26.07.26 Avyakt Bapdada Nepali Murli 02.02.2011 Om Shanti Madhuban
आफ्नो भाग्य र
प्राप्तिलाई स्मृतिमा राखेर सदा हर्षित एवम् सन्तुष्ट होऊ, दृष्टि, वृत्ति र
प्रवृत्तिद्वारा सन्तुष्टताको अनुभव गराऊ
आज बापदादा तिमी सबै
बच्चाहरूलाई देखेर खुसी भइरहनुभएको छ। हरेक बच्चा परमात्म प्यारद्वारा आइपुगेका छौ।
त्यसैले आज बापदादा हरेक बच्चाको मस्तकमा भाग्यका रेखाहरू देखिरहनुभएको छ। यस्तो
भाग्य र यति ठुलो भाग्य सारा कल्पमा कसैलाई प्राप्त हुँदैन किनकि तिमीलाई भाग्य दिने
स्वयं भाग्यदाता हुनुहुन्छ। हरेकको मस्तकमा पहिला त चम्किरहेको सिताराको भाग्य
चम्किरहेको छ। मुखमा मधुर वाणीको रेखा चम्किरहेको छ। ओठमा मधुर मुस्कानको रेखा
चम्किरहेको छ। दिलमा दिलाराम बाबासँग लवलीन स्थितिको रेखा चम्किरहेको छ। हातहरूमा
सर्व खजानाहरूको श्रेष्ठताको रेखा चम्किरहेको छ। पाउमा हरेक पाइलामा पदमको रेखा
चम्किरहेको छ। अब सोच यस्तो भाग्य अरू कसको भएको छ! त्यसैले तिम्रा यादगार
चित्रहरूको भाग्य पनि वर्णन भइरहन्छ। हरेक बच्चाको यो भाग्य स्वयं भाग्यविधाताले
बनाउनुभएको छ। बापदादाले हरेक बच्चाको भाग्य देखेर हरेक बच्चालाई बधाई दिइरहनुभएको
छ– वाह बच्चाहरू वाह! यो भाग्य यस सङ्गममा नै मिल्छ र सङ्गममा नै चल्छ। सङ्गमयुगको
सुख सबै युगहरूकोभन्दा श्रेष्ठ छ। सत्ययुगको भाग्य पनि सङ्गमको पुरुषार्थको
प्रारब्ध हो त्यसैले सङ्गमयुगको प्राप्ति सत्ययुगको प्रारब्धभन्दा पनि बढी छ। यस्तो
आफ्नो भाग्यमा डुब। जेसुकै भइरहोस्, आफ्नो भाग्य स्मृतिमा ल्यायौ भने के निस्कन्छ?
वाह मेरो भाग्य! किनकि स्वयं भाग्यविधाता तिम्रो पिता हुनुहुन्छ। त्यसैले
भाग्यविधाताद्वारा हरेकलाई आफ्नो भाग्य मिलेको छ। तिमीलाई थाहा छ– हामी यति
भाग्यवान् छौँ, कि कहिलेकाहीँ मात्र जान्दछौ, यसको नसा सदा रहन्छ? दुनियाँका
मानिसहरूले त तिमीलाई देखेर सोध्छन् तिमीलाई के मिलेको छ? तिमीहरूले के उत्तर दिन्छौ?
जे पाउनु थियो त्यो पायौँ। पाएका छौ, हात उठाऊ। पाएका छौ, अच्छा। पाएका छौ? नसाले
भन्छौ, कुनै अप्राप्त वस्तु नै छैन, छ नि शुद्ध नसा? त्यो प्राप्ति मिल्यो कसरी?
केवल बाबालाई चिन्यौ, मान्यौ, आफ्नो बनायौ अनि भाग्य मिल्यो। यस भाग्यलाई जति
स्मृतिमा ल्याइरहन्छौ त्यति हर्षित भइरहन्छौ। भाग्यवान् आत्माको अनुहार सदा हर्षित
हुन्छ। हुनेछ होइन हुन्छ। उनीहरूको दृष्टि, उनीहरूको वृत्ति र उनीहरूको प्रवृत्ति
सदा सन्तुष्ट आत्मा बनेर स्वयं पनि सन्तुष्ट रहन्छ र अरूलाई पनि सन्तुष्ट बनाउँछ।
त्यसोभए तिमीहरू सबैलाई सन्तुष्टताको नसा रहन्छ? किनकि सन्तुष्टताको आधार हो सर्व
प्राप्ति। अप्राप्ति असन्तुष्टताको आधार हो। त्यसोभए तिमीले के अनुभव गर्छौ?
अप्राप्त कुनै वस्तु छ कि सर्व प्राप्ति भएको छ? प्राप्तिको नसा छ? छ, सदा छ वा
कहिलेकाहीँ छ? हुन त यही भन्छौ पायौँ जे पाउनु थियो। जहाँ सर्व प्राप्ति छ त्यहाँ
असन्तुष्टताको नाम हुँदैन।
आज बापदादा
सोध्नुहुन्छ देशविदेश, कति देशहरूबाट सबै बच्चाहरू आएर जम्मा भएका छन् तर सबैभन्दा
टाढाबाट को आएका छौ? के अमेरिकाबाट आउनेहरू टाढाबाट आएका हौ? अमेरिकाबाट आउनेहरू
टाढाबाट आएका हौ नि! अनि बाबा कहाँबाट आउनुभएको छ? अमेरिका त यही लोकमा छ तर बापदादा
कहाँबाट आउनुभएको छ? परमधामबाट, ब्रह्माबाबा पनि सूक्ष्मवतनबाट आउनुभएको छ। त्यसोभए
को टाढाबाट आयो? सबैभन्दा टाढाबाट को आयो? यो हो बाबा र बच्चाहरूको प्यारको दृश्य।
तिमीले भन्यौ मेरो बाबा र बाबाले भन्नुभयो मेरा बच्चा। केवल एक बाबालाई चिनेपछि कति
वर्सा मिल्यो। दुनियाँका मानिसहरूले सुखशान्ति खोजिरहेका छन्– कहाँ शान्ति मिल्छ,
कहाँ सुख मिल्छ तर तिम्रो जीवन नै सुखशान्ति सम्पन्न भएको छ। बापदादालाई सोध्छौ नि–
बापदादा के चाहनुहुन्छ? बापदादा हरेक बच्चाबाट यही चाहनुहुन्छ– हरेक बच्चा सदा
स्वराज्य अधिकारी बनेर रहोस्। कहिलेकाहीँ होइन किनकि अहिलेको स्वराज्य अधिकारको
वरदान बाबाले पूरा यस सङ्गमयुगको लागि दिनुभएको छ, यो कम होइन, कहिलेकाहीँको होइन,
सदा। त्यसैले सोच सदाको लागि स्वराज्य अधिकारी बनेर रहन्छौ? किनकि बापदादाले
सुनाउनुभएको छ– तिमी यी सबै कर्मेन्द्रियहरूको, मन, बुद्धि, संस्कारका पनि मालिक
हौ। सबैको लागि मेरो शब्द भन्छौ, म भन्दैनौ, मेरो भन्छौ। त्यसैले मन, बुद्धि,
संस्कार मेरो हो भने मेरोमाथि सदा अधिकार हुन्छ। यसरी मन बुद्धि संस्कारमाथि पूरै
अधिकारी हौ, यसलाई भनिन्छ स्वराज्यधारी। जुन अर्डर गर्छौ त्यही अनुसार यी मन, बुद्धि,
संस्कारहरू कार्य गर्नको लागि निमित्त छन्। तर यसको लागि हिँड्दाडुल्दा कार्य गर्दा
मालिकपनको नसा हुनुपर्छ। निश्चय र नसा हुनुपर्छ।
अहिले त आत्माहरूले
मनसाद्वारा पनि सेवा गर्ने समय हो। दुनियाँमा आत्माहरू कराइरहन्छन्, हे पूर्वजहरू
हामीलाई अलिकति सुखशान्तिको किरण दिनुहोस्! त्यसैले हे पूर्वज आत्माहरू दुःखीहरूको
पुकार सुनिन्छ नि! बापदादाले इसारा दिनुभएको छ– कुनै पनि विपत्ति अचानक आउनेछ, यसको
लागि सेकेन्डमा फुलस्टप लगाऊ। यो अभ्यास पनि गरिरहेका छौ किनकि त्यस समयमा
पुरुषार्थको लागि अभ्यास गर्ने समय हुँदैन, लगाउँछौ फुलस्टप र लाग्छ आश्चर्यको
मात्रा, त्यसैले अहिले तिमीहरूलाई पुरुषार्थको समय मिलेको छ। यो समय प्राक्टिकलमा
अभ्यास गर्ने समय हो, त्यसैले अहिलेदेखि यो अभ्यास गरिरहेका पनि छौ, बापदादाले
रिजल्ट हेर्नुहुन्छ, तिम्रो अटेन्सन छ, गरिरहेका पनि छौ तर अझै अटेन्सनलाई
अन्डरलाइन गर। हेर पुरुषार्थ कति सहज छ, म पनि बिन्दु, लगाउने पनि बिन्दु हो, केवल
अटेन्सन दिनु छ।
बापदादाले
बच्चाहरूलाई विशेष सौगात दिनुहुन्छ– प्यारा बच्चाहरू म सदा तिम्रो साथमा छु। बाबा
भन्यौ र बच्चाहरूको लागि बाबा सदा हाजिर हुनुहुन्छ। जुन भनिएको छ हजुर हाजिर (सदा
उपस्थित) हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्न तर बच्चाहरूको अगाडि हजुर हाजिर
हुनुहुन्छ। त्यसैले सदा विजयी बन्नुछ, जहाँ भगवान् साथमा हुनुहुन्छ त्यहाँ विजयी
बन्न के मुस्किल हुन्छ र! विजय तिम्रो जन्मसिद्ध अधिकार हो। केवल मेरो बाबा भन्यौ
भने विजयी भइ नै हाल्छौ, त्यसैले जो यादमा रहन्छ उसको लागि सदा विजयी बन्न अति सहज
छ। मुस्किल छैन। जहाँ भगवान् हुनुहुन्छ त्यहाँ विजय भइ नै हाल्छ। त्यसैले आज बापदादा
सबै बच्चाहरूलाई देखेर खुसी भइरहनुभएको छ– कति स्नेहले, कुन साधनबाट आएका हौ?
ट्रेनमा वा प्लेनमा, त्यो त शरीरद्वारा आइपुगेका हौ तर तिमीहरूलाई त दिलबाट प्यारले
यहाँ ल्याएको हो। हिम्मत तिम्रो भयो भने मद्दत बाबाको भइ नै हाल्छ। अब बापदादा यही
चाहनुहुन्छ– हरेक बच्चा हरेक कर्ममा आफ्नो स्वराज्यको सिटमा स्थित रहोस्। अच्छा।
आज पहिलो पटक को आएका
छौ, तिमीहरूले हात उठाऊ। खडा होऊ। धेरै छौ। अच्छा, जसरी पहिलो पटक आएका छौ त्यसरी
नै पहिलो नम्बरमा जानु छ नि! जानु छ? बाबाको वरदान छ– जसले हिम्मत राख्छ उसलाई
बाबाको मद्दत पनि मिल्छ र हिम्मतले जतिसुकै पनि अगाडि बढ्न चाहन्छौ त्यसको चान्स छ
किनकि टु लेटको बोर्ड लागेको छैन। यादमा रहनुछ र जे प्राप्त भएको छ त्यसबाट अरूको
सेवा गर। जति सेवा गर्छौ त्यति आशीर्वाद मिल्छ र त्यो आशीर्बादले तिमीलाई अगाडि
बढाइरहन्छ। सन्देश दिँदै जाऊ बाँकी हरेकको तकदिरमा जे छ त्यो हुन्छ। तर तिमीले
सन्देश देऊ। आफ्नो पुण्य जम्मा गरिराख। पुण्यले तिमीलाई अगाडि बढाइरहन्छ। अच्छा।
बापदादाले अमृतवेला
सबैतिर चक्कर लगाउनुहुन्छ, उहाँको लागि चक्कर लगाउनु के ठुलो कुरा हो र। बापदादाले
यो पनि भनिदिनुभएको छ– सवेरै चार बजेको मिलनको विशेषता यो पनि हो कि ४ बजे बापदादाले
सबै बच्चाहरूलाई सहजै वरदान दिनुहुन्छ। वरदान दाताको विशेष पार्ट अमृतवेला हुन्छ।
जुनसुकै पनि वरदान चाहिन्छ त्यो बापदादाले दिनुहुन्छ। ट्रायल गरेर हेर। तर तिमीहरू
सबै पनि वरदान लिनको लागि अलर्ट रहनुछ। यदि अलर्ट रहेनौ भने बापदादा चक्कर लगाएर
जानुहुन्छ र तिमीले सोचि मात्रै रहन्छौ, तिमी बच्चाहरूले अमृतवेलालाई महत्त्व त
दिन्छौ तर अझै अटेन्सन दिनुछ। बापदादाले देख्नुभएको छ– समय अनुसार सेवा पनि बढिरहेको
छ र सेवाको कारण बाबाबाट वरदान लिनमा त्यसबाट टाढा रहन सक्दैनौ। डबल विदेशीहरू
धेरैजसोले पुरुषार्थ पनि गर्छन् तैपनि अटेन्सनलाई अन्डरलाइन गर्नुछ। मधुबनमा जसरी
पनि आइपुग्छौ बापदादाले त्यसको लागि सबै बच्चाहरूलाई विशेष बधाई दिइरहनुभएको छ।
बापदादाले सुन्नुभयो– जुन बापदादाले संस्कारमाथि इसारा दिनुभएको छ, त्यसमाथि
सम्झन्छन्– हामीले गर्नु नै छ र गर्नको लागि दिनहुँ अमृतवेला जसरी स्वमान लिन्छौ
त्यसको साथसाथै भिन्न भिन्न प्रकारले कुनै एक संस्कारमाथि अटेन्सन देऊ, आजको दिन यस
संस्कारमाथि विशेष अटेन्सन दिनुछ र फेरि राति बापदादालाई आफ्नो सारा दिनको चार्ट
दिने समयमा त्यस संस्कारको विशेष रिजल्ट पनि सुनाऊ अनि विशेष अटेन्सन हुन्छ। कुनै न
कुनै संस्कारमाथि अटेन्सन राख्नु छ। जसरी योगको बारेमा चेक गर्छौ त्यसरी नै
संस्कारको लागि पनि चेक गर। मानौँ तिमीले चाहन्छौ तर त्यस दिन तिम्रो सामुन्ने कुनै
संस्कार मेटाउने कार्य गर्नुपर्ने भएन भने, आफूले आफैलाई बाबाको बधाई दिनु र दिनहुँ
यसरी बाबाको बधाई विशेष यस संस्कारप्रति लिँदै जानु अनि संस्कार कार्यमा आउनमा कमी
हुँदै जान्छ। जसरी योगको बारेमा चेक गर्छौ त्यसरी नै संस्कारको लागि पनि चेक गर।
संस्कार दिनहुँ आउँदैन, कहिलेकाहीँ आउँछ, जो पुरुषार्थी छन् उनीहरूलाई संयोगवश पेपर
आउँछ, बाँकी दिनहुँ आउँदैन। तर चेकिङ दिनहुँ भयो भने यो अटेन्सनले पनि टेन्सनलाई
खतम गर्दैजान्छ किनकि बापदादाले देख्नुभएको छ विदेशबाट आउनेहरूमध्ये कुनै कुनै
बच्चाहरूले कुनै पनि कार्य सुरु गर्दा अटेन्सन दिन्छन्। त्यसैले अटेन्सन दिनेहरूले
नै मुक्ति प्राप्त गर्न सक्छन्। बाबाको पनि वरदान छ। बुझ्यौ। अहिले यसको पछाडि
लाग्छौ नि, दिनहुँ रिजल्ट चेक गर्छौ नि, त्यसपछि संस्कार स्वयं नै कमजोर हुन्छ। जुन
बापदादा चाहनुहुन्छ– संस्कारको विषयमा नम्बरवन होऊ, जुन संस्कार चाहन्छौ त्यही
कार्यमा लागोस्। त्यस्तै हुन्छ। अटेन्सनमा आएको छ नि त्यसैले हुन्छ। तर यत्तिकै
हुँदैन, अटेन्सन दिनुपर्छ। सङ्गठनमा नै यी संस्कार निस्कन्छन्, किन? तिम्रा
चित्रहरूमा जसले पूजा गर्छन् उनीहरूले तिम्रा संस्कारको कति राम्ररी गायन गर्छन्।
तिमी त्यस्ता बनेका छौ त्यसैले त वर्णन गर्छन्। आफ्नो देवताको चित्र इमर्ज गर के
गायन गर्छन्? यस्तो देवता त बन्नु नै छ नि! अच्छा।
बाँकी सबै डबल
विदेशीहरूले पुरुषार्थमा सफलताको अनुभव गरिरहेका छौ नि! गरेका छौ? हात उठाऊ जसले
सफलता अनुभव गर्छौ। वाह! हात त राम्रो उठाइरहेका छौ। त्यसैले लक्ष्य राख्छौ अब यसको
पछाडि अटेन्सन दिनु नै छ। यसमा पनि नम्बर लिनु नै छ। अनि तिमीलाई देखेर अरूलाई पनि
उमङ्ग आउँछ किनकि तिमी निमित्त हौ नि! निमित्त बन्नेहरूलाई बापदादाको विशेष मद्दत
पनि मिल्छ। बाँकी बाबा खुसी हुनुहुन्छ– सेन्टरहरू वृद्धि भइरहन्छन्। पुरुषार्थतिर
अटेन्सन छ तर अब परिवर्तनको निमित्त बन्ने कार्य गर अनि तिमीलाई देखेर अरूलाई पनि
परिवर्तन शक्तिको उमङ्ग आउँछ। बाँकी बापदादा खुसी हुनुहुन्छ– पुरुषार्थमा नम्बरवार
त हुन्छन् नै, त्यो त बुझिएको छ तर पुरुषार्थतिर अटेन्सन छ, अझै बढाउनु छ। बाँकी
बापदादाको त दिनहुँ याद-प्यार मिलिरहन्छ। हेर, घरमै बसेर पनि बापदादाको याद-प्यार
एक दिन पनि मिस हुँदैन, दिनहुँ विधिपूर्वक मुरली पढ्यौ भने मात्र। एक दिन पनि
याद-प्यार मिस गर्दैनौ। बाबाको याद प्यार मिल्छ नि! मिल्छ? दिनहुँ याद-प्यार मिल्छ।
सबैलाई मिल्छ नि? यो हो बापदादाको प्यारको निसानी। मुरली मिस भयो भने याद-प्यार पनि
मिस हुन्छ। केवल मुरली मिस गरेनौ तर बापदादाको याद-प्यार, वरदान सबै मिस गर्छौ।
मुरली त पढिहाल्छौ तर जुन समय फिक्स छ बापदादाको याद-प्यार लिने, त्यो त मिस भयो
नि! त्यसैले उमङ्ग छ यसमा बापदादा खुसी पनि हुनुहुन्छ। अच्छा, कोही मुरली मिस
गर्नेहरू छौ? डबल फरेनरहरूमा छौ। एक जनाले हात उठाएका छन्। अब मिस नगर्नु, मुरली
मिस नगर्नु। चाहे फोनद्वारा सुन। पढ्न सक्दैनौ भने जसरी पनि अवश्य सुन। हाजिरी
अवश्य लगाऊ। अच्छा।
बाँकी जति पनि सभामा
आएका छौ, नयाँ पनि छौ पुराना पनि छौ त्यसैले यो पक्का पक्का पक्का नोट गर मुरली मिस
गर्नुछैन किनकि बाबा दिनहुँ परमधामबाट आउनुहुन्छ, कति टाढाबाट आउनुहुन्छ, बच्चाहरूको
लागि आउनुहुन्छ नि! जसरी बाबाले मुरली मिस गर्नुहुन्न, त्यसरी नै बच्चाहरूले पनि
मुरली मिस गर्नुछैन। अच्छा। अहिले जो मधुबनमा आउँछन् नि, जसरी फाराम भर्छन्, त्यसमा
यो पनि लेख– मुरली दिनहुँ सुन्यौ वा कति दिन मिस गरेका छौ? मन्जुर छ? जसलाई मन्जुर
छ तिमीहरूले हात उठाऊ। मधुबन निवासीहरूले पनि हात उठाऊ। कुनै पनि कारणले मुरली मिस
गर्नुछैन। जसरी ब्रह्माभोजन मिस गर्दैनौ भने यो पनि भोजन हो नि। त्यो शरीरको भोजन,
यो हो आत्माको भोजन। राम्रो लाग्यो। जति पनि नयाँ आत्माहरू आएका छौ, तिमीहरूलाई आउन
त मिलेको छ नि! तिमीहरूले पनि यो नियम पालन गर्नुपर्छ। जसरी अरू नियम हुन्छन् त्यसरी
नै यो पनि नियम हो। ब्राह्मण अर्थात् मुरली सुन्ने, सेवा गर्ने। अच्छा।
अहिले सबैतिरका
बच्चाहरूलाई बापदादाले याद-प्यारको साथै बधाई पनि दिइरहनुभएको छ। सदा उमङ्ग-उत्साहमा
अगाडि बढिरहेका पनि छौ र बढिरहनुछ। कहिल्यै आफ्नो उमङ्ग-उत्साह कुनै पनि कारणले,
कुनै पनि कुराले नघटाउनु। कुरा, कुरा भइहाल्छ तर पुरुषार्थ र बाबाको प्यार त्यो
आफ्नो हो त्यसैले कहिल्यै पनि आफ्नो बुद्धिलाई बाबा बाहेक अरू कुनै कुराहरूमा बिजी
नगर्नु। बाबा र बाबाको मुरली र बाबाद्वारा जुन सेवा मिलेको छ त्यो सेवा गरिरहनुछ।
अच्छा। अहिले के भनौँ, साथमै त रहनु छ नि! त्यसोभए बिदा लिन्छौँ, यो पनि भन्न
सक्दैनौँ। साथै रहन्छौँ, साथै जान्छौँ र साथै आउँछौँ। अच्छा। अहिले समाप्ति।
वरदान:–
शक्ति रूपको
स्मृतिद्वारा पतित संस्कारहरूको नाश गर्ने काली रूप भव
सदा आफ्नो यो स्वरूप
स्मृतिमा रहोस्– म सर्व शस्त्रधारी शक्ति हुँ, म पतितपावनीमाथि कुनै पतित आत्माको
नजरको छाया पनि पर्न सक्दैन। पतित आत्माको पतित सङ्कल्प पनि चल्न नसकोस्– यसरी आफ्नो
ब्रेक पावरफुल हुनुपर्छ। कुनै पतित आत्माको प्रभाव पर्छ भने– यसको अर्थ हो तिमी
प्रभावशाली छैनौ। जो स्वयं संहारकर्ता हुन्छन् उनीहरू कहिल्यै कसैको सिकार बन्न
सक्दैनन्। त्यसैले यस्तो काली रूप बन जसले गर्दा कसैले पनि तिम्रो सामुन्ने यस्तो
सङ्कल्प पनि गर्छ भने पनि उसको सङ्कल्प मूर्छित हुन्छ।
स्लोगन:–
रोयल रूपको
इच्छाको स्वरूप नाम, मान र सान हो।
अव्यक्त इसारा :–
ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर
सारथी अर्थात्
आत्म-अभिमानी किनकि आत्मा नै सारथी हो। ब्रह्माबाबाले यस विधिबाट नम्बरवनको सिद्धि
प्राप्त गर्नुभयो। त्यसैले फलो फादर गर। जसरी बाबाले देहलाई अधीन गरेर प्रवेश
हुनुहुन्छ अर्थात् सारथी बन्नुहुन्छ देहको अधीन हुनुहुन्न, त्यसैले न्यारा र प्यारा
हुनुहुन्छ। त्यसरी नै तिमी सबै ब्राह्मण आत्माहरू पनि बाबासमान सारथीको स्थितिमा
स्थित होऊ। सारथीले स्वतः नै साक्षी भएर जेसुकै पनि गर्छन्, देख्छन्, सुन्छन् र
सबैथोक गर्दा पनि मायाको लेपछेपबाट निर्लेप रहन्छन्।