22.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– च ्या रिटी बिग ि न्स एट होम अर्थात् जो देवी देवता धर्मका छन् , शिवका वा देवताहरूका पुजारी छन् , उनीहरूलाई पहिला सुरुमा ज्ञान देऊ।”

प्रश्न:–
बाबाको कुनचाहिँ कर्तव्य कुनै पनि मानिसले गर्न सक्दैनन् र किन?

उत्तर:–
सारा विश्वमा शान्ति स्थापना गर्ने कर्तव्य एक बाबाको हो। मानिसहरूले विश्वमा शान्ति स्थापना गर्न सक्दैनन् किनकि सबै विकारी छन्। बाबालाई चिनेपछि मात्रै शान्तिको स्थापना हुन्छ र पवित्र बन्छन्। बाबालाई नचिनेका हुनाले बिल्कुलै अनाथ बनेका छन्।

गीत:–
मरना तेरी गली में...

ओम् शान्ति ।
ओम् शान्तिको अर्थ पनि घरी घरी बताउनुपर्छ किनकि ओम् शान्तिको अर्थ कसैले पनि जान्दैनन्। जस्तै घरी घरी भन्नुपर्छ– मनमनाभव अर्थात् बेहदको बाबालाई याद गर। ओम् को अर्थ भनिदिन्छन्– ओम् अर्थात् भगवान। बाबा भन्नुहुन्छ– ओम् अर्थात् म आत्मा, यो मेरो शरीर। परमपिता परमात्माले पनि भन्नुहुन्छ– ओम्। म पनि आत्मा हुँ, परमधाममा रहन्छु। तिमी आत्माहरू जन्ममरणको चक्करमा आउँछौ, म आउन्न। हो, तिमी बच्चाहरूलाई सृष्टिको आदि-मध्य-अन्त्यको सार सम्झाउन म साकारमा अवश्य आउँछु। अरू कसैले यो सम्झाउन सक्दैनन्। निश्चय छैन भने सारा दुनियाँमा भट्किनुपर्छ, र खोज्नुपर्छ– अरू कोही हुनुहुन्छ जसले आफ्नो र सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। परमपिता परमात्मा बाहेक सृष्टि चक्रको आदि-मध्य-अन्त्यको रहस्य अरू कसैले बताउन सक्दैनन्, कसैले राजयोग सिकाउन सक्दैनन्। पतितहरूलाई पावन बनाउन सक्दैनन्। पहिला सुरुमा जति पनि देवीदेवताका पुजारीहरू छन्, तिनीहरूलाई सम्झाउने पुरुषार्थ गर्नुछ। आदि सनातन देवीदेवता धर्मका आत्माहरूले नै पूरा ८४ जन्म लिन्छन्, तिनीहरूले नै राम्रोसँग बुझ्न सक्छन्। पछि आउनेहरूले ८४ जन्म लिन सक्दैनन्। यो कुरा सुन्नेछन् पनि उनीहरू जो देवताहरूका पुजारी हुनेछन् र जो गीता पढ्नेहरू हुनेछन्। गीतामा केवल यो भूल गरेका छन्– भगवानको सट्टा श्रीकृष्णको नाम राखिदिएका छन्। त्यसैले गीता पढ्नेहरूलाई सम्झाउनुपर्छ। सोध्नुपर्छ– परमपिता परमात्मा शिवसँग तपाईंको के सम्बन्ध छ? उहाँलाई भगवान भनिन्छ। श्रीकृष्ण त दैवीगुण भएका देवता हुन्, उनको दैवी राजधानी थियो, त्यसमा सबै दैवीगुण भएका देवताहरू थिए। अब उनीहरू नै पूज्यबाट पुजारी बनेका छन्। त्यसैले कोसिस गरेर पहिला सुरुमा आदि सनातन देवी देवता धर्मका आत्माहरूलाई उठाउनुपर्छ। च्यारिटी बिगिन्स एट होम। जो शिवका पुजारी हुन् तिनीहरूलाई पनि सम्झाउनुपर्छ। शिव अवश्य आउनुहुन्छ त्यसैले त उहाँको जयन्ती मनाउँछन्, उहाँ परमपिता परमात्मा हुनुहुन्छ। अवश्य आएर राजयोग सिकाउनुहुन्छ अरू कुनै मानिसले सिकाउन सक्दैनन्। श्रीकृष्णलाई वा ब्रह्मालाई भगवान भन्न सकिँदैन। सबैको सद्गतिदाता बाबा एउटै हुनुहुन्छ, उहाँ ज्ञानको सागर भएका हुनाले सबैको शिक्षक पनि हुनुहुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको इतिहास भूगोल अरू कसैलाई थाहा छैन।

बाबा भन्नुहुन्छ– मलाई ज्ञानको सागर, चैतन्य बीजरूप पनि भन्छन्। यो जुन उल्टो वृक्ष छ, त्यसको आदि-मध्य-अन्त्यको ज्ञान त्यो बीजसँग नै हुन्छ, त्यसैले मलाई ज्ञानको सागर, अलमाइटी अथोरिटी भन्छन्। अथोरिटी भनेको के हो? उहाँले सबै वेद, शास्त्र, ग्रन्थ आदि सबैलाई जान्नुहुन्छ। तिमी बच्चाहरूलाई सम्झाइरहनुभएको छ। ती शास्त्र सुनाउनेहरूले भन्छन्– कल्पको अवधि लाखौँ वर्ष हुन्छ। तर त्यो त हुन सक्दैन। यो विभिन्न धर्महरूको मनुष्य सृष्टिरूपी वृक्ष हो, त्यसको आयु भागवतमा धेरै लामो लेखिदिएका छन्। तर भागवत कुनै धर्म शास्त्र त होइन। गीता धर्म शास्त्र हो, त्यसबाट देवीदेवता धर्म स्थापना भएको हो। बाँकी भागवत, महाभारत आदिबाट कुनै धर्म स्थापना हुँदैन। त्यसमा त श्रीकृष्णको इतिहास लेखिएको छ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमीले देवीदेवता धर्मका आत्माहरूलाई सम्झाऊ, तिमीले ८४ जन्म लिएका छौ। सत्ययुगमा केवल भारतवर्ष नै थियो र अरू कुनै धर्म थिएन। भारतवर्ष नै स्वर्ग थियो। भारतवर्ष नै उच्चभन्दा उच्च हो भनिन्छ अनि फेरि परमपिता परमात्मा शिवको जन्मस्थान हो भनिन्छ जहाँ उहाँ आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। शिवको पूजा पनि यहीँ हुन्छ, जयन्ती पनि यहीँ मनाइन्छ। अवश्य पतित दुनियाँमा नै आउनुभएको होला। सबैले पुकार्छन् पनि– पतितपावन आउनुहोस्! भारतवर्ष पावन थियो, फेरि ८४ जन्मको चक्कर लगाएको छ। जो पावन स्वर्गवासी थिए, अब उनीहरू नर्कवासी पतित बनेका छन्। पावन बनाउनुभयो शिवबाबाले, पतित बनायो रावणले। यस समयमा छ नै रावणको राज्य। हरेक नर नारीमा ५ विकार छन्। सत्ययुगमा विकार नै थिएनन् । सबै निर्विकारी थिए। अब पतित छन् त्यसैले त बोलाउँछन्– आउनुहोस्, आएर हामीलाई फेरि पावन बनाउनुहोस्! सत्ययुगमा हामी पावन थियौँ, २१ जन्म रामराज्यमा थियौँ। अहिले त छ रावण राज्य, सबै विकारी छन्। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। यसले आदि-मध्य-अन्त्य दुःख दिन्छ। अब यिनीहरूमाथि विजय पाएर पावन बन। तिमीले जन्मजन्मान्तर पाप गरेका छौ। सबैभन्दा तमोप्रधान बनेका छौ, आत्मामा खाद पर्दै गयो। पहिला त सत्ययुगी थियौ, फेरि त्रेतायुगी, त्यसपछि फेरि द्वापरयुगी... खाद पर्दा पर्दै सिँढी ओर्लंदै आयौ। भारतवर्षको नै कुरा हो। सत्ययुगमा ८ जन्म, फेरि त्रेतामा १२ जन्म, फेरि उनै भारतवर्षका आत्माहरू चन्द्रवंशी, वैश्य वंशी... बन्छन्। आत्मा अपवित्र बन्छ।

बाबा भन्नुहुन्छ– म आएर कल्प कल्प विश्वलाई स्वर्ग बनाउँछु, फेरि रावणले नर्क बनाउँछ, ड्रामा यस्तै बनेको छ। अब बाबा सम्झाउनुहुन्छ– ज्ञान सागर त शिवबाबा हुनुहुन्छ नि। उच्चभन्दा उच्च शिव सबैको पूज्य हुनुहुन्छ। पहिला सुरुमा उहाँको पूजा हुन्छ। उहाँ हुनुहुन्छ बेहदको बाबा। अवश्य उहाँबाट बेहदको वर्सा मिल्छ। मानिसहरूले भुलेका छन्, भगवान एक निराकारलाई नै भनिन्छ। उहाँलाई मानिसहरूले याद पनि गर्छन्। यस्तो होइन, सबै भगवान नै भगवान हुन्। एकातिर भगवानलाई याद पनि गर्छन्, फेरि ग्लानि पनि गर्छन्। एकातिर भन्छन्– सर्वव्यापी हुनुहुन्छ र फेरि भन्छन्– पतितपावन आउनुहोस्! बाबा आएर ब्रह्मा तनबाट ब्रह्मामुख वंशावली ब्राह्मणहरूलाई नै सम्झाउनुहुन्छ। अहिले तिमी ब्राह्मणहरू टुपी हौ। ब्राह्मणहरू भन्दा माथि हुनुहुन्छ शिव। विराट रूपमा देवता, क्षत्रिय, वैश्य, शूद्र देखाउँछन्। त्यहाँ ब्राह्मणहरूको नाम नै छैन किनकि देख्छन्– ब्राह्मण त विकारी छन्। फेरि देवताहरूभन्दा उत्तम कसरी भनौँ। बाबा सम्झाउनुहुन्छ– उनीहरूले पनि गायन गर्छन्– ब्राह्मण देवताय नमः। यथार्थमा कसैलाई पनि थाहा छैन, यिनीहरूको राज्य कहिले थियो? स्वर्ग कहाँबाट आयो? अहिले तिमीले बुझेका छौ– बाबा आएर ब्रह्माद्वारा स्वर्गको स्थापना गर्नुहुन्छ, शङ्करद्वारा नर्कको विनाश गराउनुहुन्छ। महाभारतको लडाइँ पनि भएको थियो नि, जसबाट स्वर्गका गेट खुलेका थिए। गायन गर्छन् तर केही पनि बुझ्दैनन्। यो पनि देखाउँछन्– यस रुद्र ज्ञान यज्ञबाट विनाश ज्वाला प्रज्वलित भयो। अवश्य अहिले त्यही पार्ट चलिरहेको छ। ५ हजार वर्ष पहिला पनि लडाइँ भएको थियो जसबाट पतित दुनियाँ विनाश भएको थियो। गीताको ज्ञान सुनाउँदा भन्छन्– ३ सेना थिए, युरोपवासी यादव सेना जसले विज्ञानबाट मुसल (मिसाइल) आविष्कार गरे। गीताको समयदेखि अहिलेसम्म पूरा ५ हजार वर्ष भयो। बाबा सम्झाउनुहुन्छ– यी ३ सेना अहिले पनि छन्। गायन गरिएको छ– विनाश काले विपरीत बुद्धि अर्थात् परमपिता परमात्मासँग विपरीत बुद्धि छन्। उहाँलाई चिन्दैनन्, तिमी बाहेक उहाँसँग अरू कसैको प्रीत छैन। सबैको विनाश काले विपरीत बुद्धि छ। बाँकी तिमी पाण्डवहरूको छ प्रीत बुद्धि। तिमीले शिवबाबालाई मात्रै याद गर्छौ। तिमीलाई थाहा छ– शिवबाबा हामीलाई २१ जन्मको वर्सा दिन आउनुभएको छ। तिम्रो प्रीत बुद्धि छ शिवबाबासँग। बाँकी अरू कसैले पनि बाबालाई चिन्दै चिन्दैनन् भने ३ सेना भए नि। तिमी हौ पाण्डव सेना। यो विनाशकाल त हो नै। तिमीलाई थाहा छ– मृत्यु सामुन्ने उभिएको छ। शिवबाबा भन्नुहुन्छ– तिमी पवित्र बन्यौ भने नयाँ दुनियाँको मालिक बन्नेछौ। सत्ययुगमा एउटै देवी देवता धर्म थियो अरू कुनै धर्म थिएन। अहिले अरू सबै धर्म छन्, बाँकी आदि सनातन देवी देवता धर्म छैन। आफूलाई देवीदेवता सम्झँदै सम्झँदैनन्। भन्छन्– हामी त पतित हौँ। देवताहरूको अगाडि महिमा गाउँछन्– हजुर सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण हुनुहुन्छ। आफूलाई भन्छन्– हामी विकारी हौँ। मै निर्गुण हारे में कोई गुण नाही। बाबालाई याद गर्छन्। तिमीले पनि एक बाबालाई याद गर्नुछ। बाबालाई याद नगरी पावन बन्दैनौ अनि उच्च पद पनि पाउँदैनौ। अपवित्र दुनियाँको विनाश भएपछि मात्र दुनियाँमा शान्ति हुन्छ। मानिसहरूले भारतवर्षमा र दुनियाँमा शान्ति होस् भनेर कोसिस गर्छन्। तर त्यो त एक बाबाको नै काम हो। मानिसहरू त छन् नै विकारी। उनीहरूले शान्ति कसरी स्थापना गर्न सक्छन्। घर घरमा नै झगडा छ। बाबालाई नचिनेका हुनाले बिल्कुलै अनाथ बनेका छन्। सत्ययुगमा बिल्कुलै पवित्रता, सुख, शान्ति थियो। अहिले फेरि बाबाले त्यो पवित्रता, सुख-शान्ति स्थापना गरिरहनुभएको छ र अरू कसैले त्यो स्थापना गर्न सक्दैनन्। भारतवर्षका अहिले नर्कवासी छन्। स्वर्गमा हुँदा पुनर्जन्म पनि स्वर्गमा लिन्थे। अहिले पतित छन्, त्यसैले पतितपावन बाबालाई याद गर्छन्। अहिले त बच्चाहरूलाई थाहा भएको छ– पारलौकिक बाबालाई याद गरेका हुनाले नै विकर्म विनाश हुन्छन्। लौकिक पिताबाट त हदको वर्सा मिल्छ। पारलौकिक बेहदको बाबाबाट बेहदको वर्सा लिइरहेका छौ। यो बुझ्ने कुरा हो। यो कुनै सतसङ्ग होइन। त्यो हो भक्तिमार्ग, यो हो ज्ञानमार्ग।

तिमीलाई खुसी हुन्छ, बाबाले हामीलाई स्वर्गवासी बनाउनुहुन्छ। जो कल्प पहिला स्वर्गवासी बनेका छन्, उनीहरू नै अब फेरि बन्नेछन्। ब्राह्मण नबनी देवता कहिल्यै बन्न सक्दैनौ। यो बुझ्ने कुरा हो नि। अहिले त भारतवर्षमा कुनै कला रहेको छैन। कसैलाई पनि थाहा हुँदैन। कुम्भकर्णको निद्रामा सुतिरहेका छन्, तिमीलाई बाबाले अहिले जगाउनुभएको छ। तिमी यहाँ आएका छौ स्वर्गवासी बन्न। बाबा बाहेक अरू कसैले बनाउन सक्दैनन्। स्वर्ग भनिन्छ, सत्ययुगलाई। नर्क भनिन्छ, कलियुगलाई। यथा राजारानी तथा प्रजा। अहिले सबै विकारबाट पैदा हुन्छन्, देवताहरू कहिल्यै विकारबाट पुनर्जन्म लिँदैनन्। बच्चाहरूले अहिले बाबासँग पवित्र रहने प्रतिज्ञा गर्छन् तर ज्ञानमा चल्दा चल्दै हार खान्छन् अनि गरेको कमाइ चट हुन्छ। ठुलो जोडले चोट लाग्छ। आश्चर्यवत् सुन्छन्, सुनाउँछन् फेरि भाग्छन्। हुन त साक्षात्कार पनि गर्छन् तर साक्षात्कारमा माया धेरै प्रवेश हुन्छ। जसरी रेडियोमा एकअर्काको कुरा सुन्न नसकुन भनेर बीचमा गडबड गरिदिन्छन्। यो पनि यस्तै हो। योगमा मायाले विघ्न पार्छ। मेहनत सबै योगमा नै छ। भारतवर्षको प्राचीन योग भनिएको छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) एक बाबासँग सच्चा प्रीत राखेर सच्चा सच्चा पाण्डव बन्नुछ। मृत्यु सामुन्ने उभिएको छ त्यसैले पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्नुछ।

२) काम महाशत्रु जसले आदि-मध्य-अन्त्य दुःख दिन्छ, त्यसमाथि विजय प्राप्त गरेर पावन बन्नुछ, यादद्वारा विकारहरूको खाद निकालेर आत्मालाई सत्ययुगी बनाउनु छ।

वरदान:–
मरजीव ा जन्मको स्मृतिद्वारा कर्मबन्धनलाई सम्बन्धमा परिवर्तन गर्ने परोपकारी भव

अहिले मरजीवा जन्म भएका हुनाले लौकिक कर्मबन्धनको सम्बन्ध श्रीमतको आधारमा सेवाको सम्बन्धको आधार हो। कर्मबन्धन होइन सेवाको सम्बन्ध हो। सेवाको सम्बन्धमा विभिन्न प्रकारका आत्माहरूको ज्ञान धारणा गरेर चल्यौ भने बन्धनमा हैरान हुँदैनौ। तर अति पाप आत्मा, अपकारी आत्मासँग पनि नफरत वा घृणाको सट्टा, रहमदिल बनेर दयाको भावना राखेर सेवाको सम्बन्ध सम्झेर सेवा गरेमा नामीग्रामी विश्व कल्याणी वा परोपकारी कहलाउँछौ।

स्लोगन:–
समय वा परिस्थिति अनुसार वैराग्य आयो भने यो पनि अल्पकालको वैराग्य हो, सदाकालको वैरागी बन।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

कुनै पनि प्रकारको विघ्न वा समस्या अथवा मायाको आक्रमण, आक्रमण होइन तर खेल समान अनुभव भयो भने खेल सम्झेमा खुसी खुसीले पार गर्नेछौ र अवस्था एकरस हुनेछ। तर यसलाई आक्रमण सम्झ्यौ भने आत्तिन्छौ र हलचलमा पनि आउँछौ। मायाको काम हो आउनु र तिम्रो काम हो विजयी बन्नु।