25.01.26 Avyakt Bapdada Nepali Murli 02.04.2008 Om Shanti Madhuban
यस वर्ष चारै विषय मा
अनुभवको अथोरिटी बन , लक्ष्य र लक्षणलाई समान बनाऊ
आज बापदादाले आफ्नो
चारैतिरका सन्तुष्ट रहने सन्तुष्ट मणिहरूलाई देखिरहनुभएको छ। हरेकको अनुहारमा
सन्तुष्टताको चमक देखिइरहेको छ। सन्तुष्टमणिहरू स्वयंलाई पनि प्रिय छन्, बाबालाई पनि
प्रिय छन् र परिवारलाई पनि प्रिय छन् किनकि सन्तुष्टता महान् शक्ति हो। सन्तुष्टता
सर्व प्राप्तिहरू प्राप्त भएपछि मात्र धारण हुन्छ। प्राप्तिहरू कम भए भने सन्तुष्टता
पनि कम हुन्छ। सन्तुष्टताले अरू शक्तिहरूलाई पनि आह्वान गर्छ। सन्तुष्टताको
वायुमण्डलले अरूलाई पनि यथाशक्ति सन्तुष्टताको भाइब्रेसन दिन्छ। जो सन्तुष्ट रहन्छ,
उसको निसानी सदा प्रसन्नचित्त देखिन्छ। ऊ स्वतः सदा अनुहार हर्षितमुख रहन्छ।
सन्तुष्ट आत्माको सामुन्ने कुनै पनि परिस्थितिले स्व-स्थितिलाई हल्लाउन सक्दैन।
जतिसुकै ठुलो परिस्थिति होस् तर सन्तुष्ट आत्माको लागि कार्टुन सोको मनोरञ्जन
देखिन्छ, त्यसैले ऊ परिस्थितिमा हैरान हुँदैन र परिस्थितिले उसमाथि आक्रमण गर्न
सक्दैन उल्टै हार खान्छ, त्यसैले अतीन्द्रिय सुखमय मनोरञ्जनको जीवन अनुभव गर्छ।
मेहनत गर्नुपर्दैन, मनोरञ्जन अनुभव हुन्छ। त्यसैले हरेकले आफूलाई चेक गर। चेक गर्न
त आउँछ नि! आउँछ? जसलाई आफूलाई चेक गर्न आउँछ, अरूलाई होइन, आफूलाई चेक गर्न आउँछ,
तिमीहरूले हात उठाऊ। चेक गर्न आउँछ? अच्छा। बधाई छ।
बापदादाको वरदान पनि
हरेक बच्चालाई हरेक दिन अमृतवेला भिन्न भिन्न रूपले यही मिल्छ– खुसी होऊ, सफल बन।
सबैलाई हरेक दिनको वरदान मिल्छ, बापदादाले सबैलाई सँगसँगै एकै किसिमको वरदान
दिनुहुन्छ। तर फरक के हुन्छ? नम्बरवार किन बन्छौ? दाता एक हुनुहुन्छ, दिनु हुन्छ पनि
एकै किसिमको, कसैलाई थोरै, कसैलाई धेरै दिनुहुन्न, उदार दिलले दिनुहुन्छ तर फरक के
पर्छ, यसको अनुभव पनि सबैलाई छ किनकि अहिलेसम्म बापदादाकहाँ यो आवाज पुग्छ। कुन
आवाज, जान्दछौ नि? “कहिलेकाहीँ”, “थोरैथोरै”, यो आवाज अहिलेसम्म पनि आउँछ। बापदादाले
भन्नुभएको छ– ब्राह्मण आत्माहरूको जीवनरूपी डिक्सनरीबाट यी दुई शब्द निस्कनुपर्छ।
बाबा अविनाशी हुनुहुन्छ, खजानाहरू अविनाशी छन्, तिमीहरू सबै पनि अविनाशी श्रेष्ठ
आत्मा हौ। त्यसैले कुन शब्द हुनुपर्छ? कहिलेकाहीँ कि सदा? हरेक खजानाको अगाडि चेक
गर– सर्वशक्तिहरू सदा छन्? सर्वगुण सदा छन्? तिमीहरू सबैका भक्तले तिम्रो गुण गाउँदा
के भन्छन्? कहिलेकाहीँ गुणदाता, यस्तो भन्छन्? बापदादाले हरेक वरदानमा सदा शब्द
भन्नुभएको छ। सदा सर्वशक्तिमान्, कहिले शक्तिमान्, कहिले सर्वशक्तिमान् भन्नुभएको
छैन। हर पल दुई शब्द तिमीले पनि भन्छौ, बाबाले पनि भन्नुहुन्छ– समान बन। यो
भन्नुहुन्न– अलिअलि समान बन। सम्पन्न र सम्पूर्ण, त्यसैले बच्चाहरूले कहिलेकाहीँ के
गर्छन्? बापदादाले पनि खेल त हेर्नुहुन्छ नि! बच्चाहरूको खेल त हेर्दै जानुहुन्छ।
बच्चाहरूले के गर्छन्, कोही कोहीले, सबैले होइन। जुन वरदान मिल्यो, त्यो वरदानलाई
सोचेर, वर्णन गरेर कापीमा नोट गर्छन्, याद पनि गर्छन् तर वरदानरूपी बीजलाई फलिभूत
बनाउँदैनन्। बीजबाट फल निकाल्न सक्दैनन्। केवल वर्णन गरेर खुसी हुन्छन्– यो धेरै
राम्रो वरदान हो। वरदान हो बीज, तर बीजलाई जति फलिभूत गरिन्छ त्यति नै त्यो वृद्धि
हुन्छ। फलिभूत बनाउने रहस्य के हो? समयमा कार्यमा लगाउनु। कार्यमा लगाउन भुल्छन्,
केवल कापीमा हेरेर वर्णन गर्छन्– धेरै राम्रो, धेरै राम्रो। बाबाले वरदान धेरै
राम्रो दिनुभएको छ। तर केको लागि दिनुभएको हो? त्यसलाई फलिभूत बनाउनको लागि दिनुभएको
हो। बीजबाट फलको विस्तार हुन्छ। वरदानलाई स्मरण गर्छन्, तर वरदानस्वरूप बन्नमा
नम्बरवार बन्छन्। बापदादा हरेकको भाग्यलाई देखेर हर्षित भइरहनुहुन्छ तर बापदादाको
दिलको आशा पहिला पनि सुनाएको थिएँ। सबैले हात उठाएका थियौ, याद छ– हामी कारणलाई
समाप्त गरेर समाधानस्वरूप बन्नेछौँ, याद छ होमवर्क? कति बच्चाहरूले रुहरिहानमा वा
पत्रद्वारा, इमेलद्वारा रिजल्ट लेखेका पनि छन्। राम्रो छ, अटेन्सन गएको छ तर जुन
शब्द बापदादालाई राम्रो लाग्छ– सदा। त्यो छ? तिमीहरू सबै जति पनि आएका छौ, चाहे
सुनेका छौ, चाहे पढेका छौ तर एक महिनाको होमवर्कमा, एक महिना भएको छ बस, धेरै भएको
छैन, त्यसैले एक महिनामा लक्ष्य त राखेका छौ। एकअर्कासँग वर्णन पनि गरेका छौ तर जो
एक महिनामा होमवर्कमा राम्रो नम्बर पाउने बनेका छौ, तिमीहरूले हात उठाऊ। जो पास भएका
छन्, पास भएका छन्। सम्मानसहित पास? सम्मानसहित पास, उठ। सम्मानसहित पासको दर्शन
गर्नुपर्छ नि। माताहरू छैनन्। बहिनीहरूमा, टिचरहरूले हात उठाएनन्? कोही छैन।
मधुबनवासी। यो त धेरै कमजोर रिजल्ट हो। (धेरै कम उठेका छन्) अच्छा, सेन्टरमा पनि
होलान्। बधाई छ, ताली त बजाऊ। बापदादा मुस्कुराउनुहुन्छ– बापदादाले सोध्नुहुन्छ–
बापदादालाई कसको प्यार छ र कति छ? के जवाफ दिन्छौ? बाबा, यति छ जुन भन्न सक्दैनौँ।
जवाफ धेरै राम्रो दिन्छौ। बापदादा पनि खुसी हुनुहुन्छ। तर प्यारको प्रमाण के हो?
आजकालको दुनियाँमा देह अभिमानी प्यार गर्नेहरूले त ज्यान पनि कुर्बान गरिदिन्छन्।
परमात्म प्यारको पछाडि मुस्किलको अनुभव किन हुन्छ? बाबाले भन्नुभयो र बच्चाहरूले गरे।
गीत त धेरै राम्रा राम्रा गाउँछौ– बाबा, हामी सबैथोक न्योछावर गर्ने परवाना हौँ,
ज्योतिमाथि बलिहार हुनेहरू हौँ...। त्यसोभए यो कारण शब्दलाई स्वाहा गर्न सक्दैनौ?
अहिले त यस वर्षको
लास्ट टर्न आयो। अर्को वर्षमा के हुन्छ, त्यो त तिमी ले देखिरहेका छौ र बाबाले
देखिरहनुभएको छ, देख्नुहुनेछ तर के यो एक शब्दको विषयमा समयलाई हेरेर, तिमीहरूले
भन्छौ नि– समयको पुकार हो। भक्तहरूको पुकार, समयको पुकार, दुःखी आत्माहरूको पुकार,
तिम्रा स्नेही, सहयोगी आत्माहरूको पुकार तिमीले नै पूर्ण गर्छौ नि! तिम्रो टाइटल के
हो? तिम्रो कर्तव्य के हो? कुन कर्तव्यको लागि ब्राह्मण बन्यौ? विश्व परिवर्तक
तिम्रो टाइटल हो। विश्व परिवर्तन तिम्रो कार्य हो र साथी को हुनुहुन्छ? बापदादाको
साथसाथै यस कार्यमा निमित्त बनेका छौ। त्यसैले के गर्नुछ? अहिले पनि हात उठायौ भने,
गर्छौँ भन्दा हात त सबैले उठाइदिन्छौ। लक्ष्य राखेका छौ, बापदादाले देख्नुभयो, सबै
मिलाएर यस वर्षको सिजनमा सबैले सङ्कल्प गरे तर सफलताको चाबी दृढता– गर्नु नै छ,
त्यसको सट्टा कहिलेकाहीँ भनिरहेका छौ चलिरहेका छौँ, गरि नै हाल्छौँ। यो सङ्कल्पले
दृढतालाई साधारण बनाइदिन्छ। दृढतामा कारण शब्द आउँदै आउँदैन। निवारण हुन्छ। कारण
आउँछन् पनि तर चेकिङ भएको कारणले, कारण निवारणमा परिवर्तन हुन्छ।
बापदादाले रिजल्ट चेक
गर्दा के देख्नुभयो? ज्ञानी, योगी, धारणास्वरूप, सेवाधारी, चारै विषयमा सबै यथाशक्ति
ज्ञानी पनि छन्, योगी पनि छन्, धारणा पनि गरिरहेका छन्, सेवा पनि गरिरहेका छन्। तर
चारै विषयमा अनुभव स्वरूप, अनुभवको अथोरिटी हुनु– त्यसको कमी देखियो। अनुभव स्वरूप,
ज्ञानस्वरूपमा पनि अनुभव स्वरूप अर्थात् ज्ञानलाई नलेज भनिन्छ, अनुभवी मूर्त आत्मामा
ज्ञान अर्थात् समझ हुन्छ– के गर्नुछ, के गर्नुछैन। ज्ञानको लाइट र माइट, त्यसैले
अनुभव स्वरूपको अर्थ नै हो ज्ञानी तु आत्माको हरेक कर्ममा लाइट र माइट स्वाभाविक
हुनुपर्छ। ज्ञानी भन्नु नै ज्ञान, ज्ञानलाई जान्नु, वर्णन गर्नु, त्यसको साथसाथै
हरेक कर्ममा लाइट माइट होस्। अनुभव स्वरूपको हर कर्म स्वाभाविक श्रेष्ठ र सफल हुन्छ।
मेहनत गर्नुपर्दैन किनकि ज्ञानका अनुभवमूर्त हुन्छन्। अनुभवको अथोरिटी सबै
अथोरिटीभन्दा श्रेष्ठ हुन्छ। ज्ञानलाई जान्नु र ज्ञानको अनुभव स्वरूपको अथोरिटीमा
हर कर्म गर्नु, त्यसमा अन्तर छ। त्यसैले अनुभव स्वरूप छौ? चेक गर चारै विषयमा, आत्मा
हुँ भन्ने अनुभव होस् तर अनुभव स्वरूप भएर हर कर्म गर्छौ? अनुभवको अथोरिटीको सिटमा
सेट छौ भने श्रेष्ठ कर्म, सफलता स्वरूप कर्म अथोरिटीको सामुन्ने स्वभाव स्वाभाविक
देखिन्छ। सोच्छौ तर अनुभव स्वरूप बन्नुछ, योगयुक्त, राजयुक्त स्वभाव होस्,
स्वाभाविक होस्। धारणामा पनि सर्वगुण स्वतः नै हरेक कर्ममा देखियोस्। यस्तो अनुभव
स्वरूपमा सदा रहनु, अनुभवको सिटमा सेट हुनु, यसको आवश्यकताको अटेन्सन राख्नुछ, यो
आवश्यक छ। अनुभवको अथोरिटीको सिट धेरै महान् छ। अनुभवीलाई मायाले पनि मेटाउन सक्दैन
किनकि मायाको अथोरिटीभन्दा अनुभवको अथोरिटी पदमगुणा उच्च छ। सोच्नु अलग हो, मनन
गर्नु अलग हो, अनुभव स्वरूप बनेर चल्नु, अहिले यसको आवश्यकता छ।
त्यसैले अहिले यस
वर्षमा के गर्छौ? बापदादाले देख्नुभयो– एक विषयमा धेरैजसो पास छौ। कुन विषय? सेवाको
विषय। चारैतिरबाट बापदादाकहाँ धेरै राम्रा राम्रा सेवाका रेकर्ड आएका छन्। सेवाको
उमङ्ग-उत्साह यस वर्षको सेवा समाचारहरूको हिसाबले राम्रो देखियो। हरेक वर्गले, हरेक
जोनले भिन्न भिन्न रूपले सेवामा सफलता प्राप्त गरेका छन्। यसको लागि बापदादाले हरेक
जोन, हरेक वर्गलाई पदम पदमगुणा बधाई दिइरहनुभएको छ। बधाई छ। योजना पनि राम्रा राम्रा
बनाएका छौ। तर अहिले समय अनुसार अचानकको सिजन छ। तिमीले देख्यौ, सुन्यौ होला– यस
वर्षमा कति ब्राह्मणहरू अचानक गए। त्यसैले अचानकको घण्टी अहिले तेज भइरहेको छ। त्यसै
अनुसार अहिले यस वर्ष चारै विषयमा म अनुभव स्वरूप कहाँसम्म बनेको छु यो जाँच गर्नुछ,
किनकि चारै विषयमा राम्रो नम्बर चाहिन्छ। यदि एक विषयमा पनि पासमार्कभन्दा कम भयो
भने सम्मानसहित पास मालाको मणि, बापदादाको गलाको हार कसरी बन्छौ! कुनै पनि रूपमा
हार खाने बाबाको गलाको हार बन्न सक्दैन। यहाँ हात उठाउन लगायो भने सबैले के भन्छौ?
लक्ष्मीनारायण बन्छौँ। लक्ष्मीनारायण वा लक्ष्मीनारायणको परिवारमा साथी, त्यो बन्नु
पनि श्रेष्ठ पद हो, त्यसैले बापदादा केवल एक शब्द भन्नुहुन्छ– अहिले तीव्र गतिले
उड्तीकलामा उड्दै जाऊ र आफ्नो उड्तीकलाको भाइब्रेसनले वायुमण्डलमा सहयोगको
वायुमण्डल फैलाऊ। प्रकृतिको लागि तिमीहरू सबैले के चुनौति दिएका छौ– प्रकृतिलाई पनि
परिवर्तन गरेरै छोड्छौँ। छ नि वाचा? वाचा गरेका छौ? गरेका छौ। शिर हल्लाऊ, हात होइन।
त्यसैले के आफ्ना साथी मनुष्य आत्माहरूलाई दुःख र अशान्तिबाट परिवर्तन गर्न सक्दैनौ?
एक त तिमीले चुनौति दिएका छौ र अर्को बापदादासँग पनि वाचा गरेका छौ– हामी सबै अहिले
पनि हजुरको कार्यमा साथी हौँ, परमधाममा पनि साथी हौँ र राज्यमा पनि ब्रह्माबाबाका
साथी रहन्छौँ। यो वाचा गरेका छौ नि! त्यसैले साथै जान्छौँ, साथै बस्छौँ र अहिले पनि
साथै छौँ। त्यसैले समय समयमा बाबाको इसारा यथार्थमा देखिइरहेका छौ– अचानक एभररेडी।
के दादीको लागि सोचेका थियौ– जान सक्नुहुन्छ? अचानकको खेल देख्यौ नि।
त्यसैले यस वर्ष
एभररेडी। बाबाको दिलका आशाहरू पूर्ण गर्ने आशाहरूका दीपक बन्नु नै छ। बाबाका
आशाहरूलाई त जान्दछौ नै। बन्नुछ वा बन्छौँ, हेरौँला...! जसले सम्झन्छौ– बन्नु नै छ,
तिमीहरूले हात उठाऊ। हेर, क्यामेरामा आइरहेको छ। बापदादालाई त धेरै राम्ररी खुसी
बनाउँछौ। बापदादा पनि बच्चाहरू बिना एक्लै जान सक्नुहुन्न। हेर, ब्रह्माबाबाले पनि
तिमी बच्चाहरूको लागि मुक्तिको गेट खोल्नको लागि प्रतीक्षा गरिरहनुभएको छ। एडभान्स
पार्टीले पनि प्रतीक्षा गरिरहेको छ। तिमी व्यवस्था गर्नेहरू हौ। तिमी प्रतीक्षा
गर्नेहरू होइनौ, व्यवस्था गर्नेहरू हौ। त्यसैले यस वर्ष यो लक्ष्य राख तर लक्ष्य र
लक्षणलाई समान बनाऊ। यस्तो नहोस्– लक्ष्य धेरै उच्च र लक्षणमा कमजोरी, होइन। लक्ष्य
र लक्षण समान होस्। जुन तिम्रो दिलको आशा छ समान बन्ने, लक्ष्य र लक्षण समान भएपछि
मात्र त्यो पूर्ण हुन्छ। अहिले अलि अलि अन्तर पर्छ, लक्ष्य र लक्षणमा। योजना धेरै
राम्रा बनाउँछौ, आपसमा रुहरिहान पनि धेरै राम्रा राम्रा गर्छौ। एकअर्कालाई अटेन्सन
पनि गराउँछौ। अहिले दृढता हाम्रो जन्मसिद्ध अधिकार हो, यस सङ्कल्पलाई अनुभवको
स्वरूपमा ल्याऊ। चेक गर– जे भन्छौ, त्यसको अनुभव पनि गर्छौ? पहिलो शब्द म आत्मा
हुँ, यसैलाई नै चेक गर। यस आत्मास्वरूपको अनुभवको अथोरिटी हुँ? किनकि अनुभवको
अथोरिटी नम्बरवन हो। अच्छा। कुनै परिस्थितिमा पनि स्वस्थितिमा स्थित रहन सक्छौ?
मनको एकाग्रता (ड्रिल)
अच्छा। तीन बिन्दीको स्मृतिस्वरूप बन्न सक्छौ नि! बस, फुलस्टप। अच्छा।
अब एक सेकेन्डमा आफ्नो
श्रेष्ठ स्वमान– बापदादाको दिलतख्तनसिन हुँ, यस रुहानी स्वमानको नसामा स्थित होऊ।
तख्तनसिन आत्मा हुँ, यस अनुभवमा लवलीन होऊ। अच्छा।
चारैतिरका अति लवली,
सदा बाबाको लवमा लीन रहने, सदा स्वमानधारी, स्वराज्यधारी विशेष आत्माहरूलाई,
चारैतिरका उमङ्ग-उत्साहका पङ्खले उड्ने र आफ्नो मनको भाइब्रेसनले वायुमण्डललाई
शान्त, श्रेष्ठ बनाउने सबैलाई बाबाको सन्देश दिएर दुःखबाट छुटाएर मुक्तिको वर्सा
दिलाउने, सदा दृढताद्वारा सफलता प्राप्त गर्ने यस्ता चारैतिरका दिलको समीप रहने र
सम्मुख आउने सबै बच्चाहरूलाई दिलको स्नेह र दिलको आशीर्वाद, याद प्यार एवं नमस्ते।
(रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
वरदान:–
धर्म र कर्म
दुवैको ठीक सन्तुलन राख्ने दिव्य वा श्रेष्ठ बुद्धि मा न् भव
कर्म गर्दा धर्म
अर्थात् धारणा पनि सम्पूर्ण होस्, त्यसबाट धर्म र कर्म दुवैको सन्तुलन ठीक हुँदा
प्रभाव बढ्छ। यस्तो होइन– कर्म समाप्त भएपछि मात्र धारणा स्मृतिमा आउँछ। बुद्धिमा
दुवै कुराको सन्तुलन ठीक भयो भने भनिन्छ श्रेष्ठ वा दिव्य बुद्धिमान्। नत्र साधारण
बुद्धि, कर्म पनि साधारण, धारणाहरू पनि साधारण हुन्छन्। त्यसैले साधारणतामा समानता
ल्याउनुछैन तर श्रेष्ठतामा समानता होस्। जसरी कर्म श्रेष्ठ हुन्छ, त्यसैगरी धारणा
पनि श्रेष्ठ होस्।
स्लोगन:–
आफ्नो
मन-बुद्धिलाई अनुभवको सिटमा सेट गरिदियौ भने कहिल्यै अपसेट (निराश) हुँदैनौ।
अव्यक्त इसारा:– यस
अव्यक्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
ज्ञानस्वरूप, मास्टर
ज्ञानको सागर, मास्टर सर्वशक्तिमान् भएपछि कुनै यस्तो कर्म, जुन युक्तियुक्त छैन,
त्यो गरिहाल्यौ भने यस कर्मको बन्धन अज्ञान कालको कर्मबन्धनभन्दा पदमगुणा ज्यादा
हुन्छ। यसकारण बन्धनयुक्त आत्मा स्वतन्त्र नभएको कारणले जे चाहन्छ, त्यो गर्न
सक्दैन, त्यसैले युक्तियुक्त कर्मद्वारा मुक्ति प्राप्त गर।