27.08.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– आफ्नो सतोप्रधान तकदिर बनाउनको लागि यादमा रहने खूब पुरुषार्थ गर , सदैव याद रहोस् म आत्मा हुँ , बाबाबाट पूरा वर्सा लिनु छ।”

प्रश्न:–
बच्चाहरूलाई यादको चार्ट राख्न मुस्किल किन लाग्छ?

उत्तर:–
किनकि कयौँ बच्चाहरूले यादलाई यथार्थ रूपमा बुझ्दै बुझ्दैनन्। बस्छन् यादमा र बुद्धि बाहिर भट्किन्छ। शान्त हुँदैन। उनीहरूले फेरि वायुमण्डललाई खराब गर्छन्। याद गर्दैनन् भने चार्ट फेरि कसरी लेख्ने। यदि कसैले झुटो लेख्छन् भने धेरै दण्ड पर्छ। सच्चा बाबालाई साँचो बताउनुपर्छ।

गीत:–
तकदीर जगाकर आई हूँ.........

ओम् शान्ति ।
रुहानी बच्चाहरूलाई फेरि पनि रुहानी बाबाले दिनहुँ सम्झाउनुहुन्छ– जति हुन सक्छ देही-अभिमानी बन। आफूलाई आत्मा निश्चय गर र बाबालाई याद गर किनकि तिमीलाई थाहा छ– हामी उहाँ बेहदको बाबाबाट बेहद सुखको तकदिर बनाउन आएका छौँ। त्यसैले अवश्य बाबालाई याद गर्नुपर्छ। पवित्र सतोप्रधान बनेबिना सतोप्रधान तकदिर बनाउन सक्दैनौ। यो त राम्रोसँग याद गर। मूल कुरा हो नै एक। यो त आफ्नो पासमा लेखिदेऊ। पाखुरामा नाम लेख्छन् नि। तिमीले पनि लेखिदेऊ– हामी आत्मा हौँ, बेहदको बाबाबाट हामी वर्सा लिइरहेका छौँ किनकि मायाले भुलाउँछ त्यसैले लेखेको छ भने घरी-घरी याद रहनेछ। मनुष्यले ओम् को वा कृष्ण आदिको चित्र पनि लगाउँछन् यादको लागि। यो त हो नयाँ भन्दा नयाँ याद। यो केवल बेहदको बाबाले नै सम्झाउनुहुन्छ। यो बुझाइबाट तिमी सौभाग्यशाली त के पद्म भाग्यशाली बन्छौ। बाबालाई नजान्नाले, याद नगर्नाले कङ्गाल बनेका छौ। एकै बाबा हुनुहुन्छ जो सदैवको लागि जीवनलाई सुखी बनाउन आउनुभएको छ। हुन त याद पनि गर्छन् तर बिल्कुल जान्दैनन्। बेलायतका मानिसहरूले पनि सर्वव्यापी भन्न भारतवर्षका मानिसहरूबाट सिकेका हुन्। भारत गिरेको छ, तब सबै गिरेका छन्। भारत नै जिम्मेवार छ आफूलाई गिराउन र सबैलाई गिराउन। बाबा भन्नुहुन्छ– म पनि यहीँ आएर भारतलाई स्वर्ग सचखण्ड बनाउँछु। यस्तो स्वर्ग बनाउनेवालाको कति ग्लानि गरिदिएका छन्। बिर्सिएका छन् त्यसैले लेखिएको छ– यदा यदाहि..... यसको पनि अर्थ बाबाले नै आएर सम्झाउनुहुन्छ। बलिहारी एक बाबाको छ। अहिले तिमीलाई थाहा छ– बाबा अवश्य आउनुहुन्छ, शिव-जयन्ती मनाउँछन्। तर शिव-जयन्तीको कदर बिल्कुल छैन। अहिले तिमी बच्चाहरूले बुझेका छौ– अवश्य आएर जानुभएको छ, जसको जयन्ती मनाउँछन्। सत्ययुगी आदि सनातन देवी-देवता धर्मको स्थापना उहाँले नै गर्नुहुन्छ। अरू सबैलाई थाहा छ– हाम्रो धर्म फलानोले फलानो समयमा स्थापना गऱ्यो। उनीहरूभन्दा पहिला छ नै देवी-देवता धर्म। त्यसलाई बिल्कुलै जान्दैनन्– यो धर्म कहाँ हरायो। अहिले बाबा आएर सम्झाउनुहुन्छ– बाबा नै सबैभन्दा उच्च हुनुहुन्छ, अरू कसैको महिमा छैन। धर्म स्थापकको महिमा के हुन्छ र। बाबाले नै पावन दुनियाँको स्थापना र पतित दुनियाँको विनाश गराउनुहुन्छ र तिमीलाई मायामाथि जित दिलाउनुहुन्छ। यो बेहदको कुरा हो। रावणको राज्य सारा बेहदको दुनियाँमाथि छ। हदको लङ्का आदिको कुरा होइन। यो हार-जितको कहानी पनि सारा भारतको नै हो। बाँकी त बाइप्लाट हुन्। भारतवर्षमा नै डबल सिरताज र सिङ्गल ताज राजाहरू बन्छन् र जो पनि ठुला-ठुला बादसाह आएर गए, कसैमाथि पनि लाइटको ताज हुँदैन सिवाय देवी-देवताहरूको। देवताहरू त फेरि पनि स्वर्गका मालिक थिए नि। अब शिवबाबालाई भनिन्छ नै परमपिता, पतित-पावन। उहाँलाई लाइट कहाँ दिने। लाइट तब दिने जब लाइटबिनाको पतित पनि होस्। उहाँ कहिल्यै लाइटबिनाको हुनुहुन्न। बिन्दुमाथि लाइट कसरी दिन सकिन्छ र। हुन सक्दैन। दिन-प्रतिदिन तिमीलाई धेरै गुह्य-गुह्य कुरा सम्झाइरहनुहुन्छ, जो जति बुद्धिमा बसाउन सक्छ। मुख्य हो नै यादको यात्रा। यसमा मायाका विघ्न धेरै पर्छन्। हुन त कसैले यादको चार्टमा ५०-६० प्रतिशत पनि लेख्छन् तर बुझ्दैनन्– यादको यात्रा कसलाई भनिन्छ। सोधिरहन्छन्– यो कुरालाई याद भन्ने? धेरै मुस्किल छ। तिमी यहाँ १०-१५ मिनेट बस्छौ, त्यसमा पनि जाँच गर– यादमा राम्रोसँग रहन्छौ? धेरै छन् जो यादमा रहन सक्दैनन् फेरि उनीहरूले वायुमण्डललाई खराब गरिदिन्छन्। धेरै छन् जो यादमा नरहनाले विघ्न पार्छन्। सारा दिन बुद्धि बाहिर भट्किरहन्छ। त्यो यहाँ कहाँ शान्त हुन्छ र, त्यसैले यादको चार्ट पनि राख्दैनन्। झुटो लेख्नाले त झन् दण्ड पर्छ। धेरै बच्चाहरूले भुल गर्छन्, लुकाउँछन्। साँचो बताउँदैनन्। बाबाले भन्दा पनि साँचो नबताए कति दोष हुन्छ। जतिसुकै ठुलो गन्दा काम गरेको भए पनि साँचो बताउनमा लज्जा आउँछ। प्राय: गरेर सबैले झुटो बताउँछन्। झूठी माया, झूठी काया...... छ नि। एकदम देह-अभिमानमा आउँछन्। साँचो सुनाउनु त राम्रो नै हो, अरूले पनि सिक्छन्। यहाँ साँचो बताउनु छ। नलेजको साथ-साथै यादको यात्रा पनि जरुरी छ किनकि यादको यात्राबाट नै आफ्नो र विश्वको कल्याण हुनु छ। नलेज सम्झाउनको लागि धेरै सहज छ। यादमा नै मेहनत छ। बाँकी बीजबाट वृक्ष कसरी निस्कन्छ, त्यो त सबैलाई थाहा रहन्छ। बुद्धिमा ८४ को चक्र छ, बीज र वृक्षको नलेज हुन्छ नि। बाबा त सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ। उहाँमा नलेज छ सम्झाउनको लागि। यो हो बिल्कुल असाधारण कुरा। यो मनुष्य सृष्टिको वृक्ष हो। यो पनि कसैले जान्दैनन्। सबैले नेती-नेती गर्दै गए। ड्युरेसनलाई नै जान्दैनन् भने बाँकी के जान्नेछन्। तिमीमा पनि धेरै कम छन् जो राम्रोसँग जान्दछन्, त्यसैले सेमिनार पनि बोलाउँछन्। आफ्नो-आफ्नो राय देऊ। राय त जो कोहीले पनि दिन सक्छन्। यस्तो होइन– जसको नाम छ उनीहरूले नै दिनुपर्छ। हाम्रो नाम छैन, हामी कसरी दिने। होइन, कसैलाई पनि सर्भिसको लागि कुनै राय होस्, सल्लाह होस्, लेख्न सक्छौ। बाबा भन्नुहुन्छ– कुनै पनि राय आयो भने लेख्नुपर्छ। बाबा यो युक्तिले सर्भिस धेरै बढ्न सक्छ। जो कोहीले पनि राय दिन सक्छन्। हेरिन्छ कुन-कुन प्रकारको राय दिएका छन्। बाबा त भनिरहनुहुन्छ– कुन युक्तिले हामी कल्याण गरौँ, सबैलाई सन्देश दिऊँ। आपसमा विचार निकाल, लेखेर पठाऊ। मायाले सबैलाई सुताइदिएको छ। बाबा आउनुहुन्छ नै जब मृत्यु सामुन्ने हुन्छ। अब बाबा भन्नुहुन्छ– सबैको वानप्रस्थ अवस्था छ, पढ वा नपढ, मर्नु अवश्य छ। तयारी गर वा नगर, नयाँ दुनियाँ अवश्य स्थापना हुनु छ। राम्रा-राम्रा बच्चाहरू जो छन् उनीहरू आफ्नो तयारी गरिरहेका छन्। सुदामाको पनि उदाहरण गाइएको छ– चामल मुठी लिएर आए। बाबा हामीलाई पनि महल मिल्नुपर्छ। छ नै उनको पासमा चामल मुठी भने के गर्ने। बाबाले मम्माको उदाहरण बताउनुभएको छ– चामल मुठी पनि लिएर आउनुभएन। फेरि कति उच्च पद पाउनुभयो, यसमा पैसाको कुरा छैन। यादमा रहनु छ र आफू समान बनाउनु छ। बाबाको त कुनै फी आदि छैन। सम्झन्छन्– हाम्रो पासमा पैसा छ भने किन यज्ञमा स्वाहा नगरिदिने। विनाश त हुनै छ। सबै व्यर्थ हुनेछ, यसबाट केही त सफल गरौँ। हरेक मनुष्यले केही न केही दान-पुण्य आदि अवश्य गर्छन्। त्यो हो पाप आत्माहरूको पाप आत्माहरूलाई दान-पुण्य। फेरि पनि त्यसको अल्पकालको लागि फल मिलिहाल्छ। मानौँ कसैले युनिभर्सिटी, कलेज आदि बनाउँछन्, पैसा धेरै छ, धर्मशाला आदि बनाइदिन्छन् भने उनीहरूलाई भवन आदि राम्रो मिल्नेछ। तर फेरि पनि बिमारी आदि त हुन्छ नि। मानौँ कसैले हस्पिटल आदि बनाएको होला भने स्वास्थ्य राम्रो रहनेछ। तर त्यसबाट सबै कामनाहरू त सिद्ध हुँदैनन्। यहाँ त बेहदको बाबाद्वारा तिम्रा सबै कामनाहरू पूरा हुन्छन्।

तिमी पावन बन्छौ भने सबै पैसा विश्वलाई पावन बनाउनमा लगाउनु राम्रो हो नि। मुक्ति-जीवनमुक्ति दिन्छौ त्यो पनि आधाकल्पको लागि। सबैले भन्छन्– हामीलाई शान्ति कसरी मिलोस्। त्यो त शान्तिधाममा मिल्छ र सत्ययुगमा एक धर्म हुनाले त्यहाँ अशान्ति हुँदैन। अशान्ति हुन्छ रावण राज्यमा। गायन पनि छ नि– राम राजा राम प्रजा...... त्यो हो अमरलोक। त्यहाँ अमरलोकमा मर्ने अक्षर हुँदैन। यहाँ त बस्दा-बस्दै अचानक मर्छन्, यसलाई मृत्युलोक त्यसलाई अमरलोक भनिन्छ। त्यहाँ मर्नु हुँदैन। पुरानो एक शरीर छोडेर फेरि बालक बन्छन्। रोग हुँदैन। कति फाइदा हुन्छ। श्री श्रीको मतमा तिमी एभरहेल्दी बन्छौ। त्यसैले यस्ता रुहानी सेन्टरहरू कति खुल्नुपर्छ। थोरै पनि आउँछन् त्यो कम हो र। यस समय कुनै पनि मनुष्यले ड्रामाको अविधिलाई जान्दैनन्। सोध्छन्– तिमीलाई फेरि यो कसले सिकायो। अरे, हामीलाई बताउनेवाला बाबा हुनुहुन्छ। यति धेरै बि.के. छन्। तपाई पनि बि.के. हुनुहुन्छ। शिवबाबाको बच्चा हुनुहुन्छ। प्रजापिता ब्रह्माका पनि बच्चा हुनुहुन्छ। यहाँ हुनुहुन्छ मानवताको ग्रेट-ग्रेट ग्रेन्ड फादर। यिनबाट हामी बि.के. निस्किएका छौँ। वंशावली हुन्छन् नि। तिम्रो देवी-देवताहरूको कुल धेरै सुख दिनेवाला छ। यहाँ तिमी उत्तम बन्छौ फेरि त्यहाँ राज्य गर्छौ। यो कसैको बुद्धिमा रहन सक्दैन। यो पनि बच्चाहरूलाई सम्झाइएको छ– देवताहरूको पाउ यो तमोप्रधान दुनियाँमा पर्न सक्दैन। जड चित्रको छाया पर्न सक्छ, चैतन्यको पर्न सक्दैन। त्यसैले बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू, एक त यादको यात्रामा रहने गर, कुनै पनि विकर्म नगर र सर्भिसको युक्तिहरू निकाल। बच्चाहरूले भन्छन्– बाबा, हामी त लक्ष्मी-नारायण जस्तै बन्नेछौँ। बाबा भन्नुहुन्छ– तिम्रो मुखमा गुलाब तर यसको लागि मेहनत पनि गर्नु छ। उच्च पद पाउनु छ भने आफू समान बनाउने सेवा गर। तिमीले एक दिन देख्नेछौ– एक-एक पण्डाले आफ्नो साथमा १००-२०० यात्री पनि लिएर आउनेछन्। पछि गएर देख्दै जानेछौ। पहिलादेखि कहाँ केही भन्न सकिन्छ र। जे हुँदै जान्छ त्यो देख्दै जानेछौ।

यो बेहदको ड्रामा हो। तिम्रो हो सबैभन्दा मुख्य पार्ट बाबाको साथ, जो तिमीले पुरानो दुनियाँलाई नयाँ बनाउँछौ। यो हो पुरुषोत्तम सङ्गम युग। अब तिमी सुखधामको मालिक बन्छौ। त्यहाँ दु:खको नाम-निसान हुनेछैन। बाबा हुनुहुन्छ नै दु:ख हर्ता, सुख कर्ता। आएर दु:खबाट मुक्त गर्नुहुन्छ। भारतवर्षका मानिसहरू फेरि सम्झन्छन्– यति धन छ, ठुला-ठुला महल छन्, बिजुलीहरू छन्, बस् यही स्वर्ग हो। यो सबै हो मायाको आडम्बर। सुखको लागि धेरै गर्छन्। ठुला-ठुला महल भवन बनाउँछन् फेरि मृत्यु कसरी अचानक हुन्छ, त्यहाँ मर्ने डर हुँदैन। यहाँ त अचानक मर्छन् फेरि कति शोक गर्छन्। फेरि समाधिमा गएर आँसु बगाउँछन्। हरेकको आफ्नो-आफ्नो रसम-रिवाज छ। अनेक मत छन्। सत्ययुगमा यस्तो कुरा हुँदैन। त्यहाँ त एक शरीर छोडेर अर्को लिन्छन्। त्यसैले तिमी कति सुखमा जान्छौ। त्यसको लागि कति पुरुषार्थ गर्नुपर्छ। हरेक कदममा मत लिनुपर्छ। गुरुको वा पतिको मत लिन्छन् वा त आफ्नो मतले चल्नुपर्छ। आसुरी मतले के काम दिन्छ र। आसुरी तर्फ नै धकेल्छ। अब तिमीलाई मिल्छ ईश्वरीय मत, उच्च भन्दा उच्च त्यसैले गाइएको पनि छ– श्रीमत भगवानुवाच। तिमी बच्चाहरूले श्रीमतबाट सारा विश्वलाई हेभन बनाउँछौ। त्यो हेभनको तिमी मालिक बन्छौ त्यसैले तिमीले हरेक कदममा श्रीमत लिनु छ तर कसैको तकदिरमा छैन भने फेरि मतमा चल्दैनन्। बाबाले सम्झाउनुभएको छ– कसैलाई पनि आफ्नो केही अक्ल छ भने, राय छ भने भने बाबालाई पठाइदेऊ। बाबालाई थाहा छ– को-को राय दिन लायक छन्। नयाँ-नयाँ बच्चाहरू निस्किरहन्छन्। बाबालाई त थाहा छ नि कुन-कुन राम्रा-राम्रा बच्चाहरू छन्। पसलेहरूले पनि राय निकाल्नुपर्छ– यस्तो यत्न गरौँ जसबाट बाबाको परिचय मिलोस्। पसलमा पनि सबैलाई याद गराइराख। यहाँ जब सत्ययुग थियो तब एक धर्म थियो। यसमा नाराज हुने कुरा नै छैन। सबैका एक बाबा हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गऱ्यौ भने तिम्रा विकर्म विनाश हुनेछन्। स्वर्गको मालिक बन्नेछौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) श्रीमतमा चलेर सारा विश्वलाई स्वर्ग बनाउने सेवा गर्नु छ, धेरैलाई आफू समान बनाउनु छ। आसुरी मतबाट आफ्नो सम्भाल गर्नु छ।

२) यादको मेहनतले आत्मालाई सतोप्रधान बनाउनु छ। सुदामा जस्तै जे-जति चामल मुठी छन् ती सबै सफल गरेर आफ्नो सर्व कामनाहरू सिद्ध गर्नु छ।

वरदान:–
एक बाबा दोस्रो न कोही– यो दृढ सङ्कल्पद्वारा अविनाशी , अमर भव

जो बच्चाहरूले यो दृढ सङ्कल्प गर्छन्– एक बाबा दोस्रो न कोही..... उनीहरूको स्थिति स्वतः र सहज एकरस हुन्छ। यही दृढ सङ्कल्पले सर्व सम्बन्धहरूको अविनाशी तार जोडिन्छ र उनीहरूलाई सदा अविनाशी भव, अमर भवको वरदान मिलिहाल्छ। दृढ सङ्कल्प गर्नाले पुरुषार्थमा पनि विशेष रूपले लिफ्ट मिल्छ। जसको एक बाबासँग सर्व सम्बन्ध छ उनीहरूलाई सर्व प्राप्तिहरू स्वतः हुन्छन्।

स्लोगन:–
सोच्नु-बोल्नु र गर्नु तीनैलाई एक समान बनाऊ तब भनिन्छ सर्वोत्तम पुरुषार्थी।

अव्यक्त इसारा:– सहजयोगी बन्नु छ भने परमात्म प्यारको अनुभवी बन

जुन समय जुन सम्बन्धको आवश्यकता छ, त्यही सम्बन्धले भगवानलाई आफ्नो बनाऊ। दिलबाट भन– मेरो बाबा, र बाबाले भन्नुहुन्छ– मेरा बच्चा, यही स्नेहको सागरमा समाऊ। यो स्नेह छत्रछायाको काम गर्छ, यसभित्र माया आउन सक्दैन, यही सहजयोगी बन्ने साधन हो।