमा मनुष्यहरूले गाउँछन्– ईश्वरले नै सबै कुरा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो त त्यस्तो पार्ट छैन नि, जसले बिरामीलाई निको पारिदिऊँ। मेरो पार्ट हो बाटो देखाउनु– तिमी पवित्र कसरी बन्ने? पवित्र बन्नाले नै तिमी घरमा पनि जान सक्नेछौ। राजधानीमा पनि जान सक्नेछौ। अरू कुनै आशा नराख। फलानो बिरामी छ, आशीर्वाद मिलोस्। होइन, आशीर्वाद, कृपा आदिको कुरा मसँग केही पनि छैन। त्यसको लागि साधुसन्त आदिको पासमा जाऊ। तिमीले मलाई बोलाउँछौ नै– हे पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। पावन दुनियाँमा लैजानुहोस्। त्यसैले बाबा सोध्नुहुन्छ– मैले तिमीलाई विषय सागरबाट निकालेर पार लैजान्छु, फेरि तिमी विषय सागरमा किन फस्छौ? भक्तिमार्गमा तिम्रो यो हाल भएको छ। ज्ञान, भक्ति तिम्रो लागि हो। संन्यासीहरूले पनि भन्छन्– ज्ञान, भक्ति र वैराग्य। तर त्यसको अर्थ उनीहरूले बुझ्दैनन्। अब तिम्रो बुद्धिमा छ– ज्ञान, भक्ति पछि वैराग्य। त्यसैले बेहदको वैराग्य सिकाउने कोही चाहिन्छ। बाबाले सम्झाउनुभएको थियो– यो कब्रिस्तान हो, यसपछि परीस्तान बन्नुछ। त्यहाँ हरेक कर्म, अकर्म हुन्छ। अहिले बाबाले तिमीलाई यस्तो कर्म सिकाउनुहुन्छ, जसबाट कुनै पनि विकर्म बन्दैन। कसैलाई पनि दुःख नदेऊ। पतितको हातको अन्न नखाऊ। विकारमा नजाऊ। अबलाहरूमाथि अत्याचार नै यसमा हुन्छ। देखिरहेका छौ– मायाका विघ्न कसरी पर्छन्। यो सबै गुप्त छ। भनिन्छ– देवता र असुरहरूको युद्ध भयो। फेरि भन्छन्– पाण्डव र कौरवहरूको युद्ध भयो। तर लडाइँ त एउटै हो। बाबा सम्झाउनुहुन्छ– मैले तिमीलाई राजयोग सिकाइरहेको छु भविष्य २१ जन्मको लागि। यो मृत्युलोक हो। मनुष्यले सत्यनारायणको कथा सुन्दै आएका छन्, फाइदा केही भएन। अहिले तिमीले सच्चा गीता सुनाउँछौ। रामायण पनि तिमीले सच्चा सुनाउँछौ। एक राम-सीताको कुरा थिएन। यस समयमा त सारा दुनियाँ लङ्का हो। चारैतिर पानी छ नि। यो हो बेहदको लङ्का, जसमा रावणको राज्य छ। एक बाबा दुलहा हुनुहुन्छ। बाँकी सबै दुलही हुन्। तिमीलाई अब रावण राज्यबाट बाबाले छुटाउनुहुन्छ। यो हो शोक वाटिका। सत्ययुगलाई भनिन्छ अशोक वाटिका। त्यहाँ कुनै शोक हुँदैन। यस समयमा त शोक नै शोक छ। अशोक एक जना पनि हुँदैन। नाम त राखिदिन्छन् अशोका होटल। बाबा भन्नुहुन्छ– सारा दुनियाँ यस समयमा बेहदको होटल नै सम्झ। शोकको होटल हो। मनुष्यको खानपान जनावरको जस्तै छ। हेर, बाबाले तिमीलाई कहाँ लैजानुहुन्छ। सच्चा सच्चा अशोक वाटिका सत्ययुगमा हुन्छ। हद र बेहदको भिन्नता बाबाले नै बताउनुहुन्छ। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। तिमीलाई थाहा छ– बाबाले हामीलाई पढाउनुहुन्छ। हाम्रो पनि यही कामधन्दा हो– सबैलाई बाटो देखाउनु, अन्धाको लट्ठी बन्नु। चित्र पनि तिमीसँग छन्। जस्तै स्कुलमा चित्रमा सम्झाउँछन्, यो फलानो देश हो। तिमीले त फेरि सम्झाउँछौ– तिमी आत्मा हौ, शरीर होइनौ। आत्माहरू दाजु-भाइ हुन्। कति सहज कुरा सुनाउँछौ। भनिन्छ पनि– हामी सबै दाजु- भाइ हौँ। बाबा भन्नुहुन्छ– तिमीहरू सबै आत्माहरू दाजु- भाइ हौ नि। गड फादर भन्छौ नि। त्यसैले कहिल्यै पनि आपसमा लडाइँ झगडा गर्नुहुँदैन। शरीरधारी बनेपछि भने फेरि दाजु-बहिनी हुन्छन्। हामी शिवबाबाका बच्चा सबै दाजु-भाइ हौँ। प्रजापिता ब्रह्माका बच्चा दाजु-बहिनी हुन्, हामीले वर्सा दादाबाट लिनुछ, त्यसैले दादालाई नै याद गर्छौँ। यी बच्चा (ब्रह्मा) लाई पनि मैले आफ्नो बनाएका हुँ अथवा यिनमा प्रवेश गरेको छु। यी सबै कुरा तिमीले अहिले बुझेका छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब नयाँ दैवी प्रवृत्तिमार्ग स्थापना भइरहेको छ। तिमीहरू सबै बी.के. शिवबाबाको मतमा चल्छौ। ब्रह्मा पनि उहाँको मतमा चल्छन्। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर र सर्व सम्बन्धलाई हल्का बनाउँदै जाऊ। ८ घण्टा याद राख्नुछ, बाँकी १६ घण्टामा आराम वा कामधन्दा आदि जे गर्नुछ, सो गर। म बाबाको बच्चा हुँ, यो नभुल। यस्तो पनि होइन– यहाँ आएर छात्रावासमा बस्नुछ। होइन, गृहस्थ व्यवहारमा बालबच्चासँग बस्नुछ। बाबाको पासमा आउँछौ नै रिफ्रेस हुन। मथुरा, वृन्दावनमा जान्छन् मधुबनको साक्षात्कार गर्न। सानो नमुना रूपमा बनाएर राखेका छन्। अब त यो बेहदको कुरा बुझ्नुपर्नेछ। शिवबाबाले ब्रह्माद्वारा नयाँ सृष्टि रचिरहनुभएको छ। हामी प्रजापिता ब्रह्माका सन्तान बी.के. हौँ। विकारको कुरा हुन सक्दैन। संन्यासीहरूका शिष्य बन्छन्, यदि ती संन्यासीले कपडा लगाए भने नाम परिवर्तन हुन्छ। यहाँ पनि तिमी बाबाको बन्यौ त्यसपछि बाबाले नाम राख्नुभयो नि। कति भट्टीमा रहेका थिए। यो भट्टीको विषयमा कसैलाई थाहा छैन। शास्त्रहरूमा त के के कुरा लेखिएका छन्, फेरि पनि यस्तै हुनेछ। अब तिम्रो बुद्धिमा सृष्टिको चक्र घुम्छ। बाबा पनि स्वदर्शन चक्रधारी हुनुहुन्छ नि। सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ। बाबाको त शरीर पनि छैन। तिम्रो त स्थूल शरीर छ। उहाँ हुनुहुन्छ नै परम आत्मा। आत्मा नै स्वदर्शन चक्रधारी हुन्छ नि। तर आत्मालाई अलङ्कार कसरी दिने? बुझ्नुपर्ने कुरा हो नि। यी कति मसिना कुरा छन्। बाबा भन्नुहुन्छ– वास्तवमा म हुँ स्वदर्शन चक्रधारी। तिमीलाई थाहा छ– आत्मामा सारा सृष्टि चक्रको ज्ञान आउँछ। बाबा पनि परमधाममा निवास गर्नुहुन्छ, हामी पनि त्यहाँका निवासी हौँ। बाबा आएर आफ्नो परिचय दिनुहुन्छ– प्यारा बच्चाहरू! म पनि स्वदर्शन चक्रधारी हुँ। म पतित-पावन आएको छु तिम्रो पासमा। मलाई बोलायौ नै– आएर पतितबाट पावन बनाउनुहोस्, लिबरेट गर्नुहोस्। उहाँको त शरीर छैन। उहाँ अजन्मा हुनुहुन्छ। हुन त जन्म लिनुहुन्छ पनि तर दिव्य। शिवजयन्ती अथवा शिवरात्रि मनाउँछन्। बाबा भन्नुहुन्छ– म आउँछु नै रात पूरा भएपछि मात्र त्यसैले दिन बनाउन आउँछु। दिनमा २१ जन्म, फेरि रातमा ६३ जन्म, आत्माले नै भिन्न भिन्न जन्म लिन्छ। अब दिनबाट रातमा आएको छ, फेरि दिनमा जानुछ। स्वदर्शन चक्रधारी पनि तिमीलाई बनाएको छु। यस समयमा मेरो पार्ट छ। तिमीलाई पनि स्वदर्शन चक्रधारी बनाउँछु। तिमीले फेरि अरूलाई बनाऊ। ८४ जन्म कसरी लियौ, त्यो ८४ जन्मको चक्र त बुझिहाल्यौ। पहिला तिमीलाई यो ज्ञान थियो र? बिल्कुलै थिएन। अज्ञानी थियौ। बाबा मूल कुरा सम्झाउनुहुन्छ– बाबा हुनुहुन्छ स्वदर्शन चक्रधारी, उहाँलाई ज्ञानको सागर भनिन्छ। उहाँ सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। तिमी बच्चाहरूलाई वर्सा दिइरहनुभएको छ। बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ, आपसमा लडाइँ झगडा नगर। मनमुटावमा नआऊ। सदैव हर्षित रहनुछ र सबैलाई बाबाको परिचय दिनुछ। बाबालाई नै सबैले भुलेका छन्। अब बाबा भन्नुहुन्छ– म एकलाई याद गर। निराकार भगवानुवाच– निराकारी आत्माहरूप्रति। वास्तवमा तिमी निराकार हौ, फेरि साकारी बन्छौ। साकार बिना त आत्माले केही गर्न नै सक्दैन। आत्मा शरीरबाट निस्कयो भने केही पनि चलमल हुन सक्दैन। आत्मा तुरुन्तै अर्को शरीरमा गएर आफ्नो पार्ट खेल्छ। यी कुराहरूलाई राम्रोसँग बुझ, भित्र मनन गरिराख। हामी आत्माहरूले बाबाबाट वर्सा लिन्छौँ। वर्सा मिल्छ सत्ययुगको। अवश्य बाबाले नै भारतवर्षलाई वर्सा दिनुभएको होला। कहिले वर्सा दिनुभयो, फेरि के भयो? यो कुरा मनुष्यलाई केही पनि थाहा छैन। अहिले बाबाले सबै बताउनुहुन्छ। तिमी बच्चाहरूलाई नै स्वदर्शन चक्रधारी बनाएको छु, फेरि तिमीले ८४ जन्म भोग्यौ। अब फेरि म आएको छु, कति सहजै सम्झाइरहन्छु। बाबालाई याद गर र मीठो बन। लक्ष्य-उद्देश्य सामुन्ने खडा छ। बाबा वकिलहरूको वकिल हुनुहुन्छ, सबै झगडाबाट छुटाउनुहुन्छ। तिमी बच्चाहरूलाई धेरै आन्तरिक खुसी हुनुपर्छ। हामी बाबाका बच्चा बनेका छौँ। बाबाले हामीलाई एडप्ट गर्नुभएको छ वर्सा दिन। यहाँ तिमी आउँछौ नै वर्सा लिन। बाबा भन्नुहुन्छ– बालबच्चा आदि हेर्दा पनि बुद्धि बाबा र राजधानीतिर रहोस्। पढाइ कति सहज छ। बाबा, जसले तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ, उहाँलाई तिमी भुल्छौ। पहिला आफूलाई आत्मा अवश्य सम्झ। यो ज्ञान बाबाले सङ्गममा नै दिनुहुन्छ किनकि सङ्गममा नै तिमी पतितबाट पावन हुनुछ।

अच्छा, मीठा-प्यारा रुहानी ब्रह्मा मुखवंशावली ब्राह्मण कुलभूषण, यो देवताहरूभन्दा पनि उच्च कुल हो। तिमीले भारतवर्षको धेरै उच्च सेवा गर्छौ। अहिले फेरि तिमी पूज्य बन्नेछौ। अब पुजारीलाई पूज्य, कौडीबाट हीराजस्तो बनाइरहेको छु। यस्ता रुहानी बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) श्रीमतमा अब हरेक कर्म श्रेष्ठ गर्नुछ, कसैलाई पनि दुःख दिनुछैन, दैवीगुण धारण गर्नुछ। बाबाको निर्देशनमा नै चल्नुछ।

२) सदैव हर्षित रहनको लागि स्वदर्शन चक्रधारी बन्नुछ, कहिल्यै मनमुटावमा आउनु छैन। सबैलाई बाबाको परिचय दिनुछ। धेरै धेरै मीठो बन्नुछ।

वरदान:–
मान माग्नुको सट्टा सबैलाई मान दिने , सदा निष्काम योगी भव

तिमीलाई कसैले मान देओस्, मानोस् वा नमानोस् तर तिमीले उसलाई मीठो भाइ, मीठी बहिनी मान्दै सदा स्वमानमा रहेर, स्नेही दृष्टिले, स्नेहको वृत्तिले आत्मिक मान दिँदै जाऊ। यसले मान दियो भने मैले मान दिन्छु– यो पनि रोयल भिखारीपन हो, यसमा निष्काम योगी बन। रुहानी स्नेहको वर्षाले दुस्मनलाई पनि दोस्त बनाइदेऊ। तिम्रो सामुन्ने कसैले ढुङ्गा नै हान्यो भने पनि तिमीले उसलाई रत्न देऊ किनकि तिमी रत्नको सागर बाबाको बच्चा हौ।

स्लोगन:–
विश्वको नवनिर्माण गर्नको लागि दुई शब्द याद राख– निमित्त र निर्मान।

अव्यक्त इसारा:– सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन।

सेवामा सफलताको मुख्य साधन हो– त्याग र तपस्या। यस्तो त्यागी र तपस्वी अर्थात् सदा बाबाको लगनमा लवलीन, प्रेमको सागरमा समाहित भएका, ज्ञान, आनन्द, सुख, शान्तिको सागरमा समाहित भएकलाई नै भनिन्छ– तपस्वी। यस्ता त्याग तपस्या गर्ने नै सच्चा सेवाधारी हुन्।