25.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सदैव
एउटै फिक्रमा रहने गर– मैले राम्रोसँग पढेर आफूलाई राजतिलक दिनु छ , पढाइबाटै राजाइ
मिल्छ।”
प्रश्न:–
बच्चाहरूलाई
कुन उत्साहमा रहनु छ? निराश हुनु छैन, किन?
उत्तर:–
सदैव यही
उत्साह रहोस्– हामीले यी लक्ष्मी-नारायणजस्तै बन्नु छ, यसको पुरुषार्थ गर्नु छ।
कहिल्यै निराश हुनु छैन किनकि यो पढाइ धेरै सहज छ, घरमा बसेर पनि पढ्न सक्छौ, यसको
कुनै शुल्क छैन, तर हिम्मत अवश्य चाहिन्छ।
गीत:–
तुम्हीं हो
माता पिता तुम्हीं हो...
ओम् शान्ति ।
बच्चाहरूले
आफ्नो बाबाको महिमा सुन्यौ। महिमा एकको नै छ, अरू कसैको महिमा गाउन सकिँदैन। जबकि
ब्रह्मा-विष्णु-शङ्करको पनि कुनै महिमा छैन। ब्रह्माद्वारा स्थापना गराउनुहुन्छ,
शङ्करद्वारा विनाश गराउनुहुन्छ, विष्णुद्वारा पालना गराउनुहुन्छ। लक्ष्मी-नारायणलाई
यस्तो लायक पनि शिवबाबाले नै बनाउनुहुन्छ, उहाँकै महिमा छ, उहाँबाहेक फेरि कसको
महिमा गाउने। उहाँहरूलाई यस्तो बनाउने शिक्षक नभएको भए उहाँहरू पनि यस्तो
बन्नुहुन्नथ्यो। फेरि महिमा छ सूर्यवंशी घरानाको, जसले राज्य गर्छन्। बाबा सङ्गममा
आउनुहुन्नथ्यो भने उनीहरूलाई राजाइ पनि मिल्न सक्दैनथ्यो। अरू त कसैको महिमा छैन।
विदेशी आदिको पनि महिमा गर्ने आवश्यक छैन। महिमा केवल एकको नै छ, एक बाबा दोस्रो न
कोही। सर्वोच्च शिवबाबा नै हुनुहुन्छ। उहाँबाटै उच्च पद मिल्छ, त्यसैले उहाँलाई
राम्रोसँग याद गर्नुपर्छ नि।
आफूलाई राजा बनाउनको
लागि आफैले पढ्नु छ। जसरी ब्यारिस्टरी पढ्छन् तब आफूलाई पढाइबाट ब्यारिस्टर बनाउँछन्
नि। तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबाले हामीलाई पढाउनुहुन्छ। जसले राम्रोसँग पढ्छ,
उसैले उच्च पद पाउँछ। नपढ्नेले पद पाउन सक्दैन। पढ्नको लागि श्रीमत मिल्छ। मूल कुरा
हो पावन बन्ने, जसको लागि यो पढाइ हो। तिमीलाई थाहा छ– यस समय सबै तमोप्रधान पतित
छन्। राम्रा वा नराम्रा मानिस त हुन्छन् नै। पवित्र रहनेलाई राम्रो भनिन्छ। राम्रो
पढेर ठुलो मान्छे बन्यो भने महिमा हुन्छ तर छन् त सबै पतित। पतितले नै पतितको महिमा
गर्छन्। सत्ययुगमा पावन हुन्छन्। त्यहाँ कसैले कसैको महिमा गर्दैनन्। यहाँ पवित्र
संन्यासी पनि छन्, अपवित्र गृहस्थी पनि छन्, त्यसैले पवित्रको महिमा गाइन्छ। त्यहाँ
त यथा राजा-रानी तथा प्रजा हुन्छन्। अरू कुनै धर्म हुँदैन जसको लागि पवित्र,
अपवित्र भनियोस्। यहाँ त कोही गृहस्थीहरूको पनि महिमा गाइरहन्छन्। उनीहरूको लागि त
मानौँ ऊ नै खुदा, अल्लाह हो। तर अल्लाहलाई त पतित-पावन, लिबरेटर, गाइड भनिन्छ।
उनीहरू फेरि सबै कसरी हुन सक्छन्! दुनियाँमा कति घोर अन्धकार छ।
अहिले तिमी बच्चाहरूले
बुझेका छौ, त्यसैले बच्चाहरूलाई यो ध्यान रहनुपर्छ– हामीले पढेर आफूलाई राजा बनाउनु
छ। जसले राम्रोसँग पुरुषार्थ गर्छन्, उनीहरूले नै राजतिलक पाउँछन्। बच्चाहरू
उत्साहमा रहनुपर्छ– हामी पनि यी लक्ष्मी-नारायणजस्तै बनौँ। यसमा अल्मलिनु आवश्यक
छैन। पुरुषार्थ गर्नुपर्छ। निराश हुनु हुँदैन। यो पढाइ यस्तो छ, खाटमा सुतेर पनि
पढ्न सक्छौ। बेलायतमा बसेर पनि पढ्न सक्छौ। घरमा बसेर पनि पढ्न सक्छौ। यति सहज पढाइ
छ। मेहनत गरेर आफ्नो पाप काट्नु छ र अरूलाई पनि सम्झाउनु छ। अर्को धर्मकालाई पनि
तिमीले सम्झाउन सक्छौ। कसैलाई पनि यो बताउनु छ– तपाईं आत्मा हो। आत्माको स्वधर्म
एउटै हो, यसमा कुनै फरक पर्न सक्दैन। शरीरबाट नै अनेक धर्म हुन्छन्। आत्मा त एउटै
हो। सबै एउटै बाबाका बच्चा हौ। आत्माहरूलाई बाबाले एडप्ट गर्नुभएको छ, त्यसैले
ब्रह्मा मुख वंशावली गाइन्छ।
कसैलाई पनि सम्झाउन
सक्छौ– आत्माको पिता को हुनुहुन्छ? फर्म जुन तिमीले भराउँछौ, त्यसमा विशेष अर्थ छ।
बाबा त अवश्य हुनुहुन्छ नि, जसलाई याद पनि गर्छन्, आत्माले आफ्नो बाबालाई याद गर्छ।
आजकल त जो-कसैलाई पनि फादर भनिदिन्छन्। मेयरलाई पनि फादर भन्छन्। तर आत्माको पिता
को हुनुहुन्छ, उहाँलाई जान्दैनन्। गाउँछन् पनि– तुम मात-पिता... तर उहाँ को
हुनुहुन्छ, कस्तो हुनुहुन्छ, केही पनि थाहा छैन। यहाँ नै तुम मात-पिता भनेर
बोलाउँछन्। बाबाले नै यहाँ आएर मुख वंशावली रच्नुहुन्छ। भारतलाई नै मदर कन्ट्री
भनिन्छ किनकि यहाँ नै शिवबाबाले माता-पिताको रूपमा पार्ट खेल्नुहुन्छ। यहाँ नै
भगवानलाई माता-पिताको रूपमा याद गर्छन्। विदेशमा केवल गड फादर भनेर बोलाउँछन्, तर
माता पनि चाहिन्छ नि जसबाट बच्चाहरूलाई एडप्ट गरून्। पुरुषले पनि स्त्रीलाई एडप्ट
गर्छन्, फेरि उनीबाट बच्चा पैदा हुन्छन्। रचना रचाइन्छ। यहाँ पनि यसमा परमपिता
परमात्मा बाबाले प्रवेश गरेर एडप्ट गर्नुहुन्छ। बच्चा पैदा हुन्छन्, त्यसैले
उहाँलाई माता-पिता भनिन्छ। उहाँ हुनुहुन्छ आत्माहरूका पिता, फेरि यहाँ आएर उत्पत्ति
गर्नुहुन्छ। यहाँ तिमी बच्चा बन्छौ, त्यसैले फादर र मदर भनिन्छ।
त्यो त हो स्वीट होम,
जहाँ सबै आत्माहरू रहन्छन्। त्यहाँ पनि बाबाबिना कसैले लैजान सक्दैन। जो कोही भेटिए
पनि भन– तपाईं स्वीट होम जान चाहनुहुन्छ? फेरि पावन अवश्य बन्नुपर्छ। अहिले तिमी
पतित छौ, यो हो नै आइरन एजेड तमोप्रधान दुनियाँ। अहिले तिमीलाई जानु छ घर फर्केर।
आइरन एजेड आत्माहरू त घर फर्केर जान सक्दैनन्। आत्माहरू स्वीट होममा पवित्र नै
रहन्छन्, त्यसैले अब बाबाले सम्झाउनुहुन्छ– बाबाको यादबाटै विकर्म विनाश हुन्छन्।
कुनै पनि देहधारीलाई याद नगर। बाबालाई जति याद गर्छौ, त्यति पावन बन्छौ र फेरि
नम्बरवार उच्च पद पाउँछौ। लक्ष्मी-नारायणको चित्रमा कसैलाई पनि सम्झाउन सहज छ।
भारतवर्षमा उहाँहरूको राज्य थियो। जब उहाँहरूले राज्य गर्नुहुन्थ्यो, तब विश्वमा
शान्ति थियो। विश्वमा शान्ति बाबाले नै स्थापना गर्न सक्नुहुन्छ, अरू कसैको तागत
छैन। अहिले बाबाले हामीलाई राजयोग सिकाइरहनुभएको छ, नयाँ दुनियाँको लागि राजाहरूको
राजा कसरी बन्न सकिन्छ, त्यो बताउनुहुन्छ। बाबा नै नलेजफुल हुनुहुन्छ। तर उहाँमा
कुन नलेज छ, यो कसैले जान्दैनन्। सृष्टिको आदि-मध्य-अन्तको हिस्ट्री-जग्राफी बेहदका
बाबाले नै सुनाउनुहुन्छ। मानिसहरूले त कहिले सर्वव्यापी हुनुहुन्छ भन्छन् वा सबैको
भित्रको कुरा जान्नेवाला हुनुहुन्छ भन्छन्। फेरि आफूलाई त भन्न सक्दैनन्। यी सबै
कुरा बाबाले बसेर सम्झाउनुहुन्छ। राम्रोसँग धारण गरेर हर्षित हुनु छ। यी
लक्ष्मी-नारायणको चित्र सदैव हर्षितमुखवाला नै बनाउँछन्।
स्कुलमा उच्च दर्जा
पढ्नेहरू कति हर्षित होलान्। अरूले पनि बुझ्छन्– यिनीहरूले त धेरै ठुलो परीक्षा पास
गर्छन्। यो त धेरै उच्च पढाइ हो। शुल्क आदिको कुनै कुरा छैन, केवल हिम्मतको कुरा
हो। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ, जसमा नै मायाले विघ्न पार्छ। बाबा
भन्नुहुन्छ– पवित्र बन। बाबासँग प्रतिज्ञा गरेर फेरि कालो मुख गरिदिन्छन्, धेरै
जबर्जस्त माया छ, फेल हुन्छन् भने फेरि उनीहरूको नाम गाउन सकिँदैन। फलाना-फलाना
सुरुदेखि धेरै राम्रोसँग चलिरहेका छन्। महिमा गाइन्छ। बाबा भन्नुहुन्छ– आफ्नो लागि
आफैले पुरुषार्थ गरेर राजधानी प्राप्त गर्नु छ। पढाइबाट उच्च पद पाउनु छ। यो हो नै
राजयोग। प्रजा योग होइन। तर प्रजा पनि त बन्छन् नि। अनुहार र सर्भिसबाट थाहा हुन्छ–
यिनीहरू के बन्न लायक छन्। घरमा स्टुडेन्टको चालचलनबाट बुझ्छन्– यो फस्ट नम्बरमा,
यो थर्ड नम्बरमा आउँछ। यहाँ पनि यस्तै छन्। जब अन्त्यमा परीक्षा पूरा हुन्छ, तब
तिमीलाई सबै साक्षात्कार हुन्छ। साक्षात्कार हुनमा कुनै समय लाग्दैन, फेरि लाज
लाग्छ– म फेल भएँ। फेल हुनेलाई कसले प्यार गर्छ?
मानिसहरू बाइसकोप (सिनेमा)
हेर्दा खुसीको अनुभव गर्छन् तर बाबा भन्नुहुन्छ– नम्बर वन गन्दा बनाउनेवाला हो
बाइसकोप। त्यसमा जानेहरू धेरैजसो फेल भएर गिर्छन्। कोही-कोही महिला पनि यस्ता छन्
जसलाई बाइसकोपमा नगई निद्रा आउँदैन। बाइसकोप हेर्नेले अपवित्र बन्ने पुरुषार्थ
अवश्य गर्छन्। यहाँ जे-जति भइरहेको छ, जसमा मानिसहरूले खुसी सम्झन्छन्, त्यो सबै
दु:खको लागि हो। यो हो विनाशी खुसी। अविनाशी खुसी, अविनाशी बाबाबाटै मिल्छ। तिमीले
बुझेका छौ– बाबाले हामीलाई यी लक्ष्मी-नारायणजस्तै बनाउनुहुन्छ। हुन त पहिला २१
जन्मको लागि लेख्नुहुन्थ्यो। अहिले बाबाले लेख्नुहुन्छ ५०-६० जन्म किनकि द्वापरमा
पनि पहिला त धेरै धनवान, सुखी रहन्छौ नि। हुन त पतित बन्छौ, तैपनि धन धेरै रहन्छ।
यो त बिल्कुल जब तमोप्रधान बन्छौ, तब दु:ख सुरु हुन्छ। पहिला त सुखी रहन्छौ। जब धेरै
दु:खी हुन्छौ, तब बाबा आउनुहुन्छ। महा अजामिलजस्ता पापीहरूको पनि उद्धार गर्नुहुन्छ।
बाबा भन्नुहुन्छ– मैले सबैलाई मुक्तिधाम लैजान्छु। फेरि सत्ययुगको राजाइँ पनि
तिमीलाई दिन्छु। सबैको कल्याण त हुन्छ नि। सबैलाई आफ्नो ठेगानामा पुऱ्याइदिनुहुन्छ–
शान्तिमा वा सुखमा। सत्ययुगमा सबैलाई सुख रहन्छ। शान्तिधाममा पनि सुखी रहन्छन्।
भन्छन्– विश्वमा शान्ति होस्। भन, यी लक्ष्मी-नारायणको जब राज्य थियो, तब विश्वमा
शान्ति थियो नि। दु:खको कुरा हुन सक्दैन। न दु:ख, न अशान्ति। यहाँ त घर-घरमा अशान्ति
छ। देश-देशमा अशान्ति छ। सारा विश्वमा नै अशान्ति छ। कति टुक्रा-टुक्रा भएका छन्।
कति फ्राक्सन छ। १०० माइलमा भाषा फरक। अब भन्छन्– भारतको प्राचीन भाषा संस्कृत हो।
अब आदि सनातन धर्मकै बारेमा कसैलाई थाहा छैन भने फेरि कसरी भन्छन्– यो प्राचीन भाषा
हो। तिमीले बताउन सक्छौ– आदि सनातन देवी-देवता धर्म कहिले थियो?
तिमीहरूमा पनि
नम्बरवार छन्। कोही त मन्दबुद्धि पनि हुन्छन्। देख्दा पनि लाग्छ– यिनीहरू
पत्थरबुद्धि छन्। अज्ञानकालमा पनि भन्छन् नि– हे भगवान, यिनको बुद्धिको ताला
खोलिदिनुहोस्। बाबाले तिमीहरू सबैलाई ज्ञानको ज्योति दिनुहुन्छ, त्यसबाट ताला खुल्दै
जान्छ। फेरि पनि कोही-कोहीको बुद्धि खुल्दैन। भन्छन्– बाबा, हजुर बुद्धिमानहरूको
बुद्धि हुनुहुन्छ। मेरो पतिको बुद्धिको ताला खोलिदिनुहोस्। बाबा भन्नुहुन्छ– यसको
लागि म कहाँ आएको हुँ र, जो एक-एकको बुद्धिको ताला बसेर खोलूँ। फेरि त सबैको बुद्धि
खुल्छ, सबै महाराजा-महारानी बन्छन्। मैले कसरी सबैको ताला खोल्ने! उनीहरूलाई
सत्ययुगमा आउनु नै छैन भने मैले ताला कसरी खोल्ने! ड्रामा अनुसार समयमा नै उनीहरूको
बुद्धि खुल्छ। मैले कसरी खोल्ने! ड्रामामाथि पनि छ नि। सबै फुल पास कहाँ हुन्छन् र।
स्कुलमा पनि नम्बरवार हुन्छन्। यो पनि पढाइ हो। प्रजा पनि बन्नु छ। सबैको ताला
खुल्यो भने प्रजा कहाँबाट आउँछन्। यो त काइदा होइन। तिमी बच्चाहरूले पुरुषार्थ गर्नु
छ। हरेकको पुरुषार्थबाट थाहा हुन्छ, जसले राम्रोसँग पढ्छन्, उनीहरूलाई जहाँ-तहाँ
बोलाइन्छ। बाबालाई थाहा छ– को-कोले राम्रोसँग सर्भिस गरिरहेका छन्। बच्चाहरूले
राम्रोसँग पढ्नु छ। राम्रोसँग पढ्यौ भने घर लैजान्छु, फेरि स्वर्गमा पठाइदिन्छु।
नत्र सजाय धेरै कडा छ। पद पनि भ्रष्ट हुन्छ। स्टुडेन्टले टिचरको शो देखाउनुपर्छ।
गोल्डेन एजमा पारसबुद्धि थिए, अहिले हो आइरन एज, त्यसैले यहाँ गोल्डेन एज बुद्धि
कसरी हुन सक्छ। विश्वमा शान्ति थियो जबकि एक राज्य, एउटै धर्म थियो। अखबारमा पनि
तिमीले हाल्न सक्छौ– भारतवर्षमा जब उहाँहरूको राज्य थियो, तब विश्वमा शान्ति थियो।
अन्त्यमा अवश्य बुझ्नेछन्। तिमी बच्चाहरूको नाम प्रसिद्ध हुनु छ। त्यो पढाइमा कति
किताब आदि पढ्छन्। यहाँ त केही छैन। पढाइ बिल्कुल सहज छ। बाँकी यादमा राम्रा-राम्रा
महारथी पनि फेल छन्। यादको शक्ति भएन भने ज्ञान-तरबार चल्दैन। धेरै याद गरेमा शक्ति
आउँछ। हुन त बन्धनमा पनि छन्, फेरि पनि याद गरिराख्छन् भने धेरै फाइदा छ। कहिल्यै
बाबालाई देखेका पनि छैनन्, यादमा नै प्राण छोडिदिन्छन् भने पनि धेरै राम्रो पद पाउन
सक्छन्, किनकि याद धेरै गर्छन्। बाबाको यादमा प्यारको आँसु बगाउँछन्, ती आँसु मोती
बन्छन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो लागि आफैले पुरुषार्थ गरेर उच्च पद पाउनु छ। पढाइबाट स्वयंलाई राजतिलक दिनु
छ। ज्ञानलाई राम्रोसँग धारण गरेर सदैव हर्षित रहनु छ।
२) ज्ञान-तरबारमा
यादको शक्ति भर्नु छ। यादबाटै बन्धन काट्नु छ। कहिल्यै पनि गन्दा बाइसकोप हेरेर
आफ्नो सङ्कल्पलाई अपवित्र बनाउनु छैन।
वरदान:–
लौकिकलाई
अलौकिकमा परिवर्तन गरी सर्व कमजोरीहरूबाट मुक्त हुने मास्टर सर्वशक्तिमान् भव
जो मास्टर
सर्वशक्तिमान्, नलेजफुल आत्माहरू छन्, उनीहरू कहिल्यै कुनै पनि कमजोरी वा
समस्याहरूको वशमा हुँदैनन् किनकि उनीहरूले अमृतवेलादेखि जे पनि देख्छन्, सुन्छन्,
सोच्छन् वा कर्म गर्छन्, त्यसलाई लौकिकबाट अलौकिकमा परिवर्तन गरिदिन्छन्। कुनै पनि
लौकिक व्यवहार निमित्त मात्र गर्दै अलौकिक कार्य सदैव स्मृतिमा रह्यो भने कुनै पनि
प्रकारका मायावी विकारहरूको वशमा भएको व्यक्तिको सम्पर्कबाट स्वयं वशमा हुनेछैनन्।
तमोगुणी भाइब्रेसनमा पनि सदैव कमल समान रहनेछन्। लौकिक हिलोमा रहँदा पनि त्यसबाट
अलग रहनेछन्।
स्लोगन:–
सबैलाई
सन्तुष्ट गऱ्यौ भने पुरुषार्थमा स्वतः हाई जम्प लाग्नेछ।
अव्यक्त इसारा:–
सङ्कल्प शक्ति जम्मा गर्नु छ भने कुनै पनि कुरा देख्दा, सुन्दा सेकेन्डमा फुलस्टप
लगाउने अभ्यास गर। यदि सङ्कल्पहरूमा किन, के को क्यू लगायौ, व्यर्थको रचना रच्यौ भने
त्यसको पालना गर्नुपर्नेछ। सङ्कल्प, समय, एनर्जी त्यसमा खर्च भइरहनेछ, त्यसैले यस
व्यर्थ रचनाको बर्थ कन्ट्रोल गर, तब बेहद सेवाको निमित्त बन्न सक्नेछौ।