24.07.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी यो पढाइबाट शान्तिधाम हुँदै आफ्नो सुखधाममा जान्छौ , यही तिम्रो लक्ष्य-उद्देश्य हो , यो कहिल्यै भुल्नु हुँदैन।”

प्रश्न:–
तिमी बच्चाहरू साक्षी भएर यस समय ड्रामाको कुन दृश्य हेरिरहेका छौ?

उत्तर:–
यस समय ड्रामामा पुरै दु:खको दृश्य छ। यदि कसैलाई सुख छ पनि भने त्यो अल्पकालको लागि कागको विष्टा समान छ। बाँकी दु:ख नै दु:ख छ। तिमी बच्चाहरू अहिले प्रकाशमा आएका छौ। जानेका छौ– सेकेन्ड-सेकेन्डमा बेहद सृष्टिको चक्र घुमिरहन्छ, एक दिन अर्कोसँग मिल्दैन। सारा दुनियाँको अभिनय बदलिइरहन्छ। नयाँ दृश्य चलिरहन्छ।

गीत:–
जो पिया के साथ है...

ओम् शान्ति ।
डबल ओम् शान्ति। एक– बाबा स्व-धर्ममा टिकिरहनुभएको छ, दोस्रो– बच्चाहरूलाई पनि भन्नुहुन्छ आफ्नो स्वधर्ममा टिक र बाबालाई याद गर। अरू कसैले यसरी भन्न सक्दैनन्– स्वधर्ममा टिक। तिमी बच्चाहरूको बुद्धिमा निश्चय छ। निश्चयबुद्धि विजयन्ती। उनीहरूले नै विजय पाउनेछन्। केको विजय पाउनेछन्? बाबाको वर्साको। स्वर्गमा जानु– यो हो बाबाको वर्साको विजय पाउनु। बाँकी पदको लागि पुरुषार्थ हो। स्वर्गमा त अवश्य जानु छ।

बच्चाहरूलाई थाहा छ– यो फोहोरी दुनियाँ हो। धेरै अथाह दु:ख आउनेवाला छ। ड्रामाको चक्रलाई पनि तिमीले जानेका छौ। अनेक पटक बाबा आउनुभएको छ पावन बनाएर सबै आत्माहरूलाई लामखुट्टे समान लैजान, फेरि स्वयं पनि निर्वाणधाममा गएर निवास गर्नुहुनेछ। बच्चाहरू पनि जानेछन्! तिमी बच्चाहरूलाई यो त खुसी हुनुपर्छ– यो पढाइबाट हामी आफ्नो सुखधाममा जानेछौँ, शान्तिधाम हुँदै। यो तिम्रो लक्ष्य-उद्देश्य हो। यो भुल्नु हुँदैन। दिनहुँ सुन्छौ, बुझ्छौ– हामीलाई पतितबाट पावन बनाउनको लागि बाबाले पढाउनुहुन्छ। पावन बन्ने सहज उपाय बताउनुहुन्छ यादको। यो पनि नयाँ कुरा होइन। लेखिएको छ– भगवानले राजयोग सिकाउनुभयो। केवल भुल यो गरिदिएका छन्, श्रीकृष्णको नाम लेखिदिएका छन्। यस्तो पनि होइन, बच्चाहरूलाई जुन ज्ञान मिलिरहेको छ, त्यो गीताबाहेक अरू कुनै शास्त्रमा होला।

बच्चाहरूलाई थाहा छ– कुनै पनि मनुष्यको महिमा छैन, जस्तो बाबाको छ। बाबा आउनुभएन भने सृष्टिको चक्र नै घुम्दैन। दु:खधामबाट सुखधाम कसरी बनोस्? सृष्टिको चक्र त घुम्नु नै छ। बाबालाई पनि अवश्य आउनु नै छ। बाबा आउनुहुन्छ सबैलाई लैजान, फेरि चक्र घुम्छ। बाबा आउनुभएन भने कलियुगबाट सत्ययुग कसरी बनोस्? बाँकी यी कुरा कुनै शास्त्रमा छैनन्। राजयोग गीतामा नै छ। यदि बुझे भने– भगवान आबुमा आउनुभएको छ, तब भेट्नको लागि तुरुन्तै भाग्छन्। संन्यासीहरू पनि चाहन्छन् नि– भगवानसँग भेटौँ। पतित-पावनलाई याद गर्छन् फर्केर जानको लागि।

अहिले तिमी बच्चाहरू पद्मापद्म भाग्यशाली बनिरहेका छौ। त्यहाँ अथाह सुख हुन्छ। नयाँ दुनियाँमा जुन देवी-देवता धर्म थियो, त्यो अहिले छैन। बाबाले दैवी राज्यको स्थापना गर्नुहुन्छ नै ब्रह्माद्वारा। यो त स्पष्ट छ। तिम्रो लक्ष्य-उद्देश्य नै यो हो। यसमा संशयको कुरा नै छैन। पछि गएर बुझिहाल्नेछन्, राजधानी अवश्य स्थापना हुन्छ। आदि सनातन देवी-देवता धर्म हो। जब तिमी स्वर्गमा रहन्छौ तब यसको नाम नै भारतवर्ष रहन्छ, फेरि जब तिमी नर्कमा आउँछौ तब हिन्दुस्तान नाम रहन्छ। यहाँ कति दु:ख नै दु:ख छ। फेरि यो सृष्टि परिवर्तन हुन्छ, फेरि स्वर्गमा सुखधाम नै हुन्छ। यो ज्ञान तिमी बच्चाहरूलाई छ। दुनियाँमा मानिसहरूले केही पनि जान्दैनन्।

बाबा स्वयं भन्नुहुन्छ– अहिले अँध्यारो रात छ। रातमा मानिसहरूले धक्का खाइरहन्छन्। तिमी बच्चाहरू प्रकाशमा छौ। यो पनि साक्षी भएर बुद्धिमा धारण गर्नु छ। सेकेन्ड-सेकेन्डमा बेहद सृष्टिको चक्र घुमिरहन्छ। एक दिन अर्कोसँग मिल्दैन। सारा दुनियाँको अभिनय बदलिइरहन्छ। नयाँ दृश्य चलिरहन्छ। यस समय पुरै दु:खको दृश्य छ। यदि सुख छ भने पनि कागको विष्टा समान। बाँकी दु:ख नै दु:ख छ। यो जन्ममा मुस्किलले सुख होला, फेरि अर्को जन्ममा दु:ख। अब तिमी बच्चाहरूको बुद्धिमा यो रहन्छ– अहिले हामी आफ्नो घर जान्छौँ। यसमा मेहनत गर्नु छ पावन बन्ने। श्री-श्रीले श्रीमत दिनुभएको छ श्री लक्ष्मी-नारायण बन्ने। ब्यारिस्टरले मत दिन्छन्– ब्यारिस्टर भव। अब बाबा पनि भन्नुहुन्छ– श्रीमतबाट यो बन।

आफूसँग सोध्नुपर्छ– ममा कुनै अवगुण त छैन? यस समय गाउँछन् पनि– मुझ निर्गुण हारे में कोई गुण नाही, आपेही तरस परोई। तरस अर्थात् दया। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म त कसैमाथि दया गर्दिनँ। दया त हरेकले आफूमाथि गर्नु छ। यो ड्रामा बनेको छ। निर्दयी रावणले तिमीलाई दु:खमा ल्याउँछ। यो पनि ड्रामामा निश्चित छ। यसमा रावणको पनि कुनै दोष छैन। बाबा आएर केवल राय दिनुहुन्छ। यही उहाँको दया हो। बाँकी यो रावणराज्य त फेरि पनि चल्नेछ। ड्रामा अनादि छ। न रावणको दोष छ, न मानिसहरूको दोष छ। चक्र त घुम्नु नै छ। रावणबाट छुटाउनको लागि बाबाले युक्तिहरू बताइरहनुहुन्छ। रावणको मतमा तिमी कति पाप आत्मा बनेका छौ। अहिले पुरानो दुनियाँ छ। फेरि अवश्य नयाँ दुनियाँ आउनेछ। चक्र त घुम्छ नि। सत्ययुगलाई फेरि अवश्य आउनु छ। अहिले सङ्गमयुग हो। महाभारत लडाइँ पनि यस समयको हो। विनाशकाले विपरीत बुद्धि विनश्यन्ति। यो हुनु छ। र हामी विजयन्ती स्वर्गको मालिक हुनेछौँ। बाँकी सबै हुने नै छैनन्।

यो पनि बुझेका छौ– पवित्र नभई देवता बन्न मुस्किल छ। अब बाबाबाट श्रीमत मिल्छ श्रेष्ठ देवता बन्ने। यस्तो मत कहिल्यै मिल्न सक्दैन। श्रीमत दिने उहाँको पार्ट पनि सङ्गममा छ। अरू कसैमा त यो ज्ञान नै छैन। भक्ति अर्थात् भक्ति। त्यसलाई ज्ञान भनिँदैन। रुहानी ज्ञान, ज्ञान-सागर रुहले नै दिनुहुन्छ। उहाँकै महिमा छ– ज्ञानको सागर, सुखको सागर। बाबाले पुरुषार्थको युक्तिहरू पनि बताउनुहुन्छ। यो ख्याल राख्नुपर्छ– अहिले फेल भयौ भने कल्प-कल्पान्तर फेल हुनेछौ, धेरै चोट लाग्नेछ। श्रीमतमा नचल्नाले चोट लाग्छ। ब्राह्मणहरूको वृक्ष बढ्नु पनि अवश्य छ। त्यति नै बढ्नेछ जति देवताहरूको वृक्ष छ। तिमीले पुरुषार्थ गर्नु र गराउनु छ। बिरुवा लागिरहन्छ। वृक्ष ठुलो हुनेछ।

तिमीलाई थाहा छ– अहिले हाम्रो कल्याण भइरहेको छ। पतित दुनियाँबाट पावन दुनियाँमा जाने कल्याण हुन्छ। तिमी बच्चाहरूको बुद्धिको ताला अहिले खुलेको छ। बाबा बुद्धिवानहरूको बुद्धि हुनुहुन्छ नि। अहिले तिमीले बुझिरहेका छौ, फेरि पछि गएर हेर्नु कस-कसको ताला खुल्छ। यो पनि ड्रामा चल्छ। फेरि सत्ययुगबाट दोहोरिन्छ। लक्ष्मी-नारायण जब सिंहासनमा बस्छन् तब संवत् सुरु हुन्छ। तिमीले लेख्छौ पनि– १ देखि १२५० वर्षसम्म स्वर्ग, कति स्पष्ट छ। कथा सत्यनारायणको हो। कथा अमरनाथको हो नि। तिमीले अहिले सच्चा-सच्चा अमरनाथको कथा सुन्छौ, त्यसको फेरि गायन चल्छ। चाडपर्व आदि सबै यस समयका हुन्। नम्बर वन पर्व हो शिवबाबाको जयन्ती। कलियुगपछि अवश्य बाबालाई आउनुपर्छ दुनियाँलाई परिवर्तन गर्न। चित्रहरूलाई कसैले राम्रोसँग हेर्यो भने, कति पूरा हिसाब बनेको छ।

तिमीलाई यो निश्चय छ, जति कल्प पहिला पुरुषार्थ गरेका थियौ, त्यति अवश्य गर्नेछौ। साक्षी भएर अरूको पनि हेर्नेछौ। आफ्नो पुरुषार्थलाई पनि जान्दछौ। तिमीले पनि जान्दछौ। विद्यार्थीले आफ्नो पढाइलाई जान्दैनन् होला र? दिल अवश्य खान्छ– म यो विषयमा धेरै कच्चा छु। फेरि नापास हुन्छन्। परीक्षाको समयमा जो कच्चा हुन्छन्, उनीहरूको दिल धड्किरहन्छ। तिमी बच्चाहरूले पनि साक्षात्कार गर्नेछौ। तर नापास त भइहाले, के गर्न सक्छन् र! स्कुलमा नापास भए भने आफन्त पनि नाराज, टिचर पनि नाराज हुन्छन्। भन्नेछन्– हाम्रो स्कुलबाट कम पास भए भने यो बुझिन्छ– टिचर त्यति राम्रो छैनन्, त्यसैले कम पास भए। बाबालाई पनि थाहा छ– केन्द्रहरूमा को-को राम्रो टिचर छन्, कसरी पढाउँछन्। को-को राम्रोसँग पढाएर ल्याउँछन्। सबै थाहा हुन्छ।

बाबा भन्नुहुन्छ– बादलहरूलाई ल्याउनु छ। साना बच्चाहरूलाई ल्यायो भने उनीहरूमा मोह रहन्छ। एक्लै निस्केर आउनुपर्छ, तब बुद्धि राम्रोसँग लागिरहन्छ। बच्चाहरूलाई त त्यहाँ पनि हेरिरहन्छन्। बाबा भन्नुहुन्छ– यो पुरानो दुनियाँ त कब्रिस्तान हुनु छ। नयाँ घर बनाउँदा बुद्धिमा रहन्छ नि– हाम्रो नयाँ घर बनिरहेको छ। कामकाज आदि त गरिरहन्छन्। तर बुद्धि नयाँ घरतिर रहन्छ। चुप लागेर त बस्दैनन्। त्यो हो हदको कुरा, यो हो बेहदको कुरा। हरेक कार्य गर्दै स्मृति रहोस्– अहिले हामी घर गएर फेरि आफ्नो राजधानीमा जानेछौँ, तब अपार खुसी रहनेछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफ्ना बच्चाहरू आदिको सम्भाल पनि गर्नु छ। तर बुद्धि त्यहाँ लागिरहोस्। याद नगर्नाले फेरि पवित्र पनि बन्न सकिँदैन। यादबाट पवित्र, ज्ञानबाट कमाइ। यहाँ त सबै पतित छन्। दुई किनार छन्। बाबालाई खिवैया भनिन्छ, तर अर्थ बुझ्दैनन्। तिमीलाई थाहा छ– बाबाले त्यो किनारमा लैजानुहुन्छ। आत्मालाई थाहा छ– हामी अब बाबालाई याद गरेर धेरै नजिक गइरहेका छौँ। खिवैया नाम पनि अर्थसहित राखिएको छ नि। यी सबैले महिमा गर्छन्– नैया मेरी पार लगाओ। सत्ययुगमा यस्तो भन्छन् र? कलियुगमा नै पुकार्छन्।

तिमी बच्चाहरूले बुझेका छौ– नबुझ्नेलाई त यहाँ आउनु छैन। बाबाको कडा मनाही छ। निश्चय छैन भने कहिल्यै लिएर आउनु हुँदैन। केही पनि बुझ्दैनन्। पहिला त ७ दिनको कोर्स देऊ। कसैलाई त २ दिनमा पनि बाण लाग्छ। राम्रो लाग्यो भने फेरि छोड्छन् कहाँ र। भन्छन्– हामी ७ दिन अझै सिक्छौँ। तिमीले तुरुन्तै बुझ्नेछौ– यो यस कुलको हो। जो तीक्ष्ण बुद्धि हुन्छन्, उनीहरूले कुनै कुराको परवाह गर्दैनन्। ठीक छ, एउटा नोकरी छुट्यो भने अर्को मिल्छ, जो दिलवाला बच्चाहरू हुन्छन् उनीहरूको नोकरी आदि छुट्दै छुट्दैन। आफैँ आश्चर्य मान्छन्। बच्चीहरू भन्छन्– हाम्रो पतिको बुद्धि फेरिदिनुहोस्। बाबा भन्नुहुन्छ– मलाई नभन। तिमी योगबलमा रहेर फेरि बसेर ज्ञान सम्झाऊ। बाबाले कहाँ बुद्धि फेर्नुहुन्छ र। फेरि त सबैले यस्तै काम गरिरहन्छन्। जुन चलन निस्कन्छ, त्यसैलाई समात्छन्। कुनै गुरुबाट कसैलाई फाइदा भयो, सुने, बस् उनीहरूको पछि लाग्छन्। नयाँ आत्मा आउँछ भने उनीहरूको महिमा त निस्कन्छ नि। फेरि धेरै अनुयायी बन्छन्। त्यसैले यी सबै कुराहरूलाई हेर्नु छैन। तिमीले आफूलाई हेर्नु छ– म कहाँसम्म पढ्छु?

यो त बाबाले विस्तारमा मानौं कुराकानी गर्नुहुन्छ। बाँकी केवल भनिदिनु– बाबालाई याद गर, यो त घरमा बसेर पनि गर्न सक्छौ। तर ज्ञानको सागर हुनुहुन्छ भने अवश्य ज्ञान पनि दिनुहुन्छ नि। यो हो मुख्य कुरा– मनमनाभव। साथमा सृष्टिको आदि-मध्य-अन्तको रहस्य पनि सम्झाउनुहुन्छ। चित्र पनि त यस समय धेरै राम्रा-राम्रा निस्केका छन्। त्यसको पनि अर्थ बाबाले सम्झाउनुहुन्छ। विष्णुको नाभिबाट ब्रह्मालाई देखाइएको छ। त्रिमूर्ति पनि छ, फेरि विष्णुको नाभिबाट ब्रह्मा, यो फेरि के हो? बाबा बसेर सम्झाउनुहुन्छ– यो सही हो वा गलत हो? मनोमय चित्र पनि धेरै बनाउँछन् नि। कुनै-कुनै शास्त्रमा चक्र पनि देखाइएको छ। तर कसैले कति आयु लेखिदिएका छन्, कसैले कति। अनेक मत छन् नि। शास्त्रहरूमा हदका कुरा लेखिदिएका छन्, बाबाले बेहदको कुरा सम्झाउनुहुन्छ– सारा दुनियाँमा रावणराज्य छ। यो तिम्रो बुद्धिमा ज्ञान छ– हामी कसरी पतित बन्यौँ, फेरि पावन कसरी बन्छौँ। पछि फेरि अरू धर्म आउँछन्। अनेक भेराइटी छन्। एक अर्कोसँग मिल्दैन। एकै जस्तो अनुहार भएका दुई हुन सक्दैनन्। यो बनिबनाउ खेल हो जुन दोहोरिइरहन्छ।

बाबा बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ। समय थोरै हुँदै गइरहेको छ। आफ्नो जाँच गर– म कहाँसम्म खुसीमा रहन्छु? मैले कुनै विकर्म गर्नु छैन। तुफान त आउँछन्। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अन्तर्मुख भएर आफ्नो चार्ट राख, तब जुन भुल हुन्छन् त्यसको पश्चात्ताप गर्न सक्नेछौ। यो मानौं योगबलले आफूलाई माफ गर्छौ। बाबाले कुनै क्षमा वा माफ गर्नुहुन्न। ड्रामामा क्षमा शब्द नै छैन। तिमीले आफ्नो मेहनत गर्नु छ। पापको दण्ड मानिसले आफैँ भोग्छन्। क्षमाको कुरा नै छैन। बाबा भन्नुहुन्छ– हरेक कुरामा मेहनत गर। बाबा बसेर आत्माहरूलाई युक्ति बताउनुहुन्छ। बाबालाई बोलाउँछौ– पुरानो रावणको देशमा आउनुहोस्, हामी पतितहरूलाई आएर पावन बनाउनुहोस्। तर मानिसहरूले बुझ्दैनन्। त्यो हो आसुरी सम्प्रदाय। तिमी हौ ब्राह्मण सम्प्रदाय, दैवी सम्प्रदाय बनिरहेका छौ। पुरुषार्थ पनि बच्चाहरूले नम्बरवार गर्छन्। फेरि भनिदिन्छन्– यिनीहरूको तकदिरमा यति नै छ। आफ्नो समय बर्बाद गर्छन्। जन्म-जन्मान्तर, कल्प-कल्पान्तर उच्च पद पाउन सक्दैनन्। आफूलाई घाटामा पार्नु हुँदैन किनकि अहिले जम्मा हुन्छ, फेरि घाटामा जान्छौ। रावण राज्यमा कति घाटा हुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अन्तर्मुखी बनेर आफ्नो जाँच गर्नु छ। जे-जति भुल हुन्छन्, त्यसको दिलैदेखि पश्चात्ताप गरेर योगबलद्वारा माफ गर्नु छ। आफ्नो मेहनत गर्नु छ।

२) बाबाबाट जुन राय मिल्छ, त्यसमा पूरा चलेर आफूमाथि आफैँले दया गर्नु छ। साक्षी भएर आफ्नो वा अरूको पुरुषार्थलाई हेर्नु छ। कहिल्यै पनि आफूलाई घाटामा पार्नु छैन।

वरदान:–
विश्व-कल्याणको भावनाद्वारा हरेक आत्माको सुरक्षाको योजना बनाउने सच्चा दयालु भव

वर्तमान समय कयौं आत्माहरू आफैँ नै स्वयंको अकल्याणको निमित्त बनिरहेका छन्, उनीहरूको लागि दयालु बनेर कुनै योजना बनाऊ। कुनै पनि आत्माको पार्ट देखेर स्वयं हलचलमा नआऊ तर उनीहरूको सुरक्षाको साधन सोच, यस्तो होइन कि यो त भइरहन्छ, वृक्ष त झर्नु नै छ। होइन। आएका विघ्नहरूलाई खत्तम गर। विश्व-कल्याणकारी वा विघ्न-विनाशकको जुन उपाधि छ– त्यस अनुसार सङ्कल्प, वाणी र कर्ममा दयालु बनेर वायुमण्डललाई परिवर्तन गर्नमा सहयोगी बन।

स्लोगन:–
कर्मयोगी उही बन्न सक्छ जसले बुद्धिमाथि अटेन्सनको पहरा दिन्छ।

अव्यक्त इसारा:– लास्टमा फाइनल पेपरको क्वेश्चन हुनेछ– सेकेन्डमा फुल स्टप, यसैमा नै नम्बर मिल्नेछ। सेकेन्डभन्दा ज्यादा भयो भने फेल हुनेछौ। एक बाबा र म, तेस्रो कुनै कुरा नआओस्। यस्तो होइन कि यो गरिहालूँ, यो हेरिहालूँ... यो भयो, भएन। यो किन भयो, यो के भयो– यस्तो कुनै पनि सङ्कल्प आयो भने फाइनल पेपरमा पास हुनेछैनौ।