22.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– पढाइ र दैवी चरित्रको रजिस्टर राख , दिन हुँ चेक गर– मबाट कुनै भुल त भएन।”

प्रश्न:–
तिमी बच्चाहरूले कुन पुरुषार्थले राजतिलक प्राप्त गर्न सक्छौ?

उत्तर:–
१. सदा आज्ञाकारी रहने पुरुषार्थ गर। सङ्गममा ईश्वरीय फरमानबरदारको टीका लगायौ भने राजातिलक मिल्नेछ। बेवफादार अर्थात् आज्ञा नमान्नेले राजतिलक प्राप्त गर्न सक्दैनन्। २. कुनै पनि बिमारी सर्जनसँग नलुकाऊ। लुकायौ भने पद सानो हुन्छ। बाबाजस्तै प्यारको सागर बन्यौ भने राजतिलक मिल्नेछ।

ओम् शान्ति ।
रुहानी बाबाले रुहानी बच्चाहरूलाई सम्झाइरहनुभएको छ, पढाइ भन्नु नै समझ। तिमी बच्चाहरूले बुझेका छौ– यो पढाइ धेरै सहज र धेरै उच्च छ साथै धेरै उच्च पद दिनेवाला छ। यो केवल तिमी बच्चाहरूले नै जान्दछौ– हामी विश्वको मालिक बन्नको लागि यो पढाइ पढिरहेका छौँ। त्यसैले पढ्नेहरूलाई धेरै खुसी हुनुपर्छ। यो कति उच्च पढाइ हो! यो त्यही गीता प्रसङ्ग पनि हो। सङ्गमयुग पनि हो। तिमी बच्चाहरू अब जागेका छौ, बाँकी सबै सुतेका छन्। गायन पनि छ– मायाको निद्रामा सुतेका छन्। तिमीलाई बाबाले आएर जगाउनुभएको छ। केवल एक कुरा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! यादको यात्राको बलले तिमीले सारा विश्वमाथि राज्य गर। जसरी कल्प पहिला राज्य गरेका थियौ। यो स्मृति बाबाले दिलाउनुहुन्छ। बच्चाहरूलाई थाहा छ– हामीलाई स्मृति आएको छ, कल्प कल्प हामी यस योगबलले विश्वको मालिक बन्छौँ र फेरि दैवीगुण पनि धारण गरेका थियौँ। योगमा नै पूरा ध्यान दिनुछ। यस योगबलले तिमी बच्चाहरूमा स्वत: दैवीगुण आउँछन्। अवश्य यो परीक्षा हो नै मनुष्यबाट देवता बन्ने। तिमी यहाँ आएका छौ योगबलले मनुष्यबाट देवता बन्नको लागि। यो पनि जान्दछौ– हाम्रो योगबलले सारा विश्व पवित्र हुनुछ। पवित्र थियो, अब अपवित्र बन्दैछ। सारा चक्रको रहस्यलाई तिमी बच्चाहरूले बुझेका छौ र तिमीहरूको दिलमा पनि छ। चाहे कोही नयाँ होस्, तैपनि यी कुराहरू बुझ्न धेरै सहज छ। तिमी पूज्य देवता थियौ, फेरि पुजारी तमोप्रधान बन्यौ र अरू कसैले पनि यस्तो बताउन सक्दैन। बाबाले स्पष्ट बताउनुहुन्छ– त्यो हो भक्तिमार्ग, यो हो ज्ञानमार्ग। भक्ति बित्यो। वितेको कुराको चिन्तन नगर। त्यो त गिर्ने कुरा हो। बाबाले अब चढ्ने कुरा सुनाइरहनुभएको छ। तिमी बच्चाहरूले यो पनि जान्दछौ– हामीले दैवीगुण धारण अवश्य गर्नुछ। दिनहुँ चार्ट लेख्नुपर्छ– हामी कति समय यादमा रहन्छौँ? हामीबाट के के भुल भए? भुलको ठुलो चोट पनि लाग्छ, त्यो पढाइमा पनि चरित्र हेरिन्छ। यसमा पनि चरित्र हेरिन्छ। बाबाले त तिम्रो कल्याणको लागि नै भन्नुहुन्छ। त्यसमा पनि रजिस्टर राख्छन्– पढाइको र चरित्रको। यहाँ पनि बच्चाहरूको दैवी चरित्र बनाउनुछ। भुल नहोस्, यो सम्हाल गर्नुछ। मबाट कुनै भुल त भएन? त्यसैले कचहरी पनि गर्छन्। अरू कुनै स्कुल आदिमा कचहरी हुँदैन। आफ्नो दिलसँग सोध्नुछ। बाबाले सम्झाउनुभएको छ– मायाको कारणले केही न केही अवज्ञा भइरहन्छ। सुरुमा पनि कचहरी हुन्थ्यो। बच्चाहरूले सत्य बताउँथे। बाबा सम्झाइरहनुहुन्छ– यदि सत्य बताएनौ भने ती भुलहरू वृद्धि हुँदै जान्छन्। उल्टै भुलको अरू दण्ड मिल्छ। भुल नबताउँदा फेरि अवज्ञाकारीको टीका लाग्छ। फेरि राजतिलक मिल्न सक्दैन। आज्ञा मान्दैनन्, अवज्ञाकारी बने भने राज्य भाग्य पाउन सक्दैनन्। सर्जनले भिन्न भिन्न प्रकारले सम्झाइरहनु हुन्छ। सर्जनसँग बिमारी लुकायौ भने पद पनि सानो हुन्छ। सर्जनलाई बताउँदा कुनै कुटाइ त पर्दैन नि। बाबाले केवल भन्नुहुनेछ– सावधान। फेरि यस्तो भुल गरेमा नोक्सान हुन्छ। पद धेरै सानो हुन्छ। त्यहाँ त स्वाभाविक दैवी चालचलन हुन्छ। यहाँ पुरुषार्थ गर्नुछ। घरी घरी फेल हुनुहुँदैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! धेरै भुल नगर। बाबा धेरै प्यारको सागर हुनुहुन्छ। बच्चाहरू पनि त्यस्तै बन्नुपर्छ। यथा बाबा तथा बच्चा। यथा राजारानी तथा प्रजा। बाबा त राजा बन्नुहुन्न। तिमीले जान्दछौ– बाबाले हामीलाई आफूसमान बनाउनुहुन्छ। बाबाको जुन महिमा गर्छन्, त्यो तिम्रो पनि हुनुपर्छ। बाबासमान बन्नुछ। माया धेरै बलवान छ, तिमीलाई रजिस्टर राख्न दिँदैन। तिमी त पूरा मायाको फन्दामा फसेका छौ। तिमी मायाको जेलबाट निस्कन सक्दैनौ। सत्य बताउँदैनौ। त्यसैले बाबा भन्नुहुन्छ– सही तरिकाले यादको चार्ट राख। सवेरै उठेर बाबालाई याद गर। बाबाकै महिमा गर। बाबा, हजुरले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ, त्यसैले हामीले हजुरको महिमा गर्छौँ। भक्तिमार्गमा कति महिमा गाउँछन्, उनीहरूलाई त केही पनि थाहा छैन। देवताहरूको महिमा छैन। महिमा तिमी ब्राह्मणहरूको छ। सबैलाई सदगति दिनेवाला पनि एक बाबा हुनुहुन्छ। उहाँ रचयिता पनि हुनुहुन्छ, निर्देशक पनि हुनुहुन्छ। सेवा पनि गर्नुहुन्छ र बच्चाहरूलाई सम्झाउनु पनि हुन्छ। यथार्थमा भन्नुहुन्छ। उनीहरूले त केवल शास्त्रहरूबाट भगवानुवाच सुनिरहन्छन्। गीता पढ्दै आएका छन्, फेरि त्यसबाट मिल्छ के? बसेर कति प्रेमले पढ्छन्, भक्ति गर्छन्, थाहा हुँदैन– यसबाट के हुन्छ! यो जान्दैनन्– हामी तल नै सिँढी ओर्लिरहेका छौँ। दिनप्रतिदिन तमोप्रधान बन्नु नै छ। ड्रामामा पहिल्यै यस्तै निश्चित छ। यस सिँढीको रहस्य बाबा बाहेक अरू कसैले सम्झाउन सक्दैन। शिवबाबाले नै ब्रह्माद्वारा सम्झाउनुहुन्छ। यिनले पनि उहाँबाट बुझेर फेरि तिमीलाई सम्झाउँछन्। मूल टिचर, मूल सर्जन त बाबा नै हुनुहुन्छ। उहाँलाई नै याद गर्नुछ। यसो भनिँदैन– ब्राह्मणीलाई याद गर। याद त एकको गर्नुछ। कहिल्यै कसैसँग मोह राख्नुहुँदैन। एक बाबाबाटै शिक्षा लिनुछ। निर्मोही पनि बन्नुछ। यसमा धेरै मेहनत चाहिन्छ। सारा पुरानो दुनियाँबाट वैराग्य। यो त खतम भइसकेको छ। यसमा लभ वा आसक्ति केही पनि हुनुछैन। कति ठुला ठुला भवन आदि बनाइरहन्छन्। उनीहरूलाई यो पनि थाहा छैन– यो पुरानो दुनियाँ कति समय बाँकी छ। तिमी बच्चाहरू अब जागेका छौ र अरूलाई पनि जगाउँछौ। बाबाले आत्माहरूलाई नै जगाउनुहुन्छ, घरी-घरी भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। शरीर सम्झन्छौ भने मानौँ सुतेका छौ। आफूलाई आत्मा सम्झ र बाबालाई पनि याद गर। आत्मा पतित छ भने शरीर पनि पतित मिल्छ। आत्मा पावन छ भने शरीर पनि पावन मिल्छ। बाबा सम्झाउनुहुन्छ– तिमी नै यस देवीदेवता घरानाका थियौ। फेरि तिमी नै त्यस घरानाका बन्छौ। कति सहज छ। यस्ता बेहदका बाबालाई हामीले किन याद गर्दैनौँ। सवेरै उठेर पनि बाबालाई याद गर। बाबा, हजुरको त कमाल छ, हजुरले हामीलाई कति उच्च देवीदेवता बनाएर फेरि निर्वाणधाममा गएर बस्नुहुन्छ। यति उच्च त कसैले बनाउन सक्दैन। हजुरले कति सहज बनाएर बताउनुहुन्छ। बाबा भन्नुहुन्छ– जति टाइम मिल्छ, कामकाज गर्दा पनि बाबालाई याद गर्न सक्छौ। यादले नै तिम्रो डुङ्गा पार गराउँछ अर्थात् कलियुगबाट पार शिवालयमा लैजान्छ। शिवालयलाई पनि याद गर्नुछ, यो शिवबाबाले स्थापना गर्नुभएको स्वर्ग हो– त्यसैले दुवैको याद आउँछ। शिवबाबालाई याद गरेमा हामी स्वर्गका मालिक बन्छौँ। यो पढाइ हो नै नयाँ दुनियाँका लागि। बाबा पनि नयाँ दुनियाँ स्थापना गर्न आउनुहुन्छ। अवश्य बाबा आएर कुनै कर्तव्य त गर्नुहुन्छ नि। तिमीले देख्छौ पनि– मैले पार्ट खेलिरहेको छु, ड्रामाको प्लान अनुसार। मैले तिमी बच्चाहरूलाई ५ हजार वर्ष पहिलाको यादको यात्रा र आदि, मध्य, अन्त्यको रहस्य बताउँछु। तिमीले जान्दछौ– हर ५ हजार वर्षपछि बाबा हाम्रो सम्मुख आउनुहुन्छ। आत्माले नै बोल्छ, शरीरले बोल्दैन। बाबाले बच्चाहरूलाई शिक्षा दिनुहुन्छ– आत्मालाई नै पवित्र बनाउनुछ। आत्मालाई एक पटका मात्रै पवित्र हुनुपर्छ। बाबा भन्नुहुन्छ– मैले अनेक पटक तिमीलाई पढाएँ, फेरि पनि पढाउनेछु। यस्तो कुनै संन्यासीले भन्न सक्दैनन्। बाबाले नै भन्नुहुन्छ– प्यारा बच्चाहरू! म ड्रामाको योजना अनुसार पढाउन आएको छु। फेरि ५ हजार वर्षपछि यसरी नै आएर पढाउनेछु, जसरी कल्प पहिला तिमीलाई पढाएर राजधानी स्थापना गरेको थिएँ, अनेक पटक तिमीलाई पढाएर राजधानी स्थापना गरेको छु। बाबाले यी कति आश्चर्यजनक कुराहरू सम्झाउनुहुन्छ। श्रीमत कति श्रेष्ठ छ। श्रीमतले नै हामी विश्वको मालिक बन्छौँ। यो धेरै धेरै ठुलो पद हो! कसैलाई ठुलो चिट्ठा परेछ भने पनि बुद्धि बिग्रिन्छ। कोही चल्दाचल्दै निराश हुन्छन्। हामीले पढ्न सक्दैनौँ। हामीले विश्वको बादसाही कसरी लिन्छौँ। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। बाबा भन्नुहुन्छ– अतीन्द्रिय सुख र खुसीको कुरा मेरा बच्चाहरूलाई सोध। तिमी जान्छौ सबैलाई खुसीको कुरा सुनाउन। तिमी नै विश्वका मालिक थियौ, फेरि ८४ जन्म भोगेर गुलाम बनेका छौ। गाउँछन् पनि– म गुलाम, म गुलाम हजुरको। सम्झन्छन्– आफूलाई निच भन्नु, सानो भएर चल्नु राम्रो हो। हेर, बाबा को हुनुहुन्छ! उहाँलाई कसैले चिन्दैनन्। उहाँलाई पनि केवल तिमीले चिनेका छौ। बाबा कसरी आएर सबैलाई बच्चा बच्चा भनेर सम्झाउनुहुन्छ। यो आत्मा र परमात्माको मेला हो। उहाँबाट हामीलाई स्वर्गको बादसाही मिल्छ। बाँकी गङ्गास्नान आदि गरेर कुनै स्वर्गको राज्य भाग्य मिल्दैन। गङ्गास्नान त धेरै पटक गरियो। पानी सागरबाट आउँछ तर यो वर्षा कसरी हुन्छ, यसलाई पनि कुदरत भनिन्छ। यस समयमा बाबाले तिमीलाई सबै थोक सम्झाउनुहुन्छ। धारणा पनि आत्माले नै गर्छ, न कि शरीरले। तिमीले महसुस गर्छौ– अवश्य बाबाले हामीलाई के बाट के बनाइदिनुभयो! अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफैमाथि दया गर। कुनै अवज्ञा नगर। देह अभिमानी नबन। सित्तैमा आफ्नो पद सानो बनाइदिन्छौ। टिचरले त सम्झाउनुहुन्छ नि। तिमीले जान्दछौ– बाबा बेहदका टिचर हुनुहुन्छ। दुनियाँमा कति धेरै भाषाहरू छन्। कुनै पनि चीज छापिन्छ भने सबै भाषामा छाप्नुपर्छ। कुनै लिटरेचर छाप्छौ भने सबैलाई एक एक कपी पठाइदेऊ। एक एक कपी लाइब्रेरीमा पठाइदिनुपर्छ। खर्चको कुरा छैन। बाबाको भण्डारा धेरै भरिन्छ। पैसा आफ्नो साथमा राखेर के गर्छौ। घर त लैजाँदैनौ। यदि केही घर लग्यौ भने परमात्माको यज्ञको चोरी हुन्छ। अहो! कसैको यस्तो बुद्धि नहोस्। परमात्माको यज्ञको चोरी! उनीहरूजस्तो घोर पापी आत्मा कोही हुन सक्दैन। कति अधमगति हुन्छ। बाबा भन्नुहुन्छ– यी सबै ड्रामाका पार्ट हुन्। तिमीले राज्य गर्छौ, उनीहरू तिम्रा नोकर बन्छन्। नोकर बिना राज्य कसरी चल्छ! कल्प पहिला पनि यसैगरी स्थापना भएको थियो।

अब बाबा भन्नुहुन्छ– आफ्नो कल्याण गर्न चाहन्छौ भने श्रीमतमा चल। दैवीगुण धारण गर। क्रोध गर्नु दैवीगुण होइन। त्यो आसुरी अवगुण हो। कसैले क्रोध गरेमा चुप गराइदिनुपर्छ। प्रतिक्रिया दिनुहुँदैन। हरेकको चालचलनबाट बुझ्न सकिन्छ, अवगुण त सबैसँग छ। कसैले क्रोध गरे भने उनीहरूको अनुहार तामाजस्तो हुन्छ। मुखबाट बाण चलाउँछन्। आफ्नै नोक्सान पारिदिन्छन्। पद भ्रष्ट हुन्छ। समझ हुनुपर्छ। बाबा भन्नुहुन्छ– जुन पाप कर्म गर्छौ, त्यो लेखिदेऊ। बाबालाई बताएमा माफ हुन्छ। बोझ हल्का हुन्छ। जन्मजन्मान्तरदेखि तिमी विकारमा जान थालेका हौ। यस समयमा तिमीले कुनै पाप कर्म गरेमा सय गुणा हुन्छ। बाबाको अगाडि भुल गरेमा सय गुणा दण्ड पर्छ। भुल गरेर बताएनौ भने झन् वृद्धि हुन्छ। बाबाले त सम्झाउनुहुनेछ– आफैलाई नोक्सान नपार। बाबा बच्चाहरूको बुद्धि शुद्ध बनाउन आउनुभएको छ। जान्नुहुन्छ– यिनीहरूले कस्तो पद पाउँछन्। त्यो पनि २१ जन्मको कुरा हो। जो सेवाधारी बच्चाहरू छन्, उनीहरूको स्वभाव धेरै मीठो हुनुपर्छ। कसैले तुरुन्तै बाबालाई बताउँछन्– बाबा, यो भुल भयो। बाबा खुसी हुनुहुन्छ। भगवान खुसी हुनुभयो भने अरू के चाहिन्छ। उहाँ त बाबा, टिचर, गुरु तीनै जना हुनुहुन्छ। नत्र तीनै जना नाराज हुनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) श्रीमतमा चलेर आफ्नो बुद्धि शुद्ध बनाउनुछ। कुनै पनि अवज्ञा गर्नुछैन। क्रोधमा आएर मुखबाट बाण निकाल्नु छैन, चुप रहनुछ।

२) दिलबाट एक बाबाको महिमा गर्नुछ। यस पुरानो दुनियाँसँग आसक्ति वा प्यार गर्नुछैन। बेहदको वैरागी र निर्मोही बन्नुछ।

वरदान:–
यादको आधारद्वारा मायाको हिलोबाट पर रहने सदा प्रसन्न चि त्त भव

कुनै जस्तोसुकै कुरा सामुन्ने आए पनि केवल बाबामाथि छोडिदेऊ। अत्यन्तै प्यारसँग भन– “बाबा!” त्यसपछि कुरा समाप्त हुन्छ। यो बाबा शब्द दिलबाट भन्नु नै जादु हो। मायाले पहिला सुरुमा बाबालाई नै भुलाउँछ, त्यसैले केवल यस कुरामा अटेन्सन दियौ भने आफूलाई कमल पुष्पसमान अनुभव गनेर्छौ। यादको आधारमा मायाका समस्याहरूको हिलोबाट सदा पर रहनेछौ। कहिल्यै कुनै पनि कुरामा हलचलमा आउँदैनौ, सदा एउटै प्रसन्नचित्त मनोदशा हुन्छ।

स्लोगन:–
पवित्रताको धारणा वा धर्मलाई जीवनमा अपनाउने नै महान् आत्मा हुन्।

अव्यक्त इसारा:– यस अव्यक्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

स्वयंलाई बन्धनहरूबाट मुक्त गर्नको लागि आफ्नो चालचलन र जुन कडा संस्कार छ, त्यसलाई परिवर्तन गर। बन्धनमा पार्नेले आफ्नो काम गर्छन्, तिमीले आफ्नो काम गर। उनीहरूको काम देखेर नडराऊ। उनीहरूले आफ्नो काम जति शक्तिले गरिरहेका छन्, तिमीले पनि आफ्नो काम त्यति शक्तिले गर। उनीहरूको गुणलाई ग्रहण गर– उनीहरूले कसरी आफ्नो कर्तव्य गरिरहेका छन्, तिमीले पनि त्यसरी नै गर। आफूलाई बन्धनहरूबाट मुक्त गर्ने युक्ति रच।