22.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
आउनुभएको छ तिमी बच्चाहरूको सेवा गर्न , तिमीहरू पनि बाबा समान बनेर सबैको सेवा गर।”
प्रश्न:–
ब्रह्माबाबाको
कुन एउटा विचार चल्थ्यो, जसमा शिवबाबा भन्नुहुन्छ “वेट एन्ड सी” चिन्ता नगर?
उत्तर:–
ब्रह्माबाबाको
विचार चल्थ्यो, समय बडो नाजुक हुँदै गइरहेको छ, बच्चाहरूलाई अविनाशी ज्ञान रत्न लिन
बाबाकहाँ आउनु नै छ, यति धेरै बच्चाहरू आएर कहाँ बस्छन्। कति भवनहरू बनाउनुपर्छ।
शिवबाबा भन्नुहुन्छ वेट एन्ड सी। कल्प पहिला जसरी आएर बसेका थिए त्यसरी नै बस्छन्।
तिमीले चिन्ता नगर, तिमीले केवल पढिराख, मनमनाभव। तिमीले कर्मातीत बन्ने पुरुषार्थ
गर्नुछ।
गीत:–
तुम्हें पाके
हमने...
ओम् शान्ति ।
बाबा पनि
भन्नुहुन्छ प्यारा बच्चाहरू ओम् शान्ति! अरू के भन्नुहुन्छ र! बच्चाहरूलाई
भन्नुहुन्छ– प्यारा बच्चाहरू, ओम् शान्ति, तत्त्वम्! हे प्यारा बच्चाहरू तिमी पनि
शान्त स्वरूप हौ! तिमी पनि मास्टर पतित-पावन हौ। यस्तो अरू कसैले भन्न सक्दैनन्।
भनिन्छ– जस्तो काग त्यस्तै बच्चा। तिमी बच्चाहरूलाई पनि थाहा छ– जस्तो बाबा त्यस्तै
हामी। बाबा भन्नुहुन्छ– म ज्ञानको सागर हुँ। तिमी बच्चाहरूले पनि बुझेका छौ– हामी
मास्टर ज्ञान सागर हौँ, अर्थात् नदीहरू हौँ। सागरका बालबच्चाहरू पनि हुन्छन् नि।
ठुला ठुला नदीहरू पनि हुन्छन्। ठुला ठुला तलाउ, ठुला ठुला सरोवर पनि हुन्छन्। ती
हुन् जड, तिमी हौ चैतन्य। सागरबाट नै निस्किएका हौ। कति बच्चीहरूले यी कुरा पनि
बुझ्दैनन् किनकि बच्चीहरूले पढेलेखेका छैनन्। बाबाले एकपटक सोध्नुभएको थियो– चिनी
केबाट बन्छ? सखर केबाट बन्छ? अनि भने रातो उखुबाट सखर बन्छ, सेतो उखुबाट चिनी बन्छ।
बिचरा पढेलेखेका छैनन्। अब बाबाले तिमीलाई कति ठुला कुरा सम्झाउनुहुन्छ। पानीको
सागरबाट पानीकै नदीहरू निस्कन्छन्। मानिसहरू धेरै बढ्दै जान्छन् त्यसैले पानी पनि
धेरै चाहिन्छ नि। कति नहरहरू आदि बनाइरहन्छन्। त्यसैले तिमी बच्चाहरूले उठ्दाबस्दा,
हिँड्दाडुल्दा यही ख्याल राख्नुछ– हामीले यस पतित दुनियाँलाई पावन बनाउँछौँ। गीतमा
पनि भन्छौ बाबा हामी हजुरबाट विश्वको बादसाहीको वर्सा लिन्छौँ। यो बादसाही हामीबाट
कसैले खोस्न सक्दैन। २१ जन्म यो राज्य भाग्य कायम रहन्छ। बेहदका बाबा आएर बेहदको
राज्य भाग्य दिनुहुन्छ। राज्य भाग्य चलाउन लायक बनाउनुहुन्छ, पवित्र बनाउनुहुन्छ।
बोलाउँछन् पनि, हे पतित-पावन आउनुहोस्! यसरी कुनै श्रीकृष्णलाई बोलाउँदैनन्।
निराकार भगवानलाई बोलाउँछन्। हे पतित-पावन! भन्दा बुद्धिमा श्रीकृष्णको याद आउँदैन,
परमात्माको याद आउँछ। बाबा आएर हरेक कुरा सम्झाउनुहुन्छ। अहिले तिमी बच्चाहरू बाबाको
सम्मुख बसेका छौ। यिनी कुनै साधुसन्त होइनन्। तिमीलाई थाहा छ– निराकार शिवबाबा यी
ब्रह्माको तनमा प्रवेश गरेर हामीलाई पढाउनुहुन्छ। गायन पनि छ– परमपिता परमात्माले
ब्रह्माको तनद्वारा आदि सनातन देवीदेवता धर्मको स्थापना गर्नुहुन्छ। विनाश, स्थापना
पछि नै हुन्छ। यसबाट सिद्ध हुन्छ, पुरानो दुनियाँमा आउनुहुन्छ। ब्रह्माद्वारा
स्थापना नयाँ दुनियाँको, शङ्करद्वारा अनेक धर्महरूको विनाश। सत्ययुगमा एक धर्म थियो,
अहिले त अनेक धर्म छन्। एक धर्म हुने देवीदेवताहरूका निसानी चक्र आदि हुन्। यी
लक्ष्मीनारायणलाई भनिन्छ नै विश्वका मालिक। स्वर्गका मालिक सो विश्वका मालिक भए। यी
कुरा अहिले तिमी बच्चाहरूको बुद्धिमा बसेका छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू,
मनमनाभव! तिमी बच्चाहरूलाई घरी घरी यो सावधानी मिल्छ। बाबालाई र वर्सालाई याद गर।
यो कुरा नभुल अरू कुरा भुलिन्छ, यो त मुख्य हो नि। बाबा नै पतित-पावन हुनुहुन्छ।
पावन बन्न बाबाले यही युक्ति बताउनुहुन्छ। बाबा भन्नुहुन्छ, तिमी सतोप्रधान थियौ।
अब तमोप्रधान पतित बनेका छौ। ८४ जन्म पूरा लिएका छौ। अब तिमी फेरि सतोप्रधान बन्नुछ।
सतोप्रधान बनेपछि मात्र तिमी पवित्र दुनियाँमा जान सक्छौ। निराकारी दुनियाँ पनि
पवित्र हुन्छ, साकारी दुनियाँ पनि पवित्र हुन्छ। अपवित्र पतित दुनियाँ यो हो। आत्मा
पनि तमोप्रधान हुन्छ त्यसैले शरीर पनि तमोप्रधान हुन्छ। यो त सृष्टिको नाटक हो, यसमा
ब्रह्माण्ड र सूक्ष्मवतन पनि आउँछ। सृष्टिको चक्र यहाँ घुम्छ। सत्ययुग त्रेता यही
हुन्छ। यी युगहरू कुनै सूक्ष्मवतन वा मूलवतनमा हुँदैनन्। यी युगहरू यहाँ नै हुन्छन्।
यसलाई मनुष्य सृष्टि भनिन्छ। त्यो हो आत्माहरूको निराकारी दुनियाँ। अनि त्यो हो
ब्रह्मा, विष्णु, शङ्करको आकारी दुनियाँ। यो साकारी सृष्टि कति ठुलो छ। सत्ययुगमा
सृष्टि कति सानो हुन्छ। त्यहाँ हुन्छ नै एक धर्म। बाँकी मानिसहरूले जुन भन्छन् त्यहाँ
पनि दैत्य आदि थिए, यो सबै झुटो हो।
तिमीलाई थाहा छ, नयाँ
दुनियाँको स्थापना, पुरानो दुनियाँको विनाश हुन्छ भनिएको छ। सबैको विनाश हुन्छ र
सत्ययुग स्वर्गको स्थापना हुन्छ। तिमीले पनि बाबासँगै सेवा गरिरहेका छौ। बाबा पनि
आउनु हुन्छ नै बच्चाहरूको सेवा गर्न। उहाँ हुनुहुन्छ बेहदको बाबा। बाबाले मेरा
बच्चाहरू धेरै दुःखी छन् भन्ने देख्नुभयो भने पक्कै बाबालाई दया लाग्छ नि! उहाँ
हुनुहुन्छ नै दयालु बाबा। अहिले सारा दुनियाँमा अशान्ति छ। एक बाबा सिवाय बाहेक अरू
कसैले शान्ति दिन सक्दैन। हठयोगी पनि अथाह छन्। आत्माको लागि भनिदिन्छन् त्यो
निर्लेप छ। मानिसहरूलाई उल्टो कुरा सुनाइदिन्छन्। वास्तवमा आत्माको सफाइ हुनुपर्छ।
आत्मामा नै खाद मिसिएको छ र यो कुरा कसैलाई थाहा छैन। भन्छन् पनि यो पाप आत्मा हो।
धेरैले पाप गर्छन्। यो महात्मा हो, पुण्यात्मा हो। यस्तो भन्दैनन् महान परमात्मा
हो। संन्यासीहरूको लागि भन्छन् पवित्र आत्मा हुन् किनकि संन्यास गरेका छन्। अब बाबा
सम्झाउनुहुन्छ– आत्मालाई पवित्र बनाउने एक परमात्मा बाबा सिवाय अरू कोही हुन सक्दैन।
पतित दुनियाँमा पावन आत्मा कोही हुन सक्दैन। अहिले कलमी (स्यापलिङ) लाग्दै छ।
बिस्तारै-बिस्तारै हुर्कँदैजान्छ। यी साना साना मठ, पन्थ आदि हाँगाबिँगा हुन्। यसमा
कुनै मेहनत कहाँ लाग्छ र! अनेक प्रकारका मन्त्र दिन्छन्। किसिम किसिमका मन्त्र
दिन्छन्। यो पनि वशीकरण मन्त्र हो, जसबाट तिमीले ५ विकारहरूमाथि विजय पाउँछौ। राम
रामको मन्त्र जप्छन्, यसबाट त फाइदा केही पनि छैन। उहाँ बाबा भन्नुहुन्छ– मलाई याद
गरेमा तिम्रा पापहरू नाश हुन्छन्। तिमी पवित्र आत्मा बन्छौ। यादलाई नै योग भन्छन्।
भारतवर्षको प्राचीन योग धेरै प्रसिद्ध छ। यस योगबाट नै तिमीले विश्वमाथि विजय पाउँछौ।
भारतवर्षको राजयोग धेरै प्रख्यात छ। यो राजयोग बाबा बाहेक अरू कसैले सिकाउन सक्दैन।
तिमी हौ ब्रह्माकुमार, कुमारीहरू। बी. के. त यहाँ नै हुन्छन् नि। प्रजापिता
ब्रह्माका बच्चाहरू त अवश्य ब्रह्माको साथमा नै हुन्छन्। ब्राह्मण कुल पनि अवश्य
चाहिन्छ। यसलाई भनिन्छ– सर्वोत्तम उच्चभन्दा उच्च ब्राह्मण कुल। अहिले तिमी
ब्राह्मण हौ फेरि कोल्टे फेर्छौ। बाजोली खेल्छौ नि। शूद्रबाट ब्राह्मण बनेका छौ फेरि
देवता, क्षत्रिय... त्यसैले अब बाबा सम्झाउनुहुन्छ मीठा-प्यारा बच्चाहरू! यो धेरै
सानो कुरा हो, केवल बाबाको यादमा रहनुछ। यो पनि तिमीहरूको बुद्धिमा छ– बाबाले
हामीलाई ८४ जन्महरूको रहस्य बताइरहनुभएको छ। ८४ लाख अथवा ८४ जन्महरूको हिसाब त
हुनुपर्छ नि। कसैलाई पनि थाहा छैन। ८४ लाखको हिसाब त कसैले बताउन सक्दैन। मानिसहरूले
८४ जन्महरूको चक्कर लगाउँछन्। आत्माहरू माथिबाट आउँछन् पार्ट खेल्नको लागि।
सत्ययुगदेखि लिएर कलियुग अन्त्यसम्म आइ नै रहन्छन्। हरेकले आ-आफ्नो पार्ट
खेलिरहन्छन्। यी कुरा मनुष्य मात्रले जान्दैनन्। एक बाबाले मात्र जान्न सक्नुहुन्छ।
मानिसलाई कहिल्यै परमपिता, गड फादर भनिँदैन। गड फादर भन्दा फेरि निराकार शिवतिर
बुद्धि जान्छ। जीव आत्माको पिता त हुन्छ नि। आत्माले एक शरीर छोडेर अर्को लिन्छ।
निराकार बाबाको नाम शिव हो। तिम्रो पनि एउटै नाम छ, आत्मा। फेरि शरीरमा भिन्न भिन्न
नाम राख्छन्। परमपिता परमात्मा पनि शरीरमा आएर ज्ञान सुनाउनुहुन्छ। शरीर बिना कहाँ
सुनाउनुहुन्छ र! त्यसैले बाबा सम्झाउनुहुन्छ, यिनको आफ्नो नाम छ, मेरो शरीरको कुनै
नाम छैन, न म पुनर्जन्ममा आउँछु। म यिनमा प्रवेश गर्छु, यिनलाई पनि थाहा हुँदैन।
त्यसको कुनै तिथि मिति छैन। हो, म कल्पको अन्त्य अर्थात् रातमा आउँछु। अहिले रात छ
नि। यो हो नै पतितहरूको दुनियाँ। म आउँछु पावन दुनियाँ अर्थात् दिन बनाउन। यो पनि
जान्दैनन्, बाबाले कहिले प्रवेश गर्नुभयो। हो, विनाशको साक्षात्कार गरे। धेरै
ध्यानमा जान्थे, उनीहरूले कुनै तिथि, मिति, समय निकाल्न सक्दैनन्। श्रीकृष्णलाई पनि
पुज्छन्, उनको जन्म रातमा भएको देखाउँछन्। कुन समय, कति मिनेट आदि सबै निकाल्छन्।
बाबा भन्नुहुन्छ– म त हुँ नै निराकार। जसरी अरू मानिसले जन्म लिन्छन् त्यसरी मेरो
जन्म कहाँ हुन्छ र! मेरो त दिव्य अलौकिक जन्म हुन्छ। म यिनमा प्रवेश गर्छु फेरि
गइहाल्छु। साँढेमाथि दिनभरि कहाँ सवार हुन्छु र! मलाई जुन बेला बच्चाहरूले याद
गर्छन्, त्यतिबेला म हाजिर हुन्छु। बाबा आएर बच्चाहरूसँग मिल्नुहुन्छ, गुडमर्निङ
भन्नुहुन्छ। जसरी मानिसहरू एकआपसमा मिल्छन्, राम राम वा नमस्ते भन्छन्। यो कुरा
रुहानी बेहदको बाबाले सम्झाउनुहुन्छ। म तिमी सबै बच्चाहरूको बाबा हुँ। त्यसैले
शिवबाबाका सन्तान तिमी सबै आत्माहरू भाइ भाइ हौ। यसमा तिमीहरूलाई खुसीको पारा
चढ्नुपर्छ। बेहदको बाबा आउनुभएको छ, हामीलाई बेहदको वर्सा दिइरहनुभएको छ।
बच्चाहरूलाई देखेर बाबालाई पनि खुसी हुन्छ, धेरै बच्चाहरू छन्। बच्चाहरूलाई थाहा छ–
बाबाले हामीलाई स्वर्गको मालिक बनाइरहनुभएको छ, राज्य भाग्य दिनुहुन्छ। प्रजाले पनि
भन्छन्– यो हाम्रो राज्य हो। जसरी भारतका मानिसहरूले भन्छन् भारत हाम्रो देश हो।
राजा प्रजा दुवैले भन्छन् यो हाम्रो देश हो। तिमी बच्चाहरू नर्कवासी छौ फेरि
स्वर्गवासी बन्छौ। बाबालाई र वर्सालाई याद गर्नुछ बाबाले अरू कुनै कष्ट दिनुहुन्न।
बस्नु पनि छ गृहस्थ व्यवहारमा। यहाँ मधुवनमा आएर कहाँ बस्नुछ र! सबै दौडेर यहाँ आए
भने यति सबैलाई बाबाले कहाँ राख्न सक्नुहुन्छ! यति सबै धेरै बच्चाहरू एकैपटक कसरी
जम्मा हुन सक्छन्। सबै सेन्टरका बच्चाहरू एकैपटक जम्मा भएर भेटिन कसरी सक्छन्, कहाँ
बस्न सक्छन्। कठिन छ नि। दिनप्रतिदिन बच्चाहरू वृद्धि हुँदै जान्छन्, यसको पनि केही
युक्ति रच्नुपर्छ। यी सबै वरपरका भवनहरू लिनुपर्छ। घरधनीहरूसँग सोध्नुपर्छ, कति भाडा
माग्छन्। समयमै लिनुपर्छ नि! पैसाको कुनै कुरा छैन। समय बडो नाजुक हुँदै गइरहेको छ।
बाबा र बच्चाहरू दुवै अविनाशी हुन्। बाबाले बच्चाहरूलाई अविनाशी खजाना दिनुहुन्छ।
धेरै बच्चाहरू आउनुपर्छ। बाबा विचार गर्नुहुन्छ यति धेरै कहाँ आएर बस्छन्। बाबा
भन्नुहुन्छ तिमीले चिन्ता किन गर्छौ– “वेट एन्ड सी”। तिमीले पढिराख, मनमनाभव।
तिमी बच्चाहरूले यो
ख्याल राख्नुछ– अब हामी कर्मातीत अवस्थामा जानुछ, सतोप्रधान बन्नुछ। यादबाट नै पावन
बन्छौ। बाबाले धेरै सहज कुरा बताउनुहुन्छ। अति सहज छ केवल बाबालाई याद गर्नुछ। हेर
गाईको बाच्छोलाई आमा याद आयो भने कराउँछ नि। त्यो हो जनावर। तिमी बच्चाहरूले पनि
दुःखको चित्कार गरेका हौ नि। पछि गएर धेरै कराउनेछन्, धेरै याद गर्नेछन्। तिमी
बच्चाहरूलाई अब थाहा भएको छ– बाबा आउनुभएको छ, विनाश हुनु नै छ। प्राकृतिक प्रकोपहरू
आउनेछन्। सबै आपसमा लडाइँ झगडा गरिरहन्छन्। कति खर्च गरेर बमहरू बनाउँछन्, त्यसमा
धेरै पैसा जान्छ। खर्च हुन्छ नि। यति खर्च कहाँबाट ल्याऊने। मृत्युसँग डराउँछन् पनि।
तैपनि बमहरू बनाउन बन्द गर्दैनन्। बमको लडाइँ चल्नेछ। अहिले बनाउँछन् नै यस्ता बम
जुन खसेपछि मानिसहरू मरिहाल्छन्। चीज बनाउन पहिला टाइम लाग्छ फेरि मिनेट मोटर। छिटो
छिटो बनाउँदै जान्छन्। बमहरू पनि कुनै थोरै बन्छन् र? तिमी बच्चाहरूलाई थाहा छ– यस
पुरानो सृष्टिको विनाश हुनुछ। अब बेहदको बाबाबाट वर्सा लिनुछ।
गीता हो तिमी
बच्चाहरूको, देवीदेवता धर्मको शास्त्र। बाँकी साना साना छन्, तिनीहरूको कुनै गायन
छैन। ब्राह्मण धर्म हो सबैभन्दा उच्च। ब्राह्मणहरूको काम हो कथा सुनाउनु। तिमीले
भन्न सक्छौ– हामी ब्रह्माकुमार कुमारीहरू हौँ ब्रह्माका बच्चाहरू, हामीलाई
हजुरबुबाको वर्सा मिलिरहेको छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) ड्रामाको हरेक रहस्यलाई जानेर कुनै पनि कुराको चिन्ता गर्नुछैन। पढाइ पढिरहनुछ।
मनमनाभव भएर कर्मातीत बन्ने ख्याल राख्नुछ। स्वयंलाई सतोप्रधान बनाउनुछ।
२) हामी आत्माहरू
शिवबाबाका सन्तान आपसमा भाइ भाइ हौँ। शिवबाबाबाट वर्सा लिइरहेका छौँ। यही खुसीमा
रहनुछ।
वरदान:–
अन्त र
स्वरूपमा स्थित भए र आफ्नो वा बाबाको गुप्त रूपलाई प्रत्यक्ष गर्ने सच्चा स्नेही भव
जुन बच्चाहरू सदा
अन्तरको स्थितिमा अथवा अन्तर स्वरूपमा स्थित भएर अन्तर्मुखी रहन्छन्, उनीहरू कहिल्यै
कुनै कुरामा लिप्त हुन सक्दैनन्। पुरानो दुनियाँ, सम्बन्ध, सम्पत्ति, पदार्थ जो
अल्पकाल र देखावटी मात्र हुन् तिनीहरूबाट धोका खान सक्दैनन्। अन्तर स्वरूप (आत्मिक)
स्थितिमा रहनाले स्वयंको शक्तिस्वरूप जो गुप्त छ त्यो प्रत्यक्ष हुन्छ र यही
स्वरूपबाट बाबाको प्रत्यक्षता हुन्छ। त्यसैले यस्तो श्रेष्ठ कर्तव्य गर्नेहरू नै
सच्चा स्नेही हुन्।
स्लोगन:–
निश्चय र
जन्मसिद्ध अधिकारको शानमा रह्यौ भने हैरान हुनेछैनौ।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन
स्वच्छता पनि सरलताको
निसानी हो। जति सरलता त्यति स्वच्छता हुन्छ त्यसैले सबैलाई आफूतिर आकर्षित गर्छन्।
सच्चाइ र सफाइ पनि त्यतिबेला हुन्छ जुनबेला आफ्नो स्वभावलाई सरल बनाउँछौ। सरल
स्वभाव भएको व्यक्ति बहुरूपी पनि बन्न सक्छ। यस्ता सरल स्वभाव हुनेहरू सदा हर्षित
रहन्छन् र सर्वलाई आकर्षित गर्छन्।