29.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यस पुरानो दुनियाँ वा देहधारीहरूसँग कहिल्यै दिल नलगाउनु , दिल लगायौ भने तकदिर खोटो हुने छ।”

प्रश्न:–
बाबाले बच्चाहरूलाई यस नाटकको कुन चाहिँ गहन रहस्य सुनाउनुभएको छ?

उत्तर:–
प्यारा बच्चाहरू! अब यो नाटक खतम हुनेवाला छ त्यसैले सबै आत्माहरू यहाँ उपस्थित हुनु नै छ। सबै धर्मका आत्माहरू अहिले यहाँ उपस्थित हुनेछन् किनकि सर्वका पिता यहाँ उपस्थित हुनुभएको छ। सबैले बाबाको अगाडि सलामी भर्न आउनु नै छ। सबै धर्मका आत्माहरूले मनमनाभवको मन्त्र लिएर जानेछन्। उनीहरू कुनै मद्याजी भवको मन्त्रलाई धारण गरेर चक्रवर्ती बन्दैनन्।

गीत:–
दिल का सहारा टूट न जाये...

ओम् शान्ति ।
सबै सेन्टरका बच्चाहरूले गीत सुन्यौ। तिमीले आज सुनिरहेका छौ र अरू बच्चाहरूले २-४ दिन पछि सुन्नेछन्। यदि पुरानो दुनियाँ, पुरानो शरीरसँग दिल लगायौ भने तकदिर खोटो हुनेछ किनकि यो शरीर यस पुरानो दुनियाँको हो। त्यसैले देह अभिमानी बन्यौ भने यति तकदिर जुन बनिरहेको छ त्यो टुटेर जानेछ। अब तिमी दुर्भाग्यशालीबाट सौभाग्यशाली बनिरहेका छौ त्यसैले जति सकिन्छ एक बाबालाई याद गर, जसले बेहदको वर्सा दिनुहुन्छ। बाबालाई र वर्सालाई याद गर, यस पुरानो दुनियाँमा थोरै समय बाँकी छ। यसमा तिमी पुरुषार्थ गरेर सर्वगुण सम्पन्न अवश्य बन्नुछ। धेरै छन्, जो पवित्र रहन्छन् पनि। कति घरी घरी गिर्छन्। बाबा भन्नुहुन्छ– तिमी बाबासँगै सेवामा साथी बन्नुपर्छ, धेरै ठुलो सेवा छ, यति सारा दुनियाँलाई पतितबाट पावन बनाउनुछ। यस्तो पनि होइन, सबैले बाबालाई मदत गर्नेछन्। जसले कल्प पहिला मदत गरेका छन्, ब्राह्मण कुलभूषण बी.के. बनेका छन्, उनीहरू नै समझदार बन्नेछन्। प्रजापिता ब्रह्माको नाम त गायन गरिएको छ। ब्रह्माका बच्चाहरूलाई अवश्य बी. के. नै भनिनेछ। यो अवश्य पनि पहिला नै व्यतित भइसकेको कुरा हो। आदि देव, आदि देवीलाई पनि याद गर्छन्, जुन चिज पहिला नै व्यतित भएर गएको छ त्यो फेरि अवश्य हुनुछ। यो जान्दछौ, सत्ययुग व्यतित भएर गएको हो, त्यसमा आदि सनातन देवीदेवताहरूको राज्य थियो, जुन अहिले छैन। जुन पवित्र प्रवृत्तिमार्गका देवीदेवताहरूले राज्य गर्थे, उनीहरू अहिले ८४ जन्मको अन्त्यमा छन्। अहिले न पवित्र छन् न त्यो राज्य छ, सबै पतित बनेका छन्। फेरि बाबा आउनुभएको छ, पावन बनाउन। बाबा भन्नुहुन्छ– पतितहरूसँग बुद्धियोग नलगाऊ, म एक बाबालाई याद गर।

तिमीलाई थाहा छ– हामी बाबाको रायमा चलेर बाबाबाट वर्सा लिइरहेका छौँ। वर्सा कसरी पाउनुछ त्यो युक्ति पनि बताउनुहुन्छ। मानिसहरूले त अनेक प्रकारका युक्तिहरू रच्छन्। कुनै वैज्ञानिक घमण्डी छन्, कुनै डाक्टर घमण्डी छन्। लेख्छन्– मानिसहरूको मुटुको बिरामी भयो भने अर्को प्लास्टिकको मुटु बनाएर राख्न सक्छन्। सद्दे मुटुलाई निकालेर कृत्रिम मुटुबाट चलाइरहन्छन्। यो पनि कत्रो कला हो। यो भयो अल्पकाल सुखको लागि। भोलि मरे भने शरीर नै खतम भइहाल्छ। प्राप्ति त केही हुँदैन। अल्पकालको लागि मिल्यो। विज्ञानद्वारा धेरै कुरामा कमाल गरेर देखाउँछन्, त्यो पनि अल्पकालको लागि। यो कुरा त बिल्कुलै भिन्नै छ। पावन आत्मा ८४ जन्म लिँदालिँदा अब पतित बनेको छ। त्यस पतित आत्मालाई फेरि पावन बनाउनु– यो काम बाबाबाहेक अरू कसैले गर्न सक्दैन। उहाँ एकको नै गायन छ। उहाँ सर्वको पतित-पावन, सर्वको सद्गतिदाता, सर्वमाथि दया दृष्टि राख्ने, सर्वोदय लिडर हुनुहुन्छ। मानिसहरूले आफूलाई सर्वोदय लिडर भनाउँछन्, अब सर्व अर्थात् त्यसमा सबै आउँछन्। सर्वमाथि दया गर्ने त एउटै बाबालाई भनिन्छ, जसलाई रहमदिल, आनन्दका सागर भनिन्छ। बाँकी मानिसले सर्वमाथि के दया गर्न सक्लान् र! आफूमाथि नै दया गर्न सक्दैनन् भने अरूमाथि के गर्लान्! यिनीहरूले अल्पकालको लागि दया गर्छन्। नाम कति ठुला ठुला राखिदिएका छन्।

अब बाबा भन्नुहुन्छ– तिमीलाई सदा स्वस्थ, सदा सम्पन्न बन्ने कति सहज युक्ति बताउँछु। युक्ति बिल्कुल सरल छ, केवल मलाई याद गर किनकि तिमीले मलाई नै बिर्सेका छौ। सत्ययुगमा त तिमी सुखी हुन्छौ त्यसैले मलाई याद गर्दैगर्दैनौ। तिम्रो ८४ जन्मको इतिहास भूगोल तिमीलाई सुनाएको छु। तिमीले यसरी राज्य गर्थ्यौ, सदा सुखी थियौ, फेरि दिनप्रतिदिन ओर्लंदा ओर्लंदै तमोप्रधान, दुःखी पतित बनेका छौ। अहिले बाबाले फेरि तिमी बच्चाहरूलाई कल्प पहिलाजस्तै वर्सा दिइरहनुभएको छ, जसले कल्प कल्प आएर वर्सा लिन्छन्, श्रीमतमा चल्छन्, श्रीमत बापदादाको मत नै हो। उहाँबाट बाहेक श्रीमत अरू कहाँबाट मिल्छ। बाबा भन्नुहुन्छ– तिमीले विचार गर– यो कला कसैमा छ? छैन। कसैलाई विश्वको मालिक बनाउनु– त्यसको युक्ति बाबाले नै बताउनुहुन्छ। भन्नुहुन्छ– यसबाहेक अरू कुनै उपाय छैन, पतित-पावन बाबाले नै ज्ञान दिनुहुन्छ, उच्च पद पाउनको लागि। यस्तो होइन, केवल सृष्टि चक्रलाई जानेपछि तिमी पवित्र बन्नेछौ। बाबा भन्नुहुन्छ– मलाई याद गर। यस योग अग्निबाट तिम्रो पापको घैँटो जुन भरिएको छ, त्यो खतम हुनेछ।

बाबा भन्नुहुन्छ– तिमीले नै ८४ जन्म लिँदालिँदा धेरै पतित बनेका छौ। आजकाल त फेरि आफैलाई शिवोहम् तत्त्वम् भनिदिन्छन् कि त फेरि भन्छन्– तिमी परमात्माका रूप हौ, आत्मा सो परमात्मा। अब बाबा आउनुभएको छ त्यसैले तिमीलाई थाहा छ– अब शिवबाबाको याद गराउनुपर्छ। सर्वको सद्गतिदाता एक परमपिता परमात्मा नै हुनुहुन्छ। शिवका मन्दिर भिन्नै बन्छन्, शङ्करको रूप नै भिन्नै छ। प्रदर्शनीमा पनि देखाउनुपर्छ। शिव निराकार हुनुहुन्छ, शङ्कर आकारी छन्। श्रीकृष्ण त फेरि साकारमा छन्। साथमा राधा देखाउनु ठीक हो। अनि सिद्ध हुन्छ– यिनै फेरि लक्ष्मीनारायण बन्छन्। श्रीकृष्ण त द्वापरमा गीता सुनाउन आउँदैआउँदैनन्। पतित हुन्छन् कलियुग अन्त्यमा, पावन हुन्छन् सत्ययुगमा। त्यसैले अवश्य सङ्गममा आउनेछन्। यो कुरा बाबालाई मात्रै थाहा छ, उहाँ नै त्रिकालदर्शी हुनुहुन्छ। श्रीकृष्णलाई त्रिकालदर्शी भनिँदैन। उनले कहाँ तीनै कालको ज्ञान सुनाउन सक्छन् र! उनलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान नै हुँदैन। उनलाई त भन्छन्– उनी साना बच्चा हुन्, दैवी राजकुमार राजकुमारी कलेजमा पढ्न जान्छन्। पहिला यहाँ पनि राजकुमार राजकुमारीले पढ्ने कलेज थिए, अहिले सबै मिसाइदिएका छन्। श्रीकृष्ण राजकुमार थिए, अरू पनि राजकुमार राजकुमारी होलान्। सँगसँगै पढ्दा हुन्। त्यहाँ त निर्विकारी दुनियाँ नै हुन्छ। एक शिवबाबा नै सर्वको सद्गतिदाता हुनुहुन्छ। मानिस सर्वका सद्गतिदाता हुन सक्दैनन्। बाबाले नै आएर सबैलाई मुक्ति-जीवनमुक्ति दिनुहुन्छ। यो पनि सम्झाइन्छ– देवताहरूको राज्यमा अरू कुनै धर्म थिएन। अरू धर्म त आएका नै हुन् कल्पको मध्यमा। त्यसैले उनीहरू सत्ययुगमा कसरी हुन सक्छन्, उनीहरू हुन् नै हठयोगी, निवृत्तिमार्गका। उनीहरूले राजयोग त बुझ्न सक्दैनन्। यो राजयोग प्रवृत्तिमार्गका आत्माहरूको लागि हो। भारतवर्ष पवित्र प्रवृत्तिमार्गमा थियो, अहिले कलियुगमा पतित प्रवृत्तिमार्गका भएका छौ। भगवानुवाच– म एकलाई याद गर। पुरानो दुनियाँ अथवा देहका सम्बन्धहरूसँग मन लगायौ भने तकदिर खोटो हुनेछ। धेरैको तकदिर खोटो बन्छ। कुनै अकर्तव्य गरेको रहेछ भने अन्त्यमा त्यो सबै सामुन्ने आउनेछ, साक्षात्कार हुनेछ। कति बच्चाहरूले धेरै कुरा लुकाउँछन्, यस जन्ममा गरेका पाप कर्म बाबालाई सुनाएमा आधा सजाय छुट्नेछ, तर लाजले गर्दा सुनाउँदैनन्। विकारी काम त धेरै गर्छन्। बुद्धिमा त याद हुन्छ, बताएमा छुट्नेछौँ। उहाँ अविनाशी सर्जन हुनुहुन्छ। बिरामीले लाजले गर्दा सर्जनलाई बताएनन् भने कसरी सञ्चो हुन्छ। कुनै पनि विकर्म गरेका छौ भने बताएपछि आधा माफ हुनेछ। नबताएमा त्यो वृद्धि हुँदै जानेछ। धेरै फस्दै जानेछौ। फेरि तकदिर समाप्त भएर दुर्दशा हुनेछ। बाबा भन्नुहुन्छ– देहसँग पनि सम्बन्ध नराख, सदैव म एकलाई याद गरिरख, फेरि कुनै विकारी काम हुनेछैन। उहाँ धर्मराज पनि हुनुहुन्छ, उहाँसँग पनि लुकाइरह्यौ भने फेरि तिमीलाई जस्तो सजाय अरू कसैलाई मिल्नेछैन। जति समय नजिक हुन्छ, त्यति सबैलाई साक्षात्कार हुँदै जानेछ। अहिले यो सबैको कयामत (महाविनाश) को समय हो, सबै पतित छन्। पापको दण्ड अवश्य मिल्छ। जसरी एक सेकेन्डमा जीवनमुक्ति मिल्छ त्यसरी नै एक सेकेन्डमा सजायहरूको अनुभूति यसरी आउँछ मानौँ धेरै समयदेखि नै सजाय खाइ रहेका छौ। यो धेरै सूक्ष्म मेसिनरी हो। सबैको कयामतको समय हो। सजाय त अवश्य भोग्नुछ। फेरि सबै आत्माहरू पवित्र भएर जान्छन्। बाबाले नै आएर पतित आत्माहरूलाई पावन बनाउनुहुन्छ। बाबाबाहेक अरू कसैको तागत छैन। ६३ जन्म पाप गर्दागर्दै अहिले आएर तिम्रो पापको घैँटो भरिएको छ। मायाको ग्रहण सबैलाई लागेको छ। तिमीलाई ठुलो ग्रहण लागेको छ। तिमी सर्वगुण सम्पन्न थियौ, तिमीलाई फेरि ग्रहण लागेको छ, ज्ञान पनि अहिले तिमी बच्चाहरूलाई मिलेको छ। बाबा बताउनुहुन्छ– तिमी भारतवर्षका मालिक थियौ, फेरि ८४ जन्म तिमीले नै भोगेका छौ। कस्तो सीधा बताउनुहुन्छ– तिमी अवश्य देवीदेवता धर्मका थियौ, फेरि पतित भएपछि हिन्दु भनिएको हो। हिन्दु धर्म त कसैले पनि स्थापन गरेको छैन। मठपन्थलाई राजवंश भनिँदैन, राजवंश राजाहरूको हुन्छ। लक्ष्मीनारायण दी फस्ट, सेकेन्ड, थर्ड... यसरी राज्य चल्छ। यो पनि अवश्य हो, पावनबाट पतित बन्नु नै छ। पतित भएका हुनाले देवीदेवता भनिन सक्दैनन्। तिमीले सम्झन्छौ– हामी पूज्य आदि सनातन देवीदेवता धर्मका थियौँ। आफ्नै धर्मका चित्रहरूलाई नै पुज्छौ। केवल यो भुलेका छौ, हामी नै पूज्य देवी देवता थियौँ, अहिले पुजारी बनेका छौँ। अहिले तिमीले बुझेका छौ– बाबाले वर्सा दिनुभएको थियो, फेरि पतित बनेका हौँ अनि बसेर आफ्नै चित्रहरूको पूजा गरेका हौँ। आफै पूज्य, आफै पुजारी। यो भारतवर्षबाहेक अरू कसैलाई भनिँदैन। बाबा पनि यहाँ नै आएर ज्ञान दिनुहुन्छ, फेरि सो देवता बनाउनको लागि। बाँकी सबै हिसाबकिताब चुक्ता गरेर फर्केर जानेछन्। आत्माहरू सबैले बाबालाई हे परमपिता परमात्मा भनेर पुकारिरहन्छन्। यो पनि बुझ्ने कुरा हो। यस समयमा तिम्रा ३ पिता छन्। एक– शिवबाबा, अर्का– लौकिक पिता र यी अलौकिक पिता प्रजापिता ब्रह्मा। बाँकी सबैका दुई पिता हुन्छन्। लौकिक र पारलौकिक। सत्ययुगमा केवल एउटै लौकिक पिता हुन्छन्। पारलौकिक पितालाई चिन्दैचिन्दैनन्। त्यहाँ त सुख मात्रै हुन्छ, फेरि पारलौकिक पितालाई किन याद गर्ने। दुःखमा सिमरण सबैले गर्छन्। यहाँ फेरि तिम्रा ३ पिता हुन्छन्, यो पनि बुझ्ने कुरा हो। त्यहाँ आत्म अभिमानी हुन्छन्, फेरि देह अभिमानमा आउँछन्। यहाँ तिमी आत्म अभिमानी पनि हौ भने परमात्म अभिमानी पनि हौ। तिमीमा शुद्ध अभिमान छ– हामी सबै बाबाका बच्चाहरू हौँ, उहाँबाट वर्सा लिइरहेका छौँ। उहाँ पिता, शिक्षक, सद्गुरु हुनुहुन्छ। यो उहाँको महिमा पनि सम्झाउनुपर्छ। उहाँले नै आएर सबै बच्चाहरूलाई वर्सा दिनुहुन्छ। सत्ययुगमा तिमीलाई त्यो वर्साको प्रारब्ध मिलेको थियो, फेरि ८४ जन्म लिएर गुमाएका छौ। अब यो कुरा सम्झाउन कति सहज छ। बाबालाई भनिन्छ पतित-पावन, सर्वको सद्गतिदाता। यो दुनियाँ नै पतितहरूको हो। यहाँ कसैले कसरी सद्गति दिन सक्छन्। बाँकी कोही धेरै शास्त्र पढेका रहेछन् भने तिनीहरूको अन्त मति सो गति हुन्छ, फेरि सानैमा कण्ठै भन्छन्। त्यसैले बाबा तिमी बच्चाहरूलाई कति राम्रा मीठा-मीठा कुराहरू सुनाउनुहुन्छ। प्यारा बच्चाहरू! तिमी तमोप्रधान बनेका छौ। अब फेरि बाबालाई याद गरेमा खाद निस्कनेछ। अब नाटक पूरा हुन्छ, सबै हाजिर हुनुछ। क्राइस्ट आदि सबैको आत्मा यहीँ हाजिर छन्, उनीहरू पनि बाबाकहाँ सलामी भर्न आउनेछन्। उनीहरू चक्रवर्ती राजा त बन्दैनन्, केवल बाबालाई याद गर्नेछन्, मनमनाभवको मन्त्र लिएर जानेछन्। तिम्रो हो मनमनाभव र मद्याजी भवको डबल मन्त्र। बाबाले कति राम्रो युक्ति बताउनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यस पुरानो दुनियाँमा पुरुषार्थ गरेर सर्वगुण सम्पन्न अवश्य बन्नुछ। यस पुरानो शरीर वा पुरानो दुनियाँसँग दिल लगाउनुछैन। सौभाग्यशाली बन्नुछ।

२) आत्मअभिमानी र परमात्म अभिमानी रहनुछ। यस कयामतको समयमा बाबासँग केही पनि लुकाउनु हुँदैन। अविनाशी सर्जनसँग राय लिइरहनुछ।

वरदान:–
सङ्ग दोषबाट टाढ ै बसे र सदा बाबाको समीपताको भाग्य प्राप्त गर्ने पास विद अनर भव

बाबाको समीप रहन मन पर्छ भने सदा कुनै पनि सङ्ग दोषबाट टाढै बस। कैयौँ प्रकारका आकर्षण पेपरको रूपमा आउनेछन् तर तिनमा आकर्षित नहोऊ। सङ्ग दोष कैयौँ प्रकारका हुन्छन्, व्यर्थ सङ्कल्पहरूका वा मायाका आकर्षणका सङ्कल्पहरूको सङ्ग, सम्बन्धीहरूको सङ्ग, वाणीको सङ्ग, अन्नदोषको सङ्ग, कर्मको सङ्ग... यी सबै सङ्ग दोषबाट आफूलाई बचाउनेहरू नै पास विद अनर बन्छन्।

स्लोगन:–
तिमी फरिस्ता बन्यौ भने परिस्थितिहरूमा बाबा स्वयं तिम्रो छत्रछाया बन्नुहुनेछ।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

सदा एकरस, अचल, अडोल बन्ने र बनाउने विशेष शक्ति यो ड्रामाको प्वइन्ट हो। यसलाई शक्तिको रूपमा धारण गर्नेले कहिल्यै हार खान सक्दैन, तर पहिला ड्रामाको बिन्दु लगाएर व्यर्थ सङ्कल्पहरूलाई शुद्ध सङ्कल्पहरूमा परिवर्तन गर्नुछ। फेरि मायाका अनेक प्रकारका विघ्नहरूलाई ईश्वरीय लगनको आधारले समाप्त पनि गर्नुछ।