29.07.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो शरीरको मूल्य यसमा आत्माले प्रवेश ग रेपछि मात्र हुन्छ , तर सजावट शरीरको हुन्छ , आत्माको हुँदैन। ”

प्रश्न:–
तिमी बच्चाहरूको कर्तव्य के हो? तिमीले कुन सेवा गर्नुछ?

उत्तर:–
तिम्रो कर्तव्य हो– आफ्ना साथीहरूलाई नरबाट नारायण, नारीबाट लक्ष्मी बन्ने युक्ति बताउनु। तिमीले अब विश्वको सच्चा रुहानी सेवा गर्नुछ। तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ, त्यसैले तिम्रो बुद्धि र चालचलन धेरै रिफाइन हुनुपर्छ। कसैमा अलिकति पनि मोह हुनुहुँदैन।

गीत:–
नयन हीन को राह दिखाओ..........

ओम् शान्ति ।
डबल शान्ति। तिमी बच्चाहरूले जवाफ दिनुपर्छ– ओम् शान्ति। हाम्रो स्वधर्म हो शान्ति। तिमी अहिले कहाँ शान्तिको लागि कहीँ जान्छौ र। मानिसहरू मनको शान्तिको लागि साधु-सन्तहरूकहाँ पनि जान्छन् नि। तर मन-बुद्धि त हुन् आत्माका अङ्गहरू। जसरी यी शरीरका अङ्गहरू छन्, त्यसैगरी मन, बुद्धि र चक्षु अङ्ग हुन्। तर जसरी यी नयन छन्, त्यसरी ती चक्षु छैनन्। भन्छन्– हे प्रभु! नयनहीनलाई मार्ग देखाउनुहोस्। प्रभु वा ईश्वर भन्नाले त्यो बाबाको प्रेम आउँदैन। बाबाबाट त बच्चाहरूलाई वर्सा मिल्छ। यहाँ त तिमी बाबाको सामुन्ने बसेका छौ। पढ्छौ पनि। तिमीलाई कसले पढाउनुहुन्छ? तिमीले यस्तो भन्दैनौ– परमात्मा वा प्रभुले पढाउनुहुन्छ। तिमीले भन्छौ– शिवबाबाले पढाउनुहुन्छ। बाबा शब्द त बिल्कुल साधारण छ। हुनुहुन्छ पनि बापदादा। आत्मालाई आत्मा नै भनिन्छ, हुन त उहाँ परम आत्मा हुनुहुन्छ। उहाँ भन्नुहुन्छ– म परम आत्मा अर्थात् परमात्मा तिम्रो पिता हुँ। फेरि म परम आत्माको ड्रामा अनुसार नाम राखिएको छ शिव। ड्रामामा सबैको नाम पनि चाहिन्छ नि। शिवको मन्दिर पनि हुन्छ। भक्ति मार्गकाहरूले त एउटाको सट्टा अनेक नाम राखिदिएका छन्। अनि फेरि थुप्रै थुप्रै मन्दिर बनाइरहन्छन्। चीज एउटै हो। सोमनाथको मन्दिर कति ठुलो छ, कति सजाउँछन्। महल आदिको पनि कति सजावट गर्छन्। आत्माको त कुनै सजावट हुँदैन, त्यसैगरी परम आत्माको पनि सजावट हुँदैन। उहाँ त बिन्दु हुनुहुन्छ। बाँकी जे जति सजावट हुन्छ, त्यो शरीरहरूको हुन्छ। बाबा भन्नुहुन्छ– न मेरो सजावट हुन्छ, न आत्माहरूको सजावट छ। आत्मा त हो नै बिन्दु। यति सानो बिन्दुले त केही पार्ट खेल्न सक्दैन। त्यो सानो आत्मा शरीरमा प्रवेश गरे पछि शरीरको कति प्रकारको सजावट हुन्छ। मानिसहरूका कति नाम हुन्छन्। राजा-रानीको सजावट कसरी हुन्छ, आत्मा त साधारण बिन्दु हो। अहिले तिमी बच्चाहरूले यो पनि बुझेका छौ। आत्माले नै ज्ञान धारण गर्छ। बाबा भन्नुहुन्छ– ममा पनि ज्ञान छ नि। शरीरमा कहाँ ज्ञान हुन्छ र। म आत्मामा ज्ञान छ, मैले यो शरीर लिनुपर्छ तिमीलाई सुनाउनका लागि। शरीरबिना त तिमीले सुन्न सक्दैनौ। अहिले यो गीत बनाएका छन्, नयनहीनलाई मार्ग देखाऊ... के शरीरलाई मार्ग देखाउनु छ? होइन। आत्मालाई। आत्माले नै पुकार्छ। शरीरका त दुई नेत्र छन्। तीन त हुन सक्दैन। तेस्रो नेत्रको यहाँ (निधारमा) तिलक पनि लगाउँछन्। कसैले केवल बिन्दु जस्तो बनाउँछन्, कसैले रेखा जस्तो बनाउँछन्। बिन्दु त हो आत्मा। बाँकी ज्ञानको तेस्रो नेत्र मिल्छ। आत्माको पहिला यो ज्ञानको तेस्रो नेत्र थिएन। कुनै पनि मनुष्य मात्रमा यो ज्ञान छैन, त्यसैले ज्ञान नेत्रहीन भनिन्छ। बाँकी यी आँखाहरू त सबैका छन्। सारा दुनियाँमा कसैको यो तेस्रो नेत्र छैन। तिमी हौ सर्वोत्तम ब्राह्मण कुलका। तिमीलाई थाहा छ– भक्तिमार्ग र ज्ञानमार्गमा कति फरक छ। तिमी रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जानेर चक्रवर्ती राजा बन्छौ। जसरी लोकसेवा पास गर्नेहरूले पनि धेरै उच्च पद पाउँछन्। तर यहाँ कुनै पढाइले साँसद (एम. पी.) आदि बन्दैनन्। यहाँ त चुनाव हुन्छ, भोटबाट साँसद आदि बन्छन्। अहिले तिमी आत्माहरूलाई बाबाको श्रीमत मिल्छ। अरू कसैले पनि यस्तो भन्दैनन्– हामीले आत्मालाई मत दिन्छौँ। उनीहरू त सबै देह अभिमानी छन्। बाबाले नै आएर देहीअभिमानी बन्न सिकाउनुहुन्छ। सबै देह अभिमानी छन्। मानिसहरूले शरीरको कति रवाफ देखाउँछन्। यहाँ त बाबाले आत्माहरूलाई नै देख्नुहुन्छ। शरीर त विनाशी, एक पैसाको पनि लायक छैन। जनावरहरूको त फेरि पनि छाला आदि बिक्छ। मानिसको शरीर त कुनै काममा आउँदैन। अहिले बाबा आएर हीरा जस्तो लायक बनाउनुहुन्छ।

तिमी बच्चाहरूलाई थाहा छ– अहिले हामी देवता बनिरहेका छौँ, त्यसैले यो नशा चढिरहनुपर्छ। तर यो नशा पनि नम्बरवार पुरुषार्थ अनुसार हुन्छ। धनको पनि नशा हुन्छ नि। अहिले तिमी बच्चाहरू धेरै धनवान बन्छौ। तिम्रो धेरै कमाइ भइरहेको छ। तिम्रो महिमा पनि अनेक प्रकारको छ। तिमीहरूले फूलको बगैँचा बनाउँछौ। सत्ययुगलाई भनिन्छ फूलहरूको बगैँचा। यसको कलमी कहिले लाग्छ– यो पनि कसैलाई थाहा छैन। तिमीलाई बाबाले सम्झाउनुहुन्छ। बोलाउँछन् पनि– हे बागवान आउनुहोस्। उहाँलाई माली भनिँदैन। माली तिमी बच्चाहरू हौ जसले सेन्टरहरू सम्हाल्छौ। माली अनेक प्रकारका हुन्छन्। बागवान एउटै हुनुहुन्छ। मुगल गार्डेनको मालीलाई तलब पनि त्यति नै धे? मिल्दो हो नि। बगैँचा यस्तो सुन्दर बनाउँछन् कि सबै हेर्न आउँछन्। मुगलहरू धेरै सौखिन थिए, उनकी स्त्री मरिन् त्यसैले ताजमहल बनाए। उनको नाम चलिआएको छ। कति राम्रा राम्रा यादगार बनाएका छन्। त्यसैले बाबा सम्झाउनुहुन्छ, मानिसको कति महिमा हुन्छ। मानिस त मानिस नै हुन्। लडाइँमा थुप्रै थुप्रै मानिसहरू मर्छन्, फेरि के गर्छन्। मट्टितेल, पेट्रोल हालेर खतम गरिदिन्छन्। कोही त त्यत्तिकै भइरहन्छन्। कहाँ गाड्छन् र। केही पनि मान हुँदैन। त्यसैले अब तिमी बच्चाहरूलाई कति नारायणी नशा चढ्नुपर्छ। यो हो विश्वको मालिकपनाको नशा। सत्य नारायणको कथा हो त्यसैले अवश्य नारायण नै बन्छन्। आत्मालाई ज्ञानको तेस्रो नेत्र मिल्छ। दिनेवाला बाबा हुनुहुन्छ। तीजरीको कथा पनि छ। यी सबैको अर्थ बाबा बसेर सम्झाउनुहुन्छ। कथा सुनाउनेहरूले केही पनि जान्दैनन्। अमरकथा पनि सुनाउँछन्। अब अमरनाथमा कहाँ टाढा टाढा जान्छन्। बाबा त यहाँ आएर सुनाउनुहुन्छ। माथि त सुनाउनुहुन्न। त्यहाँ कहाँ पार्वतीलाई बसाएर अमरकथा सुनाउनुभयो र। यी कथा आदि जुन बनाएका छन्– यो पनि ड्रामामा निश्चित छ। फेरि पनि हुन्छ। बाबा बसेर तिमी बच्चाहरूलाई भक्ति र ज्ञानको भिन्नता बताउनुहुन्छ। अहिले तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। भनिन्छ नि– हे प्रभु, अन्धाहरूलाई मार्ग देखाउनुहोस्! भक्तिमार्गमा पुकार्छन्। बाबा आएर तेस्रो नेत्र दिनुहुन्छ, जसको विषयमा तिमीबाहेक अरू कसैलाई थाहा छैन। ज्ञानको तेस्रो नेत्र छैन भने भनिन्छ एक आँखा भएको, धुन्धकारी। आँखाहरू पनि कसैको कस्तो, कसैको कस्तो हुन्छ नि। कसैका धेरै सुन्दर आँखा हुन्छन्। फेरि त्यसमा इनाम पनि मिल्छ, फेरि नाम राख्छन् मिस इन्डिया, मिस फलानी। तिमी बच्चाहरूलाई अब बाबाले के बाट के बनाउनुहुन्छ। त्यहाँ त स्वाभाविक सुन्दरता हुन्छ। श्रीकृष्णको यति महिमा किन छ? किनकि सबैभन्दा धेरै सुन्दर बन्छन्। नम्बर वनमा कर्मातीत अवस्था प्राप्त गर्छन्, त्यसैले नम्बर वनको गायन छ। यो पनि बाबा बसेर सम्झाउनुहुन्छ। बाबा बारम्बार भन्नुहुन्छ– प्यारा बच्चाहरू! मनमनाभव। हे आत्माहरू! आफ्नो बाबालाई याद गर। बच्चाहरूमा पनि नम्बरवार त छन् नि। लौकिक पिताका पनि मानौँ ५ बच्चाहरू छन्, उनीहरूमा जो धेरै बुद्धिमानी हुन्छ, उसलाई नम्बर वनमा राख्छन्। मालाको दाना भयो नि। भन्छन्– यो दोस्रो नम्बर हो, यो तेस्रो नम्बर हो। एकैनासका कहिल्यै हुँदैनन्। बाबाको प्यार पनि नम्बरवार हुन्छ। त्यो हो हदको कुरा। यो हो बेहदको कुरा।

जुन बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ, उनीहरूको बुद्धि र चालचलन आदि धेरै रिफाइन हुन्छ। एउटा फूलहरूको राजा हुन्छ भने यी ब्रह्मा र सरस्वती राजा-रानी फूल भए। ज्ञान र याद दुवैमा तीक्ष्ण छन्। तिमीलाई थाहा छ– हामी देवता बन्छौँ। मुख्य ८ रत्न बन्छन्। सबैभन्दा पहिला हुन्छ फूल। फेरि युगल दाना ब्रह्मा-सरस्वती। माला जप्छन् नि। वास्तवमा तिम्रो पूजन होइन, स्मरण हुन्छ। तिमीमाथि फूल चढ्न सक्दैन। फूल तब चढ्छ जब शरीर पनि पवित्र हुन्छ। यहाँ कसैको पनि शरीर पवित्र छैन। सबै विषबाट पैदा हुन्छन्, त्यसैले विकारी भनिन्छ। यी लक्ष्मी-नारायणलाई भनिन्छ नै सम्पूर्ण निर्विकारी। बच्चाहरू त पैदा हुन्छन् होला नि। यस्तो त होइन कुनै ट्युबबाट बच्चा पैदा हुन्छ। यी पनि सबै बुझ्ने कुराहरू हुन्। तिमी बच्चाहरूलाई यहाँ ७ दिन भट्टीमा बसाइन्छ। भट्टीमा इँटाहरू कोही त पूरा पाक्छन्, कोही काँचै रहन्छन्। भट्टीको उदाहरण दिइन्छ। अब इँटको भट्टीको कहाँ शास्त्रहरूमा वर्णन हुन सक्छ र। फेरि त्यसमा बिरालोको पनि कुरा छ। गुलबकावलीको कहानीमा पनि बिरालोको प्रसङ्ग देखाइएको छ। दियोलाई निभाइदिन्थ्यो। तिम्रो पनि यही हाल हुन्छ नि। माया बिरालोले विघ्न पार्छ। तिम्रो अवस्थालाई नै गिराइदिन्छ। देह अभिमान हो पहिलो नम्बर, फेरि अरू विकार आउँछन्। मोह पनि धेरै हुन्छ। छोरीले भन्छिन्– मैले विश्वलाई स्वर्ग बनाउने रुहानी सेवा गर्छु, मोहवश आमा-बुवाले भन्छन्– हामीले अनुमति दिँदैनौँ। यो पनि कति मोह हो। तिमी मोहको बिरालो बन्नु छैन। तिम्रो लक्ष्य-उद्देश्य नै यो हो। बाबा आएर मनुष्यबाट देवता, नरबाट नारायण बनाउनुहुन्छ। तिम्रो पनि कर्तव्य हो– आफ्ना साथीहरूको सेवा गर्नु, विश्वको सेवा गर्नु। तिमीलाई थाहा छ– हामी के थियौँ, के बन्यौँ। अब फेरि पुरुषार्थ गर राजाहरूको राजा बन्नका लागि। तिमीलाई थाहा छ– हामीले आफ्नो राज्य स्थापना गर्छौँ। कुनै तकलिफको कुरा छैन। विनाशको लागि पनि ड्रामामा युक्ति रचिएको छ। पहिला पनि मुसलहरूद्वारा लडाइँ गरेका थिए। जब तिम्रो पूरा तयारी हुन्छ, सबै फूल बन्छन् तब विनाश हुन्छ। कोही फूलहरूको राजा छन्, कोही गुलाब, कोही मोतीहरू छन्। हरेकले आफूलाई राम्रोसँग जान्न सक्छन् कि हामी आँक हौँ वा फूल हौँ? धेरै छन् जसलाई ज्ञानको केही धारणा हुँदैन। नम्बरवार त बन्छन् नि। कि त बिल्कुल सर्वोच्च, कि त बिल्कुल सबैभन्दा निम्न। राजधानी यहीँ बन्छ। शास्त्रहरूमा त देखाइएको छ– पाण्डव गलेर मरे, फेरि के भयो, केही पनि थाहा छैन। कथाहरू त धेरै बनाएका छन्, यस्तो कुनै कुरा होइन। अहिले तिमी बच्चाहरू कति स्वच्छ बुद्धि बन्छौ। बाबाले तिमीलाई धेरै प्रकारले सम्झाइरहनुहुन्छ। कति सहज छ। केवल बाबालाई र वर्सालाई याद गर्नुछ। बाबा भन्नुहुन्छ– म नै पतित-पावन हुँ। तिम्रो आत्मा र शरीर दुवै पतित छन्। अब पावन बन्नुछ। आत्मा पवित्र बन्यो भने शरीर पनि पवित्र बन्छ। अहिले तिमीले धेरै मेहनत गर्नुछ। बाबा भन्नुहुन्छ– बच्चाहरू धेरै कमजोर छन्। याद गर्नै भुल्छन्। बाबा स्वयं आफ्नो अनुभव बताउँछन्। भोजनको बेलामा याद गर्छु– शिवबाबाले हामीलाई खुवाउनुहुन्छ, फेरि भुल्छु। फेरि स्मृतिमा आउँछ। तिमीमा पनि नम्बरवार पुरुषार्थ अनुसार छन्। कोही त बन्धनमुक्त हुँदाहुँदै पनि फेरि फसेर मर्छन्। धर्मका पनि बच्चा बनाइदिन्छन्। अहिले तिमी बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र दिने बाबा मिल्नुभएको छ– यसलाई फेरि नाम दिइएको छ तीजरीको कथा अर्थात् तेस्रो नेत्र मिल्ने कथा। अब तिमी नास्तिकबाट आस्तिक बन्छौ। बच्चाहरूले जान्दछन्– बाबा बिन्दु हुनुहुन्छ। ज्ञानको सागर हुनुहुन्छ। उनीहरूले त भनिदिन्छन्– नाम-रूपबाट न्यारा हुनुहुन्छ। अरे, ज्ञानको सागर त अवश्य ज्ञान सुनाउनेवाला हुनुहुन्छ नि। उहाँको लिङ्ग रूप पनि देखाउँछन्, फेरि उहाँलाई नाम-रूपबाट न्यारा कसरी भन्छन्! सयौँ नाम राखिदिएका छन्। बच्चाहरूको बुद्धिमा यो सारा ज्ञान राम्रोसँग रहनुपर्छ। भनिन्छ पनि– परमात्मा ज्ञानको सागर हुनुहुन्छ। सारा जङ्गल कलम बनाऊ, तैपनि अन्त्य हुन सक्दैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अहिले हामी बाबाद्वारा मूल्यवान बनेका छौँ, हामी नै देवता बन्नेवाला छौँ, यही नारायणी नशामा रहनुछ, बन्धनमुक्त बनेर सेवा गर्नुछ। बन्धनहरूमा फस्नुछैन।

२) ज्ञान-योगमा तीक्ष्ण बनेर माता-पिता समान फूलहरूको राजा बन्नुछ र आफ्ना साथीहरूको पनि सेवा गर्नुछ।

वरदान:–
आफ्ना सर्व खजानालाई अन्य आत्माहरूको सेवामा लगाएर सहयोगी बन्ने सहजयोगी भव

सहयोगी बन्ने साधन हो– सदैव आफूलाई सङ्कल्पद्वारा, वाणीद्वारा र हरेक कार्यद्वारा विश्वका सर्व आत्माहरूप्रति सेवाधारी सम्झेर सेवामा नै सबथोक लगाउनु। जे जति ब्राह्मण जीवनमा शक्तिहरूको, गुणहरूको, ज्ञानको वा श्रेष्ठ कमाइको समयको खजाना बाबाद्वारा प्राप्त भएको छ, त्यो सेवामा लगाऊ अर्थात् सहयोगी बन्यौ भने सहजयोगी बनि नै हाल्छौ। तर सहयोगी उही बन्न सक्छ जो सम्पन्न छ। सहयोगी बन्नु अर्थात् महादानी बन्नु।

स्लोगन:–
बेहदको वैरागी बन्यौ भने आकर्षणका सबै संस्कार सहजै खतम हुन्छन्।

अव्यक्त इसारा– सङ्कल्पहरूको शक्ति जम्मा गरेर श्रेष्ठ सेवाको निमित्त बन

जसरी आफ्नो स्थूल कार्यको कार्यक्रमलाई दिनचर्या अनुसार सेट गर्छौ, त्यसैगरी आफ्नो मनसा समर्थ स्थितिको कार्यक्रम सेट गरेमा सङ्कल्प शक्ति जम्मा हुँदै जान्छ। आफ्नो मनलाई समर्थ सङ्कल्पहरूमा व्यस्त राख्यौ भने मनलाई अपसेट हुने समय नै मिल्दैन। मन सदा सेट अर्थात् एकाग्र छ भने स्वतः राम्रो भाइब्रेसन फैलिन्छ, सेवा हुन्छ।