29.04.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
तिम्रो धेरै अमूल्य जन्म हो , यही जन्ममा तिमीले मनुष्यबाट देवता बन्नको लागि पावन
बन्ने पुरुषार्थ गर्नुछ।”
प्रश्न:–
ईश्वरीय
सन्तान कहलाउने बच्चाहरूको मुख्य धारणा के हुन्छ?
उत्तर:–
उनीहरू आपसमा
धेरै धेरै क्षीरखण्ड (मिलनसार) भएर रहन्छन्। कहिल्यै लुनपानी (मतभेद) हुँदैनन्। जो
देह अभिमानी मनुष्य छन्, उनीहरू उल्टोसुल्टो बोल्छन्, लडाइँ झगडा गर्छन्। तिमी
बच्चाहरूमा त्यो बानी हुन सक्दैन। यहाँ तिमीले दैवीगुण धारण गर्नुछ, कर्मातीत अवस्था
प्राप्त गर्नुछ।
ओम् शान्ति ।
पहिला सुरुमा
बाबा बच्चाहरूलाई भन्नुहुन्छ– देहीअभिमानी भव। आफूलाई आत्मा सम्झ। गीता आदिमा जेसुकै
भए पनि ती सबै भक्तिमार्गका शास्त्र हुन्। बाबा भन्नुहुन्छ– म ज्ञानको सागर हुँ।
मैले तिमी बच्चाहरूलाई ज्ञान सुनाउँछु। कुन ज्ञान सुनाउनुहुन्छ? सृष्टिको अथवा
ड्रामाको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। यो हो पढाइ। हिस्ट्री र जोग्राफी
हो नि। भक्तिमार्गमा कुनै हिस्ट्री-जोग्राफी पढ्दैनन्। नाम पनि लिँदैनन्। साधुसन्त
आदि बसेर शास्त्र पढ्छन्। यहाँ बाबाले त कुनै शास्त्र पढेर सुनाउनुहुन्न। तिमीलाई
यस पढाइद्वारा मनुष्यबाट देवता बनाउनुहुन्छ। तिमी आउँछौ नै मनुष्यबाट देवता बन्न।
हुन् उनीहरू पनि मनुष्य, यिनीहरू पनि मनुष्य। तर यिनीहरूले बाबालाई बोलाउँछन्– हे
पतित-पावन आउनुहोस्! यो त थाहा छ देवताहरू पावन हुन्छन्। बाँकी सबै त अपवित्र
मनुष्य छन्, उनीहरूले देवताहरूलाई नमन गर्छन्। उनीहरूलाई पावन, आफूलाई पतित
सम्झन्छन्। तर देवताहरू पावन कसरी बने, कसले बनाउनुभयो– यो कुनै मनुष्य मात्रले
जान्दैनन्। त्यसैले बाबा सम्झाउनुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु–
यसैमा मेहनत छ। देह अभिमान हुनुहुँदैन। आत्मा अविनाशी छ, संस्कार पनि आत्मामा
रहन्छन्। आत्माले नै राम्रो वा नराम्रो संस्कार लिएर जान्छ त्यसैले अब बाबा
भन्नुहुन्छ– देहीअभिमानी बन। आफ्नो आत्मालाई पनि कसैले जान्दैनन्। रावण राज्य सुरु
भएपछि नै अन्धकार मार्ग सुरु हुन्छ। देह अभिमानी बन्छन्।
बाबा बसेर सम्झाउनुहुन्छ– तिमी बच्चाहरू यहाँ कसको समक्ष आएका छौ? यिनको समक्ष होइन।
मैले यिनमा प्रवेश गरेको छु। यिनको धेरै जन्महरूको अन्त्यको यो पतित जन्म हो। धेरै
जन्म कुनचाहिँ हुन्? त्यो पनि बताउनुभयो, आधाकल्प पवित्र जन्म, आधाकल्प पतित जन्म।
त्यसैले यिनी पनि पतित भए। ब्रह्माले आफूलाई देवता वा ईश्वर भन्दैनन्। मनुष्यले
सम्झन्छन्– प्रजापिता ब्रह्मा देवता थिए त्यसैले भन्छन् ब्रह्मा देवताय नमः। बाबा
सम्झाउनुहुन्छ– ब्रह्मा जो पतित थिए, धेरै जन्महरूको अन्त्यमा उनी फेरि पावन बनेर
देवता बन्छन्। तिमी हौ बी.के.। तिमी पनि ब्राह्मण, यी ब्रह्मा पनि ब्राह्मण। यिनलाई
देवता कसले भन्छ? ब्रह्मालाई ब्राह्मण भनिन्छ, न कि देवता। यिनी पवित्र बनिसकेपछि
पनि ब्रह्मालाई देवता भनिँदैन। विष्णु (लक्ष्मी-नारायण) नबनेसम्म देवता भनिँदैन।
तिमी ब्राह्मण-ब्राह्मणीहरू हौ। तिमीलाई पहिला सुरुमा शूद्रबाट ब्राह्मण,
ब्राह्मणबाट देवता बनाउँछु। यो तिम्रो अमूल्य हीराजस्तो जन्म भनिन्छ। हुन त कर्मभोग
हुन्छ नै। त्यसैले अब बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गरिराख।
यो प्राक्टिस भयो भने मात्रै विकर्म विनाश हुन्छन्। देहधारी सम्झ्यौ भने विकर्म
विनाश हुँदैनन्। आत्मा ब्राह्मण होइन, शरीरको साथमा छ त्यसैले नै ब्राह्मण फेरि
देवता... शूद्र आदि बन्छन्। त्यसैले अहिले बाबालाई याद गर्नमा मेहनत छ। सहजयोग पनि
हो। बाबा भन्नुहुन्छ– सहजभन्दा सहज पनि छ। कसै कसैलाई फेरि धेरै डिफिकल्ट पनि लाग्छ।
घरी घरी देह अभिमानमा आएर बाबालाई बिर्सन्छन्। देहीअभिमानी बन्नमा टाइम त लाग्छ नि।
यस्तो हुन सक्दैन। अहिले तिमी एकरस हुन्छौ र बाबाको याद स्थायी रहन्छ। होइन।
कर्मातीत अवस्था भयो भने त फेरि शरीर पनि रहन सक्दैन। पवित्र आत्मा हलुका भएर एकदम
शरीरलाई छोडिदिन्छ। पवित्र आत्मासँग अपवित्र शरीर रहन सक्दैन। यस्तो होइन– यी दादा
कुनै पार पुगिसकेका छन्। यिनले पनि भन्छन्– यादमा धेरै मेहनत छ। देह अभिमानमा आउनाले
उल्टोसुल्टो बोल्नु, लड्नु, झगडा गर्नु आदि चल्छ। हामी सबै आत्माहरू भाइ भाइ हौँ
फेरि आत्मालाई केही हुँदैन। देह अभिमानबाटै रोकावट भएको छ। अब तिमी बच्चाहरू
देहीअभिमानी बन्नुछ। जस्तै देवताहरू क्षीरखण्ड छन् त्यस्तै तिमी पनि आपसमा धेरै
क्षीरखण्ड भएर रहनुपर्छ। तिमी कहिल्यै नुनपानी जस्तो बन्नु हुँदैन। जो देह अभिमानी
मनुष्य छन् उनीहरू उल्टोसुल्टो बोल्छन्, लड्छन् झगडा गर्छन्। तिमी बच्चाहरूमा त्यो
बानी हुन सक्दैन। यहाँ त तिमीले देवता बन्नको लागि दैवीगुण धारण गर्नुछ। कर्मातीत
अवस्था प्राप्त गर्नुछ। थाहा छ यो शरीर, यो दुनियाँ पुरानो तमोप्रधान छ। पुरानो
चीजबाट, पुरानो सम्बन्धबाट घृणा गर्नुपर्छ। देह अभिमानका कुराहरूलाई छोडेर आफूलाई
आत्मा सम्झेर बाबालाई याद गर्यौ भने पाप विनाश हुन्छन्। धेरै बच्चाहरू यादमा फेल
हुन्छन्। ज्ञान सम्झाउनमा धेरै तीक्ष्ण हुन्छन् तर यादमा धेरै मेहनत छ। यो ठुलो
परीक्षा हो। आधाकल्पका पुराना भक्तहरूले नै बुझ्न सक्छन्। भक्तिमा जो पछि आएका छन्
तिनीहरूले त्यति बुझ्न सक्दैनन्।
बाबा यस शरीरमा आएर भन्नुहुन्छ– म हर ५ हजार वर्षपछि आउँछु। मेरो पनि ड्रामामा
पार्ट छ र म एकैपटक आउँछु। यो त्यही सङ्गमयुग हो। लडाइँ पनि सामुन्ने खडा छ। यो
ड्रामा हो नै ५ हजार वर्षको। कलियुगको अवधि अहिले ४० हजार वर्ष अझै भयो भने थाहा
छैन के होला। उनीहरूले त भन्छन्– भगवान् आउनुभए पनि हामीले शास्त्रहरूको मार्ग
छोड्दैनौँ। यो पनि थाहा छैन– ४० हजार वर्षपछि कुन भगवान् आउनुहुन्छ। कसैले सम्झन्छन्
श्रीकृष्ण भगवान् आउनुहुन्छ। केही समय पछि तिम्रो नाम प्रसिद्ध हुन्छ। तर त्यो
अवस्था हुनुपर्छ। आपसमा धेरै धेरै प्रेम हुनुपर्छ। तिमी ईश्वरीय सन्तान हौ नि। तिमी
खुदाई खिदमतगार गायन गरिएका छौ। भन्छौ– हामी पतित विश्वलाई पावन बनाउन बाबाका
मदतगार हौँ। बाबा कल्प कल्प हामी आत्म अभिमानी बनेर हजुरको श्रीमतमा योगबलद्वारा
आफ्नो विकर्म विनाश गर्छौं। योगबल हो साइलेन्स बल। साइलेन्स बल र साइन्स बलमा
रातदिनको फरक छ। पछि गएर तिमीलाई धेरै साक्षात्कार भइरहने छन्। सुरुमा कति
बच्चाहरूले साक्षात्कार गरे, पार्ट खेले। आज तिनीहरू छैनन्। मायाले खाइदियो। योगमा
नरहेमा मायाले खाइदिन्छ। जब कि बच्चाहरूले जान्दछन्– भगवानले हामीलाई पढाउनुहुन्छ,
त्यसैले फेरि काइदा अनुसार पढ्नुपर्छ। नत्र धेरै धेरै सानो पद पाउँछन्। सजाय पनि
धेरै खान्छन्। गाउँछन् पनि– जन्मजन्मान्तरको पापी हुँ। त्यहाँ (सतयुगमा) त रावणको
राज्य नै हुँदैन भने विकारको नाम पनि कसरी हुनसक्छ। त्यो हो नै सम्पूर्ण निर्विकारी
राज्य। त्यो रामराज्य, यो हो रावण राज्य। यस समयमा सबै तमोप्रधान छन्। हरेक बच्चाले
आफ्नो स्थितिको जाँच गर्नुपर्छ– म बाबाको यादमा कति समय रहनसक्छु? दैवीगुण कहाँसम्म
धारण गरेको छु? मुख्य कुरा, भित्र हेर्नु छ– ममा कुनै अवगुण त छैनन्? मेरो खानपान
कस्तो छ? सारा दिनमा कुनै फालतु कुरा वा झुटो त बोल्दिनँ? शरीर निर्वाह अर्थ पनि
झुटो आदि बोल्नुपर्छ नि। फेरि मनुष्यले धर्माऊ निकाल्छन् जसबाट पाप हलुका होस्।
राम्रो कर्म गरे भने त्यसको पनि रिटर्न मिल्छ। कसैले हस्पिटल बनायो भने अर्को जन्ममा
राम्रो स्वास्थ मिल्छ। कलेज बनायो भने राम्रो पढ्छन्। तर पापको प्रायश्चित के हो?
त्यसको लागि फेरि गङ्गा स्नान गर्न जान्छन्। बाँकी जसले धन दान गर्छन् त्यसको फल
अर्को जन्ममा मिल्छ। त्यसमा पाप काटिने कुरा हुँदैन। त्यो हुन्छ धनको लेनदेन, ईश्वर
अर्थ दियो, ईश्वरले अल्पकालको लागि दिनुभयो। यहाँ त तिमी पावन बन्नुछ, बाबाको याद
सिवाय अरू कुनै उपाय छैन। पावन फेरि पतित दुनियाँमा कहाँ रहन्छन् र। उनीहरूले ईश्वर
अर्थ इनडाइरेक्ट दान गर्छन्। अहिले त ईश्वर भन्नुहुन्छ– म सम्मुख आएको छु पावन
बनाउन। म त दाता हुँ, मलाई तिमीले दियौ भने मैले रिटर्नमा प्रतिफल दिन्छु। मैले कहाँ
आफुसँग राख्छु र। तिमी बच्चाहरूको लागि नै घर आदि बनाइएको छ। संन्यासीहरूले त आफ्नो
लागि ठुला ठुला महल आदि बनाउँछन्। यहाँ शिवबाबाले आफ्नो लागि त केही बनाउनुहुन्न।
भन्नुहुन्छ– यसको रिटर्न तिमीलाई २१ जन्मको लागि नयाँ दुनियाँमा मिल्छ किनकि तिमीले
सम्मुख लेनदेन गर्छौ। जति पैसा दिन्छौ त्यो तिम्रै काम लाग्छ। भक्तिमार्गमा पनि दाता
हुँ भने अहिले पनि दाता हुँ। त्यो हो इनडाइरेक्ट, यो हो डाइरेक्ट। बाबाले त
भनिदिनुहुन्छ– जे जति छ त्यसबाट गएर सेन्टर खोल। अरूको कल्याण गर। मैले पनि त
सेन्टर खोल्छु नि। बच्चाहरूले दिएको हो, बच्चाहरूलाई नै मद्दत गर्छु। मैले कहाँ
आफूसँग पैसा लिएर आउँछु र। म त आएर यिनमा प्रवेश गर्छु, यिनीद्वारा कर्तव्य गराउँछु।
मलाई त स्वर्गमा आउनुछैन। यो सबै कुरा तिम्रो लागि हो, म त अभोक्ता हुँ। केही पनि
लिन्नँ। यस्तो पनि भन्दिनँ– मेरो पाउ पर। म त तिमी बच्चाहरूको मोस्ट ओबिडियन्ट
सर्वेन्ट हुँ। यो पनि तिमीले जान्दछौ– उहाँ माता-पिता, बन्धु-सखा... सबै कुरा
हुनुहुन्छ। त्यो पनि उहाँ बाबा त निराकार हुनुहुन्छ। तिमीले कुनै गुरुलाई कहिल्यै
त्वमेव माता पिता भन्दैनौ। गुरुलाई गुरु, टिचरलाई टिचर भन्छौ। यिनलाई माता-पिता
भन्छौ। बाबा भन्नुहुन्छ– म कल्प कल्प एकैपटक आउँछु। तिमीले नै १२ महिनापछि जयन्ती
मनाउँछौ। तर शिवबाबा कहिले आउनुभयो, के गर्नुभयो, यो कसैलाई पनि थाहा छैन।
ब्रह्मा-विष्णु-शङ्करको कर्तव्यको बारेमा पनि थाहा छैन किनकि माथिबाट शिवको चित्र
उडाइदिएका छन्। नत्र शिवबाबा गर्ने गराउनुहुने हुनुहुन्छ। ब्रह्माद्वारा
गराउनुहुन्छ। यो पनि तिमी बच्चाहरूले जान्दछौ, कसरी आएर प्रवेश गरेर, कर्म गरेर
देखाउनुहुन्छ। मानौँ स्वयं भन्नुहुन्छ– तिमीले पनि यस्तै गर। एक त राम्रो रीतिले पढ।
बाबालाई याद गर, दैवीगुण धारण गर। जस्तै यिनको आत्माले भन्छ। यिनले पनि भन्छन्– मैले
बाबालाई याद गर्छु। बाबा पनि मानौँ साथमा हुनुहुन्छ। तिम्रो बुद्धिमा छ– हामी नयाँ
दुनियाँको मालिक बन्नेछौँ। त्यसैले चालचलन, खानपान आदि सबै परिवर्तन गर्नुछ।
विकारहरूलाई छोड्नुछ। सुध्रनु त छ। जत जति सुध्रन्छौ फेरि शरीर छोडेपछि उच्च कुलमा
जन्म लिन्छौ। नम्बरवार कुलका पनि हुन्छन्। यहाँ पनि धेरै राम्रा राम्रा कुल हुन्छन्।
४-५ भाइ सबै आपसमा सँगै बस्छन्, कुनै झगडा आदि हुँदैन। अहिले तिमी बच्चाहरूले
जान्दछौ– हामी अमरलोकमा जान्छौँ, जहाँ कालले खाँदैन। डरको कुनै कुरा छैन। यहाँ त
दिनप्रतिदिन डर बढ्दै जान्छ। बाहिर निस्कन सक्दैनन्। यो पनि जान्दछन्– यो पढाइ
करोडौँमा कोहीले नै पढ्छन्। कसैले त राम्रो रीतिले जान्दछन्, लेख्छन् पनि– धेरै
राम्रो छ। यस्ता बच्चाहरू पनि अवश्य आउँछन्। राजधानी त स्थापना हुनु छ नि। बाँकी
थोरै टाइम बचेको छ।
बाबाले ती पुरुषार्थी बच्चाहरूको धेरै धेरै महिमा गर्नुहुन्छ जो यादको यात्रामा
तीव्र दौडन्छन्। मुख्य हो यादको कुरा। यसबाट पुराना हिसाबकिताब चुक्ता हुन्छन्। कुनै
कुनै बच्चाहरूले बाबालाई लेख्छन्– बाबा मैले दिनहुँ यति घण्टा याद गर्छु, अनि बाबाले
पनि सम्झनुहुन्छ– यो धेरै पुरुषार्थी हो। पुरुषार्थ त गर्नुछ नि त्यसैले बाबा
भन्नुहुन्छ– आपसमा कहिल्यै पनि लड्नु, झगडा गर्नु हुँदैन। यो त जानवरहरूको काम हो।
लड्नु, झगडा गर्नु– यो हो देह अभिमान। बाबाको नाम बदनाम गरिदिन्छन्। बाबाको लागि नै
भनिन्छ– सतगुरुका निन्दक ठौर न पाये। साधुहरूले फेरि आफ्नो लागि भनिदिएका छन्।
त्यसैले माताहरू उनीहरूसँग धेरै डराउँछन्– कतै कुनै श्राप नमिलोस् भनेर। अहिले
तिमीहरूले जान्दछौ– हामी मनुष्यबाट देवता बनिरहेका छौँ। सच्चा सच्चा अमरकथा
सुनिरहेका छौँ। भन्छौ– हामी यस पाठशालामा आउँछौँ श्री लक्ष्मी-नारायणको पद पाउनको
लागि, अरू कहीँ यस्तो भन्दैनन्। अब हामी जान्छौँ आफ्नो घर। यसमा यादको पुरुषार्थ नै
मुख्य हो। आधाकल्प याद गरिएको छैन। अब एकै जन्ममा याद गर्नुछ। यसैमा छ मेहनत। याद
गर्नुछ, दैवीगुण धारण गर्नुछ, कुनै पापकर्म गर्यौ भने सय गुणा दण्ड हुन्छ।
पुरुषार्थ गर्नुछ, आफ्नो उन्नति गर्नुछ। आत्माले नै शरीरद्वारा पढेर ब्यारिस्टर वा
सर्जन आदि बन्छ नि। यो लक्ष्मी-नारायण पद त धेरै उच्च हो नि। पछि गएर तिमीलाई धेरै
साक्षात्कार हुनेछन्। तिमी हौ सर्वोत्तम ब्राह्मण कुलभूषण, स्वदर्शन चक्रधारी। कल्प
पहिला पनि यो ज्ञान तिमीलाई सुनाएको थिएँ। फेरि तिमीलाई सुनाउँछु। तिमीले सुनेर पद
पाउँछौ। फेरि यो ज्ञान प्रायः लोप हुन्छ। बाँकी यी शास्त्र आदि सबै भक्ति मार्गका
हुन्। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) भित्र आफ्नो जाँच गर्नुछ– म बाबाको यादमा कति समय रहन्छु? दैवीगुण कहाँसम्म धारण
गरेको छु? ममा कुनै अवगुण त छैनन्? मेरो खानपान, चालचलन रोयल छ? फाल्तु कुरा त
गर्दिनँ? झुटो त बोल्दिनँ?
२) यादको चार्ट
बढाउनको लागि अभ्यास गर्नुछ– हामी सबै आत्माहरू भाइ भाइ हौँ। देह अभिमानबाट टाढा
रहनुछ। आफ्नो एकरस स्थिति जमाउनुछ, यसको लागि टाइम दिनुछ।
वरदान:–
पाँचै तत्त्व
र पाँचै विकारलाई आफ्नो सेवाधारी बनाउने मायाजित स्वराज्य अधिकारी भव
जसरी सत्ययुगमा विश्व
महाराजा वा विश्व महारानीको राजकीय ड्रेसलाई पछाडिबाट दास-दसीहरूले उठाउँछन्, त्यसरी
नै सङ्गमयुगमा तिमी बच्चाहरू जब मायाजित स्वराज्य अधिकारी बनेर टाइटलरूपी ड्रेसले
सजिएर रहनेछौ तब यी ५ तत्त्व र ५ विकारले तिम्रो ड्रेसलाई पछाडिबाट उठाउनेछन्
अर्थात् अधीन भएर चल्नेछन्। यसको लागि दृढ सङ्कल्पको पेटीले टाइटलहरूको ड्रेसलाई
टाइट गर, भिन्न भिन्न ड्रेस र श्रृङ्गारको सेटले सजिएर बाबासँग रह्यौ भने यी विकार
वा तत्त्व परिवर्तन भएरसहयोगी सेवाधारी बन्नेछौ।
स्लोगन:–
जुन गुण वा
शक्तिको वर्णन गर्छौ त्यसको अनुभवमा डुब। अनुभव नै सबैभन्दा ठुलो अथोरिटी हो।