26.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीले आधाकल्प जसको भक्ति गर्यौ , उही बाबा स्वयं तिमीलाई पढाइरहनुभएको छ , यही पढाइबाट नै तिमी देवी-देवता बन्छौ।”

प्रश्न:–
योगबलको लिफ्टको कमाल के हो?

उत्तर:–
तिमी बच्चाहरू योगबलको लिफ्टबाट सेकेन्डमा माथि चढ्छौ अर्थात् सेकेन्डमा जीवनमुक्तिको वर्सा तिमीलाई मिल्छ। तिमीलाई थाहा छ सिँढी उत्रिनमा ५ हजार वर्ष लाग्यो र चढ्छौ एक सेकेन्डमा, यही हो योगबलको कमाल। बाबाको यादले सबै पाप काटिन्छ। आत्मा सतोप्रधान बन्छ।

ओम् शान्ति ।
रुहानी बाबा रुहानी बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ। रुहानी बाबाको महिमा त बच्चाहरूलाई सुनाइएको छ। उहाँ ज्ञानको सागर, सत्-चित्-आनन्द स्वरूप हुनुहुन्छ। शान्तिको सागर हुनुहुन्छ। उहाँलाई सबै बेहदका विशेषताहरू दिइन्छ। अब बाबा ज्ञानको सागर हुनुहुन्छ। र, यस समय जो पनि मानिसहरू छन् सबैलाई थाहा छ हामी भक्तिका सागर हौँ। भक्तिमा जो सबैभन्दा तीक्ष्ण हुन्छ उसलाई मान मिल्छ। यस समय कलियुगमा भक्ति, दुःख छ। सत्ययुगमा ज्ञानको सुख हुन्छ। यस्तो होइन– त्यहाँ ज्ञान हुन्छ। त्यसैले यो महिमा केवल एकै बाबाको हो र बच्चाहरूको महिमा पनि छ किनकि बाबा बच्चाहरूलाई पढाउनुहुन्छ अथवा यात्रा सिकाउनुहुन्छ। बाबाले सम्झाउनुभएको छ दुईवटा यात्राहरू छन्। भक्तहरू तीर्थ गर्छन्, चारैतिर चक्र लगाउँछन्। जति समय चारैतिर चक्र लगाउँछन्, त्यति समय विकारमा जाँदैनन्। रक्सी आदि फोहोरी कुनै चिज खाँदैनन् पिउँदैनन्। कहिले बद्रीनाथ, कहिले काशी चक्र लगाउँछन्। भक्ति गर्छन् भगवानको। अब भगवान त एक हुनुपर्छ नि। सबैतिर त चक्र लगाउनु हुँदैन नि! शिवबाबाको तीर्थको पनि चक्र लगाउँछन्। सबैभन्दा ठुलो बनारसको तीर्थ गाइएको छ, जसलाई शिवको पुरी भनिन्छ। चारैतिर जान्छन् तर जसको दर्शन गर्न जान्छन् अथवा जसको भक्ति गर्छन्, उनको जीवनी, कर्तव्य कसैलाई थाहा छैन त्यसैले उनीहरूलाई अन्धश्रद्धा भनिन्छ। कसैको पूजा गर्नु, शिर झुकाउनु र उनको जीवन कहानी नजान्नु, त्यसलाई अन्धविश्वास भनिन्छ। घरमा पनि मनाउँछन्, देवीहरूको कति पूजा गर्छन्, माटो वा पत्थरका देवीहरू बनाएर उनीहरूलाई धेरै सिँगार्छन्। मानौँ लक्ष्मीको चित्र बनाउँछन्, उनीहरूलाई सोध– ‘उनको जीवनी बताऊ’, तब भन्छन्– ‘सत्ययुगकी महारानी थिइन्।’ त्रेताकी फेरि सीता थिइन्। बाँकी उनले कति समय राज्य गरिन्, लक्ष्मी-नारायणको राज्य कहिलेदेखि कहिलेसम्म चल्यो, यो कसैलाई थाहा छैन। मानिसहरू भक्तिमार्गमा यात्रामा जान्छन्, यी सबै हुन् भगवानसँग मिल्ने उपाय। शास्त्र पढ्नु यो पनि उपाय हो भगवानसँग मिल्नको लागि। तर भगवान कहाँ हुनुहुन्छ? भन्छन् उहाँ त सर्वव्यापी हुनुहुन्छ।

अहिले तिमीलाई थाहा छ पढाइबाट हामी यी (देवी-देवता) बन्छौँ। बाबा स्वयं आएर पढाउनुहुन्छ, जसलाई मिल्नको लागि आधाकल्प भक्तिमार्ग चल्छ। भन्छन्– “बाबा पावन बनाउनुहोस् र आफ्नो परिचय पनि दिनुहोस्– हजुर को हुनुहुन्छ?” बाबाले सम्झाउनुभएको छ– तिमी आत्मा बिन्दी हौ, आत्मालाई नै यहाँ शरीर मिलेको छ, त्यसैले यहाँ कर्म गर्छ। देवताहरूको लागि भन्छन्– यिनीहरू सत्ययुगमा राज्य गरेर गएका हुन्। क्रिश्चियनहरूले त बुझेका छन् अवश्य गड फादरले प्याराडाइज स्थापना गर्नुभयो। हामी त्यसमा थिएनौँ। यहाँ प्याराडाइज थियो, उनीहरूको बुद्धि फेरि पनि राम्रो छ। यहाँका मानिसहरू सतोप्रधान पनि बन्छन् भने फेरि तमोप्रधान पनि बन्छन्। उनीहरू त्यति सुख देख्दैनन् भने दुःख पनि त्यति देख्दैनन्। अहिले पछाडिका क्रिश्चियनहरू कति सुखी छन्। पहिला त उनीहरू गरिब थिए। पैसा त मेहनतले कमाइन्छ नि। पहिला एक क्राइस्ट आए, फेरि उनको धर्म स्थापना हुन्छ, वृद्धि हुँदै जान्छ। एकबाट दुई, दुईबाट चार..... फेरि यस्तै वृद्धि हुँदै जान्छ। अहिले हेर क्रिश्चियनको वृक्ष कति भएको छ। जग हो– देवी-देवता घराना। त्यो फेरि यहाँ यस समय स्थापना हुन्छ। पहिला एक ब्रह्मा फेरि ब्राह्मणहरूका गोद लिइएका सन्तान वृद्धि हुन्छन्। बाबा पढाउनुहुन्छ तब धेरै ब्राह्मणहरू हुन्छन्। पहिला त यी एक थिए नि। एकबाट कति वृद्धि भयो। कति हुनु छ। जति सूर्यवंशी, चन्द्रवंशी देवताहरू थिए, त्यति सबै बन्नु छ। पहिला हुनुहुन्छ एक बाबा, उहाँको आत्मा त छँदैछ। बाबाका हामी आत्मा सन्तान कति छौँ? हामी सबै आत्माहरूका बाबा एक अनादि हुनुहुन्छ। फेरि सृष्टिको चक्र घुमिरहन्छ। सबै मानिसहरू त सदैव हुँदैनन् नि। आत्माहरूलाई भिन्न-भिन्न पार्ट खेल्नु छ। यो वृक्षको पहिला-पहिला जरा हो देवी-देवताहरूको, फेरि उनीहरूबाट शाखाहरू निस्किएका छन्। त्यसैले बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू, म आएर के गर्छु? आत्मामा नै धारणा हुन्छ। बाबा बसेर सुनाउनुहुन्छ– म कसरी आएँ? तिमी सबै बच्चाहरू जब पतित बन्छौ तब याद गर्छौ। सत्ययुग-त्रेतामा त तिमी सुखी थियौ त्यसैले याद गर्दैनथियौ। द्वापरपछि जब दुःख धेरै भयो तब पुकार गर्यौ– हे परमपिता परमात्मा बाबा। हो प्यारा बच्चाहरू, सुनेँ। के चाहन्छौ? बाबा आएर पतितहरूलाई पावन बनाउनुहोस्। बाबा हामी धेरै दुःखी, पतित छौँ। हामीलाई आएर पावन बनाउनुहोस्। कृपा गर्नुहोस्, आशीर्वाद दिनुहोस्। तिमीले मलाई पुकार गर्यौ– बाबा, आएर पतितहरूलाई पावन बनाउनुहोस्। पावन सत्ययुगलाई भनिन्छ। यो पनि बाबा स्वयं बसेर बताउनुहुन्छ। ड्रामाको प्लान अनुसार जब सङ्गमयुग हुन्छ, सृष्टि पुरानो हुन्छ तब म आउँछु।

तिमीले बुझेका छौ संन्यासी पनि दुई प्रकारका छन्। उनीहरू हुन् हठयोगी, उनीहरूलाई राजयोगी भनिँदैन। उनीहरूको हो हदको संन्यास। घरबार छोडेर जङ्गलमा बस्छन्। गुरुहरूका फलोअर्स बन्छन्। गोपीचन्द राजाको लागि पनि एउटा कथा सुनाउँछन्। उनले भने तिमी घरबार किन छोड्छौ? कहाँ जान्छौ? शास्त्रहरूमा धेरै कथाहरू छन्। अहिले तिमी बी.के.ले राजाहरूलाई पनि गएर ज्ञान र योग सिकाउँछौ। एउटा अष्टावक्र गीता पनि छ, जसमा देखाउँछन्– राजालाई वैराग्य आयो, भने– “मलाई कोही परमात्मासँग मिलाओस्।” ढिंढोरा पिटाए। त्यो यही समय हो। तिमी गएर राजाहरूलाई ज्ञान दिन्छौ नि, बाबासँग मिलाउनको लागि। जसरी तिमी मिलेका छौ त्यसरी अरूलाई पनि मिलाउने कोसिस गर्छौ। तिमी भन्छौ हामी तपाईंलाई स्वर्गको मालिक बनाउँछौँ, मुक्ति-जीवनमुक्ति दिन्छौँ। फेरि उनीहरूलाई भन शिवबाबालाई याद गरौँ, अरू कसैलाई होइन। तिमीसँग पनि सुरुमा बस्दा-बस्दै एक-अर्कालाई हेरेर ध्यानमा जान्थ्यौ नि। बडो आश्चर्य लाग्थ्यो। बाबा हुनुहुन्थ्यो नि यिनमा, त्यसैले उहाँले चमत्कार देखाउनुहुन्थ्यो। सबैको डोरी तान्नुहुन्थ्यो। बापदादा सँगै हुनुभयो नि। कब्रिस्तान बनाउनुहुन्थ्यो। सबै बाबाको यादमा सुत। सबै ध्यानमा जान्थे। यो सबै शिवबाबाको चतुर्याइँ थियो। यसलाई फेरि कतिले जादु बुझ्न थाले। यो थियो शिवबाबाको खेल। बाबा जादुगर, सौदागर, रत्नाकर हुनुहुन्छ नि। धोबी पनि हुनुहुन्छ, सोनार पनि हुनुहुन्छ, वकिल पनि हुनुहुन्छ। सबैलाई रावणको जेलबाट छुटाउनुहुन्छ। उहाँलाई नै सबैले बोलाउँछन्– हे पतित-पावन, हे दूरदेशमा रहने... हामीलाई आएर पावन बनाउनुहोस्। आउनुहोस् पनि पतित दुनियाँमा, पतित शरीरमा आएर हामीलाई पावन बनाउनुहोस्। अहिले तिमी त्यसको पनि अर्थ बुझ्छौ। बाबा आएर बताउनुहुन्छ तिमी बच्चाहरूले रावणको देशमा मलाई बोलायौ, म त परमधाममा बसेको थिएँ। स्वर्ग स्थापना गर्नको लागि मलाई नर्क रावणको देशमा बोलायौ– अब सुखधाममा लैजानुहोस्। अहिले तिमी बच्चाहरूलाई लैजानुहुन्छ नि। त्यसैले यो हो ड्रामा। मैले जो तिमीलाई राज्य दिएको थिएँ त्यो पूरा भयो फेरि द्वापरदेखि रावण राज्य चलेको छ। ५ विकारमा गिर्यौ, त्यसका फेरि चित्र पनि छन् जगन्नाथपुरीमा। पहिलो नम्बरमा जो थियो उही फेरि ८४ जन्म लिएर अब पछाडिमा छ फेरि उसैलाई पहिलो नम्बरमा जानु छ। यी ब्रह्मा बसेका छन्, विष्णु पनि बसेका छन्। यिनीहरूको आपसमा के कनेक्सन छ? दुनियाँमा कसैलाई थाहा छैन। ब्रह्मा-सरस्वती पनि वास्तवमा सत्ययुगका मालिक लक्ष्मी-नारायण थिए। अहिले नर्कका मालिक छन्। अहिले यिनीहरू तपस्या गरिरहेका छन्– यी लक्ष्मी-नारायण बन्नको लागि। देलवाडा मन्दिरमा पूरा यादगार छ। बाबा पनि यहीँ आउनुभएको छ त्यसैले अब लेख्छन् पनि– आबू सर्व तीर्थहरूमा, सबै धर्मका तीर्थहरूमा मुख्य तीर्थ हो किनकि यहीँ बाबा आएर सर्व धर्महरूको सद्गति गर्नुहुन्छ। तिमी शान्तिधाम भएर फेरि स्वर्गमा जान्छौ। बाँकी सबै शान्तिधाममा जान्छन्। त्यो हो जड यादगार, यो हो चैतन्य। जब तिमी चैतन्यमा त्यो बन्छौ तब फेरि यी मन्दिर आदि सबै खत्तम हुन्छन्। फेरि भक्तिमार्गमा यी यादगार बनाउँछन्। अहिले तिमी स्वर्गको स्थापना गरिरहेका छौ। मानिसहरू बुझ्छन्– स्वर्ग माथि छ। अहिले तिमीले बुझेका छौ यही सृष्टि स्वर्ग थियो, अहिले नर्क छ। यो चक्र हेर्नाले नै सारा ज्ञान आउँछ। द्वापरदेखि अरू-अरू धर्म आउँछन् त्यसैले अहिले हेर कति धर्म छन्। यो हो आइरन एज। अहिले तिमी सङ्गममा छौ। सत्ययुगमा जानको लागि पुरुषार्थ गर्छौ। कलियुगमा सबै पत्थरबुद्धि छन्। सत्ययुगमा पारसबुद्धि हुन्छन्। तिमी नै पारसबुद्धि थियौ, तिमी नै फेरि पत्थरबुद्धि बनेका छौ, फेरि पारसबुद्धि बन्नु छ। अब बाबा भन्नुहुन्छ तिमीले मलाई बोलायौ त्यसैले म आएको छु र तिमीलाई भन्छु– कामलाई जित्यौ भने जगतजित बन्छौ। मुख्य यो विकार नै हो। सत्ययुगमा सबै निर्विकारी हुन्छन्। कलियुगमा विकारी छन्।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, अब निर्विकारी बन। ६३ जन्म विकारमा गयौ। अब यो अन्तिम जन्म पवित्र बन। अहिले मर्नु पनि सबैलाई छ। म स्वर्ग स्थापना गर्न आएको छु त्यसैले अब मेरो श्रीमतमा चल। मैले जे भन्छु त्यो सुन। अहिले तिमी पत्थरबुद्धिलाई पारसबुद्धि बनाउने पुरुषार्थ गरिरहेका छौ। तिमी नै पूरा सिँढी उत्रिन्छौ फेरि चढ्छौ। तिमी मानौँ जिन्न हौ। जिन्नको कहानी छ नि– उसले भन्यो काम देऊ, तब राजाले भने ठीक छ सिँढी उत्र र चढ। धेरै मानिसहरूले भन्छन् भगवानलाई के परेको थियो र सिँढी चढाउने र उतार्ने गर्नुहुन्छ। किन यस्तो सिँढी बनाउनुभयो! बाबा सम्झाउनुहुन्छ यो अनादि खेल हो। तिमीले ५ हजार वर्षमा ८४ जन्म लियौ। ५ हजार वर्ष तिमीलाई तल उत्रिनमा लाग्यो फेरि माथि जान्छौ सेकेन्डमा। यो हो तिम्रो योगबलको लिफ्ट। बाबा भन्नुहुन्छ– याद गर्यौ भने तिम्रो पाप काटिन्छ। बाबा आउनुहुन्छ तब सेकेन्डमा तिमी माथि चढ्छौ फेरि तल उत्रिनमा ५ हजार वर्ष लागेको छ। कलाहरू कम हुँदै जान्छन्। चढ्नको लागि त लिफ्ट छ। सेकेन्डमा जीवनमुक्ति। सतोप्रधान बन्नु छ। फेरि बिस्तारै-बिस्तारै तमोप्रधान बन्छौ। ५ हजार वर्ष लाग्छ। अच्छा, फेरि तमोप्रधानबाट सतोप्रधान बन्नु छ एक जन्ममा। अहिले जब म तिमीलाई स्वर्गको बादसाही दिन्छु तब तिमी पवित्र किन बन्दैनौ। तर कामेशु, क्रोधेशु पनि छन् नि। विकार नमिलेमा फेरि स्त्रीलाई पिट्छन्, बाहिर निकालिदिन्छन्, आगो लगाइदिन्छन्। अबलाहरूमाथि कति अत्याचार हुन्छ। यो पनि ड्रामामा निश्चित छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) जगतको मालिक बन्न वा विश्वको बादसाही लिनको लागि मुख्य काम विकारमाथि जित प्राप्त गर्नु छ। सम्पूर्ण निर्विकारी अवश्य बन्नु छ।

२) जसरी हामीलाई बाबा मिल्नुभयो, त्यसरी नै सबैलाई बाबासँग मिलाउने कोसिस गर्नु छ। बाबाको सही पहिचान दिनु छ। सच्चा-सच्चा यात्रा सिकाउनु छ।

वरदान:–
गमको दुनियाँ अगाडि हुँदा पनि बेगमपुरको बादसाही को अनुभव गर्ने अष्ट शक्ति स्वरूप भव

गम र बेगमको अहिले नै नलेज छ, गमको दुनियाँ अगाडि हुँदा पनि सदा बेगमपुरको बादसाहीको अनुभव गर्नु– यही अष्ट शक्ति स्वरूप, कर्मेन्द्रिय जित बच्चाहरूको निसानी हो। अहिले नै बाबाद्वारा सर्वशक्तिहरूको प्राप्ति हुन्छ तर यदि कुनै न कुनै सङ्गदोष वा कुनै कर्मेन्द्रियको वशीभूत भएर आफ्नो शक्ति गुमाउँछौ भने जो बेगमपुरको नसा वा खुसी प्राप्त छ, त्यो स्वतः नै गुम्छ। बेगमपुरका बादशाह पनि कङ्गाल बन्छन्।

स्लोगन:–
दृढताको शक्ति सदा साथमा छ भने सफलता गलाको हार हो।

अव्यक्त इसारा:– यस अव्य क्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

आफ्नो सङ्कल्पको तुफान वा कुनै पनि सम्बन्धद्वारा, प्रकृति वा समस्याहरूद्वारा तुफान वा विघ्न आउँछन् भने त्यसबाट मुक्ति पाउनको लागि योगयुक्त, युक्ति-युक्त बन। जबसम्म योगयुक्त हुँदैनौ तबसम्म विघ्नहरूले युक्त हुन्छौ।