23.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– जुन
सङ्कल्प ईश्वरीय सेवा अर्थ चल्छ , त्यसलाई शुद्ध सङ्कल्प वा निरसङ्कल्प नै भनिन्छ ,
व्यर्थ भनि ँ दै न।”
प्रश्न:–
विकर्महरूबाट
बच्नको लागि कुन चाहिँ कर्तव्य निर्वाह पालन गर्दा पनि अनासक्त रहनुछ?
उत्तर:–
मित्र-सम्बन्धीहरूको सेवा गर तर अलौकिक ईश्वरीय दृष्टि राखेर गर, त्यसमा मोहको अंश
हुनुहुँदैन। यदि कुनै विकारी सम्बन्धबाट सङ्कल्प चल्यो भने पनि त्यो विकर्म बन्छ
त्यसैले अनासक्त भएर कर्तव्य निर्वाह पालन गर। जति हुनसक्छ देहीअभिमानी रहने
पुरुषार्थ गर।
ओम् शान्ति ।
आज तिमी
बच्चाहरूलाई सङ्कल्प, विकल्प, निरसङ्कल्प अथवा कर्म, अकर्म र विकर्ममाथि सम्झाइन्छ।
तिमी यहाँ रहँदासम्म तिम्रा सङ्कल्पहरू अवश्य चल्छन्। सङ्कल्प धारण नगरी कुनै
मनुष्य एक क्षण पनि रहन सक्दैन। अब यी सङ्कल्प यहाँ पनि चल्छन्, सत्ययुगमा पनि
चल्छन् र अज्ञानकालमा पनि चल्छन् तर ज्ञानमा आउनाले सङ्कल्प, सङ्कल्प होइन, किनकि
तिमी ईश्वरीय सेवा अर्थ निमित्त बनेका छौ भने जुन यज्ञ अर्थ सङ्कल्प चल्छ त्यो
सङ्कल्प, सङ्कल्प होइन त्यो निरसङ्कल्प नै हो। बाँकी जुन फाल्तु सङ्कल्प चल्छन्
अर्थात् कलियुगी संसार र कलियुगी मित्र-सम्बन्धीहरूप्रति सङकल्प चल्छन् तिनलाई
विकल्प भनिन्छन् जसबाट नै विकर्म बन्छन् र विकर्महरूबाट दुःख प्राप्त हुन्छ। बाँकी
जुन यज्ञप्रति अथवा ईश्वरीय सेवाप्रति सङ्कल्प चल्छ त्यो मानौँ निरसङ्कल्प भयो।
शुद्ध सङ्कल्पले सेवाप्रति अगाडि बढौँ। हेर, बाबा यहाँ बस्नुभएको छ तिमी
बच्चाहरूलाई सम्हाल्नको लागि। उहाँको सेवा गर्नको लागि मम्मा बाबाको सङ्कल्प अवश्य
चल्छ। तर यो सङ्कल्प, सङ्कल्प होइन, यसबाट विकर्म बन्दैन तर यदि कसैको विकारी
सम्बन्धप्रति सङ्कल्प चल्यो भने त्यसको विकर्म अवश्य नै बन्छ।
बाबा तिमी
बच्चाहरूलाई भन्नुहुन्छ– मित्र-सम्बन्धीहरूको सेवा गर तर अलौकिक ईश्वरीय दृष्टिले।
त्यसमा मोहको अंश आउनुहुँदैन। अनासक्त भएर आफ्नो कर्तव्य निर्वाहको पालन गर्नुपर्छ।
तर जो कोही पनि यहाँ हुँदा, कर्म सम्बन्धमा हुँदा त्यस मोहको अंशलाई काट्न सकेनन्
भने पनि तिनीहरूले बाबालाई छोड्नुहुँदैन। हात समातेका छन् भने केही न केही पद
प्राप्त गरिहाल्छन्। अब यो त हरेकले आफूलाई जान्दछन्– ममा कुनचाहिँ विकार छ। यदि
कसैमा एउटा विकार छ भने पनि ऊ अवश्य देह अभिमानी भयो, जसमा विकार छैन ऊ भयो
देहीअभिमानी। कसैमा कुनै पनि विकार छ भने उसले सजाय अवश्य खान्छ र जो विकाररहित छ,
ऊ सजायबाट मुक्त हुन्छ। जस्तै हेर कोही कोही बच्चाहरू छन्, जसमा न काम छ, न क्रोध
छ, न लोभ छ, न मोह छ..., उनीहरूले धेरै राम्रो सेवा गर्न सक्छन्। अहिले उनीहरूको
धेरै ज्ञान विज्ञानमय अवस्था छ। त्यसमा त तिमीहरू सबैले पनि सम्मति (भोट) दिन्छौ।
अब यो त जसरी मैले जान्दछु त्यसैगरी तिमी बच्चाहरूले पनि जान्दछौ, राम्रोलाई सबैले
राम्रो भन्छन्, जसमा केही कमी हुन्छ उसलाई सबैले त्यही राय दिन्छन्। अब यो निश्चय
गर– जसमा कुनै विकार छ उसले सेवा गर्न सक्दैन। जो विकारप्रुफ छ उसले सेवा गरेर
अरूलाई आफूसमान बनाउन सक्छ त्यसैले विकारहरूमाथि पूर्ण विजय हुनुपर्छ, विकल्पमाथि
पूर्ण विजय हुनुपर्छ। ईश्वर अर्थ गरिएको सङ्कल्पलाई निरसङ्कल्प भन्न सकिन्छ।
वास्तवमा निरसङ्कल्पता त्यसैलाई भनिन्छ जहाँ सङ्कल्प नै चल्दैन, दुःख सुखबाट न्यारा
हुन्छ, त्यो त अन्त्यमा तिमी हिसाबकिताब चुक्ता गरेर गएपछि, त्यहाँ दुःख सुखबाट
न्यारा अवस्थामा, कुनै सङ्कल्प चल्दैन। त्यस समयमा कर्म अकर्म दुवैबाट पर अकर्मी
अवस्थामा हुन्छौ।
यहाँ तिम्रो सङ्कल्प
अवश्य चल्छ किनकि तिमी सारा दुनियालाई शुद्ध बनाउनको लागि निमित्त बनेका छौ त्यसैले
त्यसको लागि तिम्रा शुद्ध सङ्कल्प अवश्य चल्छन्। सत्ययुगमा शुद्ध सङ्कल्प चल्ने
भएकाले सङ्कल्प, सङ्कल्प हुँदैन, कर्म गर्दा पनि कर्मबन्धन बन्दैन। बुझ्यौ। अब कर्म,
अकर्म र विकर्मको गति त बाबाले नै सम्झाउन सक्नुहुन्छ। उहाँले नै विकर्महरूबाट
छुटाउनुहुन्छ जसले यस सङ्गममा तिमीलाई पढाइरहनुभएको छ त्यसैले प्यारा बच्चाहरू!
आफैमाथि धेरै नै सावधानी राख। आफ्नो हिसाब किताबलाई पनि हेर्दैजाऊ। तिमी यहाँ आएका
हौ हिसाबकिताब चुक्ता गर्न। यस्तो त नहोस्– यहाँ आएर पनि हिसाबकिताब बनाउँदै गयौ र
सजाय खानु पर्छ। यो गर्भ जेलको सजाय कुनै कम होइन। यस कारण धेरै नै पुरुषार्थ
गर्नुछ। यो लक्ष्य धेरै उच्च छ त्यसैले सावधानीसँग चल्नुपर्छ। विकल्पहरू माथि अवश्य
विजय पाउनुछ। अब कतिसम्म तिमीले विकल्पहरूमाथि विजय पाएका छौ, कतिसम्म यस
निरसङ्कल्प अर्थात् दुःख सुखबाट न्यारा अवस्थामा रहन्छौ, यसमा तिमीले आफूलाई
हेरिराख। जसले आफैलाई बुझ्न सक्दैनन् उनीहरूले मम्मा, बाबासँग सोध्न सक्छन् किनकि
तिमी त उहाँका वारिस हौ, त्यसैले उहाँले बताउन सक्नुहुन्छ।
निरसङ्कल्प अवस्थामा
रहेमा तिमीले आफ्नो त के, कुनै पनि विकारीको विकर्महरूलाई दबाउन सक्छौ, कुनै पनि
कामी पुरुष तिम्रो अगाडि आयो भने पनि उसको विकारी सङ्कल्प चल्दैन। जसरी कोही
देवताहरूकहाँ गयो भने उनीहरूको अगाडि ऊ शान्त हुन्छ, त्यसैगरी तिमी पनि गुप्त रूपमा
देवता हौ। तिम्रो अगाडि पनि कसैको विकारी सङ्कल्प चल्न सक्दैन, तर यस्ता धेरै कामी
पुरुष छन् जसको केही सङ्कल्प चल्यो भने पनि तिमी योगयुक्त भएर बसिरह्यौ भने उसले
आक्रमण गर्न सक्दैन।
हेर, प्यारा बच्चाहरू!
तिमी यहाँ आएका हौ परमात्मालाई विकारहरूको आहुति दिन तर कोही कोहीले अझै काइदा
अनुसार आहुति दिएका छैनन्। उनीहरूको योग परमपितासँग जुटेको छैन। सारा दिन बुद्धियोग
भट्किरहन्छ अर्थात् देहीअभिमानी बनेका छैनन्। देह अभिमानी भएको कारणले कसैको
स्वभावमा आउँछन्, जसकारण परमात्मासँग प्रीत निभाउन सक्दैनन् अर्थात् परमात्मा अर्थ
सेवा गर्ने अधिकारी बन्न सक्दैनन्। त्यसैले जसले परमात्माबाट सेवा लिएर फेरि सेवा
गरिरहेका छन् अर्थात् पतितहरूलाई पावन बनाइरहेका छन् तिनै मेरा सच्चा पक्का बच्चा
हुन्। तिनीहरूलाई धेरै ठुलो पद मिल्छ।
अहिले परमात्मा स्वयं आएर तिम्रो बाबा बन्नुभएको छ। उहाँ बाबालाई नचिनेर साधारण
रूपमा कुनै पनि प्रकारको सङ्कल्प उत्पन्न गर्नु अर्थात् विनाश हुनु हो। अब त्यो समय
आउनेछ जुनबेला १०८ ज्ञान गङ्गाहरूले पूर्ण अवस्था प्राप्त गर्नेछन्। बाँकी जसले
पढेका हुँदैनन् उनीहरूले त आफ्नै बर्बादी गर्नेछन्। यो निश्चित रूपले जान– जोसुकैले
पनि यस ईश्वरीय यज्ञमा लुकेर काम गर्छ भने उसलाई जानी जाननहार बाबाले देख्नुहुन्छ,
उहाँले फेरि आफ्नो साकारस्वरूप बाबालाई प्रेरणा दिनुहुन्छ, सावधानी दिनको लागि।
त्यसैले कुनै पनि कुरा लुकाउनुहुँदैन। गल्तीहरू हुन्छन् तर त्यसलाई बताउनाले नै पछि
गएर बच्न सकिन्छ त्यसैले प्यारा बच्चाहरू! सावधान रहनुछ।
बच्चाहरूले पहिला
आफूलाई चिन्नुपर्छ– म को हुँ, ह्वाट एम आई। “म” शरीरलाई भनिँदैन, म भनिन्छ आत्मालाई।
म आत्मा कहाँबाट आएको हुँ? कसको सन्तान हुँ? आत्मालाई म आत्मा परमपिता परमात्माको
सन्तान हुँ भन्ने थाहा भएपछि आफ्नो बाबालाई याद गरेर खुसी हुन्छ। बाबाको कर्तव्यलाई
चिनिसकेपछि बच्चा खुसी हुन्छ। सानो हुँदासम्म, बाबाको कर्तव्यलाई नजान्दासम्म त्यति
खुसी हुँदैन। जसरी ठुलो हुँदै जान्छ, बाबाको कर्तव्य थाहा हुँदैजान्छ त्यसपछि त्यो
नसा, त्यो खुसी चढ्दै जान्छ। त्यसैले पहिला उहाँको कर्तव्यलाई जान्नुछ– हाम्रो बाबा
को हुनुहुन्छ? उहाँ कहाँ रहनुहुन्छ? आत्मा उहाँ बाबामा मर्ज हुन्छ भन्यो भने आत्मा
विनाशी भयो, अनि खुसी कसलाई हुन्छ।
तिमीकहाँ जो नयाँ
जिज्ञासु आउँछन् उनीहरूलाई सोध्नुपर्छ– तपाईंले यहाँ के पढ्नुहुन्छ? यसबाट के पद
मिल्छ? त्यो कलेजमा त पढ्नेले बताउँछन्– हामी डाक्टर बनिरहेका छौँ, इन्जिनियर
बनिरहेका छौँ... त्यसपछि उनीहरूमाथि विश्वास गर्छन् नि– यिनीहरूले अवश्य पढिरहेका
छन्। यहाँ पनि विद्यार्थीहरूले बताउँछन्– यो हो दुःखको दुनिया जसलाई नर्क, हेल अथवा
डेभिल वर्ल्ड वा आसुरी दुनियाँ भनिन्छ। त्यसको ठाउँमा छ हेभिन अथवा डिटि वर्ल्ड,
जसलाई स्वर्ग भनिन्छ। यो त सबैले जान्दछौ, बुझ्न पनि सक्छौ– यो त्यो स्वर्ग होइन,
यो नर्क हो अथवा दुःखको दुनिया हो, पाप आत्माहरूको दुनिया हो त्यसैले त उहाँलाई
पुकार्छन्– हामीलाई पुण्यको दुनियामा लैजानुहोस्! त्यसैले यी बच्चाहरू जसले पढिरहेका
छन् उनीहरूलाई थाहा छ– हामीलाई बाबाले त्यो पुण्यको दुनियामा लैजाँदै हुनुहुन्छ।
त्यसैले जो नयाँ विद्यार्थी आउँछन् उनीहरूले ती बच्चाहरूलाई सोध्नुपर्छ,
बच्चाहरूसँग पढ्नुपर्छ। उनीहरूले आफ्नो टिचरको अथवा बाबाको कर्तव्य बताउन सक्छन्।
बाबा बसेर कहाँ आफ्नो प्रशंसा आफै गर्नुहुन्छ र, टिचरले आफ्नो महिमा आफै सुनाउँछ र!
त्यो त विद्यार्थीले सुनाउँछन्– यस्तो टिचर हुनुहुन्छ, तब भनिन्छ स्टुडेन्ट सोज
मास्टर। तिमी बच्चाहरू जसले यति कोर्स पढेर आएका छौ, तिम्रो काम हो नयाँहरूलाई बसेर
सम्झाउनु। बाँकी टिचर जसले बी.ए. एम.ए. पढाइरहेका छन् उनीहरूले बसेर नयाँ
विद्यार्थीलाई ए.बी.सी. सिकाउँछन् र! कुनै कुनै विद्यार्थी राम्रा होसियार हुन्छन्,
उनीहरूले अरूलाई पनि पढाउँछन्। त्यसमा माता गुरु त प्रसिद्ध छन्। यिनी हुन् दैवी
धर्मकी पहिली माता, जसलाई जगदम्बा भनिन्छ। माताको धेरै महिमा छ। बङ्गालमा काली,
दुर्गा, सरस्वती र लक्ष्मी यी चार देवीहरूको धेरै पूजा गर्छन्। तर ती चारको कर्तव्य
त थाहा हुनुपर्छ। जस्तै लक्ष्मी हुनुहुन्छ भने उहाँ हुनुहुन्छ गडेज अफ वेल्थ अर्थात्
धनकी देवी। उहाँले त यहाँ नै राज्य गरेर जानुभएको हो। बाँकी काली, दुर्गा आदि यी त
सबै उहाँका नाम राखिएका हुन्। यदि चार माताहरू छन् भने उनीहरूका चार पति पनि
हुनुपर्छ। अब लक्ष्मीका त नारायण पति प्रसिद्ध छन्। कालीका पति को हुन्? (शङ्कर) तर
शङ्करलाई त पार्वतीको पति बताउँछन्। पार्वती कुनै काली होइनन्। धेरै छन् जसले
कालीलाई पुज्छन्, मातालाई याद गर्छन् तर पिताको विषयमा थाहै छैन। कालीको कि त पति
हुनुपर्छ कि पिता हुनुपर्छ तर यो कसैलाई थाहै छैन।
तिमीले सम्झाउनुछ–
दुनिया यो एउटै हो, जुन कुनै समय दुःखको दुनिया अथवा दोजक बन्छ त्यही फेरि सत्ययुगमा
बहिश्त अथवा स्वर्ग बन्छ। लक्ष्मीनारायणले पनि यसै सृष्टिमा सत्ययुगको समयमा राज्य
गर्नुहुन्थ्यो। बाँकी सूक्ष्म वतनमा त कुनै वैकुण्ठ हुँदैन जहाँ सूक्ष्म
लक्ष्मीनारायण हुनुहुन्छ। उहाँहरूका चित्र यहाँ नै छन् त्यसैले अवश्य यहाँ नै राज्य
गरेर जानुभएको हो। खेल सारा यस साकार संसारमा चल्छ। इतिहास भूगोल यस साकार दुनियाको
हो। सूक्ष्मवतनको कुनै इतिहास भूगोल हुँदैन। तर सबै कुरालाई छोडेर तिमीले नयाँ
जिज्ञासुलाई पहिला अल्फको विषयमा सिकाउनुछ फेरि बेको विषयमा सम्झाउनुछ। अल्फ
हुनुहुन्छ भगवान, उहाँ सुप्रिम सोल हुनुहुन्छ। यो कुरा पूरा नबुझेसम्म परमपिताको
लागि त्यो लव जाग्दैन, त्यो खुसी आउँदैन किनकि पहिला बाबालाई चिनिसकेपछि मात्र
उहाँको कर्तव्यलाई पनि जान्दछन् र खुसी हुन्छन्। त्यसैले खुसी हुन्छ यस पहिलो
कुरालाई बुझ्नुमा। भगवान त सदा सुखी हुनुहुन्छ, आनन्दस्वरूप हुनुहुन्छ। उहाँका हामी
बच्चा हौँ भने किन त्यो खुसी हामीमा हुँदैन! त्यो गुदगुदी किन हुँदैन! आई एम सन अफ
गड (म भगवानको बच्चा हुँ), आइ एम एवर ह्याप्पी मास्टर गड (म सदा सुखी मास्टर भगवान
हुँ)। यो खुसी हुँदैन भने सिद्ध छ आफूलाई सन (बच्चा) सम्झँदैनन्। गड इज एवर ह्याप्पी
बट आइ एम नट ह्याप्पी (भगवान सदा सुखी हुनुहुन्छ तर म सुखी छैन) यस्तो हुन्छ किनकि
बाबालाई चिन्दैनन्। कुरा त सहज छ।
कोही कोहीलाई यो
ज्ञान सुन्नुको सट्टा शान्ति राम्रो लाग्छ किनकि धेरै छन् जसले ज्ञान लिन पनि
सक्दैनन्। त्यति समय कहाँ छ। बस् यस अल्फलाई पनि चिनेर शान्तिमा रहे भने त्यो पनि
राम्रो छ। जसरी संन्यासी पनि पहाडको कन्दराहरूमा गएर परमात्माको यादमा बस्छन्।
त्यसैगरी परमपिता परमात्माको, त्यो सुप्रिम लाइटको यादमा रहे भने पनि राम्रो हो।
उहाँको यादबाट संन्यासी पनि निर्विकारी बन्न सक्छन्। तर घरमै बसेर त याद गर्न
सक्दैनन्। त्यहाँ त बालबच्चामा मोह गइरहन्छ, त्यसैले त संन्यास गर्छन्। पवित्र
बन्छन् भने त्यसमा सुख त छ नि। संन्यासी सबैभन्दा राम्रा छन्। आदिदेव पनि संन्यासी
बनेका हुन् नि। यहाँ अगाडि उहाँको (आदिदेवको) मन्दिर छ, जहाँ तपस्या गरिरहेका छन्।
गीतामा पनि भनिन्छ– देहका सबै धर्महरूको संन्यास गर। उनीहरू संन्यास गरेर गए भने
महात्मा बन्छन्। गृहस्थीलाई महात्मा भन्नु बेकाइदा हो। तिमीलाई त परमात्माले आएर
संन्यास गराउनुभएको छ। संन्यास गर्छन् नै सुखको लागि। महात्मा कहिल्यै दुःखी
हुँदैनन्। राजाहरूले पनि संन्यास गरे भने ताज आदि फ्याँकिदिन्छन्। जस्तै गोपीचन्दले
संन्यास गरे, त्यसैले अवश्य यसमा सुख छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) लुकेर कुनै पनि उल्टो कर्म गर्नुछैन। बापदादाबाट कुनै पनि कुरा लुकाउनुछैन। धेरै
धेरै सावधान रहनुछ।
२) विद्यार्थीले
गुरुको प्रत्यक्षता गर्छन् (स्टुडेन्ट सोज् मास्टर), जे पढिएको छ त्यो अरूलाई
पढाउनुछ। सदा सुखी भगवानका बच्चा हौँ, यस स्मृतिले अपार खुसीमा रहनुछ।
वरदान:–
विकार रूपी
सर्पलाई पनि श य् या बनाउने विष्णुसमान सदा विजयी , निश्चित भव
जुन विष्णुको शेष
शय्या देखाउँछन् यो तिमी विजयी बच्चाहरूको सहजयोगी जीवनको यादगार हो। सहजयोगद्वारा
विकाररूपी सर्प पनि अधीन हुन्छन्। जुन बच्चाहरू विकाररूपी सर्पहरूमाथि विजय प्राप्त
गरेर उनीहरूलाई आरामको शय्या बनाइदिन्छन् उनीहरू सदा विष्णुसमान हर्षित र निश्चित
रहन्छन्। त्यसैले सदा यो चित्रमा आफ्नो अगाडि हेर– म विकारहरूलाई अधीन गरेको अधिकारी
हुँ। आत्मा सदा आरामको स्थितिमा निश्चित छ।
स्लोगन:–
बालक र
मालिकपनको सन्तुलनले योजनालाई प्राक्टिकलमा ल्याऊ।
अव्यक्त इसारा:– अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
आफ्ना हरेक
कर्मेन्द्रियको शक्तिलाई इसारा गरेमा इसाराले नै जस्तो चाहन्छौ त्यस्तै चलाउन सक्छौ।
यस्तो कर्मेन्द्रियजित बन त्यसपछि फेरि प्रकृतिजित बनेर कर्मातीत स्थितिको आसनधारी
सो विश्व राज्य अधिकारी बन्छौ। हरेक कर्मेन्द्रिय “हस् हजुर” “ हुन्छ हाजिर” गर्दै
चलुन्। तिमी राज्य अधिकारीहरूको हर कर्मेन्द्रियले सदा स्वागत अर्थात् सलाम गरिरहोस्
त्यसपछि कर्मातीत बन्न सक्छौ।