22.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– विशाल बुद्धि बनेर ठुला बडा व्यक्तिहरूको अभिमत (ओपिनियन) लिएर अनेक आत्माहरूको कल्याण गर , उनीहरूबाट हल आदि लिएर खूब प्रदर्शनीहरू लगाऊ।”

प्रश्न:–
अहिले तिमीलाई कुन स्मृति आएको छ जसको याद गरेमा कहिल्यै दुःखी हुनेछैनौ?

उत्तर:–
अहिले स्मृति आएको छ हामी पूज्य राजा (राव) थियौँ, फेरि रङ्क बन्यौँ। अब फेरि बाबाले हामीलाई राजा बनाइरहनुभएको छ। बाबाले अहिले हामीलाई सारा विश्वको समाचार सुनाउनुहुन्छ, हामीले विश्वको इतिहास भूगोल जानेका छौँ। यिनै स्मृतिहरूको याद गरिरह्यौ भने कहिल्यै आफूलाई दुःखी सम्झनेछैनौ। सदा खुसी रहनेछौ।

गीत:–
नयन हीन को राह दिखाओ प्रभू...

ओम् शान्ति ।
मीठा-प्यारा सिकिलधे रुहानी बच्चाहरूले गीत सुन्यौ। बच्चाहरूले जान्दछौ बाबासँग मिल्न वा बाबाबाट वर्सा लिन धेरै सहज छ। भनिन्छ पनि, बाबाबाट एक सेकेन्डमा जीवनमुक्तिको वर्सा मिल्छ। जीवनमुक्ति अर्थात् सुख-शान्ति-सम्पत्ति आदिको वर्सा। जीवनमुक्ति र जीवनबन्ध दुई शब्द छन्। बच्चाहरूलाई थाहा छ, यस समयमा भक्तिमार्ग र रावण राज्यको कारण सबै जीवनबन्धमा छन्। बाबा आएर बन्धनबाट मुक्त गर्नुहुन्छ, वर्सा दिनुहुन्छ। जसरी बच्चा जन्मियो भने मातापिता, इष्टमित्र आदिले सम्झन्छन् वारिस पैदा भयो। जसरी यो कुरा बुझ्न सहज छ, त्यसैगरी यो पनि सहज छ, बच्चाहरूले भन्छन् बाबा कल्प पहिलाजस्तै हजुर आएर हामीसँग मिल्नुभएको छ। हजुरबाट नै सहजै वर्सा पाउने बाटो मिलेको छ। यो त हरेकलाई थाहा छ, नयाँ सृष्टिको रचयिता भगवान नै हुनुहुन्छ। उहाँले हामीलाई भट्किनबाट बचाउनुहुन्छ। हिजो भक्ति गर्थ्यौँ, आज बाबाबाट सहज ज्ञान र राजयोगको बाटो मिलेको छ। बच्चाहरूले आफ्नो अनुभव सुनाउँछन् दुई पिता हुन्छन् भन्ने हामीले बीकेद्वारा सुन्यौँ। यो दुई पिता हुन्छन् भन्ने कुरा तिमी बाहेक अरू कसैको मुखबाट निस्कन सक्दैन। तिम्रो हरेक कुरा अद्भुत (वन्डरफुल) छ। यो कुरा अहिले स्मृतिमा आएको छ, जो यहाँका हुन् तुरुन्तै उनीहरूको स्मृतिमा आउनेछ। हो, स्मृतिमा आएको कुरालाई पनि मायाले कुनैबेला जोडले थप्पड हानेर विस्मृत गरिदिन्छ। यसमा बच्चाहरू धेरै होसियार रहनुपर्छ। स्मृति त बाबाले दिलाउनुभएको हो। पवित्रताको कङ्गन पनि पूरा बाँध्नु छ। रक्षाबन्धनको रहस्य के हो, त्यो त अहिले तिमीलाई थाहा छ। कसले यो प्रतिज्ञा गराउनुभएको छ। काम त महाशत्रु हो। बाबा भन्नुहुन्छ– कहिल्यै पनि पतित बन्नेछैन भनेर मसँग प्रतिज्ञा गर अनि मलाई याद गरिरह्यौ भने आधाकल्पका पाप जलेर खतम हुनेछन्। बाबाले ग्यारेन्टी दिनुहुन्छ तर यो त तिमी बच्चाहरूले बुझ्छौ पनि– बाबाले ग्यारेन्टी दिनुहुन्छ यो कुरा त राम्रो हो नि! सुनारले पनि ग्यारेन्टी दिन्छन् हामीले पुरानो गहनालाई नयाँ बनाउँछौँ। त यो उनीहरूको काम नै हो। आगोमा राखेर गालेपछि अवश्य त्यो सक्कली सुन बन्छ। त्यसैले बाबा सम्झाउनुहुन्छ– आत्मामा पनि खाद परेको छ। आत्मा कसरी सतो, रजो, तमोमा आउँछ– यो धेरै सहज छ। चित्र पनि यसमा सहजै सम्झाउन सकियोस् भनेर नै बनाएका हुन्। युनिभर्सिटी, कलेज आदिमा पनि अनेक प्रकारका नक्साहरू हुन्छन् नि! तिम्रा पनि यी नक्साहरू हुन्। तिमीले राम्रोसँग कसैलाई पनि सम्झाउन सक्छौ। ज्ञान सागर पतितपावन बाबा नै आएर यो बाटो बताउनुहुन्छ। अरू कसैले पतितलाई पावन बनाउन सक्दैनन्। मानिसहरू नयनहीन दुःखी छन्। तिमी बच्चाहरूलाई थाहा छ, पहिला दुई युगहरूमा दुःख हुँदैन। न भक्ति हुन्छ। त्यो हो नै स्वर्ग। भारतवर्षका यस समयका मानिसहरू र भारतवर्षका प्राचीन मानिसहरूको बिचमा फरक छ नि! तर यो अरू कसैले बुझ्दैनन्। कति पूजा चल्छ। जति जति जो धनवान् हुन्छन्, त्यति देवीदेवताहरूलाई राम्रा गहना लगाइदिन्छन्। बाबा स्वयम् अनुभवी छन्। मुम्बइमा जुन लक्ष्मीनारायणको मन्दिर छ, त्यसमा उनीहरूका ट्रस्टीले लक्ष्मीनारायणको लागि हिराको हार बनाएका थिए। बाबालाई ती ट्रस्टीको नाम पनि याद छ। पहिला शिवबाबाको मन्दिर बनाए अनि उनको मूर्तिलाई धेरै सजाए, फेरि देवताहरूको बनाए अनि लक्ष्मीनारायण आदिलाई पनि कति गहना लगाइदिए। त्यतिबेला कति धन होला। मुहम्मद गजनवीले कति उँट भरेर लगे। भारतवर्षमा कति अथाह धन थियो। अहिले तिमीले यथार्थ रीतिले जानेका छौ। हाम्रो भूमि के थियो! हाम्रो भूमिमा कुबेरको खजाना थियो। यहाँ हिराजुहारतका मन्दिर बनाउँथे। अहिले ती कुराहरू छैनन्, सबै लुटेर लगे। अहिले त के हाल भएको छ।

तिमी नै पूज्य राजा थियौ, फेरि तिमी नै ८४ जन्म लिएर पूरा रङ्क बनेका छौ। यस्ता यस्ता कुराहरू घरी घरी याद गर्नुपर्छ। अनि फेरि कहिल्यै पनि तिमीले आफूलाई दुःखी सम्झनेछैनौ। मनमा याद गरिरहनेछौ, हामीले बाबाबाट के लिइरहेका छौँ। बाबा आएर हामीलाई सारा विश्वको समाचार सुनाउनुहुन्छ। यो विश्वको इतिहास भूगोल कसैलाई पनि थाहा छैन। तिमीलाई थाहा छ, पहिला एक धर्म, एक राज्य, एक मत, एक भाषा थियो। सबै सुखी थिए। पछि यिनीहरू आपसमा लडाइँझगडा गर्न थाले र भारतवर्ष टुक्रा टुक्रा हुन थाल्यो। पहिला यस्तो थिएन। त्यहाँ कुनै पनि किसिमको दुःख थिएन। रोगव्याधिको नामनिसान थिएन। त्यसको नाम नै हो स्वर्ग। तिमीलाई आफ्नो स्मृति आएको छ। अवश्य कल्प कल्प हामीलाई विस्मृति हुन्छ, फेरि स्मृतिमा आउँछ। पहिलो एउटै यो भूल भयो जसले गर्दा रचयिता र रचनालाई भुल्यौ। अहिले तिमीले आदि-मध्य-अन्त्यलाई जान्दछौ। सत्ययुगमा पनि यो ज्ञान हुँदैन, त्यसोभए परम्परा कसरी चल्न सक्छ। त्यतिबेला त मुख्य राजाहरू नै हुन्छन्। ऋषिमुनि कहाँ हुन्छन् र! उनीहरू द्वापरदेखि आउँछन्। ऋषिमुनि आदिलाई खानपान पनि राजाहरूबाट नै मिल्छ। राजाहरूले उनीहरूलाई सम्हाल्छन् किनकि फेरि पनि संन्यास गर्छन् नि! प्राचीन भारतवर्षको प्राचीन राजयोग भनिन्छ। प्राचीन ऋषिमुनि भनिँदैन। उनीहरू त द्वापरमा नै आउँछन्। उनीहरू राजाहरूको आधारमा चल्छन्। भन्छन्, हामीले रचयिता र रचनालाई जान्दैनौँ। बाबा भन्नुहुन्छ– यो कुरा स्वयम् राजाहरूलाई पनि थाहा छैन। यस दुनियाँमा कसैलाई पनि यो ज्ञान थाहा छैन। अहिले तिमी बच्चाहरू समझदार बनेका छौ। जसले लक्ष्मीनारायणका मन्दिर बनाउँछन्, उनीहरूलाई तिमीले लेख्न सक्छौ। यति लाखौँ रुपैयाँ खर्च गरेर मन्दिर बनाउनुभएको छ तर उनीहरूको जीवनी तपाईंलाई थाहा छ? यिनीहरूले राज्य कसरी पाए, फेरि कहाँ गए। अहिले कहाँ छन्, हामीले तपाईंलाई सबै रहस्य बताउन सक्छौँ। उनीहरूलाई यसरी लेख्न सक्छौ। तिमी बच्चाहरूले त हरेकको जीवनीलाई जानिसकेका छौ त्यसैले किन नलेख्ने। हामीलाई टाइम देऊ अनि हामीले एकएकको जीवनी बताउनेछौँ। जसले शिवको मन्दिर बनाउँछन्, उनीहरूलाई पनि तिमीले लेख्न सक्छौ। बनारसमा शिवको मन्दिर कति ठुलो छ। त्यहाँ पनि ट्रस्टीहरू होलान्। कोसिस गर्नुपर्छ– ठुलाबडा व्यक्तिहरूलाई सम्झाऊँ। ठुलाबडा मानिसहरूले बुझे भने उनीहरूको कुरा धेरैले सुन्छन्। गरिब मानिसहरूले तुरून्त सुन्छन्। ठुलाबडा व्यक्तिहरूको मदत लिनु छ। अभिमत पनि ठुलाबडा व्यक्तिहरूको लेखाउनु छ किनकि उनीहरूको भनाइले पनि मदत गर्छ। वास्तवमा उनीहरूले अरूलाई त्यति सुनाउँदैनन् जति सुनाउनुपर्छ। तिमीले राष्ट्रपतिलाई पनि सम्झाउँछौ। राम्रो राम्रो पनि भन्छन्। मुख्य मन्त्री, प्रदेश प्रमुख आदिले उद्घाटन गर्छन् अनि लेख्छन् यी बीकेहरूले त ईश्वरसँग मिल्ने धेरै राम्रो सहज मार्ग बताउँछन्। तर ईश्वर भनेको के कुरा हो, यो केही पनि बुझ्दैनन्। केवल त्यतिबेला भन्छन्, यो मार्ग बडो राम्रो छ,शान्ति प्राप्त गर्न यो मार्ग राम्रो छ। तर स्वयम् बुझ्दैनन्।

बाबाले ठुलाबडा व्यक्तिहरूलाई पनि सम्झाउनको लागि भन्नुहुन्छ। ठुलाबडा मानिसहरूबाट जुन ठुला ठुला नामी हल छन्, ती हलहरू लेऊ। भन, हामीले सबै मानिसहरूको कल्याणको लागि सदाको लागि यस हलमा यो प्रदर्शनी गर्न चाहन्छौँ, केवल यसको विज्ञापन गर्नु छ। यस्ता ५० वा १०० हल लिनुपर्छ। भारतखण्ड त धेरै ठुलो छ नि! एक एक सहरमा १०-१२ हल लेऊ। अखबारमा छपाऊ यति हलहरूमा प्रदर्शनी भइरहेको छ। जसलाई बुझ्नु छ उहाँहरू आएर बुझ्न सक्नुहुन्छ। अनि कतिको कल्याण हुनेछ। बच्चाहरू बडो विशाल बुद्धि बन्नुपर्छ। बच्चाहरूले सेवा गर्नुपर्छ नि! बाबा सबै बच्चाहरूलाई भन्नुहुन्छ, जोडतोडले धेरै प्रदर्शनीहरू गर। बाबाले तयारी गराइरहनुभएको छ। बच्चाहरूले कोसिस गर्नुपर्छ, यी सबै बुझ्ने कुराहरू हुन्। भगवान आउनुहुन्छ, प्रजापिता ब्रह्माद्वारा प्रजाको रचना रच्नुहुन्छ। त्यसोभए अवश्य कति ब्राह्मण रचिएका होलान्। अब फेरि रचिरहनुभएको छ। कति ब्राह्मण-ब्राह्मणीहरू छन्। बाबाले यो ब्राह्मण धर्म रच्नुहुन्छ सङ्गममा। तिमीले प्राक्टिकलमा देखिरहेका छौ र बुझिरहेका छौ। यी कुराहरू कुनै शास्त्रहरूमा छैनन्। तिमी बच्चाहरूले बुझेका छौ, बाबा आउनु हुन्छ नै पतित दुनियाँलाई पावन बनाउनु पर्ने भएपछि मात्रै। यो पनि तिमीहरूलाई थाहा छ, परमात्माले प्रजापिता ब्रह्माद्वारा नै रचना रच्नुहुन्छ। तर कहिले रच्नुहुन्छ– यो जान्दैनन्। उनीहरूले सम्झन्छन्, कुनै नयाँ रचना रच्नुहुन्छ होला। ब्रह्मालाई त सूक्ष्मवतनमा हुनुहुन्छ भन्ने सम्झन्छन्। अहिले तिमीले बुझेका छौ, प्रजापिता ब्रह्मा त यहाँ छन्। तिमी सूक्ष्मवतनमा जान्छौ। पवित्र बनेर फेरि फरिस्ता बन्छौ, त्यसको साक्षात्कार गर्छौ। बच्चाहरू आएर सुनाउँछन्, त्यहाँ चलचित्र (मुभी) चल्छ। त्यो हो नै इसाराको दुनियाँ, तिमीले मुभी बाइसकोप पनि देखेका थियौ। अहिले प्राक्टिकल सबै कुराहरूलाई तिमीले जानिसकेका छौ। मूलवतन हो साइलेन्स वर्ल्ड, त्यहाँ आत्माहरू रहन्छन्। सूक्ष्मवतनमा सूक्ष्म शरीर पनि हुन्छ। त्यसोभए अवश्य त्यहाँ कुनै भाषा पनि होला। तिमी बच्चाहरूको बुद्धिमा छ, हामी आत्माहरूको स्थान शान्तिधाम हो, फेरि हुन्छ सूक्ष्मवतन। त्यहाँ ब्रह्मा-विष्णु-शङ्कर हुन्छन्। अनि यो हो कलियुग र सत्ययुगको सङ्गम। यहाँ बाबा आउनुहुन्छ, यहाँबाट तिमी ब्राह्मणहरू जान्छौ। माइतीघर र पराइघर हुन्छ नि! यहाँ दुवै तिम्रा माइतीघर हुन्। बापदादा दुवैले मेहनत गर्नुहुन्छ बच्चाहरूलाई गुलगुल (फूल) बनाउन। मुसलमानले पनि भन्छन् गार्डेन अफ अल्लाह, अल्लाहको बगैँचा। कराँचीमा एक पठान थियो– ऊ सामुन्ने उभिन्थ्यो। हेर्दाहेर्दै लड्थ्यो। सोध्यो भने भन्थ्यो, म खुदाको बगैँचामा गएँ, खुदाले फूल दिनुभयो। तर उसलाई त ज्ञान थिएन। अहिले तिमीले बुझेका छौ, बगैँचा केलाई भनिन्छ। यो हो काँडाहरूको जङ्गल अनि त्यो हो फूलहरूको बगैँचा। तिम्रो बुद्धिमा सारा रहस्य छ। सत्ययुग के हो, कलियुग के हो। तिमीलाई धेरै खुसी हुनुपर्छ। सारा चक्र तिम्रो बुद्धिमा छ। यसको विस्तार त धेरै छ। तिम्रो बुद्धिमा कति संक्षिप्त रूपमा बसेको छ।

तिमी बच्चाहरूले रचयिता बाबाद्वारा रचयिता र रचनालाई जानेका छौ। ब्रह्मालाई रचयिता भनिँदैन। रचयिता एक हुनुहुन्छ– बलिहारी पनि एकको हुन्छ। पहिला सुरुमा रचना ब्रह्माको हुन्छ, फेरि भनिन्छ श्रीकृष्णको। ब्रह्मा त छन्, ब्राह्मण पनि अवश्य चाहिन्छ। पाण्डवहरूलाई ब्राह्मण हुन् भन्ने जान्दैनन्। ब्रह्माद्वारा रचना गर्न ब्राह्मण चाहिन्छ। यो हो रुहानी यज्ञ, यसलाई आध्यात्मिक ज्ञान भनिन्छ। रुह, आत्मालाई उहाँ बाबाले नै ज्ञान दिनुहुन्छ। तिमीलाई थाहा छ, हामीलाई मानिसले पढाउँदैनन्। सबै आत्माहरूलाई बाबाले पढाउनुहुन्छ। भन्छन् पनि, ब्रह्माद्वारा स्थापना। श्रीकृष्णको लागि उनीद्वारा स्थापना कहाँ भनिन्छ र, त्यो पनि त हुन सक्दैन। ब्रह्माद्वारा स्थापना कसले गराउनुहुन्छ? के श्रीकृष्णले? होइन, परमपिता परमात्माले स्थापना गराउनुहुन्छ। विष्णुद्वारा पालना। ब्रह्मा र विष्णुको पार्ट कति छ। ब्रह्मामुख वंशावली नै फेरि गएर विष्णुपुरीका देवता बन्छन्। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा। यो कुरा पनि तिमी बच्चाहरूलाई सम्झाइएको छ। ब्रह्मा सो विष्णु बन्नमा एक सेकेन्ड, विष्णु सो ब्रह्मा बन्नमा ८४ जन्म लाग्छ। कति अद्भुत कुराहरू छन्। यी कुरा कसैले पनि बुझ्न सक्दैनन्। यी हुन बेहदका कुराहरू। बेहदको पिताबाट बेहदको पढाइ पढेर बेहदको राज्य लिनु छ। सृष्टि चक्रलाई जान्नु छ। आत्माले नै जान्दछ शरीरद्वारा। यस्तो होइन शरीरले ज्ञान लिन्छ आत्माद्वारा। होइन, आत्माले ज्ञान लिन्छ। तिमीलाई कति खुसी छ। आन्तरिक रूपमा यो गुप्त खुसी हुनुपर्छ। पढाइका संस्कार आत्मामा हुन्छन्। दुःख पनि आत्मालाई हुन्छ। भन्छन्, हाम्रो आत्मालाई दुःखी नबनाऊ। बच्चाहरूलाई अब कति प्रकाश मिलिरहेको छ। तिमीलाई खुसी हुन्छ। सागरबाट रिफ्रेस भएर बादलहरू मिलेर वर्षा बर्साउनु छ। आपसमा मिलेर प्रदर्शनी आदि तयार गर्नमा मदत गर। सोख हुनुपर्छ। सेवा, सेवा अनि सेवा। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबाद्वारा मिलेको ज्ञान याद गरेर अपार खुसीमा रहनु छ। विशाल बुद्धि बनेर जोडतोडले सेवा गर्नु छ।

२) बाबाद्वारा जुन स्मृति मिलेको छ, त्यसलाई विस्मृतिमा ल्याउनुहुँदैन। बाबासँग जुन पवित्र रहने प्रतिज्ञा गरेका छौ, त्यसलाई पूरा निभाउनु छ।

वरदान:–
न्यारापनको अभ्यासद्वारा फरिस्ता रूपको साक्षात्कार गराउने निरन्तर सहजयोगी भव

जसरी कुनै पनि वस्त्र धारण गर्ने वा नगर्ने आफ्नो हातमा हुन्छ, त्यस्तै अनुभव यस शरीररूपी वस्त्रमा पनि होस्। जसरी वस्त्र धारण गरेर कार्य गर्छौ र कार्य पूरा हुनासाथ वस्त्रबाट न्यारा हुन्छौ। शरीर र आत्मा दुवैको न्यारापन हिँड्दाडुल्दा अनुभव होस् तब भनिन्छ निरन्तर सहजयोगी। यस्ता न्यारा रहने बच्चाहरूद्वारा अनेक आत्माहरूलाई फरिस्ता रूप र भविष्य राज्य पदको साक्षात्कार हुनेछ। अन्त्यमा यस सेवाबाट नै प्रभाव निस्कनेछ।

स्लोगन:–
सङ्गमको एक सेकेन्ड पनि व्यर्थ गुमाउनु अर्थात् एक वर्ष गुमाउनु हो।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

ब्राह्मण जीवनको जुन वर्सा सदा सुखस्वरूप, शान्तस्वरूप, मनको आन्तरिक सन्तुष्टता हो, त्यसको अनुभव गर्नको लागि मनसाको पवित्रता चाहिन्छ। जम्मा गर्ने विधि हो– मनसा-वाचा-कर्मणा पवित्रता। पवित्रता फाउन्डेसन हो। सेवामा सफलताको आधार पनि पवित्रता हो। सङ्कल्प वा बोलीमा अरू कुनै पनि भाव मिक्स हुनुहुँदैन। भावमा पनि पवित्रता, भावनामा पनि पवित्रता होस्।