26.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– ज्ञान
सागर बाबा आउनुभएको छ ज्ञान वर्षा गरेर यो धरतीलाई हरियाली बनाउन , अहिले स्वर्गको
स्थापना भइरहेको छ , त्यसमा चल्नको लागि दैवी सम्प्रदायको बन्नु छ।”
प्रश्न:–
सर्वोत्तम
कुलका बच्चाहरूको मुख्य कर्तव्य के हो?
उत्तर:–
सदैव उच्च
रुहानी सेवा गर्नु। यहाँ बसेर वा हिँड्दा-डुल्दा सारा विश्वलाई पावन बनाउनु,
श्रीमतमा बाबाको मददगार बन्नु– यही सर्वोत्तम ब्राह्मणहरूको कर्तव्य हो।
गीत:–
जो पिया के
साथ है...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूप्रति रुहानी बाबाले सम्झाइरहनुभएको छ जो रुहानी बाबाको साथमा छन्
किनकि बाबा ज्ञानको सागर हुनुहुन्छ। कुन बाबा? शिवबाबा। ब्रह्मा बाबालाई ज्ञानको
सागर भनिँदैन। शिवबाबा जसलाई नै परमपिता परमात्मा भनिन्छ। एक हुनुहुन्छ लौकिक
जिस्मानी पिता, अर्को हुनुहुन्छ पारलौकिक रुहानी पिता। उहाँ शरीरका पिता, उहाँ
आत्माहरूका पिता। यी धेरै राम्रोसँग बुझ्ने कुरा हुन् र यो ज्ञान सुनाउनेवाला
हुनुहुन्छ ज्ञान सागर। जस्तै भगवान सबैका एक हुनुहुन्छ, त्यसैगरी ज्ञान पनि एकले
दिन सक्नुहुन्छ। बाँकी जो शास्त्र गीता आदि पढ्छन्, भक्ति गर्छन् त्यो कुनै ज्ञान
होइन, उनीहरूबाट ज्ञान वर्षा हुँदैन, त्यसैले भारतवर्ष बिल्कुलै सुकेको छ। कङ्गाल
भएको छ। त्यो वर्षा पनि पर्दैन भने जमिन आदि सबै सुक्छ। त्यो हो भक्तिमार्ग।
त्यसलाई ज्ञानमार्ग भनिँदैन। ज्ञानबाट स्वर्गको स्थापना हुन्छ। त्यहाँ सधैं धरती
हरियाली रहन्छ, कहिल्यै सुक्दैन। यो हो ज्ञानको पढाइ। ईश्वर बाबाले ज्ञान दिएर दैवी
सम्प्रदायको बनाउनुहुन्छ। बाबाले सम्झाउनुभएको छ– म तिमी सबै आत्माहरूको पिता हुँ।
तर मलाई र मेरो कर्तव्यलाई नजान्नाले नै मानिसहरू यति पतित दु:खी अनाथ बनेका छन्।
आपसमा लडिरहन्छन्। घरमा पिता हुँदैनन्, बच्चाहरू लड्छन् भने भनिन्छ नि– तिम्रो पिता
छ कि छैन? यस समय पनि सारा दुनियाँले बाबालाई चिन्दैन। नजान्नाले यति दुर्गति भएको
छ। जान्नाले सद्गति हुन्छ। सर्वका सद्गति दाता एक हुनुहुन्छ। उहाँलाई बाबा भनिन्छ।
उहाँको नाम शिव नै हो। उहाँको नाम कहिल्यै बदलिँदैन। जब संन्यास लिन्छन् तब नाम
बदल्छन् नि। विवाहमा पनि कुमारीको नाम बदल्छन्। यो यहाँ भारतवर्षमा रिवाज छ। बाहिर
यस्तो हुँदैन। यी शिवबाबा सबैका माता-पिता हुनुहुन्छ। गाउँछन् पनि– तिमी माता पिता...।
भारतवर्षमा नै पुकार्छन्– हजुरको कृपाले सुख अपार। यस्तो होइन– भक्तिमार्गमा भगवानले
कृपा गर्दै आउनुभएको छ। होइन, भक्तिमा धेरै सुख हुँदै हुँदैन। बच्चाहरूलाई थाहा छ–
स्वर्गमा धेरै सुख हुन्छ। त्यो नयाँ दुनियाँ हो। पुरानो दुनियाँमा दु:ख नै हुन्छ।
जो जीवन छँदै राम्रोसँग मरेका छन् उनीहरूको नाम बदल्न सकिन्छ। तर मायाले जित्छ अनि
ब्राह्मणबाट बदलिएर शूद्र बन्छन् त्यसैले बाबाले नाम राख्नुहुन्न। ब्राह्मणहरूको
माला त हुँदैन। तिमी बच्चाहरू सर्वोत्तम उच्च कुलका हौ। उच्च रुहानी सेवा गर्छौ। यहाँ
बसेर वा हिँड्दा-डुल्दा तिमी सारा विश्वको सेवा गर्छौ। विश्वलाई तिमी पवित्र बनाउँछौ।
तिमी हौ बाबाका मददगार। बाबाको श्रीमतमा चलेर तिमी मद्दत गर्छौ। यो भारतवर्ष नै
पावन बन्नु छ। तिमीले भन्छौ– हामी कल्प-कल्प यो भारतवर्षलाई पवित्र बनाएर पवित्र
भारतवर्षमाथि राज्य गर्छौं। ब्राह्मणबाट फेरि हामी भविष्य देवी-देवता बन्छौं। विराट
रूपको चित्र पनि छ। प्रजापिता ब्रह्माका बच्चाहरू ब्राह्मण नै ठहरिए। ब्राह्मण तब
हुन्छन् जब प्रजापिता सम्मुख हुनुहुन्छ। अहिले तिमी सम्मुख छौ। तिमी हरेकले आफूलाई
प्रजापिता ब्रह्माको सन्तान सम्झन्छौ। यो युक्ति हो। सन्तान सम्झनाले भाइ-बहिनी
भइन्छ। भाइ-बहिनीको कहिल्यै क्रिमिनल आँखा हुनु हुँदैन। अहिले बाबाले अध्यादेश
निकाल्नुहुन्छ– तिमी ६३ जन्म पतित रह्यौ, अब पावन दुनियाँ स्वर्गमा चल्न चाहन्छौ भने
पवित्र बन। त्यहाँ पतित आत्मा जान सक्दैन त्यसैले नै म बेहदका बाबालाई तिमी बोलाउँछौ।
यो आत्मा शरीरद्वारा कुरा गर्छ। शिवबाबा पनि भन्नुहुन्छ– म यो शरीरद्वारा कुरा गर्छु।
नत्र म कसरी आउँछु? मेरो जन्म दिव्य छ। सत्ययुगमा हुन्छन् दैवीगुण भएका देवताहरू।
यस समय छन् आसुरी गुण भएका मानिसहरू। यहाँका मानिसहरूलाई देवता भनिँदैन। फेरि हुन त
जो कोही होस् नाम त धेरै ठुला-ठुला राखिदिन्छन्। साधुले आफूलाई श्री श्री भन्छन् र
मानिसहरूलाई श्री भन्छन् किनकि आफू पवित्र छन् त्यसैले श्री श्री भन्छन्। हुन् त
मानिस। विकारमा त जाँदैनन् तर विकारी दुनियाँमा त छन् नि। तिमी भविष्यमा निर्विकारी
दैवी दुनियाँमा राज्य गर्नेछौ। हुनेछन् त्यहाँ पनि मानिस तर दैवी गुण भएका हुनेछन्।
यस समय मानिसहरू आसुरी गुण भएका पतित छन्। गुरु नानकले पनि भनेका छन्– गन्दा कपडा
धुनुभयो...। गुरु नानकले पनि बाबाको महिमा गर्छन्।
अब बाबा आउनुभएको छ
स्थापना र विनाश गर्न। अरू जो पनि धर्म स्थापक छन् उनीहरू केवल धर्म स्थापना गर्छन्
र अरू धर्महरूको विनाश गर्दैनन्, उनीहरूको त वृद्धि भइरहन्छ। अहिले बाबाले
वृद्धिलाई बन्द गर्नुहुन्छ। एक धर्मको स्थापना र अनेक धर्महरूको विनाश
गराइदिनुहुन्छ। ड्रामाअनुसार यो हुनै छ। बाबा भन्नुहुन्छ– म आदि सनातन देवी-देवता
धर्मको स्थापना गराउँछु, जसको लागि तिमीलाई पढाइरहेको छु। सत्ययुगमा अनेक धर्म हुँदै
हुँदैनन्। ड्रामामा यी सबैको फर्किने निश्चित छ। यो विनाशलाई कसैले टार्न सक्दैन।
विश्वमा शान्ति तब हुन्छ जब विनाश हुन्छ। यो लडाइँद्वारा नै स्वर्गका गेट खुल्छन्।
यो पनि तिमीले लेख्न सक्छौ– यो महाभारी लडाइँ कल्प पहिला पनि लागेको थियो। तिमीले
प्रदर्शनीको उद्घाटन गराउँछौ भने यो लेख। बाबा परमधामबाट आउनुभएको छ– हेभनको
उद्घाटन गर्न। बाबा भन्नुहुन्छ– म हेभनली गड फादर हेभनको उद्घाटन गर्न आएको छु।
बच्चाहरूको नै मद्दत लिन्छु, स्वर्गवासी बनाउनको लागि। नत्र यति सबै आत्माहरूलाई
पावन कसले बनाउँछ। धेरै आत्माहरू छन्। घर-घरमा तिमी यो सम्झाउन सक्छौ। यहाँ हामी
सतोप्रधान थियौँ फेरि ८४ जन्मपछि तमोप्रधान बन्यौँ। अब फेरि सतोप्रधान बन। मनमनाभव।
यस्तो नभन– हामी शास्त्रहरूलाई मान्दैनौं। भन, शास्त्रहरूलाई र भक्तिमार्गलाई त हामी
मान्थ्यौं तर अहिले यो भक्तिमार्गको रात पूरा हुन्छ। ज्ञानबाट दिन सुरु हुन्छ। बाबा
आउनुभएको छ सद्गति गर्न। सम्झाउने धेरै युक्ति चाहिन्छ। कसैले राम्रोसँग धारणा
गर्छन्, कसैले कम गर्छन्। प्रदर्शनीमा पनि जो राम्रा-राम्रा बच्चाहरू छन्– उनीहरूले
राम्रो सम्झाउँछन्। जस्तै बाबा टिचर हुनुहुन्छ भने बच्चाहरू पनि टिचर बन्नुपर्छ।
गायन पनि छ– सद्गुरुले तार्नुहुन्छ, बाबालाई भनिन्छ सचखण्डको स्थापना गर्नेवाला
सच्चा बाबा। झुटखण्ड स्थापना गर्नेवाला हो रावण। अब जब कि सद्गति गर्नेवाला मिलेको
छ भने फेरि हामी भक्ति कसरी गर्नेछौं? भक्ति सिकाउनेवाला छन् अनेक गुरुहरू। सद्गुरु
त एकै हुनुहुन्छ। भनिन्छ पनि– सद्गुरु अकाल...। फेरि पनि अनेक गुरु बनिरहन्छन्।
संन्यासी, उदासी धेरै प्रकारका गुरुहरू हुन्छन्। सिक्खहरू स्वयं भन्छन्– सद्गुरु
अकाल... अर्थात् जसलाई कालले खाँदैन। मानिसलाई त कालले खान्छ। बाबा सम्झाउनुहुन्छ–
मनमनाभव। उनीहरूको फेरि छ– साहेबलाई जपेमा सुख मिल्छ...। मुख्य दुई अक्षर छन्। बाबा
भन्नुहुन्छ– मलाई याद गर– जप साहेबलाई। साहेब त एक हुनुहुन्छ। गुरुनानकले पनि उहाँको
लागि इसारा गरेका छन्– उहाँलाई जप। वास्तवमा तिमीले जप्नु छैन, याद गर्नु छ। यो हो
अजपाजाप। मुखबाट केही नबोल। शिव-शिव पनि भन्नु छैन। तिमीलाई त जानु छ शान्तिधाम। अब
बाबालाई याद गर। अजपाजाप पनि एउटै हुन्छ जुन बाबाले सिकाउनुहुन्छ। उनीहरू कति घण्टा
बजाउँछन्, आवाज गर्छन्, महिमा गर्छन्। भन्छन्– अचतम् केशवम्...। तर एउटा पनि
अक्षरलाई बुझ्दैनन्। सुख दिनेवाला त एकै बाबा हुनुहुन्छ। व्यास पनि उहाँलाई नै
भनिन्छ। उहाँमा नलेज छ जुन दिनुहुन्छ। सुख पनि उहाँले नै दिनुहुन्छ। तिमी बच्चाहरूले
बुझेका छौ– अब हाम्रो चढ्ती कला हुन्छ। सिँढीमा कलाहरूलाई पनि देखाइएको छ। यस समय
कुनै कला छैन। मैं निर्गुण हारे में...। एक निर्गुण संस्था पनि छ। अब बाबा
भन्नुहुन्छ– बालक त महात्मा जस्तै हुन्छ। उनमा कुनै अवगुण छैन। उनको फेरि नाम
राखिदिन्छन् निर्गुण बालक। यदि बालकमा गुण छैन भने पितामा पनि छैन। सबैमा अवगुण छन्।
गुणवान केवल देवताहरू बन्छन्। नम्बर वन अवगुण हो जो बाबालाई चिन्दैनन्। दोस्रो
अवगुण हो जो विषय सागरमा गोता खान्छन्। बाबा भन्नुहुन्छ– आधाकल्प तिमीले गोता खायौ।
अब म ज्ञान सागर तिमीलाई क्षीरसागरमा लैजान्छु। म त क्षीरसागरमा जानको लागि तिमीलाई
शिक्षा दिन्छु। म यिनको छेउमा आएर बस्छु, जहाँ आत्मा रहन्छ। म स्वतन्त्र छु। जहाँ
पनि जान-आउन सक्छु। तिमी पितृहरूलाई खुवाउँछौ भने आत्मालाई खुवाउँछौ नि। शरीर त
भस्म हुन्छ। उनीहरूलाई देख्न पनि सक्दैनौ। बुझ्छौ– फलानोको आत्माको श्राद्ध हो।
आत्मालाई बोलाइन्छ– यो पनि ड्रामामा पार्ट छ। कहिले आउँछ, कहिले आउँदैन पनि। कसैले
बताउँछन्, कसैले बताउँदैनन् पनि। यहाँ पनि आत्मालाई बोलाउँछन्, आएर बोल्छ। तर यसरी
बताउँदैन– फलानो ठाउँमा जन्म लिएको छु। केवल यति भन्छ– म धेरै सुखी छु, राम्रो घरमा
जन्म लिएको छु। राम्रो ज्ञान भएका बच्चाहरू राम्रो घरमा जानेछन्। कम ज्ञान भएकाले
कम पद पाउनेछन्। बाँकी सुख त हुन्छ। राजा बन्नु राम्रो हो कि दासी बन्नु राम्रो?
राजा बन्नु छ भने यो पढाइमा लाग। दुनियाँ त धेरै गन्दा छ। दुनियाँको सङ्गलाई कुसङ्ग
भनिन्छ। एक सतको सङ्गले नै पार गर्छ, बाँकी सबैले डुबाउँछन्। बाबाले त सबैको
जन्मपत्री जान्नुहुन्छ नि। यो पापको दुनियाँ हो, तब त पुकार्छन्– अरू कतै लैजानुहोस्।
अब बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू, मेरो बनेर फेरि मेरो मतमा चल। यो धेरै
गन्दा दुनियाँ हो। भ्रष्टाचार छ। लाखौं-करोडौं रुपैयाँको ठगी हुन्छ। अब बाबा
आउनुभएको छ बच्चाहरूलाई स्वर्गको मालिक बनाउन त्यसैले अथाह खुसी हुनुपर्छ नि।
वास्तवमा यो हो सच्चा गीता। फेरि यो ज्ञान प्राय: लोप हुनेछ। अहिले तिमीलाई यो
ज्ञान छ फेरि अर्को जन्म लिन्छौ तब ज्ञान खत्तम। फेरि छ प्रारब्ध। तिमीलाई
पुरुषोत्तम बनाउनको लागि बाबाले पढाउनुहुन्छ। अहिले तिमीले बाबालाई चिनेका छौ। अब
अमरनाथको यात्रा हुन्छ। भन, जसलाई सूक्ष्मवतनमा देखाउँछौ उनी फेरि स्थूल वतनमा
कहाँबाट आए? पहाड आदि त यहाँ छन् नि। त्यहाँ पतित कसरी हुन सक्छन्? जो पार्वतीलाई
ज्ञान दिन्छन्। बरफको लिङ्ग बसेर हातले बनाउँछन्। त्यो त जहाँ पनि बनाउन सक्छन्।
मानिसहरू कति धक्का खान्छन्। बुझ्दैनन्– शङ्करको पासमा पार्वती कहाँबाट आइन् जो
उनलाई पावन बनाउनेछन्। शङ्कर कुनै परमात्मा होइनन्, उनी पनि देवता हुन्।
मानिसहरूलाई कति सम्झाइन्छ फेरि पनि बुझ्दैनन्। पारसबुद्धि बन्न सक्दैनन्।
प्रदर्शनीमा कति आउँछन्। भन्छन्– नलेज त धेरै राम्रो छ। सबैले लिनुपर्छ। अरे तिमी त
लेऊ। भन्छन्– हामीलाई फुर्सद छैन। प्रदर्शनीमा यो पनि लेख्नुपर्छ– यो लडाइँभन्दा
पहिला बाबाले स्वर्गको उद्घाटन गरिरहनुभएको छ। विनाशपछि स्वर्गका द्वार खुल्नेछन्।
बाबाले भन्नुभएको थियो, हरेक चित्रमा लेख– पारलौकिक परमपिता परमात्मा त्रिमूर्ति
शिव भगवानुवाच। त्रिमूर्ति नलेख्नाले भन्नेछन्– शिव त निराकार हुनुहुन्छ, उहाँले
कसरी ज्ञान दिनुहुन्छ? सम्झाइन्छ– यिनै पहिला गोरो थिए, श्रीकृष्ण थिए फेरि अब कालो
मनुष्य बनेका छन्। अब तिमीलाई मनुष्यबाट देवता बनाउँछन्। फेरि हिस्ट्री रिपिट हुनु
छ। गायन पनि छ– मनुष्यबाट देवता गरे...। फेरि सिँढी ओर्लेर मनुष्य बन्छन्। फेरि बाबा
आएर देवता बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मलाई आउनुपर्छ। कल्प-कल्प, कल्पको
सङ्गमयुगमा आउँछु। युगे-युगे भन्नु गलत हो। म सङ्गमयुगमा आएर तिमीलाई पुण्य आत्मा
बनाउँछु। फेरि रावणले तिमीलाई पाप आत्मा बनाउँछन्। बाबाले नै पुरानो दुनियाँलाई नयाँ
दुनियाँ बनाउनुहुन्छ। यी बुझ्ने कुरा हुन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबा समान टिचर बन्नु छ, धेरै युक्तिले सबैलाई यस झुटखण्डबाट निकालेर सचखण्डमा
चल्न लायक बनाउनु छ।
२) दुनियाँको सङ्ग
कुसङ्ग हो, त्यसैले कुसङ्गबाट किनारा गरेर एक सत्यको सङ्ग गर्नु छ। उच्च पदको लागि
यस पढाइमा लाग्नु छ। एक बाबाको मतमा नै चल्नु छ।
वरदान:–
आफ्नो सबै कुरा
सेवामा अर्पित गर्ने गुप्त दानी पुण्य आत्मा भव
जे-जति सेवा गर्छौ
त्यसलाई विश्व कल्याणको लागि अर्पित गर्दै जाऊ। जस्तै भक्तिमा जो गुप्त दानी पुण्य
आत्माहरू हुन्छन् उनीहरूले यही सङ्कल्प गर्छन्– सर्वको भलो होस्। यस्तै तिम्रो हरेक
सङ्कल्प सेवामा अर्पित होस्। कहिल्यै आफ्नोपनको कामना नराख। सर्वप्रति सेवा गर। जुन
सेवा विघ्न रूप बन्छ त्यसलाई सच्चा सेवा भनिँदैन त्यसैले आफ्नोपन छोडेर गुप्त र
सच्चा सेवाधारी बनेर सेवाबाट विश्व कल्याण गर्दै जाऊ।
स्लोगन:–
हरेक कुरा
प्रभु अर्पण गरिदियौ भने आउने मुस्किलहरू सहज अनुभव हुनेछन्।
अव्यक्त इसारा:–
सहजयोगी बन्नु छ भने परमात्म प्यारको अनुभवी बन
आदिकाल, अमृतवेला
आफ्नो दिलमा परमात्म प्यारलाई सम्पूर्ण रूपले धारण गर। यदि दिलमा परमात्म प्यार,
परमात्म शक्तिहरू, परमात्म ज्ञान फुल छ भने कहिल्यै अरू कुनैतिर लगाव वा स्नेह जान
सक्दैन। बाबासँग सच्चा प्यार छ भने प्यारको निसानी हो– समान, कर्मातित। ‘करावनहार’
भएर कर्म गर, गराऊ। कहिल्यै पनि मन-बुद्धि वा संस्कारहरूको वश भएर कुनै पनि कर्म
नगर।