24.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अविनाशी ज्ञान रत्नको दान नै महादान हो , यस दानबाट नै राज ्य भाग्य प्राप्त हुन्छ त्यसैले महादानी बन।”

प्रश्न:–
जुन बच्चाहरूलाई सेवाको सोख हुन्छ उनीहरूका मुख्य निसानी के हुन्छन्?

उत्तर:–
१- उनीहरूलाई पुरानो दुनियाको वातावरण बिल्कुल राम्रो लाग्दैन, २- उनीहरूलाई धेरैको सेवा गरेर आफूसमान बनाउनमा नै खुसी हुन्छ, ३- उनीहरूलाई पढ्न र पढाउनमा नै आराम मिल्नेछ, ४- सम्झाउँदा सम्झाउँदै घाँटी सुक्यो भने पनि खुसी नै हुनेछन्, ५- उनीहरूलाई कसैको सम्पत्ति चाहिँदैन। उनीहरूले कसैको सम्पत्तिको पछाडि आफ्नो समय गुमाउने छैनन्। ६- उनीहरूको मोहको अंश सबैतिरबाट टुटेको हुनेछ। ७- उनीहरू बाबासमान उदारचित्त हुनेछन्। उनीहरूलाई सेवा सिवाय अरू केही पनि मीठो लाग्नेछैन।

गीत:–
ओम् नम शिवायः...

ओम् शान्ति । रुहानी बाबा जसको महिमा सुन्यौ उहाँ बसेर बच्चाहरूलाई पाठ पढाउनुहुन्छ, यो पाठशाला हो नि। तिमीहरू सबैले यहाँ पाठ पढिरहेका छौ टिचरसँग। उहाँ हुनुहुन्छ सुप्रिम टिचर अर्थात् परम शिक्षक, जसलाई परमपिता पनि भनिन्छ। परमपिता रुहानी बाबालाई नै भनिन्छ। लौकिक पितालाई कहिल्यै परमपिता भनिँदैन। तिमीले भन्छौ– अहिले हामी पारलौकिक बाबाको साथमा बसेका छौँ। कोही बसेका छौ, कोही पाहुना बनेर आउँछौ। तिमीले जान्दछौ– हामी बेहदका बाबाको साथमा बसेका छौँ, वर्सा लिनको लागि। त्यसैले भित्र कति खुसी हुनुपर्छ। बिचरा मानिसहरू त चिच्याइरहन्छन्। यस समयमा दुनियामा सबैले भन्छन्– दुनियामा शान्ति होस्। शान्ति के वस्तु हो, यो कुरा यी बिचराहरूलाई थाहा छैन। ज्ञानको सागर, शान्तिको सागर बाबाले नै शान्ति स्थापना गर्नुहुन्छ। निराकारी दुनियामा त शान्ति नै हुन्छ। यहाँ चिच्याउँछन्– दुनियामा शान्ति कसरी हुन्छ? तर नयाँ दुनिया सत्ययुगमा त शान्ति थियो जुनबेला एक धर्म थियो। नयाँ दुनियालाई भनिन्छ प्याराडाइज, स्वर्ग, देवताहरूको दुनिया। शास्त्रहरूमा जहाँतहीँ अशान्तिका कुरा लेखिदिएका छन्। देखाउँछन्– द्वापरमा कंस थियो, फेरि हिरण्यकशिपुलाई सत्ययुगमा देखाउँछन्, त्रेतामा रावणको हङ्गामा...। सबै ठाउँमा अशान्ति देखाइदिएका छन्। बिचरा मानिसहरू कति घोर अन्धकारमा छन्। पुकार्छन् पनि बेहदका बाबालाई। भगवान पिता आउनुभएपछि मात्र उहाँले नै आएर शान्ति स्थापना गर्नुहुन्छ। बिचरा मानिसहरूले भगवानलाई नै चिन्दैनन्। शान्ति हुन्छ नै नयाँ दुनियामा। पुरानो दुनियामा शान्ति हुँदैन। नयाँ दुनिया त बाबाले नै स्थापना गर्नुहुन्छ। उहाँलाई नै बोलाउँछन्– आएर फेरि शान्ति स्थापना गर्नुहोस्। आर्य समाजीहरूले पनि गाउँछन्– शान्ति देवा।

बाबा भन्नुहुन्छ– पहिलो कुरा हो पवित्रता। अहिले तिमी पवित्र बनिरहेका छौ। त्यहाँ पवित्रता पनि हुन्छ, शान्ति पनि हुन्छ, स्वास्थ्य समृद्धि सबै हुन्छ। धन बिना त मानिसहरू उदास हुन्छन्। तिमी यहाँ आउँछौ लक्ष्मीनारायण जस्ता धनवान बन्न। उहाँहरू विश्वका मालिक हुनुहुन्थ्यो नि। तिमी आएका हौ विश्वको मालिक बन्न। तर त्यस्तो दिमाग सबैको नम्बरवार हुन्छ। बाबाले भन्नुभएको थियो– प्रभातफेरी निकाल्दा साथमा लक्ष्मी-नारायणको चित्र अवश्य लिनुपर्छ। यस्तो युक्ति रच। अहिले बच्चाहरूको बुद्धि पारसबुद्धि बनिरहेको छ। यस समयमा अहिलेसम्म पनि तमोप्रधानबाट रजोसम्म पुगेका छन्। अब सतो, सतोप्रधानसम्म जानुछ। त्यो तागत अहिले छैन। यादमा रहँदैनन्। योगबलको धेरै कमी छ। तुरुन्तै सतोप्रधान बन्न सक्दैनन्। यो जुन गायन छ– सेकेन्डमा जीवनमुक्ति, त्यो त ठीक छ। तिमी ब्राह्मण बन्यौ भने जीवनमुक्त बनि नै हाल्छौ, फेरि जीवनमुक्तिमा पनि सर्वोत्तम, मध्यम, कनिष्ठ हुन्छन्। जो बाबाका बन्छन् उनीहरूलाई जीवनमुक्ति अवश्य मिल्छ। बाबाका बनेर फेरि बाबालाई छोडिदिए पनि जीवनमुक्ति अवश्य मिल्छ। स्वर्गमा कुचो लगाउने बन्छन्। स्वर्गमा त जान्छन्। बाँकी पद सानो मिल्छ। बाबाले अविनाशी ज्ञान दिनुहुन्छ, त्यसको कहिल्यै विनाश हुँदैन। बच्चाहरूको भित्र मनमा खुसीका ढोल बज्नुपर्छ। यो हाय हाय भएपछि फेरि वाह वाह हुनेछ।

तिमी अहिले ईश्वरीय सन्तान हौ। फेरि बन्छौ दैवी सन्तान। यस समयमा तिम्रो यो जीवन हीरातुल्य छ। तिमीले विश्वको सेवा गरेर विश्वलाई शान्तिपूर्ण बनाउँछौ। त्यहाँ पवित्रता, सुख, शान्ति सबै हुन्छ। यो तिम्रो जीवन देवताहरूको भन्दा पनि उच्च छ। अहिले तिमीले रचयिता बाबालाई र सृष्टि चक्रलाई जान्दछौ। भन्छन्– यी चाडपर्व आदि जति पनि छन् ती सबै परम्परादेखि चल्दै आएका हुन्। तर कहिलेदेखि? यो कसैलाई थाहा छैन। सम्झन्छन्– सृष्टि सुरु भएको बेलादेखि नै रावणलाई जलाउने आदि परम्परा पनि चल्दै आएका हुन्। तर सत्ययुगमा त रावण हुँदैन। त्यहाँ कोही पनि दुःखी हुँदैनन् त्यसैले भगवानलाई पनि याद गर्दैनन्। यहाँ सबैले भगवानलाई याद गरिरहन्छन्। सम्झन्छन्– भगवानले नै विश्वमा शान्ति स्थापन गर्नुहुन्छ, त्यसैले भन्छन्– आएर कृपा गर्नुहोस्! हामीलाई दुःखबाट मुक्त गर्नुहोस्! बच्चाहरूले नै बाबालाई बोलाउँछन् किनकि बच्चाहरूले नै सुख देखेका छन्। बाबा भन्नुहुन्छ– तिमीलाई पवित्र बनाएर साथमा लैजान्छु। जो पवित्र बन्दैनन् उनीहरूले त सजाय खान्छन्। यसमा मनसा, वाचा, कर्मणा पवित्र रहनुछ। मनसा पनि धेरै राम्रो चाहिन्छ। यति मेहनत गर्नुछ जसबाट अन्त्यमा मनसामा कुनै व्यर्थ ख्याल नआओस्। एक बाबा सिवाय अरू कोही पनि याद नआओस्। बाबा सम्झाउनुहुन्छ– कर्मातीत अवस्था नभएसम्म अहिले मनसासम्म त आउँछ। हनुमानजस्तै अचल बन, त्यसैमा त धेरै मेहनत चाहिन्छ। जो आज्ञाकारी, वफादार, सपुत बच्चा हुन्छन् बाबाको प्यार पनि उनीहरूमाथि धेरै हुन्छ। ५ विकारहरूमाथि विजय नपाउनेहरू त्यति प्यारा हुन सक्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ– हामीले कल्प कल्प बाबाबाट यो वर्सा लिन्छौँ त्यसैले कति खुसीको पारा चढ्नुपर्छ। तिमीलाई यो पनि थाहा छ– स्थापना त अवश्य हुनुछ। यो पुरानो दुनिया अवश्य कब्रदाखिल वा चिहानमा पुग्नेछ। हामीले परिस्तानमा जानको लागि कल्प पहिलाजस्तै पुरुषार्थ गरिरहन्छौँ। यो त कब्रिस्तान हो नि। पुरानो दुनिया र नयाँ दुनियाको अर्थ सिँढीमा छ। यो सिँढी कति राम्रो छ तैपनि मानिसहरूले बुझ्दैनन्। यहाँ सागरको किनारमा रहनेले पनि पूरा बुझ्दैनन्। तिमीले ज्ञान धनको दान त अवश्य गर्नुपर्छ। धन दिये धन ना खुटे। दानी, महादानी भन्छन् नि। जसले हस्पिटल, धर्मशाला आदि बनाउँछन्, उनीहरूलाई महादानी भन्छन्। त्यसको फल फेरि अर्को जन्ममा अल्पकालको लागि मिल्छ। मानौँ धर्मशाला बनाए भने अर्को जन्ममा भवनको सुख मिल्छ। कसैले धेरै धेरै धन दान गरे भने राजाको घरमा वा धनवानको घरमा जन्म लिन्छन्। उनीहरू दानबाट बन्छन्। तिमीले पढाइबाट राजकीय पद पाउँछौ। यो पढाइ पनि हो, दान पनि हो। यहाँ डाइरेक्ट छ, भक्तिमार्गमा इन्डाइरेक्ट छ। शिवबाबाले तिमीलाई पढाइबाट यस्तो बनाउनुहुन्छ। शिवबाबासँग त छन् नै अविनाशी ज्ञान रत्न। एक एक रत्न लाखौँ रुपैयाँका छन्। भक्तिको लागि यस्तो भनिँदैन। ज्ञान यसलाई भनिन्छ। शास्त्रहरूमा भक्तिको ज्ञान छ, भक्ति कसरी गर्ने त्यसको लागि शिक्षा मिल्छ। तिमी बच्चाहरूलाई ज्ञानको अपार नसा चढ्छ। तिमीलाई भक्तिपछि ज्ञान मिल्छ। ज्ञानबाट विश्वको बादसाहीको अपार नसा चढ्छ। जसले धेरै सेवा गर्नेछन्, उनीहरूलाई त्यो नसा चढ्नेछ। प्रदर्शनी अथवा सङ्ग्रहालयमा पनि राम्रो भाषण गर्नेहरूलाई बोलाउँछन् नि। त्यहाँ पनि अवश्य नम्बरवार हुन्छन्। महारथी, घोडसवार, प्यादा हुन्छन्। देलवाडा मन्दिर पनि यादगार बनेको छ। तिमीले भन्छौ– यो हो चैतन्य देलवाडा, त्यो हो जड। तिमी गुप्त छौ त्यसैले तिमीलाई चिन्दैनन्।

तिमी हौ राजऋषि, उनीहरू हुन् हठयोग ऋषि। अहिले तिमी ज्ञान ज्ञानेश्वरी हौ। ज्ञान सागरले तिमीलाई ज्ञान दिनुहुन्छ। तिमी अविनाशी सर्जनका बच्चा हौ। सर्जनले नै नाडी हेर्छन्। जसले आफ्नै नाडी छाम्नै जान्दैन उसले फेरि अरूको नारी कसरी छाम्दछ। तिमी अविनाशी सर्जनका बच्चा हौ नि। ज्ञान अंजन सद्गुरु दिया... यो ज्ञान इन्जेक्सन हो नि। आत्मालाई इन्जेक्सन लगाइन्छ नि। यो महिमा पनि अहिलेको हो। सदगुरुको नै महिमा छ। गुरुहरूलाई पनि ज्ञान इन्जेक्सन सदगुरुले नै दिनुहुन्छ। तिमी अविनाशी सर्जनका बच्चा हौ त्यसैले तिम्रो कामधन्दा नै हो ज्ञान इन्जेक्सन लगाउनु। डक्टरहरूमा पनि कसैले महिनामा लाख, कसैले ५०० पनि मुस्किलले कमाउँछन्। नम्बरवार एकअर्काकहाँ जान्छन् नि। सर्वोच्च अदालत, उच्च अलालतबाट फाँसीमा चढ्नुपर्ने निर्णय हुन्छ। फेरि राष्ट्रपति समक्ष अपिल गरे भने उनले माफ पनि गरिदिन्छन्।

तिमी बच्चाहरूलाई त नसा हुनुपर्छ, उदारचित्त हुनुपर्छ। यस भागीरथमा बाबा प्रवेश हुनुभयो त्यसपछि यिनलाई बाबाले उदारचित्त बनाउनुभयो नि। स्वयं त जेपनि गर्न सक्नुहुन्छ नि। उहाँ यसमा आएर मालिक बनेर बस्नुभयो। यो सबै विश्वको कल्याणको लागि लगाउनुछ। तिमीले धन लगाउँछौ, विश्वकै कल्याणको लागि। कसैले सोध्यो– खर्च कहाँबाट ल्याउँछौ? भन– हामीले आफ्नै तन-मन-धनले सेवा गर्छौं। हामीले राज्य गर्नेछौँ त्यसैले पैसा पनि हामीले नै लगाउँछौँ। हामी आफैले खर्च गर्छौं। हामी ब्राह्मणहरूले श्रीमतमा राज्य स्थापना गर्छौं। जो ब्राह्मण बन्छन् तिनीहरूले नै खर्च गर्छन्। शूद्रबाट ब्राह्मण बनेर फेरि देवता बन्नुछ। बाबा त भन्नुहुन्छ– सबै चित्र यस्ता ट्रान्सलाइटका बनाऊ जसबाट मानिसहरूलाई आकर्षण हुन्छ। कसैलाई तुरुन्तै तीर लाग्छ। कोही जादुको डरले आउँदैनन्। मनुष्यबाट देवता बनाउनु– यो जादु हो नि। भगवानुवाच, मैले तिमीलाई राजयोग सिकाउँछु। हठयोगीले कहिल्यै राजयोग सिकाउन सक्दैनन्। यी कुराहरू अहिले तिमीले बुझेका छौ। तिमी मन्दिरलायक बनिरहेका छौ। यस समयमा यो सारा विश्व बेहदको लङ्का हो। सारा विश्वमा रावणको राज्य छ। बाँकी सत्ययुग-त्रेतामा यी रावण आदि कसरी हुन सक्छन्।

बाबा भन्नुहुन्छ– अहिले मैले जे सुनाउँछु, त्यो सुन। यी आँखाले केही नहेर। यो पुरानो दुनिया नै विनाश हुनुछ, त्यसैले हामीले आफ्नो शान्तिधाम-सुखधामलाई नै याद गर्छौं। अहिले तिमी पुजारीबाट पूज्य बनिरहेका छौ। यिनी नम्बरवन पुजारी थिए, नारायणको धेरै पूजा गर्थे। अब फेरि पूज्य नारायण बनिरहेका छन्। तिमी पनि पुरुषार्थ गरेर त्यस्तै बन्न सक्छौ। राजधानी त चल्छ नि। जस्तै किङ एडवर्ड द फस्ट, सेकेन्ड, थर्ड चल्छ। बाबा भन्नुहुन्छ– तिमीले सर्वव्यापी भनेर मेरो तिरस्कार गर्दै आयौ। तैपनि मैले तिम्रो उपकार नै गर्छु। यो खेल नै यस्तो आश्चर्यजनक बनेको छ। पुरुषार्थ अवश्य गर्नुछ। कल्प पहिला जुन पुरुषार्थ गरिएको थियो, ड्रामा अनुसार त्यही गर्छन्। जुन बच्चालाई सेवाको सोख हुन्छ, उसलाई रातदिन यही चिन्तन चल्छ। तिमी बच्चाहरूलाई बाबाबाट मार्ग मिलेको छ, त्यसैले तिमी बच्चाहरूलाई सेवा सिवाय अरू केही राम्रो लाग्दैन। दुनियाको वातावरण राम्रो लाग्दैन। सेवा गर्नेलाई त सेवा सिवाय अरूमा आराम हुँदैन। टिचरलाई पढाउनमा मजा आउँछ। अहिले तिमी बनेका छौ धेरै उच्च टिचर। तिम्रो कामधन्दा नै यो हो, जति राम्रोसँग टिचरले धेरैलाई आफूसमान बनाउँछन्, उनीहरूलाई त्यति इनाम मिल्छ। उनीहरूलाई नपढाएसम्म आराम हुँदैन। प्रदर्शनी आदिमा राति १२ पनि बज्छ तैपनि खुसी हुन्छन्। थकाइ लाग्छ, घाँटी सुक्छ तैपनि खुसी हुन्छन्। ईश्वरीय सेवा हो नि। यो धेरै उच्च सेवा हो, उनीहरूलाई फेरि अरू केही पनि मीठो लाग्दैन। भन्छन्– हामीले यो भवन आदि लिएर पनि के गर्छौं, हामीले त पढाउनुछ। यही सेवा गर्नुछ। सम्पत्ति आदिमा झगडा देखे भने भन्छन्– यो सुन नै के कामको जसबाट कान काटिन्छ। सेवाबाट त उद्धार हुनुछ। बाबा भनिदिनुहुन्छ, भवन उनीहरूकै नाममा होस्। बी.के.लाई त सेवा गर्नुछ। यस सेवामा कुनै बाहिरको बन्धन राम्रो लाग्दैन। कसैमा त मोहको अंश हुन्छ नि। कसैको मोहको अंश टुटेको हुन्छ। बाबा भन्नुहुन्छ– मनमनाभव त्यसपछि तिम्रा विकर्म विनाश हुन्छन्। धेरै मदत मिल्छ। यस सेवामा त लाग्नुपर्छ। यसमा आम्दानी छ धेरै। भवन आदिको कुरा होइन। भवन दिएर बन्धनमा पार्ने हो भने त्यस्तो लिइँदैन। जसले सेवा गर्न जान्दैनन् उनीहरू त आफ्नै कामका होइनन्। टिचरले आफूसमान बनाउँछन्। बन्दैनन् भने उनीहरू के कामका। सहयोगी हातहरूको धेरै आवश्यकता हुन्छ नि। यसमा पनि कन्या, माताहरूको धेरै आवश्यकता हुन्छ। बच्चाहरूले बुझ्छन्– बाबा टिचर हुनुहुन्छ, बच्चा पनि टिचर हुनुपर्छ। यस्तो होइन– टिचरले अरू कुनै काम गर्न सक्दैनन्। सबै काम गर्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) दिनरात सेवाको चिन्तनमा रहनुछ र सबै मोहको अंश तोड्नुछ। सेवा सिवाय अरूमा आराम हुँदैन, सेवा गरेर आफूसमान बनाउनुछ।

२) बाबासमान उदारचित्त बन्नुछ। सबैको नाडी छामेर सेवा गर्नुछ। आफ्नो तन-मन-धन विश्वको कल्याणमा लगाउनुछ। अचल अडोल बन्नको लागि आज्ञाकारी वफादार बन्नुछ।

वरदान:–
किन , के को प्रश्नको जालबाट सदा मुक्त रहने विश्व सेवाधारी चक्रवर्ती भव

स्वदर्शन चक्र सही दिशातिर चल्नुको सट्टा गलत दिशातिर चल्यो भने मायाजित बन्नुको सट्टा परदर्शनको उल्झनको चक्रमा आउँछौ जसबाट किन र के को प्रश्नको जाल बन्छ जुन स्वयंले नै रच्छौ र फेरि स्वयं नै फस्छौ त्यसैले नलेजफुल बनेर स्वदर्शनचक्र घुमाइरह्यौ भने किन के को प्रश्नको जालबाट मुक्त भएर योगयुक्त, जीवनमुक्त, चक्रवर्ती बनेर बाबाको साथमा विश्व कल्याणको सेवामा चक्कर लगाइरहनेछौ। विश्व सेवाधारी चक्रवर्ती राजा बनेछौ।

स्लोगन:–
स्पष्ट बुद्धिले योजनालाई प्राक्टिकलमा ल्यायौ भने त्यसमा सफलता समाहित भएको हुन्छ।

अव्यक्त इसारा ः – अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

कर्मातीत स्थितिको समीप पुगिसकेपछि कुनै पनि आत्मातिर बुद्धिको झुकाव, कर्मको बन्धन बन्दैन। कर्मातीत अर्थात् सर्व कर्म बन्धनहरूबाट मुक्त, न्यारा बनेर, प्रकृतिद्वारा निमित्त भएर मात्र कर्म गराउनु। कर्मातीत अवस्थाको अनुभव गर्नको लागि न्यारा बन्ने पुरुषार्थ बारम्बार गर्नु नपरोस्, सहज र स्वतः नै अनुभव होस्– गराउनेवाला र गर्ने यी कर्मेन्द्रियहरू हुन् नै अलग।