29.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– आफ्नो
स्विट बाबालाई याद गर्यौ भने तिमी सतोप्रधान देवता बन्छौ , सारा आधार यादको यात्रा
मा छ।”
प्रश्न:–
जसरी बाबाको
आकर्षण बच्चाहरूलाई हुन्छ, त्यसैगरी कुन बच्चाहरूको आकर्षण सबैलाई हुन्छ?
उत्तर:–
जो फूल बनेका
छन्। जसरी साना बच्चाहरू फूल हुन्छन्, उनीहरूलाई विकारहरूको पत्तो पनि हुँदैन
त्यसैले उनीहरूले सबैलाई आकर्षण गर्छन् नि। त्यसैगरी तिमी बच्चाहरू पनि जब फूल
अर्थात् पवित्र बन्छौ तब सबैलाई आकर्षण हुन्छ। तिमीमा विकारहरूको कुनै पनि काँडा
हुनु हुँदैन।
ओम् शान्ति ।
रुहानी
बच्चाहरूलाई थाहा छ– यो पुरुषोत्तम सङ्गमयुग हो। आफ्नो भविष्यको पुरुषोत्तम मुख
हेर्छौ? पुरुषोत्तम चोला हेर्छौ? फिल गर्छौ– हामी फेरि नयाँ दुनियाँ सत्ययुगमा
यिनीहरूको (लक्ष्मी-नारायणको) वंशावलीमा जान्छौँ अर्थात् सुखधाममा जान्छौँ अथवा
पुरुषोत्तम बन्छौँ। बस्दा-बस्दै यी विचार आउँछन्! विद्यार्थीले जो दर्जा पढ्छन्,
त्यो अवश्य बुद्धिमा हुन्छ नि– म ब्यारिस्टर वा फलानो बन्छु। त्यसैगरी तिमी पनि जब
यहाँ बस्छौ, यो थाहा हुन्छ हामी विष्णु डाइनेस्टीमा जान्छौँ। विष्णुका दुई रूप छन्–
लक्ष्मी-नारायण, देवी-देवता। तिम्रो बुद्धि अहिले अलौकिक छ। अरू कुनै मानिसको
बुद्धिमा यी कुरा रमण गर्दैनन्। तिमी बच्चाहरूको बुद्धिमा यी सबै कुरा छन्। यो कुनै
कमन सतसङ्ग होइन। यहाँ बसेका छौ बुझेका छौ सत् बाबा जसलाई शिव भनिन्छ, उहाँको सङ्गमा
बसेका छौँ। शिवबाबा नै रचयिता हुनुहुन्छ, उहाँले नै रचनाको आदि-मध्य-अन्तलाई
जान्नुहुन्छ र यो नलेज दिनुहुन्छ। मानौँ हिजोको कुरा सुनाउनुहुन्छ। यहाँ बस्दा यो त
याद हुन्छ नि– हामी आएका छौँ रिजुभनेट हुन अर्थात् यो शरीर बदलेर देवता शरीर लिन।
आत्माले भन्छ मेरो यो तमोप्रधान पुरानो शरीर हो, यसलाई बदलेर यस्तो लक्ष्मी-नारायण
बन्नु छ। लक्ष्य-उद्देश्य कति श्रेष्ठ छ। पढाउने टिचर अवश्य पढ्ने स्टुडेन्टभन्दा
होसियार हुन्छन् नि। पढाउनुहुन्छ, राम्रो कर्म सिकाउनुहुन्छ भने अवश्य उच्च
हुनुहुन्छ नि। तिमीलाई थाहा छ– हामीलाई उच्चभन्दा उच्च भगवानले पढाउनुहुन्छ।
भविष्यमा हामी नै देवता बन्छौँ। हामी जे पढ्छौँ त्यो भविष्य नयाँ दुनियाँको लागि।
अरू कसैलाई नयाँ दुनियाँको पत्तो पनि छैन। तिम्रो बुद्धिमा अब आउँछ यी
लक्ष्मी-नारायण नयाँ दुनियाँका मालिक थिए। त्यसैले अवश्य फेरि रिपिट हुन्छ। त्यसैले
बाबा सम्झाउनुहुन्छ तिमीलाई पढाएर मानिसबाट देवता बनाउँछु। देवताहरूमा पनि अवश्य
नम्बरवार हुन्छन्। दैवी राजधानी हुन्छ नि। तिम्रो सारा दिन यही विचार चल्छ हामी
आत्मा हौँ। आत्मा जो धेरै पतित थियो, सो अब पावन बन्नको लागि पावन बाबालाई याद गर्छ।
यादको अर्थ पनि बुझ्नु छ। आत्माले याद गर्छ आफ्नो स्विट बाबालाई। बाबा स्वयं
भन्नुहुन्छ– प्यारा बच्चाहरू, मलाई याद गर्नाले तिमी सतोप्रधान देवता बन्छौ। सारा
आधार यादको यात्रामा छ। बाबाले अवश्य सोध्नुहुन्छ नि– प्यारा बच्चाहरू कति समय याद
गर्छौ? यादमा नै मायाको लडाइँ हुन्छ। तिमी स्वयं बुझेका छौ यो यात्रा होइन मानौँ
लडाइँ हो, यसमा विघ्न धेरै पर्छन्। यादको यात्रामा रहँदा नै मायाले विघ्न पार्छ
अर्थात् याद भुलाउँछ। भन्छौ पनि बाबा मलाई हजुरको यादमा रहँदा मायाका तुफान धेरै
लाग्छन्। नम्बरवन तुफान हो देह-अभिमानको। फेरि हो काम, क्रोध, लोभ, मोह.....। आज
कामको तुफान, भोलि क्रोधको तुफान, लोभको तुफान आयो.... आज मेरो अवस्था राम्रो रह्यो,
कुनै पनि तुफान आएन। यादको यात्रामा सारा दिन रहेँ, धेरै खुसी थियो। बाबालाई धेरै
याद गरेँ। यादमा प्रेमका आँसु बगिरहन्छन्। बाबाको यादमा रहनाले तिमी मीठो बन्छौ।
तिमी बच्चाहरूले यो
पनि बुझेका छौ– हामी मायासँग हार्दा-हार्दै कहाँसम्म आएर पुगेका छौँ। बच्चाहरूले
हिसाब निकाल्छन्। कल्पमा कति महिना, कति दिन.. छन्। बुद्धिमा आउँछ नि। यदि कसैले
लाखौँ वर्ष आयु हो भन्यो भने फेरि कसैले हिसाब कहाँ गर्न सक्छ र। बाबा
सम्झाउनुहुन्छ– यो सृष्टिको चक्र घुमिरहन्छ। यो सारा चक्रमा हामी कति जन्म लिन्छौँ।
कसरी राजघरानामा जान्छौँ। यो त थाहा छ नि। यो बिल्कुल नयाँ कुरा, नयाँ नलेज हो नयाँ
दुनियाँको लागि। नयाँ दुनियाँ स्वर्गलाई भनिन्छ। तिमीले भन्छौ हामी अहिले मनुष्य
हौँ, देवता बनिरहेका छौँ। देवता पद हो उच्च। तिमी बच्चाहरूलाई थाहा छ– हामीले
सबैभन्दा भिन्न नलेज लिइरहेका छौँ। हामीलाई पढाउनेवाला बिल्कुल न्यारा विचित्र
हुनुहुन्छ। उहाँको यस्तो साकार चित्र छैन। उहाँ हुनुहुन्छ नै निराकार। त्यसैले
ड्रामामा हेर कस्तो राम्रो पार्ट राखिएको छ। बाबाले पढाउने कसरी? त्यसैले स्वयं
बताउनुहुन्छ– म फलानो तनमा आउँछु। कुन तनमा आउँछु, त्यो पनि बताउनुहुन्छ। मानिसहरू
अल्मलिन्छन्– के एउटै तनमा आउनुहुन्छ! तर यो त ड्रामा हो नि। यसमा चेन्ज हुन सक्दैन।
यी कुरा तिमीले नै सुन्छौ र धारण गर्छौ र सुनाउँछौ– कसरी हामीलाई शिवबाबाले
पढाउनुहुन्छ? हामी फेरि अरू आत्माहरूलाई पढाउँछौँ। पढ्छ आत्माले। आत्माले नै सिक्छ,
सिकाउँछ। आत्मा धेरै मूल्यवान छ। आत्मा अविनाशी, अमर छ। केवल शरीर खत्तम हुन्छ। हामी
आत्माहरू आफ्नो परमपिता परमात्माबाट नलेज लिइरहेका छौँ। रचयिता र रचनाको
आदि-मध्य-अन्त, ८४ जन्मको नलेज लिइरहेका छौँ। नलेज कसले लिन्छ? आत्माले। आत्मा
अविनाशी छ। मोह पनि राख्नुपर्छ अविनाशी चिजमा, न कि विनाशी चिजमा। यति समय तिमी
विनाशी शरीरमा मोह राख्दै आयौ। अहिले बुझेका छौ– हामी आत्मा हौँ, शरीरको भान छोड्नु
छ। कोही-कोही बच्चाहरूले लेख्छन् पनि म आत्माले यो काम गरेँ। म आत्माले आज यो भाषण
गरेँ। म आत्माले आज धेरै बाबालाई याद गरेँ। उहाँ हुनुहुन्छ सुप्रिम आत्मा, नलेजफुल।
तिमी बच्चाहरूलाई कति नलेज दिनुहुन्छ। मूलवतन, सूक्ष्मवतनलाई तिमीले जानेका छौ।
मानिसहरूको बुद्धिमा त केही पनि छैन। तिम्रो बुद्धिमा छ रचयिता को हुनुहुन्छ? यो
मनुष्य सृष्टिको क्रिएटर गाइन्छ, त्यसैले अवश्य कर्तव्यमा आउनुहुन्छ।
तिमीलाई थाहा छ– अरू
कुनै मानिस छैन जसलाई आत्मा र परमात्मा बाबा याद होस्। बाबाले नै नलेज दिनुहुन्छ
आफूलाई आत्मा सम्झ। तिमीले आफूलाई शरीर सम्झेर उल्टो झुन्डिएका छौ। आत्मा सत् चित्
आनन्द स्वरूप छ। आत्माको सबैभन्दा धेरै महिमा छ। एक बाबाको आत्माको कति महिमा छ। उहाँ
नै दुःख हर्ता सुख कर्ता हुनुहुन्छ। लामखुट्टे आदिको त महिमा गर्दैनन्, दुःख हर्ता
सुख कर्ता, ज्ञानको सागर। होइन, यो बाबाको महिमा हो। तिमी पनि हरेक स्वयं दुःख हर्ता
सुख कर्ता हौ किनकि उहाँ बाबाका बच्चा हौ नि, जसले सबैको दुःख हरेर सुख दिनुहुन्छ।
त्यो पनि आधाकल्पको लागि। यो नलेज अरू कसैमा छैन। नलेजफुल एकै बाबा हुनुहुन्छ।
हामीमा ज्ञान छैन। एक बाबालाई नै जान्दैनन् भने बाँकी फेरि के नलेज छ। अहिले तिमी
फिल गर्छौ हामी पहिला नलेज लिन्थ्यौँ, केही पनि जान्दैनथ्यौँ। बेबीमा (सानो बच्चामा)
नलेज हुँदैन र कुनै अवगुण पनि हुँदैन, त्यसैले उसलाई महात्मा भनिन्छ किनकि पवित्र
छ। जति सानो बच्चा त्यति नम्बरवन फूल। बिल्कुलै मानौँ कर्मातीत अवस्था छ। कर्म
विकर्मलाई केही जान्दैनन्। केवल आफूलाई नै जान्दछन्। उनीहरू फूल हुन् त्यसैले
सबैलाई आकर्षण गर्छन्। जसरी अहिले बाबाले आकर्षण गर्नुहुन्छ। बाबा आउनुभएको नै हो
तिमी सबैलाई फूल बनाउन। तिमीमा कयौँ धेरै खराब काँडाहरू पनि छन्। ५ विकार रूपी
काँडाहरू छन् नि। यस समय तिमीलाई फूल र काँडाहरूको ज्ञान छ। काँडाहरूको जङ्गल पनि
हुन्छ। बबुलको काँडा सबैभन्दा ठुलो हुन्छ। ती काँडाहरूबाट पनि धेरै चिजहरू बन्छन्।
तुलना गरिन्छ मानिसहरूको। बाबा सम्झाउनुहुन्छ, यस समय धेरै दुःख दिने मानिसरूपी
काँडाहरू छन् त्यसैले यसलाई दुःखको दुनियाँ भनिन्छ। भन्छन् पनि बाबा सुखदाता
हुनुहुन्छ। माया रावण दुःख दाता हो। फेरि सत्ययुगमा माया हुँदैन भने यी कुनै पनि
कुरा हुँदैनन्। ड्रामामा एक पार्ट दुई पटक हुन सक्दैन। बुद्धिमा छ सारा दुनियाँमा
जो पार्ट बज्छ, त्यो सबै नयाँ। तिमी विचार गर– सत्ययुगदेखि लिएर यहाँसम्मका दिन नै
बदलिन्छन्, गतिविधि बदलिन्छ। ५ हजार वर्षको पूरा गतिविधिको रेकर्ड आत्मामा भरिएको
छ, त्यो बदल्न सक्दैन। हरेक आत्मामा आफ्नो पार्ट भरिएको छ। यो एक कुरा पनि कसैले
बुझ्न सक्दैनन्। अहिले आदि-मध्य-अन्तलाई तिमीले जानेका छौ। यो स्कुल हो नि। सृष्टिको
आदि-मध्य-अन्तलाई जान्नु छ र फेरि बाबालाई याद गरेर पवित्र बन्ने पढाइ छ। यसभन्दा
पहिला जानेका थियौ र– हामीलाई यो बन्नु छ। बाबाले कति क्लियर गरेर सम्झाउनुहुन्छ।
तिमी पहिलो नम्बरमा यस्तो थियौ फेरि तिमी तल उत्रिँदै-उत्रिँदै अब के बनेका छौ।
दुनियाँलाई त हेर के बनेको छ! कति धेरै मानिसहरू छन्। यी लक्ष्मी-नारायणको राजधानीको
विचार गर– के हुन्छ! यिनीहरू जहाँ बस्छन् कस्ता हीरा-जुहारतका महल हुन्छन्। बुद्धिमा
आउँछ– अहिले हामी स्वर्गवासी बनिरहेका छौँ। त्यहाँ हामी आफ्नो मकान आदि बनाउँछौँ।
यस्तो होइन, तलबाट द्वारिका निस्किन्छ। जसरी शास्त्रहरूमा देखाइएको छ। शास्त्र नाम
नै चलिआएको छ, अरू त कुनै नाम राख्न सक्दैनन्। अरू किताब हुन्छन् पढाइका। अर्को
उपन्यास हुन्छन्। बाँकी यिनलाई पुस्तक अथवा शास्त्र भन्छन्। ती हुन् पढाइका किताब।
शास्त्र पढ्नेहरूलाई भक्त भनिन्छ। भक्ति र ज्ञान दुई चिज छन्। अब वैराग्य कसको?
भक्तिको वा ज्ञानको? अवश्य भनिन्छ भक्तिको। अहिले तिमीलाई ज्ञान मिलिरहेको छ, जसबाट
तिमी यति उच्च बन्छौ। बाबाले तिमीलाई सुखदायी बनाउनुहुन्छ। सुखधामलाई नै स्वर्ग
भनिन्छ। सुखधाममा तिमी चल्नेवाला छौ त्यसैले तिमीलाई नै पढाउनुहुन्छ। यो ज्ञान पनि
तिम्रो आत्माले लिन्छ। आत्माको कुनै धर्म छैन। त्यो त आत्मा हो। फेरि आत्मा जब
शरीरमा आउँछ तब शरीरका धर्म अलग हुन्छन्। आत्माको धर्म के हो? एक त आत्मा बिन्दु
समान छ र शान्त स्वरूप छ। शान्तिधाम, मुक्तिधाममा रहन्छ। अब बाबा सम्झाउनुहुन्छ– सबै
बच्चाहरूको हक छ। धेरै बच्चाहरू छन् जो अरू-अरू धर्महरूमा कन्भर्ट भएका छन्। उनीहरू
फेरि निस्किएर आफ्नो असली धर्ममा आउँछन्। जो देवी-देवता धर्म छोडेर अर्को धर्ममा
गएका छन्, ती सबै पातहरू फर्केर आउँछन्, आफ्नो ठाउँमा। यी सबै कुरालाई अरू कसैले
बुझ्न सक्दैनन्। पहिला-पहिला त बाबाको परिचय दिनु छ यसमा नै सबै अल्मलिएका छन्। तिमी
बच्चाहरूलाई थाहा छ– अहिले हामीलाई कसले पढाउनुहुन्छ? बाबाले पढाउनुहुन्छ।
श्रीकृष्ण त देहधारी हुन्। यिनलाई (ब्रह्मालाई) दादा भन्छौ। सबै भाइ-भाइ हौ नि। फेरि
हो पदमाथि। यो भाइको शरीर हो, यो बहिनीको शरीर हो। यो पनि अब तिमीलाई थाहा छ। आत्मा
त एउटा सानो सितारा हो। यति सबै नलेज सानो सितारामा छ। सितारा शरीर बिना कुरा पनि
गर्न सक्दैन। सितारालाई पार्ट खेल्नको लागि अङ्ग पनि चाहिन्छ। सिताराहरूको दुनियाँ
नै अलग छ। फेरि यहाँ आएर आत्माले शरीर धारण गर्छ। त्यो हो आत्माहरूको घर। आत्मा सानो
बिन्दी हो। शरीर ठुलो चिज हो। त्यसैले उसलाई कति याद गर्छन्! अहिले तिमीले याद गर्नु
छ– एक परमपिता परमात्मालाई। यही सत्य हो जब आत्मा र परमात्माको मेला हुन्छ। गायन पनि
छ आत्मा परमात्मा अलग रहे बहुकाल... हामी बाबाबाट अलग भएका छौँ नि। याद आउँछ कति
समय अलग भयौँ! बाबाले जो कल्प-कल्प सुनाउँदै आउनुभएको छ, त्यही आएर सुनाउनुहुन्छ।
यसमा अलिकति पनि फरक हुन सक्दैन। सेकेन्ड बाई सेकेन्ड जो कार्य चल्छ त्यो नयाँ। एक
सेकेन्ड पास हुन्छ, मिनेट पास हुन्छ, त्यसलाई मानौँ छोड्दै जान्छौ। पास हुँदै जान्छ
जसले गर्दा भन्छौ– यति वर्ष, यति दिन, मिनेट, यति सेकेन्ड पास गरेर आयौँ। पूरा ५
हजार वर्ष हुन्छ फेरि एक नम्बरबाट सुरु हुन्छ। एक्युरेट हिसाब छ नि। मिनेट सेकेन्ड
सबै नोट गर्छन्। अहिले तिमीलाई कसैले सोध्यो– यसले कहिले जन्म लिएको थियो? तिमी
गन्ती गरेर बताउँछौ। श्रीकृष्णले पहिलो नम्बरमा जन्म लिएका छन्। शिवको त मिनेट,
सेकेन्ड केही पनि निकाल्न सक्दैनौ। श्रीकृष्णको तिथि-तारिख पूरा लेखिएको छ।
मानिसहरूको घडीमा फरक पर्न सक्छ– मिनेट सेकेन्डको। शिवबाबाको अवतरणमा त बिल्कुल फरक
पर्न सक्दैन। पत्तो पनि लाग्दैन– कहिले आउनुभयो! यस्तो पनि होइन साक्षात्कार भयो तब
आउनुभयो। होइन, अन्दाजले भनिदिन्छन्। बाँकी यस्तो होइन त्यस समय प्रवेश भयो।
साक्षात्कार भयो– म फलानो बन्छु। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सुखधाममा जानको लागि सुखदायी बन्नु छ। सबैको दुःख हरेर सुख दिनु छ। कहिल्यै पनि
दुःखदायी काँडा बन्नु हुँदैन।
२) यो विनाशी शरीरमा
आत्मा नै मूल्यवान छ, आत्मा अमर अविनाशी छ त्यसैले अविनाशी चिजसँग प्यार राख्नु छ।
देहको भान मेटाइदिनु छ।
वरदान:–
आफ्नो अनादि
आदि स्वरूपको स्मृतिले निर्बन्धन बन्ने र बनाउने मरजीवा भव
जसरी बाबाले लोन
लिनुहुन्छ, बन्धनमा आउनुहुन्न, त्यसैगरी तिमी मरजीवा जन्म भएका बच्चाहरू शरीरको,
संस्कारको, स्वभावको बन्धनबाट मुक्त बन, जब चाहन्छौ जसरी चाहन्छौ त्यसरी आफ्नो
संस्कार बनाऊ। जसरी बाबा निर्बन्धन हुनुहुन्छ त्यसैगरी निर्बन्धन बन। मूलवतनको
स्थितिमा स्थित भएर फेरि तल आऊ। आफ्नो अनादि आदि स्वरूपको स्मृतिमा रहनु छ, अवतरित
आत्मा सम्झेर कर्म गर्यौ भने अरूले पनि तिमीलाई फलो गर्छन्।
स्लोगन:–
यादको वृत्तिले
वायुमण्डललाई पावरफुल बनाउनु– यही मनसा सेवा हो।
अव्यक्त इसारा:– यस
अव्य क्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
जबसम्म कुनै पनि
प्रकारको लगाव छ, चाहे त्यो सङ्कल्पको रूपमा होस्, चाहे सम्बन्धको रूपमा, चाहे
सम्पर्कको रूपमा, चाहे आफ्नो कुनै विशेषताको होस्। कुनै पनि लगावले बन्धन-युक्त
गरिदिन्छ। त्यो लगावले अशरीरी बन्न दिँदैन र विश्व-कल्याणकारी पनि बनाउन सक्दैन
त्यसैले पहिला स्वयं लगाव मुक्त बन तब विश्वलाई मुक्ति वा जीवनमुक्तिको वर्सा
दिलाउन सक्छौ।