25.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
महावीर हौ , तिमी मायाक ा तुफानहरूसँग डराउ नु छै न , एक बाबा बाहेक अरू कसैको पनि
पर्वाह नगरी पवित्र अवश्य बन्नुछ ।”
प्रश्न:–
बच्चाहरूमा
कुन हिम्मत भइरह्यो भने धेरै उच्च पद पाउन सक्छन्?
उत्तर:–
श्रीमतमा चलेर
पवित्र बन्ने। चाहे जतिसुकै हङ्गामा होस्, कष्ट सहन गर्नुपरोस् तर बाबाले जुन
पवित्र बन्ने श्रेष्ठ मत दिनुभएको छ त्यसमा निरन्तर चलिरह्यौ भने धेरै उच्च पद पाउन
सक्छौ। कुनै पनि कुरामा डराउनुहुँदैन, जेसुकै भए पनि– नथिङ न्यु।
गीत:–
भोलेनाथ से
निराला...
ओम् शान्ति ।
यो हो
भक्तिमार्गका मानिसहरूको गीत। ज्ञानमार्गमा गीत आदिको कुनै आवश्यकता छैन किनकि गायन
गरिएको छ बाबाबाट हामीलाई बेहदको वर्सा मिल्नुछ। जुन भक्तिमार्गको रीतिरिवाज छ, त्यो
यसमा आउन सक्दैन। बच्चाहरूले कविता आदि बनाउँछन् त्यो अरूलाई सुनाउनको लागि। त्यसको
अर्थ तिमीले नबुझाउँदासम्म कसैले पनि बुझ्न सक्दैन। अहिले तिमी बच्चाहरूलाई बाबा
मिल्नुभएको छ त्यसैले खुसीको पारा चढ्नुपर्छ। बाबाले ८४ जन्मको चक्रको ज्ञान पनि
सुनाउनुभएको छ। तिमीहरूलाई खुसी लाग्नुपर्छ– हामी अहिले स्वदर्शन चक्रधारी बनेका
छौँ। बाबाबाट विष्णुपुरीको वर्सा लिइरहेका छौँ। निश्चयबुद्धि विजयन्ते। जसलाई
निश्चय हुन्छ उनीहरू सत्ययुगमा त जान्छन् नै। त्यसैले बच्चाहरूलाई सदैव खुसी
हुनुपर्छ– फलो फादर।
बच्चाहरूलाई थाहा छ
निराकार शिवबाबा यिनमा प्रवेश गर्नुभएपछि ठुला हङ्गामा भए। पवित्रतामा ठुला झगडा चले।
बच्चाहरू हुर्किएपछि भन्छन् छिटो विवाह गर, विवाह नगरी कसरी काम चल्छ। पढ्न त
मानिसहरूले गीता पढ्छन् तर त्यसबाट केही पनि बुझ्दैनन्। सबैभन्दा बढी बाबालाई गीता
पढ्ने अभ्यास थियो। एक दिन पनि गीता पढ्न छुटाउँदैनथे। गीताको भगवान शिव हुनुहुन्छ
भन्ने थाहा भएपछि नसा चढ्यो म त विश्वको मालिक बन्छु। यो त शिव भगवानुवाच हो फेरि
पवित्रताको लागि पनि ठुलो हङ्गामा भयो। यसमा बहादुरी चाहिन्छ नि। तिमी हौ नै महावीर
महावीरनी। तिमीहरूलाई एक बाबाबाहेक अरू कसैको पर्वाह छैन। पुरुष हो रचयिता, रचयिता
आफै पावन बनेपछि रचनालाई पनि पावन बनाउँछन्। बस्, यही कुरामा नै धेरैको झगडा चल्यो।
ठुला ठुला घरहरूबाट निस्किएर आए। कसैको पर्वाह गरेनन्। कसैको भाग्यमा छैन भने बुझुन्
पनि कसरी। पवित्र रहनुछ भने पवित्र बस, नत्र गएर आफ्नो प्रबन्ध गर। यति हिम्मत
चाहिन्छ नि। बाबाको सामुन्ने कति हङ्गामा भए। बाबालाई कहिल्यै दुःखी भएको देख्यौ?
अमेरिकासम्म अखबारहरूमा निस्कियो। नथिङ न्यु। यहाँ त कल्प पहिलाजस्तै हुन्छ, यसमा
डराउनुपर्ने कुरा के छ र। हामीले त आफ्नो बाबाबाट वर्सा लिनुछ। आफ्नो रचनालाई
बचाउनुछ। बाबालाई थाहा छ सारा रचना यस समयमा पतित छ। मैले नै सबैलाई पावन बनाउनुछ।
बाबालाई नै सबैले भन्छन् हे पतित-पावन, मुक्तिदाता आउनुहोस्! त्यसैले उहाँलाई नै दया
लाग्छ। दयालु हुनुहुन्छ नि। त्यसैले बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! कुनै पनि
कुरामा नडराऊ। डरायौ भने त्यति उच्च पद पाउन सक्दैनौ। माताहरूमाथि नै अत्याचार
हुन्छन्। यो पनि निसानी हो– द्रौपदीलाई नङ्ग गराउँथे। बाबाले २१ जन्मको लागि नङ्ग
हुनबाट बचाउनुहुन्छ। दुनियाँले यी कुराहरू जान्दैन। सृष्टि पतित, तमोप्रधान, पुरानो
पनि बन्नु नै छ। हरेक चिज नयाँबाट फेरि पुरानो अवश्य हुनुछ। पुरानो घरलाई छोड्नु नै
पर्छ। नयाँ दुनियाँ गोल्डेन एज (सत्ययुग), पुरानो दुनियाँ आइरन एज (कलियुग)... सदैव
त रहन सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ– यो सृष्टि चक्र हो। फेरि देवीदेवताहरूको
राज्य स्थापना भइरहेको छ। बाबा पनि भन्नुहुन्छ फेरि तिमीलाई गीता ज्ञान सुनाउँछु।
यहाँ रावण राज्यमा दुःख छ। रामराज्य केलाई भनिन्छ, यो पनि कसैले बुझ्दैनन्। बाबा
भन्नुहुन्छ म स्वर्ग अथवा रामराज्यको स्थापना गर्न आएको छु। तिमी बच्चाहरूले
अनेकपटक राज्य लियौ अनि फेरि गुमायौ। यो सबैको बुद्धिमा छ। हामी २१ जन्म सत्ययुगमा
रहन्छौँ, त्यसलाई भनिन्छ २१ पिँढी अर्थात् वृद्ध अवस्था भइसकेपछि शरीर छोड्छन्।
कहिल्यै अकालमा मृत्यु हुँदैन। अहिले तिमी मानौँ त्रिकालदर्शी बनेका छौ। तिमीलाई
थाहा छ– शिवबाबा को हुनुहुन्छ? शिवको मन्दिर पनि धेरै बनाएका छन्। मूर्ति त घरमा पनि
राख्न सक्छौ नि। तर भक्तिमार्ग पनि ड्रामामा पहिल्यै निश्चित छ। बुद्धिले काम
लिनुपर्छ। श्रीकृष्णको अथवा शिवको मूर्ति घरमा पनि राख्न सकिन्छ। चिज त एउटै हो।
फेरि यति टाढा टाढा किन जान्छन्? के उनीहरूकहाँ गएमा श्रीकृष्णपुरीको वर्सा मिल्छ।
अहिले तिमीलाई थाहा छ जन्मजन्मान्तर हामीले भक्ति गर्दै आएका छौँ। रावण राज्यको
तडकभडक पनि हेर कति छ। यो हो अन्त्यको तडकभडक। रामराज्य त सत्ययुगमा थियो। त्यहाँ
यी विमान आदि सबै थिए फेरि यी सबै लोप भए। फेरि यस समयमा यी सबै निस्किएका छन्।
अहिले यी सबैले सिकिरहेका छन्, जसले सिक्छन् उनीहरूले संस्कार लिएर जान्छन्। त्यहाँ
गएर फेरि विमान बनाउँछन्। यी भविष्यमा तिमीलाई सुख दिने चिजहरू हुन्। यो साइन्स फेरि
तिम्रो काम आउनेछ। अहिले यो साइन्स दुःखदायक देखिएको छ फेरि त्यहाँ सुखदायक हुनेछ।
अहिले स्थापना भइरहेको छ। बाबाले नयाँ दुनियाँको लागि राजधानी स्थापन गर्नुहुन्छ
त्यसैले तिमी बच्चाहरू महावीर बन्नुछ। दुनियाँमा यो कहाँ कसैलाई थाहा छ र भगवान
आउनुभएको छ।
बाबा भन्नुहुन्छ–
गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान पवित्र बन, यसमा डराउनुपर्ने कुरा छैन। बढीमा
गाली गर्लान्। गाली त यिनले पनि धेरै खाएका छन्। श्रीकृष्णले गाली खाएको देखाउँछन्।
तर श्रीकृष्णले त गाली खान सक्दैनन्। गाली त कलियुगमा खान्छन्। अहिले तिम्रो जुन
रूप छ फेरि कल्पपछि यसै समयमा त्यस्तै रूप हुनेछ। बीचमा कहिल्यै हुन सक्दैन।
जन्म-बाई-जन्म अनुहार परिवर्तन हुँदै जान्छन्, ड्रामा यस्तो बनेको छ। ८४ जन्ममा जुन
अनुहारमा जन्म लिएका छौ त्यही लिनेछौ। अहिले तिमीलाई थाहा छ यही अनुहार परिवर्तन
भएर अर्को जन्ममा यी लक्ष्मीनारायणको अनुहार हुन्छ। अहिले तिम्रो बुद्धिको ताला
खुलेको छ। यो नयाँ कुरा हो। बाबा पनि नयाँ, कुरा पनि नयाँ। यी कुराहरू छिट्टै कसैको
समझमा आउँदैन। भाग्यमा रहेछ भने केही बुझ्छन्। बाँकी महावीर उनीहरूलाई भनिन्छ उनलाई
जो जतिसुकै तुफान आए पनि विचलित हुँदैनन्। अहिले त्यो अवस्था हुन सक्दैन। हुनु
अवश्य छ। महावीर कुनै तुफानसँग डराउँदैनन्। त्यो अवस्था अन्त्यमा हुनुछ त्यसैले
गायन गरिएको छ अतीन्द्रिय सुख गोप-गोपीहरूलाई सोध। बाबा आउनुभएको छ तिमी
बच्चाहरूलाई स्वर्गको लायक बनाउन। कल्प पहिलाजस्तै नर्कको विनाश त हुनु नै छ।
सत्ययुगमा त एउटै धर्म हुन्छ। चाहन्छन् पनि वननेस (अद्वैत), एउटै धर्म हुनुपर्छ। यो
पनि कसैलाई थाहा छैन रामराज्य, रावण राज्य भिन्नाभिन्नै हो। बाबामा पूरा निश्चय छ
भने अब श्रीमतमा चल्नुपर्छ। हरेकको नाडी हेरिन्छ। त्यस अनुसार फेरि राय पनि दिइन्छ।
बाबाले पनि बच्चालाई भन्नुभयो– यदि विवाह गर्नुछ भने गएर गर। धेरै मित्र-सम्बन्धी
आदि बसेका छन्, उनीहरूले विवाह गराइदिन्छन्। फेरि कोही न कोही निस्किन्छन्। त्यसैले
हरेकको नाडी हेरिन्छ। सोध्छन् बाबा यस्तो हालत छ, हामी पवित्र रहन चाहन्छौँ, हाम्रा
सम्बन्धीले हामीलाई घरबाट निकाल्छन्, अब के गर्ने? अरे यो पनि सोध्छौ, पवित्र रहनुछ,
यदि रहन सक्दैनौ भने गएर विवाह गर। मानौँ कसैको मगनी भइसकेको छ, राजी गराउनुछ भने
नोक्सान छैन। लगनगाँठो बाँध्ने बेलामा भन्छन् पति तिम्रा गुरु हुन्। त्यतिबेला
तिमीले उनीसँग लेखाएर लेऊ। तिमीले मान्छौ म तिम्रो पति गुरु ईश्वर हुँ, लेख।
त्यसोभए अब मैले हुकुम दिन्छु पवित्र रहनुछ। हिम्मत चाहिन्छ नि। लक्ष्य धेरै महान्
छ। प्राप्ति धेरै जबरजस्त छ। प्राप्तिको विषयमा थाहा नभएपछि कामको आगो लाग्छ। बाबा
भन्नुहुन्छ– यति ठुलो प्राप्ति हुन्छ भने एक जन्म पवित्र रह्यौ भने के ठुलो कुरा भयो
र! म तिम्रो पति ईश्वर हुँ। मेरो आज्ञामा पवित्र रहनुपर्छ। बाबाले युक्तिहरू
बताइदिनुहुन्छ। यहाँ यो चलन छ– स्त्रीलाई भन्छन् तिम्रो पति ईश्वर हुन्। उनको
आज्ञामा रहनुपर्छ। पतिको पाउ दबाउनुपर्छ किनकि सम्झन्छन् नि, लक्ष्मीले पनि नारायणको
पाउ दबाएकी थिइन्। यो बानी कहाँबाट निस्कियो? भक्तिमार्गका चित्रहरूबाट। सत्ययुगमा
त यस्तो कुरा हुँदैन। नारायण कहिल्यै कहीँ थाक्छन् र जसले गर्दा लक्ष्मीले पाउ
दबाउँछिन्। थकाइको कुरा हुन सक्दैन। यो त दुःखको कुरा भयो। त्यहाँ दुःखदर्द कहाँबाट
आयो। त्यसपछि बाबाले फोटोबाट लक्ष्मीको चित्र नै उडाइदिए। नसा त चढ्छ नि। सानैदेखि
वैराग्य हुन्थ्यो त्यसैले धेरै भक्ति गर्थे। बाबाले धेरै युक्ति बताउनुहुन्छ।
तिमीलाई थाहा छ हामी एक बाबाका बच्चाहरू हौँ त्यसैले आपसमा भाइबहिनी भयौँ।
हजुरबुबाबाट वर्सा लिन्छौँ। बाबालाई बोलाउँछन् नै पतित दुनियाँमा। हे पतित-पावन सबै
सीताहरूका राम! बाबालाई भनिन्छ ट्रुथ, सचखण्ड स्थापक। उहाँले नै तिमीलाई सारा
सृष्टिको आदि-मध्य-अन्त्यको सत्य ज्ञान दिनुहुन्छ। तिम्रो आत्मा अहिले ज्ञान सागर
बनिरहेको छ।
प्यारा बच्चाहरूले
हिम्मत राख्नुपर्छ, हामी बाबाको श्रीमतमा चल्नुछ। बेहदको बाबाले आत्माहरूलाई बेहदको
रचना स्वर्गको मालिक बनाउनुहुन्छ। त्यसैले पुरुषार्थ गरेर पूरा वर्सा लिनुछ। बलिहार
जानुछ। तिमीले उहाँलाई आफ्नो वारिस बनायौ भने उहाँले तिमीलाई २१ जन्मको लागि वर्सा
दिनुहुन्छ। बाबा बच्चामाथि बलिहार जानुहुन्छ। बच्चाहरूले भन्छन् बाबा यो तन-मन-धन
सबै हजुरको हो। हजुर बाबा पनि हुनुहुन्छ भने बच्चा पनि हुनुहुन्छ। गाउँछन् पनि
त्वमेव माता च पिता त्वमेव...। एकको महिमा कति ठुलो छ। उहाँलाई भनिन्छ नै सर्वको
दुःखहर्ता, सुखकर्ता। सत्ययुगमा ५ तत्त्व पनि सुखदायक हुन्छन्। कलियुगमा ५ तत्त्व
पनि तमोप्रधान भएको कारण दुःख दिन्छन्। त्यहाँ त सुख नै हुन्छ। ड्रामा यस्तै बनेको
छ। तिमीलाई थाहा छ यो त्यही ५ हजार वर्ष पहिलाको लडाइँ हो। अहिले स्वर्गको स्थापना
भइरहेको छ। त्यसैले बच्चाहरू सदैव खुसीमा रहनुपर्छ। भगवानले तिमीलाई एडप्ट गर्नुभएको
छ फेरि तिमी बच्चाहरूलाई बाबाले सिँगार्नु पनि हुन्छ, पढाउनु पनि हुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सदा बाबासमान बन्ने हिम्मत राख्नुछ। बाबामाथि पूरा बलिहार जानुछ।
२) कुनै पनि कुरामा
डराउनुछैन। पवित्र अवश्य बन्नुछ।
वरदान:–
समस्याहरूलाई
चढ्तीकलाको साधन अनुभव गर ेर सदा सन्तुष्ट रहने शक्तिशाली भव
जुन शक्तिशाली
आत्माहरू छन् उनीहरूले समस्याहरूलाई यसरी पार गर्छन् जसरी कुनै सीधा बाटो सहजै पार
गर्छन्। समस्याहरू उनीहरूको लागि चढ्तीकलाका साधन बन्छन्। हरेक समस्या चिनेजानेको
अनुभव हुन्छ। उनीहरूले कहिल्यै पनि आश्चर्य मान्दैनन् बरु सदा सन्तुष्ट रहन्छन्।
मुखबाट कहिल्यै कारण शब्द निस्कँदैन तर त्यतिबेलै कारणलाई निवारणमा परिवर्तन
गरिदिन्छन्।
स्लोगन:–
स्व-स्थितिमा
स्थित रहेर सर्व परिस्थितिहरूलाई पार गर्नु नै श्रेष्ठता हो।
मातेश्वरीजीका अनमोल
महावाक्य
“परमार्थबाट व्यवहार
स्वतः सिद्ध हुन्छ”
भगवानुवाच छ, तिमीले
मद्वारा परमार्थलाई जानेपछि मेरो परम पदलाई प्राप्त गर्नेछौ अर्थात् परमार्थलाई
जानेपछि व्यवहार सिद्ध हुन्छ। हेर, देवताहरूको अगाडि प्रकृति त चरणको दासी बन्छ, यी
पाँच तत्वले सुखस्वरूप बनेर चाहे जस्तो सेवा गर्छन्। यस समयमा हेर चाहे जस्तो सुख
नमिलेको कारण मानिसलाई दुःख, अशान्ति भइरहन्छ। सत्ययुगमा त यो प्रकृति मर्यादामा
रहन्छ। हेर, देवताहरूका जड चित्रहरूमा पनि यति हिराजवाहरात लगाउँछन् भने, चैतन्यमा
प्रत्यक्ष हुने समयमा कति वैभव होलान्? यस समयमा मानिसहरू भोकले मर्छन् तर जड
चित्रहरूमा करोडौँ रुपैयाँ खर्च गरिरहेका छन्। त्यसैले यो कस्तो भिन्नता हो! अवश्य
उनीहरूले यस्ता श्रेष्ठ कर्म गरेका रहेछन् त्यसैले त उनीहरूको यादगार बनेको छ।
उनीहरूको कति पूजन पनि हुन्छ। उनीहरू निर्विकारी प्रवृत्तिमा रहेर पनि कमलको
फूलसमान अवस्थामा थिए, तर अहिले उनीहरू निर्विकारी प्रवृत्तिको सट्टा विकारी
प्रवृत्तिमा गएका छन्, जसकारण सबै परमार्थलाई भुलेर व्यवहारतर्फ लागेका छन्, त्यसैले
रिजल्ट उल्टो भइरहेको छ। अहिले स्वयं परमात्मा आएर तिमीलाई विकारी प्रवृत्तिबाट
निकालेर निर्विकारी प्रवृत्ति सिकाउनुहुन्छ, जसबाट तिम्रो जीवन सदाकालको लागि सुखी
बन्छ त्यसैले पहिला चाहिन्छ परमार्थ पछि व्यवहार। परमार्थमा रहेमा व्यवहार स्वतः
सिद्ध हुन्छ। ओम् शान्ति।
अव्यक्त इसारा:–
“निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त होऊ”
जसरी डाक्टरले
बिमारीलाई पहिला विश्वासमा ल्याउँछन्, यो डाक्टर धेरै राम्रो छ, बिमारी निको हुन्छ
भन्ने विश्वास हुन्छ। त्यसैगरी डाक्टरले जतिसुकै राम्रो औषधि दिएपनि यदि विश्वास
छैन भने त्यो औषधिको असर हुँदैन। त्यसरी नै रुहानी डाक्टरीमा पनि यस्तो शक्तिशाली
स्टेज बनानुछ जसले गर्दा यहाँ पुगेका छौँ भने अवश्य कुनै न कुनै प्राप्ति हुन्छ नै
भन्ने सबैको विश्वास हुन्छ।