28.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– मोस्ट बिलभेड ( परमप्रिय) शिवबाबा आउनुभएको छ तिमी बच्चाहरूलाई विश्वको मालिक बनाउन , तिमी उहाँको श्रीमतमा चल।”

प्रश्न:–
मानिसहरूले परमात्माको बारेमा कुन दुई कुरा एक-अर्कासँग भिन्न बोल्छन्?

उत्तर:–
एकातिर भन्छन्– परमात्मा अखण्ड ज्योति हुनुहुन्छ र अर्कोतिर भन्छन् उहाँ त नाम-रूपबाट न्यारा हुनुहुन्छ। यी दुवै कुरा एक-अर्कासँग भिन्न हुन्छन्। यथार्थ रूपले नजान्नाले नै पतित बन्दै जान्छन्। बाबा जब आउनुहुन्छ तब आफ्नो सही पहिचान दिनुहुन्छ।

गीत:–
मरना तेरी गली में...

ओम् शान्ति ।
बच्चाहरूले गीत सुन्यौ। जब कोही मर्छन् तब पितासँग जन्म लिन्छन्। भन्नमा यही आउँछ– पिताकहाँ जन्म लियो, आमाको नाम लिँदैनन्। बधाई पितालाई दिइन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामी आत्मा हौँ, त्यो भयो शरीरको कुरा। एक शरीर छोडेर फेरि अर्को पितासँग जान्छौँ। तिमीले ८४ जन्ममा ८४ साकारी पिता बनायौ। वास्तवमा सुरुमा हौ निराकार पिताका बच्चा। तिमी आत्मा परमपिता परमात्माका बच्चा हौ। रहनेवाला पनि त्यहाँका हौ जसलाई निर्वाणधाम वा शान्तिधाम भनिन्छ। वास्तवमा तिमी त्यहाँका निवासी हौ। बाबा पनि त्यहाँ रहनुहुन्छ। यहाँ आएर तिमी लौकिक पिताका बच्चा बनेपछि फेरि उहाँ बाबालाई भुल्छौ। सत्ययुगमा पनि तिमी सुखी बन्छौ अनि उहाँ पारलौकिक पितालाई भुल्छौ। सुखमा उहाँ बाबाको कसैले स्मरण गर्दैनन्। दुःखमा याद गर्छन्। याद पनि आत्माले गर्छ। जब लौकिक पितालाई याद गर्छन् तब बुद्धि शरीरतिर रहन्छ। यी बाबाले उहाँलाई याद गर्दा भन्छन् ओ बाबा। हुन् दुवै पिता। राइट अक्षर बाबा नै हो। यी पनि फादर, उहाँ पनि फादर। आत्माले उहाँ रुहानी बाबालाई याद गर्दा बुद्धि त्यहाँ जान्छ। यी बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। अहिले तिमीलाई यो थाहा छ बाबा आउनुभएको छ, हामीलाई आफ्नो बनाउनुभएको छ। बाबा भन्नुहुन्छ– पहिला-पहिला मैले तिमीलाई स्वर्गमा पठाएँ। तिमी धेरै धनवान थियौ फेरि ८४ जन्म लिएर ड्रामा प्लान अनुसार अहिले तिमी दुःखी भएका छौ। अब ड्रामा अनुसार पुरानो दुनियाँ खत्तम हुनु छ। तिम्रो आत्मा र शरीर रूपी वस्त्र सतोप्रधान थिए फेरि गोल्डेन एजबाट सिल्भर एजमा आत्मा आयो भने शरीर पनि सिल्भर एजमा आयो फेरि कपर एजमा आयो। अहिले त तिम्रो आत्मा बिल्कुलै पतित भएको छ भने शरीर पनि पतित छ। जस्तै १४ क्यारेटको सुन कसैले मन पराउँदैनन्। कालो हुन्छ। तिमी पनि अहिले कालो आइरन एजेड बनेका छौ। अब आत्मा र शरीर जो यस्तो कालो बनेका छन् भने फेरि प्योर कसरी बन्ने। आत्मा प्योर बनेछि शरीर पनि प्योर मिल्छ। त्यो कसरी हुन्छ? के गङ्गा स्नान गर्नाले? होइन। पुकार्छन् नै– हे पतित-पावन... यो आत्माले भन्छ। बुद्धि पारलौकिक पितातिर जान्छ– हे बाबा। हेर बाबा अक्षर नै कति मीठो छ। यहाँ नै बाबा-बाबा भन्छन्। अहिले तिमी आत्म-अभिमानी बनेर बाबाको बनेका छौ। बाबा भन्नुहुन्छ मैले तिमीलाई स्वर्गमा पठाएको थिएँ। नयाँ शरीर धारण गरेका थियौ। अब तिमी के बनेका छौ। यी कुरा सधैँ भित्र रहनुपर्छ। बाबालाई नै याद गर्नुपर्छ। याद पनि गर्छन् नि– हे बाबा हामी आत्माहरू पतित बनेका छौँ। अब हजुर आएर पावन बनाउनुहोस्। ड्रामामा पनि यो पार्ट छ तब त बोलाउँछन्। ड्रामा प्लान अनुसार आउनुहुन्छ पनि तब जब पुरानो दुनियाँबाट नयाँ बन्नु छ, अवश्य सङ्गममा नै आउनुहुन्छ।

तिमी बच्चाहरूलाई निश्चय छ बिलभेड मोस्ट बाबा हुनुहुन्छ। भन्छन् पनि स्विट, स्विटर, स्विटेस्ट। अब स्विट को हुनुहुन्छ? लौकिक सम्बन्धमा पहिला हुन्छन् फादर, जसले जन्म दिन्छन्। फेरि टिचर। उनी राम्रो हुन्। उनीसँग पढेर पद पाउँछौ। नलेज इज सोर्स अफ इनकम भनिन्छ। ज्ञान हो नलेज। योग हो याद। त्यसैले बेहदका बाबा जसले तिमीलाई स्वर्गको मालिक बनाउनुभएको थियो, उहाँलाई तिमीले अहिले भुलेका छौ। शिवबाबा कसरी आउनुभयो कसैलाई थाहा छैन। चित्रहरूमा पनि क्लियर देखाइएको छ। ब्रह्माद्वारा स्थापना शिवबाबाले गराउनुहुन्छ। श्रीकृष्णले कसरी राजयोग सिकाउँछन्? राजयोग सिकाउनुहुन्छ नै सत्ययुगको लागि। त्यसैले अवश्य सङ्गममा बाबाले नै सिकाउनुभएको हुनुपर्छ। सत्ययुगको स्थापना गर्नेवाला हुनुहुन्छ बाबा। शिवबाबाले यिनीद्वारा गराउनुहुन्छ, करनकरावनहार हुनुहुन्छ नि। उनीहरूले त्रिमूर्ति ब्रह्मा भनिदिन्छन्। उच्चभन्दा उच्च शिव हुनुहुन्छ नि। यी साकार हुन्, उहाँ निराकार हुनुहुन्छ। सृष्टि पनि यहीँ नै छ। यो सृष्टिको नै चक्र हो जो घुमिरहन्छ, रिपिट भइरहन्छ। सूक्ष्मवतनको सृष्टिको चक्र गाइँदैन। वर्ल्डको हिस्ट्री-जियोग्राफी मनुष्यहरूको रिपिट हुन्छ। सूक्ष्मवतनमा कुनै चक्र आदि हुँदैन। गाउँछन् पनि वर्ल्डको हिस्ट्री-जियोग्राफी रिपिट। त्यो यहाँको कुरा हो। सत्ययुग-त्रेता... बीचमा अवश्य सङ्गमयुग चाहिन्छ। नत्र कलियुगलाई सत्ययुग कसले बनाउँछ। नर्कवासीहरूलाई स्वर्गवासी बनाउन बाबा सङ्गममा आउनुहुन्छ। यो त हाइएस्ट अथोरिटी गड फादरली गभर्मेन्ट हो। साथमा धर्मराज पनि हुनुहुन्छ। आत्माले भन्छ– म निर्गुणीमा कुनै गुण छैन। कुनै पनि देवताको मन्दिरमा जाँदा उनीहरूको अगाडि यसो भन्छन्। भन्नुपर्छ बाबालाई। उहाँलाई छोडेर ब्रदर्स (देवताहरू) लाई समातेका छन्। यी देवताहरू ब्रदर्स भए नि। ब्रदर्सबाट त केही पनि मिल्नु छैन। भाइहरूको पूजा गर्दै-गर्दै तल गिर्दै आएका छन्। अब तिमी बच्चाहरूलाई थाहा छ बाबा आउनुभएको छ, उहाँबाट हामीलाई वर्सा मिल्छ। बाबालाई नै जान्दैनन्, सर्वव्यापी भनिदिन्छन्। कोही फेरि भन्छन् अखण्ड ज्योति तत्त्व हो। कोही भन्छन् उहाँ नाम-रूपबाट न्यारा हुनुहुन्छ। जब अखण्ड ज्योति स्वरूप हुनुहुन्छ भने फेरि नाम-रूपबाट न्यारा कसरी भन्छन्। बाबालाई नजान्नाले नै पतित बनेका छन्। तमोप्रधान पनि बन्नु नै छ। फेरि जब बाबा आउनुहुन्छ तब आएर सबैलाई सतोप्रधान बनाउनुहुन्छ। आत्माहरू निराकारी दुनियाँमा सबै बाबासँग रहन्छन् फेरि यहाँ सतो-रजो-तमोमा आएर पार्ट खेल्छन्। आत्माले नै बाबालाई याद गर्छ। बाबा आउनुहुन्छ पनि, भन्नुहुन्छ पनि ब्रह्मा तनको आधार लिन्छु। यो हो भाग्यशाली रथ। बिना आत्मा रथ कहाँ हुन्छ र। अहिले तिमी बच्चाहरूलाई सम्झाइएको छ, यो हो ज्ञानको वर्षा। नलेज छ, यसबाट के हुन्छ? पतित दुनियाँबाट पावन दुनियाँ बन्छ। गङ्गा-जमुना त सत्ययुगमा पनि हुन्छन्। भन्छन् श्रीकृष्ण जमुनाको किनारमा खेलपाल गर्छन्। यस्तो कुनै कुरा होइन। उनी त सत्ययुगका प्रिन्स हुन्। धेरै राम्रोसँग उनलाई सम्हालिन्छ किनकि फूल हुन् नि। फूल कति राम्रा सुन्दर हुन्छन्। फूलसँग सबै आएर सुगन्ध लिन्छन्। काँडाको कहाँ सुगन्ध लिन्छन् र। अहिले त यो हो काँडाको दुनियाँ। काँडाको जङ्गललाई बाबा आएर गार्डन अफ फ्लावर बनाउनुहुन्छ त्यसैले उहाँको नाम बबुलनाथ पनि राखिदिएका छन्। काँडाहरूलाई बसेर फूल बनाउनुहुन्छ त्यसैले महिमा गाउँछन्– काँडालाई फूल बनाउने बाबा। अब तिमी बच्चाहरूको बाबासँग कति लभ हुनुपर्छ। ती लौकिक पिताले त तिमीलाई गटरमा हाल्छन्। यी बाबाले २१ जन्मको लागि तिमीलाई गटरबाट निकालेर पावन बनाउनुहुन्छ। उनीहरूले तिमीलाई पतित बनाउँछन्। तब त लौकिक पिता हुँदा पनि पारलौकिक पितालाई आत्माले याद गर्छ।

अहिले तिमीलाई थाहा छ– आधाकल्प बाबालाई याद गर्यौ। बाबा आउनुहुन्छ पनि अवश्य। शिवजयन्ती मनाउँछन् नि। तिमीलाई थाहा छ हामी बेहदका बाबाको बनेका छौँ। अहिले हाम्रो सम्बन्ध उहाँसँग पनि छ भने लौकिकसँग पनि छ। पारलौकिक पितालाई याद गर्नाले तिमी पावन बन्छौ। आत्मालाई थाहा छ उहाँ हाम्रो लौकिक र यहाँ पारलौकिक पिता हुनुहुन्छ। भक्तिमार्गमा पनि यो आत्मालाई थाहा हुन्छ। तब त भन्छन्– हे भगवान, ओ गड फादर। अविनाशी फादरलाई याद गर्छन्। उहाँ बाबा आएर हेभन स्थापना गर्नुहुन्छ। यो कसैलाई थाहा छैन। शास्त्रहरूमा त युगहरूको आयु पनि धेरै लामो लेखिदिएका छन्। यो कसैको ख्यालमा आउँदैन– बाबा आउनुहुन्छ नै पतितहरूलाई पावन बनाउन। त्यसैले अवश्य सङ्गममा आउनुहुन्छ। कल्पको आयु लाखौँ वर्ष लेखेर मानिसहरूलाई बिल्कुल घोर अन्धकारमा पारिदिएका छन्। धक्का खाइरहन्छन्, बाबालाई पाउनको लागि। भन्छन् जसले धेरै भक्ति गर्छन् अनि भगवान मिल्नुहुन्छ। सबैभन्दा धेरै भक्ति गर्नेलाई अवश्य पहिला मिल्नुपर्छ। बाबाले हिसाब पनि बताउनुभएको छ, सबैभन्दा पहिला भक्ति तिमीले गर्छौ। त्यसैले तिमीलाई नै पहिला-पहिला भगवानद्वारा ज्ञान मिल्नुपर्छ ताकि फेरि तिमी नै नयाँ दुनियाँमा राज्य गर। बेहदका बाबाले तिमी बच्चाहरूलाई ज्ञान दिइरहनुभएको छ, यसमा तकलिफको कुनै कुरा छैन। बाबा भन्नुहुन्छ तिमीले आधाकल्प याद गर्यौ। सुखमा त कसैले याद गर्दैनन्। अन्त्यमा जब दुःखी हुन्छन् तब हामी आएर सुखी बनाउँछौँ। अहिले तिमी धेरै ठुलो मानिस बन्छौ। हेर चिफ मिनिस्टर, प्राइम मिनिस्टर आदिका बङ्गला कति फस्टक्लास हुन्छन्। त्यहाँ फेरि गाई आदि सारा फर्निचर यस्तो फस्टक्लास हुन्छ। तिमी त कति ठुलो मानिस (देवता) बन्छौ। दैवीगुण भएका देवता स्वर्गका मालिक बन्छौ। त्यहाँ तिम्रो लागि महल पनि हीरा-जुहारतका हुन्छन्। त्यहाँ तिम्रो फर्निचर सुन जडित फस्टक्लास हुन्छ। यहाँ त झुला आदि सबै साधारण छन्। त्यहाँ त फस्टक्लास हीरा-जुहारतका सबै चिजहरू हुन्छन्। यो हो रुद्र ज्ञान यज्ञ। शिवलाई रुद्र पनि भनिन्छ। जब भक्ति पूरा हुन्छ तब फेरि भगवानले रुद्र यज्ञ रच्नुहुन्छ। सत्ययुगमा यज्ञ अथवा भक्तिको कुरा नै हुँदैन। यस समय नै बाबाले यो अविनाशी रुद्र ज्ञान यज्ञ रच्नुहुन्छ, जसको फेरि पछि गायन चल्छ। भक्ति सदैव त चलिरहँदैन। भक्ति र ज्ञान। भक्ति हो रात, ज्ञान हो दिन। बाबा आएर दिन बनाउनुहुन्छ त्यसैले बच्चाहरूको बाबासँग कति लभ हुनुपर्छ। बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। मोस्ट बिलभेड बाबा हुनुहुन्छ। उहाँभन्दा धेरै प्यारो वस्तु कोही हुन सक्दैन। आधाकल्पदेखि याद गर्दै आएका छौ। बाबा आएर हाम्रो दुःख हरण गर्नुहोस्। अब बाबा आउनुभएको छ। सम्झाउनुहुन्छ तिमीलाई आफ्नो गृहस्थ व्यवहारमा त रहनु नै छ। यहाँ बाबासँग कहाँसम्म बस्छौ। बाबासँग त परमधाममा नै रहन सक्छौ। यहाँ यति सबै बच्चाहरू त रहन सक्दैनन्। टिचरले प्रश्न कसरी सोध्छन्। लाउडस्पिकरमा जवाफ कसरी दिन सक्छन् त्यसैले थोरै-थोरै विद्यार्थीहरूलाई पढाउँछन्। कलेज त धेरै छन् फेरि सबैको परीक्षा हुन्छ। लिस्ट निस्कन्छ। यहाँ त एकै बाबाले पढाउनुहुन्छ। यो पनि सम्झाउनुपर्छ दुःखमा सिमरण सबैले उहाँ पारलौकिक पिताको गर्छन्। अहिले यहाँ बाबा आउनुभएको छ। महाभारी महाभारत लडाइँ पनि अगाडि खडा छ। उनीहरूले सम्झन्छन् महाभारत लडाइँमा श्रीकृष्ण आए। यो त हुन सक्दैन। बिचराहरू अल्मलिएका छन् नि। फेरि पनि कृष्ण-कृष्ण याद गरिरहन्छन्। अब मोस्ट बिलभेड शिव पनि हुनुहुन्छ भने श्रीकृष्ण पनि हुन्। तर उहाँ हुनुहुन्छ निराकार, उनी हुन् साकार। निराकार बाबा सबै आत्माहरूका पिता हुनुहुन्छ। हुन् दुवै मोस्ट बिलभेड। श्रीकृष्ण पनि विश्वका मालिक हुन् नि। अहिले तिमीले जज गर्न सक्छौ– धेरै प्यारो को? शिवबाबाले नै त यस्तो लायक बनाउनुहुन्छ नि। श्रीकृष्णले के गर्छन्? बाबाले नै त उनलाई यस्तो बनाउनुहुन्छ, त्यसैले गायन पनि धेरै उहाँ बाबाको हुनुपर्छ। शङ्करको डान्स देखाउँछन्। वास्तवमा डान्स आदिको त कुरा छैन। बाबाले सम्झाउनुभएको छ तिमी सबै पार्वतीहरू हौ। यहाँ शिव अमरनाथले तिमीलाई कथा सुनाइरहनुभएको छ। त्यो हो निर्विकारी दुनियाँ। विकारको कुरा छैन। बाबाले विकारी दुनियाँ कहाँ रच्नुहुन्छ र। विकारमा नै दुःख छ। मानिसहरूले हठयोग आदि धेरै सिक्छन्। गुफाहरूमा गएर बस्छन्, आगोबाट पनि जान्छन्। रिद्धि-सिद्धि पनि धेरै छ। जादुगरले धेरै चिजहरू निकाल्छन्। भगवानलाई पनि जादुगर, रत्नाकर, सौदागर भन्छन् भने अवश्य चैतन्य हुनुहुन्छ नि। भन्नुहुन्छ पनि म आउँछु, जादुगर हुनुहुन्छ नि। मानिसलाई देवता, बेगरबाट प्रिन्स बनाउनुहुन्छ। यस्तो जादु कहिल्यै देख्यौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) फूलहरूको बगैँचामा चल्नु छ त्यसैले सुगन्धित फूल बन्नु छ। कसैलाई पनि दुःख दिनु छैन। एक पारलौकिक पितासँग सर्व सम्बन्ध जोड्नु छ।

२) शिवबाबा प्यारोभन्दा प्यारो हुनुहुन्छ उहाँ एकलाई नै प्यार गर्नु छ। सुखदाता बाबालाई याद गर्नु छ।

वरदान:–
कसैको कमी , कमजोरीलाई नहेरी आफ्नो गुण वा शक्तिहरूको सहयोग दिने मास्टर दाता भव

मास्टर दाता उही हो जो सदा यही रुहानी भावनामा रहन्छ कि सर्व रुहहरू हामी समान वर्साको अधिकारी बनून्। कसैको पनि कमी कमजोरीलाई नहेरी, उनीहरूले आफ्नो धारण गरेका गुणहरूको, शक्तिहरूको सहयोग दिन्छन्। यो ‘यस्तै नै हो’ भन्ने भावनाको सट्टा म यसलाई पनि बाबा समान बनाऊँ, यो शुभ भावना होस्। साथ-साथै यही श्रेष्ठ कामना होस्– यी सर्व आत्माहरू कङ्गाल, दुःखी, अशान्तबाट सदा शान्त, सुख-रूप मालामाल बनून्, तब भनिन्छ मास्टर दाता।

स्लोगन:–
मनसा-वाचा-कर्मणा सेवा गर्ने नै निरन्तर सेवाधारी हुन्, उनीहरूको हरेक श्वासमा सेवा समाएको हुन्छ।

अव्यक्त इसारा:– यस अ व्यक्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

पहिला आफ्नो देहबाट, देहको सम्बन्धबाट र पुरानो दुनियाँको स्मृतिबाट मुक्त बन। जब यो मुक्तिको अवस्थाको अनुभव गर्छौ तब मुक्त भएपछि जीवन मुक्तिको अनुभव स्वतः हुन्छ। त्यसैले जाँच गर जीवनमा रहँदा देह, देहको सम्बन्ध र पुरानो दुनियाँको आकर्षणबाट कहाँसम्म मुक्त बनेका छौ?