25.02.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
ब्राह्मण सो देवता बन्छौ , तिमीले नै विश्वलाई स्वर्ग बनाउँछौ , त्यसैले तिमीलाई
आफ्नो ब्राह्मण जातिको नसा हुनुपर्छ।”
प्रश्न:–
सच्चा
ब्राह्मणहरूका मुख्य निसानी के हुन्छन्?
उत्तर:–
१. सच्चा
ब्राह्मणहरूको यो पुरानो दुनियाँबाट लङ्गर उठेको हुन्छ। उनीहरूले मानौँ यो दुनियाँको
किनारा छोडिसके। २. सच्चा ब्राह्मण ती हुन् जसले हातले काम गर्छन् र बुद्धि सदा
बाबाको यादमा रहन्छ अर्थात् कर्मयोगी हुन्छन्। ३. ब्राह्मण अर्थात् कमल फूलसमान। ४.
ब्राह्मण अर्थात् सदा आत्म अभिमानी रहने पुरुषार्थ गर्ने। ५. ब्राह्मण अर्थात् काम
महाशत्रुमाथि विजय प्राप्त गर्ने।
ओम् शान्ति ।
रुहानी बाबाले
रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। कुन बच्चाहरू? यी ब्राह्मणहरू। यो कहिल्यै
नबिर्स– हामी ब्राह्मण हौँ, देवता बन्नेछौँ। वर्णहरूलाई पनि याद गर्नुपर्छ। यहाँ
तिमी आपसमा केवल ब्राह्मण नै ब्राह्मण छौ। ब्राह्मणहरूलाई बेहदका बाबाले
पढाउनुहुन्छ। यी ब्रह्माले पढाउँदैनन्। शिवबाबाले पढाउनुहुन्छ ब्रह्माद्वारा।
ब्राह्मणहरूलाई नै पढाउनुहुन्छ। शूद्रबाट ब्राह्मण नबनी देवीदेवता बन्न सकिँदैन।
वर्सा शिवबाबाबाट मिल्छ। यहाँ शिवबाबा त सबैका बाबा हुनुहुन्छ। यी ब्रह्मालाई
ग्रेट-ग्रेट ग्रेन्ड फादर (आदि पिता) भनिन्छ। लौकिक बाबा त सबैका हुन्छन्। पारलौकिक
बाबालाई भक्तिमार्गमा याद गर्छन्। अब तिमी बच्चाहरूले बुझेका छौ– यिनी अलौकिक बाबा
हुन् जसलाई कसैले चिन्दैनन्। हुन त ब्रह्माको मन्दिर छ, यहाँ पनि प्रजापिता आदिदेवको
मन्दिर छ। उनलाई कसैले महावीर भन्छन्, दिलवाला पनि भन्छन्। तर वास्तवमा दिल लिने
शिवबाबा हुनुहुन्छ, न कि प्रजापिता आदिदेव ब्रह्मा। सबै आत्माहरूलाई सदा सुखी बनाउने,
खुसी बनाउने एक बाबा मात्रै हुनुहुन्छ। यो पनि केवल तिमीलाई मात्रै थाहा छ।
दुनियाँमा त मनुष्यले केही जान्दैनन्। तुच्छ बुद्धि छन्। हामी ब्राह्मणले नै
शिवबाबाबाट वर्सा लिइरहेका छौँ। तिमीले पनि यो कुरा घरी घरी बिर्सन्छौ। याद धेरै
सहज छ। योग शब्द संन्यासीहरूले राखेका हुन्। तिमीले त बाबालाई याद गर्छौ। योग
साधारण शब्द हो। यसलाई योगा आश्रम पनि भनिँदैन, यहाँ बच्चा र बाबा बसेका छन्।
बच्चाहरूको कर्तव्य हो– बेहदका बाबालाई याद गर्नु। हामी ब्राह्मण हौँ, हामीले
दादाबाट ब्रह्माद्वारा वर्सा लिइरहेका छौँ, त्यसैले शिवबाबा भन्नुहुन्छ– जति
हुनसक्छ याद गरिराख। ठिकै छ, चित्र पनि राख त्यसबाट याद रहन्छ। हामी ब्राह्मण हौँ,
बाबाबाट वर्सा लिन्छौँ। ब्राह्मणले कहिल्यै आफ्नो जाति बिर्सन्छन् र? तिमी
शूद्रहरूको सङ्गमा आएपछि ब्राह्मणपन बिर्सिन्छौ। ब्राह्मण त देवताहरूभन्दा पनि उच्च
हुन् किनकि तिमी ब्राह्मण ज्ञानस्वरूप छौ। भगवानलाई जानीजाननहार भन्छन् नि। त्यसको
पनि अर्थ जान्दैनन्। यस्तो होइन– सबैको दिलमा के छ त्यो बसेर हेर्नुहुन्छ। होइन,
उहाँलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ। उहाँ बीजरूप हुनुहुन्छ। वृक्षको
आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ। त्यसैले यस्ता बाबालाई धेरै याद गर्नुछ। यिनको
आत्माले पनि उहाँ बाबालाई याद गर्छ। उहाँ बाबा भन्नुहुन्छ– यी ब्रह्माले पनि मलाई
याद गर्छन् त्यसपछि यो पद पाउँछन्। तिमीले पनि याद गरेमा पद पाउँछौ। पहिला सुरूमा
तिमी अशरीरी आएका थियौ फेरि अशरीरी बनेर फर्किनुछ। अरू सबैले तिमीलाई दुःख दिन्छन्,
उनीहरूलाई किन याद गर्छौ। अब म तिमीलाई मिलेको छु, म तिमीलाई नयाँ दुनियाँमा लैजान
आएको छु। त्यहाँ कुनै दुःख हुँदैन। त्यो हो दैवी सम्बन्ध। यहाँ पहिला सुरुमा
स्त्रीपुरुषको सम्बन्धमा दुःख हुन्छ किनकि सबै विकारी बन्छन्। तिमीलाई अब म त्यो
दुनियाँकोलायक बनाउँछु, जहाँ विकारको कुरा हुँदैन। यो काम महाशत्रु गायन गरिएको छ
जसले आदि-मध्य-अन्त्य दुःख दिन्छ। क्रोधको लागि यस्तो भनिँदैन– यसले
आदि-मध्य-अन्त्य दुःख दिन्छ, होइन। कामलाई जित्नुछ। त्यसले नै आदि-मध्य-अन्त्य दुःख
दिन्छ। पतित बनाउँछ। पतित शब्द विकारको लागि प्रयोग गरिन्छ। यो दुस्मनमाथि विजय
पाउनुछ। तिमीलाई थाहा छ– हामी स्वर्गका देवीदेवता बनिरहेका छौँ। यो कुरामा निश्चय
नभएसम्म केही पाउन सक्दैनौ।
बाबा सम्झाउनुहुन्छ–
बच्चाहरू मनसा-वाचा-कर्मणा एक्युरेट बन्नुछ। मेहनत छ। दुनियाँमा यो कसैलाई थाहा छैन–
तिमीले विश्वलाई स्वर्ग बनाउँछौ। पछि गएर बुझ्नेछन्। चाहन्छन् पनि– एक विश्व, एक
राज्य, एक धर्म, एक भाषा होस्। तिमीले सम्झाउन सक्छौ– सत्ययुगमा आजभन्दा ५ हजार
वर्ष पहिला एक राज्य, एक धर्म थियो जसलाई स्वर्ग भनिन्थ्यो। रामराज्य र रावण
राज्यलाई पनि कसैले जान्दैनन्। १०० प्रतिशत तुच्छ बुद्धिबाट अब तिमी स्वच्छ बुद्धि
बन्छौ नम्बरवार पुरुषार्थ अनुसार। बाबा बसेर तिमीलाई पढाउनुहुन्छ। केवल बाबाको मतमा
चल। बाबा भन्नुहुन्छ– पुरानो दुनियाँमा रहेरै कमल फूलसमान पवित्र बन। मलाई याद
गरिराख। बाबाले आत्माहरूलाई सम्झाउनुहुन्छ। म आत्माहरूलाई नै पढाउन आएको छु यी
इन्द्रियहरूद्वारा। तिमी आत्माहरूले पनि इन्द्रियहरूद्वारा सुन्छौ। तिमी बच्चाहरू
आत्म अभिमानी बन्नुछ। यो त पुरानो विकारी शरीर हो। तिमी ब्राह्मणहरू पूजनलायक छैनौ।
तिमी गायनलायक छौ, पुजनलायक देवताहरू हुन्छन्। तिमीले श्रीमतमा विश्वलाई पवित्र
स्वर्ग बनाउँछौ त्यसैले तिम्रो गायन छ। तिम्रो पूजा हुन सक्दैन। गायन केवल तिमी
ब्राह्मणहरूको हो, न कि देवताहरूको। बाबाले तिमीलाई नै शूद्रबाट ब्राह्मण
बनाउनुहुन्छ। जगत अम्बा वा ब्रह्मा आदिका मन्दिर बनाउँछन् तर उनीहरूलाई यो थाहा छैन–
यिनीहरू को हुन्? जगत पिता त ब्रह्मा भए नि। तिनीहरूलाई देवता भनिँदैन। देवताहरूको
आत्मा र शरीर दुवै पवित्र हुन्छन्। अब तिम्रो आत्मा पवित्र हुँदै गइरहेको छ। शरीर
पवित्र छैन। अब तिमीले ईश्वरको मतमा विश्वलाई स्वर्ग बनाइरहेका छौ। तिमी पनि
स्वर्गको लायक बनिरहेका छौ। सतोप्रधान अवश्य बन्नुछ। केवल तिमी ब्राह्मण नै हौ
जसलाई बाबा बसेर पढाउनुहुन्छ। ब्राह्मणहरूको वृक्ष वृद्धि हुँदैजान्छ। ब्राह्मण जो
पक्का बन्छन् उनीहरू फेरि गएर देवता बन्छन्। यो नयाँ वृक्ष हो। मायाका तुफान पनि
आउँछन्। सत्ययुगमा कुनै तुफान आउँदैन। यहाँ मायाले बाबाको यादमा रहन दिँदैन। हामीले
चाहन्छौँ– बाबाको यादमा बसौँ। तमोबाट सतोप्रधान बनौँ। सारा कुरा यादमाथि आधारित छ।
भारतवर्षको प्राचीन योग प्रसिद्ध छ। बेलायतकाले पनि चाहन्छन्– प्राचीन योग कोही आएर
सिकाइदेओस्। अब योगी पनि दुई प्रकारका छन्– एक छन् हठयोगी, अर्का छन् राजयोगी। तिमी
हौ राजयोगी। यो भारतवर्षको प्राचीन राजयोग हो जुन बाबाले नै सिकाउनुहुन्छ। केवल
गीतामा मेरो सट्टामा श्रीकृष्णको नाम राखिदिएका छन्। कति फरक भयो। शिवजयन्ती हुन्छ
भने तिम्रो वैकुण्ठको पनि जयन्ती हुन्छ, जसमा श्रीकृष्णको राज्य हुन्छ। तिमीलाई थाहा
छ– शिवबाबाको जयन्ती हुन्छ भने गीताको पनि जयन्ती हुन्छ। वैकुण्ठको पनि जयन्ती
हुन्छ जसमा तिमी पवित्र बन्छौ। कल्प पहिला अनुसार स्थापना गर्छु। अब बाबा
भन्नुहुन्छ– मलाई याद गर। याद नगरेमा मायाले केही न केही विकर्म गराइदिन्छ। याद
गरेनौ र थप्पड लाग्यो। यादमा रह्यौ भने थप्पड खाँदैनौ। यो बक्सिङ हो। तिमीलाई थाहा
छ– हाम्रो दुस्मन कुनै मनुष्य होइन। रावण हो दुस्मन।
बाबा भन्नुहुन्छ– यस
समयको शादी (विवाह) बर्बादी हो। एकअर्काको बर्बादी गर्छन्। (पतित बनाइदिन्छन्) अब
पारलौकिक बाबाले विशेष आदेश (अर्डिनेन्स) निकाल्नुभएको छ, प्यारा बच्चाहरू! यो काम
महाशत्रु हो। यसमाथि विजय प्राप्त गर र पवित्रताको प्रतिज्ञा गर। कोही पनि पतित
नबनुन्। जन्मजन्मान्तर तिमी यस विकारबाट पतित बनेका छौ त्यसैले काम महाशत्रु भनिएको
छ। साधुसन्त सबैले भन्छन्– पतित-पावन आउनुहोस्! सत्ययुगमा कोही पतित हुँदैन। बाबा
आएर ज्ञानले सबैको सदगति गर्नुहुन्छ। अब सबै दुर्गतिमा छन्। ज्ञान दिने कोही छैन।
ज्ञान दिने एउटै ज्ञान सागर हुनुहुन्छ। ज्ञानले दिन हुन्छ। दिन हो रामको, रात हो
रावणको। यी शब्दहरूको यथार्थ अर्थ पनि तिमी बच्चाहरूले जान्दछौ। केवल पुरुषार्थमा
कमजोरी छ। बाबाले त धेरै राम्रो रीतिले सम्झाउनुहुन्छ। तिमीले ८४ जन्म पूरा गरेका
छौ, अब पवित्र बनेर फर्किनुछ। तिमीलाई त शुद्ध अहङ्कार हुनुपर्छ। हामी आत्माहरूले
बाबाको मतमा यस विश्वलाई स्वर्ग बनाइरहेका छौँ, जुन स्वर्गमा फेरि राज्य गर्नेछौँ।
जति मेहनत गर्छौ त्यति उच्च पद पाउँछौ। राजारानी बन वा प्रजा बन। राजारानी कसरी
बन्छन्, त्यो पनि देखिरहेका छौ। फलो फादर भनिन्छ, यो अहिलेको कुरा हो। लौकिक
सम्बन्धको लागि भनिएको होइन। यहाँ बाबाले मत दिनुहुन्छ– मामेकम् याद गरेमा विकर्म
विनाश हुन्छन्। तिमीले जान्दछौ– हामी अहिले श्रीमतमा चल्छौँ। धेरैको सेवा गर्छौँ।
प्यारा बच्चाहरू! तिमीहरू बाबाको पासमा आयौ भने शिवबाबाले पनि ज्ञानले बहलाउनुहुन्छ।
यिनले पनि त सिक्छन् नि। शिवबाबा भन्नुहुन्छ– म सबेरैआउँछु। अच्छा फेरि कोही भेट्नको
लागि आए भने के यिनले सम्झाउँदैनन्? यस्तो भन्छन् र– बाबा हजुर आएर सम्झाउनुहोस्,
मैले सम्झाउँदिनँ! यी धेरै गुप्त गहन कुराहरू हुन् नि। मैले त सबैभन्दा राम्ररी
सम्झाउन सक्छु। तिमीले यसरी किन बुझ्छौ– शिवबाबाले नै सम्झाउनुहुन्छ, यिनले
सम्झाउँदैनन् होला। यो पनि थाहा छ– कल्प पहिला यिनले सम्झाएका हुन्, त्यसैले त यो
पद पाएका छन्। मम्माले पनि सम्झाउँथिन् नि। उनले पनि उच्च पद पाउँछिन्।
मम्मा-बाबालाई सूक्ष्मवतनमा देख्छौ त्यसैले बच्चाहरूले फलो फादर गर्नुछ। सरेन्डर
हुने पनि गरिब हुन्, धनवान हुन सक्दैनन्। गरिबले नै भन्छन्– बाबा यो सबै थोक हजुरको
हो। शिवबाबा त दाता हुनुहुन्छ। उहाँले कहिल्यै लिनुहुन्न। बच्चाहरूलाई भन्नुहुन्छ–
यो सबै थोक तिम्रो हो। मैले आफ्नो लागि न यहाँ, न त्यहाँ महल बनाउँछु। तिमीलाई
स्वर्गको मालिक बनाउँछु। अब यी ज्ञान रत्नहरूले झोली भर्नुछ। मन्दिरमा गएर भन्छन्–
मेरो झोली भरिदिनुहोस्! तर कुन प्रकारको, कुन चीजको झोली भरिदिनुहोस्..! झोली भर्ने
त लक्ष्मी हुन्, जसले पैसा दिन्छिन्। शिवको पासमा त जाँदैनन्, शङ्करको पासमा गएर
भन्छन्। बुझेका छन्– शिव र शङ्कर एउटै हुन् तर यस्तो कहाँ हो र।
बाबा आएर सत्य कुरा
बताउनुहुन्छ। बाबा हुनुहुन्छ नै दुःखहर्ता सुखकर्ता। तिमी बच्चाहरू गृहस्थ व्यवहारमा
पनि रहनुछ। कामधन्दा पनि गर्नुछ। हरेकले आफ्नो लागि राय सल्लाह सोध्छन्– बाबा
हामीलाई यस कुरामा झुटो बोल्नुपर्छ। बाबाले हरेकको नाडी छामेर राय दिनुहुन्छ किनकि
बाबाले बुझ्नुहुन्छ– मैले भनौँ र गर्न नसकुन्, यस्तो राय सल्लाह नै किन दिऊँ। नाडी
छामेर नै यस्तो राय सल्लाह दिइन्छ जुन गर्न पनि सकुन्। भनुँ तर गरेनन् भने
अवज्ञाकारीहरूको लाइनमा आउँछन्। हरेकको आआफ्नो हिसाबकिताब छ। सर्जन त एउटै
हुनुहुन्छ, उहाँको पासमा आउनुपर्छ। उहाँले पूरा राय दिनुहुन्छ। सबैले सोध्नुपर्छ–
बाबा यस हालतमा हामीले कसरी चल्नुपर्छ? अब के गरौँ? बाबाले स्वर्गमा त लैजानुहुन्छ।
तिमीलाई थाहा छ– हामी स्वर्गवासी त बन्ने छौँ। अहिले हामी सङ्गमवासी छौँ। तिमी अब न
नर्कमा छौ, न स्वर्गमा छौ। जो जो ब्राह्मण बन्छन् उनीहरूको लङ्गर यस विकारी
दुनियाँबाट उठिसकेकोछ। तिमीले कलियुगी दुनियाँको किनारा छोड्यौ। कति ब्राह्मणहरू
यादको यात्रामा तीक्ष्ण गतिमा गइरहेका छन्, कोही साधारण। कसैले हात छोडिदिन्छन्
अर्थात् फेरि कलियुगमा जान्छन्। तिमीलाई थाहा छ– हामीलाई अब खिवैयाले लगिरहनुभएको
छ। ती यात्रा त अनेक प्रकारका छन्। तिम्रो यो एउटै यात्रा हो। यो बिल्कुल अलग्गै
यात्रा हो। हो, तुफान आउँछन् जसले यादलाई तोडिदिन्छन्। यो यादको यात्राको विषयमा
राम्रो रीतिले पक्का निश्चय गर। मेहनत गर। तिमी कर्मयोगी हौ। जति हुन सक्छ हातले
काम गर, दिलले बाबालाई याद गर। आधाकल्प तिमीले आशिकले माशुकलाई याद गरे जस्तै याद
गर्दै आयौ। बाबा यहाँ धेरै दुःख छ, अब हामीलाई सुखधामको मालिक बनाउनुहोस्! यादको
यात्रामा रह्यौ भने तिम्रा पाप खतम हुन्छन्। तिमीले नै स्वर्गको वर्सा पाएका थियौ,
अहिले गुमाएका छौ। भारतवर्ष स्वर्ग थियो त्यसैले त भन्छन्– प्राचीन भारत।
भारतवर्षलाई नै धेरै मान दिन्छन्। यो खण्ड सबैभन्दा ठुलो पनि छ, सबैभन्दा पुरानो पनि
छ। अहिले त भारतखण्ड कति गरिब छ त्यसैले सबैले यस खण्डलाई मदत गर्छन्। ती मानिसहरूले
बुझेका छन्, हामीसँग धेरै अन्न हुनेछ। कतैबाट मगाउनुपर्दैन। तर यो त तिमीलाई थाहा
छ– विनाश सामुन्ने उभिएको छ। जसले राम्रो रीतिले बुझ्छन् उनीहरूलाई भित्रै धेरै खुसी
हुन्छ। प्रदर्शनीमा कति आउँछन्। भन्छन्– तिमीले सत्य भन्छौ तर यो बुझ्नुछ– हामीले
बाबाबाट वर्सा लिनुछ, यो कहाँ बुद्धिमा बस्छ र। यहाँबाट बाहिर निस्किएपछि खतम।
तिमीलाई थाहा छ– बाबाले हामीलाई स्वर्गमा लैजानुहुन्छ। त्यहाँ न गर्भ जेलमा, न त्यो
जेलमा जान्छौँ। अहिले जेलको यात्रा पनि कति सहज भएको छ। फेरि सत्ययुगमा कहिल्यै
जेलको मुख देख्न पर्दैन। दुवै जेल हुँदैनन्। यहाँ सबै यो मायाको तडकभडक हो। ठुला
ठुलालाई मानौँ खतम गरिदिन्छन्। आज धेरै मान दिइरहेका छन्, भोलि मान नै समाप्त
गरिदिन्छन्। आजकाल हरेक कुरा छिटो हुन्छ। मृत्यु पनि छिटो हुँदै जान्छ। सत्ययुगमा
यस्तो कुनै उपद्रव हुँदैन। पछि गएर हेर के हुन्छ। धेरै भयङ्कर दृश्य देखिनेछ। तिमी
बच्चाहरूले साक्षात्कार पनि गरेका छौ। तिमी बच्चाहरूको लागि मुख्य कुरा हो यादको
यात्रा। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) मनसा-वाचा-कर्मणा धेरै धेरै एक्युरेट बन्नुछ। ब्राह्मण बनेर कुनै पनि शूद्रका
कर्म गर्नुछैन।
२) बाबाबाट जुन राय
मिल्छ त्यसमा पूरा पूरा चलेर आज्ञाकारी बन्नुछ। कर्मयोगी बनेर हर कार्य गर्नुछ।
सबैको झोली ज्ञान रत्नहरूले भर्नुछ।
वरदान:–
डबल लाइट बनेर
कर्मातीत अवस्थाको अनुभव गर्ने कर्मयोगी भव
जसरी कर्ममा आउनु
स्वाभाविक भएको छ त्यसैगरी कर्मातीत हुन पनि स्वाभाविक होस्, यसको लागि डबल लाइट बन।
डबल लाइट रहनको लागि कर्म गर्दा पनि स्वयंलाई ट्रस्टी सम्झ र आत्मिक स्थितिमा रहने
अभ्यास गर, यिनै दुई कुराको अटेन्सन राखेमा सेकेन्डमा कर्मातीत, सेकेन्डमा कर्मयोगी
बन्नेछौ। निमित्त मात्र कर्म गर्नको लागि कर्मयोगी बन र त्यसपछि फेरि कर्मातीत
अवस्थाको अनुभव गर।
स्लोगन:–
जसको दिल ठुलो
छ उसको लागि असम्भव कार्य पनि सम्भव हुन्छ।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलतासम्पन्न बन
आफूमा जे जति
विशेषताहरू छन्, तिनलाई सामुन्ने राख, कमजोरीहरूलाई होइन, त्यसपछि आफूमा विश्वास
हुन्छ। कमजोरीको कुरालाई ज्यादा नसोच, त्यसपछि सदा खुसीमा अगाडि बढ्दै जानेछौ।
प्राक्टिकलमा अनेक देश, अनेक भाषा, अनेक रूपरङ्ग भए पनि अनेकतामा पनि सबैको दिलमा
एकता छ नि! किनकि दिलमा एक बाबा हुनुहुन्छ। एउटै श्रीमतमा चल्छौ। अनेक भाषामा हुँदा
पनि मनको गीत, मनको भाषा एउटै छ।