29.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफ्नो स्वधर्ममा स्थित भएर आपसमा प्यारले एकअर्कालाई ओम् शान्ति भन– यो पनि एकअर्कालाई आदर गर् नु हो।”

प्रश्न:–
भक्तिमा पनि भगवानलाई भोग लगाउँछन्, यहाँ तिमी बच्चाहरूले पनि लगाउँछौ– यो रीत किन बसेको हो?

उत्तर:–
किनकि यो पनि उहाँको आदर गर्नु हो। हुन त तिमीलाई थाहा छ, शिवबाबा निराकार हुनुहुन्छ, अभोक्ता हुनुहुन्छ। उहाँले केही खानुहुन्न तर वासना त पुग्छ। सबैको सद्गतिदाता, पतितपावन बाबा हुनुहुन्छ। त्यसैले अवश्य भोग पनि उहाँलाई लगाउनुपर्छ।

गीत:–
हमारे तीर्थ न्यारे हैं...

ओम् शान्ति ।
बच्चाहरूको दिलमा पनि ओम् शान्तिको भाव जागृत भयो। जसरी कसैलाई नमस्कार भनिन्छ, अनि उसले पनि प्रत्युत्तरमा भन्छ नमस्कार। यहाँ बाबाले भन्नुभयो– ओम् शान्ति। त्यसपछि सबै बच्चाहरूको आत्मासहित सबैको दिलबाट आउँछ ओम् शान्ति अर्थात् म आत्मा शान्त स्वरूप हुँ। प्रत्युत्तर त दिनुपर्छ नि। यो प्रत्युत्तर भयो नि! अरू कसैले अर्थसहित यसरी भन्न सक्दैनन्। बाबा ज्ञान सूर्यले पनि भन्नुहुन्छ ओम् शान्ति। ज्ञान चन्द्रमाले पनि भन्छन् ओम् शान्ति। ज्ञान सिताराहरूले पनि भन्छन् ओम् शान्ति। सिताराहरूमा सबै आयौ। अब तिमी बच्चाहरूलाई आफ्नो स्वधर्मको विषयमा थाहा भएको छ– हामी शान्त स्वरूप हौँ र शान्तिधामका निवासी हौँ। यसमा तिमीलाई निश्चय भएको छ। तिमीले आत्मालाई राम्रोसँग चिनेका छौ। अवश्य भनिन्छ पनि, महान आत्मा, पाप आत्मा। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। तर आत्माको यथार्थ परिचय कसैलाई पनि छैन। म आत्मा यति सानो छु। ८४ जन्मको पार्ट खेल्छु। यो न तिमीलाई थाहा थियो न अरू कसैलाई थाहा छ। अहिले तिमी बच्चाहरू सम्मुख बसेका छौ। बाबालाई आफ्नो बनाउँछौ। बच्चाहरूले बाबालाई आफ्नो बनाउँछन् वर्सा लिनको लागि।

तिमी बच्चाहरूलाई थाहा छ, हामी आत्माहरूको बेहदको बाबा यस ब्रह्मा तनमा आउनुभएको छ, ब्रह्मा तनमा आएर आदि सनातन देवीदेवता धर्मको स्थापना गर्नुहुन्छ। कल्प पहिला पनि आदि सनातन देवीदेवता धर्म अर्थात् सूर्यवंशी राजधानी स्थापना भएको थियो। यो स्थापनाको कार्य कल्प कल्प बाबाले नै गर्नुहुन्छ, जसलाई भगवान भनिन्छ। भगवान बाबासँग सबैले माग्छन्– दुःख हरण गर्नुहोस्, सुख दिनुहोस्! सुख मिलिसकेपछि माग्नुपर्ने आवश्यकता हुँदैन। यहाँ माग्छन् किनकि दुःख छ। त्यहाँ स्वर्गमा केही पनि माग्नुपर्ने आवश्यकता हुँदैन किनकि बाबाले सबैथोक दिएर जानुहुन्छ त्यसैले सत्ययुगमा कसैले पनि बाबालाई याद गर्दैनन्। बाबा सम्झाउनुहुन्छ– मैले तिमी बच्चाहरूलाई सुखधामको मालिक बनाउँछु। तिमी बच्चाहरूलाई थाहा छ– उहाँ बाबाबाट हामीले फेरि सुखधामको वर्सा लिइरहेका छौँ। हामीले बेहदको बाबाबाट बेहदको सुख लिन्छौँ। तिमीलाई सम्झाइन्छ, भक्तिमार्ग कसरी चल्छ। मनुष्य सृष्टिरूपी वृक्षको उत्पत्ति, पालना र संहार कसरी हुन्छ वा ड्रामाको आदि-मध्य-अन्त्य के हो। यो हो साकारी दुनियाँ, त्यो हो निराकारी दुनियाँ। तिमी बच्चाहरूले बुझेका छौ– हामीले पूरा आधाकल्प भक्ति गरेकाछौँ। अहिले कलियुगको अन्त्य हो। वर्सा मिल्छ नै सङ्गममा। यो कुरा बच्चाहरूले राम्रोसँग बुझ्नुपर्छ। अहिले हामी सङ्गममा छौँ, यो कुरा तिमी बच्चाहरूले नै बुझ्छौ। बाबाको परिचय नदिँदासम्म अरू कसैले बुझ्दैनन्। सङ्गमयुग अवश्य आउँछ, यतिबेला पुरानो दुनियाँ परिवर्तन भएर नयाँ बन्छ। यो सारा पुरानो दुनियाँ हो, यसलाई कलियुग (आइरन एज) भनिन्छ। यो पनि तिमीलाई थाहा छ– पहिला सुरुमा सारा दुनियाँमा एउटै धर्म हुन्छ। नयाँ दुनियाँमा भारतखण्ड मात्र हुन्छ, यहाँ थोरै मानिसहरू हुन्छन्। नयाँ दुनियाँलाई नै स्वर्ग भनिन्छ। यसबाट सिद्ध हुन्छ नयाँ दुनियाँमा नयाँ विश्व थियो। अब पुरानो दुनियाँमा पुरानो भारतवर्ष छ। गान्धीले पनि भन्थे नयाँ दुनियाँ, नयाँ भारतवर्ष होस्, नयाँ दिल्ली होस्। अब नयाँ भारतवर्ष वा नयाँ दिल्ली छैन। नयाँ भारतवर्षमा त यी लक्ष्मीनारायणको राज्य थियो। अहिले त्यही भारतवर्षमा रावणको राज्य छ। यो पनि लेख्नुपर्छ– नयाँ दुनियाँ, नयाँ दिल्ली। फलानो समयदेखि फलानो समयसम्म यिनीहरूको राज्य। यो सम्झाउन पनि उहाँले नै सक्नुहुन्छ जसले नयाँ दुनियाँ बनाउनुहुन्छ। ब्रह्माद्वारा नयाँ दुनियाँ स्वर्ग स्थापना गर्नुहुन्छ, जुन स्वर्गको वर्सा लिनको लागि तिमी आउँछौ। बाबाले तिमीलाई युक्ति बताउनुहुन्छ अथवा पुरुषार्थ गराउनुहुन्छ। सम्मुख पनि मिल्न आउँछौ अथवा त्यहाँ बसेर पनि पढ्छौ। दिल हुन्छ सम्मुख मिलौँ। उनीहरू सम्मुख मिल्छन् मानिस, मानिससँग। यहाँ तिमीले भन्छौ हामी जान्छौँ– शिवबाबासँग मिल्न। भन्छन् उहाँ त निराकार हुनुहुन्छ नि! म आत्मा पनि निराकार छु। म पनि यहाँ पार्ट खेल्न आउँछु नि! जसको नाम छ उनीहरू अवश्य पार्टधारी पनि हुन्। भगवानको पनि नाम छ नि! निराकार शिवलाई नै भगवान भनिन्छ अरू कसैलाई भगवान भनिँदैन। भगवानको निराकार नै भनेर गायन गरिन्छ। उहाँको पूजा हुन्छ, आत्माहरूको पनि पूजा हुन्छ। रुद्र यज्ञ रच्छन् नि! उनीहरूले माटाका शालिग्राम बनाउँछन्। पत्थरको बनाऊ वा माटाका बनाऊ। माटाका शालिग्राम बिगार्न र फेरि बनाउन सहज हुन्छ। दुनियाँलाई त यी कुराहरू थाहा छैन। रुद्र यज्ञमा कति आत्माहरूको पूजा गर्न सक्छन्। बच्चाहरू त धेरै छन्। भक्तहरू सबै भगवानका बच्चा हुन्, बाबालाई याद गर्छन्। बाबाले सम्झाउनुभएको छ– शिवबाबा भारतभूमिमा नै आउनु हुन्छ। तिमी थोरै बच्चाहरू जो उहाँको मदतगार, ईश्वरीय सेवाधारी बन्छौ, भक्तहरूले शालिग्राम बनाएर तिमीहरूकै पूजा गर्छन्, जुन यज्ञ रच्छन् त्यसमा सानो यज्ञ पनि हुन्छ, ठुलो पनि हुन्छ। ठुला धनवानहरूले ठुला यज्ञ रच्छन्। लाख लाख शालिग्राम बनाउँछन्। सानो यज्ञ भयो भने ५-१० हजार शालिग्राम बनाउँछन्। जस्तो साहु त्यस्तै यज्ञ अनि फेरि त्यति नै शालिग्राम बनाउँछन्। एउटा शिव बाँकी शालिग्राम बनाउँछन् फेरि त्यति नै ब्राह्मण पनि हुनुपर्छ। धेरैले यज्ञ देखेका होलान्। तिमीलाई थाहा छ, बाबाले हामी बच्चाहरूको सेवा गर्नुहुन्छ, हामीले फेरि अरूको सेवा गर्छौँ त्यसैले तिमीहरूको पूजा हुन्छ। तिमी अहिले पूज्य बन्छौ। आत्माले भन्छ बाबा हजुर त सदैव पूज्य हुनुहुन्छ। हामीलाई पनि पूज्य बनाइरहनुभएको छ। तिमी पूज्य आत्माले शरीर लियौ भने भनिनेछ पूज्य देवीदेवताहरू। आत्मा नै पूज्य अथवा पुजारी बन्छ। बाबा पनि एकैपटक आउनुहुन्छ। फेरि कहिल्यै बाबाले आत्माहरूलाई पढाउने कुरा हुँदै हुँदैन। आत्माले नै सुन्छ। जसरी आत्माले शरीरद्वारा सुन्छ त्यसैगरी परमपिता परमात्मा, सुप्रीम आत्माले पनि शरीरको आधार लिएर यिनीद्वारा सुन्नुहुन्छ। यिनीद्वारा तिमीलाई राजयोग सिकाउनुहुन्छ। उहाँको त आफ्नो शरीर छैन। ब्रह्मा, विष्णु, शङ्करको पनि आफ्नो सूक्ष्म शरीर छ। यहाँ त सबैको आआफ्नो शरीर छ। यो हो नै साकारी दुनियाँ। शिवबाबा हुनुहुन्छ निराकार। उहाँ ज्ञानको सागर, सुखको सागर, प्यारको पनि सागर हुनुहुन्छ। उहाँले आएर सबैलाई पतितबाट पावन बनाउनुहुन्छ। यसमा प्रेरणाको कुनै कुरा छैन। मैले प्रेरणाबाट पावन बनाउनु छ भने फेरि यहाँ आएर रथ लिनुपर्ने के आवश्यता छ। शिवको मन्दिरको अगाडि साँढे राख्छन्। मानिसहरूको बुद्धि एकदमै पत्थरबुद्धि भएको कारण केही पनि बुझ्दैनन्। साँढे शिवको अगाडि किन राखिएको हो? गौशाला नाम सुनेका छन् त्यसैले साँढे राखिदिएका हुन्। अब साँढेमाथि को सवारी हुनुभयो! श्रीकृष्णको आत्मा त सत्ययुगमा हुन्छ। उनलाई के परेको छ र जो जनावरमा आएर चढ्छन्। केही पनि बुझ्दैनन्। द्रौपदी पनि एक मात्रै कहाँ थिइन् र! धेरै द्रौपदीहरू छन् जसले पुकार्छन्। उनीहरूले त एउटा नाटक बनाइदिएका छन् श्रीकृष्णले साडी दिँदै जान्छन्, अर्थ केही बुझ्दैनन्। अहिले तिमी बच्चाहरूले बुझेका छौ, तिमी २१ जन्मको लागि नग्न हुनुपर्दैन। कहाँको कुरा कहाँ लगेका छन्। भक्तिमार्गका अथाह कहानीहरू छन्। भन्छन् यी कथा आदि सबै अनादि हुन्। पुनर्जन्म लिँदै सुन्दै आएका छन्। अनादि पनि कहिलेदेखि सुरु भयो, केही थाहा छैन। यो पनि थाहा छैन रावण राज्य कहिलेदेखि सुरु हुन्छ। त्यसको कुनै वर्णन छैन। तिमीले कति सेवा गर्छौ। ती सूर्य, चन्द्रमा, ताराहरू आदि त सदा हुन्छन् नै। सत्ययुगमा पनि हुन्छन् भने अहिले पनि छन्। तिनको फेरबदल हुँदैन। अब तिमी निमित्त बनेका छौ, सारा विश्वलाई नै फेरि अन्धकारबाट निकालेर उज्यालोमा ल्याउन। भक्तिमार्गलाई अन्धकार भनिन्छ। तिम्रो महिमा छ, तिमी धरतीका सितारा हौ। सितारा छन् भने चन्द्रमा, सूर्य पनि हुनुपर्छ।

यो हो तिम्रो रुहानी तीर्थ। तिमी यस्तो यात्रामा जान्छौ जहाँबाट फेरि यस मृत्युलोकमा आउनेछैनौ। अहिले यो मृत्युलोक हो फेरि यहाँ नै अमरलोक हुनेछ। द्वापरदेखि मृत्युलोक सुरु हुन्छ। अब तिमीले सच्चा सच्चा अमरकथा सुनिरहेका छौ– अमरलोकमा जानको लागि। तिमीले बुझेका छौ, हामी आत्माहरूको यात्रा न्यारा छ। तिमी यहाँ बसेर यात्रामा जाने पुरुषार्थ गर्छौ। यादबाट नै तिम्रा विकर्म विनाश हुन्छन्। उनीहरू यात्रामा जान्छन्, विकर्म विनाश कहाँ हुन्छ र! मदिरा पिउने मानिसहरूमा त यस्तो बानी हुन्छ जसले लुकाएर पनि अवश्य लैजान्छन्। आजकाल त धेरै विकारी पनि हुन्छन्– यात्रामा। छन् त सबै पतित नि! जस्तो ब्राह्मण पतित, त्यस्तै यात्री पनि पतित। पण्डाहरूले यात्रा गराउँछन्, पावन कहाँ हुन्छन् र! तिमी त पवित्र रहन्छौ। सच्चा ब्राह्मण तिमी हौ। तिम्रो आत्मा पवित्र रहन्छ। यादको यात्राबाट नै तिमी पवित्र बन्छौ। सतोप्रधान बन्नु छ। बाबा बारम्बार लेख्नुहुन्छ– “मीठा बच्चाहरू”। यो शिवबाबाले आत्माहरूलाई लेख्नुभयो। मलाई याद गरेमा तिमी तमोप्रधानबाट सतोप्रधान बनेर सतोप्रधान दुनियाँको मालिक बन्छौ। बस् एउटै निर्देशन छ मुख्य। कति सहज छ। यादबाट नै विकर्म विनाश हुन्छ। याद गरेनौ भने विकर्म विनाश हुँदैन फेरि सजाय खानुपर्नेछ। बाबा त भन्नुहुन्छ तिमी जहाँसुकै गए पनि कमाइ गर्न सक्छौ। उठ, बस, खाऊ केवल बाबालाई याद गर। तिम्रो कमाइ हुन्छ। बच्चाहरूको लागि त झनै सहज छ। यसमा कुनै अटेन्सन आदिको कुरा छैन। श्रीनाथको मन्दिरमा श्रीनाथको यादमा बस्छन्। त्यहाँ पनि भोग लाग्छ। हो त पत्थरको मूर्ति नि! भोग पनि कसलाई लगाउनुपर्छ? अधिकारी त एक शिवबाबा नै हुनुहुन्छ। सबैको सद्गतिदाता पतितपावन उहाँ हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले भोग आदि स्वीकार नै गर्दिनँ। तिमीले ममाथि दुध पनि पानी मिसिएको चढाउँछौ, यो भोग लगाउँछौ, किन? म त निराकार अभोक्ता हुँ! मेरो के पूजा गर्छौ। मेरो अगाडि भोग राख्छन् तर भक्तहरूले भोग लगाए, उनीहरूले नै बाँडेर खान्छन्। तिमीलाई थाहा छ, शिवबाबालाई त भोग लगाउनै पर्छ। फेरि त्यो भोग तिमीहरूले बाँडेर खान्छौ। यो कसैको आदर राख्नुजस्तै हो। हामीले शिवबाबालाई भोग लगाउँछौँ। शिवबाबाको भण्डारा हो नि! जसको भण्डारा हो उहाँलाई भोग लगाउनैपर्छ। लागउन त तिमीहरूले भोग लगाउँछौ, अनि खान्छौ पनि तिमी बच्चाहरूले नै। यी ब्रह्माले खान्छन्, मैले खान्नँ। बाँकी वासना त आउँछ नि! धेरै राम्रो भोग बनाएका रहेछौ। यसरि भन्नको लागि कर्मेन्द्रियहरू त छन् नि! यी ब्रह्माले खान सक्छन्। यो शरीर त यिनको हो नि! म केवल यिनीमा आएर प्रवेश गर्छु। तिमी बच्चाहरूलाई पतितबाट पावन बनाउन यिनको मुख नै काममा ल्याउँछु। गौमुख पनि भन्छन् नि। अवश्य यी ब्रह्मा गाई पनि हुन्। तिमीलाई थाहा छ, यिनीबाट नै बाबाले तिमी बच्चाहरूलाई एडप्ट गर्नुहुन्छ। यिनी मातापिता दुवै हुन्। तर माताहरूलाई कसले सम्हाल्छ! त्यसैले सरस्वतीलाई निमित्त बनाइयो– ड्रामा प्लान अनुसार। माता गुरुको महिमा पनि हुनुपर्छ नि! गुरु त पहिलो नम्बरमा यिनी प्रसिद्ध छन्। गुरु ब्रह्मा ठिक छ। जस्तो बाबा त्यस्तै बच्चाहरू। तिमी ब्राह्मण पनि सच्चा गुरु बन्छौ। सबैलाई स्वर्गको सच्चा बाटो बताउँछौ। आत्माले नै मुखबाट मनमनाभव, मध्याजी भवको बाटो बताउँछ। माता, पिता, बच्चाहरू सबैले त्यही बाटो बताउँछन्। यहाँ तिमी बाबाको सम्मुख बसेका छौ, तिमीलाई बाबाको याद हुन्छ। फेरि घर गएपछि धेरै बच्चाहरूले भुल्छन्। यहाँ आनन्द आउँछ, बाबाको समीप आएका छौँ, यसैमा यहाँ आनन्द आउँछ। बाबा भन्नुहुन्छ स्वदर्शन चक्रधारी बनेर यो युक्ति बताऊ– मुक्तिधाम, बाबालाई र वर्सालाई याद गर। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आपसमा एकअर्कालाई वा बाबालाई यथार्थ आदर गर्नु छ। बाबा हुन त अभोक्ता हुनुहुन्छ। तर जसको भण्डाराबाट पालना हुन्छ उहाँलाई पहिला स्वीकार अवश्य गराउनु छ।

२) पूजनीय बन्नको लागि ईश्वरीय सेवाधारी बन्नु छ। बाबाको साथमा सेवामा मदतगार बन्नु छ। आत्मा र शरीर दुवै पावन भएपछि मात्रै तिम्रो पूजा हुनेछ।

वरदान:–
आफ ै प्रति वा सर्व आत्माहरूप्रति मर्यादापूर्वक चल्ने (ल फुल) मर्यादा पुरुषो त्त म (ल मेकर) सो नयाँ दुनियाँ बनाउने (न्यु वर्ल्ड मेकर) भव

जो स्वयंप्रति मर्यादापूर्वक चल्छन् उनीहरू नै अरूप्रति पनि मर्यादा पुरुषोतम बन्न सक्छन्। जसले स्वयं मर्यादा तोड्छन् उनीहरूले अरूलाई मर्यादा सिकाउन सक्दैनन्, त्यसैले आफैलाई हेर– बिहानदेखि रातिसम्म मनसा सङ्कल्पमा, वाणीमा, कर्ममा, सम्पर्क वा एकअर्कालाई सहयोग दिने कुरामा वा सेवामा कतै पनि मर्यादा तोडिएको त छैन! जो मर्यादापुरुषोत्तम हुन् उनीहरूले मर्यादा तोड्न सक्दैनन्। जो यस समयमा मर्यादापूर्वक चल्छन् उनीहरू नै शान्तिदाता (पिस मेकर), नव विश्व निर्माता बन्छन्।

स्लोगन:–
कर्म गर्दा कर्मको राम्रो वा नराम्रो प्रभावमा नआउनु नै कर्मातीत बन्नु हो।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भए र शक्तिशाली यादको अनुभव गर

ज्वालास्वरूप यादको लागि मन र बुद्धि दुवैलाई एउटा त शक्तिशाली ब्रेक चाहिन्छ अनि मोड्ने शक्ति पनि चाहिन्छ। यसबाट बुद्धिको शक्ति वा कुनै पनि शक्ति व्यर्थ नगएर जम्मा हुँदै जानेछ। जति जम्मा हुन्छ त्यति नै परख गर्ने, निर्णय गर्ने शक्ति बढ्नेछ। यसको लागि अब सङ्कल्पहरूको ओछ्यानलाई समेट्दै जाऊ अर्थात् समेट्ने शक्ति धारण गर।