25.08.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– कदम-कदममा जे हुन्छ त्यो कल्याणकारी छ , यस ड्रामामा सबैभन्दा अधिक कल्याण उनीहरूको हुन्छ जो बाबाको यादमा रहन्छन्।”

प्रश्न:–
ड्रामाको कुन निश्चित कुरालाई जान्ने बच्चाहरू अपार खुसीमा रहन सक्छन्?

उत्तर:–
जो जान्दछन्– ड्रामा अनुसार अब यो पुरानो दुनियाँको विनाश हुनेछ, प्राकृतिक प्रकोप पनि हुनेछन्। तर हाम्रो राजधानी त स्थापना हुनै छ, यसमा कसैले केही गर्न सक्दैन। हुन त अवस्थाहरू तल-माथि भइरहन्छन्, कहिले धेरै उमङ्ग, कहिले चिसो हुन्छन्, यसमा अल्मलिनु हुँदैन। सबै आत्माहरूका पिता भगवानले हामीलाई पढाइरहनुभएको छ, यो खुसीमा रहनु छ।

गीत:–
महफिल में जल उठी शमा...

ओम् शान्ति ।
मीठा-प्यारा नम्बरवार पुरुषार्थअनुसार चैतन्य परवानाहरूलाई बाबाले याद-प्यार दिइरहनुभएको छ। तिमी सबै हौ चैतन्य परवाना। बाबालाई शमा पनि भनिन्छ, तर उहाँलाई बिल्कुल चिन्दैनन्। शमा कुनै ठुलो छैन, एउटा बिन्दु हो। कसैको पनि बुद्धिमा हुँदैन– हामी आत्मा बिन्दु हौं। हाम्रो आत्मामा सारा पार्ट छ। आत्मा र परमात्माको नलेज अरू कसैको बुद्धिमा छैन। तिमी बच्चाहरूलाई नै बाबाले आएर सम्झाउनुभएको छ, आत्माको रियलाइजेसन दिनुभएको छ। पहिला यो थाहा थिएन– आत्मा के हो, परमात्मा के हो! त्यसैले देह-अभिमानको कारण बच्चाहरूमा मोह पनि छ, विकार पनि धेरै छन्। भारतवर्ष कति उच्च थियो। विकारको नाम पनि थिएन। त्यो थियो निर्विकारी भारत, अहिले छ विकारी भारत। कुनै पनि मनुष्यले यसरी भन्दैनन् जसरी बाबाले सम्झाउनुहुन्छ। आजभन्दा ५ हजार वर्ष पहिला हामीले यसलाई शिवालय बनाएका थियौं। मैले नै शिवालय स्थापना गरेको थिएँ। कसरी? त्यो पनि तिमीले अहिले बुझिरहेका छौ। तिमीलाई थाहा छ– कदम-कदममा जे हुन्छ त्यो कल्याणकारी नै छ। एक-एक दिन झन्-झन् कल्याणकारी उनीहरूको छ जो बाबालाई राम्रोसँग याद गरेर आफ्नो पनि कल्याण गरिरहन्छन्। यो हो नै कल्याणकारी पुरुषोत्तम बन्ने युग। बाबाको कति महिमा छ। तिमीलाई थाहा छ– अहिले सच्चा-सच्चा भागवत चलिरहेको छ। द्वापरमा जब भक्तिमार्ग सुरु हुन्छ तब पहिला-पहिला तिमीले नै हीराको लिङ्ग बनाएर पूजा गर्छौ। अहिले तिमीलाई स्मृति आएको छ, हामी जब पुजारी बनेका थियौं तब मन्दिर बनाएका थियौं। हीरा माणिकको बनाउँथ्यौं। ती चित्र त अहिले मिल्न सक्दैनन्। यहाँ त यी मानिसहरूले चाँदी आदिको बनाएर पूजा गर्छन्। यस्ता पुजारीहरूको पनि मान हेर कति छ। शिवको पूजा त सबैले गर्छन्। तर अव्यभिचारी पूजा त छँदै छैन।

यो पनि बच्चाहरूलाई थाहा छ– विनाश पनि अवश्य आउनेछ, तयारीहरू भइरहेका छन्। प्राकृतिक प्रकोपको पनि ड्रामामा निश्चित छ। कसैले जतिसुकै मेहनत गरे पनि, तिम्रो राजधानी त स्थापना हुनै छ। कसैको पनि ताकत छैन जसले यसमा केही गर्न सकोस्। बाँकी अवस्थाहरू त तल-माथि हुने नै छन्। यो धेरै ठुलो कमाइ हो। कहिले तिमी धेरै खुसीमा राम्रो विचारमा रहन्छौ, कहिले चिसो हुन्छौ। यात्रामा पनि तल-माथि हुन्छन्, यसमा पनि यस्तै हुन्छ। कहिले त बिहान उठेर बाबालाई याद गर्दा धेरै खुसी हुन्छ– ओहो! बाबाले हामीलाई पढाइरहनुभएको छ। आश्चर्य छ। सबै आत्माहरूका पिता भगवानले हामीलाई पढाइरहनुभएको छ। उनीहरूले फेरि श्रीकृष्णलाई भगवान सम्झेका छन्। सारा दुनियाँमा गीताको मान धेरै छ किनकि भगवानुवाच हो नि। तर यो कसैलाई थाहा छैन– भगवान कसलाई भनिन्छ। हुन त जतिसुकै पोजिसनवाला ठुला-ठुला विद्वान्, पण्डित आदि छन्, भन्छन् पनि गड फादरलाई याद गर्छौं तर उहाँ कहिले आउनुभयो, आएर के गर्नुभयो यी सबै बिर्सेका छन्। बाबाले सबै कुरा सम्झाइरहनुहुन्छ। ड्रामामा यी सबै निश्चित छन्। यो रावणराज्य फेरि पनि हुनेछ र मलाई आउनुपर्नेछ। रावणले नै तिमीलाई अज्ञानको घोर अन्धकारमा सुताइदिन्छन्। ज्ञान त केवल एक ज्ञान सागरले नै बताउनुहुन्छ जसबाट सद्गति हुन्छ। बाबा सिवाए अरू कसैले सद्गति गर्न सक्दैन। सर्वका सद्गति दाता एक हुनुहुन्छ। गीताको ज्ञान जो बाबाले सुनाउनुभएको थियो त्यो फेरि प्राय: लोप भयो। यस्तो होइन, यो ज्ञान कुनै परम्परादेखि चल्दै आएको हो। अरूका कुरान, बाइबल आदि चल्दै आउँछन्, विनाश हुँदैनन्। तिमीलाई त जुन ज्ञान अहिले म दिन्छु, यसको कुनै शास्त्र बन्दैन। जुन परम्परा अनादि होस्। यो त तिमी लेख्छौ फेरि समाप्त गरिदिन्छौ। यी त सबै नेचुरल जलेर समाप्त हुनेछन्। बाबाले कल्प पहिला पनि भन्नुभएको थियो, अहिले पनि तिमीलाई भनिरहनुभएको छ– यो ज्ञान तिमीलाई मिल्छ फेरि प्रारब्ध गएर पाउँछौ फेरि यो ज्ञानको दरकार रहँदैन। भक्तिमार्गमा सबै शास्त्र छन्। बाबाले तिमीलाई कुनै गीता पढेर सुनाउनुहुन्न। उहाँले त राजयोगको शिक्षा दिनुहुन्छ, जसको फेरि भक्तिमार्गमा शास्त्र बनाउँछन् तब गडबड गरिदिन्छन्। तिम्रो मूल कुरा हो– गीताको ज्ञान कसले दियो! उहाँको नाम बदलिदिएका छन्, अरू कसैको पनि नाम बदलिएको छैन। सबैका मुख्य धर्मशास्त्र छन् नि। यसमा मुख्य छ डिटीइज्म, इस्लामिज्म, बुद्धिज्म। हुन त कसैले भन्छन्– पहिला बुद्धिज्म छ पछि इस्लामिज्म। भन, यी कुरासँग गीताको कुनै सम्बन्ध छैन। हाम्रो त काम हो बाबाबाट वर्सा लिने। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ– यो ठुलो वृक्ष हो। राम्रो छ, जस्तो फ्लावरबाज छ। ३ ट्युब निस्कन्छन्। कति राम्रो समझले बनाइएको वृक्ष छ। जो कोहीले तुरुन्तै बुझ्नेछन्– हामी कुन धर्मका हौं। हाम्रो धर्म कसले स्थापना गऱ्यो? यी दयानन्द, अरविन्द घोष आदि त अहिले आएर गएका हुन्। उनीहरूले पनि योग आदि सिकाउँछन्। हो सबै भक्ति। ज्ञानको त नाम-निसान छैन। कति ठुला-ठुला टाइटल मिल्छन्। यो पनि सबै ड्रामामा निश्चित छ, फेरि पनि हुनेछ– ५ हजार वर्षपछि। सुरुदेखि लिएर यो चक्र कसरी चल्यो, फेरि कसरी रिपिट भइरहन्छ? तिमीलाई थाहा छ। अहिलेको प्रेजेन्ट फेरि पास्ट भएर फ्युचर हुनेछ। पास्ट, प्रेजेन्ट, फ्युचर। जुन पास्ट हुन्छ त्यो फेरि फ्युचर हुन्छ। यस समय तिमीलाई नलेज मिल्छ फेरि तिमी राजाई लिन्छौ, यी देवताहरूको राज्य थियो नि। त्यस समय अरू कसैको राज्य थिएन। यो पनि एउटा कहानी जस्तै बताऊ। धेरै सुन्दर कहानी बन्नेछ। धेरै धेरै ५ हजार वर्ष पहिला यो भारतवर्ष सत्ययुग थियो, कुनै धर्म थिएन, केवल देवी-देवताहरूको नै राज्य थियो। त्यसलाई सूर्यवंशी राज्य भनिन्थ्यो। लक्ष्मी-नारायणको राज्य चल्यो १२५० वर्ष, फेरि उनीहरूले राज्य दिए अर्को भाइ क्षत्रियहरूलाई फेरि उनीहरूको राज्य चल्यो। तिमीले सम्झाउन सक्छौ– बाबाले आएर पढाउनुभएको थियो। जो राम्रोसँग पढे उनीहरू सूर्यवंशी बने। जो फेल भए उनीहरूको नाम क्षत्रिय पऱ्यो। बाँकी लडाइँ आदिको कुरा होइन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी मलाई याद गर तब तिम्रा विकर्म विनाश हुनेछन्। तिमीले विकारहरूमाथि जित प्राप्त गर्नु छ। बाबाले अध्यादेश निकाल्नुभएको छ, जसले काममाथि जित प्राप्त गर्नेछन् उनीहरू नै जगतजित बन्नेछन्। पछि आधाकल्पपछि फेरि वाममार्गमा गिर्छन्। उनीहरूका पनि चित्र छन्। अनुहार देवताहरूको बनेको छ। रामराज्य र रावणराज्य आधा-आधा छ। उनीहरूको कहानी बसेर बनाउनुपर्छ। फेरि के भयो, फेरि के भयो। यही सत्यनारायणको कहानी हो। सत्य त एकै बाबा हुनुहुन्छ, जो यस समय आएर सारा आदि-मध्य-अन्तको नलेज तिमीलाई दिइरहनुभएको छ, जुन अरू कसैले दिन सक्दैन। मानिसहरूले त बाबालाई नै चिन्दैनन्। जुन ड्रामामा कलाकार छन्, त्यसका क्रिएटर-डाइरेक्टर आदिलाई चिन्दैनन् भने बाँकी कसले चिन्नेछन्! अहिले तिमीलाई बाबाले बताउनुहुन्छ– ड्रामा अनुसार यो फेरि पनि यस्तै हुनेछ। बाबा आएर तिमी बच्चाहरूलाई फेरि पढाउनुहुनेछ। यहाँ अरू कोही आउन सक्दैन। बाबा भन्नुहुन्छ– म बच्चाहरूलाई नै पढाउँछु। कुनै नयाँलाई यहाँ बसाउन सकिँदैन। इन्द्रप्रस्थको कहानी पनि छ नि। नीलम परी, पुखराज परी नाम छ नि। तिमीमा पनि कोही हीरा जस्तो रत्न छ। हेर रमेशले यस्तो कुरा निकाले प्रदर्शनीको जसबाट सबैको विचार सागर मन्थन भयो। त्यसैले हीरा जस्तो काम गरे नि। कोही पुखराज छ, कोही के छ! कोही त बिल्कुल केही जान्दैनन्। यो पनि थाहा छ– राजधानी स्थापना हुन्छ। त्यसमा राजाहरू-रानीहरू आदि सबै चाहिन्छन्। तिमीले बुझेका छौ– हामी ब्राह्मण श्रीमतमा पढेर विश्वका मालिक बन्छौं। कति खुसी हुनुपर्छ। यो मृत्युलोक समाप्त हुनु छ। यी बाबाले त अहिले नै सम्झन्छन्– म गएर बच्चा बन्नेछु। बाल्यकालका ती कुरा अहिले नै सामुन्ने आइरहेका छन्, चलन नै बदलिन्छ। यस्तै त्यहाँ पनि जब वृद्ध हुन्छन् तब सम्झन्छन्– अब यो वानप्रस्थ शरीर छोडेर म किशोर अवस्थामा जानेछु। बाल्यकाल हो सतोप्रधान अवस्था। लक्ष्मी-नारायण त युवा छन्, विवाह गरेकालाई किशोर अवस्था कहाँ भनिन्छ र। युवा अवस्थालाई रजो, वृद्धलाई तमो भनिन्छ त्यसैले श्रीकृष्णमाथि लव धेरै रहन्छ। हुन् त लक्ष्मी-नारायण पनि उही। तर मानिसहरूले यी कुरा जान्दैनन्। श्रीकृष्णलाई द्वापरमा, लक्ष्मी-नारायणलाई सत्ययुगमा लगेका छन्। अहिले तिमी देवता बन्ने पुरुषार्थ गरिरहेका छौ।

बाबा भन्नुहुन्छ– कुमारीहरूलाई त धेरै खडा हुनुपर्छ। कुँवारी कन्या, अधर कुमारी, देलवाडा आदि जे-जति मन्दिर छन्, यी तिम्रा नै एक्युरेट यादगार हुन्। ती जड, यी चैतन्य। तिमी यहाँ चैतन्यमा बसेका छौ, विश्वलाई स्वर्ग बनाइरहेका छौ। स्वर्ग त यहीँ हुनेछ। मूलवतन, सूक्ष्मवतन कहाँ छ, तिमी बच्चाहरूलाई सबै थाहा छ। सारा ड्रामालाई तिमी जान्दछौ। जुन पास्ट भयो त्यो फेरि फ्युचर हुनेछ फेरि पास्ट हुनेछ। तिमीलाई कसले पढाउनुहुन्छ, यो बुझ्नु छ। हामीलाई भगवानले पढाउनुहुन्छ। बस् खुसीमा शान्त हुनुपर्छ। बाबाको यादबाट सबै उलझन निस्कन्छन्। बाबा हाम्रो पिता पनि हुनुहुन्छ, हामीलाई पढाउनु पनि हुन्छ फेरि हामीलाई साथमा पनि लैजानुहुनेछ। आफूलाई आत्मा सम्झेर परमात्मा बाबासँग यस्ता कुरा गर्नु छ। बाबा हामीलाई अहिले थाहा भयो, ब्रह्मा र विष्णुको पनि थाहा भयो। विष्णुको नाभिबाट ब्रह्मा निस्किए। अब विष्णुलाई क्षीरसागरमा देखाउँछन्। ब्रह्मालाई सूक्ष्मवतनमा देखाउँछन्। वास्तवमा छन् यहाँ। विष्णु त भए राज्य गर्नेवाला। यदि विष्णुबाट ब्रह्मा निस्किए भने अवश्य राज्य पनि गर्नेछन्। विष्णुको नाभिबाट निस्किए भने त मानौँ बच्चा भए। यी सबै कुरा बाबाले बसेर सम्झाउनुहुन्छ। ब्रह्माले नै ८४ जन्म पूरा गरेर अब फेरि विष्णुपुरीका मालिक बन्छन्। यी कुरा पनि कसैले पूरा रूपमा बुझ्दैनन्, तब त त्यो खुसीको पारो चढ्दैन। गोप-गोपिनीहरू त तिमी हौ। सत्ययुगमा कहाँ हुन्छन् र। त्यहाँ त हुन्छन् प्रिन्स-प्रिन्सेज। गोप-गोपिनीहरूका गोपी वल्लभ छन् नि। प्रजापिता ब्रह्मा सबैका पिता हुनुहुन्छ र फेरि सबै आत्माहरूका पिता हुनुहुन्छ निराकार शिव। यी सबै हुन् मुख वंशावली। तिमीहरू सबै बि.के. भाइ-बहिनी भयौ। क्रिमिनल आई हुन सक्दैन, यसैमा मायाले हराउँछ। बाबा भन्नुहुन्छ– अहिलेसम्म जे-जति पढेका छौ त्यसलाई बुद्धिबाट बिर्स। मैले जे सुनाउँछु त्यो पढ। सिँढी त बडो फस्टक्लास छ। सारा आधार एउटै कुरामा छ। गीताका भगवान को हुन्? श्रीकृष्णलाई भगवान भन्न सकिँदैन। उनी त सर्वगुण सम्पन्न देवता हुन्। उनको नाम गीतामा दिइएको छ। कालो पनि उनलाई बनाएका छन् र फेरि लक्ष्मी-नारायणलाई पनि कालो गरिदिन्छन्। कुनै हिसाब-किताब नै छैन। रामचन्द्रलाई पनि कालो गरिदिन्छन्। बाबा भन्नुहुन्छ– काम चितामा बस्नाले कालो भएको हो। नाम एकको लिइन्छ। तिमी सबै ब्राह्मण हौ। अहिले तिमी ज्ञान चितामा बस्छौ। शूद्र काम चितामा बसेका छन्। बाबा भन्नुहुन्छ– विचार सागर मन्थन गरेर युक्तिहरू निकाल– कसरी जगाउने? जाग्नेछन् पनि ड्रामाअनुसार। ड्रामा धेरै बिस्तारै-बिस्तारै चल्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सदैव यही स्मृतिमा रहनु छ– हामी गोपी वल्लभका गोप-गोपिनीहरू हौं। यही स्मृतिबाट सदैव खुसीको पारो चढिरहोस्।

२) अहिलेसम्म जे-जति पढेका छौ, त्यसलाई बुद्धिबाट बिर्सेर बाबाले जे सुनाउनुहुन्छ त्यही पढ्नु छ। हामी भाइ-बहिनी हौं, यो स्मृतिबाट क्रिमिनल आईलाई समाप्त गर्नु छ। मायाबाट हार्नु हुँदैन।

वरदान:–
सेवा द्वारा योगयुक्त स्थितिको अनुभव गर्ने रुहानी सेवाधारी भव

ब्राह्मण जीवन सेवाको जीवन हो। मायादेखि जीवित राख्ने श्रेष्ठ साधन सेवा हो। सेवाले योगयुक्त बनाउँछ तर केवल मुखको सेवा होइन, सुनेको मधुर बोलको स्वरूप बनेर सेवा गर्नु, नि:स्वार्थ सेवा गर्नु, त्याग, तपस्या स्वरूपले सेवा गर्नु, हदको कामनाहरूभन्दा पर निष्काम सेवा गर्नु– यसलाई भनिन्छ ईश्वरीय वा रुहानी सेवा। मुखको साथमा मनद्वारा सेवा गर्नु अर्थात् मनमनाभव स्थितिमा स्थित हुनु।

स्लोगन:–
आकृतिलाई नहेरी निराकार बाबालाई हेऱ्यौ भने आकर्षण मूर्त बन्नेछौ।

अव्यक्त इसारा:– सहजयोगी बन्नु छ भने परमात्म प्यारको अनुभवी बन

बापदादाको बच्चाहरूसँग यति प्यार छ जो सम्झनुहुन्छ– हरेक बच्चा मभन्दा पनि अगाडि होस्। दुनियाँमा पनि जसलाई धेरै प्यार हुन्छ उसलाई आफूभन्दा पनि अगाडि बढाउँछन्। यही प्यारको निसानी हो। त्यसैले बापदादा पनि भन्नुहुन्छ– मेरा बच्चाहरूमा अब कुनै पनि कमी नरहोस्, सबै सम्पूर्ण, सम्पन्न र समान बनून्। यही परमात्म प्यारले सहजयोगी बनाइदिन्छ।