27.04.25    Avyakt Bapdada     Nepali Murli    03.02.2005     Om Shanti     Madhuban


“ सेवा गर्दै उपराम र बेहद वृत्तिद्वारा एभररेडी बनेर ब्रह्मा बाबासमान सम्पन्न बन”


आज ग्रेट ग्रेट ग्रेन्ड फादर आफ्ना चारैतिरका करोडौँमा कोही र कोहीमा पनि कोही बच्चाहरूको भाग्यलाई देखेर हर्षित हुनुहुन्छ। यति विशेष भाग्य अरू कसैलाई पनि मिल्न सक्दैन। हरेक बच्चाको विशेषतालाई देखेर हर्षित हुनुहुन्छ। जुन बच्चाहरूले बापदादासँग दिलबाट सम्बन्ध जोडे, ती हरेक बच्चामा कुनै न कुनै विशेषता अवश्य छ। सबैभन्दा पहिलो विशेषता साधारण रूपमा आउनुभएका बाबाको पहिचान गरेर “मेरो बाबा” माने। यो पहिचान सबैभन्दा ठुलो विशेषता हो। दिलबाट माने मेरो बाबा, बाबाले मान्नुभयो मेरो बच्चा। जो ठुला ठुला फिलोसोफर, साइन्स्टिस्ट, धर्मात्माले पहिचान गर्न सकेनन्, उहाँलाई साधारण बच्चाहरूले पहिचान गरेर आफ्नो अधिकार लिए। कोही पनि आएर यस सभाका बच्चाहरूलाई हेर्यो भने बुझ्न सक्दैन– यी भोलाभाला माताहरूले, यी साधारण बच्चाहरूले यति महान बाबाको पहिचान गरेका छन्! त्यसैले यो विशेषता– पहिचान गर्नु, बाबालाई पहिचान गरेर आफ्नो बनाउनु, यो तिमी करोडौँमा कोही बच्चाहरूको भाग्य हो। जति पनि सबै बच्चाहरू सम्मुख बसेका छौ वा टाढा बसेर सम्मुख अनुभव गरिरहेका छौ, सबै बच्चाहरूले दिलबाट पहिचान गरिसक्यौ! पहिचान गरिसक्यौ कि पहिचान गरिरहेका छौ? जसले पहिचान गरिसक्यौ, तिनले हात उठाऊ। (सबैले हात उठाए) पहिचान गरिसक्यौ? अच्छा। बापदादाले पहिचान गरेको विशेषताको लागि हरेक बच्चालाई बधाई दिइरहनुभएको छ। वाह भाग्यवान् बच्चाहरू वाह! पहिचान गर्ने तेस्रो नेत्र प्राप्त गर्यौ। बच्चाहरूको दिलको गीत बापदादाले सुनिरहनुहुन्छ, कुन गीत? जे पाउनु थियो त्यो पाइसकेँ। बाबा पनि भन्नुहुन्छ– हे प्यारा बच्चाहरू, जे बाबासँग लिनु थियो त्यो लियौ। हरेक बच्चा अनेक रूहानी खजानाका बालक अर्थात् मालिक बन्यौ।

आज बापदादा खजानाका मालिक बच्चाहरूको खजानाको पोतामेल हेरिरहनुभएको थियो। बाबाले खजाना त सबैलाई एकैनासको, समान रूपमा दिनुभएको छ। कसैलाई पदम, कसैलाई लाख दिनुभएको छैन। तर खजानालाई चिन्नु र प्राप्त गर्नु, जीवनमा धारण गर्नु– यसमा नम्बरवार छन्। बापदादा आजकाल बारम्बार भिन्न भिन्न प्रकारले बच्चाहरूलाई अटेन्सन दिलाइरहनुभएको छ– समयको समीपतालाई देखेर आफ्नो सूक्ष्म विशाल बुद्धिले आफूलाई चेक गर– के मिल्यो, के लियौ र निरन्तर ती खजानाहरूमा पालिइरहेका छौ? चेकिङ धेरै आवश्यक छ किनकि मायाले वर्तमान समयमा भिन्न भिन्न रोयल प्रकारको अल्छीपना र रोयल आलस्यको रूपमा ट्रायल गरिरहन्छ। त्यसैले सदा आफ्नो चेकिङ गर्दै जाऊ। यति अटेन्सनले, अल्छी रूपले चेकिङ होइन– नराम्रो गरिनँ, दुःख दिइनँ, खराब दृष्टि भएन, यो चेकिङ त भयो तर राम्रोभन्दा राम्रो के गर्यौ? सदा आत्मिक दृष्टि नेचुरल रह्यो? वा विस्मृति-स्मृतिको खेल गर्यौ? कतिलाई शुभभावना, शुभकामना, आशीर्वाद दियौ? यस्तो जम्माको खाता कति र कस्तो रह्यो? किनकि राम्रोसँग जान्दछौ– जम्माको खातामा केवल अहिले जम्मा गर्न सक्छौ। यो समय, फुल सिजन खातामा जम्मा गर्नको लागि हो। फेरि सारा समय जम्मा अनुसार राज्य भाग्य र पूज्य देवी-देवता बन्नुछ। जम्मा थोरै भयो भने राज्य भाग्य पनि थोरै र पूज्य बन्नमा पनि नम्बरवार हुन्छ। जम्मा थोरै भयो भने पूजा पनि थोरै, विधिपूर्वक जम्मा भएन भने पूजा पनि विधिपूर्वक हुँदैन, कहिलेकाहीँ विधिपूर्वक छ भने पूजा पनि र पद पनि कहिलेकाहीँ हुन्छ। त्यसैले बापदादाको हरेक बच्चासँग अति प्यार छ, त्यसैले बापदादा यही चाहनुहुन्छ– हरेक बच्चा सम्पन्न बनोस्, समान बनोस्। सेवा गर तर सेवामा पनि उपराम, बेहद।

बापदादाले हेर्नुभएको छ– मेजोरिटी बच्चाहरूको योग अर्थात् यादको सब्जेक्टमा रुचि वा अटेन्सन थोरै हुन्छ, सेवामा धेरै छ। तर याद बिना सेवामा धेरै छ भने त्यसमा हद आइहाल्छ। उपराम वृत्ति हुँदैन। नाम र मान, पोजिसन मिक्स भइहाल्छ। बेहदको वृत्ति कम हुन्छ। त्यसैले बापदादा चाहनुहुन्छ– करोडौँमा कोही, कोहीमा कोही मेरा बच्चाहरू अहिलेदेखि नै एभररेडी होऊन्, किन? कतिले सोच्छन्– समय आएपछि भइहाल्छौँ। तर समय तिम्रो क्रिएसन (रचना) हो, के क्रिएसनलाई आफ्नो शिक्षक बनाउँछौ? अर्को कुरा जान्दछौ– बहुतकालको हिसाब छ, बहुतकालको सम्पन्नताले बहुतकालको प्राप्ति गराउँछ। त्यसैले अहिले समयको समीपता अनुसार बहुतकालको जम्मा हुन आवश्यक छ। फेरि सिकायत नगर्नु– हामीलाई त लागेको थियो बहुतकालमा अझै समय छ। अहिलेदेखि बहुतकालको अटेन्सन राख। बुझ्यौ! अटेन्सन प्लिज।

बापदादा यही चाहनुहुन्छ– एक बच्चामा पनि कुनै एउटा सब्जेक्टको पनि कमी नरहोस्। ब्रह्माबाबासँग त प्यार छ नि! प्यारको रिटर्न त दिन्छौ नि! प्यारको रिटर्न हो– आफ्नो कमीलाई चेक गर र रिटर्न देऊ, टर्न (परिवर्तन) गर। आफूलाई टर्न गर्नु, यो रिटर्न हो। रिटर्न दिने हिम्मत छ? हात त उठाइहाल्छौ, धेरै खुसी पार्छौ। हात देखेर त बापदादा खुसी हुनुहुन्छ, अहिले दिलमा पक्का पक्का एक पर्सेन्ट पनि कच्चा होइन, पक्का व्रत लेऊ– रिटर्न दिनु नै छ। आफूले आफैलाई टर्न गर्नु छ।

अहिले शिवरात्रि आइरहेको छ नि! सबै बच्चाहरूलाई धेरै प्यारले बाबाको जयन्ती अर्थात् आफ्नो जयन्ती मनाउने उमङ्ग आउँछ। राम्रा राम्रा प्रोग्राम बनाइरहेका छौ। सेवाका प्लान त धेरै राम्रा बनाउँछौ, बापदादा खुसी हुनुहुन्छ। तर..., तर भन्न राम्रो लाग्दैन। जगत् अम्बा माँले तर शब्दलाई भन्नुहुन्थ्यो, सिन्धी भाषामा, ले-किन, किन भन्छन् फोहोरलाई। त्यसैले तर भन्नु अर्थात् केही न केही फोहोर लिनु। त्यसैले तर भन्न राम्रो लाग्दैन। भन्नुपर्छ। जसरी अरू सेवाका प्लान बनाएका पनि छौ र बनाउने पनि छौ तर यो व्रत लिने पनि प्रोग्राम बनाउनु। रिटर्न दिनु नै छ किनकि जब बापदादा वा कसैले सोध्नुहुन्छ– कस्ता छौ? तब मेजोरिटीको यही उत्तर आउँछ– हामी छौँ त धेरै राम्रा तर जति बापदादाले भन्नुहुन्छ त्यति छैनौँ। अब यो उत्तर हुनुपर्छ– जे बापदादाले चाहनुहुन्छ त्यही छौँ। नोट गर– बापदादा के चाहनुहुन्छ, त्यो लिस्ट निकाल र चेक गर– बापदादा यो चाहनुहुन्छ, त्यो छ कि छैन? दुनियाँवालाहरू तिमी पूर्वजहरूद्वारा मुक्ति चाहन्छन्, चिच्याइरहेका छन्– मुक्ति दिनुहोस् , मुक्ति दिनुहोस्! जबसम्म मेजोरिटी बच्चाहरू आफ्ना पुराना संस्कार, जसलाई तिमी नेचर भन्छौ, नेचुरल होइन नेचर, त्यसमा केही पनि थोरै रहेको छ, मुक्त भएका छैनौ भने सर्व आत्माहरूलाई मुक्ति मिल्न सक्दैन। त्यसैले बापदादा भन्नुहुन्छ– हे मुक्तिदाताका बच्चा मास्टर मुक्तिदाता! अहिले आफूलाई मुक्त गर अनि सर्व आत्माहरूको लागि मुक्तिको द्वार खुल्नेछ। सुनाउनुभएको थियो नि– गेटको चाबी के हो? बेहदको वैराग्य। कार्य सबै गर तर जसरी भाषणहरूमा भन्छौ– प्रवृत्तिवालाहरूलाई कमल पुष्पसमान बन, त्यस्तै सबथोक गर्दै, कर्तापनबाट मुक्त, न्यारा, न साधनहरूको वश, न पोजिसनको। केही न केही मिलोस् यो पोजिसन होइन, अपोजिसन हो मायाको। न्यारा र बाबाका प्यारा। मुस्किल छ र, न्यारा र प्यारा बन्न? जसलाई मुस्किल लाग्छ उनले हात उठाऊ। (कसैले हात उठाएनन्) कसैलाई पनि मुस्किल लाग्दैन भने त शिवरात्रिसम्म सबै सम्पन्न भइहाल्छौ। जब मुस्किल छैन भने बन्नु नै छ। ब्रह्माबाबा समान बन्नु नै छ। सङ्कल्पमा पनि, बोलीमा पनि, सेवामा पनि, सम्बन्ध-सम्पर्कमा पनि, सबैमा ब्रह्माबाबासमान।

जसले सम्झन्छौ– ब्रह्माबाबा र दादा, ग्रेट ग्रेट ग्रेन्ड फादर, उहाँसँग मेरो धेरै धेरै १०० पर्सेन्टभन्दा पनि धेरै प्यार छ, तिनले हात उठाऊ। खुसी पार्ने होइन, केवल अहिले खुसी पार्ने होइन। सबैले उठायौ। टिभीमा निकालिरहेका छौ नि। शिवरात्रिमा यो टिभी हेर्नुहुन्छ र हिसाब लिनुहुन्छ। ठीक छ! अलिकति पनि समानतामा अन्तर नहोस्। प्यारको पछाडि कुर्बान गर्नु, के ठुलो कुरा हो र। दुनियाँवालाहरू त अशुद्ध प्यारको पछाडि जीवन दिनको लागि पनि तयार हुन्छन्। बापदादा त केवल भन्नुहुन्छ, फोहोर (किचडा) देऊ, बस्। राम्रो चिज नदेऊ, फोहोर देऊ। कमजोरी, कमी के हो? फोहोर हो नि! फोहोर कुर्बान गर्नु के ठुलो कुरा हो र! परिस्थिति समाप्त होस्, स्व-स्थिति श्रेष्ठ होस्। बताउँछौ त यही नि, के गरौँ परिस्थिति यस्तै थियो। हल्लाउने पर-स्थितिको नामै नहोस्, यस्तो स्व-स्थिति शक्तिशाली होस्। समाप्तिको पर्दा खुल्दा सबै के देखिऊन्? फरिस्ता चम्किरहेका छन्। सबै बच्चाहरू चम्किरहेका देखिउन्, त्यसैले अहिले पर्दा खुल्न रोकिएको छ। दुनियाँवालाहरू चिच्याइरहेका छन्– पर्दा खोल, पर्दा खोल। त्यसैले आफ्नो प्लान आफै बनाऊ। बनेको प्लान दिँदा फेरि कयौँ कुरा हुन्छन्। आफ्नो प्लान आफ्नो हिम्मतले बनाऊ। दृढताको चाबी लगाऊ अनि सफलता मिल्नु नै छ। दृढ सङ्कल्प गरेमा बापदादा खुसी हुनुहुन्छ– वाह बच्चा वाह! दृढ सङ्कल्प गर्यौ तर दृढतामा फेरि अलि अलि अल्छीपना मिक्स हुन्छ। त्यसैले सफलता पनि कहिले आधा, कहिले पौने पर्सेन्टेजमा हुन्छ। जसरी प्यार १०० पर्सेन्ट छ, त्यसैगरी पुरुषार्थमा सम्पन्नता, यो पनि १०० पर्सेन्ट होस्। धेरै भए हुन्छ, कम नहोस्। मन पर्छ? मन पर्छ नि? शिवरात्रिमा जलवा देखाउँछौ नि! बन्नु नै छ। हामी बनेनौँ भने को बन्छ! यो निश्चय राख– हामी नै थियौँ, हामी नै छौँ र फेरि पनि हामी नै हुनेछौँ। यो निश्चयले विजयी बनाइदिन्छ। पर-दर्शन नगर्नु, आफूलाई नै हेर्नु। कति बच्चाहरू रुहरिहान गर्छन् नि, भन्छन्– बस् यसलाई थोरै ठीक पारिदिनुहोस्, फेरि म ठीक भइहाल्छु। यसलाई थोरै परिवर्तन गरिदिनुहोस् अनि म पनि परिवर्तन हुन्छु। तर न त्यो न तिमी परिवर्तन हुन्छौ। स्वयंलाई परिवर्तन गर्यौ भने त्यो पनि परिवर्तन हुन्छ। कुनै पनि आधार नराख– यो भयो भने यो हुन्छ। मैले गर्नु नै छ।

अच्छा, जो पहिलो पटक आएका छौ– तिनले हात उठाऊ। जो पहिलो पटक आएका छौ, तिनीहरूको लागि विशेष बापदादा भन्नुहुन्छ– यस्तो समयमा आएका छौ जब समय बहुत कम बाँकी छ तर पुरुषार्थ यति तीव्र बनाऊ जसबाट लास्ट सो फास्ट, फास्ट सो फर्स्ट नम्बरमा आऊ किनकि अहिले म्युजिकल चेयर गेम (कुर्चिहरूको खेल) चलिरहेको छ। अहिले कसको जित हुन्छ, त्यो आउट भएको छैन। लेट त आयौ तर फास्ट हिँड्नाले पुगिहाल्छौ। केवल आफूलाई अमृतवेला अमर भवको वरदान याद दिलाउनु। अच्छा– सबै कोही टाढाबाट कोही नजिकबाट आएका छौ। बापदादा भन्नुहुन्छ– स्वागत छ आफ्नो घरमा। सङ्गठन राम्रो लाग्छ। टिभीमा हेर्छौ नि, सभा फुल हुँदा कति राम्रो लाग्छ। अच्छा। त्यसोभए एभररेडी? एभररेडीको पाठ पढ्छौ नि! अच्छा।

मधुबन निवासीहरूसँग:– मधुबन निवासीहरूले हात उठाऊ। धेरै छौ। मधुबन निवासीहरू होस्ट हौ र अरू त गेस्ट भएर आउँछन्, गइहाल्छन् तर मधुबन निवासीहरू होस्ट हौ। नियरेस्ट पनि छौ, डियरेस्ट पनि छौ। मधुबन निवासीहरूलाई देखेर सबै खुसी हुन्छन् नि। कुनै पनि स्थानमा मधुबन निवासीहरू गए भने कुन नजरले हेर्छन्। वाह मधुबनबाट आएका! किनकि मधुबन नाम सुन्नासाथ मधुबनको बाबा याद आउँछ, त्यसैले मधुबन निवासीहरूको महत्त्व छ। छ महत्त्व? खुसी हुन्छौ नि! यस्तो प्रेमपूर्वक पालनाको स्थान करोडौँमा कोहीलाई मात्र मिलेको छ। सबैले चाहन्छन् मधुबनमै बसौँ, बस्न सक्छन् र! तिमीहरू बसिरहेका छौ। त्यसैले राम्रो छ। मधुबन निवासी बिर्सिएको छैन, सम्झन्छन्– हामीलाई सोध्नुभएन तर बापदादाले सदा दिलमा सोध्नुहुन्छ। पहिला मधुबननिवासी। मधुबनका भएनौ भने आउँछन् कहाँ! सेवाका निमित्त त हौ नि! सेवाधारी जतिसुकै मिलुन्, फेरि पनि फाउन्डेसन त मधुबन निवासीहरू हुन्। जो माथि ज्ञान सरोवरमा, पाण्डव भवनमा छन्, ती सबैलाई पनि बापदादाले दिलको आशीर्वाद एवं यादप्यार दिइरहनुभएको छ। यहाँ जुन टोली दिइन्छ त्यो माथि मधुबनमा मिल्छ? मधुबन निवासीहरूलाई टोली पनि मिल्छ, बोली पनि मिल्छ। दुवै मिल्छ। अच्छा।

ग्लोबल हस्पिटलवालाहरूसँग:– सबै हस्पिटलवालाहरू ठीक छौ किनकि हस्पिटलको पनि विशेष पार्ट छ नि। आउँछौ तल। थोरै आउँछौ। हस्पिटलवालाहरूले पनि राम्रो सेवा गरिरहेका छौ। हेर, आइवेल (आवश्यक परेको बेला) मा त फेरि पनि हस्पिटल नै काममा आउँछ नि। अनि जहिलेदेखि हस्पिटल खुल्यो त्यहिलेदेखि सबैको नजरमा यो आएको छ– ब्रह्माकुमारीहरूले केवल ज्ञान दिँदैनन्, तर समयमा मद्दत पनि गर्छन्, सामाजिक सेवा पनि गर्छन्। हस्पिटल बनेपछि आबुमा यो वायुमण्डल परिवर्तन भएको छ। पहिला जुन नजरले हेर्थे, अहिले त्यो नजरले हेर्दैनन्। अहिले सहयोगको नजरले हेर्छन्। ज्ञान मानुन् वा नमानुन् तर सहयोगको नजरले हेर्छन् भने हस्पिटलवालाहरूले सेवा गर्यौ नि। राम्रो छ।

अच्छा– आजको कुरा याद रह्यो? सम्पन्न बन्नु नै छ, जेसुकै होस्, सम्पन्न बन्नु नै छ। यो धुन लागोस्– सम्पन्न बन्नुछ, समान बन्नुछ। अच्छा।

चारैतिरका करोडौँमा कोही, कोहीमा पनि कोही भाग्यवान्, भगवानका बच्चा श्रेष्ठ आत्माहरू, सदा तीव्र पुरुषार्थद्वारा जे सोच्यो त्यो गर्यो, श्रेष्ठ सोच्ने, श्रेष्ठ गर्ने, लक्ष्य र लक्षणलाई समान बनाउने, यस्ता विशेष आत्माहरूलाई, सदा बहुतकालको पुरुषार्थद्वारा राज्य भाग्य र पूज्य बन्ने श्रेष्ठ आत्माहरूलाई, सदा बाबाको स्नेहको रिटर्न आफूलाई टर्न गरेर नम्बरवन, विन गर्ने भाग्यवान् बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्, नमस्ते।

वरदान:–
विश्व कल्याणकारीको उच्च स्टेजमा स्थित रहेर विनाश लीलालाई देख्ने साक्षी दृष्टा भव

अन्तिम विनाश लीलालाई हेर्नको लागि विश्व कल्याणकारीको उच्च स्टेज चाहिन्छ। जुन स्टेजमा स्थित हुँदा देहका सर्व आकर्षण अर्थात् सम्बन्ध, पदार्थ, संस्कार, प्रकृतिको हलचलको आकर्षण समाप्त हुन्छ। जब यस्तो स्टेज हुन्छ तब साक्षी द्रष्टा बनेर माथिको स्टेजमा स्थित भएर शान्तिका, शक्तिका किरणहरू सर्व आत्माहरूप्रति दिन सक्नेछौ।

स्लोगन:–
बलवान् बन्यौ भने मायाको फोर्स समाप्त हुनेछ।