26.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफ्नो तकदिर उच्च बनाउ नुछ भने जोसँग पनि कुरा गर्दा , कसैलाई पनि हेर्दा बुद्धिको योग एक बाबासँग लगाऊ।”

प्रश्न:–
नयाँ दुनियाको स्थापनाको निमित्त बन्ने बच्चाहरूलाई बाबाको कुन चाहिँ निर्देशन मिलेको छ?

उत्तर:–
प्यारा बच्चाहरू! तिम्रो यस पुरानो दुनियासँग कुनै सम्बन्ध छैन। आफ्नो मन यस पुरानो दुनियासँग नलगाऊ। जाँच गर– हामीले श्रीमतको विरुद्ध कर्म त गर्दैनौँ? रुहानी सेवाको निमित्त बनेका छौँ?

गीत:–
भोलेनाथ से निराला...

ओम् शान्ति । अब गीत सुन्ने आवश्यक छैन। गीत प्रायः भक्तहरूले नै गाउँछन् र सुन्छन्। तिमीले त पढाइ पढ्छौ। यी गीत पनि खासगरी बच्चाहरूको लागि नै निस्किएका हुन्। बच्चाहरूलाई थाहा छ– बाबाले हाम्रो तकदिर उच्च बनाइरहनुभएको छ। अब हामीले बाबालाई नै याद गर्नुछ र दैवीगुण धारण गर्नुछ। आफ्नो चार्ट हेर्नुछ। जम्मा हुन्छ वा घाटा भइरहन्छ। हामीमा कुनै कमी त छैन? यदि कमी छ, जसबाट हाम्रो तकदिरमा घाटा पर्छ भने त्यसलाई निकालिदिनुपर्छ। यस समयमा हरेकले आफ्नो तकदिर उच्च बनाउनुछ। तिमीले सम्झाउँछौ– एक बाबा सिवाय अरू कसैलाई याद गरेनौँ भने हामी यी लक्ष्मीनारायण बन्न सक्छौँ। जोसँग कुरा गर्दा, कसैलाई पनि हेर्दा बुद्धिको योग उहाँ एक बाबासँग लागिरहोस्। हामी आत्माहरूले बाबालाई नै याद गर्नुछ। बाबाको आज्ञा मिलेको छ, म सिवाय अरू कसैसँग मन नलगाऊ र दैवीगुण धारण गर। बाबा सम्झाउनुहुन्छ, अहिले तिम्रा ८४ जन्म पूरा भएका छन्। अब फेरि तिमी गएर पहिलो नम्बर लेऊ राजधानीमा। यस्तो नहोस्– राज्य भाग्यबाट गिरेर प्रजामा जाऊ, प्रजामा पनि तल जाऊ। होइन, आफ्नो जाँच गरिराख। यो समझ बाबा सिवाय अरू कसैले त दिन सक्दैन। बाबालाई, टिचरलाई याद गरेमा बाबालाई बिर्सिएला भन्ने डर हुन्छ। यस्तो हुनुहुँदैन– जसबाट हामीलाई कुनै सजाय मिल्छ। भक्तिमा पनि सम्झन्छन्– पाप कर्म गर्नाले हामी सजायको भागी बन्छौँ। महान् बाबा शिवबाबाको निर्देशन त अहिले नै मिल्छ, जसलाई श्रीमत भनिन्छ। बच्चाहरूलाई थाहा छ– श्रीमतबाट हामी श्रेष्ठ बन्छौँ। आफ्नो जाँच गर्नुछ। कहीँ कहीँ हामीले श्रीमतको विरुद्ध त केही गर्दैनौँ? जुन कुरा राम्रो लाग्दैन त्यो गर्नुहुँदैन। राम्रो नराम्रोलाई त अब तिमीले जान्दछौ, पहिला जान्दैनथ्यौ। अहिले तिमीले यस्तो कर्म सिक्छौ जसबाट फेरि जन्मजन्मान्तर कर्म अकर्म बन्छन्। यस समयमा त सबैमा ५ भूत प्रवेश छन्। अब राम्रोसँग पुरुषार्थ गरेर कर्मातीत बन्नुछ। दैवीगुण पनि धारण गर्नुछ। समय नाजुक हुँदै जान्छ, दुनिया बिग्रँदै जान्छ। दिनप्रतिदिन बिग्रँदै नै रहन्छ। मानौँ यस दुनियासँग तिम्रो सम्बन्ध नै छैन। तिम्रो सम्बन्ध छ नयाँ दुनियासँग, जुन स्थापना भइरहेको छ। तिमीलाई थाहा छ– हामी निमित्त बन्छौँ– नयाँ दुनिया स्थापना गर्न। त्यसैले जुन लक्ष्य उद्देश्य सामुन्ने छ, उहाँहरूजस्तै बन्नुछ। भित्र कुनै पनि आसुरी अवगुण हुनुहुँदैन। रुहानी सेवामा लागिरहनाले धेरै उन्नति हुन्छ। प्रदर्शनी, सङ्ग्रहालय आदि बनाउँछन्। सम्झन्छन्– धेरै मानिसहरू आउँछन्, उनीहरूलाई बाबाको परिचय दिन्छौँ, फेरि उनीहरूले पनि बाबालाई याद गर्न थाल्छन्। सारा दिन यही ख्यालात चलिरहोस्। सेवाकेन्द्र खोलेर सेवालाई बढाऊँ, यी ज्ञान रत्न सबै तिमीसँग छन्। बाबाले दैवीगुण पनि धारण गराउनुहुन्छ र खजाना दिनुहुन्छ। तिमी यहाँ बसेका छौ, तिम्रो बुद्धिमा छ– हामीले सृष्टिको आदि, मध्य, अन्त्यलाई जान्दछौँ। पवित्र पनि रहन्छौ। मनसा-वाचा-कर्मणा कुनै नराम्रो कर्म नहोस्, त्यसको पूरा जाँच गर्नुपर्छ। बाबा आउनुभएको नै हो पतितहरूलाई पावन बनाउन। त्यसको लागि युक्तिहरू पनि बताइरहनुहुन्छ। त्यसमा नै रमण गरिरहनुछ। सेवाकेन्द्र खोलेर धेरैलाई निमन्त्रणा दिनुछ। प्रेमले बसेर सम्झाउनुछ। यो पुरानो दुनिया खतम हुनुछ। पहिला त नयाँ दुनियाको स्थापना गर्न धेरै आवश्यक छ। स्थापना हुन्छ सङ्गममा। यो पनि मानिसहरूलाई थाहा छैन– अहिले सङ्गमयुग हो। यो पनि सम्झाउनुछ– नयाँ दुनियाको स्थापना, पुरानो दुनियाको विनाश, त्यसको अहिले सङ्गम हो। नयाँ दुनियाको स्थापना श्रीमतमा भइरहेको छ। बाबा सिवाय अरू कसैले नयाँ दुनियाको स्थापनाको मत दिँदैनन्। बाबाले नै आएर तिमी बच्चाहरूबाट नयाँ दुनियाको उद्घाटन गराउनुहुन्छ। एक्लै त गर्नुहुन्न। सबै बच्चाहरूको मदत लिनुहुन्छ। उनीहरूले उद्घाटन गर्नको लागि मदत लिँदैनन्। आएर कैँचीले रिबन काट्छन्। यहाँ त त्यो कुरा हुँदैन। यसमा तिमी ब्राह्मण कुलभूषण मदतगार बन्छौ। सबै मनुष्य मात्रको मार्ग बिल्कुल अल्मलिएको छ। पतित दुनियालाई पावन बनाउनु यो बाबाको नै काम हो। बाबाले नै नयाँ दुनियाको स्थापना गर्नुहुन्छ, जसको लागि रुहानी नलेज दिनुहुन्छ। तिमीलाई थाहा छ– बाबासँग नयाँ दुनियाको स्थापना गर्ने युक्ति छ। भक्तिमार्गमा उहाँलाई पुकार्छन् नि– हे पतितपावन आउनुहोस्! शिवको पूजा पनि गरिरहन्छन्। तर यो जान्दैनन्– पतितपावन को हुनुहुन्छ। दुःखमा याद त गर्छन्– हे भगवान! हे राम! राम! पनि निराकारलाई नै भन्छन्। निराकारलाई नै उच्च भगवान भन्छन्। तर मानिसहरू धेरै अल्मलिएका छन्। बाबाले आएर त्यस अलमलबाट निकाल्नुभएको छ। जस्तै कुहिरोमा मानिसहरू अल्मलिन्छन् नि। यो त हो बेहदको कुरा। धेरै ठुलो जङ्गलमा आइपुगेका छन्। तिमीहरूलाई पनि बाबाले अनुभव गराउनुभएको छ– हामी कुन जङ्गलमा परेका थियौँ। यो पनि अहिले थाहा भयो– यो पुरानो दुनिया हो। यसको पनि अन्त्य हुनुछ। मानिसहरूले त बिल्कुल त्यो मार्ग जान्दैनन्। बाबालाई पुकारिरहन्छन्। तिमीले अहिले पुकार्दैनौ। अहिले तिमी बच्चाहरूले ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्दछौ। त्यो पनि नम्बरवार। जसले जान्दछन् उनीहरू धेरै खुसी हुन्छन्। अरूलाई पनि मार्ग बताउनमा तत्पर रहन्छन्। बाबा त भनिरहनुहुन्छ– ठुला ठुला सेवाकेन्द्र खोल। चित्र ठुला ठुला भए भने मानिसहरूले सहजै बुझ्न सक्छन्। बच्चाहरूको लागि नक्सा (चित्र) अवश्य चाहिन्छ। बताउनुपर्छ– यो पनि स्कुल हो। यहाँका यी आश्चर्यजनक नक्सा हुन्, ती स्कुलका नक्सामा त हुन्छन् हदका कुरा। यी हुन् बेहदका कुरा। यो पनि पाठशाला हो, जसमा बाबाले हामीलाई सृष्टिको आदि, मध्य, अन्त्यको रहस्य बताएर लायक बनाउनुहुन्छ। मनुष्यबाट देवता बन्ने यो ईश्वरीय पाठशाला हो। लेखिएको नै छ– ईश्वरीय विश्व विद्यालय। यो हो रुहानी पाठशाला। केवल ईश्वरीय विश्व विद्यालय भनेर मात्रै पनि मानिसहरूले बुझ्न सक्दैनन्। युनिभर्सिटी पनि लेख्नुपर्छ। यस्तो ईश्वरीय विश्व विद्यालय कुनै छैन। बाबाले कार्डहरू देख्नुभएको थियो। केही शब्द भुलिएका थिए। बाबाले कति पटक भन्नुभएको छ– प्रजापिता शब्द अवश्य राख फेरि पनि बच्चाहरूले भुल्छन्। लेखाइ पूरा हुनुपर्छ। जसबाट मानिसहरूलाई थाहा हुन्छ– यो ठुलो ईश्वरीय कलेज हो। बच्चाहरू जो सेवामा उपस्थित छन्, जो राम्रा सेवाधारी छन्, उनीहरूको पनि मनमा हुन्छ– हामी फलानो सेवाकेन्द्रमा गएर जगाऊँ, सेलाएका छन्, उनीहरूलाई जगाऊँ किनकि माया यस्तो छ जो घरी घरी सुताइदिन्छ। म स्वदर्शन चक्रधारी हुँ, यो पनि भुल्छन्। मायाले धेरै अवरोध गर्छ। तिमी युद्धको मैदानमा छौ। मायाले टाउको घुमाएर उल्टोतिर नलैजाओस्, त्यसको धेरै सम्हाल गर्नुछ। मायाका तुफान त धेरै सबैलाई लाग्छन्। साना अथवा ठुला सबै युद्धको मैदानमा छौ। पहलमानलाई मायाका तुफानले हल्लाउन सक्दैनन्। त्यो अवस्था पनि आउनेछ।

बाबा सम्झाउनुहुन्छ– समय धेरै नराम्रो छ, स्थिति बिग्रेका छन्। राज्य भाग्य त सबै खतम हुनुछ। सबैलाई उतारिदिन्छन्। सारा दुनियामा फेरि प्रजाको प्रजामाथि राज्य हुन्छ। तिमीले आफ्नो नयाँ राजधानी स्थापना गर्छौ त्यसपछि यहाँ राजधानीको नाम पनि खतम हुन्छ। पञ्चायती राज्य हुँदै जान्छ। प्रजाको राज्य भइसकेपछि त आपसमा लडाइँ झगडा गर्छन्। स्वराज्य अथवा रामराज्य त वास्तवमा छँदछैन त्यसैले सारा दुनियामा झगडा नै भइरहन्छ। आजकाल त सबैतिर हङ्गामा छ। तिमीलाई थाहा छ– हामीले आफ्नो राजधानी स्थापना गरिरहेका छौँ। तिमीले सबैलाई मार्ग बताउँछौ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। बाबाको यादमा रहेर अरूलाई पनि यो सम्झाउनुछ– देहीअभिमानी बन। देह अभिमान छोड। यस्तो होइन– तिमीहरूमा सबै देहीअभिमानी बनेका छौ। होइन, बन्नुछ। तिमीले पुरुषार्थ गर्छौ र अरूलाई पनि गराउँछौ। याद गर्ने कोसिस गर्छौ फेरि भुल्छौ। पुरुषार्थ यही गर्नुछ। मूल कुरा हो बाबालाई याद गर्नु। बच्चाहरूलाई कति सम्झाउनुहुन्छ। ज्ञान धेरै राम्रो मिल्छ। मूल कुरा हो पवित्र रहनु। बाबा पावन बनाउन आउनुभएको छ भने फेरि पतित बन्नुछैन, यादबाट नै तिमी सतोप्रधान बन्छौ। यो भुल्नुहुँदैन। मायाले यसमा नै विघ्न पारेर भुलाउँछ। रातदिन यही धुन रहोस्– हामी बाबालाई याद गरेर सतोप्रधान बनौँ। याद यस्तो पक्का हुनुपर्छ जसबाट अन्त्यमा एक बाबा सिवाय अरू कोही पनि याद नआओस्। प्रदर्शनीमा पनि पहिला सुरुमा यो सम्झाउनुपर्छ– उहाँ हुनुहुन्छ सबैका पिता उच्चभन्दा उच्च भगवान। सबैका पिता पतितपावन सदगतिदाता उहाँ हुनुहुन्छ। उहाँ नै स्वर्गका रचयिता हुनुहुन्छ।

अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनुहुन्छ नै सङ्गमयुगमा। बाबाले नै राजयोग सिकाउनुहुन्छ। पतितपावन एक बाबा सिवाय दोस्रो कोही हुन सक्दैन। सबैभन्दा पहिला त बाबाको परिचय दिनुपर्छ। अब एक एकलाई यसरी एउटा चित्रमा बसेर सम्झाउने हो भने यत्रो भिडलाई कसरी सम्झाउन सकिन्छ। तर पहिला सुरुमा बाबाको चित्रमा सम्झाउने कुरा मुख्य कुरा हो। सम्झाउनुपर्छ– भक्ति हुन्छ अथाह, ज्ञान त हो एक। बाबाले बच्चाहरूलाई कति युक्तिहरू बताइरहनुहुन्छ। पतितपावन एक बाबा हुनुहुन्छ। मार्ग पनि बताउनुहुन्छ। गीता कहिले सुनाउनुभयो? यो पनि कसैलाई थाहा छैन। द्वापरयुगलाई कुनै सङ्गमयुग भनिँदैन। युग युगमा त बाबा आउनुहुन्न। मानिसहरू त बिल्कुल अल्मलिएका छन्। कसरी कसरी सम्झाउने, सारा दिन यिनै ख्यालात चल्छन्। यसमा बाबाले निर्देशन दिनुपर्छ। टेपमा पनि पूरा मुरली सुन्न सक्छन्। कोही कोहीले भन्छन्– हामीले टेपद्वारा सुनिरहेका छौँ, किन डाइरेक्ट गएर नसुन्ने, त्यसैले सम्मुख आउँछन्। बच्चाहरूले धेरै सेवा गर्नुछ। मार्ग बताउनुछ। प्रदर्शनीमा आउँछन्। राम्रो राम्रो पनि भन्छन् फेरि बाहिर गएपछि मायाको वायुमण्डलमा सबै उड्छ। याद गर्दैनन्। उनीहरूको पुन: सम्पर्क गर्नुपर्छ। बाहिर जाँदा मायाले तान्छ। गोरखधन्दा को झमेलामा लागिहाल्छन् त्यसैले मधुबनको गायन छ। तिमीलाई त अहिले समझ मिलेको छ। तिमीले त्यहाँ गएर पनि सम्झाउँछौ। गीताका भगवान को हुनुहुन्छ? पहिला त तिमीले पनि त्यसरी नै गएर ढोग्थ्यौ। अहिले त तिमी बिल्कुल परिवर्तन भएका छौ। तिमी अहिले मनुष्यबाट देवता बनिरहेका छौ। तिम्रो बुद्धिमा सारा ज्ञान छ। प्रजापिता ब्रह्माकुमार, कुमारीहरू को हुन्, अरूले के जान्ने। तिमीले सम्झाउँछौ, वास्तवमा तपाईं पनि प्रजापिता ब्रह्माकुमार कुमारी हुनुहुन्छ। यस समयमा नै ब्रह्माद्वारा स्थापना भइरहेको छ। ब्राह्मण कुल पनि अवश्य चाहिन्छ नि। सङ्गममा नै ब्राह्मण कुल हुन्छ। पहिला ब्राह्मणहरूको टुपी प्रसिद्ध थियो। टुपीबाट वा जनैबाट यो हिन्दु हो भन्ने चिन्थे। अब त ती निसानीहरू पनि गए। अहिले तिमीलाई थाहा छ– हामी ब्राह्मण हौँ। ब्राह्मण बनेपछि फेरि देवता बन्न सकिन्छ। ब्राह्मणहरूले नै नयाँ दुनिया स्थापना गरेका हुन्। योगबलले सतोप्रधान बनिरहेका छन्। आफ्नो जाँच गर्नुछ। कुनै पनि आसुरी अवगुण नहोस्। मनमुटावमा आउनुछैन। यो त यज्ञ हो नि। यज्ञबाट सबैको सम्हाल भइरहन्छ। यज्ञमा सम्हाल्ने ट्रस्टी पनि हुन्छन्। यज्ञका मालिक त हुनुहुन्छ शिवबाबा। ब्रह्मा पनि ट्रस्टी हुनुहुन्छ। यज्ञको सम्हाल गर्नुपर्छ। तिमी बच्चाहरूलाई जे चाहिन्छ त्यो यज्ञबाट लिनुछ। अरू कसैबाट लिएर लगायौ भने ऊ याद आइरहन्छ। यसमा बुद्धिको लाइन धेरै स्पष्ट चाहिन्छ। अब त फर्केर जानुछ। समय धेरै कम छ त्यसैले यादको यात्रा पक्का रहोस्। यही पुरुषार्थ गर्नुछ।

मीठे मीठे सिकिलधे बच्चाहरूप्रति मात पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आफ्नो उन्नतिका लागि रुहानी सेवामा तत्पर रहनुछ। जति पनि ज्ञान रत्न मिलेका छन् तिनलाई धारण गरेर अरूलाई गराउनुछ।

२) आफ्नो जाँच गर्नुछ– हामीमा कुनै आसुरी अवगुण त छैनन्? हामी ट्रस्टी बनेर रहन्छौँ? कहिल्यै नुनपानी त बन्दैनौँ? बुद्धिको लाइन स्पष्ट छ?

वरदान:–
पुरुषार्थको सूक्ष्म आलस्यको पनि त्याग गर्ने अलराउन्डर एलर्ट भव

पुरुषार्थमा थकाइ लाग्नु आलस्यको निसानी हो। आलस्य गर्नेहरू छिट्टै थाक्छन्, उमङ्ग भएकाहरू अथक हुन्छन्। जो पुरुषार्थमा दिलशिकस्त वा दु:खी हुन्छन् उनीहरूलाई नै आलस्य आउँछ, उनीहरूले सोच्छन्– के गर्ने यति मात्रै हुन सक्छ, यो भन्दा धेरै हुन सक्दैन। हिम्मत हुँदैन, चलिरहेका त छौँ, गरिरहेका त छौँ– अब यस सूक्ष्म आलस्यको पनि नामनिसान नरहोस् यसको लागि सदा एलर्ट, एभररेडी र अलराउन्डर बन।

स्लोगन:–
समयको महत्त्वलाई अगाडि राखेर सर्व प्राप्तिहरूको खाता पूरा जम्मा गर।

अव्यक्त इसारा : – अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

आवाजबाट पर आफ्नो श्रेष्ठ स्थितिमा स्थित भयौ भने सर्व व्यक्त आकर्षणबाट पर शक्तिशाली न्यारी र प्यारी स्थिति बन्छ। एक सेकेन्ड पनि यस श्रेष्ठ स्थितिमा स्थित भयौ भने यसको प्रभाव सारा दिन कर्म गर्दा पनि स्वयंमा विशेष शान्तिको शक्ति अनुभव गर्छौ, यसै स्थितिलाई कर्मातीत स्थिति, बाबासमान सम्पूर्ण स्थिति भनिन्छ।