24.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाले
तिमीलाई जुन पढाइ पढाउनुहुन्छ , त्यो बुद्धिमा राखेर सबैलाई पढाउ नुछ , हरेकलाई बाबा
र सृ ष्टि चक्रको परिचय दि नुछ ।”
प्रश्न:–
आत्माले
सत्ययुगमा पनि पार्ट खेल्छ र कलियुगमा पनि तर अन्तर के छ?
उत्तर:–
सत्ययुगमा
पार्ट खेल्दा त्यसमा कुनै पाप कर्म हुँदैन, हर कर्म त्यहाँ अकर्म हुन्छ किनकि रावण
हुँदैन। फेरि कलियुगमा पार्ट खेल्दा हरेक कर्म विकर्म वा पाप बन्छ किनकि यहाँ विकार
छन्। अहिले तिमी सङ्गममा छौ। तिमीलाई सारा ज्ञान छ।
ओम् शान्ति ।
अब यो त
बच्चाहरूले जान्दछौ– हामी बाबाको सामुन्ने बसेका छौँ। बाबाले पनि जान्नुहुन्छ–
बच्चाहरू हाम्रो सामुन्ने बसेका छन्। यो पनि तिमीले जान्दछौ– बाबाले हामीलाई शिक्षा
दिनुहुन्छ, जुन फेरि अरूलाई दिनुछ। पहिला सुरुमा त बाबाकै परिचय दिनुछ किनकि सबैले
बाबालाई र बाबाको शिक्षालाई भुलेका छन्। अहिले बाबाले जे पढाउनुहुन्छ, यो पढाइ फेरि
५ हजार वर्षपछि मिल्नेछ। यो ज्ञान अरू कसैसँग छैन। मुख्य भयो बाबाको परिचय। फेरि यो
पनि सम्झाउनुछ– हामी सबै भाइ भाइ हौँ। सारा दुनियाँमा जे जति आत्माहरू छन्, सबै
आपसमा भाइ भाइ हुन्। सबैले आफूलाई मिलेको पार्ट यस शरीरद्वारा खेल्छन्। अब त बाबा
आउनुभएको छ नयाँ दुनियाँमा लैजानको लागि, जसलाई स्वर्ग भनिन्छ। तर हामी सबै भाइहरू
पतित छौँ, एक जना पनि पावन छैन। सबै पतितहरूलाई पावन बनाउने एक बाबा नै हुनुहुन्छ।
यो हो नै पतित, विकारी, भ्रष्टाचारी रावणको दुनियाँ। रावणको अर्थ नै हो– ५ विकार
स्त्रीमा, ५ विकार पुरुषमा। बाबाले धेरै सरल तरिकाले सम्झाउनुहुन्छ। तिमीले पनि
त्यसरी नै सम्झाउन सक्छौ। त्यसैले सबैभन्दा पहिला यो सम्झाऊ– उहाँ हामी आत्माहरूका
बाबा हुनुहुन्छ। हामी सबै भाइ भाइ हौँ। सोध– यो ठीक हो? लेख– हामी सबै भाइ भाइ हौँ।
हाम्रो बाबा पनि एक हुनुहुन्छ, हामी सबै आत्माहरू हौँ उहाँ हुनुहुन्छ परम आत्मा,
उहाँलाई बाबा भनिन्छ। यो पक्का-पक्का बुद्धिमा बसाल, त्यसपछि पहिला सर्वव्यापी आदि
निस्किन्छ। पहिला अल्फको विषयमा पढ्नुछ। भन– यो राम्रोसँग बसेर लेख। पहिला
सर्वव्यापी भन्थ्यौ, अब बुझ्यौ– सर्वव्यापी हुनुहुन्न। हामी सबै भाइ भाइ हौँ, सबै
आत्माहरूले भन्छन्– गड फादर, परमपिता। पहिला त यो निश्चय बसाउनुछ– हामी आत्मा हौँ,
परमात्मा होइनौँ। न हामीमा परमात्मा व्यापक हुनुहुन्छ। सबैमा आत्मा व्यापक छ।
आत्माले शरीरको आधारले पार्ट खेल्छ, यसमा पक्का निश्चय गराऊ। अच्छा, फेरि उहाँ
बाबाले सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान पनि सुनाउनुहुन्छ, अरू त कसैले पनि
जान्दैनन्– यस सृष्टि चक्रको अवधि कति हो। बाबा नै बसेर टिचरको रूपमा सम्झाउनुहुन्छ।
लाखौँ वर्षको त कुरा नै छैन। यो चक्र अनादि, एक्युरेट बनिबनाउ छ, यसलाई जान्नुपर्छ।
सत्ययुग-त्रेता बितेर गए, नोट गर। त्यसलाई स्वर्ग र अर्ध स्वर्ग भनिन्छ। जहाँ
देवीदेवताहरूको राज्य चल्छ, त्यो १६ कला, फेरि त्यो १४ कला। बिस्तारै बिस्तारै
कलाहरू कम हुँदै जान्छन्। दुनियाँ त पुरानो अवश्य हुन्छ नि। सत्ययुगको प्रभाव धेरै
ठुलो छ। नाम नै छ स्वर्ग, हेविन, नयाँ दुनियाँ... त्यसैको महिमा गर्नुपर्छ। नयाँ
दुनियाँमा छ नै एक आदि सनातन देवीदेवता धर्म। पहिला बाबाको परिचय, फेरि चक्रको
परिचय दिइन्छ। चित्र पनि तिमीसँग छन्– निश्चय गराउनको लागि। यो सृष्टिको चक्र
घुमिरहन्छ। सत्ययुगमा लक्ष्मीनारायणको राज्य थियो, त्रेतामा रामसीताको। यो भयो
आधाकल्प, दुई युग बितेर गए, फेरि आउँछ द्वापर-कलियुग। द्वापरमा रावण राज्य। देवताहरू
वाममार्गमा जान्छन्, त्यसपछि विकारको सिस्टम हुन्छ। सत्ययुग-त्रेतामा सबै निर्विकारी
हुन्छन्। एक आदि सनातन देवीदेवता धर्म हुन्छ। चित्र पनि देखाउनुछ, मौखिक रूपमा पनि
सम्झाउनुछ। बाबाले हामीलाई टिचर बनेर यसरी पढाउनुहुन्छ। बाबाले आफ्नो परिचय स्वयं
नै आएर दिनुहुन्छ। स्वयं भन्नुहुन्छ– म आउँछु पतितहरूलाई पावन बनाउन, त्यसैले मलाई
शरीर अवश्य चाहिन्छ। नत्र कुरा कसरी गरूँ। म चैतन्य छु, सत् छु र अमर छु। आत्मा सतो,
रजो, तमोमा आउँछ। आत्मा नै पावन र पतित बन्छ, त्यसैले भनिन्छ पतित आत्मा, पावन आत्मा।
आत्मामा नै सबै संस्कार हुन्छन्। विगतको कर्म वा विकर्मको संस्कार आत्माले लिएर
आउँछ। सत्ययुगमा विकर्म हुँदैहुँदैन। कर्म गर्छन्, पार्ट खेल्छन् तर त्यो कर्म
अकर्म हुन्छ। गीतामा पनि यस्ता शब्द छन्, अहिले तिमीले यथार्थमा बुझिरहेका छौ।
जान्दछौ– बाबा आउनुभएको छ पुरानो दुनियाँलाई परिवर्तन गर्न, नयाँ दुनियाँ बनाउन। जहाँ
कर्म अकर्म हुन्छ, त्यसलाई नै सत्ययुग भनिन्छ र फेरि जहाँ सबै कर्म, विकर्म हुन्छन्,
त्यसलाई कलियुग भनिन्छ। तिमी अहिले सङ्गममा छौ। बाबाले दुवैतर्फको कुरा
सम्झाउनुहुन्छ। सत्ययुग-त्रेता त हो पवित्र दुनियाँ, त्यहाँ कुनै पाप हुँदैन। रावण
राज्य सुरु भएपछि नै पाप हुन्छन्। त्यहाँ विकारको नाम हुँदैन। चित्र त सामुन्ने छन्–
रामराज्य र रावण राज्य। बाबा सम्झाउनुहुन्छ– यो पढाइ हो। बाबाबाहेक अरू कसैले
जान्दैन। यो पढाइ त तिम्रो बुद्धिमा रहनुपर्छ, बाबा पनि याद आउनुहुन्छ, चक्र पनि
बुद्धिमा आउँछ। सेकेन्डमा सबै याद आउँछ। वर्णन गर्नमा समय लाग्छ। यसका ३ वटा मूल (फाउन्टेन)
छन्। वृक्ष यस्तो हुन्छ, बीज र वृक्ष सेकेन्डमा याद आउँछन्। यो बीज फलानो वृक्षको
हो, यसरी यसबाट फल निस्कन्छ। यो बेहदको मनुष्य सृष्टिरूपी वृक्ष कसरी हो, यसको
रहस्य तिमीले सम्झाउँछौ। बच्चाहरूलाई सबै सम्झाइएको छ– आधाकल्प राजवंश कसरी चल्छ,
फेरि रावण राज्य हुन्छ त्यसपछि जो सत्ययुग-त्रेतावासी छन्, उनीहरू नै द्वापरवासी
बन्छन्। वृक्ष वृद्धि हुँदै जान्छ। आधाकल्पपछि रावण राज्य हुन्छ, विकारी बन्छन्।
बाबाबाट जुन वर्सा मिल्यो, त्यो आधाकल्प चल्यो। ज्ञान सुनाएर वर्सा दिनुभयो, त्यो
प्रारब्ध भोगे अर्थात् सत्ययुग-त्रेतामा सुख पाए। त्यसलाई सुखधाम, सत्ययुग भनिन्छ।
त्यहाँ दुःख हुँदैहुँदैन। कति सरल तरिकाले सम्झाउनुहुन्छ। एकलाई सम्झाउँछौ वा
धेरैलाई सम्झाउँछौ– तब यस्तो अटेन्सन दिनुछ, बुझ्छ, हो हो भन्छ? भन– नोट गर्दै जाऊ।
कुनै शङ्का छ भने सोध्नुछ। जुन कुरा कसैले जान्दैन, त्यो हामीले सम्झाउँछौँ। तपाईंले
केही पनि जान्नुहुन्न, फेरि के सोध्नहुन्छ र?
बाबाले त यस बेहद
वृक्षको रहस्य सम्झाउनुहुन्छ। यो ज्ञान अहिले तिमीले बुझेका छौ। बाबाले सम्झाउनुभएको
छ– तिमी ८४ को चक्रमा कसरी आउँछौ। यो राम्रोसँग नोट गर, फेरि यसमाथि विचार गर्नुछ।
जसरी टिचरले एस्से (निबन्ध) दिन्छन्, फेरि घरमा गएर रिभाइज गरेर आउँछन् नि। तिमीले
पनि यो ज्ञान दिन्छौ, फेरि हेर के हुन्छ। सोधिराख। एक एक कुरा राम्रोसँग सम्झाऊ।
बाबा-टिचरको कर्तव्य सम्झाएर फेरि गुरुको सम्झाऊ। उहाँलाई बोलाइएकै छ– आएर हामी
पतितहरूलाई पावन बनाउनुहोस्। आत्मा पावन बन्छ त्यसपछि फेरि शरीर पनि पावन मिल्छ।
जस्तो सुन, त्यस्तै गहना बन्छ। २४ क्यारेटको सुन लियौ, मिसावट गरेनौ भने गहना पनि
त्यस्तै सतोप्रधान बन्छन्। मिसावट गरेकाले तमोप्रधान बनेका हुन्। पहिला सुरुमा
भारतवर्ष २४ क्यारेट पक्का सुनको चरी थियो अर्थात् सतोप्रधान नयाँ दुनियाँ थियो,
फेरि तमोप्रधान बनेको छ। यो कुरा बाबाले नै सम्झाउनुहुन्छ, अरू कुनै मनुष्य
गुरुहरूले जान्दैनन्। बोलाउँछन्– आएर पावन बनाउनुहोस्! त्यो त गुरुको काम हो।
वानप्रस्थ अवस्थामा मनुष्यले गुरु बनाउँछन्। वाणीभन्दा परको स्थान त हो निराकारी
दुनियाँ, जहाँ आत्माहरू रहन्छन्। यो हो साकारी दुनियाँ। दुवैको यो मिलन हो। त्यहाँ
त शरीर हुँदैन। त्यहाँ कुनै कर्म हुँदैन। बाबामा त सारा ज्ञान छ। ड्रामा प्लान
अनुसार उहाँलाई नै भनिन्छ ज्ञानका सागर। उहाँ चैतन्य सत्-चित्-आनन्द स्वरूप हुनुभएको
कारणले उहाँलाई ज्ञानका सागर भनिन्छ। बोलाउँछन् पनि– हे पतितपावन ज्ञानका सागर
शिवबाबा! उहाँको नाम सदैव शिव नै हो। बाँकी आत्माहरू सबै आउँछन् पार्ट खेल्न।
त्यसैले भिन्न भिन्न नाम धारण गर्छन्। बाबालाई बोलाउँछन् तर उनीहरूलाई केही पनि समझ
हुँदैन। अवश्य भाग्यशाली रथ पनि होला, जसमा बाबाले प्रवेश गरेर तिमीलाई पावन
दुनियाँमा लैजानुहुन्छ। त्यसैले बाबा सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! म उनको
तनमा आउँछु जो धेरै जन्मको अन्त्यमा छ, पूरा ८४ जन्म लिन्छन्। भाग्यशाली रथमा
आउनुपर्छ। पहिलो नम्बरमा त हुनुहुन्छ श्रीकृष्ण। उहाँ हुनुहुन्छ नयाँ दुनियाँको
मालिक। फेरि उहाँ तल ओर्लनुहुन्छ। सत्ययुगबाट त्रेता, द्वापर, कलियुगमा
आइपुग्नुहुन्छ। अहिले फेरि तिमी कलियुगीबाट सत्ययुगी बनिरहेका छौ। बाबा भन्नुहुन्छ–
केवल म आफ्नो बाबालाई याद गर। जसमा प्रवेश गरेको छु, उनको आत्मामा त अलिकति पनि
ज्ञान थिएन। यिनमा म प्रवेश गर्छु, त्यसैले यिनलाई भाग्यशाली रथ भनिन्छ। नत्र
सबैभन्दा उच्च त यी लक्ष्मीनारायण छन्, यिनीहरूमा प्रवेश गर्नुपर्थ्यो। तर उनीहरूमा
परमात्माले प्रवेश गर्नुहुन्न, त्यसैले उनीहरूलाई भाग्यशाली रथ भनिँदैन। रथमा आएर
पतितहरूलाई पावन बनाउनुछ, त्यसैले अवश्य कलियुगी तमोप्रधान हुन्छ नि। स्वयं
भन्नुहुन्छ– म धेरै जन्मको अन्त्यमा आउँछु। गीतामा पनि यी शब्द सही छन्। गीतालाई नै
सर्व शास्त्रमई शिरोमणी भनिन्छ। यस सङ्गमयुगमा नै बाबा आएर ब्राह्मण कुल र देवता
कुल स्थापना गर्नुहुन्छ। धेरै जन्मको अन्त्यमा अर्थात् सङ्गमयुगमा नै बाबा
आउनुहुन्छ। बाबा भन्नुहुन्छ– म बीजरूप हुँ। श्रीकृष्ण त हुनुहुन्छ सत्ययुग निवासी।
उहाँलाई अर्को ठाउँमा त कसैले देख्न सक्दैन। पुनर्जन्ममा त नाम, रूप, देश, काल सबै
परिवर्तन हुन्छ। अनुहार नै परिवर्तन हुन्छ। पहिला सानो बच्चा सुन्दर हुन्छ, फेरि
ठुलो हुन्छ, उसले फेरि शरीर छोडेर अर्को सानो शरीर लिन्छ। यो बनिबनाउ खेल ड्रामा
भित्र पहिल्यै निश्चित छ। अर्को शरीर लियो भने उसलाई श्रीकृष्ण भनिँदैन। त्यो अर्को
शरीरमा नाम आदि फेरि अर्को राखिन्छ। समय, अनुहार, तिथि मिति आदि सबै परिवर्तन हुन्छ।
विश्वको इतिहास भूगोल हुबहु दोहोरिन्छ भनिन्छ। त्यसैले यो ड्रामा दोहोरिइरहन्छ। सतो,
रजो, तमोमा आउनु नै छ। सृष्टिको नाम, युगको नाम सबै परिवर्तन भइ नै रहन्छन्। अहिले
यो हो सङ्गमयुग। म आउँछु नै सङ्गममा। मैले तिमीलाई सारा दुनियाँको सत्य इतिहास
भूगोल बताउँछु। आदिदेखि लिएर अन्त्यसम्म अरू कसैले पनि जान्दैजान्दैन। सत्ययुगको
अवधि कति थियो, यो थाहा नभएको कारणले लाखौँ वर्ष भनिदिन्छन्। अहिले तिम्रो बुद्धिमा
सबै कुरा छन्। तिमीले मनमा यो पक्का निश्चय गर्नुछ– बाबा, बाबा-टिचर-सदगुरु
हुनुहुन्छ, जसले फेरि सतोप्रधान बन्नको लागि धेरै राम्रो युक्ति बताउनुहुन्छ। गीतामा
पनि छ– देहसहित देहका सबै धर्म छोडेर आफूलाई आत्मा सम्झ। फर्केर आफ्नो घर अवश्य
जानुछ। भक्तिमार्गमा कति मेहनत गर्छन्, भगवानकहाँ जानको लागि। त्यो हो मुक्तिधाम,
कर्मबाट मुक्त। हामी निराकारी दुनियाँमा गएर बस्छौँ। पार्टधारी घर गयो भने पार्टबाट
मुक्त भयो। सबैले चाहन्छन्– हामीले मुक्ति पाऊँ। मोक्ष त कसैलाई मिल्न सक्दैन। यो
ड्रामा अनादि अविनाशी छ। कसैले भन्यो– यो आउनेजाने पार्ट हामीलाई मन पर्दैन, तर यसमा
केही गर्न सकिँदैन। यो ड्रामा अनादि बनेको छ। एक जनाले पनि मोक्ष पाउन सक्दैन। ती
सबै अनेक प्रकारका मनुष्य मत हुन्। यो हो श्रीमत, श्रेष्ठ बनाउनको लागि। मनुष्यलाई
श्रेष्ठ भनिँदैन। देवताहरूलाई श्रेष्ठ भनिन्छ। उहाँहरूको अगाडि सबैले नमन गर्छन्।
त्यसैले त उनीहरू श्रेष्ठ ठहरिए नि। श्रीकृष्ण देवता हुनुहुन्छ वैकुण्ठको राजकुमार।
उहाँ यहाँ कसरी आउनुहुन्छ र। न उहाँले गीता सुनाउनुभयो। शिवको अगाडि गएर भन्छन्–
हामीलाई मुक्ति दिनुहोस्। उहाँ त कहिल्यै जीवनमुक्त, जीवनबन्धमा आउनु नै हुन्न,
त्यसैले उहाँलाई पुकार्छन्– मुक्ति दिनुहोस्! जीवनमुक्ति पनि उहाँले दिनुहुन्छ।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) हामी सबै आत्मा रूपमा भाइ भाइ हौँ, यो पाठ पक्का गर्नु र गराउनुछ। आफ्ना
संस्कारहरूलाई यादले सम्पूर्ण पावन बनाउनुछ।
२) २४ क्यारेट सच्चा
सुन (सतोप्रधान) बन्नको लागि कर्म-अकर्म-विकर्मको गुह्य गतिलाई बुद्धिमा राखेर अब
कुनै पनि विकर्म गर्नुछैन।
वरदान:–
अन्योलको
डान्स छोडेर सदा खुसीको डान्स गर्ने मास्टर ज्ञा न को सागर भव
जुन बच्चाहरू मास्टर
ज्ञानको सागर हुन्छन्, उनीहरूले कहिल्यै अन्योलको डान्स गर्न सक्दैनन्। सेकेन्डमा
सिँढी तल, सेकेन्डमा माथि– अब यो संस्कार परिवर्तन गर, त्यसपछि धेरै फास्ट जान्छौ।
केवल मिलेको अथोरिटीलाई, ज्ञानलाई, परिवारको सहयोगलाई प्रयोग गर, बाबाको हातमा हात
दिएर चल्दै जाऊ, त्यसपछि खुसीको डान्स गरिरहन्छौ, अन्योलको डान्स हुन सक्दैन। तर
मायाको हात समाएपछि भने त्यो डान्स हुन्छ।
स्लोगन:–
जसको सङ्कल्प
र कर्म महान् छ, उही मास्टर सर्वशक्तिमान हो।
अव्यक्त इसारा:– यस
अव्यक्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
मास्टर त्रिकालदर्शी
बनेर हर कर्म, हर सङ्कल्प गर वा वचन बोल, त्यसपछि कुनै पनि कर्म व्यर्थ वा अनर्थवाला
हुन सक्दैन। त्रिकालदर्शी अर्थात् साक्षीपनको स्थितिमा स्थित भएर यी
कर्मेन्द्रियहरूद्वारा कर्म गरेमा कर्मको वशीभूत हुँदैनौ। सदा कर्म र कर्मको
बन्धनबाट मुक्त बनेर आफ्नो उच्च स्थिति प्राप्त गर्छौ।