22.03.26    Avyakt Bapdada     Nepali Murli    07.04.2009     Om Shanti     Madhuban


कारण शब्दबाट मुक्त रहेर चाल चलन र अनुहारबाट मुक्ति दिने मुक्तिदाता बन , सेवाको उमङ्ग उत्साहको साथ ै सदा बेहदको वैराग्य वृत्तिमा रहने गर


आज बापदादाले चारैतर्फका बच्चाहरू जो डबल मालिक छन्, ती हरेक बच्चालाई देखिरहनुभएको छ। ती बच्चाहरू एक त बाबाका सर्व खजानाहरूका मालिक छन् र अर्का स्वराज्यका मालिक छन्। बाबाद्वारा हरेक बच्चालाई दुवै मालिकपना मिलेका छन्। बालक पनि हुन् र मालिक पनि हुन्। मेरो बाबा भने र बाबाले पनि मेरो बच्चा भन्नुभयो, त्यसैले बालक र मालिक दुवै अनुभव हुन्छ।

आज धेरै धेरै बच्चाहरू आएका छन्, यस वर्षको यो लास्ट टर्न हो। त्यसैले आज बापदादाले हरेकको पुरुषार्थ चेक गर्नुभयो। त्यसोभए बताऊ, के देख्नुभयो होला? हरेकले आफैलाई सोध– मेरो पुरुषार्थ के हो? बापदादा सबै बच्चाहरूलाई देखेर खुसी पनि हुनुभयो तर बाबाको एउटा आस छ, बताऊँ त्यो के हो! बाबाको आसलाई पूर्ण गर्छौ नि! एउटै आस छ, बताऊँ! हात उठाऊ, जसले आस पूर्ण गर्छौ! धेरै राम्रो। सानो आस छ, त्यो हो– आजदेखि एउटा शब्द परिवर्तन गर, कुन शब्द? जसले बारम्बार तल ल्याउँछ, त्यो शब्द हो– ‘कारण’। यस कारण शब्दलाई परिवर्तन गरेर सदा निवारण शब्द धारण गर किनकि अहिले तिम्रो सेवा पनि कुन हो? विश्वका आत्माहरूका, सबैका समस्याहरूको कारण निवारण गरेर, निवारण गर्नासाथ निर्वाणधाममा लैजानुछ किनकि तिमी सबै मुक्तिदाता हौ। त्यसैले अरूलाई पनि मुक्ति दिलाउनेवाला हौ भने स्वयंले पनि कारणलाई निवारण गर्छौ, त्यसपछि अरूलाई मुक्ति दिलाउन सक्नेछौ, निर्वाणमा पठाउन सक्नेछौ। त्यसैले यो एउटा शब्दको भिन्नता छुट्याउन मुस्किल छ कि सहज छ? सोचविचार गर।

आज जति पनि आएका छन् वा आआफ्नो स्थानमा हेरिरहेका छन्, सुनिरहेका छन्, ती सबैसँग बापदादा एउटा शब्दको परिवर्तन चाहनुहुन्छ किनकि कारणले नै तल ल्याउँछ। कारणमा त आधाकल्प रह्यौ, अब निवारण गर्ने समय हो। निवारण र निर्वाण, मुक्ति। त्यसैले आज बाबालाई यो कारण शब्द दिने हिम्मत छ? लास्ट टर्न हो नि, सबै उमङ्ग उत्साहले आएका छौ र बापदादाले एक एकलाई बधाई दिइरहनुभएको छ। सुत्न, खाना खान मुस्किल पनि छ तर सबै स्नेहले, स्नेहको प्लेनले तिमी सबैलाई मधुवनमा ल्याइदिएको छ। बापदादा हरेकको स्नेह देखेर, हरेकलाई पदमगुणा दिलको स्नेह दिइरहनुभएको छ। तर स्नेहमा तिमीले के गर्छौ? जोसँग स्नेह हुन्छ नि, उसलाई स्नेहमा सौगात पनि दिइन्छ। त्यसैले आज बापदादा सौगातमा यो कारण शब्द लिन चाहनुहुन्छ। बापदादाको यो आश पूर्ण गर्नुछ नि! फेरि हात उठाऊ, यहाँ नै छोडेर जानुछ। यहाँ गेटबाट निस्कियौ भने कारण शब्द समाप्त होस्। गल्तीले आइहाल्यो भने पनि बाबालाई दिएको चीज अमानत हो। त्यसैले अमानतमा के गरिन्छ? फिर्ता लिइन्छ? त्यसैले सबैले दृढ सङ्कल्प गर्छौ? गर्छौ? फेरि हात उठाऊ। पछाडि बस्नेहरूले हात हल्लाऊ। (आज शान्तिवनमा करिब २८-२९ हजार भाइबहिनीहरू भित्रबाहिर बसेर मुरली सुनिरहेका छन्, सबैले हात हल्लाइरहेका छन्) अच्छा, धेरै राम्रो, किनकि अहिले समयअनुसार तिम्रोमा क्यु लाग्नेछ। केको लागि क्यु लाग्नेछ? हे मुक्तिदाता, मुक्ति देऊ! त्यसैले तिमी दिनेवाला मुक्तिदाता हौ, पहिला तिमी यस एउटा शब्दबाट मुक्त बन्यौ भने मात्रै मुक्ति दिन सक्नेछौ।

बापदादा यही चाहनुहुन्छ– अहिले यस वर्षको होमवर्क यही रहोस्– म मुक्त बनेर मुक्ति दिलाउनुछ किनकि समस्याहरू दिनप्रतिदिन धेरै बढ्नुछ। त्यसैले समस्या समाधानरूपमा परिवर्तन होस्। मेहनत र समय समस्या मेटाउनमा नलागोस्। के तिमीले आफ्ना भक्तहरूको र समयको पुकार सुनेका छैनौ! त्यसैले अहिले समयअनुसार के परिवर्तन गर्न आवश्यक छ? किनकि अहिले हरेकले अनुभवीमूर्त बनेर कुनै न कुनै अनुभव गराउन आवश्यक छ। त्यसैले बाबा अहिले चाहनुहुन्छ– तिमीलाई सबैको अनुहार, चालचलन यस्तो स्पष्ट देखियोस्– यिनीहरू मुक्तिदाताका बच्चा मुक्ति दिनेहरू हुन्। तिम्रो मस्तकबाट चम्किरहेको सिताराको अनुभव होस्। केवल सुनाएर मात्रै होइन तर अनुहारबाट नै अनुभव होस् किनकि अनुभवले नजिक ल्याउँछ। त्यसैले यो अनुभव अनुहार र चालचलनबाट देखाऊ। हेर जसरी, साइन्सका साधनहरूले अनुभव गराउँछन् नि, अहिले गर्मीको सिजन छ भने गर्मीको र सर्दीको अनुभव गराइरहेका हुन्छन् नि। साइन्सका साधनहरूले अनुभवी बनाउँछन् भने के साइलेन्सको पावरले, शक्तिको अनुभव गराउन सक्दैन! त्यसैले बापदादा अहिले बच्चाहरूसँग यही चाहनुहुन्छ– अनुभवको स्थितिमा स्थित रहेर नयनहरूबाट, मस्तकबाट कुनै न कुनै शक्तिको अनुभव गराऊ। सुनेको कुरा, सुन्ने बेलामा राम्रो लाग्छ तर फेरि कुनै समस्या आयो भने भुलिन्छ पनि। तर अनुभव जीवनभरसम्म भुलिँदैन।

बापदादाले एउटा कारण देख्नुभयो। रिजल्ट पनि देख्नुभयो, एउटा रिजल्ट देखेर धेरै धेरै बधाई दिनुभयो। कुन रिजल्ट? आजसम्म सेवाको उमङ्ग उत्साह राम्रो छ। त्यसैले बापदादाले बधाई पनि दिनुहुन्छ, सेवा पनि बढाउँछौ र योजना पनि राम्रा बनाउँछौ, रिजल्ट पनि यथाशक्ति मिल्छ तर एउटा कुरा अनुभव गराउनको लागि आफैमा अटेन्सन दिनुपर्नेछ। जसरी अहिले तिम्रो सेवा प्रसिद्ध हुँदै गइरहेको छ। खुसी पनि भइरहन्छन् र आजकाल चाहना पनि बढ्दै गइरहेको छ। अहिले बाँकी अनुभव गराउने विधि के हो? त्यो हो उमङ्ग उत्साहसहित, जति उमङ्ग त्यति नै अहिले समय अनुसार बेहदको वैराग्यवृत्ति पनि चाहिन्छ। पुरुषार्थमा कुनै समस्यारूप बन्छ भने त्यसको कारण हो बेहदको वैराग्यवृत्तिमा कमी। अब बेहदको वैराग्य चाहिन्छ। बेहदको वैराग्य सदाकाल चल्छ। यदि समयमा भयो भने समय नम्बरवन हुन्छ र तिमी नम्बर टु मा हुन्छौ। समयले तिमीलाई वैराग्य दिलायो। बेहदको वैराग्य सदाकाल हुन्छ। एकातिर उमङ्ग उत्साह, खुसी र अर्कातिर बेहदको वैराग्य। बेहदको वैराग्य सदा नरहनुको कारण के हो? बापदादाले देख्नुभयो– कारण हो देह अभिमान। देह शब्द सबै कुराहरूमा आउँछ– जसरी देहका सम्बन्ध, देहका पदार्थ, देहका संस्कार, देह शब्द सबैमा आउँछ र विशेष देह अभिमान कुन कुरामा आउँछ, जसले देहीअभिमानीबाट देह अभिमानमा ल्याउँछ, त्यो अहिलेसम्म बापदादाले चेक गर्नुभयो– मूल कारण हो पुराना संस्कारले तल ल्याउँछन्। संस्कार मेटाएका छन् तर कुनै न कुनै संस्कारले स्वभावको रूपमा अहिले पनि काम गरिदिन्छ। जसरी देह अभिमानको स्वभाव स्वाभाविक भएको छ, त्यसैगरी देहीअभिमानीको स्वभाव स्वाभाविक भएको छैन। भन्न त भन्छन्– हामीले खतम गरेका छौँ तर एकदम बीजलाई भस्म गरेका छैनन्। समय आउँदा फेरि ती देहभानका संस्कार इमर्ज हुन्छन्। अब आवश्यकता छ यस देहभानको स्वभावलाई पावरफुल देहीअभिमानीको शक्तिले वंशसहित नाश गर्ने, किनकि बच्चाहरूले भन्छन्– हामीले चाहँदैनौँ तर कुनै पनि बेला निस्किन्छ। किन निस्कन्छ? अंश छ भने वंश भएर निस्कन्छ। त्यसैले अहिले आवश्यकता छ शक्तिस्वरूप बन्ने, त्यसको आधार हो आफूलाई चेक गर्ने– कुनै पनि स्वरूपमा अंश मात्र पनि पुरानो देहभानको संस्कार रहेको त छैन? अनि त्यो खतम हुन्छ बेहदको वैराग्य वृत्तिबाट। सेवा देखेर, सुनेर बापदादा खुसी हुनुहुन्छ तर अब बाबाको यही चाहना छ– जसरी सेवाको फलक, झलक अब मानिसहरूले देख्छन्। जसरी सेवाको अनुभव हुन्छ, त्यसैगरी बेहदको वैराग्य वृत्तिको प्रभाव होस् किनकि आजकाल सेवाद्वारा तिम्रो प्रशंसा बढ्नेछ, प्रकृति तिम्रो दासी हुनेछ। अनुभव गर्नेछन्, साधन बढ्नेछन् तर बेहदको वैराग्यवृत्तिबाट साधन र साधनाको ब्यालेन्स रहनेछ। जसरी तिमीहरूले प्रवृत्तिमा रहनेहरूलाई दृष्टान्त दिन्छौ– सबैथोक गर्दा कर्मयोगी कमल फूलसमान होऊ। त्यसैगरी तिमीले पनि सबैलाई सेवा गर्दा, साधन मिल्दा, साधना र साधनको ब्यालेन्स रहनेछ। त्यसैले आजकाल थप सेवाको साथै बेहदको वैराग्य वृत्ति पनि आवश्यक छ। हिँड्दाडुल्दा पनि अनुभव गरून्– यिनीहरू विशेष आत्मा हुन्। केवल योगमा बस्ने टाइममा होइन, भाषण गर्ने टाइममा होइन तर हिँड्दाडुल्दा पनि तिम्रो मस्तकबाट शान्ति, शक्ति, खुसीको अनुभूति होस् किनकि समय प्रति समय अब समय परिवर्तन हुँदै जानेछ।

त्यसैले बापदादाले त समय प्रति समय इसारा दिनुभएको छ तर आज विशेष बापदादाले एक त बेहदको वैराग्यतर्फ इसारा दिइरहनुभएको छ, यसको लागि अहिले आफूलाई चेक गरेर देहीअभिमानी बन्नमा जो देह अभिमानको विघ्न छ, अनेक प्रकारका देह अभिमानको अनुभव छ, यसलाई परिवर्तन गर। अर्को कुरा धेरै समयको कुरा पनि आफैले सोच। धेरै समयको अभ्यास चाहिन्छ। धेरै समय पुरुषार्थ, धेरै समयको प्रारब्ध। यदि अहिले धेरैकालको अटेन्सन थोरै दियौ भने अन्तिम कालमा धेरैकाल जम्मा गर्न सक्नेछैनौ। टु लेटको बोर्ड लाग्नेछ, त्यसैले बापदादा आज अर्को वर्षको लागि होमवर्क दिइरहनुभएको छ। यही देह अभिमान सबै समस्याहरूको कारण बन्छ र फेरि बच्चाहरू रमणीय छन् नि, त्यसैले बाबालाई पनि भरोसा (दिलासा) दिलाउँछन्– समयमा हामी ठीक हुनेछौँ। बापदादा भन्नुहुन्छ– के समय तिम्रो टिचर हो? समयमा ठीक हुनेछौ भने तिम्रो टिचर को भयो? तिम्रो रचना समय तिम्रो टिचर हुनु, यो राम्रो लाग्छ? त्यसैले समयलाई तिमीले नजिक ल्याउनुछ। तिमी समयलाई नजिक ल्याउनेहरू हौ। समयमा रहनेहरू होइनौ। समयलाई टिचर नबनाऊ।

त्यसैले बापदादाले आज यही बारम्बार इसारा दिइरहनुभएको छ– स्वयंलाई चेक गर, बारम्बार चेक गर र परिवर्तन गर। धेरैकालको परिवर्तनले धेरैकालको प्रारब्धको अधिकारी बनाउँछ। कुनै बच्चा चाहे अहिलेसम्म सुस्त पुरुषार्थी होस् तर लास्ट नम्बरवाला बच्चासँग पनि बाबाको स्नेह छ। स्नेह छ, त्यसैले त बाबाको बनेको छ, बाबाको पहिचान गरेको छ, मेरो बाबा त भन्छ, त्यसैले समयको जिम्मा नछोड। समय आउँदैन, मैले सम्पूर्णताको समय समीप ल्याउनुछ। बापदादाको विश्व परिवर्तनको कार्यका तिमी सबै साथी हौ। एक्लै बाबाले कार्य गर्न सक्नुहुन्न, बच्चाहरूको साथ हुनुपर्छ। बाबाले त भन्नुहुन्छ– पहिला बच्चाहरू, अगाडि बच्चाहरू। त्यसैले अहिले दोस्रो वर्षमा आउनु नै छ भने यो होमवर्क गरेर राख्नेछौ! गर्नेछौ? हो, हात उठाऊ। अच्छा। पछाडि बसेकाले पनि हात उठाइरहेका छन्।

हेर, आज सङ्ख्या बढेको छ, त्यसैले बापदादाले बच्चीलाई इसारा दिनुभयो– चक्कर लगाएर हेरेर आऊ, कहाँ कहाँ सुतेका छन्, कसरी लाइनमा खान्छन्। लामो लाइन। तर सबैको अनुहारमा खुसी छ– मधुवनमा त छौँ। तर यो खुसी मधुवनमा नै छोडेर नजानु, साथै लैजानु। बापदादाले वतनमा बसेर तिमी सबैको सुत्ने, खाना खाने क्युको नजारा देख्नुभयो। बापदादालाई यस्तो सङ्कल्प हुन्छ– भर्खरै सिरकहरूको, डसनाहरूको वर्षा होस्। तर यो पनि मोजको मेला हो र राम्रोसँग बापदादाले देख्नुभयो, जहाँसुकै पनि मिल्यो, जसरी पनि मिलेको छ, सबै धेरैजसो राम्रोसँग पास भएका छन्। ताली बजाऊ। तर यो होमवर्क नभुल्नु, यसमा ताली बजाउँदैनन्। बापदादा र विशेष ब्रह्माबाबाले सदा बच्चाहरूलाई मधुवनको शृङ्गार भन्नुहुन्छ। त्यसैले तिमी सबै मधुवनमा आयौ, बापदादा पनि साकाररूपबाट यति परिवारलाई देखेर खुसी हुनुहुन्छ। सहन गर्नुपरेको छ, तर यो सहनुले सदाको लागि सहनशक्ति बढाउनेछ। सबै खुसी छौ नि! अप्ठेरो त भएन? हेर, यति परिवारमा पानी फेरि पनि मिलिरहेको छ। सबैले पानी प्रयोग गर्न पायौ नि! अलिकति पुगेन भने ध्यान राख्नुपर्नेछ तर आजकाल गाउँमा पानी पिउनको लागि पनि मिल्दैन, यहाँ त तिमीलाई कपडा धुने पानी मिल्यो। यति परिवार देखेर खुसी पनि हुन्छ। सारा कल्पमा बापदादालाई यो शुद्ध नशा छ– यति ठुलो परिवार कसैको छैन। अच्छा।

आज बापदादा टिचरहरूलाई एउटा विशेष सेवा याद दिलाउनुहुन्छ, जुन होमवर्क गर्नु। टिचरहरूको लागि होमवर्क हो– सदा टिचरले आफूलाई बापदादाका सच्चा साथी, समीपका साथी, आफूद्वारा बाबालाई प्रत्यक्ष गर्ने, कसैले पनि तिमीलाई देख्यो भने यिनीहरूलाई बनाउने को हुनुहुन्छ! यिनीहरूको पनि बाबा, शिक्षक, सदगुरु को हुनुहुन्छ! तिमीलाई नदेखुन्, बाबालाई देखुन्। यसै स्वमानमा यो ६-७ महिना जे मिल्नेछ, त्यो होमवर्क गर्नु, फेरि बापदादाले सोध्नुहुनेछ– हरेकले कति पर्सेन्टमा गरेछौ? धेरै समाचार सोध्नुहुन्न, कति पर्सेन्ट यो होमवर्क गरेछौ? तिमीलाई नदेखुन्, बाबालाई देखुन्। यसमा सबै धारणा आउँछ। मधुवनवालाहरूलाई पनि बापदादा याद प्यार त दिइरहनुभएको छ। तर मधुवनवालाहरूले पनि चारैतर्फकाले यो सम्झुन्– मधुवनका एक एक रत्न बाबालाई प्रत्यक्ष गर्ने विशेष निमित्त हुन्। त्यसैले सारा समय मधुवनवालाहरूले यस्तो मनसा सेवा, कर्मणा सेवा र सबैलाई बाबा समान बनाउने उदाहरण बनेर देखाउनुछ। मधुवनवालाहरूले यो रिजल्ट दिनुछ– बाबा समान बन्ने नक्सा आफूमा देखायौ? हरेकको मुखबाट निस्कियोस्– वाह बाबाका बच्चाहरू वाह! र तिमी सबैले के गर्छौ? तिमीहरू सबैले आफूलाई नम्बरवार होइन तर नम्बरवन बन्ने उदाहरण बनेर देखाउनुछ। नम्बरवार बन्नमा मजा छैन, बन्नुछ भने नम्बरवन। नम्बरवार बन्नु के ठुलो कुरा हो र! त्यसैले सबै विन (विजय) र वन (पहिलो), यो रिजल्ट सुनाउनु। अच्छा।

सबैतर्फका बापदादाका दिलतख्तनसिन र भृकुटीका तख्तनसिन र भविष्यका पनि राज्य तख्तनसिन यस्ता बापदादाका सिकिलधे, पदम पदमगुणा भाग्यशाली बच्चाहरूलाई सदा आफ्ना नयनहरूद्वारा रुहानियतको अनुभव गराउने र अनुहारद्वारा सदा भाग्यमानी, मन सदा खुसीमा नाचिरहोस्, कोही पनि अगाडि आयो भने अनुभव गरोस्– यिनीहरूजस्तो खुसी कतै पनि छैन र यही पाठ सिकेर जाऊन्। यस्ता हरेक बाबाका बच्चाहरू आफूद्वारा बाबाको, मुखद्वारा बाबाको परिचय दिने तर नयनहरू र अनुहारद्वारा बाबाको साक्षात्कार गराउने, यस्ता चारैतर्फका बच्चाहरूलाई, जसले पत्र पठाएका छन्, इमेल गरेका छन्, सबै बापदादाको पास पुगेका छन्, जुन समयमा तिमीले सङ्कल्प गर्छौ, त्यसै समयमा बाबाको पास पुग्यो, त्यसैले धेरै धेरै बधाई छ। देश-विदेशका सबै बच्चाहरूलाई बाबा दिलको स्नेहको रेस्पोन्स दिइरहनुभएको छ। त्यसैले चारैतर्फका बच्चाहरूलाई बापदादा पदमगुणा दिलको लाडप्यार, दिलको प्यार दिइरहनुभएको छ र सबैलाई नमस्ते भनिरहनुभएको छ। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

वरदान:–
कर्म गर्द ा कर्मको बन्धनबाट मुक्त रहने सहजयोगी स्वतः योगी भव

जो महावीर बच्चाहरू छन्, उनीहरूलाई साकारी दुनियाँको कुनै पनि आकर्षणले आफूतर्फ आकर्षित गर्न सक्दैन। उनीहरूले स्वयंलाई एक सेकेन्डमा न्यारा र बाबाको प्यारा बनाउन सक्छन्। डाइरेक्सन मिल्नासाथ शरीरबाट पर अशरीरी, आत्म अभिमानी, बन्धनमुक्त, योगयुक्त स्थितिको अनुभव गर्नेहरू नै सहजयोगी, स्वतः योगी, सदा योगी, कर्मयोगी र श्रेष्ठ योगी हुन्। उनीहरूले जुनबेला चाहन्छन्, जति समय चाहन्छन्, त्यति आफ्नो सङ्कल्प, श्वासलाई एक प्राणेश्वर बाबाको यादमा स्थित गर्न सक्छन्।

स्लोगन:–
एकरस स्थितिको श्रेष्ठ आसनमा विराजमान रहनु– यही तपस्वी आत्माको निसानी हो।

अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त होऊ”

यो निश्चय वा स्मृति र सामर्थ्य राख– अनेक पटक बाबाका बनेका छौँ वा मायाजित बनेका छौँ भने अब बन्न के मुस्किल छ! के यो स्मृति स्पष्ट छैन– म श्रेष्ठ आत्माले विजयी बन्ने पार्ट अनेक पटक खेलेको छु? स्मृति स्पष्ट छैन भने यसबाट सिद्ध हुन्छ– बाबाको अगाडि स्वयंलाई स्पष्ट गरेका छैनौ।

सूचना:– आज मधुबनमा अव्यक्त बापदादा मिलनको शुभ दिन हो।