29.08.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– आफ्नो सेफ्टीको लागि विकार रूपी मायाको पञ्जाबाट सदा बचेर रहनु छ , देह-अभिमानमा कहिल्यै आउनु हुँदैन।”

प्रश्न:–
पुण्य आत्मा बन्नको लागि बाबाले सबै बच्चाहरूलाई कुन मुख्य शिक्षा दिनुहुन्छ?

उत्तर:–
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, पुण्य आत्मा बन्नु छ भने १. श्रीमतमा सदा चलिराख। यादको यात्रामा गफलत नगर। २. आत्म-अभिमानी बन्ने पूरा-पूरा पुरुषार्थ गरेर काम महाशत्रुमाथि जित प्राप्त गर। यही समय हो– पुण्य आत्मा बनेर यस दु:खधामबाट पार सुखधाममा जाने।

ओम् शान्ति ।
बाबाले नै दिनहुँ बच्चाहरूसँग सोध्नुहुन्छ। शिवबाबाको लागि यस्तो भनिँदैन– बाल-बच्चावाला हुनुहुन्छ। आत्माहरू त अनादि छन् नै। बाबा पनि हुनुहुन्छ। यस समय जब कि बाबा र दादा दुवै हुनुहुन्छ तब नै बच्चाहरूको सम्भाल गर्नुपर्छ। कति बच्चाहरू छन् जसको सम्भाल गर्नुपर्छ। एक-एकको चार्ट राख्नुपर्छ। जस्तै लौकिक पितालाई पनि फिक्री रहन्छ नि। सम्झन्छन्– हाम्रो बच्चा पनि यो ब्राह्मण कुलमा आइदिए राम्रो हुन्थ्यो। हाम्रा बच्चाहरू पनि पवित्र बनेर पवित्र दुनियाँमा चलून्। कतै यो पुरानो मायाको नालीमा बगेर नजाऊन्। बेहदको बाबालाई बच्चाहरूको फिक्री रहन्छ। कति सेन्टरहरू छन्, कुन बच्चालाई कहाँ पठाउने जो सेफ्टीमा रहुन्। आजकल सेफ्टी पनि मुस्किल छ। दुनियाँमा कुनै पनि सेफ्टी छैन। स्वर्गमा त हरेकको सेफ्टी छ। यहाँ कसैको सेफ्टी छैन। कतै न कतै विकार रूपी मायाको पञ्जामा फसिहाल्छन्। अहिले तिमी आत्माहरूलाई यहाँ पढाइ मिलिरहेको छ। सत्यको सङ्ग पनि यहाँ छ। यहीँ दु:खधामबाट पार सुखधाममा जानु छ किनकि अब बच्चाहरूलाई थाहा भएको छ– दु:खधाम के हो, सुखधाम के हो। अवश्य अहिले दु:खधाम छ। हामीले पाप धेरै गऱ्यौँ र त्यहाँ पुण्य आत्माहरू नै रहन्छन्। हामीलाई अहिले पुण्य आत्मा बन्नु छ। अहिले तिमी हरेकले आफ्नो ८४ जन्मको इतिहास-भूगोल जानेका छौ। दुनियाँमा कसैले पनि ८४ जन्मको इतिहास-भूगोल जान्दैनन्। अहिले बाबाले आएर सारा जीवन कहानी सम्झाउनुभएको छ। अहिले तिमीलाई थाहा छ– हामीले पूरा पुण्य आत्मा बन्नु छ– यादको यात्राबाट। यसमा नै धेरै धोका खान्छन् गफलत गर्नाले। बाबा भन्नुहुन्छ– यस समय गफलत राम्रो होइन। श्रीमतमा चल्नु छ। त्यसमा पनि मुख्य कुरा भन्नुहुन्छ– एक त यादको यात्रामा रहने गर, दोस्रो काम महाशत्रुमाथि जित पाउनु छ। बाबालाई सबैले पुकार्छन् किनकि उहाँबाट शान्ति र सुखको वर्सा मिल्छ आत्माहरूलाई। पहिला देह-अभिमानी थियौँ त्यसैले केही थाहा हुँदैनथ्यो। अहिले बच्चाहरूलाई आत्म-अभिमानी बनाइन्छ। नयाँलाई पहिला-पहिला एक हदको, दोस्रो बेहदको बाबाको परिचय दिनु छ। बेहदको बाबाबाट स्वर्ग (बहिश्त) प्राप्त हुन्छ। हदको पिताबाट दोजक (नर्क) प्राप्त हुन्छ। बच्चा जब बालिग बन्छ तब प्रापर्टीको हकदार बन्छ। जब समझ आउँछ फेरि बिस्तारै-बिस्तारै मायाको अधीन बनिहाल्छन्। ती सबै हुन् रावण राज्य (विकारी दुनियाँ) को रसम रिवाज। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यो दुनियाँ बदलिँदैछ। यो पुरानो दुनियाँको विनाश भइरहेको छ। एक गीतामा नै विनाशको वर्णन छ र अरू कुनै शास्त्रमा महाभारत महाभारी लडाइँको वर्णन छैन। गीताको हो नै यो पुरुषोत्तम सङ्गमयुग। गीताको युग अर्थात् आदि सनातन देवी-देवता धर्मको स्थापना। गीता हो नै देवी-देवता धर्मको शास्त्र। त्यसैले यो गीताको युग हो, जब कि नयाँ दुनियाँ स्थापना भइरहेको छ। मनुष्यहरूलाई पनि बदल्नु छ। मनुष्यबाट देवता बन्नु छ। नयाँ दुनियाँमा अवश्य दैवी गुण भएका मनुष्य चाहिन्छन् नि। यी कुराहरू दुनियाँले जान्दैन। उनीहरूले कल्पको आयुको समय धेरै दिएका छन्। अहिले तिमी बच्चाहरूलाई बाबाले सम्झाइरहनुभएको छ– तिमीले बुझेका छौ अवश्य बाबाले हामीलाई पढाउनुहुन्छ। श्रीकृष्णलाई कहिल्यै बाबा, टिचर वा गुरु भन्न सकिँदैन। श्रीकृष्ण टिचर हुन् भने कहाँबाट सिके? उनलाई ज्ञान सागर भन्न सकिँदैन।

अहिले तिमी बच्चाहरूले ठुला मानिसहरूलाई सम्झाउनु छ, आपसमा मिलेर राय गर्नु छ– सर्भिसको वृद्धि कसरी हुन सक्छ। विहङ्ग मार्गको सर्भिस कसरी हुन सक्छ। ब्रह्माकुमारीहरूको लागि जो यति हंगामा गर्छन् फेरि बुझ्नेछन्– यी त सच्चा हुन्। बाँकी दुनियाँ त हो झूटो, त्यसैले सत्यको डुङ्गालाई हल्लाइरहनेछन्। तुफान त आउँछन् नि। तिमी डुङ्गा हौ जो पार जान्छौ। तिमीलाई थाहा छ– हामीलाई यो मायावी दुनियाँबाट पार जानु छ। सबैभन्दा पहिला नम्बरमा तुफान आउँछ देह-अभिमानको। त्यो हो सबैभन्दा खराब, यसले नै सबैलाई पतित बनाएको छ। त्यसैले त बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। यो मानौँ धेरै तेज तुफान हो। कसैले त यसमाथि जित पाएका पनि छन्। गृहस्थ व्यवहारमा गएका छन् फेरि कोसिस गर्छन् बच्ने। कुमार-कुमारीहरूको लागि त धेरै सहज छ त्यसैले नाम पनि गाइएको छ कन्हैया। यति कन्याहरू अवश्य शिवबाबाका होलान्। देहधारी श्रीकृष्णका त यति कन्याहरू हुन सक्दैनन्। अहिले तिमी यो पढाइबाट पटरानी बनिरहेका छौ, यसमा पवित्रता पनि मुख्य चाहिन्छ। आफूलाई हेर्नु छ– यादको चार्ट ठीक छ? बाबाको पासमा कसैको ५ घण्टाको, कसैको २-३ घण्टाको पनि चार्ट आउँछ। कसैले त लेख्दै लेख्दैनन्। धेरै कम याद गर्छन्। सबैको यात्रा एकरस हुन सक्दैन। अझै धेरै बच्चाहरू वृद्धि हुनेछन्। हरेकले आफ्नो चार्ट हेर्नु छ– म कहाँसम्म पद पाउन सक्छु? कहाँसम्म खुसी छ? मलाई सदैव खुसी किन हुँदैन? जब कि उच्च भन्दा उच्च बाबाको बनेका छौँ। ड्रामा अनुसार तिमीले भक्ति धेरै गऱ्यौ। भक्तहरूलाई फल दिनको लागि नै बाबा आउनुभएको छ। रावण राज्यमा त विकर्म हुन्छन् नै। तिमी पुरुषार्थ गर्छौ– सतोप्रधान दुनियाँमा जाने। जसले पूरा पुरुषार्थ गर्दैनन् उनीहरू सतोमा आउनेछन्। सबैले कहाँ यति ज्ञान लिन्छन् र। सन्देश अवश्य सुन्नेछन्। फेरि जहाँ पनि हुनेछन् त्यसैले कुना-कुनामा जानुपर्छ। बेलायतमा पनि मिसन जानुपर्छ। जस्तै बौद्धहरूको, क्रिश्चियनहरूको यहाँ मिसन छ नि। दोस्रो धर्मकाहरूलाई आफ्नो धर्ममा ल्याउने मिसन हुन्छ। तिमीले सम्झाउँछौ– हामी वास्तवमा देवी-देवता धर्मका थियौँ। अब हिन्दू धर्मका बनेका छौँ। तिम्रो पासमा धेरैजसो हिन्दू धर्मकाहरू नै आउनेछन्। उनीहरूमा पनि जो शिवका, देवताहरूका पुजारी होलान् उनीहरू आउनेछन्। जस्तै बाबाले भन्नुभयो– राजाहरूको सेवा गर। उनीहरू प्राय: देवताहरूका पुजारी हुन्छन्। उनीहरूको घरमा मन्दिर रहन्छ। उनीहरूको पनि कल्याण गर्नु छ। तिमीले पनि सम्झ– हामी बाबाको साथमा दूरदेशबाट आएका छौँ। बाबा आउनुभएको नै छ नयाँ दुनियाँ स्थापना गर्न। तिमीले पनि गरिरहेका छौ। जसले स्थापना गर्नेछन् उनीहरूले पालना पनि गर्नेछन्। भित्र नशा रहनुपर्छ– हामी शिवबाबाको साथमा आएका छौँ दैवी राज्य स्थापना गर्न, सारा विश्वलाई स्वर्ग बनाउन। आश्चर्य लाग्छ– यो देशमा के-के गरिरहन्छन्। पूजा कसरी गर्छन्। नवरात्रिमा देवीहरूको पूजा हुन्छ नि। रात्रि छ भने दिन पनि छ। तिम्रो एउटा गीत पनि छ नि– क्या कौतुक देखा...... माटोको पुतला बनाएर, श्रृङ्गार गरेर त्यसको पूजा गर्छन्, त्यससँग फेरि दिल यति लाग्छ जो जब डुबाउन जान्छन् तब रुन थाल्छन्। मनुष्य जब मर्छन् तब अर्थीलाई पनि लैजान्छन्। हरीबोल, हरीबोल गरेर डुबाइदिन्छन्। जान्छन् त धेरै नि। नदी त सदैव छ। तिमीलाई थाहा छ– यो जमुनाको किनार थियो, जहाँ रास विलास आदि गर्थे। त्यहाँ त ठुला-ठुला महल हुन्छन्। तिमीले नै गएर बनाउनु छ। जब कोही ठुलो परीक्षा पास गर्छन् तब उनीहरूको बुद्धिमा चल्छ– पास भएर फेरि यो गर्नेछु, भवन बनाउनेछु। तिमी बच्चाहरूलाई पनि ख्याल राख्नु छ– हामी देवता बन्छौँ। अब हामी आफ्नो घर जानेछौँ। घरलाई याद गरेर खुसी हुनुपर्छ। मनुष्यले यात्रा गरेर घर फर्किंदा खुसी हुन्छ। हामी अब घर जान्छौँ, जहाँ जन्म भएको थियो। हामी आत्माहरूको पनि घर हो मूलवतन। कति खुसी हुन्छ। मनुष्यले यति भक्ति गर्छन् नै मुक्तिको लागि। तर ड्रामामा पार्ट यस्तो छ जो फर्केर जान कसैलाई मिल्दैन। तिमीलाई थाहा छ– उनीहरूले आधाकल्प पार्ट अवश्य खेल्नु छ। हाम्रो अब ८४ जन्म पूरा हुन्छ। अब फर्केर जानु छ र फेरि राजधानीमा आउनेछौँ। बस् घर र राजधानी याद छ। यहाँ बस्दा पनि कोही-कोहीलाई आफ्नो कारखाना आदि याद रहन्छ। जस्तै हेर बिडला छ, कति उसको कारखाना आदि छन्। सारा दिन उसलाई ख्यालात रहन्छ होला। उनलाई भन– बाबालाई याद गर भनेमा उनलाई कति बाधा पर्छ। घरी-घरी काम-धन्दा याद आइरहन्छ। सबैभन्दा सहज छ माताहरूलाई, उनीहरूभन्दा पनि कन्याहरूलाई। जीवन छँदै मर्नु छ, सारा दुनियाँलाई बिर्सनु छ। तिमीले आफूलाई आत्मा सम्झेर शिवबाबाको बन्छौ, यसलाई जीवन छँदै मर्नु भनिन्छ। देहसहित देहका सबै सम्बन्ध छोडेर आफूलाई आत्मा सम्झेर शिवबाबाको बन्नु छ। शिवबाबालाई नै याद गरिरहनु छ किनकि पापहरूको बोझ शिरमा धेरै छ। दिल त सबैको हुन्छ, हामी जीवन छँदै मरेर शिवबाबाको बनौँ। शरीरको भान नरहोस्। हामी अशरीरी आएका थियौँ फेरि अशरीरी बनेर जानु छ। बाबाको बनेका छौँ भने बाबा सिवाय दोस्रो कोही याद नरहोस्। यस्तो छिट्टै भयो भने फेरि लडाइँ पनि छिट्टै लाग्छ। बाबाले कति सम्झाउनुहुन्छ– हामी त शिवबाबाका हौँ नि। हामी त्यहाँका रहनेवाला हौँ। यहाँ त कति दु:ख छ। अहिले यो अन्तिम जन्म हो। बाबाले बताउनुभएको छ– तिमी सतोप्रधान थियौ तब अरू कोही थिएन। तिमी कति धनवान थियौ। हुन त यस समय पैसा कौडी छन् तर यो त केही होइन। कौडीहरू हुन्। यो सबै अल्पकाल सुखको लागि हो। बाबाले सम्झाउनुभएको छ– भूतकालमा दान-पुण्य गरेका छौ भने पैसा पनि धेरै मिल्छ। फेरि दान गर्छन्। तर यो हो एक जन्मको कुरा। यहाँ त जन्म-जन्मान्तरको लागि धनवान बन्छौ। जति ठुलो कहलाउनु, त्यति ठुलो दु:ख पाउनु। जसलाई धेरै धन छ उनीहरू फेरि धेरै फसेका छन्। कहिल्यै टिक्न सक्दैनन्। कोही साधारण गरिब नै सरेन्डर हुनेछन्। धनवान कहिल्यै हुँदैनन्। उनीहरू कमाउँछन् नै छोरा नातिका लागि कि हाम्रो कुल चलिरहोस्। आफू त्यो घरमा आउनेवाला छैनन्। छोरा-नातिहरू आऊन्, जसले राम्रो कर्म गरेका छन्। जस्तै धेरै दान जो गर्छन् उनीहरू राजा बन्छन्। तर एभरहेल्दी त छैनन्। राजाई पाए त के भयो, अविनाशी सुख छैन। यहाँ हरेक कदममा अनेक प्रकारका दु:ख हुन्छन्। त्यहाँ यी सबै दु:ख दूर हुन्छन्। बाबालाई पुकार्छन्– हाम्रो दु:ख दूर गर्नुहोस्। तिमीले बुझेका छौ– दु:ख दूर सबै हुनु छ। केवल बाबालाई याद गरिराख। एक बाबा सिवाय अरू कसैबाट वर्सा मिल्न सक्दैन। बाबाले सारा विश्वको दु:ख दूर गर्नुहुन्छ। यस समय त जनावर आदि पनि कति दु:खी छन्। यो हो नै दु:खधाम। दु:ख बढ्दै जान्छ, तमोप्रधान बन्दै जान्छन्। अहिले हामी सङ्गमयुगमा बसेका छौँ। ती सबै कलियुगमा छन्। यो हो पुरुषोत्तम सङ्गमयुग। बाबाले हामीलाई पुरुषोत्तम बनाइरहनुभएको छ। यो याद रह्यो भने पनि खुसी रहन्छ। भगवानले पढाउनुहुन्छ, विश्वको मालिक बनाउनुहुन्छ। यो कुरा याद गर। उहाँका बच्चा भगवान-भगवती हुनुपर्छ नि पढाइबाट। भगवान त सुख दिनेवाला हुनुहुन्छ फेरि दु:ख कसरी मिल्छ? त्यो पनि बाबाले बसेर सम्झाउनुहुन्छ। भगवानका बच्चा फेरि दु:खमा किन छन्, भगवान दु:ख हर्ता सुख कर्ता हुनुहुन्छ भने अवश्य दु:खमा आउँछन् तब त गाउँछन्। तिमीलाई थाहा छ– बाबाले हामीलाई राजयोग सिकाइरहनुभएको छ। हामी पुरुषार्थ गरिरहेका छौँ। यसमा संशय कहाँ हुन सक्छ र। हामी बि.के. राजयोग सिकिरहेका छौँ। झुटो कहाँ बोल्छौँ र। कसैलाई यो संशय आयो भने सम्झाउनुपर्छ, यो त पढाइ हो। विनाश सामुन्ने खडा छ। हामी हौँ सङ्गमयुगी ब्राह्मण चोटी। प्रजापिता ब्रह्मा हुनुहुन्छ भने अवश्य ब्राह्मण पनि हुनुपर्छ। तिमीलाई पनि सम्झाइएको छ तब त निश्चय गरेका छौ। बाँकी मुख्य कुरा हो यादको यात्रा, यसमा नै विघ्न पर्छन्। आफ्नो चार्ट हेर्दै गर– कहाँसम्म बाबालाई याद गर्छौ, कहाँसम्म खुसीको पारो चढ्छ? यो आन्तरिक खुसी रहनुपर्छ– हामीलाई बागवान-पतित पावनको हात मिलेको छ, हामी शिवबाबासँग ब्रह्माद्वारा ह्यान्ड-शेक गर्छौँ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफ्नो घर र राजधानीलाई याद गरेर अपार खुसीमा रहनु छ। सदैव याद रहोस्– अब हाम्रो यात्रा पूरा भयो, हामी जान्छौँ आफ्नो घर, फेरि राजधानीमा आउनेछौँ।

२) हामी शिवबाबासँग ब्रह्माद्वारा ह्यान्ड शेक गर्छौँ, उहाँ बागवानले हामीलाई पतितबाट पावन बनाइरहनुभएको छ। हामी यो पढाइबाट स्वर्गको पटरानी बन्छौँ– यही आन्तरिक खुसीमा रहनु छ।

वरदान:–
तीन प्रकारको विजयको मेडल प्राप्त गर्ने सदा विजयी भव

विजय मालामा नम्बर प्राप्त गर्नको लागि पहिला स्वमाथि विजयी, फेरि सबैमाथि विजयी र फेरि प्रकृतिमाथि विजयी बन। जब यी तीन प्रकारका विजयका मेडल प्राप्त हुनेछन् तब विजय मालाको मणि बन्न सकिन्छ। स्वमाथि विजयी बन्नु अर्थात् आफ्नो व्यर्थ भाव, स्वभावलाई श्रेष्ठ भाव, शुभ भावनाले परिवर्तन गर्नु। जो यस्ता स्वमाथि विजयी बन्छन् उनीहरू नै अरूमाथि पनि विजय प्राप्त गर्छन्। प्रकृतिमाथि विजय प्राप्त गर्नु अर्थात् वायुमण्डल, भाइब्रेसन र स्थूल प्रकृतिको समस्याहरूमाथि विजयी बन्नु।

स्लोगन:–
स्वयंको कर्मेन्द्रियहरूमाथि सम्पूर्ण राज्य गर्ने नै सच्चा राजयोगी हो।

अव्यक्त इसारा:– सहजयोगी बन्नु छ भने परमात्म प्यारको अनुभवी बन

तिमी बच्चाहरूलाई ज्ञानको साथ-साथ सच्चा रुहानी प्यार मिलेको छ। त्यो रुहानी प्यारले नै प्रभुको बनाएको छ। हरेक बच्चालाई डबल प्यार मिल्छ– एक बाबाको, दोस्रो दैवी परिवारको। प्यारको अनुभवले परवाना बनाएको छ। प्यारले नै चुम्बकको काम गर्छ। फेरि सुन्न वा मर्नको लागि पनि तयार हुन्छन्। सङ्गममा जो सच्चा प्यारमा जीवन छँदै मर्छ, उही स्वर्गमा जान्छ।