28.07.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
बिग्रिएको तगदिर लाई सुधार्ने अर्थात् त ग दिर बनाउने एक बाबा हुनुहुन्छ , जसले
तिमीलाई ज्ञान दिएर त ग दिरवा न बनाउनुहुन्छ।”
प्रश्न:–
तिमी
बच्चाहरूको यो रुहानी भट्ठीको एउटा काइदा कुन हो?
उत्तर:–
रुहानी भट्ठी
अर्थात् यादको यात्रामा बस्नेहरूले कहिल्यै पनि यताउताको विचार चलाउनुहुँदैन, एक
बाबालाई याद गर्नु छ। बुद्धि यताउता भट्कियो भने उङिरहनेछौ, हाई गर्नेछौ, यसले
वायुमण्डल बिग्रिन्छ। आफ्नै नोक्सान पार्छौ।
गीत:–
दिल का सहारा
टुट न जाये...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले गीतका दुई शब्द सुन्यौ। बच्चाहरूलाई सावधानी मिल्छ। यतिबेला तिमी
ब्राह्मणहरू बाहेक जति पनि आत्माहरू छन् ती सबैको तगदिर बिग्रिएको छ। अहिले तिम्रो
बिग्रिएको तगदिर सुध्रिरहेको छ। बाबालाई भनिन्छ नै तगदिर बनाउने। तिमीलाई थाहा छ,
शिवबाबा कति मीठा हुनुहुन्छ। बाबा शब्द बडो मीठो छ। बाबाबाट सबै आत्माहरूले वर्सा
पाउँछन्। लौकिक पिताबाट बच्चाहरूले वर्सा पाउँछन्, बच्चीले पाउँदैनन्। यहाँ बच्चा
वा बच्ची सबै वर्साका हकदार हुन्छन्। बाबाले पढाउनुहुन्छ आत्माहरूलाई अर्थात् आफ्ना
बच्चाहरूलाई। आत्माले सम्झन्छ– हामी सबै दाजुभाइ हौँ। अवश्य भाइचारा भनिन्छ नि! एक
भगवानका बच्चा हौँ, फेरि यति धेरै लडाइँझगडा गर्ने किन? सबै आपसमा लडिरहन्छन्। अनेक
धर्म, अनेक मत छन् र मुख्य कुरा त रावण राज्यमा लडाइँ नै चल्छ किनकि विकारहरू
प्रवेश भएका छन्। काम विकारमा पनि कति लडाइँझगडा हुन्छ। यसरी धेरै राजाहरूले लडाइँ
गरेका छन्। कामको लागि धेरै लड्छन्। कति खुसी हुन्छन्। कोहीसँग दिल बस्यो भने ज्यान
पनि मार्छन्। काम महाशत्रु हो। क्रोध हुनेलाई त क्रोधी नै भनिन्छ। लोभ हुनेलाई लोभी
भनिन्छ। तर जो कामी छन् उनीहरूका धेरै नाम राखिएका छन् त्यसैले भनिन्छ– अमृत छोडेर
विष किन खाने। शास्त्रहरूमा अमृत नाम लेखिदिएका छन्। देखाउँछन्, सागर मन्थन गर्दा
अमृत निस्कियो। कलश लक्ष्मीलाई दिए। कति कथाहरू छन्। यसमा पनि सबैभन्दा ठुलो कुरा
हो सर्वव्यापीको, गीताको भगवान को हुनुहुन्छ? पतितपावन को हुनुहुन्छ? प्रदर्शनीमा
मुख्य यिनै चित्रहरूमा सम्झाइन्छ। पतितपावन, ज्ञानको सागर र उहाँबाट निस्किएका
ज्ञान गङ्गाहरू वा पानीको नदी वा सागर? कति राम्रा राम्रा कुराहरू सम्झाइन्छ। बाबा
बसेर सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! तिमीहरूलाई कसले पावन बनाउनुभयो?
बिग्रिएको तगदिरलाई सुधार्ने को हुनुहुन्छ? उहाँ पतितपावन कहिले आउनुहुन्छ? यो खेल
कसरी बनेको छ? यी सबै कुरा कसैलाई पनि थाहा छैन। बाबालाई भनिन्छ नै ज्ञानका सागर,
आनन्दका सागर, शान्तिका सागर। गायन गरिन्छ पनि– बिग्रिएकोलाई बनाउने एक। यो त बुझ्न
सकिन्छ– अवश्य रावणले हाम्रो तगदिर बिगार्छ। यो खेल हो हारजितको। रावणलाई पनि तिमीले
चिनेका छौ जसलाई यहाँका मानिसहरूले वर्ष वर्ष जलाउँछन्। यो भारतवर्षको दुस्मन हो।
भारतभूमिमा नै हरेक वर्ष जलाउँछन्। उनीहरूलाई सोध, कहिलेदेखि जलाउँदै आएका छौ? अनि
सबैले भन्छन्, यो त सृष्टिको सुरुदेखि नै अनादि चल्दै आएको छ। शास्त्रहरूमा जे पढे,
त्यसैलाई सत्य सत्य भन्दै आउँछन्। मुख्य भुल हो ईश्वरलाई सर्वव्यापी भन्नु। बाबा
भन्नुहुन्न– यो कसको भुल हो! यो ड्रामामा पहिल्यै निश्चित छ। यो हारजितको खेल हो।
मायाबाट हारे हार, मायाबाट जिते जित। मायाबाट कसरी हार खान्छन्, त्यो पनि सम्झाइन्छ।
पूरा आधाकल्प रावण राज्य चल्छ। एक सेकेन्डको पनि फरक हुन सक्दैन। रामराज्यको स्थापना
र रावण राज्यको विनाश। आफ्नो समयमा एक्युरेट चल्छन्। सत्ययुगमा त लङ्का हुँदैन। त्यो
त बुद्ध धर्मको खण्ड हो। पढेलेखेकाको बुद्धिमा हुन्छ, लन्डन यता छ, अमेरिका उता छ।
पढाइले बुद्धिको ताला खुल्छ, बुद्धिमा उज्यालो आउँछ। यसलाई ज्ञानको तेस्रो नेत्र
भनिन्छ। वृद्ध माताहरूले धेरै कुराहरू बुझ्न सक्दैनन्। उनीहरूले मुख्य एउटा कुरा
धारणा गर्नु छ, जुनकुरा नै अन्त्यमा काम आउँछ। मानिसहरूले शास्त्र त धेरै पढ्छन्।
अन्त्यमा फेरि पनि एक शब्द भनिदिन्छन्– राम राम भन। यस्तो भन्दैनन् शास्त्र सुनाऊ,
वेद सुनाऊ। अन्त्यमा भन्छन् रामलाई याद गर। जो धेरै समय जुन चिन्तनमा रहन्छन्,
अन्त्यमा पनि त्यही याद आउँछ। अब विनाश त सबैको हुनु छ। तिमीलाई थाहा छ, सबैले
कसलाई याद गर्नेछन्? कसैले श्रीकृष्णलाई, कसैले आफ्ना गुरुलाई याद गर्नेछन्। कसैले
आफ्ना देहका सम्बन्धीहरूलाई याद गर्नेछन्। देहलाई याद गरेछौ भने खेल खतम। यहाँ
तिमीलाई एउटै कुरा सम्झाइन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गरिराख। चार्ट राख–
मैले कति याद गर्छु। जति याद गर्छौ, त्यति पावन बन्दै जानेछौ। यस्तो होइन
गङ्गास्नान गरेपछि पावन बन्छौ। आत्माको कुरा हो नि! आत्मा नै पतित, आत्मा नै पावन
बन्छ नि! बाबाले सम्झाउनुभएको छ– आत्मा एउटा स्टार बिन्दु हो। आत्मा भृकुटीको बीचमा
रहन्छ। भन्छन्, आत्मा स्टार अति सूक्ष्म छ। तिमी बच्चाहरूले नै यी कुराहरू बुझ्न
सक्छौ। बाबा भन्नुहुन्छ– म कल्पको सङ्गमयुगमा आउँछु। उनीहरूले फेरि कल्प शब्द छोडेर
युग युग शब्द लेखिदिएका छन्। त्यसैले मानिसहरूले उल्टो बुझेका छन्। मैले भनेको छु–
कल्प कल्प सङ्गमयुगमा आउँछु, घोर अन्धकार र दिव्य उज्यालोको सङ्गममा। बाँकी युग
युगमा आउनुपर्ने त आवश्यकता नै छैन। सिँढी ओर्लिनेबित्तिकै आउँछु। पूरा ८४ जन्मको
सिँढी ओर्लिन्छौ अनि बाबा आउनुहुन्छ। यो ज्ञान सारा दुनियाँको लागि हो।
संन्यासीहरूले त भनिदिन्छन्, यिनीहरूका चित्र सबै कल्पना हुन्। तर कल्पनाको त यसमा
कुनै कुरा नै छैन। यो ज्ञान सबैलाई सम्झाइन्छ, नत्र मानिसहरूलाई कसरी थाहा हुन्छ,
त्यसैले यी चित्रहरू बनाइएका हुन्। देशदेशान्तरमा यी प्रदर्शनी धेरै भइरहनेछन्। बाबा
भन्नुहुन्छ– धेरै यहाँका बच्चाहरू नै हुन्छन्। हुन् त सबै बच्चा नि! यो अनेक
धर्महरूको वृक्ष हो। बाबा बसेर सम्झाउनुहुन्छ– यी सबै काम चितामा बसेर जलेर मरेका
छन्। सत्ययुगमा जो पहिला सुरुमा आउँछन्, उनीहरू नै फेरि सबैभन्दा पहिला द्वापरदेखि
काम अग्निमा जल्छन् त्यसैले काला भएका छन्। अब सबैको सद्गति हुनु छ। त्यसको लागि
तिमी निमित्त बन्छौ। तिमीहरूभन्दा पछाडि सबैको सद्गति हुनु छ। बाबाले कति सहज
तरिकाले सम्झाउनुहुन्छ। भन्नुहुन्छ– केवल म बाबालाई याद गर। आत्माको नै दुर्गति भएको
छ। आत्मा पतित बनेपछि शरीर पनि त्यस्तै मिल्छ। आत्मालाई पावन बनाउने युक्ति बाबाले
एकदमै सहज बताउनुहुन्छ।
त्रिमूर्तिको चित्रमा
ब्रह्माको चित्र देखेर मानिसहरूले हाहाकार मच्चाउँदै भन्छन्– यिनलाई ब्रह्मा किन
भन्छौ? ब्रह्मा त सूक्ष्मवतनवासी देवता हुन्, यहाँ कहाँबाट आए? यी दादा त प्रसिद्ध
थिए। अखबारहरूमा सबैतिर छापिएको थियो, एक जौहरीले भन्छन् म श्रीकृष्ण हुँ, मलाई
१६१०८ रानीहरू चाहिन्छ। भगाए भन्ने ठुलो हङ्गामा मच्चिएको थियो। अब एक एकसँग कसले
मेहनत गर्ने, यति धेरै मानिसहरू छन्। आबुमा पनि कोही आए भने उनीहरूलाई तुरून्तै
भन्छन्– अरे ब्रह्माकुमारीहरूकहाँ जान्छौ! तिनीहरूले त जादु गरिदिन्छन्।
स्त्रीपुरुषलाई भाइबहिनी बनाइदिन्छन्। लम्बाचौडा कुरा बताएर दिमाग बिगारिदिन्छन्।
बाबा भन्नुहुन्छ– तिमीले मलाई ज्ञान सागर वर्ल्ड अलमाइटी अथोरिटी भन्छौ। वर्ल्ड
अलमाइटी अर्थात् सर्वशक्तिमान्, सबै वेद शास्त्रहरू आदिलाई जान्ने। ठुला विद्वानलाई
पनि अथोरिटी भनिन्छ किनकि उनीहरूले सबै वेद, शास्त्रहरू आदि पढ्छन् अनि बनारसमा गएर
टाइटल लिएर आउँछन्। महामहोपाध्याय, श्री श्री १०८ सरस्वती यी सबै टाइटलहरू त्यहीँ
मिल्छन्। जो धेरै होसियार हुन्छन्, उनीहरूलाई ठुलो टाइटल मिल्छ। शास्त्रहरूमा जनकको
लागि लेखिएको छ। उनले भने– कसैले मलाई सच्चा ब्रह्म ज्ञान सुनाओस्। अब ब्रह्म ज्ञान
त होइन। कुराहरू सबै यहाँका हुन्। कहानी ठुलो बनाइदिएका छन्। शङ्कर पार्वतीको पनि
कहानी लेखिएको छ। बसेर कति कहानीहरू बनाएका छन्। शङ्करले पार्वतीलाई कथा सुनाए,
वास्तवमा हुनुहुन्थ्यो शिव उनीहरूले फेरि शङ्कर पार्वतीको नाम राखिदिएका छन्। भागवत
आदि यो सबै यसै समयको कुरा हो। फेरि कहानीमा बताउँछन्, उनलाई विचार आयो गएर राजालाई
यो ज्ञान दिऊँ। बाबाले पनि सम्झाउनुहुन्छ– राजाहरूलाई गएर ज्ञान देऊ। तिमी नै
सूर्यवंशी थियौ फेरि चन्द्रवंशी, वैश्यवंशी, शूद्रवंशी बन्यौ। तिम्रो राजधानी नै
समाप्त भएको छ। अब फेरि सूर्यवंशी राजधानी लिनु छ भने पुरुषार्थ गर। राजयोग सिकाउने
बाबा आउनुभएको छ। फेरि आएर बेहदको स्वराज्य लेऊ। राजाहरूकहाँ पनि धेरै चिठीहरू
जान्छन् फेरि उनीहरूले कहाँ ज्ञान पाउँछन् र! उनीहरूका प्राइभेट सेक्रेटरीले चिठीहरू
हेर्छन्। कति चिठीहरू फ्याँकिदिन्छन्। कुनैमा यस्तो कुनै जरुरी कुरा रहेछ भने
राजाहरू देखाइदिन्छन्। भन्छन्– अष्टावक्रले जनकलाई सेकेन्डमा जीवनमुक्तिको
साक्षात्कार गराए। यो पनि अहिलेको कुरा हो। अहिले बाबा बसेर कति राम्रोसँग तिमीलाई
सम्झाउनुहुन्छ। जसले बुझ्दैनन्, उनीहरूले यताउता हेरिरहन्छन्। बाबाले तुरून्तै
बुझ्नुहुन्छ– यिनीहरूको बुद्धिमा केही बस्दैन। सबैले राम्रोसँग सुनेका छन् कि छैनन्
भनेर बाबाले पनि चारैतिर हेर्नुहुन्छ। यिनीहरूको बुद्धि कहाँ भट्किरहन्छ। हाई
गरिरहन्छन्। ज्ञान बुद्धिमा बसेन भने उङिरहनेछन्, नोक्सान हुन्छ। कराँचीमा यी
बच्चाहरूको भट्ठी थियो। कोही उङ्यो भने फेरि तुरून्तै बाहिर निकालिन्थ्यो। आफ्नै
नातेदारहरू बस्थे। बाहिरको कोही आउँदैनथ्यो। सुरुमा यिनीहरूको ठुलो पार्ट चलेको छ।
लामो इतिहास छ। सुरुमा त बच्चीहरू धेरै ध्यानमा जान्थे। अहिलेसम्म पनि भनिरहन्छन्
यो जादु हो। परमपिता परमात्मालाई जादुगर भनिन्छ नि! शिवबाबाले देख्नुहुन्छ–
यिनीहरूको धेरै प्रेम छ, त्यसैले देख्नेबित्तिकै तुरून्तै ध्यानमा गइहाल्छन्।
वैकुण्ठ त यहाँका मानिसहरूलाई धेरै प्यारो छ। कोही मरेछ भने पनि भन्छन् वैकुण्ठवासी
भयो, स्वर्गवासी भयो। अहिले यो त हो नै नर्क। सबै नर्कवासी हुन्, त्यसैले त भन्छन्
फलानो स्वर्गवासी भयो। तर स्वर्गमा त कोही जाँदै जाँदैनन्। अहिले केवल यो कुरा
तिमीलाई थाहा भएको छ, हामी स्वर्गवासी थियौँ फेरि ८४ जन्म लिएर नर्कवासी बनेका छौँ।
अब फेरि बाबाले हामीलाई स्वर्गवासी बनाइरहनुभएको छ। स्वर्गमा राजधानी हुन्छ।
राजधानीमा धेरै पद हुन्छन्। पुरुषार्थ गरेर नरबाट नारायण बन्नु छ। तिमीलाई थाहा छ,
यी मम्मा बाबा भविष्यमा लक्ष्मीनारायण बन्छन्। अहिले पुरुषार्थ गरिरहेका छन्,
त्यसैले भनिन्छ फलो मदर फादर। जसरी यिनीहरूले पुरुषार्थ गर्छन्, तिमीले पनि त्यसरी
नै पुरुषार्थ गर। यिनीहरू पनि यादमा रहन्छन्, स्वदर्शन चक्रधारी बन्छन्। तिमीले
बाबालाई याद गर र वर्सालाई याद गर। त्रिकालदर्शी बन। तिमीलाई यो सारा चक्रको ज्ञान
छ, यसमा तत्पर होऊ र अरूलाई सम्झाइराख। यही सेवामा नै लागिरह्यौ भने अरू कुनै धन्दा
आदि याद आउनेछैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सत्ययुगमा उच्च पद पाउनको लागि मातापितालाई पूरा पूरा फलो गर्नु छ। उहाँहरूले जति
नै पुरुषार्थ गर्नु छ। सेवामा तत्पर रहनु छ। एकाग्र भएर पढाइ पढ्नु छ।
२) यादको सच्चा चार्ट
राख्नु छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ, देह वा देहधारीहरूलाई याद
गर्नुछैन।
वरदान:–
आफ्नो
सर्वोच्च स्थिति मा स्थित भए र हर सङ्कल्प , बोल ी र कर्म गर्ने सम्पूर्ण निर्विकारी
भव
सम्पूर्ण निर्विकारी
अर्थात् अलिकति पनि कुनै पनि विकारतर्फ आकर्षण नजाओस्, कहिल्यै त्यो विकारको वशीभूत
नहोऊ। सर्वोच्च स्थिति भएका आत्माहरूले कुनै पनि साधारण सङ्कल्प गर्न सक्दैनन्।
त्यसैले कुनै पनि सङ्कल्प वा कर्म गर्दा चेक गर– जस्तो उच्च नाम त्यस्तै उच्च काम
छ? यदि नाम उच्च, काम नीच भयो भने नाम बदनाम गर्छौ त्यसैले लक्ष्य अनुसार लक्षण
धारणा गर अनि भनिनेछ सम्पूर्ण निर्विकारी अर्थात् परम पवित्र आत्मा।
स्लोगन:–
कर्म गर्दा
गर्नेगराउनेवाला बाबाको स्मृति रह्यो भने स्वपुरुषार्थ र योगको सन्तुलन राम्रो
हुनेछ।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भए र शक्तिशाली यादको अनुभव गर
यस कलियुगी तमोप्रधान
जीर्ण वृक्षको दुर्दशा देखेर ब्रह्माबाबालाई सङ्कल्प आउँछ– अहिले नै बच्चाहरूको
तपस्वी रूपद्वारा, योग अग्निद्वारा यो पुरानो वृक्षलाई भस्म गरिदिऊँ। तर यसको लागि
सङ्गठित रूपमा सम्पूर्ण शक्तिबाट योग ज्वाला प्रज्वलित हुनुपर्छ। त्यसैले
ब्रह्माबाबाको यो सङ्कल्पलाई साकारमा ल्याऊ।