24.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
गृहस्थ व्यवहारमा रहेर कमलको फूल समान पवित्र बन्नुछ , एक बाबाको मतमा चल्नुछ , कुनै
पनि डिस सर्भिस गर्नु छै न।”
प्रश्न:–
कस्ता
बच्चाहरूलाई मायाले जोडले आफ्नो थप्पड मार्छ? ठुलो मन्जिल (लक्ष्य) कुन हो?
उत्तर:–
जुन बच्चाहरू
देह अभिमानमा रहन्छन् उनीहरूलाई मायाले जोडले थप्पड मार्छ, फेरि नाम-रूपमा फस्छन्।
देह अभिमान आयो अनि थप्पड लाग्यो, यसबाट पद भ्रष्ट हुन्छ। देह अभिमान तोड्नु नै ठुलो
मन्जिल हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देहीअभिमानी बन। जसरी बाबा आज्ञाकारी
सेवक (ओबिडियन्ट सर्भेन्ट) हुनुहुन्छ, कति निरहङ्कारी हुनुहुन्छ, त्यसैगरी
निरहङ्कारी बन, कुनै पनि अहङ्कार नहोस्।
गीत:–
न वह हमसे जुदा
होंगे...
ओम् शान्ति ।
बच्चाहरूले
गीत सुन्यौ। बच्चाहरूले भन्छन् मूलवतनमा हुँदा हामी बाबाका थियौँ र बाबा हाम्रो
हुनुहुन्थ्यो। तिमी बच्चाहरूलाई ज्ञान त राम्रोसँग मिलेको छ। तिमीलाई थाहा छ हामीले
चक्कर लगाएका छौँ। अहिले फेरि हामी उहाँका बनेका छौँ। उहाँ आउनुभएको छ राजयोग
सिकाएर स्वर्गको मालिक बनाउन। कल्प पहिलाजस्तै फेरि आउनुभएको छ। अहिले बाबा हे
प्यारा बच्चाहरू! भन्नुहुन्छ भने बच्चा भएर यहाँ मधुबनमा बस्नुहुँदैन। तिमी आफ्नो
गृहस्थ व्यवहारमा रहेर कमलको फूलसमान पवित्र होऊ। कमलको फूल पानीमा रहन्छ तर
पानीभन्दा माथि हुन्छ। त्यसमा पानीले छुँदैन ओभानो हुन्छ। बाबा भन्नुहुन्छ– तिमी
घरमै बस्नुछ केवल पवित्र बन्नुछ। यो तिम्रो धेरै जन्महरूको अन्त्यको जन्म हो। जति
पनि मनुष्य मात्र छन् ती सबैलाई पावन बनाउन म आएको छु। पतित-पावन सर्वको सद्गतिदाता
एक मात्र हुनुहुन्छ। उहाँ बाहेक अरू कसैले पावन बनाउन सक्दैन। तिमीलाई थाहा छ
आधाकल्पदेखि हामी सिँढी ओर्लंदै आएका छौँ। ८४ जन्म तिमीले अवश्य पूरा गर्नुछ अनि ८४
को चक्र पूरा गरेर जब फेरि जर्जर अवस्थामा पुग्छौ त्यसपछि म आउनुपर्छ। बीचमा अरू
कसैले पतितबाट पावन बनाउन सक्दैन। कसैले पनि न बाबालाई, न रचनालाई चिनेका छन्।
ड्रामा अनुसार सबै कलियुगमा पतित तमोप्रधान बन्नु नै छ। बाबा आएर सबैलाई पावन बनाएर
शान्तिधाम लैजानुहुन्छ। अनि तिमीले बाबाबाट सुखधामको वर्सा पाउँछौ। सत्ययुगमा कुनै
दुःख हुँदैन। अहिले तिमी जीवन छँदै बाबाको बनेका छौ। बाबा भन्नुहुन्छ– तिमी गृहस्थ
व्यवहारमा बस्नुछ। बाबाले कहिल्यै कसैलाई तिमी घरबार छोड भनेर भन्न सक्नुहुन्न।
होइन। गृहस्थ व्यवहारमा रहेर केवल अन्तिम जन्म पवित्र बन्नुछ। बाबाले कहिल्यै तिमीले
घरबार छोड भन्नुभएको छ र! भन्नुभएको छैन। तिमीले ईश्वरीय सेवा अर्थ आफै छोडेका हौ।
कति बच्चाहरू छन् घर गृहस्थमा रहेर पनि ईश्वरीय सेवा गर्छन्। घरबार छुटाइँदैन।
बाबाले कसैको पनि घरबार छुटाउनुहुन्न। तिमी त आफै सेवामा निस्किएका हौ। बाबाले
कसैलाई छुटाउनुभएको छैन। तिम्रो लौकिक पिताले विवाह गर्न भन्छन्। तिमीले गर्दैनौ
किनकि तिमीलाई थाहा छ, अहिले यो मृत्युलोकको अन्त्य हो। शादी (बिहे) बर्बादी नै
हुन्छ फेरि हामी पावन कसरी बन्छौँ। हामी किन विश्वलाई स्वर्ग बनाउने सेवामा नलाग्ने।
बच्चाहरूले चाहन्छन् रामराज्य होस्। पुकार्दा भन्छन् पनि– हे पतित-पावन सीताराम! हे
राम आएर विश्वलाई स्वर्ग बनाउनुहोस्! तर केही पनि बुझ्दैनन्। संन्यासीहरूले भन्छन्
यस समयको सुख काग विष्टासमान छ। अवश्य छ पनि त्यस्तै। यहाँ सुख त छँदैछैन।
भनिरहन्छन् तर कसैको बुद्धिमा छैन। बाबाले कुनै दुःखको लागि कहाँ यो सृष्टि
रच्नुहुन्छ र! बाबा भन्नुहुन्छ– के तिमीले भुल्यौ, स्वर्गमा दुःखको नामनिसान हुँदैन।
त्यहाँ कंस आदि कहाँबाट आए।
अहिले बेहदको बाबाले
जे सुनाउनुहुन्छ उहाँको त्यही मतमा चल्नुछ। आफ्नो मनमतमा चलेमा बर्बादी गर्छन्।
आश्चर्यवत् सुन्छन्, भन्छन्, भाग्छन् वा धोकेबाज (ट्रेटर) बन्छन्। कति गएर
डिससर्भिस गर्छन्। उनीहरूको फेरि के हुन्छ? हिराजस्तो जीवन बनाउनुको सट्टा कौडीजस्तो
बनाइदिन्छन्। अन्त्यमा तिमीलाई आफ्नो सबै साक्षात्कार हुनेछ। यस्तो चालचलनको कारण
यो पद पाएँ। यहाँ त तिमीले कुनै पनि पाप गर्नुहुँदैन किनकि तिमी पुण्य आत्मा बन्छौ।
पापको फेरि सयगुणा दण्ड हुनेछ। आउन त स्वर्गमा आउँछन् तर बिल्कुलै सानो पद हुन्छ।
यहाँ तिमी राजयोग सिक्न आएका छौ फेरि प्रजा बन्छौ। पदमा त धेरै फरक हुन्छ नि। यो पनि
सम्झाइएको छ– यज्ञमा केही दिएर फेरि फिर्ता लिए भने चण्डालको जन्म मिल्छ। कति
बच्चाहरू फेरि चालचलन पनि यस्तो हुन्छ जसले गर्दा पद सानो हुन्छ।
बाबा सम्झाउनुहुन्छ–
यस्तो कर्म नगर जसले राजा रानीको सट्टा प्रजामा पनि सानो पद मिल्छ। यज्ञमा स्वाहा
भएर भागे भने गएर के बन्लान्। यो पनि बाबा सम्झाउनुहुन्छ प्यारा बच्चाहरू! कुनै पनि
विकर्म नगर, नत्र सयगुणा सजाय मिल्नेछ। फेरि किन नोक्सान पार्छौ। यहाँ बस्नेहरूभन्दा
पनि जो घर गृहस्थमा रहन्छन्, सेवामा रहन्छन् उनीहरूले धेरै उच्च पद पाउँछन्। यस्ता
धेरै गरिब छन्, जसले ८ आना वा रुपैयाँ पठाइदिन्छन् अनि कसैले दिन त यहाँ हजार पनि
दिन्छन् तैपनि गरिबको उच्च पद हुन्छ किनकि उनीहरूले कुनै पाप कर्म गर्दैनन्। पाप
गरेमा सयगुणा बन्छ। तिमीले पुण्य आत्मा बनेर सबैलाई सुख दिनुछ। दुःख दियौ भने फेरि
धर्मराजको धर्मसभा (ट्रिब्युनल) बस्छ। साक्षात्कार हुन्छ, तिमीले यो यो गरेका छौ,
अब खाऊ सजाय। पद पनि भ्रष्ट हुनेछ। सुनि पनि रहन्छन् तैपनि कति बच्चाहरूले उल्टो
ब्यबहार गरिरहन्छन्। बाबा भन्नुहुन्छ– सदा क्षीरखण्ड भएर बस। यदि नुनपानी भएर बस्यौ
भने धेरै डिससर्भिस गर्छौ। कसैको नामरूपमा फस्यौ भने यो पनि धेरै पाप हुन्छ। माया
मानौँ एउटा मुसा हो, फुक्छ पनि, टोक्छ पनि, रगत पनि आउँछ, थाहा पनि हुँदैन। मायाले
पनि रगत निकालिदिन्छ। यस्तो कर्म गराइदिन्छ जुन थाहा पनि हुँदैन। ५ विकारले एकदम
शिर मोडिदिन्छ। बाबाले सावधानी त दिनुहुन्छ नि। यस्तो नहोस् फेरि धर्मराजको
धर्मसभाको अगाडि हामीलाई कहाँ सावधान गर्नुभयो र भनेर भन्नुपरोस्। तिमीलाई थाहा छ
ईश्वरले पढाउनुहुन्छ। बाबा आफै कति निरहङ्कारी हुनुहुन्छ। भन्नुहुन्छ म आज्ञाकारी
सेवक हुँ। कुनै कुनै बच्चाहरूमा कति अहङ्कार हुन्छ। बाबाको बनेर फेरि यस्ता यस्ता
कर्म गर्छन् जुन कुरै नसोध। यसभन्दा त जो बाहिर गृहस्थ व्यवहारमा रहन्छन् उनीहरू
धेरै उच्च जान्छन्। देह अभिमान आउनासाथ मायाले जोडले थप्पड मार्छ। देह अभिमान तोड्नु
ठुलो मन्जिल हो। देह अभिमान आयो भने थप्पड लाग्यो। त्यसैले देह अभिमानमा आउनु नै
किन पर्छ जसले पद भ्रष्ट हुन्छ। यस्तो नहोस् त्यहाँ गएर कुचो लगाउनु परोस्। अहिले
यदि बाबासँग कसैले सोध्यो भने बाबाले बताउन सक्नुहुन्छ। आफैले पनि बुझ्न सक्छौ, मैले
कति सेवा गर्छु। मैले कतिलाई सुख दिएको छु। बाबा, मम्माले सबैलाई सुख दिनुहुन्छ। कति
खुसी हुनुहुन्छ। बाबाले मुम्बईमा कति ज्ञानको डान्स गर्नुहुन्थ्यो, चात्रक (चातक)
धेरै थिए नि। बाबा भन्नुहुन्छ– धेरै चात्रकको सामुन्ने ज्ञानको डान्स गरेँ भने
राम्रा राम्रा प्वइन्टहरू निस्कन्छन्। चात्रकले तान्छन्। तिमी पनि त्यस्तै बन्नुछ
त्यसैले त बाबालाई फलो गर्छौ। श्रीमतमा चल्नुछ। आफ्नो मतमा चलेर बदनामी गरेमा धेरै
नोक्सान हुन्छ। अहिले बाबाले तिमीलाई समझदार बनाउनुहुन्छ। भारतवर्ष स्वर्ग थियो नि।
अहिले यस्तो कसैले कहाँ सम्झन्छन् र। भारतवर्षजस्तो पावन कुनै स्थान छैन। भन्छन् तर
बुझ्दैनन्, हामी स्वर्गवासी थियौँ, त्यहाँ अथाह सुख थियो। गुरुनानकले भगवानको महिमा
गाएका छन्, उहाँले आएर फोहोर कपडा धुनुहुन्छ। जसको महिमा छ एक ॐकार...। शिवलिङ्गको
सट्टा अकालतख्त नाम राखिदिएका छन्। अहिले बाबाले तिमीलाई सारा सृष्टिको राज
सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू! एउटा पनि पाप नगर्नु, नत्र सयगुणा हुन्छ। मेरो
निन्दा गरायौ भने पद भ्रष्ट हुन्छ। धेरै सम्हाल्नुछ। आफ्नो जीवन हिराजस्तो बनाऊ।
नत्र धेरै पछुताउनेछौ। जे जति उल्टो कर्म गरेका छौ त्यसले भित्रभित्रै खाइरहन्छ। के
कल्प कल्प हामीले यस्तै गर्नेछौँ जसले गर्दा नीच पद पाउनेछौँ! बाबा भन्नुहुन्छ–
माता-पितालाई फलो गर्न चाहन्छौ भने सच्चा दिलले सेवा गर। माया त कतै न कतैबाट पसेर
आउँछ। सेन्टरका प्रमुखहरू (हेड्स) बिलकुल निरहङ्कारी भएर बस्नुपर्छ। बाबा हेर कति
निरहङ्कारी हुनुहुन्छ। कति बच्चाहरूले अरूसँग सेवा लिन्छन्। बाबा कति निरहङ्कारी
हुनुहुन्छ। कहिल्यै कसैसँग रिसाउनुहुन्न। बच्चाहरू यदि अवज्ञाकारी छन् भने बाबाले
उनीहरूलाई सम्झाउन सक्नुहुन्छ। तिमीले के गर्छौ, बेहदको बाबालाई नै थाहा छ। सबै
बच्चाहरू एकसमान सपुत हुँदैनन्, कपुत पनि हुन्छन्। बाबाले ज्ञान दिनुहुन्छ। बच्चाहरू
धेरै छन्। यसमा त वृद्धि हुँदै लाखौँको अन्दाजमा हुन्छन्। त्यसैले बाबाले
बच्चाहरूलाई सावधानी पनि दिनुहुन्छ, कुनै लापर्बाही नगर। यहाँ पतितबाट पावन बन्न
आएका छौ त्यसैले कुनै पनि पतित काम नगर। न नामरूपमा फस्नु छ, न देह अभिमानमा आउनुछ।
देहीअभिमानी भएर बाबालाई याद गरिराख। श्रीमतमा चलिराख। माया धेरै प्रबल छ। बाबाले
सबै थोक सम्झाइदिनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बाबासमान निरहङ्कारी बन्नुछ। कसैसँग सेवा लिनुछैन। कसैलाई दुःख दिनुछैन। यस्तो
कुनै पाप कर्म नहोस्, जसको सजाय खानु पर्छ। आपसमा क्षीरखण्ड भएर बस्नुछ।
२) एक बाबाको श्रीमतमा
चल्नुछ, आफ्नै मतमा होइन।
वरदान:–
सेकेन्डमा
देहरूपी चोलाबाट न्यारा बनेर कर्मभोगमाथि विजय प्राप्त गर्ने सर्व शक्ति सम्पन्न भव
कर्मभोगको जोड भएपछि
कर्मेन्द्रियहरूले कर्मभोगकोवश आफूतिर आकर्षित गर्छन् अर्थात् जुन समयमा धेरै दु:ख
दर्द अनुभव हुन्छ, त्यस्तो समयमा कर्मभोगलाई कर्मयोगमा परिवर्तन गर्ने, साक्षी भएर
कर्मेन्द्रियहरूद्वारा भोगाउनेहरूलाई नै सर्व शक्तिसम्पन्न अष्ट रत्न विजयी भनिन्छ।
यसको लागि धेरै समयको देहरूपी चोलाबाट न्यारा बन्ने अभ्यास हुनुपर्छ। यो देहरूपी
वस्त्र, दुनियाँको वा मायाको आकर्षणमा टाइट अर्थात् कस्सिएको नहोस् अनि सहजै
निस्कनेछ।
स्लोगन:–
सर्वको मान
प्राप्त गर्नको लागि निर्माणचित्त बन– निर्माणता महानताको निसानी हो।
ातेश्वरीजीका अनमोल
महावाक्य:–
“ ईश्वर सर्वव्यापी
हुनुहुन्न , यसको प्रमाण के छ ?”
शिरोमणि गीतामा जुन
भगवानुवाच छ, प्यारा बच्चाहरू! जहाँ जित छ त्यहाँ म छु, यो पनि परमात्माको महावाक्य
हो। पहाडहरूमा जुन हिमालय पहाड छ त्यसमा म छु र सर्पहरूमा काली नाग म हुँ त्यसैले
पर्वतमा उच्च पर्वत कैलाश पर्वत देखाउँछन् र सर्पहरूमा काली नाग, त्यसैले यसबाट
सिद्ध हुन्छ परमात्मा यदि सर्व सर्पहरूमा केवल काली नागमा हुनुहुन्छ भने, सर्व
सर्पहरूमा उहाँको वास भएन नि। यदि परमात्मा उच्चभन्दा उच्च पहाडमा हुनुहुन्छ अर्थात्
तलका पहाडहरूमा हुनुहुन्न अनि फेरि भन्छन् जहाँ जित त्यहाँ मेरो जन्म, अर्थात् हारमा
जन्म हुँदैन। अब यी कुराहरूले सिद्ध गर्छन् परमात्मा सर्वव्यापी हुनुहुन्न। एकातिर
यस्तो पनि भन्छन् र अर्कोतिर यस्तो पनि भन्छन् परमात्मा अनेकरूपमा आउनुहुन्छ, जस्तै
परमात्मालाई २४ अवतारहरूमा देखाइएको छ, भन्छन् कछुवा माछा आदि सबै परमात्माका रूप
हुन्। अब यो हो उनीहरूको मिथ्या ज्ञान, यसरी नै परमात्मालाई सर्वत्र सम्झिबसेका छन्
किनकि यस समयमा कलियुगमा सर्वत्र माया नै व्यापक छ भने फेरि परमात्मा व्यापक कसरी
हुनुभयो? गीतामा पनि भनिएको छ– म फेरि मायामा व्यापक छैन, यसबाट सिद्ध हुन्छ
परमात्मा सर्वत्र हुनुहुन्न।
२) निराकारी दुनियाँ
– आत्मा र परमात्माको निवास स्थान
अब यो त हामीलाई थाहा
छ हामीले निराकारी दुनियाँ भन्छौँ भने निराकारको अर्थ यो होइन उहाँको कुनै आकार छैन,
जसरी हामीले निराकारी दुनियाँ भन्छौँ भने यसको मतलब हो अवश्य कुनै दुनियाँ छ, तर
त्यसको स्थूल सृष्टिको जस्तो आकार छैन, त्यसरी नै परमात्मा निराकार हुनुहुन्छ तर
अवश्य उहाँको आफ्नो सूक्ष्मरूप छ। त्यसैले हामी आत्मा र परमात्माको धाम निराकारी
दुनियाँ हो। हामीले दुनियाँ शब्द भन्छौँ भने, यसबाट सिद्ध हुन्छ त्यो दुनियाँ हो र
त्यहाँ कोही रहन्छन् त्यसैले त दुनियाँ नाम राखियो, अब दुनियाँका मानिसहरूले त
सम्झन्छन् परमात्माको रूप पनि अखण्ड ज्योति तत्त्व हो, त्यो भयो परमात्माको बस्ने
ठेगाना, जसलाई मुक्तिधाम (रिटायर्ड होम) भनिन्छ। त्यसैले हामीले परमात्माको घरलाई
परमात्मा भन्न सक्दैनौँ। अब अर्को हो आकारी दुनियाँ, जहाँ ब्रह्मा, विष्णु, शङ्कर
देवताहरू आकारीरूपमा रहन्छन् र यो हो साकारी दुनियाँ, जसका दुई भाग छन् एउटा हो
निर्विकारी स्वर्गको दुनियाँ जहाँ आधाकल्प सर्वदा सुख हुन्छ, पवित्रता र शान्ति
हुन्छ। अर्को हो विकारी कलियुगी दुःख र अशान्तिको दुनियाँ। अब ती दुई दुनियाँ किन
भनिन्छ? किनकि यो जुन मानिसहरूले भन्छन् स्वर्ग र नर्क दुवै परमात्माले रचना
गर्नुभएका दुनियाँ हुन्, यसमा परमात्माको महावाक्य छ प्यारा बच्चाहरू! मैले कुनै
दुःखको दुनियाँ रचेको छैन जुन दुनियाँ मैले रचेको छु त्यो सुखको दुनियाँ नै रचेको
छु। अब यो जुन दुःख र अशान्तिको दुनियाँ छ त्यो मनुष्य आत्माहरूले आफूलाई र म
परमात्मालाई भुलेको कारण यो हिसाबकिताब भोगिरहेका छन्। बाँकी यस्तो होइन जुन समयमा
सुख र पुण्यको दुनियाँ हुन्छ त्यहाँ कुनै सृष्टि चल्दैन। हो, अवश्य जब हामीले भन्छौँ
त्यहाँ देवताहरूको निवासस्थान थियो, भने त्यहाँ सबै प्रवृत्ति चल्थ्यो तर यति अवश्य
थियो त्यहाँ विकारी जन्म हुँदैन जसकारण यति कर्मबन्धन थिएन। त्यो दुनियाँलाई
कर्मबन्धनरहित स्वर्गको दुनियाँ भनिन्छ। त्यसैले एउटा हो निराकारी दुनियाँ, दोस्रो
हो आकारी दुनियाँ, तेस्रो हो साकारी दुनियाँ। अच्छा, ओम् शान्ति।
अव्यक्त इसारा:–
“निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त होऊ”
साकारमा कोही निमित्त
श्रेष्ठ आत्मा साथमा हुनुहुन्छ भने उहाँसँग कुनै पनि कुरा भेरिफाई (रुजु) गराएर फेरि
गरेमा निश्चयबुद्धि भएर गर्नेछौ। निर्भयता र निश्चय दुवै गुणहरूलाई सामुन्ने राखेर
गर्नेछौ। त्यसैले जहाँ सदा निश्चय र निर्भयता छ त्यहाँ सदैव श्रेष्ठ सङ्कल्पको विजय
हुन्छ। जति पनि सङ्कल्प गर्छौ, यदि सदा निराकार र साकार साथ वा सम्मुख हुनुहुन्छ भने,
भेरिफाई गराएपछि निश्चय र निर्भयताले गर, यसबाट समय पनि खेर जाँदैन।