23.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– जब समय
मिल्छ एकान्तमा बसेर विचार सागर मन्थन गर , जुन प्वाइन्टहरू सुन्छौ त्यसलाई रिभाइज
गर । ”
प्रश्न:–
तिम्रो यादको
यात्रा कहिले पूरा हुन्छ?
उत्तर:–
जब तिम्रो कुनै
पनि कर्मेन्द्रियले धोका दिँदैन, कर्मातित अवस्था हुन्छ तब यादको यात्रा पूरा हुनेछ।
अहिले तिमीले पूरा पुरुषार्थ गर्नु छ, निराश बन्नु छैन। सर्भिसमा तत्पर रहनु छ।
ओम् शान्ति ।
मीठा-प्यारा
बच्चाहरू! आत्म-अभिमानी भएर बसेका छौ? बच्चाहरूले बुझेका छन्– आधाकल्प हामी
देह-अभिमानी रह्यौँ। अब देही-अभिमानी भएर रहनको लागि मेहनत गर्नुपर्छ। बाबा आएर
सम्झाउनुहुन्छ– आफूलाई आत्मा सम्झेर बस्यौ भने मात्र बाबाको याद आउनेछ। नत्र
भुल्नेछौ। याद गरेनौ भने यात्रा कसरी गर्न सक्छौ! पाप कसरी काटिन्छन्! घाटा पर्नेछ।
यो त घरी-घरी याद गर। यो मुख्य कुरा हो। बाँकी त बाबाले अनेक प्रकारका युक्तिहरू
बताउनुहुन्छ। गलत के हो, सही के हो– त्यो पनि सम्झाउनुभएको छ। बाबा त ज्ञानको सागर
हुनुहुन्छ। भक्तिलाई पनि जान्नुहुन्छ। बच्चाहरूलाई भक्तिमा के-के गर्नुपर्छ।
सम्झाउनुहुन्छ– यी यज्ञ, तप आदि गर्नु, यी सबै भक्तिमार्ग हुन्। हुन त बाबाको महिमा
गर्छन्, तर उल्टो। वास्तवमा श्रीकृष्णको महिमा पनि पूरा जान्दैनन्। हरेक कुरालाई
बुझ्नुपर्छ नि। जस्तै श्रीकृष्णलाई वैकुण्ठनाथ भनिन्छ। अच्छा, बाबा सोध्नुहुन्छ,
श्रीकृष्णलाई त्रिलोकीनाथ भन्न सकिन्छ? गायन पनि छ नि– त्रिलोकीनाथ। अब त्रिलोकीका
नाथ अर्थात् तीन लोक– मूलवतन, सूक्ष्मवतन, स्थूलवतन। तिमी बच्चाहरूलाई सम्झाइन्छ–
तिमी ब्रह्माण्डका पनि मालिक हौ। श्रीकृष्णले यस्तो सम्झनु हुन्थ्यो होला– म
ब्रह्माण्डको मालिक हुँ? होइन। उहाँ त वैकुण्ठमा हुनुहुन्थ्यो। वैकुण्ठ भनिन्छ
स्वर्ग नयाँ दुनियाँलाई। त्यसैले वास्तवमा त्रिलोकीनाथ कोही पनि छैनन्। बाबाले सही
कुरा सम्झाउनुहुन्छ। तीन लोक त छन्। ब्रह्माण्डको मालिक शिवबाबा पनि हुनुहुन्छ, तिमी
पनि हौ। सूक्ष्मवतनको त कुरै छैन। स्थूलवतनमा पनि उहाँ मालिक हुनुहुन्न, न स्वर्गको,
न नर्कको मालिक हुनुहुन्छ। श्रीकृष्ण स्वर्गका मालिक हुनुहुन्छ। नर्कको मालिक रावण
हो। यसलाई रावण राज्य, आसुरी राज्य भनिन्छ। मानिसहरूले भन्छन् पनि तर बुझ्दैनन्।
तिमी बच्चाहरूलाई
बाबाले बसेर सम्झाउनुहुन्छ। रावणलाई १० शिर दिन्छन्। ५ विकार स्त्रीका, ५ विकार
पुरुषका। अब ५ विकार त सबैका लागि छन्। सबै छन् नै रावण राज्यमा। अहिले तिमी
श्रेष्ठाचारी बनिरहेका छौ। बाबा आएर श्रेष्ठाचारी दुनियाँ बनाउनुहुन्छ। एकान्तमा
बस्नाले यस्ता-यस्ता विचार सागर मन्थन चल्छ। त्यो पढाइको लागि पनि विद्यार्थी
एकान्तमा किताब लिएर पढ्छन्। तिमीलाई किताब त पढ्ने दरकार छैन। हो, तिमीले
प्वाइन्टहरू नोट गर्छौ। यसलाई फेरि रिभाइज गर्नुपर्छ। यी बुझ्नका लागि धेरै गुह्य
कुराहरू हुन्। बाबाले भन्नुहुन्छ नि– आज तिमीलाई गुह्य भन्दा गुह्य नयाँ-नयाँ
प्वाइन्टहरू सम्झाउँछु। पारसपुरीका मालिक त लक्ष्मी-नारायण हुन्। यस्तो पनि भनिँदैन
कि विष्णु हुन्। विष्णुलाई पनि बुझ्दैनन् यिनी नै लक्ष्मी-नारायण हुन्। अहिले तिमीले
सर्टमा एम अब्जेक्ट सम्झाउँछौ। ब्रह्मा-सरस्वती कुनै आपसमा मेल-फिमेल होइनन्। यी त
प्रजापिता ब्रह्मा हुन् नि। प्रजापिता ब्रह्मालाई ग्रेट-ग्रेट ग्रेन्ड फादर भन्न
सकिन्छ, शिवबाबालाई केवल बाबा नै भनिन्छ। बाँकी सबै ब्रदर्स हुन्। यतिका सबै
ब्रह्माका बच्चाहरू छन्। सबैलाई थाहा छ– हामी भगवानका बच्चा ब्रदर्स भयौँ। तर त्यो
निराकारी दुनियाँमा हो। अहिले तिमी ब्राह्मण बनेका छौ। नयाँ दुनियाँ सत्ययुगलाई
भनिन्छ। यसको नाम फेरि पुरुषोत्तम सङ्गमयुग राखिएको छ। सत्ययुगमा हुन्छन् नै
पुरुषोत्तम। यी धेरै आश्चर्यजनक कुराहरू हुन्।
तिमी नयाँ दुनियाँको
लागि तयार भइरहेका छौ। यस सङ्गमयुगमा नै तिमी पुरुषोत्तम बन्छौ। भनिन्छ पनि– हामी
लक्ष्मी-नारायण बन्छौँ। यिनीहरू सबैभन्दा उत्तम पुरुष हुन्। उनीहरूलाई फेरि देवता
भनिन्छ। उत्तमभन्दा उत्तम नम्बर वन लक्ष्मी-नारायण हुन्, फेरि नम्बरवार तिमी
बच्चाहरू बन्नेछौ। सूर्यवंशी घरानालाई उत्तम भनिन्छ। नम्बर वन त हुन् नि।
बिस्तारै-बिस्तारै कला कम हुन्छ। अहिले तिमी बच्चाहरूले नयाँ दुनियाँको मुहूर्त
गर्छौ। जस्तै नयाँ घर तयार हुन्छ तब बच्चाहरू खुसी हुन्छन्। मुहूर्त गर्छन्। तिमी
बच्चाहरू पनि नयाँ दुनियाँलाई देखेर खुसी हुन्छौ। मुहूर्त गर्छौ। लेखिएको पनि छ–
सुनका फूलको वर्षा हुन्छ। तिमी बच्चाहरूलाई कति खुसीको पारो चढ्नुपर्छ। तिमीलाई सुख
र शान्ति दुवै मिल्छ। अरू कोही छैनन् जसलाई यति सुख र शान्ति मिलोस्। अर्को धर्म
आउँछ तब द्वैत हुन्छ। तिमी बच्चाहरूलाई अपार खुसी छ– हामीले पुरुषार्थ गरेर उच्च पद
प्राप्त गरौँ। यस्तो होइन कि जुन तकदिरमा होला त्यो मिल्नेछ, पास हुनुपर्ने होला त
भइहालिन्छ। होइन, हरेक कुरामा पुरुषार्थ अवश्य गर्नु छ। पुरुषार्थ पुगेन भने
भनिदिन्छन्– जे भाग्यमा होला। फेरि पुरुषार्थ गर्नै बन्द हुन्छ।
बाबा भन्नुहुन्छ– तिमी
माताहरूलाई कति उच्च बनाउँछु। फिमेलको मान सबै ठाउँमा छ। बेलायतमा पनि मान छ। यहाँ
छोरी जन्मन्छिन् भने उल्टो खाट गरिदिन्छन्। दुनियाँ बिल्कुलै फोहोरी छ। यस समय तिमी
बच्चाहरूलाई थाहा छ– भारत के थियो, अब के छ। मानिसहरूले भुलेका छन्, केवल
शान्ति-शान्ति मागिरहन्छन्। विश्वमा शान्ति चाहन्छन्। तिमीले यो लक्ष्मी-नारायणको
चित्र देखाऊ। उनीहरूको राज्य थियो तब पवित्रता-सुख-शान्ति पनि थियो। तपाईंलाई यस्तो
राज्य चाहिन्छ नि। मूलवतनमा त विश्वको शान्ति भनिँदैन। विश्वमा शान्ति त यहाँ हुन्छ
नि। देवताहरूको राज्य सारा विश्वमा थियो। मूलवतन त आत्माहरूको दुनियाँ हो।
मानिसहरूलाई त यो पनि थाहा छैन– आत्माहरूको दुनियाँ हुन्छ। बाबा भन्नुहुन्छ– म
तिमीलाई कति उच्च पुरुषोत्तम बनाउँछु। यो सम्झाउने कुरा हो। यस्तो होइन, कराएर–
भगवान आउनुभएको छ भन्यौ भने कसैले मान्ने छैन। उल्टै गाली खानेछौ र खुवाउनेछौ।
भन्छन्– बी.के.ले आफ्नो बाबालाई भगवान भन्छन्। यसरी सर्भिस हुँदैन। बाबाले युक्ति
बताइरहनुहुन्छ। कोठामा ८-१० चित्र भित्तामा राम्रोसँग लगाइदेऊ र बाहिर लेखिदेऊ–
बेहदका बाबाबाट बेहद सुखको वर्सा लिनु छ अथवा मनुष्यबाट देवता बन्नु छ भने आउनुहोस्,
हामी तपाईंलाई सम्झाउँछौँ। यसो गर्दा धेरै आउन थाल्छन्। आफैँ आइरहन्छन्। विश्वमा
शान्ति त थियो नि। अहिले यति धेरै धर्म छन्। तमोप्रधान दुनियाँमा शान्ति कसरी हुन
सक्छ। विश्वमा शान्ति त भगवानले नै गर्न सक्नुहुन्छ। शिवबाबा आउनुहुन्छ, अवश्य केही
सौगात ल्याउनुहुन्छ होला। एकै बाबा हुनुहुन्छ जो यति टाढाबाट आउनुहुन्छ र उहाँ एकै
पटक आउनुहुन्छ। यति बडा बाबा ५ हजार वर्षपछि आउनुहुन्छ। यात्राबाट फर्किंदा
बच्चाहरूको लागि सौगात लिएर आउँछन् नि। स्त्रीको पति पनि, बच्चाहरूको पिता त बन्छन्
नि। फेरि हजुरबुबा, जिजुबुबा, खनाति हजुरबुबा बन्छन्। यिनलाई तिमीले बाबा भन्छौ,
फेरि ग्रेन्ड फादर पनि हुनुहुन्छ। ग्रेट ग्रेन्ड फादर पनि हुनुहुन्छ। बिरादरीहरू छन्
नि। एडम, आदिदेव नाम छ तर मानिसहरूले बुझ्दैनन्।
तिमी बच्चाहरूलाई
बाबाले बसेर सम्झाउनुहुन्छ। बाबाद्वारा सृष्टिको हिस्ट्री-जग्राफीलाई जानेर तिमी
चक्रवर्ती राजा बनिरहेका छौ। बाबाले कति प्यार र रुचिसाथ पढाउनुहुन्छ, त्यसैले यति
पढ्नुपर्छ नि। बिहानको टाइम त सबै फ्री हुन्छन्। बिहानको क्लास हुन्छ– आधा-पौने
घण्टा, मुरली सुनेर फेरि जाऊ। याद त जहाँ रहेर पनि गर्न सक्छौ। आइतबारको दिन त
छुट्टी छ। बिहान २-३ घण्टा बसिदेऊ। दिनको कमाइलाई मेकअप गर। पूरा झोली भर। टाइम त
मिल्छ नि। मायाको तुफान आउनाले याद गर्न सक्दैनन्। बाबाले बिल्कुल सहज
सम्झाउनुहुन्छ। भक्तिमार्गमा कति सतसङ्गमा जान्छन्। श्रीकृष्णको मन्दिरमा, फेरि
श्रीनाथको मन्दिरमा, फेरि अरू कसैको मन्दिरमा जान्छन्। यात्रामा पनि कति व्यभिचारी
बन्छन्। यति तकलिफ पनि लिन्छन्, फाइदा केही छैन। ड्रामामा यो पनि निश्चित छ, फेरि
पनि हुनेछ। तिम्रो आत्मामा पार्ट भरिएको छ। सत्ययुग त्रेतामा जुन पार्ट कल्प पहिला
बजायौ, त्यही बजाउनेछौ। मोटो बुद्धिले यो पनि बुझ्दैनन्। जो महीन बुद्धि छन्,
उनीहरूले नै राम्रोसँग बुझेर सम्झाउन सक्छन्। उनीहरूलाई भित्र भासना आउँछ– यो अनादि
नाटक बनेको छ। दुनियाँमा कसैले बुझ्दैनन्– यो बेहदको नाटक हो। यसलाई बुझ्नमा पनि
टाइम लाग्छ। हरेक कुरा डिटेलमा सम्झाएर फेरि भनिन्छ– मुख्य हो यादको यात्रा।
सेकेन्डमा जीवनमुक्ति पनि गायन गरिएको छ। र फेरि यो पनि गायन छ– ज्ञानको सागर
हुनुहुन्छ। सारा सागरलाई मसी बनाऊ, जङ्गललाई कलम बनाऊ, धरतीलाई कागज बनाऊ... तैपनि
अन्त आउन सकिदैन। सुरुदेखि तिमीले कति लेख्दै आएका छौ। धेरै कागज हुन्छन्। तिमीले
कुनै धक्का खानु छैन। मुख्य हो नै अल्फ। बाबालाई याद गर्नु छ। यहाँ पनि तिमी आउँछौ
शिवबाबाको पासमा। शिवबाबा यिनमा प्रवेश गरेर तिमीलाई कति प्यारले पढाउनुहुन्छ। कुनै
पनि बढाइ छैन। बाबा भन्नुहुन्छ– म पुरानो शरीरमा आउँछु। कति साधारण रीतिले शिवबाबा
आएर पढाउनुहुन्छ। कुनै अहंकार छैन। बाबा भन्नुहुन्छ– तिमीले मलाई भन्छौ नै– बाबा
पतित दुनियाँ, पतित शरीरमा आउनुहोस्, आएर हामीलाई शिक्षा दिनुहोस्। सत्ययुगमा
बोलाउँदैनौ– आएर हीरा-जुहारतको महलमा बस्नुहोस्, भोजन आदि लिनुहोस्...। शिवबाबाले
भोजन लिनुहुन्न। पहिला बोलाउँथे– आएर भोजन खानुहोस्। ३६ प्रकारको भोजन खुवाउँथे, यो
फेरि पनि हुनेछ। यसलाई पनि चरित्र नै भनौँ। श्रीकृष्णका चरित्र के हुन्? उहाँ त
सत्ययुगका प्रिन्स हुनुहुन्छ। उहाँलाई पतित-पावन भनिँदैन। सत्ययुगमा यी विश्वका
मालिक कसरी बने– यो पनि अहिले तिमीलाई थाहा छ। मानिसहरू त बिल्कुल घोर अन्धकारमा छन्।
अहिले तिमी सम्पूर्ण प्रकाशमा छौ। बाबा आएर रातलाई दिन बनाइदिनुहुन्छ। आधाकल्प
तिमीले राज्य गर्छौ भने कति खुसी हुनुपर्छ।
तिम्रो यादको यात्रा
पूरा तब हुन्छ जब तिम्रो कुनै पनि कर्मेन्द्रियले धोका दिँदैन। कर्मातित अवस्था भयो
भने यादको यात्रा पूरा हुनेछ। अहिले पूरा भएको छैन। अहिले तिमीले पूरा पुरुषार्थ
गर्नु छ। निराश बन्नु छैन। सर्भिस अनि सर्भिस। बाबा पनि आएर बूढो तनबाट सर्भिस
गरिरहनुभएको छ नि। बाबा करनकरावनहार हुनुहुन्छ। बच्चाहरूको लागि कति फिक्र रहन्छ–
यो बनाउनु छ, भवन बनाउनु छ। जस्तै लौकिक पितालाई हदको ख्याल रहन्छ, त्यस्तै
पारलौकिक बाबालाई बेहदको ख्याल रहन्छ। तिमी बच्चाहरूले नै सर्भिस गर्नु छ।
दिन-प्रतिदिन धेरै सहज हुँदै जान्छ। जति विनाशको नजिक आउँदै जान्छौ, त्यति ताकत
आउँदै जानेछ। गायन पनि छ– भीष्मपितामह आदिलाई पछाडि तीर लाग्यो। अहिले तीर लाग्यो
भने धेरै हंगामा हुन्छ। यति भीड हुन्छ कि कुरै नगर। भनिन्छ नि– टाउको कन्याउने
फुर्सद छैन। यस्तो कोही छैन। तर भीड भयो भने फेरि यस्तो भनिन्छ। जब यिनलाई तीर
लाग्छ तब फेरि तिम्रो प्रभाव निस्कन्छ। सबै बच्चाहरूलाई बाबाको परिचय त मिल्नु नै
छ। तिमीले ३ पाउ पृथ्वीमा पनि यो अविनाशी हस्पिटल र गडली युनिभर्सिटी खोल्न सक्छौ।
पैसा छैन भने पनि हर्जा छैन। चित्र तिमीलाई मिल्नेछ। सर्भिसमा मान-अपमान, दु:ख-सुख,
चिसो-गर्मी, सबै सहन गर्नु छ। कसैलाई हीरा समान बनाउनु कम कुरा हो र! बाबा कहिल्यै
थाक्नुहुन्छ र? तिमी किन थाक्छौ? अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बिहानको समय आधा-पौने घण्टा धेरै प्यार वा रुचिसाथ पढाइ पढ्नु छ। बाबाको यादमा
रहनु छ। यादको यस्तो पुरुषार्थ गर्नु छ जसबाट सबै कर्मेन्द्रिय वशमा होऊन्।
२) सर्भिसमा दु:ख-सुख,
मान-अपमान, गर्मी-चिसो सबै कुरा सहन गर्नु छ। कहिल्यै पनि सर्भिसमा थाक्नु छैन। ३
पाउ पृथ्वीमा पनि हस्पिटल कम युनिभर्सिटी खोलेर हीरा समान बनाउने सेवा गर्नु छ।
वरदान:–
सच्चा आत्मिक
स्नेहको अनुभूति गराउने मास्टर स्नेहको सागर भव
जसरी सागरको किनारमा
जाँदा शीतलताको अनुभव हुन्छ, त्यसरी नै तिमी बच्चाहरू मास्टर स्नेहको सागर बन्यौ भने
जो पनि आत्मा तिम्रो सामुन्ने आउँछ, उसले अनुभव गरोस्– स्नेहका मास्टर सागरका
लहरहरूले स्नेहको अनुभूति गराइरहेका छन् किनकि आजको दुनियाँ सच्चा आत्मिक स्नेहको
भोको छ। स्वार्थी स्नेह देख्दा-देख्दा त्यो स्नेहबाट दिल उपराम भएको छ, त्यसैले
आत्मिक स्नेहका केही क्षणको अनुभूतिलाई पनि जीवनको सहारा सम्झनेछन्।
स्लोगन:–
ज्ञान धनले
भरपुर रह्यौ भने स्थूल धनको प्राप्ति स्वतः भइरहनेछ।
अव्यक्त इसारा:– जसरी
सत्ययुगी सृष्टिको लागि भनिन्छ एक राज्य एक धर्म छ, त्यसैगरी अब स्वराज्यमा पनि एक
राज्य अर्थात् स्वको इशारामा सर्व चल्नेवाला होऊन्। मनले आफ्नो मनमतमा नचलाओस्,
बुद्धिले आफ्नो निर्णय शक्तिले हलचल नगरोस्। संस्कार आत्मालाई नचाउनेवाला नहोस्, तब
भनिन्छ एक धर्म, एक राज्य। त्यसैले यस्तो कन्ट्रोलिङ पावर धारण गर, यही बेहद सेवाको
साधन हो।