23.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
आउनुभएको छ तिम ीलाई ज्ञान रत्नले श्रृङ्गार गरेर फर्क ाए र घर लैजान , फेरि राज
धानी मा पठाइदिनुहुनेछ , त्यसैले अपार खुसीमा बस , एक बाबासँग नै प्यार गर।”
प्रश्न:–
आफ्नो
धारणालाई मजबुत (पक्का) बनाउने आधार के हो?
उत्तर:–
आफ्नो
धारणालाई मजबुत बनाउनको लागि सदैव यो पक्का निश्चय गर– आजको दिन जसरी बित्यो, राम्रो
भयो, फेरि कल्पपछि हुनेछ। जेजति भयो, कल्प पहिला पनि यस्तै भएको थियो, केही नौलो
होइन। यो लडाइँ पनि ५ हजार वर्ष पहिला भएको थियो, फेरि हुनेछ अवश्य। यो दुनियाँ को
विनाश हुनु नै छ... त्यसरी नै हर पल ड्रामाको स्मृतिमा रह्यौ भने धारणा मजबुत हुँदै
जानेछ।
गीत:–
दूर देश का
रहने वाला...
ओम् शान्ति ।
बच्चाहरू पहिला
पनि दूर देशबाट पराइ देशमा आएका हुन्। अब यो पराइ देशमा दुःखी छन्, त्यसैले
पुकार्छन्– आफ्नो देश घर लैजानुहोस्। तिम्रो पुकार हो नि। धेरै समयदेखि याद गर्दै
आएका छौ त्यसैले बाबा पनि खुसीले आउनुहुन्छ। थाहा छ– म जान्छु बच्चाहरूको पासमा।
जुन बच्चाहरू काम चितामा बसेर जलेका छन्, उनीहरूलाई आफ्नो घर पनि ल्याऊँ र फेरि
राजधानीमा पठाइदिऊँ। त्यसको लागि ज्ञानले श्रृङ्गार पनि गरूँ। बच्चाहरू पनि
बाबाभन्दा बढी खुसी हुनुपर्छ। बाबा आउनुभएको छ भने उहाँको बन्नुपर्छ। उहाँलाई धेरै
प्रेम गर्नुपर्छ। बाबा दिनहुँ सम्झाउनुहुन्छ, आत्माले कुरा गर्छ नि। बाबा, ५ हजार
वर्षपछि ड्रामा अनुसार हजुर आउनुभएको छ, हामीलाई धेरै खुसीको खजाना मिलिरहेको छ।
बाबा, हजुरले हाम्रो झोली भरिरहनुभएको छ, हामीलाई आफ्नो घर शान्तिधाममा लैजानुहुन्छ,
फेरि राजधानीमा पठाइदिनुहुनेछ। कति अपार खुसी हुनुपर्छ। बाबा भन्नुहुन्छ– मलाई यो
पराइ राजधानीमा नै आउनुछ। बाबाको धेरै मीठो र आश्चर्यजनक पार्ट छ। खास गरी यो पराइ
देशमा आउनुभएको छ। यी कुरा तिमीले अहिले मात्रै बुझेका छौ, फेरि यो ज्ञान प्रायः
लोप हुन्छ। त्यहाँ आवश्यकता नै हुँदैन। बाबा भन्नुहुन्छ– तिमी कति बेसमझ बनेका छौ।
ड्रामाको कलाकार हुँदाहुँदै पनि बाबालाई चिन्दैनौ! जुन बाबा नै करनकरावनहार
हुनुहुन्छ, के गर्नुहुन्छ, के गराउनुहुन्छ– यो भुलेका छौ। बाबा सारा पुरानो
दुनियाँलाई स्वर्ग बनाउन आउनुहुन्छ र ज्ञान दिनुहुन्छ। उहाँ ज्ञानको सागर हुनुहुन्छ
र अवश्य ज्ञान दिने कर्तव्य गर्नुहुन्छ नि। फेरि तिमीबाट गराउनु पनि हुन्छ– अरूलाई
पनि सन्देश देऊ, बाबा सबैको लागि भन्नुहुन्छ– अब देहको भान छोडेर मलाई याद गरेमा भने
विकर्म विनाश हुन्छन्। मैले श्रीमत दिन्छु। पाप आत्मा त सबै छन्। यस समयमा सारा
वृक्ष तमोप्रधान, जर्जर अवस्थामा पुगेको छ। जसरी बाँसको जङ्गलमा आगो लाग्यो भने
एकदमै सारा जङ्गल नै जलेर खतम हुन्छ। जङ्गलमा पानी कहाँबाट आउँछ र आगो निभाउने। यो
जे जति पुरानो दुनियाँ छ, त्यसलाई आगो लाग्नेछ। बाबा भन्नुहुन्छ– यो केही नौलो होइन।
बाबाले राम्रा राम्रा प्वाइन्टहरू दिइरहनुहुन्छ, जुन नोट गर्नुपर्छ। बाबाले
सम्झाउनुभएको छ– अरू धर्मस्थापक केवल आफ्नो धर्म स्थापना गर्न आउँछन्, उनीहरूलाई
पैगम्बर वा सन्देशवाहक आदि केही पनि भन्न सकिँदैन। यो पनि ठुलो युक्तिले लेख्नुछ।
शिवबाबाले बच्चाहरूलाई सम्झाइरहनुभएको छ– बच्चा त सबै हुन्, सबै भाइ भाइ। त्यसैले
हरेक चित्रमा, हरेक लिखतमा यो अवश्य लेख्नुछ– शिवबाबाले यसरी सम्झाउनुहुन्छ। बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! म आएर सत्ययुगी आदि सनातन देवी-देवता धर्मको स्थापना
गर्छु, जसमा १०० प्रतिशत सुख-शान्ति-पवित्रता सबै हुन्छ, त्यसैले त्यसलाई स्वर्ग
भनिन्छ। त्यहाँ दुःखको नाम हुँदैन। बाँकी जति पनि सबै धर्म छन्, ती सबैको विनाश
गराउने निमित्त बन्छु। सत्ययुगमा हुन्छ नै एक धर्म। त्यो हो नयाँ दुनियाँ। पुरानो
दुनियाँलाई खतम गराउँछु। यस्तो कामधन्दा त अरू कसैले गर्दैनन्। भनिन्छ– शङ्करद्वारा
विनाश। विष्णु पनि लक्ष्मी-नारायण नै हुन्। प्रजापिता ब्रह्मा पनि त यहीँ छन्। यिनी
नै पतितबाट पावन फरिस्ता बन्छन्, त्यसैले फेरि ब्रह्मा देवता भनिन्छ। जसबाट
देवी-देवता धर्म स्थापना हुन्छ। यी बाबा पनि देवी-देवता धर्मका पहिलो राजकुमार
बन्छन्। त्यसैले ब्रह्माद्वारा स्थापना, शङ्करद्वारा विनाश। चित्र त दिनुपर्यो नि।
सम्झाउनको लागि यी चित्र बनाइएका छन्। यिनको अर्थ कसैलाई पनि थाहा छैन। स्वदर्शन
चक्रधारीको विषयमा पनि सम्झाइयो– परमपिता परमात्माले सृष्टिको आदि-मध्य-अन्त्यलाई
जान्नुहुन्छ। उहाँमा सारा ज्ञान छ भने स्वदर्शन चक्रधारी हुनुभयो नि। बाबालाई थाहा
छ– मैले नै यो ज्ञान सुनाउँछु। बाबाले त यस्तो भन्नुहुन्न– मलाई कमल फूलसमान बन्नुछ।
सत्ययुगमा तिमी कमल फूलसमान नै रहन्छौ। संन्यासीहरूको लागि यो भनिँदैन। उनीहरू त
जङ्गलमा जान्छन्। बाबा पनि भन्नुहुन्छ– पहिला उनीहरू पवित्र सतोप्रधान हुन्छन्।
भारतवर्षलाई थाम्छन्, पवित्रताको बलले। भारतवर्ष जस्तो पवित्र स्थान अरू कुनै
हुँदैन। जस्तो बाबाको महिमा छ, त्यस्तै भारतवर्षको पनि महिमा छ। भारतवर्ष स्वर्ग
थियो, यी लक्ष्मी-नारायणले राज्य गर्थे, फेरि कहाँ गए। यो अहिले तिमीलाई थाहा छ, अरू
कसैको बुद्धिमा कहाँ हुन्छ होला र– यी देवताहरू नै ८४ जन्म लिएर फेरि पुजारी बन्छन्।
अहिले तिमीलाई सारा ज्ञान छ, हामी अहिले पूज्य देवी-देवता बन्छौँ, फेरि पुजारी
मनुष्य बन्नेछौँ। मनुष्य त मनुष्य नै हुन्छ। यी जुन किसिम किसिमका चित्र बनाउँछन्,
यस्ता कुनै मनुष्य हुँदैनन्। यी सबै धेरै चित्रहरू भक्तिमार्गका चित्र हुन्। तिम्रो
ज्ञान त गुप्त छ। यो ज्ञान सबैले लिँदैनन्। जो यस देवी-देवता धर्मका पातहरू हुनेछन्,
उनीहरूले नै यो ज्ञान लिनेछन्। बाँकी जसले अरूलाई मान्छन्, उनीहरूले सुन्नेछैनन्।
जसले शिव र देवताहरूको भक्ति गर्छन्, उनीहरू नै आउनेछन्। पहिला सुरुमा मेरो पनि पूजा
गर्छन्, फेरि पुजारी बनेर आफ्नो पनि पूजा गर्छन्। त्यसैले अब खुसी हुन्छ– हामी
पूज्यबाट पुजारी बन्यौँ, अब फेरि पूज्य बन्छौँ। कति खुसी मनाउँछन्। यहाँ त अल्पकालको
लागि खुसी मनाउँछन्। त्यहाँ त तिमीलाई सदैव खुसी हुन्छ। दीपावली आदि लक्ष्मीलाई
बोलाउनको लागि हुँदैन। दीपावली हुन्छ राज्याभिषेकमा। बाँकी यस समयमा जुन उत्सव
मनाइन्छ, त्यो त्यहाँ हुँदैन। त्यहाँ त सुखै सुख छ। यो एउटै समय हो जब तिमीले
आदि-मध्य-अन्त्यलाई जान्दछौ। यी सबै प्वाइन्टहरू लेख। संन्यासीहरूको हो हठयोग। यो
हो राजयोग। बाबा भन्नुहुन्छ– एक एक पृष्ठमा जहाँतहीँ शिवबाबाको नाम अवश्य होस्।
शिवबाबाले हामी बच्चाहरूलाई सम्झाउनुहुन्छ। निराकार आत्माहरू अहिले साकारमा बसेका
छन्। त्यसैले बाबाले पनि साकारमा सम्झाउनुहुन्छ नि। उहाँले भन्नुहुन्छ– आफूलाई आत्मा
सम्झेर मलाई याद गर। शिव भगवानुवाच बच्चाहरूप्रति। स्वयं यहाँ उपस्थित हुनुहुन्छ
नि। मुख्य मुख्य प्वाइन्ट किताबमा यस्तो स्पष्ट लेखिएको होस्, जुन पढ्नाले आफै
ज्ञान आउँछ। शिव भगवानुवाच हुनाले पढ्नमा मजा आउनेछ। यो बुद्धिको काम हो नि। बाबाले
पनि शरीरको लोन लिएर फेरि सुनाउनुहुन्छ नि, यिनको आत्माले पनि सुन्छ। बच्चाहरूलाई
धेरै नशा हुनुपर्छ। बाबामा धेरै प्रेम हुनुपर्छ। यो त उहाँको रथ हो, यो धेरै जन्मको
अन्त्यको जन्म हो। यिनमा प्रवेश गर्नुभएको छ। ब्रह्माद्वारा यी ब्राह्मण बन्छन्,
फेरि मनुष्यबाट देवता बन्छन्। चित्र कति स्पष्ट छ। हुन त आफ्नो पनि चित्र देऊ, माथि
वा छेउमा डबल सिरताजवाला। योगबलले हामी यस्तो बन्छौँ। माथि शिवबाबा। उहाँलाई याद
गर्दागर्दै मनुष्यबाट देवता बन्छन्। बिल्कुल स्पष्ट छ। रङ्गीन चित्रको किताब यस्तो
होस्, जुन मनुष्यले देखेर खुसी होऊन्। त्यसबाट फेरि केही साधारण पनि छपाउन सक्छौ
गरिबहरूको लागि। ठुलोबाट सानो, सानोबाट सानो बनाउन सक्छौ, रहस्य त्यसमा आओस्। गीताका
भगवानको चित्र मुख्य छ। त्यो गीतामा श्रीकृष्णको चित्र, त्यो गीतामा त्रिमूर्तिको
चित्र हुनाले मनुष्यलाई सम्झाउन सहज हुन्छ। प्रजापिता ब्रह्माका बच्चा ब्राह्मण यहाँ
छन्। प्रजापिता ब्रह्मा सूक्ष्मवतनमा त हुन सक्दैनन्। भनिन्छ– ब्रह्मा देवताय नमः,
विष्णु देवताय नमः, अब देवता को भए! देवताहरूले त यहाँ राज्य गर्थे। दैवी राज्य त
हुन्छ नि। त्यसैले यो सबै राम्रोसँग सम्झाउनुपर्छ। ब्रह्मा सो विष्णु, विष्णु सो
ब्रह्मा दुवै यहाँ छन्। चित्र भयो भने सम्झाउन सकिन्छ। पहिला सुरुमा अल्फलाई सिद्ध
गरेमा सबै कुरा सिद्ध हुनेछन्। प्वाइन्टहरू त धेरै छन्, अरू सबै धर्म स्थापना गर्न
आउँछन्। बाबाले त स्थापना र विनाश दुवै गराउनुहुन्छ। हुन्छ सबै ड्रामा अनुसार नै।
ब्रह्मा बोल्न सक्छन्, विष्णु बोल्न सक्छन्? सूक्ष्मवतनमा के बोल्ने। यी सबै
बुझ्नुपर्ने कुरा हुन्। यहाँ तिमीले बुझेर फेरि ट्रान्सफर हुन्छौ, माथिल्लो कक्षामा।
कोठा नै अर्को मिल्छ। मूलवतनमा गएर बस्नु त छैन। फेरि त्यहाँबाट नम्बरवार आउनुछ।
सबैभन्दा पहिला मूल कुरा एउटै छ, त्यसमा जोड दिनुपर्छ। कल्प पहिला पनि यस्तै भएको
थियो। यी सेमिनार आदि पनि यसरी नै कल्प पहिला पनि भएका थिए। यस्ता प्वाइन्टहरू
निस्किएका थिए। आजको दिन जसरी बित्यो, राम्रो भयो, फेरि कल्पपछि यस्तै हुनेछ। यसरी
नै आफ्नो धारणा बनाउँदै पक्का हुँदै जाऊ। बाबाले भन्नुभएको थियो– पत्रिकामा पनि
छपाऊ– यो लडाइँ भयो, यो केही नौलो होइन। ५ हजार वर्ष पहिला पनि यस्तै भएको थियो। यी
कुरा तिमीले मात्रै बुझेका छौ। बाहिरकाले बुझ्न सक्दैनन्। केवल भन्नेछन्– कुरा त
अनौठा छन्। अच्छा, कहिल्यै गएर बुझौँला। शिव भगवानुवाच बच्चाहरूप्रति। यस्ता यस्ता
शब्द भए भने आएर बुझ्नेछन् पनि। नाम लेखिएको छ– प्रजापिता ब्रह्माकुमार-कुमारीहरू।
प्रजापिता ब्रह्माबाट नै ब्राह्मण रच्छन्। ब्राह्मण देवी-देवता नमः भन्छन् नि। कुन
ब्राह्मण? तिमीले ब्राह्मणहरूलाई पनि सम्झाउन सक्छौ– ब्रह्माका सन्तान को हुन्?
प्रजापिता ब्रह्माका यति बच्चा छन्, भने अवश्य यहाँ एडप्ट गर्छन् होला। जो आफ्नो
कुलका हुनेछन्, उनीहरूले राम्रोसँग बुझ्नेछन्। तिमी त बाबाका बच्चा भयौ। बाबाले
ब्रह्मालाई पनि एडप्ट गर्नुहुन्छ। नत्र शरीर भएको चीज कहाँबाट आयो। ब्राह्मणले यी
कुरा बुझ्नेछन्, संन्यासीले बुझ्नेछैनन्। अजमेरमा ब्राह्मण हुन्छन् र हरिद्वारमा
संन्यासी नै संन्यासी छन्। पण्डा ब्राह्मण हुन्छन्। तर उनीहरू त भोका हुन्छन्। भन–
तिमी अहिले जिस्मानी पण्डा हौ। अब रुहानी पण्डा बन। तिम्रो नाम पनि पण्डा हो।
पाण्डव सेनालाई पनि जान्दैनन्। बाबा पाण्डवहरूको मुकुटमणि हुनुहुन्छ। भन्नुहुन्छ–
हे प्यारा बच्चाहरू! म एकलाई याद गरेमा विकर्म विनाश हुनेछन् र जानेछौ आफ्नो घर।
फेरि ठुलो यात्रा हुनेछ अमरपुरीको। मूलवतनको कति ठुलो यात्रा हुनेछ। सबैका सबै
आत्माहरू जानेछन्। जस्तै माकुराको झुण्ड जान्छ नि। मौरीको पनि रानी दौडने हो भने
त्यसको पछाडि सबै दौडनेछन्। आश्चर्य छ नि। सबै आत्माहरू पनि लामखुट्टेजस्तै जानेछन्।
शिवको बरियाँत हो नि। तिमीहरू सबै दुलही हौ। म दुलहा आएको छु सबैलाई लैजान। तिमी
फोहोरी भएका छौ, त्यसैले श्रृङ्गार गरेर साथै लैजान्छु। जसले श्रृङ्गार गर्दैनन्,
उनीहरूले सजाय खानेछन्। जानु त छँदैछ। काशी कलवटमा पनि मनुष्य मरे भने सेकेन्डमा कति
सजाय भोग्छन्। मनुष्य चिच्याइरहन्छन्। यो पनि यस्तै हो, सम्झन्छन्– हामीले जस्तै
जन्मजन्मान्तरको दुःख, सजाय भोगिरहेको छु। त्यो दुःखको अनुभूति यस्तो हुन्छ।
जन्मजन्मान्तरका पापहरूको सजाय मिल्छ। जति सजाय खानेछन्, त्यति पद सानो हुनेछ,
त्यसैले बाबा भन्नुहुन्छ– योगबलले हिसाबकिताब चुक्ता गर। यादले जम्मा गर्दै जाऊ।
ज्ञान त धेरै सहज छ। अब हरेक कर्म ज्ञानयुक्त गर्नुछ। दान पनि पात्रलाई दिनुछ। पाप
आत्माहरूलाई दिनाले फेरि दिनेवालामाथि पनि त्यसको असर पर्छ। उनीहरू पनि पाप आत्मा
बन्छन्। यस्तालाई कहिल्यै दिनुहुँदैन, जो गएर त्यो पैसाले फेरि कुनै पाप आदि गर्छन्।
पाप आत्माहरूलाई दिने त दुनियाँमा धेरै बसेका छन्। अब तिमीले त यस्तो गर्नुछैन।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अहिले हरेक कर्म ज्ञानयुक्त गर्नुछ, पात्रलाई नै दान दिनुछ। पाप आत्माहरूसँग अब
कुनै पैसा आदिको लेनदेन गर्नुछैन। योगबलले सबै पुराना हिसाबकिताब चुक्ता गर्नुछ।
२) अपार खुसीमा रहनको
लागि आफूले आफैसँग कुरा गर्नुछ– बाबा, हजुर आउनुभएको छ हामीलाई अपार खुसीको खजाना
दिन, हजुरले हाम्रो झोली भरिरहनुभएको छ, हजुरसँग पहिला हामी शान्तिधाम जानेछौँ, फेरि
आफ्नो राजधानीमा आउनेछौँ...।
वरदान:–
समस्याहरूलाई
समाधान रूपमा परिवर्तित गर्ने विश्वकल्याणी भव
म विश्व कल्याणी हुँ–
अब यो श्रेष्ठ भावना, श्रेष्ठ कामनाको संस्कार इमर्ज गर। यो श्रेष्ठ संस्कारका अगाडि
हदका संस्कार स्वतः समाप्त हुनेछन्। समस्याहरू समाधानको रूपमा परिवर्तित हुनेछन्।
अब युद्धमा समय नगुमाऊ तर विजयीपनको संस्कार इमर्ज गर। अब सबै कुरा सेवामा लगाइदियौ
भने मेहनतबाट छुट्नेछौ। समस्याहरूमा जानुको सट्टा दान देऊ, वरदान दियौ भने स्वको
ग्रहण स्वतः समाप्त हुनेछ।
स्लोगन:–
कसैको कमी
कमजोरीको वर्णन गर्नुको सट्टा गुणस्वरूप बन, गुणहरूको नै वर्णन गर।
अव्यक्त इसारा:–
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन।
बाबाको बच्चाहरूसँग
यति प्यार छ, जसले अमृतवेलादेखि नै बच्चाहरूको पालना गर्नुहुन्छ। दिनको आरम्भ नै कति
श्रेष्ठ हुन्छ! स्वयं भगवानले मिलन मनाउनको लागि बोलाउनुहुन्छ, रुहरिहान गर्नुहुन्छ,
शक्तिहरू भर्नुहुन्छ! बाबाको मोहब्बतको गीतले तिमीलाई उठाउँछ। कति स्नेहले
बोलाउनुहुन्छ, उठाउनुहुन्छ– मीठा बच्चा, प्यारा बच्चा, आओ...। त्यसैले यो प्यारको
पालनाको यथार्थ स्वरूप हो ‘सहज योगी जीवन’।