27.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यादबाट
आत्माको किचडा निकाल्दै जाऊ , आत्मा जब बिल्कुल पावन बन्छ तब घर चल्न सक्छ।”
प्रश्न:–
यस अन्तिम
जन्ममा बाबाको कुन डाइरेक्सनलाई पालना गर्नुमा नै बच्चाहरूको कल्याण छ?
उत्तर:–
बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! यस अन्तिम जन्ममा बाबाबाट पूरा वर्सा लेऊ। बुद्धिलाई
बाहिर नभड्काऊ, विषलाई छोडेर अमृत पिऊ। यस अन्तिम जन्ममा नै तिमीले ६३ जन्महरूको
बानी मेटाउनुछ त्यसैले दिनरात मेहनत गरेर देहीअभिमानी बन।
ओम् शान्ति ।
शान्तिधाम विश्रामपुरी हो। यस दुनियाँबाट सबै थाकेका छन्। चाहन्छन्– हामी आफ्नो
सुखधाममा जाऊँ। यो दुनियाँ राम्रो लाग्दैन। स्वर्गलाई देखे भने नर्कसँग दिल कसरी
लागोस्। भन्छन्– बाबा छिटो गर्नुहोस्, यस दुःखधामबाट लैजानुहोस्। बाबा पनि
सम्झाउनुहुन्छ– यो त फोहोरी दुनियाँ हो, यसको नाम नै हो डेभिल वर्ल्ड, नर्क। यो कुनै
राम्रो अक्षर हो र? कहाँ डिटी वर्ल्ड, कहाँ डेभिल वर्ल्ड, यस डेभिल वर्ल्डमा सबै
हैरान भएका छन्। तर फिर्ता कोही जान सक्दैनन्। तमोप्रधानताको खाद परेको छ। त्यो खाद
आत्माबाट निस्कियोस्, त्यसको लागि पुरुषार्थ गरिरहेका छन्। जो राम्रा पुरुषार्थी छन्,
उनीहरूको अवस्था पछाडि राम्रो हुन्छ। यो पुरानो दुनियाँ खतम हुन्छ, अब त बाँकी थोरै
दिन छन्। जबसम्म बाबा आएर फिर्ता लैजानुहुन्न तबसम्म कोही फिर्ता जान सक्दैनन्।
दुनियाँमा दुःख छ नि। घरमा पनि कुनै न कुनै दुःख रहन्छ। तिमी बच्चाहरूको दिलमा छ–
बाबा अब हामीलाई दुःखहरूबाट छुटाउन आउनुभएको छ। जो राम्रा निश्चयबुद्धि बच्चाहरू छन्
उनीहरूले बाबाको यादलाई कहिल्यै भुल्दैनन्। उहाँलाई भनिन्छ नै सर्वको दुःख हर्ता।
बच्चाहरूले नै चिन्छन्। यदि सबैले चिने भने फेरि यति सबै मानिसहरू कहाँ आएर बसून्,
यो हुन सक्दैन त्यसैले ड्रामामा युक्ति पनि यस्तो रचिएको छ। जो श्रीमतमा चल्छन्
उनीहरूले नै उच्च पद पाउन सक्छन्, त्यो त ठिक छ। सजाय खाएर पनि शान्तिधाम अथवा पावन
दुनियाँमा जान्छन्। तर उच्च पद पाउनको लागि त पुरुषार्थ गर्नुपर्छ नि। दोस्रो पावन
बनेबिना पावन दुनियाँमा कोही जान सक्दैन। यो जो भन्छन्– फलानो ज्योति ज्योतिमा
समाहित भयो, फर्केर गयो– यो हुन सक्दैन। जो पहिला-पहिला सृष्टिमा आएका छन्,
लक्ष्मीनारायण, उनीहरू पनि फिर्ता जान सक्दैनन् भने अरू कोही कसरी जान सक्छन्। यिनको
पनि अब ८४ जन्म पूरा भए। अब जानको लागि तपस्या गरिरहेका छन्। सबैले पुकार्छन् नै एक
बाबालाई। ओ गड फादर, ओ लिब्रेटर, उहाँ गड फादर हुनुहुन्छ दुःखहर्ता, सुखकर्ता।
कृष्ण आदि अरू कसैलाई कहाँ पुकार्छन् र। क्रिस्चियन हुन्, मुसलमान हुन्, सबैले ओ गड
फादर भनेर बोलाउँछन्। आत्माले बोलाउँछ– आफ्नो फादरलाई। फादर तब भन्छन् जब सम्झन्छन्
हामी आत्मा हौँ। आत्मा पनि कुनै चीज हो नि। आत्मा कुनै ठुलो चीज होइन, त्यो त एउटा
स्टार हो र अति सूक्ष्म छ। जस्तो बाबा हुनुहुन्छ त्यस्तै आत्माको स्वरूप छ। अब तिमी
बाबाको महिमा गर्छौ– उहाँ सत्-चित् हुनुहुन्छ, ज्ञानको सागर, आनन्दको सागर
हुनुहुन्छ। तिम्रो आत्मा पनि उहाँसमान बन्छ। तिम्रो बुद्धिमा अब सारा सृष्टिको
आदि-मध्य-अन्त्यको ज्ञान आएको छ, अरू कुनै मनुष्य मात्रमा यो ज्ञान छैन। सारा भारत,
सारा बेलायत खोज, कसैलाई पनि थाहा छैन। आत्माले ८४ जन्महरूको पार्ट खेल्छ। ८४ लाख त
असम्भव हो। ८४ लाख जन्मको त कसैले वर्णन नै गर्न सक्दैन। बाबा भन्नुहुन्छ– तिमीले
आफ्नो जन्महरूलाई जान्दैनौ, मैले सुनाउँछौँ। उनीहरू सबै सुन्दासुन्दै पनि
पत्थरबुद्धिले बुझ्दैनन्– ८४ लाख जन्म हो भने कसैले सुनाउन नै कसरी सक्छन्।
अहिले तिमीलाई थाहा
छ– हामी ब्राह्मण हौँ, हामीले ८४ जन्म लिएका छौँ। ब्रह्माले पनि ८४ जन्म लिएका छन्,
विष्णुले पनि ८४ जन्म लिएका छन्। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा।
लक्ष्मीनारायणले नै ८४ जन्म लिएर फेरि ब्रह्मा-सरस्वती बन्छन्। यो पनि बुझ्ने कुरा
हो नि। बाबा भन्नुहुन्छ– हरेक ५ हजार वर्षपछि आएर सम्झाउँछु। चक्र ५ हजार वर्षको
चक्र छ। अहिले तिमीले वर्णहरूको रहस्य पनि बुझेका छौ। हामी सो को अर्थ पनि बुझेका
छौ, हामी आत्मा सो देवता बन्छौँ फेरि हामी सो क्षत्रिय, हामी सो वैश्य शूद्र बन्छौँ।
यति यति जन्म लिन्छौँ फेरि हामी सो ब्राह्मण बन्छौँ। ब्राह्मणहरूको यो एक जन्म हो।
यो हो नै तिम्रो हिराजस्तो जन्म।
बाबा भन्नुहुन्छ– यो
तिम्रो उत्तम शरीर हो, यसबाट तिमीले स्वर्गको वर्सा पाउन सक्छौ त्यसैले अब अरू
कुनैतर्फ नभड्किऊ। ज्ञान अमृत पिऊ। समझमा पनि आउँछ अवश्य ८४ जन्म लिन्छौँ। तिमी
पहिला सत्ययुगमा सतोप्रधान थियौ। फेरि सतो बन्यौ। फेरि चाँदीको खाद पर्यो, एकदम पूरा
हिसाब बताउनुहुन्छ। अब सरकारले पनि भन्छ सुनमा खाद मिसाऊ। १४ क्यारेट सुन लगाऊन्।
सुनमा खाद मिसाउनु– यो यहाँका मानिसहरू अपशकुन सम्झन्छन्। विवाह गराउँदा भने एकदम
सक्कली सुन लगाउँछन्। सुनमाथि पनि यहाँका मानिसहरूको धेरै प्यार छ। किन? भारतवर्षको
कुरा नसोध। सत्ययुगमा त सुनका महल थिए, सुनका इँटाहरू थिए। जसरी यहाँ इँटाहरूको
थुप्रो लागेको हुन्छ। त्यहाँ सुनचाँदीको थुप्रो हुन्छ। माया मच्छन्दरको खेल
देखाउँछन्। उसले सुनका इँटाहरू देख्यो, सोच्यो लैजान्छु। तल ओर्लिदा यो भने देख्यो
त केही पनि छैन। केही न केही कुरा लाग्छ। बच्चीहरूले बुझ्छन्, अहिले हामी फेरि
स्वर्गमा जान्छौँ फेरि यदि पति आदिले हैरान पार्छन् भने बिचरी भित्र रुन्छन्। कहिले
हामी सुखधाममा जान्छौँ? बाबा अब छिटो गर्नुहोस्। बाबा भन्नुहुन्छ– बच्चाहरू छिटो
कसरी गरूँ, पहिला तिमी योगबलबाट आफ्नो किचडा त निकाल। योगको यात्रामा रहू। बाबाले
धीरज दिनुहुन्छ। पुकार्छौ पनि हे पतित-पावन आउनुहोस्। गाउँछन् पनि– सर्वको
सद्गतिदाता एक। यहाँकै कुरा हो। अकासुर बकासुर यी सबै कुरा यस सङ्गम समयका हुन्। यो
हो नै आसुरी दुनियाँ। त्यसैले बाबा सम्झाउनुहुन्छ, म कल्प कल्प सङ्गममा आउँछु, जब
सारा वृक्ष जडजडीभूत अवस्थालाई पाउँछ।
तिमीलाई थाहा छ–
सत्ययुगमा हरेक चीज सतोप्रधान हुन्छ। यहाँ यति पन्छी जनावर आदि छन्, यी सबै यति
त्यहाँ हुँदैनन्। ठुला मानिसहरूको पासमा राम्रो सफाइ हुन्छ। उनीहरूको बस्ने स्थान,
फर्निचर आदि धेरै राम्रा हुन्छन्। तिमी पनि यति उच्च देवताहरू बन्छौ। त्यहाँ यस्तो
कुनै फोहोरी चीज रहन सक्दैन। यहाँ त लामखुट्टे आदि अनेक प्रकारका रोगहरू, कति फोहोर
रहन्छ। गाउँहरूमा यति फोहोर हुँदैन। ठुला ठुला सहरहरूमा धेरै फोहोर हुन्छ किनकि धेरै
मानिसहरू भएका छन्। बस्ने ठाउँ हुँदैन। तिमी सारा विश्वको मालिक बन्छौ। मानिसहरू
गाउँछन् घटमा नै ब्रह्मा, घटमा नै विष्णु... घटमा नै ९ लाख तारा। ब्रह्मा सो विष्णु
बन्छन्। विष्णुको साथमा सितारा पनि छन्। सत्ययुगमा यी देवता बन्छन् भने यति कहाँ
हुन्छन् र, वृक्ष पहिला सानो हुन्छ फेरि वृद्धि हुँदै जान्छ। सत्ययुगमा त धेरै कम
हुन्छन्। मीठा नदीहरूको माथि बस्दा हुन्। यहाँ नदीहरूबाट धेरै नहरहरू निकाल्छन्।
त्यहाँ नहरहरू आदि कहाँ हुन्छन् र!। मुठी जति त मानिसहरू हुन्छन्। यतिको लागि गङ्गा
जमुना त छँदै छ। ती नदीहरूकै वरपर बस्छन्। ५ तत्त्व पनि देवताहरूको दास बन्छन्।
कहिल्यै पनि बेकाइदा वर्षा पर्दैन। कहिल्यै नदीले उछाल खाँदैन। नाम नै हो स्वर्ग भने
फेरि के? अब भन्छन् स्वर्गको आयु यति लाख वर्ष छ। अच्छा त्यसोभए त्यहाँ कसले राज्य
गर्थे, यो त बताऊ। कति गफ लगाइरहन्छन्।
तिमीलाई थाहा छ– हामी
कल्प पहिला अनुसार यो पार्ट खेलिरहेका छौँ। रुद्र ज्ञान यज्ञमा अनेक प्रकारका
असुरहरूको विघ्न पर्छन् फेरि मानिसहरू सम्झन्छन्, असुरहरूले माथिबाट फोहोर, गोबर आदि
हाल्थे। तर होइन, तिमी देख्छौ– कति विघ्न पर्छन्। अबलाहरूमाथि अत्याचार हुन्छन् तब
त पापको घडा भरिन्छ। बाबा भन्नुहुन्छ– थोरै सहन गर्नुपर्छ। तिमी आफ्नो बाबा र
वर्सालाई याद गरिरख। मार खाने समयमा पनि बुद्धिमा याद गर– शिवबाबा। तिमीलाई त
बुद्धिमा ज्ञान छ, कसैलाई फाँसीमा चढाउँछन् भने पादरीहरू भन्छन् गड फादरलाई याद गर।
यस्तो भन्दैनन् क्राइस्टलाई याद गर। इसारा भगवानको लागि गर्छन्। उहाँ यति प्यारा
हुनुहुन्छ, सबैले उहाँलाई पुकार्छन्। आत्माले नै पुकार्छ। अब देहीअभिमानी बन्नुमा
नै मेहनत छ। ६३ जन्म तिमी देहअभिमानमा रहेका छौ। अहिले यस एक जन्ममा त्यो आधाकल्पको
बानी मेटाउनुछ। तिमीलाई थाहा छ– देहीअभिमानी बन्नाले हामी स्वर्गको मालिक बन्छौँ।
कति उच्च प्राप्ति छ। त्यसैले दिनरात यही कोसिसमा रहनुपर्छ। मानिसहरू कामधन्दा आदिको
लागि पनि मेहनत गर्छन्। आम्दानीमा मानिसलाई कहिल्यै हाइ आउँदैन किनकि आम्दानी छ।
पैसाको खुसी रहन्छ। थाक्ने कुरा नै रहँदैन। बाबा पनि अनुभवी हुनुहुन्छ नि। राति
स्टिमर्स आउँथे भने आएर माल खरिद गर्थे। जबसम्म ग्राहकको खल्ती खाली गर्दैनथे
तबसम्म उनीहरूलाई छोड्दैनथे। बाबाले रथ पनि पूरा अनुभवी लिनुभएको छ। यिनले सबै
अनुभव गरेका छन्। गाउँले केटो पनि थिए। १० आना मन अनाज बेच्थे। अब त हेर विश्वको
मालिक बन्छन्। एकदम गाउँले थिए। फेरि चढे पछि भने एकदम जुहारतको कामधन्दामा लागे।
बस् जुहारतको कुरा। यी फेरि हुन् सच्चा जुहारत। यो हुन्छ रायल व्यापार। बाबा धेरै
अनुभवी हुनुहुन्छ। बाबा भाइसराय आदिको घरमा यसरी जान्थे जसरी आफ्नो घर। यिनलाई फेरि
भनिन्छ अविनाशी ज्ञान रत्न। जति यो बुद्धिमा धारण गर्छौ, यसबाट तिमी पदमपति बन्छौ।
शिवबाबालाई भनिन्छ सौदागर, रत्नाकर। उहाँको महिमा पनि गाउँछन् फेरि भनिदिन्छन्
सर्वव्यापी। महिमाको साथमा फेरि यति ग्लानि। कस्तो हालत भएको छ भक्तिमार्गको। बाबा
भन्नुहुन्छ– जब भक्ति पूरा हुन्छ, तब भक्तहरूको रक्षक बाबा आउनुहुन्छ। धेरै भक्ति
कसले गर्छन्, यो पनि सिद्ध हुन्छ। सबैभन्दा बढी भक्ति तिमी गर्छौ। उनीहरू नै यहाँ
आएर पहिला-पहिला ब्राह्मण बन्छन् र बाबाबाट वर्सा लिन्छन् फेरि पूज्य बन्नका लागि।
रावणले पुजारी बनाएको छ, बाबाले पूज्य बनाउनुहुन्छ। यो हो भगवानुवाच। भगवान एक
हुनुहुन्छ। २-३ भगवान हुँदैनन्। गीता भगवानले गायन गर्नु भएको हो। शिव भगवानुवाचको
सट्टा श्रीकृष्णको नाम राखिदिएका छन् भने कति फरक भएको छ। ड्रामा अनुसार फेरि पनि
गीताको नाम यसरी बदल्नु नै छ। फेरि बोलाउँछन् हे पतित-पावन आउनुहोस्। बाबाले पावन
बनाउनुहुन्छ, रावणले पतित बनाउँछ। त्यसैले बुझ्ने कति बुद्धि चाहिन्छ। श्रीमत,
श्रेष्ठभन्दा श्रेष्ठ मत हो नै एक बाबाको। यी लक्ष्मीनारायण स्वर्गका मालिक बाबाको
मतबाट नै बनेका हुन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यस एक जन्ममा ६३ जन्महरूको पुरानो देह अभिमानको बानी मेटाउने मेहनत गर्नुछ।
देहीअभिमानी बनेर स्वर्गको मालिक बन्नुछ।
२) यस हिरातुल्य
उत्तम जन्ममा यस बुद्धिलाई भट्काउनु छैन, सतोप्रधान बन्नुछ। अत्याचारहरूलाई सहन
गरेर बाबाबाट पूरा वर्सा लिनुछ।
वरदान:–
साकार बाबा
समान आफ्नो हरेक कर्मलाई यादगार बनाउने आधारमूर्त र उद्धारमूर्त भव
जसरी साकार बाबाले
आफ्नो हरेक कर्म यादगार बनाउनुभयो त्यसरी नै तिमी सबैको हरेक कर्म यादगार तब बन्छ
जब स्वयंलाई आधारमूर्त र उद्धारमूर्त सम्झेर चल्छौ। जसले आफूलाई विश्व परिवर्तनको
आधारमूर्त सम्झन्छन्, उनीहरूको हर कर्म उच्च हुन्छ र वृत्ति-दृष्टिमा सर्वको
कल्याणको भावना रहन्छ भने हरेक कर्म श्रेष्ठ हुन्छ। यस्ता श्रेष्ठ कर्म नै यादगार
बन्छन्।
स्लोगन:–
सत्यताको
शक्तिलाई धारण गर्नको लागि सहनशील बन।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन
यस सहजयोगी जीवनमा यदि
मुस्किलहरूको अनुभव हुन्छ भने सहज राज्य कसरी गर्छौ। यहाँका संस्कारले नै त्यहाँ
लैजान्छौन्। हेर, तिम्रो यादगार जो देवताहरूको चित्र बनाउँछन् उनीहरूको अनुहारमा
सरलता पक्कै देखाउँछन्, त्यसैले जो जति सहज पुरुषार्थी हुन्छ ऊ मनसा पनि सरल, वाचामा
पनि सरल, कर्ममा पनि सरल हुन्छ। उसलाई नै फरिस्ता भनिन्छ।