25.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी धेरै समयपछि फेरि बाबासँग मिलेका छौ त्यसैले तिमी धेरै धेरै सिकिलधे हौ।”

प्रश्न:–
आफ्नो स्थितिलाई एकरस बनाउने विधि के हो?

उत्तर:–
सदा याद राख– जुन सेकेन्ड बित्यो, ड्रामा। कल्प पहिला पनि यस्तै भएको थियो। अब त निन्दास्तुति, मान अपमान सबै सामुन्ने आउनेछ त्यसैले आफ्नो स्थितिलाई एकरस बनाउनको लागि बितेका कुराको चिन्तन नगर।

ओम् शान्ति ।
रुहानी बच्चाहरूप्रति रुहानी बाबाले सम्झाइरहनुभएको छ। रुहानी बाबाको नाम के हो? शिवबाबा। उहाँ सबै रुहहरूको पिता हुनुहुन्छ। सबै रुहानी बच्चाहरूको नाम के हो? आत्मा। जीवको नाम राखिन्छ, आत्माको नाम त्यही हुन्छ। यो पनि बच्चाहरूलाई थाहा छ– सतसङ्ग धेरै छन्। यो हो सच्चा सच्चा सत्यको सङ्ग जुन सत् बाबाले राजयोग सिकाएर हामीलाई सत्ययुगमा लैजानुहुन्छ। यस्तो अरू कुनै पनि सतसङ्ग वा पाठशाला हुन सक्दैन। यो पनि तिमी बच्चाहरूलाई थाहा छ। सारा सृष्टिचक्र तिमी बच्चाहरूको बुद्धिमा छ। तिमी बच्चाहरू नै स्वदर्शन चक्रधारी हौ। बाबा बसेर सम्झाउनुहुन्छ– यो सृष्टिचक्र कसरी घुम्छ। कसैलाई पनि सम्झाउँदा चक्रको अगाडि लगेर उभ्याऊ। अब तपाईं यतातिर जानुहुन्छ। बाबा जीव आत्माहरूलाई भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। यो नयाँ कुरा होइन, जान्दछौ– कल्प कल्प यही ज्ञान सुन्छौँ, अहिले फेरि सुनिरहेका छौँ। तिमीहरूको बुद्धिमा कुनै पनि देहधारी बाबा, टिचर, गुरु छैनन्। तिमीलाई थाहा छ– विदेही शिवबाबा हाम्रो टिचर, गुरु हुनुहुन्छ। अरू कुनै पनि सतसङ्ग आदिमा यस्तो कुरा गर्दैनन् होला। मधुबन त यो एउटै हो। उनीहरूले फेरि एक मधुबन वृन्दावनमा देखाउँछन्। त्यो भक्तिमार्गमा मानिसहरू बसेर बनाएका हुन्। प्राक्टिकल मधुबन त यो हो। तिम्रो बुद्धिमा छ– हामी सत्ययुग त्रेतादेखि लिएर पुनर्जन्म लिँदैलिँदै अहिले सङ्गममा आएर उभिएका छौँ– पुरुषोत्तम बन्नको लागि। हामीलाई बाबाले आएर सम्झाइदिनुभएको छ। ८४ जन्म कसले र कसरी लिन्छन्, त्यो पनि तिमीलाई थाहा छ। मानिसहरूले त केवल भनिदिन्छन्, केही बुझ्दैनन्। बाबाले राम्रोसँग सम्झाउनुहुन्छ। सत्ययुगमा सतोप्रधान आत्माहरू थिए, शरीर पनि सतोप्रधान थिए। अहिले त सत्ययुग होइन, यो हो कलियुग। हामी सत्ययुग गोल्डेन एजमा थियौँ। फेरि चक्कर लगाएर पुनर्जन्म लिँदैलिँदै हामी कलियुग आइरन एजमा आयौँ, फेरि अवश्य चक्कर लगाउनुछ। अब जानुछ आफ्नो घर। तिमी सिकिलधे बच्चा हौ नि। सिकिलधे उनीहरूलाई भनिन्छ जो हराउँछन्, फेरि धेरै समयपछि मिल्छन्। तिमी ५ हजार वर्षपछि आएर मिलेका छौ। तिमी बच्चाहरूलाई नै थाहा छ– उहाँ उही बाबा हुनुहुन्छ जसले ५ हजार वर्ष पहिला हामीलाई यस सृष्टि चक्रको ज्ञान दिनुभएको थियो। स्वदर्शन चक्रधारी बनाउनुभएको थियो। अहिले फेरि बाबा आएर मिल्नुभएको छ। जन्मसिद्ध अधिकार दिनको लागि। यहाँ बाबाले महसुस गराउनुहुन्छ। यसमा आत्माको ८४ जन्मको पनि महसुसता आउँछ। बाबा बसेर यो सबै कुरा सम्झाउनुहुन्छ। जसरी ५ हजार वर्ष पहिला पनि सम्झाउनुभएको थियो– मनुष्यलाई देवता वा कङ्गाललाई शिरताज बनाउनको लागि। तिमीले बुझेका छौ– हामीले ८४ पुनर्जन्म लिएका छौँ, जसले लिएका छैनन् उनीहरू यहाँ सिक्नको लागि आउँदैनन् पनि। कसैले थोरै बुझ्छन्। नम्बरवार त हुन्छन् नि। आआफ्नो घर गृहस्थमा रहनुछ। सबै त यहाँ आएर बस्दैनन्। रिफ्रेस हुन उनीहरू आउँछन् जसलाई धेरै राम्रो पद पाउनुछ। सानो पद पाउनेले धेरै पुरुषार्थ पनि गर्दैनन्। यो ज्ञान यस्तो छ– अलिकति मात्रै पुरुषार्थ गरेको रहेछ भने पनि त्यो व्यर्थ जाँदैन। सजाय खाएर आउँछन्। पुरुषार्थ राम्रो गरेका भए सजाय पनि थोरै हुन्छ। यादको यात्रा बिना विकर्म विनाश हुँदैनन्। यो कुरा त घरी घरी आफूलाई याद गराऊ। कुनै पनि मनुष्य मिल्यो भने पहिला त उसलाई यो सम्झाउनुछ– आफूलाई आत्मा सम्झ। यो नाम त पछि शरीरलाई मिलेको हो, कसैलाई बोलाउँछौ शरीरको नाममा। यस सङ्गममा नै बेहदका बाबाले रुहानी बच्चाहरूलाई बोलाउनुहुन्छ। तिमीले भन्छौ– रुहानी बाबा आउनुभएको छ। बाबाले भन्नुहुन्छ– रुहानी बच्चा। पहिला रुह फेरि बच्चाको नाम लिनुहुन्छ। रुहानी बच्चाहरू! तिमीले जान्दछौ– रुहानी बाबाले के सम्झाउनुहुन्छ। तिम्रो बुद्धिले जान्दछ– शिवबाबा यस भागीरथमा विराजमान हुनुहुन्छ, हामीलाई उहाँले नै सहज राजयोग सिकाइरहनुभएको छ। अरू कुनै मनुष्य मात्र छैन जसमा बाबा आएर राजयोग सिकाउनुहुन्छ। उहाँ बाबा आउनुहुन्छ नै पुरुषोत्तम सङ्गमयुगमा, अरू कुनै पनि मनुष्यले कहिल्यै यस्तो भन्न सक्दैन, सम्झाउन सक्दैन। यो पनि तिमीलाई थाहा छ– यो शिक्षा कुनै यिनी बाबाको होइन। यिनलाई त यो थाहा थिएन– कलियुग खतम भएर सत्ययुग आउनुछ। यिनको अब कुनै देहधारी गुरु छैन। अरू सबै मनुष्य मात्रले त भन्छन्– हाम्रा गुरु फलाना फलाना हुन्। फलानो ज्योतिमा ज्योति समाहित भयो। सबैका देहधारी गुरु हुन्छन्। धर्मस्थापक पनि देहधारी हुन्। यो धर्म कसले स्थापना गर्नुभएको हो? परमपिता परमात्मा त्रिमूर्ति शिवबाबाले ब्रह्माद्वारा स्थापना गर्नुभएको हो। यिनको शरीरको नाम ब्रह्मा हो। क्रिस्चियनहरूले भन्छन्– क्राइस्टले यो धर्म स्थापना गर्नुभयो। उहाँ त देहधारी हुनुहुन्छ। चित्र पनि छन्। यस धर्मको स्थापकको चित्र कुन देखाउँछन्? शिवको नै देखाउँछन्। शिवका चित्र पनि कोही ठुला, कोही साना बनाउँछन्। हुनुहुन्छ त उहाँ बिन्दु नै। नाम-रूप पनि छ तर अव्यक्त छ। यी आँखाले त देख्न सकिँदैन। शिवबाबाले तिमी बच्चाहरूलाई राज्य भाग्य दिएर जानुभएको हो त्यसैले त याद गर्छन् नि। शिवबाबा भन्नुहुन्छ– मनमनाभव। म एक बाबालाई याद गर। कसैको स्तुति गर्नुछैन। आत्माको बुद्धिमा कुनै देह याद नआओस्, यो राम्रोसँग बुझ्ने कुरा हो। हामीलाई शिवबाबाले पढाउनुहुन्छ। सारा दिन यो रिपिट गरिराख। शिव भगवानुवाच, पहिला सुरुमा त अल्फको विषयमा नै बुझ्नुपर्छ। यो पक्का गरेनौ र बे (बादसाही) को विषयमा बतायौ भने केही पनि बुद्धिमा बस्दैन। कसैले भनिदिन्छन्– यो कुरा त सही हो। कसैले भन्छन्– यो बुझ्न त समय चाहिन्छ। कसैले भन्छन्– विचार गर्छौं। किसिम किसिमका आउँछन्। यो हो नयाँ कुरा। परमपिता परमात्मा शिवले आत्माहरूलाई बसेर पढाउनुहुन्छ। विचार चल्छ, के गरौँ जसबाट मानिसहरूलाई यो समझमा आउँछ। शिव नै ज्ञानको सागर हुनुहुन्छ। आत्मालाई ज्ञानको सागर कसरी भनिन्छ, जसको शरीर नै छैन। ज्ञानको सागर हुनुहुन्छ भने अवश्य कहिल्यै ज्ञान सुनाउनुभएको छ त्यसैले त उहाँलाई ज्ञान सागर भनिन्छ। यत्तिकै किन भनिन्छ र! कसैले धेरै पढे भने भनिन्छ– यिनीहरूले त धेरै वेदशास्त्र पढेका छन्, त्यसैले शास्त्री अथवा विद्वान् भनिन्छ। बाबालाई ज्ञानको सागर अथोरिटी भनिन्छ। अवश्य आएर जानुभएको हो। पहिला त सोध्नुपर्छ– अहिले कलियुग हो वा सत्ययुग? नयाँ दुनिया हो वा पुरानो दुनिया? लक्ष्य उद्देश्य त तिम्रो सामुन्ने छ। यी लक्ष्मीनारायण हुनुहुन्थ्यो भने उहाँहरूको राज्य हुन्थ्यो। यो पुरानो दुनिया, कङ्गालपन नै हुँदैनथ्यो। अहिले त केवल उहाँहरूका चित्र छन्। मन्दिरमा मोडल देखाउँछन्। नत्र उहाँहरूका महल बगैँचा आदि कति ठुला ठुला होलान्। केवल मन्दिरमा कहाँ बस्नुहुन्थ्यो होला र! राष्ट्रपतिको भवन कति ठुलो हुन्छ। देवीदेवता त ठुला ठुला महलमा बस्नुहुन्थ्यो होला। धेरै ठाउँ हुन्थ्यो होला। त्यहाँ डराउने आदिको कुरा नै हुँदैन। सदैव फुलबारी हुन्छ। काँडा हुँदै हुँदैनन्। त्यो हो नै बगैँचा। त्यहाँ त दाउरा आदि बाल्दैनन् होला। दाउरा बाल्दा धुवाँ हुन्छ र त्यसबाट दुःख पनि अनुभव हुन्छ। त्यहाँ हामी धेरै सानो स्थानमा बस्छौँ। पछि वृद्धि हुँदै जान्छ। धेरै राम्रा राम्रा बगैँचा होलान्, सुगन्ध आइरहनेछ। जङ्गल हुँदै हुँदैन। अहिले भासना आउँछ, देख्न त देखिँदैन। तिमीले ध्यानमा जाँदा ठुला ठुला महल आदि देखेर आउँछौ, त्यो त यहाँ बनाउन सकिँदैन। साक्षात्कार भयो फेरि गुम हुन्छ। साक्षात्कार त गरेका छौ नि! राजाहरू, राजकुमार, राजकुमारी होलान्। स्वर्ग धेरै रमणीय होला। जसरी यहाँ मैसुर आदि रमणीय छन्, त्यसरी नै त्यहाँ धेरै राम्रो हावा चलिरहन्छ। पानीका झरना बगिरहन्छन्। आत्माले जान्दछ– मैले राम्रा राम्रा चीज बनाऊँ। आत्मालाई स्वर्ग त याद आउँछ नि।

तिमी बच्चाहरूलाई महसुस हुन्छ– के के भए होला, हामी कहाँ बस्थ्यौँ होला। यस समयमा यो स्मृति हुन्छ। चित्रहरूलाई हेर– तिमी कति भाग्यमानी छौ। त्यहाँ दुःखको कुनै कुरा हुँदैन। हामी त स्वर्गमा थियौँ फेरि तल उत्रियौँ। अब फेरि स्वर्गमा जानुछ। कसरी जाने? डोरीमा झुन्डिएर जाने हो र? हामी आत्माहरू त शान्तिधाम निवासी हौँ। बाबाले याद गराउनुभएको छ– अब हामी फेरि देवता बनिरहेका छौँ र अरूलाई बनाइरहेका छौँ। कतिले घरै बसेर पनि साक्षात्कार गर्छन्। बाँधेलीहरूले कहिल्यै कहाँ देखेका हुन्छन् र! कसरी आत्मालाई उमङ्ग आउँछ। आफ्नो घर नजिकै आएपछि आत्मालाई खुसी हुन्छ। जान्दछन्– बाबा हामीलाई ज्ञान दिएर सिँगार्न आउनुभएको छ। आखिर एक दिन अखबारहरूमा पनि आउँछ। अब त स्तुतिनिन्दा, मान अपमान सबै सामुन्ने आउनेछ। जान्दछौ– कल्प पहिला पनि यस्तै भएको थियो, जुन सेकेन्ड बित्यो, त्यसको चिन्तन गर्नुहुँदैन। अखबारहरूमा कल्प पहिला पनि यस्तै आएको थियो। फेरि पुरुषार्थ गरिन्छ। हङ्गामा त जे भएको थियो सो भइहाल्यो। नाम त निकालियो नि। फेरि तिमीले जवाफ दिन्छौ। कसैले पढ्छन्, कसैले पढ्दैनन्। उनीहरूलाई फुर्सद मिल्दैन। अरू काममा लागिहाल्छन्। अहिले तिम्रो बुद्धिमा छ– यो बेहदको विशाल ड्रामा हो। टिक टिक चलिरहन्छ, चक्र घुमिरहन्छ। एक सेकेन्डमा जे बित्यो फेरि ५ हजार वर्षपछि रिपिट हुन्छ। जे भयो सेकेन्डपछि ख्यालमा आउँछ। यो भुल भयो, ड्रामामा पहिल्यै निश्चित भयो। कल्प पहिला पनि यस्तै भुल भएको थियो, त्यो बितेर गयो। अब फेरि आउँदा दिनमा त्यस्तो गर्दैनौँ। पुरुषार्थ गरिरहन्छन्। तिमीलाई सम्झाइन्छ– घरी घरी यो भुल हुनु राम्रो होइन। यो कर्म राम्रो होइन। मन खाइरहन्छ होला– हामीबाट यो नराम्रो काम भयो। बाबाले समझ दिनुहुन्छ, यस्तो नगर, कसैलाई दुःख हुन्छ। मनाही गरिन्छ। बाबाले बताइदिनुहुन्छ– यो काम नगर, नसोधी चीज लियौ भने त्यसलाई चोरी भनिन्छ। यस्तो काम नगर। कटु वचन नबोल। हेर, आजकाल दुनिया कस्तो छ– कोही नोकरसँग रिसायो भने उसले पनि दुस्मनी गर्न थाल्छ। त्यहाँ त बाघ बाख्रा आपसमा क्षीरखण्ड (मिलेर) भएर रहन्छन्। नुनपानी र क्षीरखण्ड (मनमुटाव र मिलनसार)। सत्ययुगमा सबै मनुष्य आत्माहरू आपसमा क्षीरखण्ड भएर रहन्छन्। यस रावणको दुनियामा सबै मनुष्य नुनपानी छन्। बाबा र बच्चा पनि नुनपानी। काम महाशत्रु हो नि। काम कटारी चलाएर एकअर्कालाई दुःख दिन्छन्। यो सारा दुनिया नुनपानी छ। सत्ययुगी दुनिया क्षीरखण्ड हुन्छ। यी कुराहरू दुनियाले के जान्दछन्। मानिसहरूले त स्वर्गको अवधि लाखौँ वर्ष भनिदिन्छन् त्यसैले कुनै कुरा बुद्धिमा आउन सक्दैन। जो देवताहरू थिए उनीहरूलाई नै स्मृतिमा आउँछ। तिमीलाई थाहा छ– यी देवता सत्ययुगमा थिए। जसले ८४ जन्म लिएको छ उसैले फेरि आएर पढ्छ र काँडाबाट फूल बन्छ। यो बाबाको एउटै विश्व विद्यालय हो, यसका शाखाहरू निस्किरहन्छन्। खुदा अर्थात् बाबा आउनुभएपछि मात्र उहाँका खिदमतगार अर्थात् ईश्वरीय सेवाधारी बन्छन्, जसद्वारा स्वयं खुदाले राज्य भाग्य स्थापना गर्नुहुन्छ। तिमीले बुझेका छौ– हामी खुदाका खिदमतगार हौँ। उनीहरूले जिस्मानी खिदमत गर्छन्, यो हो रुहानी। बाबाले हामी आत्माहरूलाई रुहानी सेवा सिकाइरहनुभएको छ किनकि रुह नै तमोप्रधान बनेको छ। फेरि बाबाले सतोप्रधान बनाइरहनुभएको छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर त्यसपछि विकर्म विनाश हुन्छन्। यो योग अग्नि हो। भारतवर्षको प्राचीन योग गायन गरिएको छ नि। कृत्रिम योग त धेरै भएका छन् त्यसैले बाबा भन्नुहुन्छ– यादको यात्रा भन्नु ठीक हो। शिवबाबालाई याद गर्दागर्दै तिमी शिवपुरीमा जान्छौ। त्यो हो शिवपुरी। फेरि त्यो विष्णुपुरी। यो रावण पुरी। विष्णुपुरी पछाडि हुन्छ राम पुरी। सूर्यवंशीपछि चन्द्रवंशी हुन्छन्। यो त सामान्य कुरा हो। आधाकल्प सत्ययुग-त्रेता, आधाकल्प द्वापर-कलियुग। अहिले तिमी सङ्गममा छौ। यो पनि केवल तिमीलाई थाहा छ। जसले राम्रोसँग धारणा गर्छन्, उनीहरूले अरूलाई पनि सम्झाउँछन्। हामी पुरुषोत्तम सङ्गमयुगमा छौँ। यो कसैको बुद्धिमा याद रह्यो भने पनि सारा ड्रामा बुद्धिमा आउँछ। तर कलियुगी देहका सम्बन्धी आदि याद आइरहन्छन्। बाबा भन्नुहुन्छ– तिमीले याद गर्नुछ एक बाबालाई। सर्वको सदगतिदाता राजयोग सिकाउने एक बाबा मात्रै हुनुहुन्छ त्यसैले बाबाले सम्झाउनुभएको छ– शिवबाबाको नै जयन्ती हो जसले सारा दुनियालाई परिवर्तन गर्नुहुन्छ। तिमी ब्राह्मणहरूले नै जान्दछौ, अहिले हामी पुरुषोत्तम सङ्गमयुगमा छौँ। जो ब्राह्मण छन् उनीहरूको बुद्धिमा नै रचयिता र रचनाको ज्ञान हुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मात-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) कुनै पनि यस्तो कर्म गर्नुछैन जसबाट कसैलाई दुःख हुन्छ। कटु बचन बोल्नुछैन। धेरै धेरै क्षीरखण्ड भएर रहनुछ।

२) कुनै पनि देहधारीको स्तुति गर्नुछैन। बुद्धिमा रहोस्– हामीलाई शिवबाबाले पढाउनुहुन्छ, उहाँ एकको नै महिमा गर्नुछ, रुहानी खिदमतगार अर्थात् ईश्वरीय सेवाधारी बन्नुछ।

वरदान:–
अशुद्ध सङ्कल्पको व्रतद्वारा वृत्ति लाई परिवर्तन गर्ने दिलतख्त नसिन भव

बापदादाको दिलतख्त यति पवित्र छ जसले गर्दा यस तख्तमा सदा पवित्र आत्माहरू नै बस्न सक्छन्। जसको सङ्कल्पमा पनि अपवित्रता वा अमर्यादा आउँछ उनीहरू तख्तनसिनको सट्टा गिरतीकलामा तल आउँछन् त्यसैले पहिला शुद्ध सङ्कल्पको व्रतद्वारा आफ्नो वृत्तिलाई परिवर्तन गर। वृत्ति परिवर्तनले भविष्यमा जीवनरूपी सृष्टि परिवर्तन हुन्छ। शुद्ध सङ्कल्प र दृढ सङ्कल्पको व्रतको प्रत्यक्षफल हो नै सदाकालको लागि बापदादाको दिलतख्त।

स्लोगन:–
जहाँ सर्वशक्तिहरू साथमा छन् त्यहाँ निर्विघ्न सफलता भइ नै हाल्छ।

अव्यक्त इसारा:– अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

अन्तःवाहक स्थिति अर्थात् कर्मबन्धनमुक्त कर्मातीत स्थितिको वाहन अर्थात् अन्तिम वाहन, जसद्वारा नै सेकेन्डमा साथमा उड्छौ। यसको लागि सर्व हदबाट पार बेहदस्वरूपमा, बेहदका सेवाधारी, सर्व हदहरूमाथि विजय प्राप्त गर्ने विजयी रत्न बन त्यसपछि नै अन्तिम कर्मातीत स्वरूपको अनुभवीस्वरूप बन्छौ।