28.12.25 Avyakt Bapdada Nepali Murli 18.03.2008 Om Shanti Madhuban
कारण शब्दलाई निवारणमा
परिवर्तन गरेर मास्टर मुक्तिदाता बन ,
सबैलाई बाबाको सङ्गको रङ्ग लगाएर समान बन्ने होली मनाऊ
आज सर्व खजानाका
मालिक बापदादाले आफ्ना चारैतिरका खजानासम्पन्न बच्चाहरूलाई देखिरहनुभएको छ। हरेक
बच्चाको खजानामा कति खजाना जम्मा भएका छन्, यो देखेर हर्षित भइरहनुभएको छ। खजाना त
सबैलाई एकै समयमा एकैनासको मिलेको छ तैपनि जम्माको खाता सबै बच्चाहरूको अलग अलग छ
तर समय अनुसार अहिले बापदादा सबै बच्चाहरूलाई सर्व खजानाले सम्पन्न देख्न
चाहनुहुन्छ, किनकि यो खजाना केवल अहिले एक जन्मको लागि होइन, यो अविनाशी खजाना अनेक
जन्म साथमा जानेवाला हो। यस समयको खजानालाई त सबै बच्चाहरूले जान्दछौ नै। बापदादाले
के के खजाना दिनुभएको छ त्यो भन्ने बित्तिकै सबैको अगाडि ती खजानाको याद आउँछ। सबैको
अगाडि खजानाको लिस्ट इमर्ज भयो नि! किनकि बापदादाले पहिला पनि बताउनुभएको छ– खजाना
त मिल्यो तर जम्मा गर्ने विधि के हो? जो जति निमित्त र निर्माण बन्छ त्यति नै खजाना
जम्मा हुन्छ। त्यसैले चेक गर– निमित्त र निर्माण बन्ने विधिले हाम्रो खातामा कति
खजाना जम्मा भएको छ। जति खजाना जम्मा हुन्छ, त्यति ऊ भरपुर हुन्छ। उसको चालचलन र
अनुहारबाट भरपुर आत्माको रुहानी नसा स्वतः नै देखिन्छ। उसको अनुहारमा सदा रुहानी नसा
वा फखुर वा शुद्ध नशा चम्किन्छ र जति रुहानी फखुर हुन्छ त्यति नै बेफिक्र बादसाह
हुन्छ। रुहानी फखुर अर्थात् रुहानी नसा बेफिक्र बादसाहको निसानी हो। त्यसैले आफूलाई
चेक गर– मेरो चालचलन र अनुहारमा बेफिक्र बादसाहको निश्चय र नसा छ? दर्पण त सबैलाई
मिलेको छ नि! त्यसैले मनको दर्पणमा आफ्नो अनुहार चेक गर। कुनै पनि प्रकारको फिक्र त
छैन? के होला! कसरी होला! यो त हुँदैन होला! कुनै पनि सङ्कल्प रहन त गएको छैन?
बेफिक्र बादसाहको सङ्कल्प यही हुन्छ– जे भइरहेको छ त्यो धेरै राम्रो र जे हुनेवाला
छ त्यो झन् राम्रोभन्दा राम्रो हुन्छ। यसलाई भनिन्छ फखुर, रुहानी फखुर अर्थात्
स्वमानधारी आत्मा। विनाशी धन भएकाले जति कमाउँछन् त्यति समय अनुसार फिक्रमा रहन्छन्।
तिमीलाई आफ्नो ईश्वरीय खजानाको लागि फिक्र छ? बेफिक्र छौ नि! किनकि जो खजानाका
मालिक र परमात्म बालक छन् उनीहरू सदा नै सपनामा पनि बेफिक्र बादसाह हुन्छन्, किनकि
उनलाई निश्चय हुन्छ– यो ईश्वरीय खजाना यस जन्ममा त के तर अनेक जन्म साथमा रहन्छ,
साथमा रहन्छ त्यसैले ऊ निश्चयबुद्धि निश्चित छ।
आज बापदादाले
चारैतिरका बच्चाहरूको जम्माको खाता देखिरहनुभएको थियो। पहिला पनि सुनाइएको छ– विशेष
तीन प्रकारका खाता जम्मा गरेका छौ र गर्न सक्छौ। एक हो– आफ्नो पुरुषार्थ अनुसार
खजाना जम्मा गर्नु। यो एउटा खाता हो। दोस्रो खाता हो– दुआको खाता। दुआको खाता जम्मा
हुने साधन हो– सदा सम्बन्ध-सम्पर्क र सेवामा रहँदा सङ्कल्प, बोली र कर्ममा, तीनैमा
स्वयं पनि स्वयं सन्तुष्ट र अरू पनि सर्व र सदा सन्तुष्ट हुन्। सन्तुष्टताले दुआको
खाता बढाउँछ। र तेस्रो खाता हो– पुण्यको खाता। पुण्यको खाताको साधन हो– जुनसुकै पनि
सेवा गर्छौ, चाहे मनले, चाहे वाणीले, चाहे कर्मले, चाहे सम्बन्धमा, सम्पर्कमा आउँदा
सदा निःस्वार्थ र बेहदको वृत्ति, स्वभाव, भाव र भावनाले सेवा गर्नु, यसबाट पुण्यको
खाता स्वतः नै जम्मा हुन्छ। त्यसैले चेक गर– चेक गर्न आउँछ नि! आउँछ? जसलाई आउँदैन
उनले हात उठाऊ। जसलाई आउँदैन, कोही छैन अर्थात् सबैलाई आउँछ। त्यसैले चेक गरिसक्यौ?
कि स्व पुरुषार्थको खाता, दुआको खाता, पुण्यको खाता तीनैमा कति प्रतिशत जम्मा भएको
छ? यो चेक गरेका छौ? जसले चेक गरेका छौ तिमीहरूले हात उठाऊ। चेक गरेका छौ? पहिलो
लाइनले गर्दैनौ? चेक गर्दैनौ? के भन्छौ? गर्छौ नि! किनकि बापदादाले सुनाइदिनुभएको
छ, सङ्केत दिनुभएको छ– अहिले समयको समीपता तीव्रगतिले अगाडि बढिरहेको छ त्यसैले
आफ्नो चेकिङ बारम्बार गर्नुछ किनकि बापदादा हरेक बच्चालाई राजयोगी सो राजा बच्चा
देख्न चाहनुहुन्छ। परमात्म बाबालाई यही रुहानी नसा छ– एक एक बच्चा राजा बच्चा हो।
स्वराज्य अधिकारी सो विश्व राज्य अधिकारी परमात्म बच्चा हो।
खजाना त बापदादाद्वारा
मिलि नै रहन्छ। यी खजानाहरूलाई जम्मा गर्ने धेरै सहज विधि छ– विधि भन वा चाबी भन,
त्यो जान्दछौ नि! जम्मा गर्ने चाबी के हो? जान्दछौ? तीन बिन्दु। छ नि सबैको साथमा
चाबी? तीन बिन्दु लगाऊ र खजाना जम्मा हुँदै जान्छ। माताहरूलाई चाबी लगाउन आउँछ नि,
माताहरू चाबी सम्हाल्नमा होसियार हुन्छन् नि! त्यसैले सबै माताहरूले यो तीन बिन्दुको
चाबी सम्हालेर राखेका छौ? लगाएका छौ? भन, माताहरू! चाबी छ? जसको साथमा छ तिमीहरूले
हात उठाऊ। चाबी चोरी त हुँदैन? त्यसो त माताहरूलाई घरको हरेक चीजको चाबी सम्हाल्न
धेरै राम्रोसँग आउँछ। त्यसैले यो चाबी पनि सदा साथमा रहन्छ नि!
त्यसैले वर्तमान समयमा
बापदादा यही चाहनुहुन्छ– अहिले समय समीप भएको नाताले बापदादा एक शब्द सबै बच्चाहरूको
भित्रबाट, सङ्कल्पबाट, बोलीबाट र प्राक्टिकल कर्मबाट चेन्ज गरेको देख्न चाहनुहुन्छ।
हिम्मत छ? बापदादाले हरेक बच्चाको यही एक शब्द परिवर्तन गराउन चाहनुहुन्छ, जुन एउटै
शब्दले बारम्बार तीव्र पुरुषार्थीबाट सुस्त पुरुषार्थी बनाइदिन्छ र अहिले समय
अनुसार कुन चाहिँ पुरुषार्थ हुनुपर्छ? तीव्र पुरुषार्थ, यसमा सबैले चाहन्छन् पनि–
तीव्र पुरुषार्थीहरूको लाइनमा आऊँ तर एक शब्दले अल्छी बनाइदिन्छ। थाहा छ त्यो शब्द
कुन हो? परिवर्तन गर्नको लागि तयार छौ? छौ तयार? हात उठाऊ, तयार छौ? हेर, तिम्रो
फोटो टिभीमा आइरहेको छ। तयार छौ, अच्छा बधाई छ। अच्छा– तीव्र पुरुषार्थीले परिवर्तन
गर्नुछ वा गरिहाल्छौँ, हेरौँला... यस्तो त होइन? एक शब्द जानिहाल्यौ होला, किनकि सबै
होसियार छौ, एक शब्द त्यो हो– ‘कारण’ शब्दलाई परिवर्तन गरेर ‘निवारण’ शब्दलाई अगाडि
ल्याऊ। कारण अगाडि आएमा वा कारण सोचेमा निवारण हुँदैन। त्यसैले बापदादा केवल
बोलाईसम्म होइन तर सङ्कल्पसम्म यो ‘कारण’ शब्दलाई ‘निवारण’मा परिवर्तन गर्न
चाहनुहुन्छ किनकि कारण भिन्न भिन्न प्रकारका हुन्छन् र त्यो कारण शब्द सोच्नमा,
बोल्नमा, कर्ममा आउनाले तीव्र पुरुषार्थीको अगाडि बन्धन बन्छ किनकि तिमीहरू सबैको
बापदादासँग वाचा छ, स्नेहले वाचा छ– हामी सबै पनि बाबाको, विश्व परिवर्तनको कार्यमा
साथी हौँ। बाबाका साथी हौँ, बाबाले एक्लै गर्नुहुन्न, बच्चाहरूलाई साथमा
ल्याउनुहुन्छ। त्यसैले विश्व परिवर्तनको कार्यमा तिम्रो कार्य के हो? सर्व
आत्माहरूका कारणहरूलाई पनि निवारण गर्नु किनकि आजकाल धेरैजसो दुःखी र अशान्त भएको
कारणले अब मुक्ति चाहन्छन्। दुःख अशान्तिबाट, सर्व बन्धनहरूबाट मुक्ति चाहन्छन् र
मुक्तिदाता को हुनुहुन्छ? बाबाको साथमा तिमी बच्चाहरू पनि मुक्तिदाता हौ। तिम्रा जड
चित्रहरूबाट आजसम्म के माग्छन्? अहिले दुःख अशान्ति बढ्दै गएको देखेर सबै धेरैजसो
आत्माहरूले तिमी मुक्तिदाता आत्माहरूलाई याद गर्छन्। मनमा दुःखी भएर चिच्याउँछन्–
हे मुक्तिदाता मुक्ति देऊ! के तिमीले आत्माहरूको दुःख अशान्तिको पुकार सुन्दैनौ? तर
मुक्तिदाता बनेर पहिला यस ‘कारण’ शब्दलाई मुक्त गर। त्यसपछि स्वतः नै मुक्तिको आवाज
तिम्रो कानमा गुञ्जिनेछ। पहिला आफुभित्रै यस शब्दबाट मुक्त भयौ भने अरूलाई पनि
मुक्त गर्न सक्छौ। अब त दिनप्रतिदिन तिम्रो अगाडि मुक्तिदाता मुक्ति देऊ को लाइन
लाग्नेछ। तर अहिलेसम्म आफ्नो पुरुषार्थमा भिन्न भिन्न कारण शब्दको कारणले मुक्तिको
ढोका बन्द छ त्यसैले आज बापदादा यस शब्दको, यसको साथै अरू पनि कमजोर शब्द आउँछन्।
विशेष हो कारण फेरि त्यसमा अरू पनि कमजोरीहरू हुन्छन्, यस्तो त्यस्तो, कसरी, यो पनि,
यिनका साथी शब्द हुन्, जुन ढोका बन्द हुने कारण हुन्।
त्यसैले आज सबै होली
मनाउन आएका छौ नि। सबै दौडँदै आएका छौ। स्नेहको विमानमा चढेर आएका छौ। बाबासँग
स्नेह छ, त्यसैले बाबासँग होली मनाउन आइपुगेका छौ। बधाई छ, स्वागत छ। बापदादाले
बधाई दिनुहुन्छ। बापदादाले देखिरहनुभएको छ, ह्वीलचेयरमा हिँड्नेहरू पनि, स्वास्थ्य
थोरै तलमाथि हुँदा पनि हिम्मतले आइपुगेका छन्। बापदादाले यो दृश्य देख्नुहुन्छ, यहाँ
क्लासमा आउँछन् नि। कार्यक्रममा आउँदा ह्विलचेयरमा पनि चढेर पण्डालाई समातेर आउँछन्।
त्यसैले यसलाई के भनिन्छ? परमात्म प्यार। बापदादाले पनि यस्ता हिम्मतवान, मनका
स्नेही बच्चाहरूलाई धेरै धेरै मनको दुआ, विशेष मनको प्यार दिइरहनुभएको छ। हिम्मत
राखेर आएका छौ, बाबाको र परिवारको मदत छँदैछ। सबैलाई बस्ने स्थान ठीक मिलेको छ?
मिलेको छ? जसलाई स्थान ठीक मिलेको छ तिमीहरूले हात उठाऊ। विदेशीहरूलाई ठीक मिलेको
छ? मेला हो मेला। त्यहाँ मेलामा त बालुवा पनि उडिरहन्छ, खाना पनि लिइरहन्छौ।
तिमीलाई ब्रह्मा भोजन राम्रो मिल्यो, मिलेको छ? अच्छा हात हल्लाइरहेका छन्। सुत्नको
लागि तीन पाउ धरती मिल्यो? यस्तो मिलन फेरि ५ हजार वर्षपछि सङ्गममा नै हुन्छ। फेरि
हुँदैन।
त्यसैले आज बापदादाको
सङ्कल्प छ– सबै बच्चाहरूको जम्माको खातालाई हेरौँ। हेर्नुभयो पनि, पछि पनि
हेर्नुहुनेछ किनकि बापदादाले यो पहिला नै बच्चाहरूलाई सूचना दिनुभएको छ– जम्माको
खाता जम्मा गर्ने समय अहिले सङ्गमयुग हो। अहिले यस सङ्गमयुगमा जति जम्मा गर्न
चाहन्छौ, सारा कल्पको खाता अहिले जम्मा गर्न सक्छौ। फेरि जम्माको खाताको बैङ्क नै
बन्द हुन्छ। फेरि के गर्छौ? बापदादालाई बच्चाहरूसँग प्यार छ नि। बापदादाले
जान्नुहुन्छ– बच्चाहरू सुस्तपनमा कहिलेकाहीँ भुल्छन्, भइहाल्छ, हेरौँला, गरिरहेका त
छौँ, चलिरहेका त छौँ नि। बडो मजाले भन्छन्, हजुरले देखिरहनुभएको छैन, हामीले
गरिरहेका छौँ, हो चलिरहेका त छौँ अरू के गर्ने? तर हिँड्न र उड्नमा कति फरक छ?
हिँडिरहेका छौ बधाई छ। तर अब हिँड्ने समय समाप्त भइरहेको छ। अब उड्ने समय हो, अनि
मात्रै लक्ष्यमा पुग्न सक्छौ। साधारण प्रजामा आउनु, भगवानको बच्चा र साधारण प्रजा!
सुहाउँछ?
आज होली मनाउन आएका
हौ नि, त्यसैले होलीको अर्थ हो जे भयो भयो, त्यसैले आजदेखि बापदादा यही चाहनुहुन्छ–
जे भयो भयो, कुनै पनि कारणले यदि कुनै पनि कमजोरी रहेको छ भने जे भयो भयो भनेर आफ्नो
चित्र स्मृतिमा ल्याऊ, आफै चित्रकार बनेर आफ्नो चित्र निकाल। थाहा छ– बापदादाले
अहिले पनि एक एक बच्चाको कुनचाहिँ चित्र अगाडि देखिरहनुभएको छ? थाहा छ कुन चाहिँ
चित्र देखिरहनुभएको छ? अहिले तिमीहरू सबैले पनि आफ्नो चित्र खिच। आउँछ चित्र खिच्न,
आउँछ नि! श्रेष्ठ सङ्कल्पको कलमले आफ्नो चित्र अहिलेको अहिल्यै अगाडि ल्याऊ। पहिला
सबैले ड्रिल गर, माइन्ड ड्रिल। कर्मेन्द्रियहरूको ड्रिल होइन, मनको ड्रिल गर। रेडी,
ड्रिल गर्नको लागि रेडी छौ! शिर हल्लाऊ। हेर सबैभन्दा श्रेष्ठभन्दा श्रेष्ठ चित्र
हुन्छ– ताज, तख्त, तिलकधारीको। त्यसैले आफ्नो चित्र सामुन्ने ल्याऊ र सबै सङ्कल्प
पन्छाएर हेर, तिमीहरू सबै बापदादाका दिलतख्तनसिन हौ। तख्त छ नि! यस्तो तख्त त कहीँ
पनि मिल्दैन। त्यसैले पहिला यो चित्र निकाल– म विशेष आत्मा, स्वमानधारी आत्मा,
बापदादाको पहिलो रचना श्रेष्ठ आत्मा, बापदादाको दिलतख्तनसिन हुँ। तख्तनसिन भयौ!
साथमा परमात्म रचना यस वृक्षको जरामा बसेको पूर्वज र पूज्य आत्मा हुँ, यस स्मृतिको
तिलकधारी हुँ। स्मृतिको तिलक लगायौ! साथमा बेफिक्र बादसाह, सारा फिक्रको बोझ
बापदादालाई अर्पण गरेर डबल लाइटको ताजधारी हुँ। त्यसैले ताज, तिलक र तख्तधारी, यस्तो
बाबा अर्थात् परमात्म प्रिय आत्मा हुँ।
त्यसोभए यो आफ्नो
चित्र खिच्यौ। सदा यो डबल लाइटको ताज हिँड्दा डुल्दा धारण गर्न सक्छौ। जहिले पनि
आफ्नो स्वमान याद गर्दा यो ताज, तिलक, तख्तनसिन आत्मा हुँ, यो आफ्नो चित्र दृढ
सङ्कल्पद्वारा सामुन्ने ल्याऊ। याद छ– सुरु सुरुमा तिमीहरूको अभ्यास बारम्बार एक
शब्दको स्मृतिमा रहन्थ्यो, त्यो एक शब्द थियो– म को हुँ? यो म को हुँ? यो शब्द
बारम्बार स्मृतिमा ल्याऊ र आफ्ना भिन्न भिन्न स्वमान, टाइटल, भगवानले दिएको टाइटल।
आजकाल मानिसहरूलाई, मनुष्यलाई मनुष्यबाट टाइटल मिल्दा पनि कति महत्त्व सम्झन्छन् र
तिमी बच्चाहरूलाई बाबाद्वारा कति टाइटल वा स्वमान मिलेका छन्? सदा स्वमानको लिस्ट
आफ्नो बुद्धिमा मनन गरिराख। म को हुँ? लिस्ट ल्याऊ। यसै नसामा रह्यौ भने जुन कारण छ
नि, त्यो शब्द मर्ज हुन्छ र हरेक कर्ममा निवारण देखिन्छ। निवारणस्वरूप बनिसकेपछि
सर्व आत्माहरूलाई निर्वाणधाम, मुक्तिधाममा सहज जाने मार्ग बताएर मुक्त गरिदिन्छौ।
त्यसैले दृढ सङ्कल्प
गर– आउँछ दृढ सङ्कल्प गर्न? दृढता भयो भने दृढता सफलताको चाबी हो। अलिकति पनि दृढ
सङ्कल्पमा कमी नल्याऊ किनकि मायाको काम हो हार खुवाउनु र तिम्रो काम के हो? तिम्रो
काम हो– बाबाको गलाको हार बन्नु, न कि मायाबाट हार खानु। त्यसैले सबैले यो सङ्कल्प
गर– म सदा बाबाको गलाको विजय माला हुँ। गलाको हार हुँ। गलाको हार विजयी हार हो।
बापदादाले हात उठाउन
लगाउनु भयो भने तिमी के बन्छौ? सबैले के उत्तर दिन्छौ? एउटै उत्तर दिन्छौ–
लक्ष्मीनारायण बन्छौँ। रामसीता होइन। त्यसैले लक्ष्मीनारायण बन्ने हामीहरू बापदादाका
विजयी मालाका दाना हौँ, पूज्य आत्माहरू हौँ। भक्तले तिम्रो मालाको दाना जप्दाजप्दै
आफ्नो समस्याहरूलाई समाप्त पार्छन्। यस्ता श्रेष्ठ मालाका दाना हौ। त्यसैले आज
बापदादालाई के दिन्छौ? होलीको कुनै त गिफ्ट दिन्छौ नि! यो कारण शब्द, यो त त, र
कारण, त त भन्यौ भने सुगा बन्छौ नि। त्यसैले त त पनि होइन, यस्तो त्यस्तो पनि होइन,
कुनै पनि प्रकारको कारण होइन, निवारण।
बापदादा एक एक
बच्चालाई समान बन्ने, श्रेष्ठ सङ्कल्प गर्ने पदम पदमगुणा बधाई दिइरहनुभएको छ। बधाई
छ, बधाई छ, बधाई छ। नसा छ नि– हामी जति पदमापदम भाग्यवान को छ? यसै नसामा बस।
अहिले एक सेकेन्डमा
सबै ब्राह्मणहरूले आफ्नो राजयोगको अभ्यास गर्दै मनलाई एकाग्र गर्ने मालिक बनेर
मनलाई जहाँ चाहन्छौ, जति समय चाहन्छौ, जसरी चाहन्छौ त्यसरी नै अहिलेको अहिल्यै
मनलाई एकाग्र पार। मन कहीँ पनि यताउता चञ्चल नहोस्। मेरा बाबा, मीठा बाबा, प्यारा
बाबा यस स्नेहको सङ्गको रङ्गको, आध्यात्मिक होली मनाऊ। (ड्रिल)
चारैतिरका विशेष
श्रेष्ठ होली र हाइएस्ट बच्चाहरूलाई, सदा स्वयंलाई बाबासमान सर्व शक्तिहरूले
सम्पन्न मास्टर सर्वशक्तिमान अनुभव गर्ने, सदा हरेक कमजोरीहरूबाट मुक्त बनेर अन्य
आत्माहरूलाई पनि मुक्ति दिलाउने मुक्तिदाता बच्चाहरूलाई, सदा स्वमानको सिटमा सेट
रहने, सदा अमर भवको वरदानको अनुभवस्वरूप रहने, यस्ता चारैतिरका, चाहे सामुन्ने बस्ने,
चाहे टाढा बसेर स्नेहमा समाहित भएका बच्चाहरूलाई यादप्यार वा आफ्नो उमङ्ग-उत्साह,
पुरुषार्थको समाचार दिनेहरूलाई बापदादाको धेरै धेरै मनको यादप्यार र मनको पदम
पदमगुणा यादप्यार स्वीकार होस् र सबै राजयोगी सो राज्य अधिकारी बच्चाहरूलाई नमस्ते।
(रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
वरदान:–
अलमाइटी
सत्ताको आधारमा आत्माहरूलाई मालामाल बनाउने पुण्य आत्मा भव
जसरी दानपुण्यको सत्ता
भएका सकामी राजाहरूमा सत्ताको फुल पावर थियो, जुन पावरको आधारमा चाहे कसैलाई जे पनि
बनाइदिन सक्थे। त्यसरी नै तिमी महादानी पुण्य आत्माहरूलाई डाइरेक्ट बाबाद्वारा
प्रकृतिजित, मायाजितको विशेष सत्ता मिलेको छ। तिमीले आफ्नो शुद्ध सङ्कल्पको आधारले
कुनै पनि आत्मालाई बाबासँग सम्बन्ध जोडेर मालामाल बनाउन सक्छौ। केवल यस सत्तालाई
यथार्थ रीतिले प्रयोग गर।
स्लोगन:–
जब तिमीले
सम्पूर्णताको बधाई मनाउनेछौ, तब समय, प्रकृति र मायाले बिदाइ लिन्छ।
अव्यक्त इसारा : – अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
मन-बुद्धि कर्ममा धेरै
बिजी भएको बेलामा निर्देशन देऊ फुलस्टप। कर्मको सङ्कल्प पनि स्टप होस्। यो
प्राक्टिस एक सेकेन्डको लागि मात्रै पनि गर तर अभ्यास गर्दै जाऊ, किनकि अन्तिम
सर्टिफिकेट एक सेकेन्डको फुलस्टप लगाउनाले नै मिल्नेछ। सेकेन्डमा विस्तारलाई समाहित
गर, सारस्वरूप बन, यही अभ्यासले कर्मातीत बनाउँछ।