22.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा जो हुनुहुन्छ , जस्तो हुनुहुन्छ , उहाँलाई यथार्थ रूपले पहिचान गरेर याद गर , यसको लागि आफ्नो बुद्धिलाई विशाल बनाऊ।”

प्रश्न:–
बाबालाई गरिब निवाज किन भनिएको छ?

उत्तर:–
किनकि यस समयमा सारा दुनिया गरिब अर्थात् दुःखी बनेपछि बाबा आउनुभएको छ सबैलाई दुःखबाट छुटाउन। बाँकी कसैमाथि दया गरेर कपडा दिनु, पैसा दिनु त्यो कुनै कमालको कुरा होइन। यसबाट उनीहरू कुनै धनवान बन्दैनन्। यस्तो होइन– मैले कुनै यी भिल्लहरूलाई पैसा दिएर गरिबनिवाज कहलाउँछु। मैले त गरिब अर्थात् पतितहरूलाई, जसमा ज्ञान छैन, उनीहरूलाई ज्ञान दिएर पावन बनाउँछु।

गीत:–
यही बहार है दुनिया को भूल जाने की...

ओम् शान्ति । मीठा-प्यारा बच्चाहरूले गीत सुन्यौ। बच्चाहरूलाई थाहा छ– यो गीत त दुनियाका मानिसहरूले गाएका हुन्। यसमा शब्द धेरै राम्रा छन्, यो पुरानो दुनियालाई भुल्नुछ। पहिला यस्तो सम्झदैनथे। कलियुगी मानिसहरूलाई पनि समझमा आउँदैन– नयाँ दुनियामा जानुछ त्यसैले अवश्य पुरानो दुनियालाई भुल्नुपर्छ। यति त बुझ्छन्– पुरानो दुनियालाई छोड्नुछ तर उनीहरूले सम्झन्छन्– अझै धेरै समय बाँकी छ। नयाँ पुरानो हुन्छ, यो कुरा त बुझ्छन् तर अझै बाँकी लामो समय राखेकाले भुलेका छन्। तिमीलाई अब स्मृति दिलाइन्छ, अहिले नयाँ दुनिया स्थापना हुन्छ त्यसैले पुरानो दुनियालाई बिर्सनुछ। बिर्सेपछि के हुन्छ? हामी यो शरीर छोडेर नयाँ दुनियामा जान्छौँ। तर अज्ञानकालमा यस्ता यस्ता कुराको अर्थमा कसैको ध्यान जाँदैन। जसरी बाबाले सम्झाउनुहुन्छ, त्यसरी सम्झाउने कोही पनि छैन। तिमीले यसको अर्थ बुझ्न सक्छौ। यो पनि बच्चाहरूलाई थाहा छ– बाबा धेरै साधारण हुनुहुन्छ। अनन्य, राम्रा राम्रा बच्चाहरूले पनि पूरा बुझ्दैनन् किनकि यिनमा शिवबाबा आउनुहुन्छ भन्ने भुल्छन्। कुनै पनि निर्देशन दिनुभयो भने यो शिवबाबाको निर्देशन हो भन्ने बुझ्दैनन्। मानौँ शिवबाबालाई सारा दिन भुलेका हुन्छन्। पूरा नबुझेका हुनाले त्यो काम गर्दैनन्। मायाले याद गर्न दिँदैन। त्यो याद स्थायी रूपमा रहँदैन। मेहनत गर्दागर्दै अवश्य अन्त्यमा आखिर त्यो अवस्था हुने छ। यस्तो कोही पनि छैन जसले यस समयमा कर्मातीत अवस्था प्राप्त गर्न सकेको छ। बाबा जो हुनुहुन्छ, जस्तो हुनुहुन्छ उहाँलाई जान्नको लागि विशाल बुद्धि चाहिन्छ।

तिमीलाई सोध्नेछन्– बापदादाले न्यानो कपडा लगाउनुहुन्छ? भन्नेछन्– दुवैका लागि व्यवस्था गरिएको छ। शिवबाबाले भन्नुहुन्छ– मैले कहाँ न्यानो कपडा लगाउँछु र! मलाई जाडो हुँदैन। हो, जसमा प्रवेश गरेको छु उनलाई जाडो हुन्छ। मलाई त न भोक, न प्यास केही लाग्दैन। म त निर्लेप छु। सेवा गर्दा पनि यी सबै कुराबाट न्यारा छु। मैले खान्न, पिउन्न। जस्तै एक साधुले पनि भन्थे नि, मैले न खान्छु, न पिउँछु... उनीहरूले फेरि बनावटी भेष धारण गरेका हुन्छन्। देवताहरूका नाम त धेरै मनुष्यहरूले पनि राखेका छन्। अरू कुनै धर्ममा देवीदेवता बन्दैनन्। यहाँ कति मन्दिर छन्। बाहिर त एक शिवबाबालाई मात्र मान्छन्। बुद्धिले पनि भन्छ– पिता त एक हुनुहुन्छ। पिताबाट नै वर्सा मिल्छ। तिमी बच्चाहरूको बुद्धिमा छ– कल्पको यस पुरुषोत्तम सङ्गमयुगमा नै बाबाबाट वर्सा मिल्छ। हामी सुखधाममा गएपछि बाँकी सबै शान्तिधाममा बस्छन्। तिमीहरूमध्ये पनि यो समझ नम्बरवारमा छ। यदि ज्ञानको विचारमा रहन्छन् भने उनीहरूको बोली नै त्यही निस्कन्छ। तिमी रूप-बसन्त बनिरहेका छौ– बाबाद्वारा। तिमी रूप पनि हौ र बसन्त पनि हौ। दुनियामा अरू कसैले भन्न सक्दैन– हामी रूप-बसन्त हौँ। तिमीले अहिले पढिरहेका छौ, अन्त्यसम्म नम्बरवार पुरुषार्थ अनुसार पढ्नेछौ। शिवबाबा हामी आत्माहरूका पिता हुनुहुन्छ नि। यो कुरा पनि दिलैदेखि महसुस त हुन्छ नि! भक्तिमार्गमा कहाँ दिलैदेखि महसुस गर्छन् र! यहाँ तिमी सम्मुख बसेका छौ। बुझ्छौ– बाबा फेरि यस समयमा नै आउनुहुन्छ, फेरि अरू कुनै समयमा बाबा आउन आवश्यक नै छैन। सत्ययुगदेखि त्रेतासम्म आउनु पर्दैन। द्वापरदेखि कलियुगसम्म पनि आउनुपर्दैन। उहाँ आउनुहुन्छ नै कल्पको सङ्गमयुगमा। बाबा गरिब निवाज पनि हुनुहुन्छ अर्थात् सारा दुनिया जो दुःखी गरिब हुन्छ, उनीहरूका पिता हुनुहुन्छ। उहाँको दिलमा के होला? म गरिबनिवाज हुँ। सबैको दुःख अथवा गरिबी मेटियोस्। त्यो गरिबी त ज्ञान सिवाय अरूबाट घट्न सक्दैन। बाँकी कपडा आदि दिएर कोही धनवान त बन्दैनन् नि। गरिबलाई देख्दा मन हुन्छ– यिनलाई कपडा दिऊँ, किनकि याद आउँछ नि– म गरिब निवाज हुँ। साथसाथै यो पनि बुझ्छु– म गरिब निवाज कुनै यी भीलहरूको लागि मात्र होइन। म गरिब निवाज हुँ जो बिल्कुलै पतित छन् उनीहरूलाई पावन बनाउँछु। म हुँ नै पतितपावन। त्यसैले विचार चल्छ, म गरिब निवाज हुँ तर पैसा आदि कसरी दिऊँ। पैसा आदि दिने त दुनियामा धेरै छन्। धेरै फन्ड निकाल्छन्, जुन फेरि अनाथ आश्रममा पठाइदिन्छन्। थाहा छ– अनाथ हुन्छन् अर्थात् जसका नाथ छैनन्। अनाथ अर्थात् गरिब। तिम्रो पनि नाथ हुनुहुँदैनथ्यो अर्थात् बाबा हुनुहुँदैनथ्यो। तिमी गरिब थियौ, ज्ञान थिएन। जो रूप-बसन्त छैन, ऊ गरिब अनाथ हो। जो रूप बसन्त छ उसलाई सनाथ भनिन्छ। सनाथ धनवानलाई, अनाथ गरिबलाई भनिन्छ। तिम्रो बुद्धिमा छ– सबै गरिब छन्, उनीहरूलाई केही दिऊँ। बाबा गरिब निवाज हुनुहुन्छ त्यसैले भन्नुहुन्छ– यस्तो चीज दिऊँ जसबाट सदाको लागि धनवान बनुन्। बाँकी यो कपडा आदि दिनु त सामान्य कुरा हो। त्यसमा हामी किन लागौँ। मैले त उनीहरूलाई अनाथबाट सनाथ बनाइदिन्छु। कोही जतिसुकै पदमपति भए पनि, त्यो पनि सबै अल्पकालको लागि हो। यो हो नै अनाथहरूको दुनिया। पैसावाला छन्, त्यो पनि अल्पकालको लागि। त्यहाँ सदैव सनाथ हुन्छन्। त्यहाँ यसरी सजाय खाँदैनन्। यहाँ कति गरिब छन्। जोसँग धन छ, उनीहरूलाई त आफैलाई नसा चढेको हुन्छ– हामी स्वर्गमा छौँ। तर तिनीहरू स्वर्गमा छैनन्, यो कुरा तिमीलाई थाहा छ। यस समयमा कुनै पनि मनुष्य सनाथ छैनन्, सबै अनाथ छन्। यो पैसा आदि त सबै माटोमा मिल्नेछ। मानिसहरूले सम्झन्छन्– हामीसँग यति धन छ जुन छोरानातिले खाइरहनेछन्। परम्परा चल्दै जान्छ। तर यसरी चल्नेछैन। यो त सबै विनाश हुन्छ त्यसैले तिमीलाई यो सारा पुरानो दुनियाबाट वैराग्य छ। तिमीलाई थाहा छ– नयाँ दुनियालाई स्वर्ग, पुरानो दुनियालाई नर्क भनिन्छ। हामीलाई बाबाले नयाँ दुनियाको लागि धनवान बनाइरहनुभएको छ। यो पुरानो दुनिया त खतम हुनेछ। बाबाले कति धनवान बनाउनुहुन्छ। यी लक्ष्मीनारायण कसरी धनवान बने? के कुनै धनवानबाट वर्सा मिल्यो वा लडाइँ गरे? जसरी अरूले राजगद्दी पाउँछन्, के त्यसरी राजगद्दी पाए? वा कर्म अनुसार यो धन मिल्यो? बाबाले कर्म सिकाउने कुरा त बिल्कुलै न्यारा छ। कर्म-अकर्म-विकर्म शब्द पनि स्पष्ट छन् नि। शास्त्रहरूमा केही शब्द छन्, पिठोमा नुन जति हुन्छन्। कहाँ यति करोड मानिस छन् बाँकी ९ लाख रहन्छन्। एक चौथाइ पनि भएन। त्यसैले यसलाई भनिन्छ पिठोमा नुन। सारा दुनिया विनाश हुन्छ। सङ्गमयुगमा धेरै कम रहन्छन्। कसैले पहिले नै शरीर छोडेर जान्छन्। उनीहरूले फेरि रिसिभ गर्छन्। जस्तै मुगली बच्ची थिईन्, राम्री थिइन् त्यसैले जन्म बिल्कुल राम्रो घरमा लिएको हुनुपर्छ। नम्बरवार सुखमा नै जन्म लिन्छन्। सुख त उनीहरूले देख्नुछ, अलिकति दुःख पनि देख्नुछ। कर्मातीत अवस्था त कसैको भएको छैन। ठुलो सुखी घरमा गएर जन्म लिन्छन्। यस्तो नसोच– यहाँ कुनै सुखी घर छैनन्। धेरै परिवार यस्ता राम्रा हुन्छन्, कुरै नगर। बाबाले देखेको छु। एउटै घरमा बुहारीहरू यस्तो शान्त मेलमिलापमा रहन्छन् जो बस्, सबैले सँगसँगै भक्ति गर्छन्, गीता पढ्छन्...। बाबाले सोधेको छु– यति सबै सँगै बस्छन्, झगडा आदि हुँदैन! भने– हामीकहाँ त स्वर्ग छ, हामी सबै सँगै बस्छौँ। कहिल्यै लडाइँ झगडा गर्दैनौँ, शान्त रहन्छौँ। भन्छन्– यहाँ त मानौँ स्वर्ग छ, त्यसैले अवश्य स्वर्ग बितेर गएको हो त्यसैले भनिन्छ नि– यहाँ त मानौँ स्वर्ग नै छ। तर यहाँ त धेरैको स्वभाव स्वर्गवासी बन्ने देखिँदैन। दासदासीहरू पनि त बन्नुछ नि। यहाँ राजधानी स्थापना हुन्छ। बाँकी जो ब्राह्मण बन्छन् उनीहरू दैवी घरानामा आउनेछन्। तर नम्बरवार छन्। कोही त धेरै मीठा हुन्छन्, सबैलाई प्यार गरिराख्छन्। कहिल्यै कसैको रिस गर्दैनन्। रिस गरेमा दुःख हुन्छ। जसले मनसा-वाचा-कर्मणा कसैलाई दुःख नै दिइरहन्छन्– उनीहरूलाई भनिन्छ दुःखी आत्मा। जस्तै पुण्य आत्मा, पाप आत्मा भन्छन् नि। शरीरको नाम लिन्छन् र? वास्तवमा आत्मा नै पाप आत्मा र पुण्य आत्मा बन्छ, सबै पाप आत्माहरू पनि एकैनासका हुँदैनन्। पुण्य आत्मा पनि सबै एकैनासका हुँदैनन्। नम्बरवार पुरुषार्थ अनुसार हुन्छन्। विद्यार्थीले स्वयं जान्दछन् होला नि– हाम्रो चरित्र, अवस्था कस्तो छ? हामी कसरी चल्छौँ? सबैलाई मीठो बोल्छौँ? कसैले केही भन्यो भने हामीले उल्टोसुल्टो जवाफ त दिँदैनौँ? बाबालाई कैयौँ बच्चाहरूले भन्छन्– बच्चाहरूमाथि रिस उठ्छ। बाबा भन्नुहुन्छ– जति हुन्छ प्यारले काम लेऊ। निर्मोही पनि बन्नुपर्छ।

यो त तिमी बच्चाहरूले जान्दछौ– हामी यस्ता लक्ष्मीनारायण बन्नुछ। लक्ष्य उद्देश्य सामुन्ने छ। लक्ष्य उद्देश्य कति उच्च छ। पढाउनेवाला पनि सर्वोच्च हुनुहुन्छ नि। श्रीकृष्णको महिमा कति गाउँछन्– सर्वगुण सम्पन्न, १६ कला सम्पन्न...। अब तिमी बच्चाहरूलाई थाहा भएको छ– हामी त्यही बनिरहेका छौँ। तिमी यहाँ आएका नै हौ त्यस्तै बन्नको लागि। तिम्रो यो सच्चा सत्य नारायणको कथा हो नै नरबाट नारायण बन्ने। अमरकथा हो अमरपुरी जाने। कुनै संन्यासी आदिले यी कुराहरू जान्दैनन्। कुनै पनि मनुष्य मात्रलाई ज्ञानको सागर वा पतितपावन भनिँदैन। सारा सृष्टि नै पतित छ भने हामीले पतितपावन कसलाई भनौँ? यहाँ कुनै पुण्य आत्मा हुन सक्दैन। बाबा सम्झाउनुहुन्छ– यो दुनिया पतित छ। श्रीकृष्ण अब्बल नम्बरका हुनुहुन्छ। उहाँलाई पनि भगवान भन्न सकिँदैन। जन्ममरणरहित एक निराकार बाबा नै हुनुहुन्छ। गाइन्छ– शिव परमात्माय नमः, ब्रह्मा-विष्णु-शङ्करलाई देवता भनेर फेरि शिवलाई परमात्मा भन्छन्। त्यसैले शिव सबैभन्दा उच्च हुनुभयो नि। उहाँ सबैका पिता हुनुहुन्छ। वर्सा पनि बाबाबाट मिल्नेछ, सर्वव्यापी भन्नाले वर्सा मिल्दैन। बाबाले स्वर्गको स्थापना गर्नुहुन्छ भने अवश्य स्वर्गको नै वर्सा दिनुहुन्छ। लक्ष्मीनारायण नम्बरवन हुनुहुन्छ। पढाइबाट यो पद पाउनुभयो। भारतवर्षको प्राचीन योग किन प्रसिद्ध हुँदैन जसबाट मनुष्य विश्वको मालिक बन्छन्, त्यसलाई भनिन्छ सहज योग, सहज ज्ञान। छ पनि धेरै सहज, एकै जन्मको पुरुषार्थबाट कति प्राप्ति हुन्छ। भक्तिमार्गमा त जन्मजन्मान्तर ठक्कर खाँदै आयौ, मिल्न त केही पनि मिलेन। यसमा त एकै जन्ममा मिल्छ त्यसैले सहज भनिन्छ। सेकेन्डमा जीवनमुक्ति भनिन्छ। आजकाल त हेर कस्ता कस्ता आविष्कार गरिरहन्छन्। साइन्सले पनि आश्चर्य देखाउँछ। साइलेन्सको आश्चर्य पनि हेर कस्तो छ? ती सबै कति देखिन्छन्। यहाँ केही छैन। तिमी शान्तिमा बसेका छौ, नोकरी आदि पनि गर्छौ, हातले काम गर ... र तिमी आत्माको दिल शिवबाबातिर लगाऊ, आशिक माशुक पनि गाइएको छ नि। उनीहरू एकअर्काको अनुहारमा आशक्त हुन्छन्, विकारको कुरा हुँदैन। जहाँ बसे पनि याद गर्छन्। रोटी खाइरहँदा पनि सामुन्ने देखिरहन्छन्। अन्त्यमा तिम्रो यो अवस्था हुनेछौ। केवल बाबालाई नै याद गरिरहनेछौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) रूप-बसन्त बनेर मुखबाट सदा सुखदायी बचन बोल्नुछ, दुःखदायी बन्नुछैन। ज्ञानको विचारमा रहनुछ, मुखबाट ज्ञान रत्न नै निकाल्नुछ।

२) निर्मोही बन्नुछ, हरेकसँग प्यारले काम लिनुछ, रिस गर्नुछैन। अनाथलाई सनाथ बनाउने सेवा गर्नुछ।

वरदान:–
आफ्नो फरिस्तारूपद्वारा गति स द ग तिको प्रसाद बाँड्ने मास्टर गति सदगतिदाता भव

वर्तमान समयमा विश्वका अनेक आत्माहरू परिस्थितिको वश भएर चिच्याइरहेका छन्, कोही महँगीले, कोही भोकले, कोही तनको रोगले, कोही मनको अशान्तिले... सबैको नजर टावर अफ पिस (शान्ति स्तम्भ) तिर गइरहेको छ। सबैले हेरिरहेका छन्– हाहाकारपछि जयजयकार कहिले हुन्छ। त्यसैले अब आफ्नो साकारी फरिस्तारूपद्वारा विश्वको दुःख हटाऊ, मास्टर गति सदगतिदाता बनेर भक्तहरूलाई गति र सदगतिको प्रसाद बाँड।

स्लोगन:–
मनलाई यति शक्तिशाली बनाऊ जसले गर्दा कुनै पनि परिस्थितिले मनलाई हलचलमा ल्याउन नसकोस्।

अव्यक्त इसारा:– अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

अब सेवाको, कर्मको पनि बन्धनमा नआऊ। हाम्रो स्थान, हाम्रो सेवा, हाम्रा विद्यार्थी, हाम्रा सहयोगी आत्माहरू, यो पनि सेवाको कर्मको बन्धन हो, यस कर्मबन्धनबाट कर्मातीत। त्यसैले कर्मातीत बन्नुछ र “उहाँ उही हुनुहुन्छ, उहाँ नै सबैथोक हुनुहुन्छ,” यो महसुस गराएर आत्माहरूलाई समीप ठेगानामा ल्याउनुछ।