22.05.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीले यी आँखाहरूले जे देख्छौ , यो सबै पुरानो दुनियाँको सामग्री हो , यो समाप्त हुनुछ , त्यसैले यो दु:खधामलाई बुद्धिले बिर्सिदेऊ।”

प्रश्न:–
मानिसहरूले बाबामाथि कुन दोष लगाएका छन् तर त्यो दोष कसैको पनि होइन?

उत्तर:–
यति ठुलो जुन विनाश हुन्छ, मानिसहरूले सम्झन्छन् भगवानले नै गराउनुहुन्छ, दु:ख पनि उहाँले दिनुहुन्छ, सुख पनि उहाँले दिनुहुन्छ। यो धेरै ठुलो दोष लगाइदिएका छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म सदा सुखदाता हुँ, मैले कसैलाई दु:ख दिन सक्दिनँ। यदि मैले विनाश गराएँ भने सारा पाप ममाथि आउँछ। त्यो त सबै ड्रामा अनुसार हुन्छ, मैले गराउँदिनँ।

गीत:–
रात के राही......

ओम् शान्ति ।
बच्चाहरूलाई सिकाउनका लागि कैयौँ धेरै राम्रा गीतहरू छन्। गीतको अर्थ लगाउँदा वाणी खुल्नेछ। बच्चाहरूको बुद्धिमा त छ– हामी सबै दिनको यात्रामा छौँ, रातको यात्रा पूरा हुन्छ। भक्ति मार्ग रातको यात्रा नै हो। अन्धकारमा धक्का खानुपर्छ। आधाकल्प रातको यात्रा गरेर गिर्दै आएका छौ। अहिले आएका छौ दिनको यात्रामा। यो यात्रा एकैपटक गर्छौ। तिमीलाई थाहा छ– यादको यात्राबाट हामी तमोप्रधानबाट सतोप्रधान बनेर फेरि सतोप्रधान सत्ययुगका मालिक बन्छौँ। सतोप्रधान बनेमा सत्ययुगका मालिक, तमोप्रधान बनेमा कलियुगका मालिक बन्छौ। त्यसलाई भनिन्छ स्वर्ग, यसलाई भनिन्छ नर्क। अहिले तिमी बच्चाहरूले बाबालाई याद गर्छौ। बाबाबाट सुख नै मिल्छ। जसले अरू केही भन्न सक्दैनन्, उनीहरूले केवल यो याद राख्नुछ– शान्तिधाम हामी आत्माहरूको घर हो, सुखधाम स्वर्गको बादशाही हो र अहिले यो दु:खधाम, रावणराज्य हो। अब बाबा भन्नुहुन्छ– यो दु:खधामलाई बिर्सिदेऊ। हुन त यहाँ बस्छौ तर बुद्धिमा यो रहोस्– यी आँखाहरूले जे देखिन्छ, त्यो सबै रावणराज्य हो। यी शरीरहरूलाई देखिन्छ, यो पनि सबै पुरानो दुनियाँको सामग्री हो। यो सबै सामग्री यस यज्ञमा स्वाहा हुनुछ। ती पतित ब्राह्मणहरूले यज्ञ रच्छन्, तब त्यसमा जौतिल आदि सामग्री स्वाहा गर्छन्। यहाँ त विनाश हुनुछ।

श्रेष्ठ भन्दा श्रेष्ठ हुनुहुन्छ बाबा, त्यसपछि छन् ब्रह्मा र विष्णु। शङ्करको कुनै त्यति पार्ट छैन। विनाश त हुनु नै छ। बाबाले त विनाश उनीहरूबाट गराउनुहुन्छ जसमाथि कुनै पाप लाग्दैन । यदि भगवानले विनाश गराउनुहुन्छ भनियो भने उहाँमाथि दोष आउँछ, त्यसैले यो सबै ड्रामामा निश्चित छ। यो बेहदको ड्रामा हो, जसलाई कसैले जान्दैनन्। रचयिता र रचनालाई कसैले जान्दैनन्। नजानेको कारणले अनाथ बनेका छन्। कोही मालिक छैनन्। कुनै घरमा पिता हुँदैनन् र बच्चाहरू आपसमा लड्छन् भने भन्छन्– तिम्रो कोही मालिक (धनी) छैन कि क्या हो! अहिले त करोडौँ मानिसहरू छन्, यिनीहरूको कोही मालिक छैन। राष्ट्र-राष्ट्रमा लडिरहन्छन्। एउटै घरमा बच्चा पितासँग, पुरुष स्त्रीसँग लडिरहन्छन्। दु:खधाममा हुन्छ नै अशान्ति।

यस्तो भनिँदैन– भगवान बाबाले कुनै दु:ख रच्नुहुन्छ। मानिसहरूले सम्झन्छन्– दु:ख-सुख बाबाले नै दिनुहुन्छ तर बाबाले कहिल्यै दु:ख दिन सक्नुहुन्न। उहाँलाई सुखदाता नैभनिन्छ भने फेरि दु:ख कसरी दिनुहुन्छ! बाबाले त भन्नुहुन्छ– मैले तिमीलाई धेरै सुखी बनाउँछु। एक त आफूलाई आत्मा सम्झ। आत्मा अविनाशी छ, शरीर विनाशी छ। हामी आत्माहरूको निवासस्थान परमधाम हो, जसलाई शान्तिधाम पनि भनिन्छ। यो शब्द ठीक छ। स्वर्गलाई परमधाम भनिँदैन। परम अर्थात् पर भन्दा पर। स्वर्ग त यहाँ नै हुन्छ। मूलवतन हो पर भन्दा पर, जहाँ हामी आत्माहरू रहन्छौँ। सुख-दु:खको पार्ट तिमीले यहाँ खेल्छौ।

यो जुन भन्छन्– फलानो स्वर्ग गयो। यो बिल्कुल गलत हो। स्वर्ग त यहाँ छैन। अहिले त कलियुग हो। यस समयमा तिमी हौ सङ्गमयुगी, बाँकी सबै कलियुगी हुन्। एउटै घरमा पिता कलियुगी भए बच्चा सङ्गमयुगी। स्त्री सङ्गमयुगी, पुरुष कलियुगी... कति फरक हुन्छ। स्त्रीले ज्ञान लिन्छिन्, पुरुषले ज्ञान लिँदैनन् भने एक अर्कालाई साथ दिँदैनन्। घरमा किचकिच हुन्छ। स्त्री फूल बन्छिन्, ऊ काँडाको काँडा नै रहन्छ। एउटै घरमा बच्चाले जान्दछ– हामी सङ्गमयुगी पुरुषोत्तम पवित्र देवता बनिरहेका छौँ, तर पिता भन्छन्– विवाह गरेर बर्बादी गरेर नर्कवासी बन। अब रुहानी बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पवित्र बन। अहिलेको पवित्रता २१ जन्म चल्नेछ। यो रावणराज्य नै खतम हुनुछ।

जोसँग दुस्मनी हुन्छ, उसको पुतला जलाउँछन् नि। जस्तै रावणलाई जलाउँछन्। त्यसैले दुस्मनसँग कति घृणा हुनुपर्छ। तर यो कसैलाई थाहा छैन– रावण को हो? धेरै नै खर्च गर्छन्। मानिसलाई जलाउनको लागि यति खर्च गर्दैनन्। स्वर्गमा त यस्तो कुनै कुरा हुँदैन। त्यहाँ त बिजुलीमा राख्यो अनि खतम। त्यहाँ यो ख्याल हुँदैन– त्यसको माटो काममा आओस्। त्यहाँको त रसमरिवाज यस्तो हुन्छ, कुनै तकलिफ अथवा थकाइको कुरा हुँदैन। यति सुख हुन्छ।

त्यसैले अब बाबा सम्झाउनुहुन्छ– म एकलाई याद गर्ने पुरुषार्थ गर। यो याद गर्नको लागि नै युद्ध हो। बाबा बच्चाहरूलाई सम्झाइरहनुहुन्छ– प्यारा बच्चाहरू! आफूमाथि अटेन्सनको पूरा पहरा दिइराख। मायाले कतै नाक-कान नकाटोस् किनकि दुस्मन हो नि। तिमीले बाबालाई याद गर्छौ तर मायाले तुफानमा उडाइदिन्छ, त्यसैले बाबा भन्नुहुन्छ– हरेकले सारा दिनको चार्ट लेख्नुपर्छ– कति बाबालाई याद गरियो? मन कहाँ दौड्यो? डायरीमा नोट गर, कति समय बाबालाई याद गरियो? आफ्नो जाँच गर्नुपर्छ, तब मायाले पनि देख्नेछ– यो त राम्रो बहादुर रहेछ, आफूमाथि राम्रो अटेन्सन राख्छ। पूरा पहरा दिनुछ।

अहिले तिमी बच्चाहरूलाई बाबा आएर परिचय दिनुहुन्छ। भन्नुहुन्छ– ठीकै छ घरबार सम्हाल, केवल बाबालाई याद गर। यो कुनै ती संन्यासीहरूले जस्तो गर्ने होइन। उनीहरू भिक्षामा चल्छन्, फेरि पनि कर्म त गर्नुपर्छ नि। तिमीले उनीहरूलाई पनि भन्न सक्छौ– तपाईहरू हठयोगी हुनुहुन्छ, राजयोग सिकाउने एउटै भगवान हुनुहुन्छ। अहिले तिमी बच्चाहरू सङ्गममा छौ। यो सङ्गमयुगलाई नै याद गर्नुपर्छ। हामी अहिले सङ्गमयुगमा सर्वोत्तम देवता बन्छौँ। हामी उत्तम पुरुष अर्थात् पूज्य देवता थियौँ, अहिले कनिष्ठ बनेका छौँ। कुनै कामका रहेनौँ।

अब हामी के बन्छौँ, मानिसले जुन समय ब्यारिस्टरी आदि पढ्छन्, त्यस समयमा पद मिल्दैन। परीक्षा पास गर्यो, पदवीको टोपी मिल्यो। गएर गभर्मेन्टको सर्भिसमा लाग्नेछन्। अहिले तिमीलाई थाहा छ– हामीलाई श्रेष्ठभन्दा श्रेष्ठ भगवानले पढाउनुहुन्छ भने अवश्य श्रेष्ठभन्दा श्रेष्ठ पद पनि दिनुहुनेछ। लक्ष्य उद्देश्य यो हो। अब बाबा भन्नुहुन्छ– म एकलाई याद गर, म जो हुँ, जस्तो छु, त्यो सम्झाइदिएको छु। आत्माहरूको पिता म बिन्दु हुँ, ममा सारा ज्ञान छ, आत्मा बिन्दु हो, तिमीलाई पनि पहिला यो ज्ञान कहाँ थियो र। त्यसमा सारा ८४ जन्मको अविनाशी पार्ट निश्चित गरिएको छ। क्राइस्ट पार्ट खेलेर गएका हुन्, फेरि अवश्य आउनेछन्, यो त सही हो नि। अहिले क्राइस्टका अनुयायीहरू सबै जानेछन्। क्राइस्टको आत्मा पनि अहिले तमोप्रधान होला। जति पनि श्रेष्ठ भन्दा श्रेष्ठ धर्म स्थापक छन्, उनीहरू अब तमोप्रधान छन्। यिनले (ब्रह्मा) पनि भन्छन्– म धेरै जन्मको अन्त्यमा तमोप्रधान बनें, अब फेरि सतोप्रधान बन्छु। तत् त्वम्।

तिमीलाई थाहा छ– हामी अहिले देवता बन्नको लागि ब्राह्मण बनेका छौँ। विराट रूपको चित्रको अर्थ कसैले जान्दैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– आत्मा स्वीट होममा रहँदा पवित्र हुन्छ। यहाँ आएपछि पतित बनेको छ। त्यसैले भन्छन्– हे पतित-पावन आएर हामीलाई पवित्र बनाउनुहोस्, त्यसबाट हामी आफ्नो घर मुक्तिधाममा जान सकौँ! यो प्वाइन्ट पनि धारण गर्नको लागि हो। मानिसहरूले जान्दैनन्– मुक्ति-जीवनमुक्तिधाम केलाई भनिन्छ। मुक्तिधामलाई शान्तिधाम भनिन्छ। जीवनमुक्तिधामलाई सुखधाम भनिन्छ। यहाँ दु:खको बन्धन छ। जीवनमुक्तिलाई सुखको सम्बन्ध भनिन्छ। अब दु:खको बन्धन हट्नेछ। हामीले पुरुषार्थ गर्छौँ उच्च पद पाउनको लागि। त्यसैले यो नशा हुनुपर्छ।

हामीले अहिले श्रीमतमा आफ्नो राज्य-भाग्य स्थापना गरिरहेका छौँ। जगत अम्बा नम्बर वनमा जान्छिन्। हामीले पनि उनलाई फलो गर्नेछौँ। जुन बच्चा अहिले माता-पिताको दिलमा चढ्छन्, उनीहरू नै भविष्यमा तख्तनसिन बन्नेछन्। दिलमा उनीहरू चढ्छन् जो दिनरात सर्भिसमा व्यस्त रहन्छन्। सबैलाई सन्देश दिनुछ– बाबालाई याद गर। पैसा-कौडी केही पनि लिनुछैन। उनीहरूले सम्झन्छन्– यिनीहरू राखी बाँध्न आउँछन्, केही दिनुपर्ला। भन– हामीलाई अरू केही चाहिँदैन, केवल ५ विकारको दान दिनुहोस्। हामी यो दान लिनको लागि आएका हौँ, त्यसैले पवित्रताको राखी बाँध्छौँ। बाबालाई याद गर्यौँ र पवित्र बन्यौँ भने यी (देवता) बन्नेछौँ। बाँकी हामीले पैसा आदि केही पनि लिन सक्दैनौँ। हामी ती ब्राह्मण होइनौँ। केवल ५ विकारको दान दिनुहोस्, जसबाट ग्रहण छुट्छस्। अहिले कुनै कला रहेको छैन। सबैमा ग्रहण लागेको छ। तिमी ब्राह्मण हौ नि। जहाँसुकै पनि जाऊ– भन, दे दान तो छूटे ग्रहण। पवित्र बनौँ। विकारमा कहिल्यै जानुछैन। बाबालाई याद गर्यौँ भने विकर्म विनाश हुन्छ र हामी फूल बन्छौँ। तिमी नै फूल थियौ, फेरि काँडा बनेका छौ। ८४ जन्म लिँदलिँदै गिर्दै नै आएका छौ। अब फर्केर जानुछ।

बाबाले यिनीद्वारा डाइरेक्सन दिनुभएको छ। उहाँ हुनुहुन्छ श्रेष्ठभन्दा श्रेष्ठ भगवान। उहाँको शरीर छैन। अच्छा, ब्रह्मा-विष्णु-शङ्करको शरीर छ? तिमीले भन्नेछौ– हो, सूक्ष्म शरीर छ। तर त्यो त मानिसहरूको सृष्टि होइन। खेल सारा यहाँ छ। सूक्ष्मवतनमा नाटक कसरी चल्छ? त्यस्तै मूलवतनमा पनि सूर्य-चन्द्रमा नै छैनन् भने नाटक पनि के को हुन्छ! यो धेरै ठुलो मण्डप हो। पुनर्जन्म पनि यहाँ हुन्छ। सूक्ष्मवतनमा हुँदैन। अहिले तिम्रो बुद्धिमा सारा बेहदको खेल छ। अहिले थाहा भएको छ– हामी जो देवी-देवता थियौँ, फेरि कसरी वाममार्गमा आउँछौँ। वाममार्ग विकारी मार्गलाई भनिन्छ। आधाकल्प हामी पवित्र थियौँ, हाम्रो नै हार र जितको खेल हो। भारतवर्ष अविनाशी खण्ड हो। यो कहिल्यै विनाश हुँदैन। यहाँ आदि सनातन देवी-देवता धर्म थियो, त्यतिबेला अरू कुनै धर्म थिएन। यी तिम्रा कुराहरूलाई उनीहरूले मान्नेछन् जसले कल्प पहिला मानेका थिए। ५ हजार वर्षभन्दा पुरानो चीज कुनै हुँदैन।

सत्ययुगमा फेरि तिमी पहिला गएर आफ्नो महल बनाउनेछौ। यस्तो होइन– सुनको द्वारिका कुनै समुद्रमुनि छ, त्यो निस्केर आउनेछ। देखाउँछन्– सागरबाट देवताहरूले रत्नका थालीहरू भरेर दिन्थे। वास्तवमा ज्ञानसागर बाबा हुनुहुन्छ, जसले तिमी बच्चाहरूलाई ज्ञान रत्नका थालीहरू भरेर दिइरहनुभएको छ। देखाउँछन्– शङ्करले पार्वतीलाई कथा सुनाए। ज्ञान रत्नले झोली भरे। शङ्करको लागि भन्छन्– भाङ-धतुरो पिउँथे, फेरि उनको अगाडि गएर भन्छन्– झोली भरिदेऊ, हामीलाई धन देऊ। त्यसैले हेर, शङ्करको पनि ग्लानि गरिदिएका छन्। सबैभन्दा ज्यादा ग्लानि गर्छन् मेरो। यो पनि खेल हो, जुन फेरि पनि हुनेछ। यो नाटकलाई कसैले जान्दैनन्। म आएर आदिदेखि अन्त्यसम्म सारा रहस्य सम्झाउँछु। यो पनि जान्दछौ– श्रेष्ठ भन्दा श्रेष्ठ बाबा हुनुहुन्छ। विष्णुबाट ब्रह्मा, ब्रह्माबाट विष्णु कसरी बन्छन्– यो कसैले बुझ्न सक्दैनन्।

अहिले तिमी बच्चाहरूले हामी विष्णु कुलका बनौँ भनेर पुरुषार्थ गर्छौ। विष्णुपुरीको मालिक बन्नको लागि तिमी ब्राह्मण बनेका छौ। तिम्रो दिलमा छ– हामी ब्राह्मणहरूले श्रीमतमा आफ्नो लागि सूर्यवंशी-चन्द्रवंशी राजधानी स्थापना गरिरहेका छौँ। यसमा लडाइँ आदिको कुनै कुरा छैन। देवता र असुरहरूको लडाइँ कहिल्यै हुँदैन। देवताहरू सत्ययुगमा हुन्छन्। त्यहाँ लडाइँ कसरी हुन्छ! अहिले तिमी ब्राह्मणहरू योगबलद्वारा विश्वको मालिक बन्छौ। बाहुबलवालाहरू विनाश हुनेछन्। तिमीले साइलेन्स बलद्वारा साइन्समाथि विजय प्राप्त गर्छौ।अब तिमी आत्म-अभिमानी बन्नुछ। म आत्मा हुँ, मलाई जानुछ आफ्नो घर। आत्माहरू तीक्ष्ण छन्। अहिले यस्तो एरोप्लेन निकालेका छन्, जुन एक घण्टामा कहाँबाट कहाँ पुग्छ। तर आत्मा त त्योभन्दा पनि तीक्ष्ण छ। सेकेन्डमा आत्मा कहाँको कहाँ गएर जन्म लिन्छ। कसैले वेलायतमा पनि गएर जन्म लिन्छन्। आत्मा सबैभन्दा तीव्र रकेट हो। यसमा मेसिनरी आदिको कुनै कुरा छैन। शरीर छोड्यो र यो दौड्यो। अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– हामीलाई घर जानुछ, पतित आत्मा त जान सक्दैन। तिमी पावन बनेर नै जानेछौ, बाँकी त सबै सजाय खाएर जानेछन्। सजाय त धेरै मिल्छ। त्यहाँ त गर्भ महलमा आरामसँग रहन्छन्। बच्चाहरूले साक्षात्कार गरेका छन्। श्रीकृष्णको जन्म कसरी हुन्छ, कुनै विकारको कुरा छैन। एकदमै उज्यालो भए जस्तो हुन्छ। अहिले तिमी बैकुण्ठको मालिक बन्छौ त्यसैले त्यस्तै पुरुषार्थ गर्नुपर्छ। शुद्ध पवित्र खानपान हुनुपर्छ। दाल भात सबैभन्दा राम्रो हो। ऋषिकेशमा संन्यासीले एक झ्यालबाट लिएर जान्छन्, हो कोही कस्ता, कोही कस्ता हुन्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफूमाथि अटेन्सनको पूरा पूरा पहरा दिनुछ। मायाबाट आफ्नो सम्हाल गर्नुछ। यादको सच्चा सच्चा चार्ट राख्नुछ।

२) माता-पितालाई फलो गरेर दिलतख्तनसिन बन्नुछ। दिन-रात सर्भिसमा तत्पर रहनुछ। सबैलाई सन्देश दिनुछ– बाबालाई याद गर। ५ विकारको दान दियौ भने ग्रहण छुट्नेछ।

वरदान:–
सेन्स र इसेन्सको ब्यालेन्सद्वारा मै पनलाई स्वाहा गर्ने विश्व परिवर्तक भव

सेन्स अर्थात् ज्ञानका प्वाइन्टहरू, समझ र इसेन्स अर्थात् सर्वशक्ति स्वरूप स्मृति र समर्थ स्वरूप। यी दुवैको ब्यालेन्स भयो भने मैपन वा पुरानोपन स्वाहा हुनेछ। हर सेकेन्ड, हर सङ्कल्प, हर बोली र हर कर्म विश्व परिवर्तनको सेवाप्रति स्वाहा भएमा विश्व परिवर्तक स्वतः बनिनेछ। जो आफ्नो देहको स्मृतिसहित स्वाहा हुन्छन्, उनीहरूको श्रेष्ठ भाइब्रेसनद्वारा वायुमण्डलको परिवर्तन सहज हुन्छ।

स्लोगन:–
प्राप्तिहरूलाई याद गर्यौ भने दु:ख र हैरानीका कुराहरू बिर्सिनेछन्।